साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

मजदुरलाई सहयोग

क्षयरोग पीडित यातायात मजदुर कुमार जोगीलाई उपचार सहयोग स्वरुप २० हजार ९५ रुपैया सहयोग प्रदान गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव भीमज्वाला राई ।

आकासबाट देखिएको विराटनगरको दृष्य

पछिल्लो समय बिराटनगर विकासको तिव्र गतीतर्फ अग्रसर बन्दै गईरहेको छ

सुन्दर भेडेटार

धनकुटा र सुनसरीको संगमस्थल पर्यटकीयस्थल भेडेटारको दृष्य

विद्यार्थीलाई सम्मान

प्रवेशिका पक्षिामा सर्वोकृष्ट अंक ल्याउने यातायात मजदुरका छोराछोरीहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान ईकाईले सम्मान गर्दै

Pages

उपत्यकामा ट्राफिक डन


 भीमज्वाला राई




काठमाण्डौं । देशमा “डन” हरुको चर्चा चलिरहेको वेला तिनै डनहरुलाई ठिक पार्ने ट्राफिक प्रहरीले उपत्यकामा भने आफै डन प्रवृति देखाएकाछन् । साउन ६ गते शुक्रबार अपरान्ह एक ट्राफिक प्रहरीले पैसा नदिएपछि यातायात मजदुरलाई सार्वजनिक स्थलमै हातपात मात्रै गरेनन् पक्राउ गरेर हिरासतमै लगेर थुनेपछि उपत्यकामा ट्राफिक प्रहरी अर्को वर्दीधारी डन भएको पुष्टि भएकाछ । 
    बा ३ ख १६४७ नम्बरको अशोक विनायक यातायातका परिचालक मनोज न्यौपानेलाई ट्राफिक प्रहरी निर्मल आचार्यले हातपात तथा लछारपछार गर्दै महानगरिय प्रहरी प्रभाग गौशालामा हिरासतमै लगेर केही समय थुनेका थिए । 
कोटेश्वरबाट नयां बसपार्क गोंगवु तर्फ जादैं गरेको उक्त यात्रुबाहक बसले गौशाला बस स्टेण्डमा यात्रु चढाउने र उतार्ने क्रममा नियम विपरित काम गरेको भन्दै ट्राफिक आचार्यले परिचालक न्यौपानेसंग पैसा मागेका थिए तर गल्ती नै नभई पैसा नदिने अड्डी न्यापानेले लिएपछि वर्दीधारी ट्राफिक प्रहरीले शक्तिको दुरुपयोग गर्दै न्यौपानेमाथी जाईलागेका थिए । न्यौपानेसंगै बसका चालक अमृत खतिवडालाई समेत थुनमा राखेको थियो । 
   सो बसका यात्रुहरुले भो बस तथा मजदुरहरुको कुनै गल्ती नभएको भन्दै प्रतिकार गरेपछि अन्य प्रहरीको सहायतामा प्रहरी भेनमा राखेर चालक खतिवडा र परिचालक न्यौपानेलाई प्रहरी हिरासतमा लगीएको थियो । 
महानगरिय ट्राफिक प्रहरी प्रभाग गौशालाका ईन्चार्ज ट्रफिक प्रहरी निरिक्षक शुकदेव खनालले भने दुवै पक्षले गल्ती स्विकार गरेपछि सांझमै मजदुरहरुलाई छाडिएको बताए । 
 उनले भने नरोक्ने स्थानमा रोक्नु कमजोरी भएको मजदुरले स्विकारेको र पैसा माग्नु ट्राफिक प्रहरीको कमजोरी भएको विषयमा दुवै पक्षले स्विकार गरेपछि छाडिएको प्रनि खनालले बताए । 
    सबारी नियमको पालना गराउदै सवारी आवागमनलाई व्यवस्थित बनाउने जिम्मा पाएका ट्राफिक प्रहरीहरु बढ्दो सवारी साधनको चाप, सिमित सडक, पार्किङस्थलको अभाव  ट्राफिक प्रहरीहरुको कमाई खाने भाडो भएकोछ भने ट्राफिक प्रहरीहरुको लागि दुहुनो गाई जस्तै भएका छन् यातायात मजदुरहरु । विशेषगरी उपत्यकामा ट्राफिक प्रहरीहरुको ज्यादती यातायात मजदुरहरुमाथी अत्यधिक रहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बागमती अञ्चल अध्यक्ष नवराज घिमिरेले बताए । ट्राफिक प्रहरीहरुले आफुलाई नसच्याए संगठनले आन्दोलन गर्ने चेतावनी दिए ।

तस्विर सौजन्य ः नेपालसन्देश डटकम

1 comment:

  1. केहि ड्राइभर र खलासिहरुको व्यवहार हेर्दा त् यिनीहरुलाई धोबी धुलाई नै न पुगे जस्तो छ, अति नै घृणित व्यवहार, न यिनी लाई कुनै चेतना छ न यात्रीहरु प्रति मर्यादा ! अति नै शुद्र व्यवहार घटियाहरु ! ट्राफिक प्रहरी हरुको रात दिन धुलो धुँवाको बीच ट्राफिक व्यवस्थित गर्नु अति नै गाह्रो त्यस माथि ड्राइभर र खलासिहरुको पिसाच रुपी व्यवहारले गर्दा ट्राफिक प्रहरीहरु मानसिक र शाररिक रुप ले पिडित नै छन् , प्रहरी माथि हात पात गर्ने लाई कडा भन्दा कडा कार्यवाहीका साथ चालक अनुमति पत्र नै रद्द गरिनु पर्द छ !

    ReplyDelete