भीमज्वाला राई
साताव्यापी लामो चिन भ्रमणबाट प्रधानमन्त्री केपी शर्मा ओली आईतबार अपरान्ह नेपाल फर्किएका छन् । जम्बो टोली लिएर चैत्र ७ गते चिन उडेका ओलीले चिनमा पारवहन सम्झौता लगायत १० वटा सम्झौताहरु गरेका छन् भ्रमणकै क्रममा चीन र नेपालबीच १५ बुंदे सयुक्त विज्ञप्ती जारी गरेको छ । भ्रमण र भ्रमणका क्रममा भएका सम्झौतालाई लिएर सकारात्मक तथा नकारात्मक दुबै चर्चा राजनीतिक बजारमा चलेको छ ।
भ्रमणका विषयमा सरकार तथा सरकारपक्षिय नेताहरुले ओलीको भ्रमण ऐतिहासिक र अभूतपूर्व भनेर चर्चा परिचर्चा गरिएको छ भने प्रतिपक्षि दल तथा नेताहरुले यो भ्रमणलाई खासै उपलव्धि छैन भनेको छ । के कारणले यो भ्रमण ऐतिहासिक रह्यो या अभुतपूर्व रह्यो यसलाई सरकार पक्षिय र प्रतिपक्षिय हिसावले भन्नु भन्दा पनि यसको परिणामलाई आधार बनाएर विश्लेषण गर्नु जरुरी छ ।
भ्रमण आखिर भ्रमण नै हो हरेक भ्रमणलाई फाईदासंग जोडेर हेर्ने परिपाटी नेपालको पुरानै सस्कृति हो । पुरानो परम्परा भन्दा यो भ्रमण पनि फरक रहने कुरै भएन तर अरु वेला र अरु प्रधानमन्त्रीको भ्रमण भन्दा चीन भ्रमण र ओलीको भ्रमण विल्कुलै पृथक रहेको छ । नाकाबन्दीका कारण भारतसंगको सम्बन्ध अमिलो भईरहेको अवस्थामा चीन भ्रमणलाई नेपाली जनता भन्दा भारतले बढी चासोका साथ हेरीरहेकोछ ।
भ्रमणको तत्कालिक उपलव्धि पराजित भारत मनोविज्ञान नै हो दक्षिण एशियामा आफ्नो प्रभाव बढाईरहेको भारत पछिल्लो समय नेपालसंगको सम्बन्धका कारण थप दवावमा रहेकाले नेपाल चीन सम्बन्ध र सम्झौताले नेपालमा भारतिय एकाधिकार कमजोर बन्ने त्रासमा रहेको देखिएको छ । भ्रमणका क्रममा भएका दश वटा सम्झौंताहरु र पारवहन सम्झौताले भारतको त्यो एकाधिकारलाई अन्त्य गर्नेछ र भ्रमणको उपलव्धि त्यसैलाई मान्न सकिन्छ ।
चीन नेपालबीचको सम्झौतालाई लिएर उधुमै भईहाल्यो भनेर अनर्गल प्रचार गर्नु र केही भएको छैन भनेर प्रतिपक्षिको भूमिका मात्रै निर्वाह गर्नु भन्दा पनि यस अघिपनि चीनसंग यस्ता सम्झौताहरु भईसकेकाले सहमतिलाई कार्यान्वयनका आधारहरुका बारेमा चर्चा गर्नु सान्दर्भिक देखिन्छ । पारवहन सम्झौताले दुईदेशबीचको व्यापार साझेदारीले आर्थिक बिकासका लागि नेपालका लागि ढोका खुलेकोछ तर सम्झौता कार्यान्वयन कहिलेबाट हुने त्यसको ठोस आधार नेपाली जनतालो खोजीरहेकोछ ।
नजिकका छिमेकी भारतले नोपाललाई नाकाबन्दी गर्दा चीनले दिएको पेटङोलियम पदार्थ ल्याउने बाटो नभएर ल्याउन नसकिएको तितो अनुभव हामीसंग रहेको अवस्थामा चीनसंगको पारवहन सम्झौताले तत्काल त्यसको कार्यान्वयन हुनेकुरामा संकट देखिन्छ तर एक मात्र देशसंग निर्भर नेपालको पारवहन सम्बन्धमा चीनसंगको सम्झौताले दिर्घकालिनरुपमा नेपालीको भविष्यलाई सुन्दर बनाईदिएकोछ यस अर्थमा ओलीको चीन भ्रमण सकारात्मक छ ।
0 comments:
Post a Comment