साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

मजदुरलाई सहयोग

क्षयरोग पीडित यातायात मजदुर कुमार जोगीलाई उपचार सहयोग स्वरुप २० हजार ९५ रुपैया सहयोग प्रदान गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव भीमज्वाला राई ।

आकासबाट देखिएको विराटनगरको दृष्य

पछिल्लो समय बिराटनगर विकासको तिव्र गतीतर्फ अग्रसर बन्दै गईरहेको छ

सुन्दर भेडेटार

धनकुटा र सुनसरीको संगमस्थल पर्यटकीयस्थल भेडेटारको दृष्य

विद्यार्थीलाई सम्मान

प्रवेशिका पक्षिामा सर्वोकृष्ट अंक ल्याउने यातायात मजदुरका छोराछोरीहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान ईकाईले सम्मान गर्दै

Pages

अविश्वास तोड्ने अवसर



              शान्ति प्रकृयालाई निश्कर्षमा पुर्याउने र संविधान निर्माण कार्यलाई पुरा गर्ने कामको महत्वपूर्या जिम्मेवारी पाएको संविधानसभाले समयमै आफ्नो काम पुरा गर्न नसकेपनि आफ्नो आयु लम्ब्याउने काममा भने समय समाप्तीको अन्तिम अवस्थामापनि चुकेको छैन । पटक पटक संविधानसभाको समय थप्दै आएका भएपनि समयमा काम भने पुरा गरेको छैन । संविधान निर्माणका काममा मेहनत नगरे झै यस पटक संविधानसभाको म्याद थप्नेबेलापनि  दलहरुले धेरै मेहनत गर्नुपरेन । दलहरुको सहमतिमा सरकारले संविधानसभा समक्ष प्रस्ताव गरे अनुसार ६ महिनाको लागि संविधानसभाको म्याद थपिएको छ । समय थपसंगै थपिएको समय अन्तिम हुने र त्यसपछि संविधानसभाको समय सकिने सर्वोच्चको फैसलाका कारण अबको ६ महिनाभित्र जसरी पनि संबिधान बनाउनुपर्ने दलहरुसामु दबाब छ ।


            पछिल्लो समय भएका केही गतिबिधिले थपिएको ६ महिनामा संविधान बन्ला की भन्ने आशाका संकेतहरु देखिएका छन् । शान्ति प्रकृयाको काम आशालाग्दो ढंगले अघि बढेको छ सेना समायोजनका काम प्रारम्भ भएका छन् । राज्य पुनर्सरचना आयोग काममा जुटेको छ । सर्वोच्चको आदेशपछि संविधानसभाको समय अन्तिमपटक थपिएको भन्ने विषयमा  राजनीतिक दलका नेताहरुमा यसपटक भने पहिलेको भन्दा गम्भीरता र जिम्मेवारीबोधको अभिव्यक्तिहरु पाईएको छ । प्रधानमन्त्री सहित अन्य सबै दलका शीर्षनेताहरुको भनाई पनि संविधान निर्माणमा एकजुट हुनुपर्छ भन्ने विषयमा केन्द्रीत देखिएका छन् । लडाकुको वर्गीकरणका सन्दर्भमा समायोजनमा जानेको संख्या बढी भएको विषयलाई  सेना समायोजन विशेष समितिले टुंगो लगाउनासाथ यो विषय करिव अन्त्य तर्फ पुगेको देखिएको छ ।  त्यस्तै राज्य पुनर्सरचना आयोगले पनि काम थालेको छ । दुई महिनाको समय पाएको आयोगले आफ्नो काम पुरा गर्न सक्ने अवस्था नभएपनि समयमै काम सक्ने आयोग सदस्यहरुको प्रतिबद्धता स्वागत योग्य छ ।

           शासकीय स्वरुप र निर्वाचन प्रणाली लगायतका विवादित मुद्दा महत्वपूर्णपनि भएकाले आयोगले यो मुद्धामा सहमति जुटाउन गृहकार्य गर्नु पर्दछ । विषय सानोजस्तो लागेपनि कामकालागी सवैभन्दा बढी जटीलता र विवादित विषयपनि यही भएकाले आयोगलाई मात्रै भर पर्ने काम दलहरुले किमार्थ गर्नु हुदैन । दलहरुकालागीपनि सवैभन्दा बढी टाउको दुखाईको काम यही विषयले गर्ने निश्चित छ । थपिएको समयमा नयां संविधानको खाकासम्म प्रस्तुत गर्नकोलागी विषदित विषयलाई किनारा लगाउनकालागी दलहरुको विषेश पहलमा आयोगले कार्यतालिका बनाएर जानु जरुरी छ । सर्वच्चको आदेशपछिपनि दलहरुको सुद्धि फिर्दैन, फेरीपनि संविधान बनाउदैनन् भन्ने अविश्वासहरु सुनिएका छन् । संविधान निर्माण भन्दा राष्ट्रिय सहमतिको सरकार गठनको नाममा सत्ता बाडफांडमा दलहरु अल्झिन्छन् भन्ने आशंकापनि आईरहेको छ । यी आंशंकालाई दुर गर्दै यो पटक भने दलहरुले ऐतिहासिक सहकार्य गर्दै अविश्वास तोड्न आवश्यक छ ।

0 comments:

Post a Comment