भीमज्वाला राई
भुकम्पको एघारौं दिन (बैशाख २२ गते) लाग्दै गर्दा साथीहरुको खोजीमा तातोपानीका लागि काठमाण्डौं छाड्दै थियौं । मसंग नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका बागमती अध्यक्ष नवराज घिमिरे र संगठन अरनिको रुट टङक ईकाई अध्यक्ष दुर्गावहादुर श्रेष्ठ थिए । सिन्धुपाल्चोकको चाकुबाट उता कुनैपनि सवारी साधन जांदैन त्यहाबाट करिव ९ किलोमिटर तातोपानीसम्म हिड्नु पर्छ तर बाटो असहज छ पहिरोले बाटो पुरिएको छ । पहिरो झरिरहेकै छ यात्रा जोखिमपुर्ण छ नजानुस यस्तै सुझाव थियो हिड्नु अघि हामीलाई । तर हामी रोकिएनौं ।
भुकम्पको बढी क्षती सिन्धुपाल्चोक थियो तर तातोपानी क्षेत्र यस्तरी प्रभावित होला भन्ने ठानेका थिएनौं । सञ्चारमाध्यमहरुमा तातोपानी ध्वस्त भएको र सयौं टङक कन्टेनरहरु क्षत विक्षत भएको खवरहरु आएपछि हामी संसकित भएका थियौं । करिव १५ सय कन्टेनरमा करिव ३ हजार चालक परिचालकहरु त्यस रुटमा काम गर्दछन् ति मजदुर साथीहरुको अवस्था के भयोहोला भन्ने चिन्ताले सतायो ।
भुकम्प र पहिरोपछि तातोपानी विद्युत र सञ्चारबाट विछेद भएको र जानसक्ने अवस्था नरहेकाले मजदुरहरुको अवस्था अज्ञात थियो । यस्तो अवस्थामा संगठनको कार्यकर्ताको नाताले मैले नवराज जि, दुर्गा जि र जिवन जिलाई संगठनका तर्फबाट साथीहरुको अवस्था बुझ्न तत्काल जानु पर्ने आग्रह गरें ।
संकटग्रस्त काठमाण्डौंको यातायात व्यवस्थापन, मे दिवस, सिन्धुपाल्चोकको सांगाचोकको सिपाजी र खत्रीथोकमा रहनु भएका संगठनका नेता कार्यकर्ताहरुलाई सहयोग हस्तान्तरण लगायतका कामले २१ गतेसम्म हामी अलमलियौं र २२ गते विहान हामी तिनजना तातोपानी हिडेंका थियौं ।
खण्डहर यात्रा
सडक आसपास खण्डहर भग्नावशेष, त्रिपालमय खाली ठाउं, सडक पेटीमा राहतका लागि सहयोगी हातहरुको प्रतिक्षारत मानिसका हुलहरु र भग्नावशेषबाट आउने सिनोको दुर्गन्ध छिचोल्दै सुकोशी किनारै किनार बाह्रबिसे पुग्यौं । बाह्रबिसेको अस्तित्व संकटमा थियो अधिकांश घरहरु क्षतिग्रस्त थियो । बजार कोलाहलमय थियो । राहतका लागि मानिसका झुण्डहरु हारालुछ गरिरहेका देखिन्थे । राहत बापत बोरा, झोला बोक्नेहरु गईरहेका थिए कोही आईरहेका थिए हेर्दा त्यंहा धनि र गरिवविचको वर्गीय खाडल देखिदैनथ्यो ।
बाह्रबिसेबाट अघिको यात्रा थप त्रसित थियो सडक चिरिएर धजाधजा परेका थिए घरहरुको दशा उस्तै थियो । आउने जाने कुनै सवारी साधनहरु थिएनन् एका दुई मोटरसाई बाहेक हाम्रो दुईबटा मोटरसाईकल मात्र थियौं । ठांउ ठांउमा राहत पर्खिएर बसेका सर्वसाधारण बाहेक सडक खुल्ला थियो ।
रिसाएको मताहा हात्तीले बेस्कन बुर्कुसी मारेको कुनै बगैंचाका फल, फूल तथा अनाज झै घरहरु सोतर थिए, पहाड पुरै धुलाम्मे थियो, माटो, ढुङ्गा झरिरहेको थियो ।
चाकु भन्ने ठांउ पार गरेपछि आश र त्रास दुईटै मिश्रित भएर आयो । आश यस मानेमा भयो हामीले चाकुबाट तातोपानीसम्म हिड्नु पर्ने थियो तर हामीले हिड्नु परेन किन भने चाईनिज सेनाका जवानहरुले एस्काभेटरले पहिरोले पुरिएका बाटो पन्छाउदै थिए उनीहरुले हामीलाई जानुस भने ।
त्रास यस मानेमा थियो कि झ्याले भीर सफा गर्ने र पहिरो झर्ने कामपनि संगसंगै भईरहेको थियो । यसविचमा नवराज जि माथी पहिरो हेर्ने म मोटरसाईकल दौडाउने गर्दै अघि बढ्यौं । यसैविचमा फोटोहरु पनि खिच्नु पर्ने थियो । फोटोका लागि मोटरसाईकल रोक्ने र नरोक्ने विषयमा वेलावेला मेरो र नवराज जिको मत बाझ्थ्यो ।
हर्ष पनि विष्मात पनि
डाकला³ स्थित सुमन नेवारको घरमा पुगेपछि हामी त्यहाको खवरले हर्षित भयौं । सुमन संगठन अरनिको रुट टङक ईकाईका कोषाध्यक्ष हुन् । उनी हाम्रा आशलाग्दा नेता हुन् उनी जिवित छन् भन्ने खबर पायौं त्यस कारण हामी हर्षित भयौं तर पंतलीको पुख्र्यौली घरमा उनकी आमा भुकम्पमा परेर वित्नु भयो भन्दा हामीलाई विष्मात लाग्यो । वहां पंतलीमै किरियापुत्री रहनु भएकाले भेट भने हुनसकेन । साथीहरुको भनाईका आधारमा १२ गतेको भुकम्पको समय र सुमन खासाबाट तातोपानी हुदै घर हिडेको समय मिलेकाले धेरैको अनुमान सुमन जिवित छैनन् भन्ने थियो । हामी त्यही भनाईका आधारमा मनलाई चिसो बनाउदै तातोपानी हिडेंका थियौं । तर डाकला³को सन्देशले हामी ढुक्क थियौं । त्यहा केही अन्य यातायात मजदुर साथीहरु भेटिनु भयो वहांहरुलाई पानीका किटानुहरु मार्ने केही औषधीहरु दियौं ।
अर्को बज्रपात
कमिटीका सल्लाहकार नोर्वु गेल्जेन शेर्पाले अर्को दुखद समाचार सुनाउनु भयो भुकम्पमा ना ३ ख ५१४७ नम्बरका कन्टेनरका चालक टेकवहादुर पुन, ना ३ ख ७३२० का परिचालक जोन राना मगर, चालक गोविन्द श्रेष्ठ र चालक साईला तामा³ र उनकी छोरीको मृत्यु भएको र बा १ ख ८१३८ का चालक ग्यालटसी तामा³को शव अझै तातोपानी लिपि³मा पहिरो भित्रै रहेको जानकारी गराउनु भयो ।
ग्यालटसीको शवको उद्धारका लागि लिपि³ तर्फ हान्नियौं पुग्दा ईकाईका पुर्व अध्यक्ष दुर्गाराम श्रेष्ठ लगायतका साथीहरुले शव झिकेर घाट पु¥याई सक्नु भएको रहेछ । आफै घाईते दुर्गाराम जि र ग्यालटसीको भेनाजु सहित तिन जनाले उनको शव दाहसंस्कार गर्नु भएछ ।
सांझ परिसकेको थियो तातोपानी, लिपि³मा बस्ने अवस्था थिएन स्थानिय आफै सुरक्षित स्थान चौकी डांडा तिर लर्को लागेर जांदै थिए । होटलहरु थिएनन्, भएका होटलहरु चर्किएका थिए, सद्धे घरका मान्छेहरु समेत भुकम्प र पहिरोको डरले ओछ्याउने, ओड्ने कपडाहरु बोकेर डांडा तिरै चढीरहेका थिए ।
दुर्गाराम जिहरुको बसराई दशकिलो आसपासका खुल्ला ठांउमा रहेछ वहांहरुले त्यतै जांउ भन्नु भयो । बस्ने ठांउ कतै भेटिएन भने हामी आउंछौं भन्यौं । लिपि³ बजारमा करिव २० फिट जती अग्लो पहिरोले ल्याएको ढुंङ्गा र माटोको डंगुर थियो पारी जाने अवस्था थिएन । तर हामी भने चिनको सिमा मितेरी पुलसम्मै जान खोजिरहेका थियौं पुलदेखि लिपि³ बजार तथा भन्सार कार्यालय आसपास टङक कन्टेनरहरु लाईनमा थियो त्यही समय भुकम्प र पहिरो आएकाले त्यस आसपास धेरै यातायात मजदुरहरु हताहत भएको हामीले आशंका गरेका थियौं ।
बजारमा थुप्रिएका ढुङ्गा माटो र कुच्चिएका गाडीहरु चाईनिज सेनाका जवानहरुले एस्काभेटर तथा भ्याकुको सहायताले हटाईरहेका थिए । केही समय हामी रमिते भयौं चाडैं सकिए पुलसम्मै पुगेर साथीहरुको खोजी गर्ने हाम्रो हतारो थियो तर सम्भव जस्तो देखिएन ।
बासको चिन्ता
कहां बस्ने हामीलाई अर्को चिन्ता बन्यो तातोपानी छाड्ने निर्णय पनि ठिक थिएन किनभने बाह्रबिसेसम्मका क्षेत्रहरु पुरै पहिरोको त्रासमा थियो । सांझ परिसकेको थियो । सुरुमा लिपि³कै चर्किएकै भएपनि मितेरी होटलमै बसौ भन्ने सल्लाह ग¥र्यौ । भोटेकोशीको किनारबाट जग उठाएर बनाईएको ६ तले भवन दुई तला बाहेक पुरै चर्किएको थियो ।
बस्ने त भईयो तर होटलमा १२ गतेदेखि कोही नबसेकाले खाना पकाउने कोही थिएन, भएका खाने सामग्रीहरु राखिएको शोकेसको सांचोपनि काम गर्नेले नै लिएर सुरक्षित ठांउ तर्फ गएकाले त्यंहा बस्ने अबस्था रहेन । दुर्गा जिको दाई पुर्ण श्रेष्ठको घर तातोपानीमै रहेकाले हामी तिन जना पाहुंना लाग्ने भयौं र त्यो रात त्यही बस्यौं ।
रातभरीमा लिपि³ बजारको बाटो मितेरी पुलसम्म सफा भईसकेको थियो । विहान छ बजेनै हामी पुलसम्म गयौं चाईनिज अझै काम गरिरहेकै थिए कन्टेनरहरु ध्वस्त थिए तर हाम्रा कुनै साथीहरु हताहत नभएको जानकारी पायौं ।
फुल्पीङ्गकटीको उकालो यात्रा
तातोपानीपछि हाम्रो यात्रा मजदुरहरुको बासस्थान फुल्पीङ्गकटी गाविस तर्फ मोडियो । अरनिको सडक तल छाडेर हामी गांउले आफैले खनेको नाम मात्रको सडकबाट उकालो लाग्यौं । ४ किलो मिटर बाटो पार गर्न हामीलाई मोटरसाईकल ठेल्दै तान्दै, लड्दै करिव १ घण्टामा डांडामा उक्लीयौं । त्यंहा जानुको उदेश्य किरियापुत्री बसेका सुमन नेवारलाई भेट्नु र अन्य मजदुरहरुको अवस्था बुझ्नु थियो ।
ध्वस्त मजदुर बस्ति
फुल्पीङ्गकटीको पंतली, सुनखानी लगायतका वडाहरु यातायात मजदुरहरुको बसोवास रहेका मुलतः नेवार, शेर्पा तथा तामाङ्ग समुदायका साथीहरु रहेको गाविस हो ।
भुकम्पले मजदुरहरुका २७ घरहरु ध्वस्त बनाएको पाईयो तर खुशीको कुरा भने कुनैपनि सदस्य साथीहरु हताहत भएको पाईएन ति मध्ये ल्वा³ दोर्जे शेर्पाका बुबा सोनागेन्जेन शेर्पाको घरमै पुरिएर मृत्यु भएको पाईयो ।
बस्ती पुरै सखाप थियो साथीहरु भग्नावशेषबाट काठपात जिकिरहेका थिए कोही त्रिपालमुनि थिए हामी घर घरै पुगेर साथीहरुलाई सहानुभूति दियौं । त्यो बाहेक हामीसंग दिनलाई अरु केही थिएन । साथीहरुले उल्टै हामीलाई चिया पिउन, खाजा खान तथा खाना पकाउछौं खाएर जानुस भनिरहेका थिए ।
विहान रातो चिया बाहेक केही खाएका थिएनौ साढे ११ बजेको थियो हामी तिनै जना भाकले रन्थनिएका थियौं तर साथीहरुको विजोगका अघि हाम्रो भोक गौण थियो । त्रिपालमै भएपनि साथीहरुले चिया, खाजा र खानाका लागि गर्नु भएको अनुरोध देख्दा म विभोर भईरहेको थिएं । पित्रृ शोकमा रहनु भएका ल्वा³दोर्जे शेर्पाको त्रिपालमा हामीले फ्रुटि नखाईधरै पाएनौं । त्यो फ्रुटि अम्रित जल झै भयो ।
कहां जादैछ राहत ?
फुल्पी³कटी पुग्दा थाहा भयो त्यहाका जनताले भुकम्पको १२ औं दिनसम्म राहतको नाममा एक गेडो अन्न पाएको देखिएन ।
सरकारले प्रत्येक वडामा एक लाख पर्ने गरी गाविसलाई ९ लाख तत्काल प्रदान गरेको छ तर त्यंहाका जनतालाई त्यो निर्णयले पटक्कै छोएको देखिएन ।
फुल्पी³कटीमा करिव ५० जनाको मृत्यु भएको वडा नम्बर ९ सुनखानीमा मात्र ४ जनाको मृत्यु भएको भएपनि गाविस सचिव विदुर रायमाझी हालसम्म नदेखिएको कुनै पनि पीडितहरुले राहत तथा अन्य सहयोग नपाएको थापीनारायण निम्न माध्यमिक विद्यालयका प्रधानाध्याक गंगाप्रसाद श्रेष्ठले बताउनु भयो ।
खण्डहर बस्ती
चिनसंगको सिमाना मितेरी पुलदेखि लिपि³, तातोपानी दश किलो सम्मका करिव ९५ सय प्रतिशत घर, होटल, सरकारी कार्यालय लगायतका भवनहरु सदे छैनन । सिमादेखि तातोपानी हुदै लिपि³ बस पार्क तथा दशकिलोमा भएका चार पा³ग्रे तथा दुई पा³ग्रे सबै सवारी साधनहरु पत्रु झै कुच्चिएका छन् । गांउहरु पुरै ध्वस्त छन् कतै सग्ला घरहरु देखिदैनन् । पहाडका अधिकांश घरहरु ढुङ्गा र माटोले बनेकाले कुनैपनि बचेका छैनन् । बाटो, पाखा सबै धांजा परेका छन् । पहिरो गएका पाखामा पहिरो झरिरहेकै छ ।
दोहोरा त्रास
सिन्धुपाल्चोकका तातोपानी लगायतका गाविसहरु भुकम्प र पहिरोको दोहोरो संकटमा छन् । भुकम्पले घर, गोठ, टहरा, विद्यालय तथा कार्यालय भवनहरु भत्काएका छन् । नढलेका घरहरु सदे छैनन् सबै चर्किएका छन् । ज्यान जोगीएकाहरु समेत भुकम्प र पहिरोको दोहोरो त्रासमा छन् । भुकम्पबाट बचेका घरहरु र सबारी साधनहरुलाई समेत लड्दै आएको ढुङ्गाले भत्काईदिएको तथा कुच्याई दिएको छ ।
तातोपानीका जनता अझै घरमा बस्न सकेका छैनन । भुकम्पको धक्का कम हुदै गएपछि घर सदे भएकाहरु घर प्रवेश गरिसकेको भएपनि भोटेकोशी किनारको पहिरोको काखमा रहेको तातोपानीबासी अझै चौकी डांडामा त्रिपालमुनी बस्न बाध्य छन् ।
भुकम्प त रोकियो तर अझै पहिरो झर्न रोकिएको छैन त्यही भएर त्रिपालमै बस्न बाध्य छौं मितेरी होटलका सञ्चालक पप्पु लामाले बताए । घर चर्किपनि बस्न त हुन्थ्यो पहिरोबाट ढुङ्गा झरेको झरेकै छ उनले भने ।
विद्युत र सुचनाबाट बन्चीत
भुकम्प पछि सिन्धुपाल्चोकको बाह्रबिसेबाट उत्तर तर्फ विद्युत र टेलिफोन सुविधाबाट त्यहाका जनता बन्चीत छन् । गांउ त गांउ भयो तर सुविद्यासम्पन्न मानिएको र सरकारी कार्यालयहरु प्रसस्त रहेको तातोपानीमा समेत १२ गतेदेखि विद्युत तथा टेलीफोन छैन । नेपाल टेलिकम तथा एनसेलले त्यस क्षेत्रमा अहिलेसम्म सेवा विस्तार गर्न सकेको छैन । जसका कारण भुकम्प र पहिरोको त्रासमा रहेका त्यहाका जनता अन्यन्त्र रहेका आफन्तहरुसंग सम्पर्क विहिन बनेका छन् भने अन्धकारमा जिवन विताईरहेका छन् ।
अझै बन्द तातोपानी
राजश्वको ४० प्रतिशत योगदान दिने तातोपानी नाका भुकम्प र पहिरोबाट बचेखुचेका पसलहरु हालसम्म खुल्न सकेको छैन । बचेका घर तथा पसलहरुमा ताला लगाएर भए भरका जनता सुरक्षित मानिएको चौकी डांडामा त्रिपाल लगाएर बसेका छन् । अरु त अरु नै भए जनताको सुरक्षा दिन बसेका शसस्त्र प्रहरी बलका प्रहरी हरु पनि बिहान मात्रै चौकीमा आउने अरुवेला स्थानियसंगै चौकी डांडामै बस्ने गरेको छ ।
दुई महिनाको काम दुईदिनमै
सोमबारदेखि बाटो सफा गर्न लागेका चिनीया सेनाका जवानहरुले देखाएको पराक्रम र साहसीक कामको तातोपानीबासी सवैले मुक्तकण्ठले प्रशंसा गरे ।
हुनपनि मितेरी पुलदेखि लिपि³, तातोपानी, झ्यालेभिरसम्मका बाटामा थुप्रिएका पहिरोले ल्याएको करिव २० फिट अग्लो ढुङ्गा र माटोहरु हटाउन २ महिना लाग्ने अनुमान गरेका नेपालीहरुले दुई दिनमै पन्छाई दिएको छ ।
भुकम्पको दिनदेखि एक हप्तासम्म चिनको भुभाग खासामा करिव ४ सयलाई दिएको व्यवस्थित सुरक्षा आवास र खाद्यको प्रवन्ध र सम्मानलाई तातोपानीबासीहरु कहिल्यै नभुल्ने बताउछन् ।
हामी करिव ३ सयको हाराहारीमा चाईनिज सामान वारपार गर्ने महिला पुरुषहरु खासामा थियौं हामी नेपाल आउन लागिरहेका थियौं चाईनिज ईमिग्रेसनले हामीलाई आधा घण्टा रोके १२ बजे मात्रै गेट खुल्छ अनि मात्र जानुस भने त्यही समयमा भुकम्प आयो तातोपानी भुकम्प र पहिरोले ध्वस्त भईसकेको थियो हामी रुन कराउन थाल्यौं चाईनिजहरुले हामीलाई तत्काल घेरा हालेर सुरक्षित राखे एकै छिनमा टेन्टको प्रवन्ध गरे तत्काल खानपिनको व्यवस्था गरे राती त रक्सी वाईनको पनि प्रवन्ध गरिदिए । सायद त्यो दिन हामीलाई नरोकेको भए हामी भारीसंगै मथ्र्यौ सुनिता श्रेष्ठले सुनाईन् ।
लिपि³ बजारको ढुङ्गा, माटोको थुप्रो देखेर १ महिनाविना बाटो खुल्न नसक्ने सवैले चर्चा गरेका थिए तर सोमबारदेखि चाईनिज सेनाले सुरु गरेको बाटो सफा गर्ने काम दुईदिनमै पुरा गरेपछि चिनप्रति तातोपानीबासी थप सकारात्मक बनेको हो ।
मितेरीले कर्तव्य भुलेन
भुकम्प पछि तातोपानीमा आगन्तुकले आफन्त गुमाए, नयां ठाउं बस्ने ठाउं थिएन, होटलहरु थिएनन त्यस्तो अवस्थामा स्थानिय आफै समालिन सक्ने अवस्था थिएन बाहिरबाट तातोपानी घुम्न जानेकालागी सम्भव थिएन ।
यस्तो अवस्थामा स्थानिय मितेरी युवा क्लवले करिव ४ सयलाई सुरक्षित स्थानमा त्रिपालको मात्र व्यवस्था गरेन निरन्तर खानपानको प्रवन्ध गरेर उदाहरणीय काम गरे ।
त्रिपालको व्यवस्था, खान तयारी तथा वेखर्चीलाई खर्चको व्यवस्था क्लवले आफ्नै स्रोतमा गरेको क्लवका पुर्व वरिष्ठ उपाध्यक्ष ³ावा³ दोर्जे शेर्पाले बताए ।
गाउं छाडी काठमाण्डौं
भुकम्प पछि काठमाण्डौलाई असुरक्षित भन्दै लाखौंले काठमाण्डौं छाडिसकेका छन् । छाड्ने क्रम रोकिएको छैन तर सिन्धुपाल्चोकबासी भने गांउ छाडेर काठमाण्डौं आउनलाई अहोभाग्य ठान्छन् ।
काठमाण्डौंमा घर हुनेहरु आफन्त हुनेहरु उतै गईसके आफ्नो कोही छैनन् मरेपनि यंही बस्न बाध्य छौं पंतलीकी खड्गमाया पराजुलीले बताईन् ।
ज्यान जोगाउन विकल्प खोज्दै काठमाण्डौं धेरै गईसके तातोपानीका नुर्पु छिरि³ शेर्पाले भने उनले भने अव तातोपानी सुरक्षित छैन त्यही भएरपनि तातोपानी छाड्नेहरुको लर्को लागेको छ बाटो नखुलेका बेला हेलीकोप्टर चार्टर गरेरै पनि काठमाण्डौं गए उनले भने ।
शसस्त्र हरीको आलोचना
शसस्त्र प्रहरीलाई राजधानीबासीले सम्मान सहित प्रशंसा गरिरहेको छ । उद्धारमा शसस्त्र प्रहरीले देखाएको पराक्रमबाट देशलेनै शसस्त्र प्रहरी तथा सेनालाई वाहवाही गरिरहेको अवस्थामा तातोपानीमा भने शसस्त्र प्रहरीको भुमिका निकम्मा देखियो । तातोपानीबासीले शसस्त्र प्रहरीलाई आलोचना गरेको पाईयो ।
पहिलो कुरा भन्सारको चेक जांचको जिम्मा पाएको शसस्त्र प्रहरीका तातोपानी प्रमुख डिएसपी भुकम्प अघिदेखिनै विदामा रहेको पाईयो । प्रमुख विहिन तातोपानी भन्सारका सुरक्षाकर्मीहरु भन्सार द्धार नै खुल्ला छाडेर चौकी डांडामा सुरक्षित रहन सर्वसाधारण भन्दा पहिले नै जानुले चोरी निकासीका लागि तस्करहरुका लागि पनि हाईसन्चो भएको स्थानियहरु बताउछन् ।
अर्को तर्फ चाईनिज सेनाका जवानहरु निर्धक्क काम गरिरहदा हाम्रा शसस्त्रका जवानहरु भने ढुङ्गा झर्दैछ भन्दै आत्तिदै लाखापाखा लागेको पाईयो । पहिरोले बाटो अवरुद्ध गरेपछि स्थानियले प्रहरीसंग बाटो हटाउन आग्रह गरेका थिए तर हाम्रो पनि ज्यान जोगाउनु पर्छ भन्दै नसकिने उक्त दिने प्रहरीहरु सोमबारदेखि चाईनिजहरुले काम गर्दा भने टुलुटुलु हर्ने रमिते बनेका थिए ।
के चाहान्छन स्थानिय ?
काठमाण्डौंबाट १ सय १४ किलोमिटर दुरीमा रहेको तातोपानी नाकाले प्रत्येका दिन २ देखि ४ करोडको राजश्व संकलन गर्ने गरेको सरकारी अधिकारीहरु बताउन चुक्दैनन् ।
भुकम्प पछि क्षत विक्षत तातोपानी तथा आसपासका गाविसलाई सहज बनाउन राज्यको भूमिका के हुन सक्छ ? भुकम्पको धक्का हराउदै गएपनि पहिरोको त्रास उस्तैछ । वर्षामा थप संकट उत्पन्न हुने त्रास जनमानसमा छदैछ त्यस कारण तातोपानीलाई सुरक्षित बनाउने, जनजिवन सामान्यीकरण गर्ने र मुख्य नाका भएकाले भौतिक पुर्वाधारहरुको विकास र पीडितहरुलाई सम्बोधन आवश्यक छ ।
0 comments:
Post a Comment