उपचार गर्न आएकी महिलालाई अस्पतालमै टाक्टरद्धारा बलात्कार प्रयास
...............................................................................................................................................................................................................................................धरान । बिराटनगर स्थित नोबेल अस्पतलामा कार्यरत डाक्टर सन्जिब जैसवालले उपचार गराउन आएकी एक महिलालाई बलत्कार प्रयास गरेका छन् । पित्त थैलिको शल्यक्रिया गर्न आएकी झापा बिर्तामोडकी ४३ बर्षिया रञ्जना बिकलाई डाक्टर जैसवालले उपचार गर्ने निहुमा शनिबार राति बलत्कारको प्रयास गरेका थिए ।
अपराध सार्वजनिक भएपछि पीडितकी आफन्त तथा स्थानियले डाक्टर तथा अस्पतालका बिरुद्ध प्रदर्शन गरेका थिए । तनाब उत्पन्न भएपछि अस्पतालले शुरक्षाका लागि प्रहरीलाइ बोलाएको थियो । डाक्टरलाइ कार्वाहिको माग राखेर प्रदर्शनमा उत्रिएपछि जिल्ला प्रहरी कार्यलय मोरङबाट आएको प्रहरीको टोलिले भिडलाइ तितरबितर पार्दे लखेटेको थियो । भिडलाइ लखेटेपछि प्रहरीले पिडक डाक्टरलाइ पक्राउ गरेर जिल्ला सिधै जिल्ला प्रहरी कार्यर्लय मोरङ पु¥याएको थियो ।
शनिबार दिउसो मात्रै उपचारका लागि भर्ना गरिएकी ति महिलालाइ अस्पतालले ३९ नम्बरको कोठामा राखेको थियो । पित्त थैलिको आइतबार मात्र अपरेशन गर्ने भनेर अस्पतालले बिरामीका आफन्तहरुलाइ सुनाएको थियो । सर्जरी बिभागका मेडिकल अफिसरका रुपमा समेत रहेका डाक्टर जैसवालले शनिबार रातिनै अपरेशन गर्ने बाहना बनाएर बलत्कारको प्रयास गरेका पिडित महिलाको भनाइ छ । डाक्टर जैसवालले महिलालाइ बलत्कार गर्नका लागि कोठाको चुकुल समेत लगाएर बाहिरबाट कसैलाइ प्रबेश गर्न नदिइ बिरामीलाइ पुर्ण नग्न बनाएर बलत्कार गर्न खाजेका थिए । सो क्रममा डाक्टर जैसवालले बिरामीको योनि तथा मलद्धवार भित्र औला पसाएर स्तन समेत माडेको पिडित महिलाको भनाइ छ । सुरुमा त उपचार गर्नका लागि लुगा खोलेको हो भनेर चुप लगोर बसे तर एक्कासी आफुतिर झम्टिएर चडन खाजेपछि प्रतिकार गरेर भाग्न सफल भए–पिडित महिलाले भनिन ।
२ बर्ष अघि देखि अस्पातलमा कार्यरत जैसवालले य िअघि पनि एक महिलालाइ सोहि प्रकारले बलत्कार गर्ने प्रयास गरेका थिए । तर त्यति बेला सो घटनालाइ भित्र–भित्रै मिलाइएको स्रोतको भनाइ छ । यता महिला माथि भएको घटनालाइ भित्र–भित्रै मिलाउनका लागि अस्पतालले डाक्टरलाइ कार्वाहि गरेको नाटक गरेको स्थानिय गोपाल श्रेष्ठको भनाइ छ ।
अस्पतालमा भएको घटनालाइ लुकाउनका लागि अहिले अस्पताल लागि परेको समेत श्रेष्ठले आरोप लगाए । आइतबार बिहान बिरामीका आफन्तहरुले डाक्टर जैसवालले गरेको कर्तुतलाइ बाहिर ल्याएपछि अस्पताल प्रशाशनले उनलाइ पक्रेर थुनेको थियो । सो क्रममा बिरामीका सामु परेपछि डाक्टर जैसवाल निकै डराएर कामेका समेत थिए । यता बिरामी भएर उपचार गराउन गएकी महिला माथिनै उपचार गर्ने बहानामा भएको यस्तो कुकार्य गरेपछि उपचारनै नगराइ पिडितहरु घर फर्कन लागेका थिए । सबै सामानहरु भेला पारेर अर्को अस्पतालमा उपचारका लागि हिडन लागे्का उनिहरुलाइ अस्पतालले पुन सम्झाएर उपचारका लागि फर्काएको थियो । अस्पतालमा उपचार गर्नका लागि आफुहरु जाने गरेको भएपनि बिरामीको कमजोरीको फाइदा डाक्टरहरुले उठाउने गरेका कारण सलग्नलाइ कडा कार्वाहि गरिनुपर्ने माग बिर्तामोडबाट आएका गणेश सेडाइले राखेका छन ।
यता अस्पतालका जनसम्पर्क अधिकृत नारायाण दाहालले भने दोषि डाक्टरलाइ अस्पतालले निलम्बन गरि प्रहरीलाइ बुझाइसकेको बताए । उनले कानुनलाइ जिम्मा लगाइसकेपछि कानुनि उपचार हुने तर पिडितको उपचार भने अस्पतालमै हुन्े दाबि समेत गरे । उपचार गरि सही सलामत घर पुग्ने अभिलाषा लिएर बिरामीहरु अस्पतालमा उपचारका लागि पुग्ने गरेका छन । तर उपचार गर्ने बहानामा डाक्टरलेनै बिरामीलाइ यौन शन्तुष्ठि मेटाउने साधनका रुपमा हेर्न थालेपछि के को आशामा बिरामीहरु उपचार गराउनका लागि अस्पताल जाने भन्ने प्रश्न यतिखेर तेर्सिन थालेको छ । अत बन्द कोठाको फाइदा उठाउदै उपचार गर्न आएकी महिलालाइ बलत्कार गर्न खोज्ने डाक्टर जैसवाललाइ कडा कार्वाहि गरिनु आवस्यक देखिन्छ ।
0 comments:
Post a Comment