काठमाण्डौं । नेपाली मजदुर आन्दोलनका अग्रज नेता धर्मानन्द पन्तको शनिबार निधन भएको छ ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्टका महाकाली अञ्चल कमिटीका पूर्व अध्यक्ष तथा राष्ट्रिय कमिटी सदस्य पन्तको राजधानीस्थित बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
मधुमेह तथा आईटिवीका रोगी पन्त एक वर्षदेखि उपचारका क्रममा हुनुहुन्थ्यो । कञ्चनपुरको भीमदत्त नगरपालीका भगतपुरबासी पन्त महाकाली अञ्चलको कम्युनिष्ट आन्दोलनका अग्रज व्यक्तित्व हुनुहुन्थ्यो ।
नेकपा एमाले महाकालीका पूर्व सदस्य सहेत रहनु भएका ५८ वर्षीय पन्त महाकालीमा मजदुर नेताका रुपमा स्थापित हुनुहुन्थ्यो ।
शनिबार अस्पतालमै नेकपा एमालेका सचिव प्रदिप ज्ञवाली, स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, जिफन्ट अध्यक्ष बिष्णु रिमाल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठ, महासचिव भीमज्वाला राई लगायतका नेताहरुले श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो ।
आईतबार बिहान पन्तको गृह नगर महेन्द्रनगरमा अन्तिम श्रद्धाञ्जली कार्यक्रमको तयारी रहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन महाकाली अञ्चल अध्यक्ष गणेशनाथ योगीले बताउनु भयो ।
0 comments:
Post a Comment