साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

मजदुरलाई सहयोग

क्षयरोग पीडित यातायात मजदुर कुमार जोगीलाई उपचार सहयोग स्वरुप २० हजार ९५ रुपैया सहयोग प्रदान गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव भीमज्वाला राई ।

आकासबाट देखिएको विराटनगरको दृष्य

पछिल्लो समय बिराटनगर विकासको तिव्र गतीतर्फ अग्रसर बन्दै गईरहेको छ

सुन्दर भेडेटार

धनकुटा र सुनसरीको संगमस्थल पर्यटकीयस्थल भेडेटारको दृष्य

विद्यार्थीलाई सम्मान

प्रवेशिका पक्षिामा सर्वोकृष्ट अंक ल्याउने यातायात मजदुरका छोराछोरीहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान ईकाईले सम्मान गर्दै

Pages

कसरी हुन्छन् विश्वका मजदुरहरु एक ?

 सर्वहारा वर्गका महान नेता कार्ल माक्र्सले भनेका छन् “विश्वका मजदुरहरु एक होऊ ”
       विश्वव्यापी बन्दै गईरहेको पूंजीवादको सञ्जाललाई ध्वस्त बनाउदै श्रमजीवी सर्वहारा वर्गको अधिनायकत्व कायम गर्नको लागी विश्वभरीका मजदुरहरु एक हुन माक्र्सले आह्वान गरेका छन् । उनले यो पनि भनेका छन् की निर्णायक क्रान्ति मार्फत पूजींवादलाई अन्त्य गरेर समाजवाद हुदै साम्यवादसम्म यो समाजलाई रुपान्तरण गर्ने शक्ति मजदुरहरु नै हुनेछन् । माक्र्सले प्रतिपादन गरेको सिद्धान्त माक्र्सवादको मुल अन्तरबस्तु र जग मजदुर केन्द्रीत छ । उनले यो समाज रुपान्तरणको प्रमुख शक्तिका रुपमा मजदुरहरु , उनीहरुको एकता र सुदृढ संगठनलाई मानेका छन् । तीनै माक्र्सवादको सैद्धान्तिक जगमा स्थापित दलहरु र माक्र्सले भरोसा गरेका मजदुरहरु र मजदुर आन्दोलनका अभियन्ताहरुले माक्र्सका विचार, दर्शन र सिद्यान्तलाई पालना गर्न सक्यो कि सकेन समाज विकासको प्रगतीशिल रुपान्तरणमा भूमिका निर्वाह गर्न सक्यो कि सकेन त्यो भने समिक्षा गर्न आवश्यक छ ।

    विश्वका मजदुरहरु एक होऔं भन्ने माक्र्सको अन्तराष्ट्रिय नारा यतीवेला ठट्टाको विषय लाग्ने गरेको अनुभूत हुन थालेको छ । विश्वभरीका मजदुरहरु एक हुने  कुरै नगरौ हाम्रो जस्तो उद्योगिक विकास हुनै नसकेको विकासशिल र सानो मुलुकका मजदुरहरुमा एकता हुन सकेको छैन । देश भरीका मजदुरहरु एक हुने विषय त परै छाडौं राजनीतिक दलहरुको मुद्धामा सहमत भएर दल विशेषमा संगठीत मजदुरहरु दल भीत्रकै मजदुरहरु पनि एक हुन सकिरेका छैनन् । मजदुरहरु छिन्न भिन्न अवस्थामा छन् ।
     देश भरीका मजदुरहरु दलहरुका विचारका आधारमा विभाजित छन् र दलका विचार भित्रपनि गुटहरुमा विभाजित भईरहेका छन् । नेपालका मजदुर आन्दोलन दल तथा विभिन्न समुह, गुट र उप गुटमा विभाजित छन् आफु आफु मारामार गरिरहेका छन् । जसको ज्वलन्त उदाहरण एकिकृत नेकपा माओवादी समर्थित अखिल नेपाल ट्रेड यूनियन महासंघमा भएको विभाजन र आफ्नै सहयोद्धा, सहकर्मीमाथीको सांघातीक आक्रमणलाई लिन सकिन्छ । माक्र्सवादका असली प्रयोगकर्ता बताउने अखिल नेपाल ट्रेड यूनियन महासंघ र त्यसका अध्यक्ष शालिकराम जमरकटेल माथीको सांघातिक आक्रमण तथा केही समय अघि सोही संगठनका नेता बद्री वजगाईले अर्को संगठन निर्माण गरेको दृष्टान्त ।
    सिद्धान्त र व्यवहारको कसीमा जमरकटेलहरु कहानेर चुके ? पूजींवादलाई अन्त्य गर्दै समाज रुपान्तरण गर्छु भन्ने जमरकटेलहरु आफै किन पूजीवादी भासमा पर्दै गईरहेका छन् ? पूजीवादी हतियारले उनीहरु किन आफै सेरिदैछन् ? किन आफैलाई रुपान्तरण गर्न सकिरहेका छैनन् यीनीहरु ? किन कमजोर र बदनाम बनाउदैछन् मजदुर आन्दोलन र माक्र्सका अन्तर्राष्टिय नारालाई ?
     शालिकराम जमरकटेलहरुले आफुलाई असली माक्र्सवादी त भने तर माक्र्सकै अन्तर्राष्टिय नारालाई बेईजत गरे । आफुलाई मजदुरहरुको नेता टेड यूनियन कर्मी स्वघोषणा गरे तर मजदुर आन्दोलनलाई नै कमजोर बनाए । उनीहरुले २०६४ सालपछि खुल्ला राजनीतिमा आएपछि फरक विचारका अन्य संगठनका नेता तथा कार्यकर्ता माथि सांघातिक आक्रमण, संगठनको कार्यालय माथिको तोडफोड, हुलहुज्जत, जवरजस्ती संगठन र विचार परिवर्तन गर्न लगाउने जस्ता उश्रृखल काम गरेका थिए । यो उनीहरुको टेड यूनियन आन्दोलन र मजदुरहरुलाई कमजोर बनाउने लुम्पेन सर्वहारा प्रवृती थियो । अरुको संगठनलाई भत्काएर अन्य विचारका मजदुर तथा नेतालाई आक्रमण गरेर , तर्साएर र मजदुरको नाममा ब्रहमलुट गरेर टेड यूनियन आन्दोलन मजदुत बन्दैन बरु कमजोर हून्छ भन्ने उनीहरु भीत्रै देखिएको पछिल्लो घटनाक्रमहरुले देखाएको छ ।
       आफुलाई माक्र्सवादका प्रवर्तक र द्धन्द्धवादीकारुपमा शालिग्राम जमरकटेलहरुले प्रचार त गरे तर द्धन्द्धात्मक भौतिकवादको नियम र वर्ग सघर्षको चरित्रलाई राम्ररी बुझन सकेनन् जसका कारण हिजो मित्र शक्तिहरु र विरोधीहरुलाई राम्ररी चिन्न सकेनन् विचारका हिसावले नजिकका नेपाल टे«ड यूनियन महासंघलाई कमजोर बनाउने काममा न्वारानको बल प्रयोग गरेर अर्ध सैन्य दस्ता वाईसियललाई समेत प्रयोग गरेर आक्रमणमा उत्रीए । जसका कारण सवैभन्दा धेरै पूजिवादीहरुलाईनै फाईदा पुर्याउने काम भयो ।
    अरुलाई पूजिंवादमा फसेको जघन्य आरोप लगाउन पछि नपरेका जमरकटेलहरु आफै उद्योगपतिहरुलाई धम्क्याएर कमाउ धन्दामा पूर्णतया डुबे र खुल्ला राजनीतिमा उदाएको करिव चार वर्षमै नाटकिय रुपमा धनाड्य बन्न सफल भए भने प्रवृतिका हिसावले आफ्नै संगठन भित्र तानाशाहि र सामन्ती चिन्तन र आफ्ना स्वार्थका लागी आफ्नै सहयोद्धालाई समेत अपहरण र कुटपिट गर्न पछि नपर्ने कार्यशैलीकै कारण अखिल नेपाल ट्ड यूनियन महासंघ फुटको कारण बन्न पुग्यो ।
      नेपाल टेड युनियन महासंघको यो फुट वा विद्रोहले अन्य विचारका टेड यूनियनहरु र तीनका नेताहरु खुशि हुनु पनि हुदैन । जमरकटेल प्रवृती र त्यसको परिणामको रुपमा देखिएको टेड यूनियनमा भएको फुट सिंगो मजदुर आन्दोलनका लागी दुखद घटना हो । जमरकटेल प्रवृती समग्रमा रुसी क्रान्तिताका देखा परेको अर्थवादी प्रवृती जस्तै नेपाली मजदुर आन्दोलनका लागी सोही प्रवृती हो । यो प्रवृतीवाट नेपाली मजदुरहरुविच कृयाशिल सवै टेड यूनियनहरु र नेताहरुले जोगीनु र आफुलाई जोगाउनु जरुरी छ ।
         मजदुरहरुलाई फुटाउ र शासन गर भन्ने पूजिंपतिहरुको मुल अस्त्र हो तीनै पूजिंवादी अस्त्र बनेका छन् नेपालका राजनीतिक दलहरु र विभिन्न समुहहरु । जाती र क्षेत्रका नाममा भूमिगतरुपमा सशस्त्र संघर्ष गरिरहेका देखि राजावादीसम्मका दल र समुहले मजदुर संगठनहरु निर्माण गरेर मजदुरहरुलाई विभाजन गरिरहेका छन् । अरु त अरु भए माक्र्सवादको सैद्धान्तिक खोल ओढेर निर्माण भएका राजनैतिक दलहरुले समेत मजदुरहरुलाई संगठीत गर्ने नाममा विभाजित गर्ने रकमी खेलमा लागेका छन् । समाज रुपान्तरणका लागी भरोसा योग्य शक्ति मानिएको मजदुरहरु हातीले आफुुसंग भएको बल थाहा नभएर लिखुरे माउतेको नियन्त्रणमा परिचालन भए झै गरी खिनौटे दलहरुको पछि लागेर मजदुरहरु अरुको भोट बैंक बन्दै गईरहेका छन् । मजदुरहरुमा देखिएको यो मनोरोग हटाउन तथा जमरकटेल प्रवृतीको भण्डाफोर गर्दै सुदृढ र एकिकृत मजदुर आन्दोलनको सुत्रपात गर्न आवश्यक छ  ।
   

0 comments:

Post a Comment