साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

मजदुरलाई सहयोग

क्षयरोग पीडित यातायात मजदुर कुमार जोगीलाई उपचार सहयोग स्वरुप २० हजार ९५ रुपैया सहयोग प्रदान गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव भीमज्वाला राई ।

आकासबाट देखिएको विराटनगरको दृष्य

पछिल्लो समय बिराटनगर विकासको तिव्र गतीतर्फ अग्रसर बन्दै गईरहेको छ

सुन्दर भेडेटार

धनकुटा र सुनसरीको संगमस्थल पर्यटकीयस्थल भेडेटारको दृष्य

विद्यार्थीलाई सम्मान

प्रवेशिका पक्षिामा सर्वोकृष्ट अंक ल्याउने यातायात मजदुरका छोराछोरीहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान ईकाईले सम्मान गर्दै

Pages

श्रमिक दिवसमा मृतकहरुको सम्झना


काठमाण्डौं । भुकम्पमा परि ज्यान गुमाउनेहरुलाई सम्झदै १ सय २६ औं अन्तराष्ट्रिय श्रमिक दिवस मनाईएको छ । 
बैशाख १८ गते अग्रेजी महिनाको मे १ तारिक संसारभरीका श्रमिकहरुले श्रमिकहरुको मुक्तिको दिनका रुपमा मनाउदै आएका थिए । 
नेपालका १२ बटा ट्रेड युनियन महासंघहरु सम्मीलित सयुक्त ट्रेड युनियन समन्वय केन्द्र जेटीयुसीसीलेपनि यस वर्ष सयुक्त रुपमा १ सय २६ औं मे दिवस भव्यरुपमा मनाउने तयारी गरेको थियो । 
१२ गतेको भुकम्पका कारण हजारौंको मृत्यु, हजारौंं घाईते तथा भौतिक संरचनाहरुमा व्यापक क्षती पुगेपछि मई दिवसलाई मृतकहरुको सम्झनामा दिप प्रज्वलन गरी मनाईएको हो । 
शुक्रबार सांझ ६ वजे माईतीघर मण्डलामा १२ बटै ट्रेड युनियनहरुका नेता कार्यकर्ता, राजनीतिक दलहरुका प्रतिनिधिहरु भेला भई दिप प्रज्वलन गरी मृतकहरुको सम्झना तथा घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मई दिवस मनाईएको हो ।
 कार्यक्रममा जेटीयुसीसी तथा जिफन्टका अध्यक्ष विष्णु रिमालले ३९ जिल्लाका करिव ८० लाख नेपाली भुकम्पबाट प्रभावित भएको ६ हजार बढीको ज्यान गएको, दश हजार बढी घाईते भएको तथा भौतिक संरचनामा व्यापक क्षती भएको जनाउदै यस्तो संकटको अवस्थामा नेपालका ट्रेड युनियनहरु नागरिकहरुको साथ र सहयोगमा जुट्न आवश्क रहेको बताउनु भयो ।
 यस्तो अवस्थामा उद्धार, राहत, असहज अवस्थाका नागरिकलाई पुनर्वास जरुरी रहेको वताउनु हुदै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो ।
 उद्धार कार्यमा सुरक्षाकर्मीहरुको भुमिकाको प्रशंसा गर्नुहुदै उद्धार कार्यमा सबैको भुमिका आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा ट्रेड युनियन काग्रेसका अध्यक्ष खिलानाथ दाहाल, अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष शालिकराम जमकटेल सहभागी हुनुहुन्थ्यो । 
 काठमाण्डौ्र लगायत देशभरी नेपाल ट्र्ेड युनियन महासंघ जिफन्ट अन्तरगतका घटक युनियनहरुले मृतकहरुको संझनामा मई दिवसलाई मनाएका छन् ।  

0 comments:

Post a Comment