४ बैशाख २०७०
काठमाण्डौं । विमान स्थलभीत्र ट्याक्सी पार्किङ तथा यात्रु सेवा सम्बन्धमा भईरहेको व्यथिति अन्त्य गर्न त्रिभूवन अन्तराष्ट्रिय विमान स्थल प्रशासन सहमत भएकोछ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले अघि सारेको पांच बुदें मागहरु विमान स्थल प्रशासनले क्रमशः पुरा गर्दै जाने बताएको छ ।
बिहिबार विमानस्थलमा भएको संगठनका नेताहरु तथा विमानस्थल प्रशासनबीच भएको छलफलपछि तत्कालका लागि मिटर ट्याक्सी देखिनेगरी संकेत बोर्ड राख्ने, मिटर ट्याक्सीका चालकहरुमाथी हुने दुव्र्यवहार रोक्ने, यात्रु तानातान नगर्ने, हरियो प्लेटका प्रिपेईड ट्याक्सी १५ बटा र कालो प्लेटका मिटर ट्याक्सी १० वटा भन्दा बढी ट्याक्सी विमानस्थलभीत्र पार्कीङ नगर्ने, कालो प्लेटका मिटर ट्याक्सी सञ्चालनका लागि समयसारीणी अनुसार गर्ने सहमति भएको छ ।
दिर्घकालका लागि यस अघि विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेड, विमानस्थल तथा यातायात व्यवस्था विभागसंग भएका सहमतिहरुलाई समिक्षा गर्दै सर्वपक्षिय बैठकद्धारा त्यहा देखिएका र संगठने उठाएका मागहरुलाई सम्बोधन गर्दै जाने सहमति भएको विमानस्थलका डाईरेक्टर देवचन्द्रलाल कर्णले जानकारी गराउनुभयो ।
छलफलमा संगठनका केन्द्रीय उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठ, महासचिव भीम ज्वाला राई, बागमती अध्यक्ष नवराज घिमिरे, एयरपोर्ट ट्याक्सी ईकाई अध्यक्ष शंकर थापा सहभागी थिए भने त्रिभूवन अन्तराष्टिय विमानस्थलमा विमानस्थल हवाई सुरक्षा महाशाखाका बिक्रमराज गौतम, केमनाथ ठाकुर तथा विमानस्थल सुरक्षाका तर्फबाट एसएसपी रमेश फुयाल तथा फिल्ड ईन्चार्ज प्रहरी निरिक्षक राजकुमार राई सहभागी थिए ।
चैत्र २४ गते संगठनले विमानस्थलका महाप्रवन्धक समक्ष प्रि पेईड ट्याक्सी तथा मिटर ट्याक्सीको पार्कीङ स्थलको व्यवस्था गरिनु पर्ने, यात्रुले देखिनेगरी संकेत बोर्ड राख्नु पर्ने, लागु औषध तथा मादक पदार्थ सेवन गरेर काम गर्न निषेध गरिनु पर्ने, यात्रु तानातान गर्ने, जवरजस्ती गर्ने, यात्रुलाई अभद्र व्यवहार गर्ने कार्य रोकीनु पर्ने, विमानस्थलभीत्र हुने गुण्डागर्दी रोकिनु पर्ने लगायतका मागहरु प्रस्तुत गरिएको थियो ।
सम्पर्कका लागि
देवचन्द्रलाल कर्ण, डाईरेक्टर विमानस्थल
९८४१३०५९३७
भीम ज्वाला राइ, महासचिव
९८५२०४७७२८
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन
0 comments:
Post a Comment