- भीमज्वाला राई ..................................
बेलबारी घटनाका दोषीलाई कारबाही, पीडितलाई न्याय र सामाजिक सद्धभावलाई अझै सुमधुर बनाउने हो भने । घटनासंग जाडिएका त्रिकोणात्मक संघटकहरुलाई राम्ररी केलाउन जरुरी छ । पहिलो मायां सार्र्कीमाथीको बलात्कार प्रयासको घटना । दोस्रो बलात्कार प्रयासलाई दवाउन भएका कुटपीट, कालोमोसो तथा जुत्ताको माला लगाउने अमानविय व्यवहार र तेस्रो दलित र आर्थिक रुपमा कमजोरमाथीको जे गर्दापनि हुन्छ भन्ने हेपाहा प्रवृति । प्रकारान्तरले यी घटनाको जोड जातीय र वर्गीय उत्पीडनको सामाजिक नमुना नै मान्न सकिन्छ ।
साउन ६ गते सांझ मोरङ बेलबारी ९ करमडांडाका जिवन भेट्वालले सोही स्थानकी मायां सार्कीमाथीको बलात्कार प्रयासको भोलीपल्ट माया सार्की र पत्रकार मनोज बिकलाई कुटपीट, कालोमासो तथा जुत्ताको माला लगाईदिए । बलात्कार प्रयास गर्ने जिवनको कर्तुतका बारे प्रहरीमा उजुरी गर्न सघाउने स्थानिय मनोज बिकले न्यायकालागी सघाउनुनै कोलोमोसो दली माग्नु पर्ने कारण बन्यो । अहिले यो घटना अन्तराष्ट्रियकरण भईसकेको छ । यही घटना अधिकारका नाममा स्थापित डलरवालाहरुकालागी डलर फल्ने खेती भईरहेको छ । यो घटना जघन्य अपराध त हुदैहो त्यस कारण कसैले अधिकारको सवाललाई आधार बनाएर आन्दोलन गर्नु नराम्रो होईन तर अनावश्यक विषयलाई बायुपंखी बनाउनुको सट्टा तथ्य तर्फ केन्द्रीत हुनसक्दा राम्रो देखिन्छ जसका लागी निम्न कामहरु गर्न सके उचीत ठहर्नेछ ।
पहिलो ः यो घटना मायां सार्कीमाथीको बलात्कारको प्रयास हो यदी जिवन भेट्वालले बलात्कार प्रयास गरेको विषयबाट घटना सुरु भएको मान्ने हो भने यही घटनाबाट समाधानकोलागी पोयो खोल्नु पर्छ । त्यो कसरी ? जुन सांझ करिव ७ बजे ( यो समय सांझ ७ बजे मान्छे चिन्न कुनै समस्या हुन्न) कामबाट घर फर्कीदै गरेकी मायांलाई आक्रमण गरियो घाटी थिच्ने काम भयो उनलाई लडाउने प्रयास भयो त्यसको दुईबटा कारण हुन सक्छ कि त मायांसंग भएका गहना र पैसा लुट्ने कि त बलात्कार प्रयास नै हो । सुकुम्बासीमा बसोबास गर्ने र होटलमा काम गर्ने मजदुर भएकाले उनीसंग न गहना नै हुने भयो न पैसा नै त्यस कारण त्यो घटनाको मुल कारण बलात्कार प्रयास नै हो भन्न सकिने आधारहरु छन् । जुन कुरा मायांले सुरुमै बयान दिईसकेकि छन् । पछिल्लो समय बयान जेसुकै आएको भएपनि बलियाले निर्धालाई धम्की त्रासलाई साधन बनाएर अर्कै बक्न लगाउन प्रवृतिलाई भेटवाल परिवारले पनि मज्जाले प्रयोग गरेको देखियो । यो साउन महिनाको समयको सांझ ७ बजे केही टाढां भए त्यसलाई मान्न सकिन्थ्यो होला तर आफुलाई आक्रमण गर्ने मान्छे खुट्याउनलाई कुनै आपत्ती हुदैन । त्यस कारण कारबाहीको कुरा गर्दा पहिले मायांलाई जवरजस्ती करणीको प्रयास गर्ने जिवन भेटवाललाई ऐनले के व्यवस्था गरेको छ त्यहांबाट विषयको प्रारम्भ गर्नु उत्तम देखिन्छ ।
दोस्रो ः कुटपीट, कालोमोसो र जुत्ताको माला लगाई सार्वजनिक वेईजतीको विषय । यो घटना बलात्कार प्रयासको जघन्य अपराधलाई दवाउन गरिएको एउटा अस्त्र थियो यो गलत अभ्यासमा त्यो समाजका केही व्यक्तिहरु लागे । आर्थिक रुपमा सवल (भर्खरै विदेशबाट कमाएर फर्किएको) सामाजिक रुपमा हाई स्ट्याटस ( कथित उच्च जाती ) बलात्कार प्रयास गर्ने जिवन भेटवालका सहयोगी तत्वहरुहुन् । अझै दलित समुदायकी महिला, श्रीमान विदेशमा भएको आर्थिकरुपमा निम्न वर्गीय हुनु जिवनका आखां मायांको बैशमा पर्नु अर्को आधार वस्तु बनेको देखिन्छ । तर जिवनले गरेको बलात्कार प्रयास जस्तो अपराधलाई महिलाहरुलेपनि कुनै अपराध जस्तो ठानेनन् बरु उल्टै आरोप लगाए अहिलेसम्म कहिल्यै कुनै अपराध नगरेका हाम्रा जिवनलाई त्यस्तो घृणित आरोप लगाउने ? मायां उनीहरुको नजरमा उल्टै बाईफलि भईन्, श्रीमान नभएकाले नैतिकहिन र अरुलाई आरोप लगाउने कुलांघरी भईन् । मायां माथीको बलात्कार प्रयास त्यो मायांको आरोप मात्रै हो भने मायांको मानसिक अबस्था बेठिक हुनु पर्छ त्यसकालागी स्वास्थ्य परिक्षण गरिनु जरुरी छ होईन भने मायां माथी यत्रो बज्रपात किन ? कुटपीट, कालोमोसो तथा जुत्ताको माला लगाई दिने त्यो हदसम्मको अपराध र अपराधीहरुलाई दिने सजायकालागी सवैले विचार गर्नु पर्दछ ।
तेस्रो ः वर्गीयहिसावबाट हरेक समाज दुई ध्रुवमा विभाजित छ । करमडांडाका अन्य घर परिवारको भनाईलाई आधार मान्ने हो भने त्यो अझै स्पष्ट हुन आउछ । जातीय हिसावले दलित तथा आदिवासीहरु र वर्गीय हिसावले गरिव भएकैले आफुहरु लामो समयदेखि डोमिनेट भईरहेको स्थानियले बताउनुले त्यो घटनाको कारण मान्न सकिने आधारहरु देखिएकाछन् । त्यो पीडा र पीडाबाट न्यायकालागी भएको भेलामा भएको आक्रमणपछि मायां र मनोज दुवै जना अहिले गांउबाट विस्थापित हुनुलेपनि उनीहरुमाथी दमन थियो भन्ने प्रष्ट्याउछ । जातीय तथा वर्गीय आधारबाट भएको यो अमाविय घटनापनि शोषणको फरक रुप नै त्यही मोहडाबाट असह्य कालोमोसो, जुत्ताको माला लगाउने तथा कुटपीट प्रकरण जोडिएर आएको छ जुन अपराध र अपराधीहरुलाई जुनसुकै एन्गलबाट हेरेपनि अक्षम्य छ ।
अहिले यो घटनालाई लिएर अपराधमा सलग्न दोषिहरुलाई कारवाहिको माग जोडदार उठीरहेको छ, बेलबारीमा महिलाहरुले प्रर्दशन र प्रहरी कार्यालय घेराउ गरिरहेका छन्, जातीय छुवाछुद र भेदभाव बन्द तथा सामाजिक सद्भाव कायम राख्ने विषयमा प्रदर्शन जारीछ । यस्ता घटनाहरुमा जाती, लिंग, क्षेत्र लगायतका विषयलाई केन्द्रीत गरेर मानविय सेन्टिमेन्ट लिने र विषयलाई राजनीतिकरण गर्ने प्रयासहरु हुने सम्भावनापनि हुन सक्छन् यो विषयमा दलित अधिकारकर्मीहरु सजग बन्न जरुरी छ । घटनाका विषयमा प्रहरी, अधिकारकर्मी, राजनीतिक दलहरु नागरिक समाज स्थानिय तथा सरोकरवालाहरु धैर्य हुन जरुरी छ । सामाजिक सद्धभावलाई बचाउदै पीडितलाई न्याय प्रदान गर्दै न्यायको सिद्धान्तका आधार रहेर पीडकलाई कानुनी दायरामा ल्याउन जरुरी छ । पुर्वाञ्चल क्षेत्रीय प्रहरीकार्याला एसपी शेखर कईरालाको संयोजकत्मा तिनसदस्यीय छानीन समिति बनीसकेकोछ । त्यस्तै प्रहरी प्रधान कार्यालयकी महिला आयोगकी प्रमुख तथा डिआईजी बिमला थापालेपनि घटना स्थलको स्थलगत अध्ययन गरिसक्नु भएको छ । मायां र मनोजले न्याय पाउने छन् सबैले त्यही अपेक्षा गरेका छन् ।

0 comments:
Post a Comment