साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

Pages

सार्क सम्मेलनले नछोएको सडक



भीमज्वाला राई
काठमाण्डौं । मंसिर १० र ११ गते सार्क सम्मेलनका लागि काठमाण्डौंका सडकहरु रातारात चिल्ला बन्ने क्रम चलिरहेकोछ । तर अन्तराष्ट्रिय विमान स्थल नजिकै रहेको सिनामंगलहुदै पुतलीसडक जोडिने सकडलाई भने सार्क सम्मेलनको तयारीले छोएको छैन ।
     सिनामंगल, भिमसेनगोला, पुरानो बानेश्वर, मैतिदेवी, डिल्ली वजार हुंदै पुतली सडक जोडिने सडक लथालि¨ भएपनि त्यसलाई मर्मत गर्ने चासो सरकारले देखाएको छैन । सडकभरी खाल्डै खाल्डा छन् जहां पानी जमेर सवारी साधन मात्र होई पैदल यात्रीहरु समेत हिड्न सक्ने अवस्थाका छैनन । सडक पुरै हिलाम्य छन् सडक आसपासका व्यापारीहरु समेत विस्थापित हुने अवस्थामा छन् ।
  सडक निर्माणको लागि भन्दै दुई वर्ष अघिदेखि भत्काईएका सडक कहिलेदेखि निर्माण पुरा गरिने हो कुनै टुङगो छैन । भिमसेनगोलादेखि पुरानो बानेश्वर चोकसम्मको सडकमा डोजरले पुर्णरुपमा भत्काएका छन् भने सडकभरि निर्माण सामग्री राखिएकाले पैदल हिड्न समेत नसकिने अवस्थाको छ । लामो समयदेखि बाटो नबन्दा यस क्षेत्रका व्यापारीहरु विस्थापित हुदै गईरहेको कतिपयले पसलनै विक्रि गरेर अन्यन्त्र जान थालेको भिमसेनगोला चौकका व्यापारी अनिल साहले बताए ।
    त्यस रुटमा चल्ने ९८ बटा सफा टेम्पो समेत चल्न नपाउदा जिविकोपार्जन गर्न मजदुरहरुलाई समस्या भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सिनामंगल सफा टेम्पो ईकाई अध्यक्ष कमल सापकोटाले बताए ।
     सडक निर्माणको जिम्मेवारी पाएका ठेकेदारहरु सुदिप श्रेष्ठ, पेम्वा लामा र बालकृष्ण श्रेष्ठ रहेका छन् । काम ढिालाई हुनुमा खानेपानी सस्थानका कारण रहेको ठेकेदार सुदिप श्रेष्ठले बताए ।
  हामीले पाईप विछ्याएर काम अघि बढाईसकेका थियौं तर खानेपानी सस्थानले अकै पाईप लगाउने भन्दै त्यसलाई रोकेपछि सडक निर्माणको काममा ढिलाई भएको बताए ।
 सार्क सम्मेलनका लागि भन्दै काठमाण्डौका मुख्य सडकहरु रातारात अलकत्रे गर्ने, रंगरोगन गर्ने, जेब्रा क्रसिंङ गर्ने, सडकका छेउमा हरियाली बनाउने काममा सरकारले तिव्रता दिएको छ । सम्मेलनमामा आउने सार्क राष्ट्रका प्रमुखहरु सवार हुने क्षेत्रका सडकहरुलाई भने सिंगार्न राज्यले ध्यान दिएका भएपनि अन्यन्त्र स्थानमा भने विभेद गरेको जनगुनासो रहेको छ ।







0 comments:

Post a Comment