साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

मजदुरलाई सहयोग

क्षयरोग पीडित यातायात मजदुर कुमार जोगीलाई उपचार सहयोग स्वरुप २० हजार ९५ रुपैया सहयोग प्रदान गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव भीमज्वाला राई ।

आकासबाट देखिएको विराटनगरको दृष्य

पछिल्लो समय बिराटनगर विकासको तिव्र गतीतर्फ अग्रसर बन्दै गईरहेको छ

सुन्दर भेडेटार

धनकुटा र सुनसरीको संगमस्थल पर्यटकीयस्थल भेडेटारको दृष्य

विद्यार्थीलाई सम्मान

प्रवेशिका पक्षिामा सर्वोकृष्ट अंक ल्याउने यातायात मजदुरका छोराछोरीहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान ईकाईले सम्मान गर्दै

Pages

मेरो सपनाको हत्या



Bhim
म तिम्रो आंखा भएर
संसार हेर्न खोजिरहेछु
उदाउंदो घाम जुन हेर्न खोजिरहेछु ।
म तिम्रो आंखा भएर
म आफैलाई
नियाल्न खोजिरहेछु ।
संसारको आंखा
कम्प्यूटरका स्क्रीनहरुमा
एकोहोरो पोखिएका छन्
औंलाहरु कि बोर्डमा
अविराम सलबलाईरहेछन् ।

संसार
नजिकिईरहेछ
वेभ क्यामेराका लेन्स मार्फत
स्काइप, याहु म्यासेन्जरका भीडियो च्याटहरुमा
फेसबुक, जि मेलका च्याट बक्सहरुमा ।
म तिमीसंगै
अनलाईन छु
तिमीसंगै ग्लोवल भिलेज
शयर गरिरहेछु ।


म तिमीलाई हेरीरहेछु
तिमी मलाई हेरीरहेछौ
हामी बोलीरहेछौ
हामी सुनिरहेछौ ।
तिमी उभिएको भूगोलको सिमा नाघेर
मलाई तिमीसम्म पुर्यायो
मेरो मुटुलाई
तिम्रो मुटुसम्म स्पर्स गरायो
तिमीसम्म पुग्न
अब मलाई अर्को बाटो खोज्नु छैन
म तिमीसम्म आईसकेकोछु ।
चन्द्रमा र तिमीलाई
एकै ठाउमा राखेर
हेरिरहेछु ।
चन्द्रमा
तिमी र म
एउटै भूगोलमा उभिनु पर्छ
म कल्पनामा हराइरहेछु ।
अनायास
तिमीले ईन्टरनेटका
तारहरु थुत्यौ, लुछ्यौ, चुडायौ
र सलाइ कोरेर जलायौं
तिमीसंग बोल्दा बोल्दै
बोली हरायो
शब्द हरायो
वाक्य हरायो
मेरो संसार हरायो
ईन्टरनेट एक्सप्लोरमा
म सर्च गरिरहेछु
तिमीलाइ हेर्दाहेर्दै
तिमी स्क्रीनमा विलिन भयौं
हाम्रा मन र मुटुका सञ्चारहरु
एकाएक डिस्कनेक्ट भए
र मेरो सपनाको हत्या भयो ।

जेठ १ गते २०६८
राती १२ ः १८
धरान


0 comments:

Post a Comment