- भीमज्वाला राई
- ......................................................................
मंसिर ४ गते हुने संविधानसभाको दोस्रो निर्वाचनकालागी बिहिबार देशभरी उत्साहकासाथ उमेद्धवारी दर्ता भएको थियो उमेद्धवारी दर्ताका क्रममा देखिएको देशव्यापी जनलहरको सन्देशले मंसिर ४ मा हुने संविधानसभा चुनाव शान्तिपूण होला भन्ने अनुमान सवैले लगाएका थिए तर त्यसको भोली पल्टै शुक्रबार हिान साढे ११ बजे बारा क्षेत्र नम्बर ४ का उमेद्धवार तथा एमाले नेता महमुद आलममाथि गोली प्रहार भएको छ । यो घटनाले उमेद्धवारहरु त्रसित भएका छन् भने निर्वाचन शान्तिपूर्ण हुन्छ भन्ने कुरामा शंका उत्पन्न भएको छ ।
मुलतः बैद्य नेतृत्वको माओवादी सहितको ३३ दलिय गठबन्धनले निर्वाचनको विरोध गर्दै आएका थिए । उनीहरुले यो निर्वाचनमा मत होईन बम खस्ने सम्मका चेतावनी दिदै आईरहेका थिए । सवैले अनुमान गरेका थिए निर्वाचनका लागि वास्तविक खतरा ३३ दलीय मोर्चा हुनेछ । उमेद्धवारी मनोनयनको दिन बिहिबार ३३ दल र पूर्वमा मञ्च सम्बध संघिय लिम्बुवान राज्य परिषदले पूर्वका नौ जिल्ला बन्दको घोषणा गरेर निर्वाचन विथोल्ने तयारी गरेका थिए तर निर्वाचनप्रतिको जन लहरले उनीहरुको बन्दलाई निस्तेज बनाईदियो ।
ति दुवैलाई खतरा सम्झिएका सरकार र दलहरुले बिहिबार सांझ लामो सास फेर्दै अनुमान लगाएका थिए अब चुनावका लागि वातावरण वन्यो खतरा ट¥यो तर परवानीपुरको शुक्रबारको घटनामा भारतीय नम्बर प्लेटको मोटरसाईकलमा आएका अज्ञात व्यक्तिद्धारा गोली प्रहार हुनुले फेरी एक पटक दलहरु र सरकारलाई निर्वाचन सुरक्षा बारे सोच्न बाध्य बनाएको छ । अर्को तर्फ यो गोलीकाण्डमा भारतीय योजना छ भन्ने स्पष्ट भएको छ यसले के देखाउछ भने निर्वाचनको सुरक्षा चुनौती देशमा रहेका विभिन्न शक्तिहरुसंगै विदेशी शक्ति मुलतः भारत पनि हो भन्ने विषय जोडिएको छ भन्ने बुझ्नु आवश्यक छ ।
आलम गोली काण्डपछि अब निर्वाचनको प्रमुख सुरÔा चुनौती वैद्य नेतृत्वको ३३ दलिय गठबन्धन, लिम्बुवान मात्र रहेन नेपाल भारत सिमाको लामो दुरी पार गरेर नेपालको भूमिमै आएर यस्ता जघन्य अपराध हुन्छन भने निर्वाचनको सुरक्षा चुनौतीको महत्वपूण विषय र नेपालका लागि खतराको संकेत भारत पनि हो । भारतीय नम्बर भएको सवारीको प्रयोग भएको हत्या प्रयासजस्तो अपराधको दुईदिन वितिसक्दापनि भारतले घटनाको सन्दर्भमा आफ्ना भनाई औपचारिक रुपमा सार्वजनिक गरेको छैन तराईका केही बनीबनाउ नामका संगठनले घटनाको जिम्मेवारी लिएको विज्ञप्ती सार्वजनिक गरेको भएपनि त्यो परिचालित मात्र हो भन्न सकिन्छ । यो गोलीकाण्डको विषयमा भारतले आफुलाई तटस्त राख्न पाउने छैन ।
महमुद आलममाथीको गोली प्रहार निर्वाचन, उमेद्धवार माथीको सुरक्षाको चुनौती त हुदै हो अझै सवैभन्दा बढी एमालेमाथीको प्रहार पनि हो । किन भने त्यो क्षेत्र मुस्लिम बहुल क्षेत्र भएको र एमालेको राम्रो प्रभाव रहेको क्षेत्र समेत मानिएकाले आलमलाई सवैले अबको सम्भावित सभासदकारुपमा चित्रण गर्ने गरेका थिए । बिहिबार उमेद्धवारी दर्ताका क्रममा एमालेको पक्षमा आएको जनलहरले एमाले नेपालको पहिलो शक्ति बन्ने कुरा सवैले अनुमान गरिसकेको र मधेशी जनता समेत एमालेको पक्षमा उर्लीएकाले यो घटना एमालेको विरुद्ध सुनियोजित रहेको एमाले प्रचार विभाग प्रमुख तथा एमाले नेता प्रदिप ज्ञवालीले शुक्रबारै विज्ञप्ती मार्फत बताई सकेका छन् ।
नेपालमा भारतविरोधी आतंकवादीहरुले प्रश्रय लिएको बताउ“दै हि“ड्ने भारतीय अधिकारीले आङ्खनो मुलुकलाई अपराधीको सेल्टर बनाएको छन् यो सर्वथा अमिल्दो विषय हो । नेपालका राजनीतिक दलहरु चैत्रमा चुनाव गर्ने मानसिकतामा थिए त्यसको एउटै आसय थियो त्यो समयसम्म वैद्य लगायतका विद्रोही दलहरुलाई पनि निर्वाचनमा सहभागी गराउन वैद्य पÔलाई सहमतिमा ल्याएर चैत्रमा चुनाव गर्ने तयारीमा थियो नेपाल तर भारतले नै जसरी पनि तोकिएकै समयमा निर्वाचन गराउनु भन्ने दवाव दिएका थिए । आलमलाई भारत विरोधी गतीविधि गर्ने गरेको आरोप यस अघिपनि लगाउदै आएका छन् तर उनले यस अघिपनि यो आरोपको खण्डन गरिसकेका छन् । यसको अर्थ यो पनि हो कि भारतको मिचाहा र हस्तक्षेपकारी गतिविधिको महमुद आलमले जहिल्यै विरोध गर्दै आएका थिए त्यो स्वाभीमानी उनको स्वभाव भारतका लागि पाच्य हुनै कुरै थिएन त्यसैको प्रतिफल थियो गोली काण्डको भारतीय योजना ।
गोलीकाण्ड पछि तथ्यलाई विषयान्तर गर्दै अहिले जसरी उनको आन्तरिक जिवनको बारेमा र उनको आर्थिक प्रगति र एमाले केन्द्रीय नेतृत्व तहमा पुगेको र मुसलिम ईतेहाद संगठनको केन्द्रीय अध्यक्षको भूमिकाको विषयमा अनर्गल प्रचारहरु गरिएका छन् त्यो पनि भारतीय योजना र चालवाजीकै एउटा षडयन्त्र हो । संविधानसभाको चुनाव नेपालको नितान्त आन्तरिक विषय हो तर भारतले कहिल्यै त्यस्तो हुन दिएन कुनै न कुनै रुपमा उसको हस्तक्षेप रहदै आईरहेको छ नेपालको आन्तरिक मामिलामा हस्तक्षेप र अपराधीक घटनाका योजनालाई अब नेपालले निस्तेज बनाउन आवश्यक छ ।
नेपाल भारत विरोधी आंतंकबादी गतिविधिको सेल्टर भएको आरोपमा भारतले जहिल्यै नेपाललाई दुख दिदै आईरहेको छ भारतले नेपाली भूमिमै छिरेर अन्तराष्ट्रिय सम्बन्ध र न्यायको सिद्धान्त विपरित मिचाहा व्यवहार देखाएको छ । नेपालले अब सहने र चुपचाप बस्ने सिमालाई तोड्नु जरुरी छ । भारतले आफ्नो भूमिलाई अपराधीको सेल्टर बनाएर नेपालको निर्वाचनलाई भाड्ने काम गरेको यो घटनाले स्पष्ट पारेकोछ यसबारे भारतीय दूतावासका अधिकारीलाई सिंहदरबार बोलाएर स्पष्टिकरण लिन र फरार अपराधी नेपाललाई बुझाउन अल्टिमेटम सहितको निर्देशन दिन जरुरी छ साथै दिर्घकालिन समस्या समाधानका लागि नेपालले भारतसंगको खुल्ला सिमा र आवत जावतलाई रोक लगाउन जरुरीछ यसो नगर्ने हो भने नेपाल भारतको पञ्जाबाट मुक्त हुने सम्भावना देखिदैन ।
वैद्य सहितका मोर्चाले निर्वाचन विथोल्न आन्दोलनको कार्यक्रम गर्ने निर्णय गरेका छन् तर सरकार, दलहरु तथा आम जनता पूर्णरुपमा चुनावी मानसिकतामा गईसकेकाले त्यो विरोधका स्वरहरु कमजोर होलान, संघिय लिम्बुवानले शुक्रबार बन्दको आह्वान गरेपनि त्यसलाई पूर्वका जनताले पत्याएनन् २ वजे देखि बन्द भनेपनि यातायात मजदुरहरुले नटेरी सवारी चलाए यसलेपनि असर नपार्ला निर्वाचनलाई र उम्मेद्वारमाथि आक्रमण्ँ गरेपनि राज्यले फौजदारी अभियोगमा उनीहरुमाथि कारवाही चलाउलान तर भारतीय भूमिबाट गरिने यस्ता हिंसात्मक गतिविधिको नियन्त्रण तत्कालको समस्या हो यसको समाधान खोजिनु पर्छ ।
प्रत्यÔ र समानुपातिक तर्फका हजारौं उमेद्धवारहरु छन् तर सरकाले सवैलाई व्यक्तिगत रुपमा सुरक्षा गार्ड खटाउन सम्भव हु“दैन । निर्वाचन आयोगले सरकारसंग उमेद्धवारहरुलाई सुरक्षाको माग गरेपनि यो स्थितिमा रेग्मी सरकारले उम्मेदवारको सुरÔा गर्न सक्ने सम्भावना देखिदैन हुनत गृह मन्त्रालयले शुक्रबारै सवै उमेद्धवारहरुलाई सुरक्षा प्रदान गर्ने भनेको छ तर त्यो व्यवहारमा सम्भव कति हुनसक्छ विचार पु¥याउन आवश्यक छ । निर्वाचनको विरुद्धमा वैद्यहरु लागेका भएपनि उनीहरुले उमेद्धवारहरुलाई गोली ठोकिहाल्ने उदघोष गरेका छैनन् तर वैद्यलाई निर्वाचनमा ल्याउन सकारात्मक हुन नसकेको भारतले आफ्नै भूमिबाट नेपालमा हुन लागेको निर्वाचनका उमेद्धवारलाई गोली प्रहार गन अपराधीलाई पक्राउ गर्ने विषयमा चुसम्मपनि बोल्दैन भने घटनाबारे दुख सम्म व्यक्त गर्दैन भने भारत नेपाललाई कसरी ध्वस्त बनाउन चाहान्छ भन्ने स्पष्ट भएको छ ।
यो अवस्थामा स्वदेशी र विदेशी दुबै स्थानबाट निर्वाचनमा हुने सुरक्षा चुनौतीबारे गम्भिर हुन जरुरी छ । निर्वाचनको समय नजिकिदै छ भारतको भूमिका के हो भन्ने अब कसैसंग लुकेको छैन । अबको खतरा कोबाट छ र निर्वाचनका समय कहांबाट असुरक्षा हुन्छ भन्ने नेपाल सरकार र दलहरुले बुझ्न आवश्यक छ । उमेद्धवारी दर्ताकै दिन पनि सिमावर्ती जिल्लाका सदरमुकामहरुका निवाृचन आयोगका कार्यालयहरुमा खुलेआम भारतीय नम्बर प्लेटका गाडीहरु धुलो उडाउदै दौडिएको दृष्य देखिएको छ । त्यो दृष्यले चुनाव नेपालमा लागेको होकी भारतलाई अनुमान लगाउन कठिन थियो । किन दौडिरहेका थिए भारतीय छदमभेसीहरु नेपालको निर्वाचन आयोगको कार्यालयमा ? कसले बोलाएका थिए तिनीहरुलाई ? प्रश्न गम्भिर छन् तर नेपाल सरकार र दलहरुले त्यसको हेक्का राखेका छन् कि छैनन यदी गम्भिर नबन्ने हो भने मंसिर ४ सम्म सिमा क्षेत्रमा आलम जस्ता थुप्रै उमेद्धवारहरुमाथी गोली नपड्केला भन्न सकिन्न ।
अब सरकार र दलहरुले चुनावको तयारी मात्रै गरेर पुग्दैन सुरक्षा चुनौतीको हिसावले जोखिम मानिदै आएका भारतसंग सिमा जोडिएका जिल्लाहरुलाई तत्काल नाकाबन्दी गर्नु पर्छ । तत्कालका लागि सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा लगायतका जिल्लाका नाकाहरुलाई नाकाबन्दी गर्नु पर्छ अन्यथा यो अवस्थामा चुनाव गर्नु अथवा चुनावमा जानु भनेको जानीजानी भुंग्रोमा हामफाल्नु जस्तै हो । विचार नपु¥याई एकोहोरो चुनावी रटानले दल, सरकार असफल हुनेनैछन् संगसंगै नेपाललाई नै असफल राष्ट्र बनाउने भारतीय योजना सफल हुने निश्चित हुनेछ ।

0 comments:
Post a Comment