साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

मजदुरलाई सहयोग

क्षयरोग पीडित यातायात मजदुर कुमार जोगीलाई उपचार सहयोग स्वरुप २० हजार ९५ रुपैया सहयोग प्रदान गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव भीमज्वाला राई ।

आकासबाट देखिएको विराटनगरको दृष्य

पछिल्लो समय बिराटनगर विकासको तिव्र गतीतर्फ अग्रसर बन्दै गईरहेको छ

सुन्दर भेडेटार

धनकुटा र सुनसरीको संगमस्थल पर्यटकीयस्थल भेडेटारको दृष्य

विद्यार्थीलाई सम्मान

प्रवेशिका पक्षिामा सर्वोकृष्ट अंक ल्याउने यातायात मजदुरका छोराछोरीहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान ईकाईले सम्मान गर्दै

Pages

थिचोमिचोको एउटा उदाहरण ी

पूर्वी नाका काकडभीट्टास्थित नेपाली भूभागमा भारतीय शहर सिक्कीम, ग्यान्टोक, दार्जिलिङ लगायतका स्थान जान यात्रुको प्रतिक्षामा रहेका लामबद्ध सवारी साधनहरु तस्विर ः कल्पना तुम्रोक

ईतिहास

बिक्रम सम्बत १९७३ मा पहिलो पटक मान्छेमाथी चढेर नेपाल भित्रीएको सवारी, राणा शासकहरुले बेलायतबाट भारत हुदै नेपाल ल्याएको यो सवारी भीमफेदीको बाटो हुदैं काठमाण्डौ भित्र्याएको थियो ।

बाल श्रम उन्मुलन नारा मात्रै

धरान १३ स्थित सर्दु खोला नजिकको सुकुम्बासी वस्तीका एक बालक अभिभावकलाई गिट्टी कुट्न सघाउदै फोटो ः सोहन श्रेष्ठ

सुन्पारी पुग्ने विकल्प ।

भोजपुर र धनकुटाको सिमाना लेगुवा स्थित अरुण नदीमा फेरीको माध्यमबाट सवारी तथा यात्रुहरु आरपार गर्दै, अरुण नदीमा पुल नबन्दा वर्षौदेखि दुर्गम पहाडबासी यसरी नै दुखका साथ नदी तर्दै आउने गरेका छन्

माझी दाई पोखरा फेवा तालको #2380;

पोखरास्थित फेवा तालमा माछा मार्न जाल मिलाउदै डुंगामा एक माझी तस्बिर .ज्वाला

नेपाली मजदुरमाथी चिनियाको ज्यादती


समयमै सामान भन्सार नहुदां मजदुरहरुको विचल्ली
भीमज्वाला राई

     तातोपानी । चिनलाई नेपालसंग व्यापारिक हिसावले जोड्ने तातोपानी खासा नाका नेपालको मुख्य व्यापारिक नाका हो खासालाई प्रमुख व्यापारिक नाका भनेपनि नेपाल सरकारले चिनको खासामा बाणिज्यदुतावासको कार्यालय राखेको छैन । बाणिज्य दुवासको कार्यालय नहुदा चिनको खासा हुदै नेपालको तातोपानी नाकाबाट चाईनिज सामान नेपाल ढुवानी गर्ने ट्रक कन्टेनर मजदुर तथा व्यवसायीहरुले सास्ती खेप्नु परेकोछ ।
    चाईनिज सामान ढुवानीका लागि चिनको झाङमु (खासा) भन्सारमा पुग्ने नेपालका ट्रक कन्टेनरहरुलाई समयमै क्वारेन्टाई तथा भन्सार नगरीदिंदा हप्तांैसम्म कुर्नु पर्दा व्यवसायी तथा मजदुरहरुले सास्ती खेप्न परेको हो । चाईना भन्सारका प्रतिनिधिहरुले नेपाली भाषा नबुझ्ने, चाईनिज भाषा नेपाली मजदुर तथा व्यवसायीहरुले नबुझ्ने समस्या कारण सामान लोड भएरपनि हप्तौंसम्म चाईनिजहरुले आवश्यक क्वारेन्टाईन तथा भन्सार कागज नबनाईदिदां मजदुरहरु अनावश्यक झमेलामा पर्ने गरेका हुन् ।
  नेपाली भाषा बुझदैनन्, चाईनिज भाषा हामी बुझदैनौं कागजपत्र गरिदिन आग्रह गर्दा चाईनिज भन्सार कर्मचारीको हप्कीदप्की खानु पर्छ दोहो बोले कुट्नै खोज्छन् ना ३ ख ९५५३ नम्बरका स्वोरोजगार चालक विश्वबिक्रम खड्काले बताए । मेरो कन्टेनर लाईनमा बसेको १४ दिन भयो अझै चाईनिज भन्सार कर्मचारीले क्वारेन्टाई तथा भन्सार कागजात बनाईदिएको छैन बोले हप्काउछन नबोले महिनादिन हुन लागिसक्यो यस बारेमा कस्ले बोलीदिने  खड्काले भने ।
  क्वारेन्टाईन कार्यालय सामानको सवै चेक जांच गरेर सामान ठिक रहेको कागजात बनाईदिएपछि मात्र भन्सारले अन्य आवश्यक कागजात बनाईदिने गर्दछ यी कामहरु गर्न भन्सार र क्वारेन्टाईन कार्यालयका कर्मचारीहरु लाग्ने हो भने एकै दिनमा गर्न सक्ने काम हप्तौं लगाउने गरेकाले मजदुरहरुको बिचल्ली भएको ना ३ ख ५१५२ नम्बरका कन्टेनर चालक धनवहादुर श्रेष्ठले बताए । अनावश्यक हामीले चाईनिजहरुको गालीगालौज खानु परेकोछ, मानसिक तनाव व्यहोर्नू परेको छ आफ्नो कमाई सवै चाईनामै खर्च गर्नु परेकोछ उनले भने ।
    पार्किङको समस्या
चाईना भन्सारले ४ सय कन्टेर क्षमताको पार्किङ निर्माण गरेकोछ  तर करिव ५ देखि ७ सयको सख्यांमा कन्टेरहरु खासा पुग्ने गर्दछ पार्किङ बाहेक अन्य कन्टेनरहरु बजार तथा बाटोमै लाम लगाएर राख्नुको विकल्प छैन । पहाडी बजार साघुरा सडक र जंगल क्षेत्र भएकाले बाटो र जंगलमा मितेरी पुलदेखि चिनको खासा बजारदेखि भन्सार क्षेत्र सम्म १० किलोमिटर सडकभरी नेपाली कन्टेनरहरुको लाम र मजदुरहरुको बजार हुने गर्दछ ।
  सडक, बजार र जंगल नेपाली कन्टेनरले ढाकेका कारण सवारी आवागमनमा समस्या आईपर्दा चाईनिजको कुटाई समेत यातायात मजदुरहरुले खाने गरेको ना ३ ख ४१९२ नम्बर कन्टेनर चालक पदमवहादुर श्रेष्ठले बताए । घर अघि, पसल अघि पार्किङ गरिदिएको सडक अवरोध गरेको भन्दै मजदुरहरुलाई कुटपीट गर्ने गरेको उनले बताए । सडक साघुरो छ अलिकती कन्टेनरले छुनासाथ तिर्नै नसकिने क्षतीपुर्ति माग गर्ने गरेको र प्रहरीहरुले समेत उनीहरुकै पक्षमा काम गर्ने गरेको श्रेष्ठले बताए ।
   किन हुन्छ ढिलाई ?
पार्किङबाट चाईनाले प्रत्येक दिन नेपाली सवारी साधनहरुबाट मात्र नेपाली १ लाख ३६ हजार रुपैया कमाउने गर्दछ । ४ सय क्षताको पार्किङबाट प्रति कन्टेनर चाईनाले चाईनिज २० घोर्मु लिने गर्दछ जसको नेपाली रुपै ३ सय ४० हुन आउछ । त्यस कारण जती ढिला गर्यो त्यति चाईनालाई फाईदा भएकाले पनि चाईनाले क्वारेन्टाईन र भन्सारमा ढिला गरेको नेपाल ट्रक कन्टेनर व्यवसायी संघका द्धितिय उपाध्यक्ष दोर्जे लामा हाउडेले बताए । नेपाल सरकारको तर्फबाट यस विषयमा कुनै चासो नभएकाले चाईनाले हामीबाट फाईदा लिईरहेकोछ फेरीपनि १० घोर्मु बढाउन खोजिएकोछ त्यो भनेको प्रत्येक दिन एउटा कन्टेनरले ५ सय दश तिर्नु पर्नेहुन्छ हामी तयार छौं तर प्रत्येक दिन क्वारेन्टाईन र भन्सार हुनु पर्छ भन्ने हाम्रो माग हो तर सरकारले नबोलिकन लागु हुदैन नेपाल सरकारको प्रतिनिधि खासामा नराखी हुदैन लामाले भने ।
   चाईनिजको हेपाई तथा ढिलासुस्तीका कारण व्यापारीहरु मारमा परेको हिमाल सिमापार बाणिज्य संघका अध्यक्ष निलकण्ठ चौलागाईले बताए । समयमै सामान ल्याउन नपाईने चाईनिजहरुले निर्धारण गरेको मुल्यलाई मान्नु पर्ने मनमौजी लोडअनलोड ज्याला निर्धारण गर्दा समेत प्रतिवाद गर्न नपाईएको चौलागाईले बताए । उनले भने प्रत्येक व्यापारीले प्रति कन्टेनर करिव १३ सय घोर्मु नेपाली करिव २२ हजार १ सय व्यहोर्नु परिरहेको बताए तर समयमै कहिल्यै सामान ल्याउन नपाईएको दुखेसो गरे ।
    चाईनाको खासामा बाणिज्य दुतावासको शाखा कार्यालय नभएकै कारण १५ देखि २० दिनसम्म कन्टेनरहरु चाईनामा विस्कुन लगाएर बस्नु परेकोछ मजदुरहरुको विजोग भएकोछ यो समस्या समाधानका लागि तत्काल सरकारले बाणिज्य दुतावासको शाखा खासामा खोल्नु पर्ने नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनिको रुट ट्रक कन्टेनर ईकाई कमिटी अध्यक्ष दर्गावहादुर श्रेष्ठले बताए ।
   चाईनिज प्रतिनिधिहरुले हरेक कुरामा मुल्य मात्र बढाउन खोज्ने गरेको तर नेपाली व्यपारी तथा मजदुरहरुलाई सहज हुनेखालका कुनै काममा चासो नदेखाउने गरेको तातोपानी स्थित भन्सार कार्यालयका प्रमुख निमासिंह अधिकारी बताए कुनै विषयमा मुल्य वृद्धि गर्नु पर्यो भने छलफमा बोलाउने गरेको तर खासामा सहज बनाउनु पर्यो भन्ने विषय राख्दा छलफलबाटै उठेर हिड्ने गरेको बताए ।
  त्यस्तै सरकारी तहको माथिल्लो तहबाटै चाईनिज प्रतिनिधिमण्डलसंग छलफल नगरी यो समस्या समाधान नहुने तातोपानीस्थित अध्यागमन कार्यालयका प्रमुख विरेन्द्रनाथ शर्माले बताए ।
मजदुरहरु जंगलमा भोकभोकै
समयमै क्वारेन्टाईन तथा भन्सार नहुदा कानुनी प्रकृयामा लामबद्ध कन्टेनरका मजदुरहरु रात तथा दिनभरी भोकभोकै जंगलमा बस्न बाध्य भएका छन् । चाईना नेपाल सिमा मितेरी पुलदेखि खासासम्मको १० किलोमिटर दुरीकोविचको जंगलमा कुनै पसल तथा मानव बस्ती नभएकाले सामान लोड, अनलोड तथा क्वारेन्टाईन तथा भन्सारका लागि पालोमा रहेका मजदुरहरु न खान पाउछन् न सुत्न पाउछन न सुरक्षित नै हुने गरेका छन् ।
 खासामा जताततै मजदुर
साना ठुलागरि १४ सय कन्टेनरहरु खासा रुटमा सञ्चालित छन् ति मध्य खासा बजार तथा तातोपानी आसपासमा करिव ६ देखि ८ सयको हाराहारीमा हुन्छन भने अन्य कन्टेनरहरु तातोपानी काठमाण्डौं हुदै देशभरी चाईनिज सामानहरु रेडिमेड सामान, ईलेक्ट्रोनिक्स सामान तथा स्याउ लिएर गुडिरहेका हुन्छन् । तर तातोपानी र खासा आसपासमा रहेका सवै सवारीका मजदुरहरुको आश्रयस्थल खासा बजार नै भएकाले खासाका होटल, पुल हाउस, गल्लीका क्यारेमबोर्ड खेल स्थल, बजार जतातै यातायातमजदुरहरु छाईरहेकाछन् ।
    स्थलगत भ्रमणबाट फर्केर आएपछि

गित


भीमज्वाला राई
तिम्रो हात छुटेपनि तिम्रो साथ टुटेपनि
जिवनभरीसंगै हिड्ने बाचाबन्धन चुकेपनि
सपनाहरु बुनिरहें पाईलाहरु चालिरहें
झुकेन यो आत्मविश्वास सगरमाथा झुकेपनि

चाहिएन साथ मलाई चाहिएन हात मलाई
आफैलाई भुल्छु बरु प्यारो लाग्छ घात मलाई
घाम हेरे जुन हेरे, हेरे साउने भेलहरु
झेल्नु जती झेलीसके जिन्दगीमा झेलहरु

कुरा काटोस, ईस्र्या गरोस छैन कुनै डर
अरु त अरु भए आफन्तकै हुन्न भर
जल्नेहरु जलीरहुन्  मलाई के पो हुन्छ
चढ्ने साहस गर्नेले नै सगरमाथा छुन्छ


पांच करोड हुंदा कस्लाई फाईदा ?

  
     भीम ज्वाला राई
 हरेक निर्वाचन क्षेत्रलाई दिईने दश लाख रकमलाई बढाएर ५ करोड बनाउन सभासदहरुले हस्ताक्षर अभियान थालेका छन् । सभासदहरुले छ करोड मागे भन्ने चर्चाका आभारमा सभासदहरुको मागप्रति नकारात्मक धारणा पनि सुन्ने गरिएकोछ । राजनीतिसंग वितृष्णा भएकाहरुले सभासदले ५ करोड माग्यो भन्नासाथ यसबारे नकारात्मक धारणा बनाउदै यो ठिक होईन भन्ने गरेको सुनिन थालेको छ तर सतहलाई मात्र बुझेर विरोध गर्नु भन्दा यसको राम्रा पक्ष र नकारात्मक पक्षका बारेमा बुझेर मात्र राय दिन जरुरी छ ।
    अहिले सभासद विकास कोषको नाममा वितरण गरिने दश लाख रकम निर्वाचन क्षेत्रको विकासमा अपुग भयो यस कारण यो रकम ५ करोड हुनु पर्छ भन्दै हस्ताक्षर गर्ने एमाले तथा काग्रेसका सभासदहरुको सख्यां दुईसय नाघिसकेको छ हस्ताक्षर गर्नेको सख्या अझै बढ्दैछ । उनीहरुले समानुपातिकका सभासद र अन्य पक्षहरु समेत मिलेर क्षेत्रको आयोजना छनौट गरि खर्च गर्ने प्रस्ताव अर्थ समितिको बैठकमा लाने तयारी समेत गरेकाले यो अभियानले सार्थकता पाउने आशा गर्न सकिन्छ । तर सभासदहरुको अभियानलाई पुर्णता दिने हो भने त्यो रकमलाई निर्वाचन क्षेत्रको विकासमा शतप्रतिशत खर्च हुने आधारहरु समेतलाई प्रस्तुत गर्न आवश्यक देखिन्छ ।
     यस अघि विनियोजन हुदै आएको रकम हातीको मुखमा जिरा भने झै थियो निर्वाचन क्षेत्रको विकासका लागि अपर्याप्तता त थियो नै तर सानो परिनामको रकम समेत दुरुपयोग हुदै आएको अनुभवहरु रहेका छन् । एक त सानो परिमानको रकम त्यमाथी पनि राजनीतिक दलहरुले विभिन्न बहाना बनाएर आफ्ना पार्टीका कार्यकर्ता तथा पार्टी हित अनुकुल खर्च गर्नेगरेको जनगुनासाहरु सुन्ने गरिएको थियो । सभासदहरुले निर्वाचन क्षेत्रको विकासका लागि रकम बढाउने योजना बनाउनु नराम्रो होईन तर विगतमा भएका अनियमिततालाई कसरी अन्त्य गर्नेछन् त्यो विषयपनि अभियानको विषय बन्नु पर्दछ ।
    निर्वाचनका समय सभासदहरुले जनताकाबीच विभिन्न खालका विकासका आश्वासनहरु दिईएका हुन सक्छन् तर सभासद भईसकेपछि उनीहरुको निर्णय अधिकार रहेको रकम दश लाख कुनै एक ठाउको कलभर्ट निर्माणमा समेत पर्याप्तता नहुने र जनताकाबीच बोलेका महत्वपूर्ण काम समेत गर्न नसक्ने अवस्थामा पहुच विहिन र प्रतिपक्षि दलका सभासदहरुका लागि विकास निर्माणका वजेट पास गर्ने विषय जटिल रहेकोछ । यस्तो जटिलताको अवस्थामा सभासदहरुको अभियानले पुर्णता पाएको अवस्थामा केही हदसम्म सभासदहरुको मात्र होईन निर्वाचन क्षेत्रका जनताका समस्याहरुले समेत समाधानको बाटो पाउनेछ तर त्यसलाई सतप्रतिशत जनताको हित र क्षेत्रको विकासमा खर्च हुने विश्वासिलो आधारहरु जनताले थाहा पाउन जरुरी छ ।