धरान । सिंगापुर प्रहरीमा कार्यरत धरानका रामजी चाम्लिंङद्धारा लिखित पुस्तक ‘गोर्खा भर्ती बन्द र राष्ट्रिय सरोकार’ नामक पुस्तक शुक्रबार धरानमा विमोचन तथा परिचर्चा भएको छ । पुस्तकको लोकार्पण भाषा शास्त्री डा टंक न्यौपाने , अग्रज पत्रकार हर्ष सुब्बा र औजार दैनिकका प्रधान सम्पादक भीमज्वाला राईले गसामुहिकरुपमा गरेका थिए ।
कार्यक्रममा प्राडा प्राध्यापक न्यौपानेले चाम्लिङको पुस्तक नेपाली बाङमयमा नयां उपलव्धी रहेको बताए । आफ्ना कुरा राख्न मुख खोल्न नसक्ने लाहुरे जमातबाट पुस्तक लेख्न सक्ने प्रतिभा जन्मिनु नेपालीकालागी नै गर्वको विषय भएको बताए । गोर्खा भत्र्ती पेशा मात्रै नभएर जातीकै रुपमा बिकास भईरहेकाले यसलाई तत्काल बन्द गर्न नहुने बताए । डा. न्यौपानेले भने गोर्खा भर्ती बन्दको विषय राजनीतिक एजेण्डा मात्र हो यो तत्काल सम्भव छैन ।
नेपाली लाहुरेहरुले बिदेशमा बस्दा बहादुरी देखाउन मात्र हैन नेपाली भाषा र सँस्कृतिको बिकासमा पनि उल्लेखनिय योगदान दिएको बताए । उहाँका अनुसार ठूलो संख्यामा लाहुरे बनेर विभिन्न मुलुकमा विदेशीएका नेपालीहरुले आफु बसेको ठाउँमा नेपाली भाषा सस्कृतीको प्रचार र संबंद्धनकालागि गरेका उदाहरणहरु अनुकरिणीय पाइएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘लाहुरे जाँदा शरिर मात्र जाँदैनसँगै भाषा र सँस्कृती पनि गएको हुन्छ ।,
डा प्राध्यापक न्यौपानेले गोर्खा भत्र्तीको मुलआधार अंग्रेजसँगको सम्बन्ध भएपनि त्यसले नेपालका बेरोजगार यूवाहरुलाई आर्थिक उन्नतीमा धेरै सहयोग पुरयाएको बताउनुभयो । यसैले लाहुरे पेशा अब पेशा मात्र नभएर एउटा समुदायको जातकै रुप धारण गर्न थालेको डा न्यौपानेले बताए पुस्तकमा कतिपय विषय तथा प्रसंगहरु अनावश्यक तथा अपुष्ट रहेकोमा लेखकको आलोचना गर्दै लेखकहरुले अमुर्त कुरा लेखेर पाठकहरुलाई भ्रम पढाउनु हुदैन ।
धरानका अग्रज पत्रकार हर्ष सुब्बाले देशमा व्याप्त असमावेशी राज्य चरित्रले गर्दा खासगरि आदीबासी जनजाती समुदायका मानिशहरुले आर्थिक विकल्पका रुपमा ज्यानको बाजी गरेर भएपनि लाहुर जान बाध्य भैरहनुपरेको हो भन्नुभयो । उहाँले लाहुर जाने कार्य हटाउन राज्यले पुर्ण शमाबेशी चरित्र अँगाल्नुपर्नेमा जोड दिनुभयो । लाहुरेहरुले गरेका विरताका कार्यहरु देखी सामाजिक र सास्कृतिक रुपमा भएका कार्यहरुको खोजी गरेर इतिहासका रुपमा लिपिबद्ध गराउन लागिपनुपर्नेमा जोड दिनुभयो ।
लाहुरे रामजी चाम्लिङले लेखेको ‘गोर्खा भर्ती बन्द र राष्ट्रिय सरोकार’ पुस्तकमा गोर्खा को हुन , किन लाहुरे भए , भिक्टोरिया क्रस र गोर्खाको सम्बन्ध के छ , लाहुरेलाई किन होच्चयाउने कारण के हो , भन्ने विषयदेखी लाहुरेहरुको शिक्षा , सस्कृती , खेलकुद , समाजिक विकासमा गरेको लगानी देखी गोर्खा भर्ती बन्द हुनु लाभ हो कि हानी हो भन्ने जस्ता अनेक विषयमा चर्चा उल्लेख छ ।
औजार दैनिकले आयोजना गरेको उक्त्त लोर्कापण तथा परिचर्चा कार्यक्रम अनुज कुलुङले सञ्चालन गरेका थिए कार्यक्रममा पत्रकार महासंघ सुनसरी शाखा अध्यक्ष केशव घिमिर लगायतका पत्रकारहरुको उपस्थिती रहेको थियो ।
0 comments:
Post a Comment