साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

Pages

बिद्रोह र सिर्जनाको संगम

  •  भीमज्वाला राई


          प्रथम र दोस्रो विश्वयूद्धमा गोरखाली सैनिकले देखाएका बहादुरी र वीरताका किस्सा हामीले पुस्तान्तरण ह“ुदै बरोबर सुन्दै आईरहेका छौं र सुनाउ“दै पनि छौं । वीर गोरखालीका सन्तती भएकाले हामी वीरताको गाथा खुवै गाउछौं । अनि, वीर र बहादुर भनिएकामा हामी नेपाली आफुलाई खुवै गर्व पनि गर्दछौं । गाईवस्तु चराउ“दा, मेलापात गर्दा वा हाटबजार भर्दा बाटाबाटैबाट टिपेर ब्रिटिश सेनामा जवरजस्ती लगिएका हाम्रा ६० हजारभन्दा बढी पुर्खाहरु त्यही युद्धमा मारिए, हजारौ अंगभंग भए । मारिएका र अंगभंग भएका तथा बेपत्ता भएकाहरुको तथ्यांक अझै बेलायतले दिन सकेको छैन । आफु मारिएर ब्रिटेनलाई ‘ग्रेट ब्रिटेन’ बनाइदिने हाम्रा पूर्खाहरु किन त्यसरी मारिए ?
ब्रिटेनले नेपाललाई भीख मगुवाहरुको देश, भाडाका सिपाही निर्यात गर्ने देश इत्यादि भनेर संसारभरि दुर्नाम गरेको छ । संसारभरि नेपाली राष्ट्रिय स्वाधीनता लिलाम भइरह“दा नेपालका शासकहरु चुं सम्म बोल्न सकिरहेका छैनन् । अहिले यिनै प्रश्नहरुको समाधान खोजिरहेको  गोरखा भूतपूर्व संनिक संघ (गेसो)ले स्यांग्जा जिल्लाको फेदीखोला–८ स्थित साल्मेडा“डामा नया“ काम गर्न लागेको छ । त्यहा“ दुईसय वर्षदेखि चिर निन्द्रामा रहेका नेपाल र बेलायत, दुवै देशका शासकलाई निन्द्राबाट ब्यूझाउन साईरन गुन्जायमान गराउदै संसारको ध्यान तान्न करीब २ अर्बको लागतमा गोरखा स्मारक उभ्याउने औपचारिक जानकारी गेसोले दिएको छ, त्यही पनि नेपाल सरकार र बेलायत सरकारसित एकरुपैया पनि नलिई । गेसोको यो योजना यस्तो महत्वाकांक्षाी देखिन्छ कि यति ठूलो काम कसरी फत्ते होला भन्दै धेरैले जिब्रो टोक्ने गरेका छन् ।
      पोखरादेखि २६ किलोमिटरको दुरीमा अवस्थित स्यांङजा जिल्लाको साल्मेडांडा हिमाली श्रृखला, पोखरा उपमहानगर र पहाडको सुन्दर छटालाई राम्ररी नियाल्न सकिने साक्षी बनेर उभिएको छ । लाहुरेहरुको थातथलो साल्मे, रोधी गाउ“दा गाउ“दै जवरजस्ती भर्ती गराएर मलाया तथा वर्माका जंगलमा बेलायती साम्राज्यका लागि ढलेको प्रेमी कतै फर्केर आई हाल्छ कि भन्ने आशमा विधवाहरुले बाटो कुरेर बस्ने चौतारीपनि हो । ईतिहासको यही पीडा र कथाको पन्तुरो आफ्ना सन्ततीसामु खोल्न र ब्रिटेनले गोरखालीहरुको रगत कसरी पियो र हड्डी कसरी घोट्यो ? अनि यसैको बलमा आफ्नो साम्राज्य कसरी विस्तार गर्यो भन्ने संसारलाई देखाउन  शायद यो गोरखा स्मारक ‘फ्ल्यासव्याक रिल’ भएर घुमिरहने छ ।
   करिव तीन सय रोपनी जग्गामा निर्माण हुने गोरखा स्मारक गोरखाली सैनिकहरुको युद्ध इतिहास हुने गेसोले बताएको छ । यहा“ गोरखाली सैनिकले युद्ध लडेको र सहादत प्राप्त गरेका विश्वका ६० देशको माटो ल्याइने र त्यसलाई एकै स्थानमा राखिने जानकारी गेसोका नेताहरुले दिएका छन् । युद्धमा विभिन्न देशमा मारिएका अनुमानित ६० हजार गोरखा संैनिकको प्रतिकात्मक समाधिस्थल निर्माणको तयारीका क्रममा बुधबार साल्मेडा“डामा कार्यालय भवनको उद्घाटनसमेत भैसकेको छ ।
गोरखा स्मारकलाई रेल चढेर फन्को मार्न सकिने गरी पा“च डिब्बाको रेल यातायात सञ्चालन गरिने अर्काे महत्वाकांक्षी योजना पनि गेसोले सुनाएको छ । आफैं उचाइमा रहेको साल्मेमाथि थप ६० मिटर अग्लो टावरमा चढेर एकै साथ करिव दुई सयले मानिसले हिमाल र पहाडहरुको दृष्यावलोकन गर्न सक्ने बताइएको छ । आधुनिक संरचना, शान्ति सरोवर, हरियाली सार्वजनिक एरिया, पुस्तकालय तथा बृतचित्र, मौखिक एवं अन्य विभिन्न माध्यमवाट ईतिहास बताउन र सुन्न सकिने आधुनिक सभाहल सहितको स्मारकको डिजाइनमा गेसोले नेपालको राष्ट्रिय झण्डा तथा सहिद गेट बनाउने बरिष्ठ आर्किटेक्चर शंकर रिमालको सहयोग लिएको छ ।
बेलायती शासक र तत्कालीन राणाहरुको स्वार्थका लागि गोरखा सैनिकमा पहाडी तथा हिमाली क्षेत्रका आदिबासी–जनजातिहरु मगर, गुरुंग, राई, लिम्बु, तामांग, शेर्पा, सुनुवार, दलित लगायतका युवालाई जवरजस्त बेलायती सेनामा लगिएको थियो, यसले गर्दा ती जातिहरुको भाषा, धर्म, संस्कार, सस्कृति, कला र परम्परालाई निमिट्यान्न पारेको जनजाति समुदायको पीडा छ । त्यसैले साल्मेडा“डामा बन्ने स्मारकभित्र गोरखा संग्रहालयसमेत निर्माण गरेर उनीहरुको वीरताको कथा मात्र होईन, उनीहरु भर्ती ह“ुदाका बेलाको गाउ“को अवस्था र फर्किएर आउ“दा देखिएको गाउ“को दुर्गती समेत झल्कने सामग्री राखिने बताइएको छ । आदिवासी जनजाती तथा क्षेत्री र ब्राहमणसमेत गरी विभिन्न ११ जातिका सांस्कृतिक पहिचानका महत्वपूर्ण सामग्रीहरु संग्रहालयमा समेटिनु आफैमा सांस्कृतिक तथा ऐ्तिहासिक महत्वको विषय हो ।
    गोरखा स्मारक निर्माण कार्यलाई गेसोले आन्दोलनसंगै जोडेर परिभाषित गरेको छ  यो अभियान गेसोको रचनात्मक र मौलिक चिन्तनको उपज पनि हो । श्रीमान् र श्रीमतीविच घर झगडा हुंदा सडक जाम गरेर नागरिकलाई सास्ती दिएर रमाउने हाम्रो नेपाली समाजले गेसो आन्दोलनबाट धेरै कुरा सिक्न आवश्यकछ । ब्रिटेनविरुद्ध २२ वर्षदेखि संघर्ष गर्दै आइरहेको गेसोले रचनात्मक आन्दोलनबाटै तीनपटक शक्तिशाली ब्रिटेनलाई  उनीहरुकै अदालतमा हराइसकेको छ । युद्धबन्दी, आवासीय भिसा र समान पेन्सनको आन्दोलनमा ब्रिटेन गेसोसंग पटक–पटक झुकिसकेको छ । अब यो गोरखा स्मारक राष्ट्रिय स्वाभिमानसंग जोडिएको विषय त हुदैं हो, यो नेपालको सन्दर्भमा प्राकृतिक एवं ऐतिहासिक सम्पदासमेत हुने विश्वास गर्न सकिन्छ । यसकारण गेसोले अगुवाइ गरेको तर पौने तीन करोड नेपालीको स्वाभिमानसंग जोडिएको नया मोडेलको आन्दोलनको स्थल बन्न पुगेको छ यतिबेला स्याङ्जाको साल्मेडा“डा ।
       गेसोले अगुवाइ गरेको आवासीय भिसासम्बन्धी आन्दोलनको सफलतापछि लाहुरे परिवारमा खुशी छाए पनि भूपू लाहुरेहरु पुनः ब्रिटेनमै आवासीय भिसा लिएर स्थायीरुपमै बस्न थालेपछि नेपालमा भित्रिरहेको रेमिट्यान्स रोकिएको र भूपू लाहुरेहरुको बाहुल्यता भएका सुन्दर शहरहरु सुनसान भएको भन्ने आरोप गेसोले खेप्नु परिरहेकोछ । तर, अब गोरखा स्मारक निर्माण अभियानले गेसोप्रतिको यो आरोपमा कमी आउने अनुमान गर्न सकिन्छ । किनभने विदेशमा रहेका भूपु लाहुरेहरुको सहयोग अब साल्मेडा“डामा पोखिने छ र यसले छेउछाउमा बजारको समेत विकास गराई देशको आर्थिक विकासलाई मद्दत पु¥याउने छ । साथै यसले ब्रिटेन र नेपालका शासकलाई चुनौती दिनेछ र संसारलाई चकित बनाउने छ । यसले नेपालको  आन्तरिक तथा बाह्य पर्यटनको विकासमा पनि बृद्धि गराउने देखिन्छ ।
 यति ठूलो आयोजना पूरा गर्न गेसोका लागि चुनौति पनि उत्तिकै छ । नेपालीको स्वाभिमानसंग जोडिएको भए पनि गोरखा स्मारक निर्माणमा नेपाल र बेलायत सरकारको सहयोग नलिने घोषणा गेसोका केन्द्रीय अध्यक्ष पदमवहादुर गुरुंगले गरिसकेका छन् । दुई अर्ब लगानीमा बन्न लागेको स्मारक निर्माणमा भिख मागेर सञ्चालित नेपाल सरकार र मानवता विरोधी ब्रिटेन सरकारको सहयोग आफुहरुलाई नचाहिने बरु भूपू गोरखा दाजुभाइकै लगानीमा र आवश्यक परे संसारका अरुसंगै सहयोग माग्ने सभापति गुरुङ्गले बुधबार आफ्नै जन्मस्थलबाट घोषणा गरेका छन् ।
    गेसो अध्यक्ष पदमवहादुर गुरुंगको पहदकदमीमा अघि सारिएको यो योजना महत्वाकांक्षी अथवा दुस्साहसी भन्दा अतिसयोक्ति हुदैन तर के कुरामा विश्वास गर्न सकिन्छ भने गेसो आन्दोलनको सुत्रपात कर्ता गुरुगको गेसो आन्दोलनको उद्देश्य नै दुस्साहसपूर्ण थियो । वेलायतको सैनिक सेवाबाट नाम कटाएर नेपाल फर्किएका पदमवहादुर गुरुगले जतीवेला लाहुरेहरुको न्यायकोलागी र ब्रिटेनको विरोधमा गेसो आन्दोलन सुरु गर्दा उनको महत्वकाक्षालाई कुहिनाले पहाड भत्काउने दुस्प्रयास भनेर लाहुरेहरुले नै पत्याएका थिएनन् ।  अहिले गेसो आन्दोलनले २२ वर्ष पुरा गरेको छ । यो अवधीमा उनको खिसी गर्नेहरु जिल्लिएका छन् । ब्रिटेन जस्तो महाशक्ति देश नेपालीसित झुकेको छ । यो गेसोको ठूलो सफलता हो आन्दोलनकै क्रममा केही विवादहरु भने देखिएको छ फुटाउ र शासन गर भन्ने पूजीवादीहरुको अस्त्रलाई परास्त गर्न सके दृढ संकल्प, निरन्तरता र आन्दोलनप्रतिको विश्वास र साहसलाई कायम राख्न सके धेरै कुरा गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ गेसो आन्दोलन ।
       अहिले फेरि महत्वाकांक्षी लाग्ने साहसी अभियान थालेको छ गेसोले । यो अभियानमा देशभरि र विदेशमा रहेका गेसोका सवै कमिटीहरु कम्मर कसेर लागेका छन् । यो अभियानको औपचारिक थालनीस्वरुप बैशाख ५ गते बुधवार गोरखा स्मारक ट्रष्टको कार्यालय भवन उद्घाटन भएको छ । देशलाई साल्मेडांडामा सांक्षी राखेर सुरु भएको स्मारकको पूर्णतापछि जसरी संसारको सातौं आश्चर्यमध्येको ताजमहलले सबैको ध्यान तानेको छ, यो गोरखा स्मारकले पनि नेपाललाई परिचित गराउने नयाँ आधार प्रदान गर्ने छ । नेपालकै राम्रा आर्किटेक्चर मानिएका ईन्जिनियर शंकरनाथ रिमालको आर्किटेक्टको अवलोकनले त्यही संकेत गरेको छ ।
      गोरखा सैनिकहरुको विषयमा गेसोले सञ्चालन गर्दै आइरहेको  आन्दोलनको स्वरुप, चरित्र र यसको ऐतिहासिक पृष्ठभूमि राष्ट्रिय स्वाधिनताको आन्दोलन हुनुपर्ने थियो । यो आन्दोलनको अगुवाइ राज्यले नै गर्नु पर्दथ्यो । राष्ट्रिय स्वाभिमानका चर्का कुरा गर्ने यहा“का राजनीतिक दलहरुले यो काम गर्नुपर्दथ्यो । विगतका शासक र राजनीतिक दलले ईतिहासमा गरेको गल्तीको खोजी गरेर त्यसलाई सच्याउदै मारिएका आफ्ना नागरिकहरुको तथ्यांक खोजेर क्षतीपुर्ति दिलाउन लाग्नु पर्दथ्यो तर नेपालका शासक अझैपनि ब्रिटेनकै पाउमा पर्न छाडेका छैनन् । अर्को तर्फ केही तथा कथित विद्धान एवं खराब सल्लाहकारहरुको प्रभावमा परेर गेसोले पनि राष्ट्रिय स्वाधिनताको आन्दोलनको मुल प्रवाहमा जोड्न नसकेको विषयलाई स्वीकार गर्नु पर्दछ । अब उप्रान्त ईतिहासको घाउलाई सम्झ“दै, विगतका कमिकमजोरी एवं धोखाधडीलाई स्मरण गर्दै अघि बढ्न आवश्यक छ । यसको सुरुवात भईसकेको छ त्यसको उदाहरण साल्मे डांडामा बुधवार उपस्थित भएको जमात र सहयोग गर्ने प्रतिवद्धताले देखाईसकेको छ । स्मारकको पुर्णतापछि साल्मे डांडामा उभिने स्मारकले दिने साईरनले सबै नेपालीलाई जुरुक्कै उठाउनेछ र सिर्जना एवं देश निर्माणमा लाग्न प्रेरित गर्ने छ । र, यसले नेपाली युवाहरुलाई भाडाका सिपाही बनाएर विदेशमा मृत्युवरण गर्न बाध्य पार्ने वेलायती शासक र नेपाली शासकहरुको निद्रा विथोल्ने छ ।
(साल्मेडा“डाबाट फर्केर)

0 comments:

Post a Comment