यात्रा डायरी
२७ साउन २०६७
पार्क ईन होटल धनगढी, कैलाली
कोठा नं.१०४ राती ११ बजे
कोठा नं.१०४ राती ११ बजे
मित्र दिपक काफ्ले जीसंग छु कोठामा भोली र पर्सी , साउन २८ र २९ गते महाकाली, सेती, भेरी र राप्तीगरी चार अञ्चलको संयुक्त प्रशिक्षण का लागी आज दिउसो १२ बजे धनगढी आईपुगेका थीयौं ।
हिजो सवा १२ बजे धरानवाट हिडेको थिए एक बजे मैले इटरीवाट धनगढीको बस चढ्नु थियो । २९४८ नम्वरको बस चढेर २३ घण्टालामो बस यात्रा पार गर्दै आज धनगढी आईपुगे । यात्रा सहज थीएन शरीर दुखिरहेको छ तर पनि भोलीको प्रशिक्षणको तयारी करिव करिव गरी सके ।
यात्राको साईत
धरानवाट यात्रा गर्ने समय मुसलधारे पानी परिरहेको थीयो औजारवाट आन्टीको चिया पसलमा सन्तोष काफ्ले र भोजराज श्रेष्ठ (औजारकर्मीहरु) संगै चिया पियौ १५ मिनेटसम्म पनि पानि नरोकीएपछी आन्टीको छाता ओढेर सन्तोष भाईले वसपार्क सम्म छाडीदियो हिड्न ढिला भईरहेकोमा मलाई चिन्ता थियो, सवा १२ बजीसकेको थियो ईटहरी साढे १२ वजे आईपुग्न मलाई उर्दी जारी गरीएको थियो लोकल वसले कम्तीमा ४० मिनेट लगाउने गर्छ ईटहरी पुग्न गन्गनीदै थिए त्यतीवेला सन्तोषले भन्दै थियो दाई हिड्ने वेलामा पानी पर्नु राम्रो साईत हो ।
पानी पराई अनौठो थियो धरानको तिनकुने दक्षिण तर्फ भने पानीको थोपो परेको थिएन । म समयमै ईटहरी आईपुगे बसले मलाई पर्खी रहेको थियो ।
लमही सम्मको भ्यागुते यात्रा
ईटहरी पश्चिम लागेपछिको यात्रा लामो दुरीको जस्तो दु्रत गतीको थिएन सडकमा उभिएर हात उठाउने जती कोही पनी छुटेन्न यात्रुको भीड थीयो गाडीमा जडान गरीएको भिडीयोमा भद्वा फिल्म म तिमी विना मरीहाल्छु चलीरहेको थियो । विच विचमा तीजका गीतहरु बजाउदै थिए हाम्रा मजदुर साथीहरुले ।
मेरो हातमा रामराजाप्रशाद सिंहको गणतन्त्रको लागी संघर्ष आत्मावृतान्त थियो तर वेलावेलामा मेरो ध्यान भिडीयोले तानीरहेको थियो मैले पुस्तक पढ्न सकिरहेको थीईन । लहना पार भएपछी बसको प्यासेज पनी खाली भएन हेटौडावाट दिपकजी चढ्नु पर्ने थियो करिव १० वजे हेटौडा आईपुगीयो तर दीपक जी संग वहाको श्रीमती भाउजु पनी आउनु भएकाले ए साईडको ४ नम्मर को आरामदायी सीट मैले भाउजुलाई छाडीदिए सीट त परैजाओस उभीने ठाउसमेत थीएन दिपक जी र म उभिएरै यात्रामा थियौ ।
नारायणगढवाट कण्डक्टर भाईले सवैभन्दा पछाडीको सिटमा वस्ने व्यवस्था मिलाईदिए प्रधानमन्त्रीको कुर्सी पाए भन्दा खुशी भयौं । गाडी दौडीरहेको थियो निन्द्राले झ्याप्पै छोपीरहेको थियो जव निदाउन खोज्थे बस यसरी उफ्रिन्थ्यो की टाउकोले एकैपटक हुड छुन खोज्थ्यो, दिपक जी र म हास्थ्यौ अरुपनि गलल हास्थे , फेरी निदाउन खोज्थ्यौं फेरी बुरुक्क उफ्रीन्थ्यौं निन्द्रा भागीहाल्थ्यो । यो क्रम चलीरहयो अनिदै हामीं विहान ५ वजे लमही चोक पुगेर गाडी रोकीयो चिया पियौ लमहीमा अगाडी सीटका केही यात्रुहरु झरे हामी अगाडी वस्न पायौ बल्ल भ्यागुते यात्रा सकियो ।
सलाम कृष्ण दाई
धनगढी उत्रदा शरिर थाकेर शिथील थियो यात्रालाई सम्झदा दिक्क लागीरहेको थियो यधपी । मैले सम्झिए आखाँ झिमिक्कै नपारी विराटनगर वाट धनगढी सम्म २४ घण्टा निरन्तर गाडी चलाएर ल्याउने मजदुरको हालत के होला यो कुनै साधारण काम होईन त्यही असाधारण काम गरे २९४८ का चालक कृष्ण केसीदाईले । मेरो मनमा खुल्दुली भयो कृष्ण केसीहरुको यो कामको मुल्याङ्गकन यो समाजले कहिलेदेखि गर्लान मैले मन मनै भने तपाईहरुको योगदानको कदर एकदिन अवश्य हुन्छ ।
सलाम कृष्ण दाई
शाही कालको झस्को
यो झोला कस्को हो ? कर्कस आवाजले मेरो निन्द्रा भंग भयो बस रोकीएको थीयो नेपाली सेनाका एक जवान मेरो झोला देखाउदै कराईरहेका रहेछन मैले निन्द्रामै मेरो हो भन्ने जवाफ फर्काए , उनले खोल्नुस भने मैले मेरो झोला खोलेर देखाईदिए झोलाका एक एक सामान हेरेर उनी अन्य यात्रुको झोला जाँच गर्दै पछाडी गए, म चकित भए द्धन्द्ध कालामा त सेनाको खप्की मात्र होईन रामधुलाई नै खाईएको हो । म कण्डक्टर मजदुरी गर्दा २०६० साल अशोज ५ गते बस भाडा मागेको निहुमा दुईजना सेनाका जवानहरुको कुटाई दुर्गा पोख्रेल दाई र मैले काकडभीट्टामा मरणासन्न हुने गरी खाएकै हो , सेना, प्रहरीको क्याम्प अगाडी सुरक्षा चेक जांचका नाममा हजारौं यातायात मजदुरहरुले सेना प्रहरीको दुव्र्यवहारको शिकार भएकै हो तर लोकतन्त्र आएपछि सेनाको यो हर्कत मैले देखेको थीईन पश्चिम यात्रा पहिलो भएकाले पनि म अचम्मित भए ।
ती सेनाका जवानले पञ्चायत कालमा एउटा डण्ठे हवलदारले पुरै गांउलाई थर्कमान वनाए झैगरी थर्काईरहेका थीए । हामी भन्दा दुई सिट पछाडी रहेका एकजना दिदीले झ्यालवाट थुक्नुभएछ ती दिदीलाई मात्र होईन गाडीका मजदुरलाईपनी थर्काईरहेका थीए । सह चालक, कण्डक्टर भाई र ती दिदीलाई वोतलको पानीले सडकको थुक पखाल्न लगाए । दिपक जिलाई सोधे यहाँ किन सेना ? पछि थाहा भयो वर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र रहेछ त्यसको सुरक्षर्थ सेना बसेका रहेछन् यो पनि थाहा भयो की बन्यजन्तुको सुरक्षाकालागी बसेका सेनाले नै आरक्षका बन्यजन्तुको शिकार गरेर उनीहरुका उपल्ला तहका हाकीमसम्म कोशेली स्वरुप मासु पठाईदिदो रहेछ र मनमै कल्पना गरें लोकतन्त्र आएपनि शाहीकालीन सेनाको ब्यवहारमा परिवर्तन भएको रहेनछ ।
२९ साउन ०६७ स्विट ड्रिम होटल
भीमदत्त नगरपालीका, महेन्द्रनगर, कञ्चनपुर महाकाली
९÷४५ वजे राती कोठा नं.१०६
आज पनि मेरो कोठाका साथी दीपक जी हुनुहुनछ प्रशिक्षण सिध्याएर दिउसो करीव साढे २ बजे हामीले सेती अञ्चलको धनगढी छाडेर महाकाली अञ्चलको महेन्द्रनगर यात्रा तय गरेका थियौ ।भीमदत्त नगरपालीका, महेन्द्रनगर, कञ्चनपुर महाकाली
९÷४५ वजे राती कोठा नं.१०६
यात्रामा, संगठनका केन्द्रिय सदस्य तथा महाकाली ईन्चार्ज गणेशनाथ योगी, महाकाली सचिव विष्णुदत्त जोशी, नरेन्द्र जी, दीपक जी र म थियौ साथमा एक जना बैनी पनि थिईन गणेश जी कै आग्रहमा हामी महाकाली आएका थियौ । करिव साढे ३ बजे हामी महेन्द्रनगर आईपुगेका थियौ ।
ज्वरोमय प्रशिक्षण
हिजो विहान उठदा मेरो शरिर सयजनाले कुरे झै दुखीरहेको थियो ज्वरो अत्यधिक थियो, टाउको दुखेर फुट्ला झै भईरहेको थियो, खोकी लागीरहेको थियो कार्यक्रम वीहान १० बजे डेवोटी होटलमा थियो विहान ८ बजे बलेले होटलबाट धनगढीको चटकपुर स्थित कार्यालयमा भेला गयौ मलाई लिन किरण हमाल मोटरसाईकल लिएर होटलसम्मै आए । कार्यालय छेउमै रहेका रहेको क्लिनिकबाट डिकोल्ड र कफ सिरफ लिए एक डोज क्लिनिकमै खाए । कार्यक्रमको समय घट्दै थियो मेरो ज्वरो र खोकीको मात्राभने कढीरहेको थियो ममा चिन्ता त्यतीकै बढ्दै थियो कार्यक्रम ११ बजे सुरु भयो कार्यक्रम केन्द्रिय शिक्षा विभागको भएकाले र शिक्षा विभागको प्रमुखको नाताले कार्यक्रमलाई कस्तो वनाउने भन्ने मेरो भुमीकामा भर पथ्र्यो,उद्वघाटन कार्यक्रमको अध्यक्ष्ता मैले गरिरहेको थिए तर आफुलाई सहज रुपमा प्रश्तुत गर्न सकिरहेको थिईन उद्वघाटन पछि महासचिव क.रुद्र वहादुर खत्रीले आठौ राष्ट्रिय अधिवेशनबाट पारित नीती र कार्यक्रम प्रश्तुती पछि मेरो पालो थियो संगठनको ईतिहासका बारेमा पढाउने बलैले एक घण्टाको विषय प्रस्तुत गरेर साथीहरुसंग विदा मागेर होटलमा गएर सुते ।
हिजो विहान र वेलुकी दुवैछाक खाना खाईन स्याउ खाए आज विहान विउझदा केही हल्का महसुुस गरे अहिले भने ठिक छ । औषधी खाईरहेको छु ।
३१ साउन २०६७
होटल स्विट ड्रिम कोठा नं.१०६
भीमदत्त नगरपालीका, महेन्द्रनगर कञ्चनपुर
विहान ८ः०० बजे
यतिवेला कोठामा एक्लै छु दीपक जी लाई गाडी चढाएर भर्खर आईपुगे राष्ट्रिय पत्रपत्रीका यहाँ आईपुगेकै छैन स्थानीय दैनिक पत्रीकाहरु पढे, आज दिउसो धनगढीमा २८ र २९ गते भएको हाम्रो कार्यक्रमका समाचारहरु अभियान र पश्चिम नेपाल नामक पत्रीकामा पढे, आज दिउसो ३ बजे महाकालीको यो महेन्द्रनगर छाड्दैछु । होटल स्विट ड्रिम कोठा नं.१०६
भीमदत्त नगरपालीका, महेन्द्रनगर कञ्चनपुर
विहान ८ः०० बजे
बन्दको सदुपयोग
साउन ३० गते हिजो नेपाल आदीवासी जनजाती राष्ट्रिय महासंघले नेपाल बन्द गरेको थियो महाकाली यात्रा पहिलो भएको र बन्द पनी भएकोले यहाका केही महत्वपुर्ण स्थानहरु घुम्ने अवसरपनी जुरेको थियो मेरालागी ।
विहान ८ वजे वसपार्कमा भेला भयौ गणेशनाथ योगी संगठनका केन्द्रिय सदस्य तथा महाकाली ईन्चार्जले यात्राको चाँजो पाँजो मिलाई दिनु भयो संगठन गड्डाचौकी ईकाई अध्यक्ष नरेन्द्र खत्री र अटो मेकानिकका एकजना विक्की नामका भाई दीपक जी र म चारजना दुईवटा मोटरसाईकलमा झोलुङ्गगे पुल हेर्न हुईकियौ स्थानिय जनताले वनाएको १४ किलोमीटर कच्ची वाटो पार गरेपछी महाकाली नदी किनारमा रहेका पिप्रैया पुग्यौ जुन स्थानमा महाकाली पारी नेपालका दुई गाविसहरु दोधारा, चाँदनी सम्म जोड्ने एसियाकै लामो मध्यको एक करिव डेढ किलोमिटर ( १४५९.९६ ) मिटर लामो झोलुङ्गगेपुल रहेको थियो ।
मोटरसाईकल ट्राभल्स
पुल तरेर चाँदनी गावीसको एउटा चिया पसलमा बसेर चिया पिउदै चारभाई मज्जाले गफीयौ । हामीले चिया खाईरहेको नजिकै भारतीय नम्वर प्लेट उत्तराखण्डा भएको मोटरसाईकलवाला हरुसंग केही मान्छेहरु गफीदैथिए तर उनिहरु भाडाको मोलमोलाई गरीरहेका रहेछन् एकै छिनमा उनीहरु मोटरसाईकलमा हिडेपछि कुरा वुझीयो वर्षामा त्यहाका भाडाका सवारी साधन मोटरसाईकल हुँदोरहेछ । दोधारा चाँदनीवाट महाकाली वारी महेन्द्रनगर सम्म आउन मोटरसाईकलमा १ सय ६० रुपैया लिएर यात्रु ल्याईदोरहेछ ।
बर्षामा महाकालीमा पानीको सतह बढ्ने नदीमा पुलको व्यवस्था नहुँदा त्यहाका जननताले सास्ती व्यहोर्नु पर्देारहेछ । ती गावीसमा मोटरसाईकल भएकाहरुका लागी पैसा कमाउने अवसरपनी रहेछ ।
भारतीय दादागीरीको नमुना
दोधारा, चाँदनीबाट महाकालीको किनारै किनार बनवासाहुदैं गड्डाचौकी आयौ महाकालीपुलवाट नेपाल तर्फ करीव २ सय मीटर वारी भारतयिहरुले बनवासा भन्सार ढाट तेस्र्याएका रहेछन् । ढाटमा भारत वाट नेपाल प्रवेश गर्ने नेपालीहरुलाई भारतीय खैरोवस्त्रधारी सुरक्षाकमीहरुले निर्मम चेकजांच गरीरहेका थिए हाम्रो भूमीमा लागेको भरारतीय ढाट र नेपालीहरुमाथी भारतीय सुरक्षाकमीको दुव्र्यवहारले मन अमिलीरहेको थीयो । सारदा व्यारेज वाट महाकाली नदीको करीव ९० प्रतिशत पानी भारतले प्रयोग गरेको रहेछ त्यहाबाट करीव २० किलोमिटर दुरीमा रहेको लोलहेड पावरहाउस र ठकनपुर विधुत परीयोजनाकालागी नेपालको पानी प्रयोग गरेका रहेछन् । हाम्रो पानीले भारतीयहरुले उनीहरुको भूमी तर्फ हराभरा बनाएका रहेछन् तर नेपाली भूमि भने चेत वैशाख झै सुख्खा थीयो नेपाल तर्फ नहर थीयो नहरमा पानी होईन बुंगबुंगती धुलो उडीरहेको थियो ।
मैले सवै यी दृष्यहरु क्यामरामा कैद गर्ने बिचारले मेरो कम्बरमा रहेको क्यामेरा झिकेंर के खिच्न मात्र खोजेको थीए एक भारतीय प्रहरीले परैवाट कर्कस आवाजमा कराए , ओ भाईजि फोटो नहि खिच्नेका हे क्यामेरा छिनाजाएगा ,नरेन्दै जिले भने सर यहाको फोटो खिच्न दिदैनन् फेरी विक्की भाईले भने दाई यहात धभद अबmभचब लगाएका हुन्चछन् गेटमा पुगेपछी क्यामरा खोसीदीन्छन, उनले थपे यहाका गतिविधी नयाँ दिल्लीले नै धभद अबmभचब ले हेर्छन अरे ।
मैले क्यामेरा थन्क्याए ।
भारतीय दादागीरी र हेपाहा प्रवृती विरुद्व मेरो शरिरका रगत उम्लीएर आयो नेपालको ६० हजार हेक्टर भुमी अतिक्रमण गर्ने, ४१ वटा सिमा स्तम्भहरु गायव बनाउने, सन १८१६ को सन्धी पछी २१ लाख ४ हजार ९ सय वर्ग किमी रहेको नेपाली भुभाग १ लाख ४७ हजार १ सय ८१ वर्ग मिटरमा झार्ने भारतीय विस्तारवाद विरुद्व आक्रोस उत्पन्न भयो ।
सम्झिए त्यो ठाँउमा पुग्दा सवै नेपालीहरु त्यसैगरी आक्रोसित हुन्छन् होला र धिकार्छन होलान शारदा र टकनपुर सम्झौता गर्ने हाम्रा स्वाठ नेताहरुलाई ।
0 comments:
Post a Comment