साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

मजदुरलाई सहयोग

क्षयरोग पीडित यातायात मजदुर कुमार जोगीलाई उपचार सहयोग स्वरुप २० हजार ९५ रुपैया सहयोग प्रदान गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव भीमज्वाला राई ।

आकासबाट देखिएको विराटनगरको दृष्य

पछिल्लो समय बिराटनगर विकासको तिव्र गतीतर्फ अग्रसर बन्दै गईरहेको छ

सुन्दर भेडेटार

धनकुटा र सुनसरीको संगमस्थल पर्यटकीयस्थल भेडेटारको दृष्य

विद्यार्थीलाई सम्मान

प्रवेशिका पक्षिामा सर्वोकृष्ट अंक ल्याउने यातायात मजदुरका छोराछोरीहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान ईकाईले सम्मान गर्दै

Pages

मजदुरहरुको स्थान कहां ?

  • भीमज्वाला राई
  










  •  अग्रेजी महिनाको मे १ तारिक, मे डे अथवा जसलाई हामी मजदुर दिवसपनि भन्दछौ त्यही मजदुर दिवसको श्रृखला अन्तरगत हामी १ सय २३ औं अन्तराष्टिय श्रमिक दिवस मनाईरहेका छौ । यो दिवसलाई विश्वभरीका श्रमजिवि मजदुरहरुले एकसाथ मनाउने गर्दछन् । मजदुरहरुको गौरवमय ईतिहासलाई आज फेरी एक पटक मजदुरहरुले सलाम गरिरहेका छन् मजदुर मुक्तिका योद्धाहरुलाई संसारले शिर निहुर्याएर सम्झि रहेका छन् ।  संसारका मजदुरहरुले १ सय २३ वर्षदेखि मनाउदै आईरहेको श्रमिक दिवसलाई नेपालमा कहिलेदेखि मनाउन थालियो त्यसको एकीन तिथि मिति पाईएको छैन तर नेपालको प्रजातान्त्रिक आन्दोलनको ईतिहासमा राजनीतिक दलहरु भन्दा अगावै २००३ सालमा विराटनगरको जुट मिलबाट भएको मजदुरहरुको आन्दोलन सवै भन्दा जेठो आन्दोलन भएकाले ईतिहासमा दरिएकाले मई दिवसको ईतिहाससंग नेपालको मजदुर आन्दोलनले आत्मसात गरेको ईतिहासको साईनो जोडाई लामै छ भन्ने कुरामा दुई मत नहुन सक्छ ।
          मजदुरहरुमाथिको शोषण, दमन, उत्पीडन र अत्याचारको विरुद्धमा मजदुरहरुले विश्वको ईतिहासमै पहिलो पटक संगठीत विद्रोह गरेको दिनको ईतिहास हो मई दिवसको ईतिहास । सन १८८६ मा मई एक कै दिन अमेरिकाको शिकागो शहरका मजदुरहरुले आफुहरुमाथिको अत्याचारको विरोधमा सडकमा उत्रीएर पुजिंपतिहरु विरुद्ध चर्को नारावाजी गर्दै मजदुरहरुको मुक्तिको सन्देशलाई संसारभरी प्रवाह गरेको दिन हो मई दिवसको ईतिहास । नाम मात्रको तलव दिएर सांघुरा कोठाहरुमा बस्न बाध्य बनाएर दैनिक २० घण्टासम्म काममा जोतीएका मजदुरहरुको जिवन नारकीय हुने गर्दथ्यो । झुठा मुद्धामा जेल जानु पर्ने, प्रहरीको आक्रमणमा पर्नु पर्ने, मारिनु पर्ने डरले मजदुरहरुले सत्ताको साथ पाएका पुजिपतिहरुको दासताको विरुद्धमा आवाज निकाल्न सकेका थिएनन् । साससम्म धान्न सक्ने ज्यालामा मेशिनवत चल्नु पर्ने मजदुरहरु मान्छे होईन बस्तुकोरुपमा मात्र पुजिपतिहरुले हेरेका थिए । पुजिपतिहरुले गरेको मजदुहरुमाथिको शोषणको श्रृखलालाई त्यही मई १ को विद्रोहले समाप्त बनाईदियो । आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग सहित शिकागो शहरमा पोखिएको विद्रोहको आगोले संसारभरी डढेलो लगाई दियो । आज भन्दा १ सय २३ वर्ष अघिको त्यही घटनामा पुजिपतिहरुको आक्रमणमा थुप्रै मजदुरहरुले ज्यान गुमाए, मजदुरहरुको रगतको आहालमा पुजिपतिका नाईकेहरुले पौडी खेले, हजारौ अंगभंग भए तर मे १ ले मजदुरमुक्तिकालागी संसारभरीका मजदुरहरुलाई एकजुट हुन सिकाएको छ ।
     मजदुरमुक्तिको ईतिहास बोकेका मई दिवसको ईतिहाससंग नेपालको मजदुर आन्दोलनले लामो समयदेखि ईतिहासको किस्सा साट्दै आईरहेको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनकै ईतिहासमा जेठो आन्दोलनको ईतिहास बनाएको नेपालको मजदुर आन्दोलनले भने मजदुरमुक्तिको दिशालाई समाउन नसक्दा नेपालका मजदुरहरुको माग र मुद्धाहरु असरल्लै छन् । मजदुरहरुको न्युनतम समस्याहरुपनि पुराहुन सकेको छैन । मजदुरहरुलाई पेटभरी खान पुग्ने तलव दे । भन्ने २००३ साल फागुन २० गते भएको मजदुर आन्दोलनका मागहरु मध्येको प्रमुख माग आन्दोलनको ६६ वर्ष पुरा हुदासमेत माग भने जस्ताको तस्तै छ । अहिलेपनि मजदुरलाई पेटभरी खान पुग्ने तलव दे भन्दै संघर्षमा उत्रनु पर्ने अवस्था कायमै छ । देशको जनसंख्याको आधा भन्दा बढी स्थान ओगटेको विभिन्न प्रकृतिको पेशामा आवद्ध मजदुरहरु देश विकासको प्रमुख शक्ति मानिएको छ । मजदुरहरुको परिश्रम र उनीहरुको शिपकै कारण देशले गती लिन सकेको हो । मजदुरहरुको पसिनाले नै संसार बनेको कुरा भन्न राजनैतिक दलहरु यो देशका शासकहरु चुक्दैनन् तर श्रमीकका एजेण्डालाई सम्बोधन गर्न भने चाहेको देखिदैन ।
     पछिल्लो समय नेपालको राजनीतिमा महत्वपूण मोडहरु आए ति मोडहरुमध्ये ०६२ । ०६३ सालको लोकतान्त्रिक आन्दोलन पछिल्लो समयको युगान्तकारी मोड हो जुन आन्देलनको सफलताका लागी २५ शहिदहरु मध्ये ९ जना त मजदुरहरु रहेका छन् । ९ जना मजदुरहरुको समेत बलीदानीबाट नेपाली जनताले ढालेको शाही निरंकुश शासनपछि २०६४ सालमा बनेको संविधानसभामा तिनै श्रमजिवि वर्ग उपेक्षामा पर्नु पर्यो । जाती, क्षेत्र तथा भुगोल र लिंगीय प्रतिनिधित्व भयो तर नेपाली समाजको ठुलो हिस्सा ओगटेको मजदुरहरु पछि पारिए । नेपाली समाजको रुपान्तरणका प्रमुख आयाम र शक्ति वर्गीय शक्ति नै हो जसको नेताहरु भनेको मजदुरहरु हुन् । अहिलेको समस्याको मुल कारणपनि वर्गप्रतिको कमजोर बुझाई र समाजलाई वर्गीय दृष्टिकोणले भन्दापनि जाती, क्षेत्र वा भूगोल तथा लिंगीय चस्माबाट मात्र हेर्न खोजिएको कारणलेपनि समाजका अन्तरद्धन्द्धहरु बढीरहेको हो । वर्गीय आन्दोलनका अभियन्ताहरुले सवै समस्याको चुरो नै वर्गीय मुक्ति ठान्ने र जातीय, क्षेत्री वा भौगोलिक तथा लैगींक समस्या मात्र यो देशको प्रधान समस्या हो उनीहरुको प्रतिनिधित्व हुनेवितिकै सवै समस्या समाधान भईहाल्छ भन्ने एकांकी चिन्तन र विचार नेपाली समाजकालागी घातक बन्दै गईरहेको छ ।
      अहिलेसम्म मजदुरहरु निर्माणको काममा मात्र सरिक छन् मजदुरहरु ध्वंशको पक्षमा कहिल्यै हुदैनन् । श्रम, श्रम र फेरीपनि श्रम मजदुरहरुको मुल मन्त्र हो । मागका नाममा मजदुरहरुले काम गर्ने उद्योगमा आगो लगाएर काम गर्दै गरेका मजदुरहरुलाई बेरोजगार बनाउनेहरु, सडकमा टायर बालेर सार्वजनीक संरचनाहरु भत्काउनेहरु र एकाएक चक्काजाम गरेर देशलाई कंगाल बनाउनेहरु आज सत्ताको कुर्चीमा पुगेका छन् राज्यका निकायहरुमा उनीहरुको प्रतिनिधित्व छ । त्यतीले पुगेन राज्यपुनरसंरचनामा आफ्नो भाग खोजिरहेका छन् । नेपालका दलहरु तथा शासकहरु मजदुरहरुप्रति न हिजो सकारात्मक थिया न आज छन् न भोली नै हुने छन् अब मजदुरहरु आफै एक पटक जुमुराउन आवश्यक छ । जेठ १४ गते संविधान जारी हुदैछ राज्य पुनरसंरचना हुदैछ यो  देशका शासकहरुलाई सोध्न आवश्यक छ कि श्रमजिवि मजदुरहरुको प्रतिनिधित्वको ग्यारेण्टी कसरी हुन्छ ? मजदुरहरुको स्थान कंहा हो ?

0 comments:

Post a Comment