साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

मजदुरलाई सहयोग

क्षयरोग पीडित यातायात मजदुर कुमार जोगीलाई उपचार सहयोग स्वरुप २० हजार ९५ रुपैया सहयोग प्रदान गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव भीमज्वाला राई ।

आकासबाट देखिएको विराटनगरको दृष्य

पछिल्लो समय बिराटनगर विकासको तिव्र गतीतर्फ अग्रसर बन्दै गईरहेको छ

सुन्दर भेडेटार

धनकुटा र सुनसरीको संगमस्थल पर्यटकीयस्थल भेडेटारको दृष्य

विद्यार्थीलाई सम्मान

प्रवेशिका पक्षिामा सर्वोकृष्ट अंक ल्याउने यातायात मजदुरका छोराछोरीहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान ईकाईले सम्मान गर्दै

Pages

थिचोमिचोको एउटा उदाहरण ी

पूर्वी नाका काकडभीट्टास्थित नेपाली भूभागमा भारतीय शहर सिक्कीम, ग्यान्टोक, दार्जिलिङ लगायतका स्थान जान यात्रुको प्रतिक्षामा रहेका लामबद्ध सवारी साधनहरु तस्विर ः कल्पना तुम्रोक

ईतिहास

बिक्रम सम्बत १९७३ मा पहिलो पटक मान्छेमाथी चढेर नेपाल भित्रीएको सवारी, राणा शासकहरुले बेलायतबाट भारत हुदै नेपाल ल्याएको यो सवारी भीमफेदीको बाटो हुदैं काठमाण्डौ भित्र्याएको थियो ।

बाल श्रम उन्मुलन नारा मात्रै

धरान १३ स्थित सर्दु खोला नजिकको सुकुम्बासी वस्तीका एक बालक अभिभावकलाई गिट्टी कुट्न सघाउदै फोटो ः सोहन श्रेष्ठ

सुन्पारी पुग्ने विकल्प ।

भोजपुर र धनकुटाको सिमाना लेगुवा स्थित अरुण नदीमा फेरीको माध्यमबाट सवारी तथा यात्रुहरु आरपार गर्दै, अरुण नदीमा पुल नबन्दा वर्षौदेखि दुर्गम पहाडबासी यसरी नै दुखका साथ नदी तर्दै आउने गरेका छन्

माझी दाई पोखरा फेवा तालको #2380;

पोखरास्थित फेवा तालमा माछा मार्न जाल मिलाउदै डुंगामा एक माझी तस्बिर .ज्वाला

जथाभावी सडक पार गरे कारबाही


प्रहरी नियन्त्रणमा लिएर दुई सय जरिवाना गर्ने तयारी

भीमज्वाला राई

    जथाभावी सडक पार गर्ने पैदल यात्रुलाई जेठ पहिलो हप्तादेखि नियन्त्रणमा लिएर जरिवाना गर्ने योजना महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआईजी मिङमार लामाले बनाएका छन् । फागुनदेखि महाशाखा सम्हाल्न आएका डिआईजी लामाको यो महत्वपूर्ण दोस्रो अभियान हो । यसअघि उनले उपत्यकामा चल्ने सवारीसाधनमा हर्न निषेध अभियान ल्याएका थिए जो सफल पनि भईरहेको छ । 
   जेब्राक्रसिङ्ग, ओभर हेड ब्रीज(आकाशेपुल) सब वे (सहायक बाटो) फुटपाथ(पैदल यात्रु हिड्ने बाटो) प्रयोग नगर्ने  जतापायो त्यतैबाट सडक पार गर्नेहरुलाई नियन्त्रणमा लिई जरिवाना गर्ने योजना बनाएको महाशाखाले । यही योजना अनुरुप यसलाई आउदो जेठ पहिलो साताबाट कार्यान्वयन गर्ने ध्याउन्नमा डिआईजी लामा सरोकारवाला सबैसंग हातेमालो पनि गरिरहेका छन् ।
के छ कानुनमा ?
डिआईजी लामाको यो अभियान नौलो भने होईन सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १३६ र दफा १३७ मा यसको व्यवस्था छ । दफा १३६ मा पेटीबाट हिड्नु पर्ने    भन्ने व्यवस्था छ जसमा भनिएको छ मानिस हिड्ने पेटी भएको सडकमा मानिसहरु सो पेटीबाट नै हिड्नु पर्दछ, पेटी नभएको सडकमा हिड्दा सो सडकको किनारा च्यापी हिड्नु पर्दछ भन्ने उल्लेख छ ।
 त्यस्तै ऐनको दफा १३७ मा निर्धारित ठांउबाट बाटो काट्नु पर्ने ः उल्लेख छ त्यसमा भनिएको छ  पैदल हिड्ने मानिसलेबाटो काट्नु पर्दा जेब्रा क्रसिङ्ग, ओभर हेड ब्रिज, सब वे वा त्यस्तो बाटो काट्नको लागि निर्धारण गरिएको ठांउबाटा मात्र काट्नु पर्दछ भनिएको छ । 
यदी ऐनको दफा उलंघन गरिए दुई सयसम्म जरिवाना हुने ऐनमा व्यवस्था रहेको छ । 
नयां कुरा होईन ऐनमा भएको दफाहरुलाई ऐन बनेको २५ वर्षपछि कार्यान्वयन मात्र गर्न खोजिएको हो यदी ऐन उलंघन भए पक्राउगरी निश्चित समयसम्म प्रहरी नियन्त्रणमा लिई जरिवाना गरिनेछ डिआईजी लामाले भने ।


कार्यान्वयन होला त ?
तथ्याङ्क अनुसार सडक दुर्घटना ज्यान गुमाउनेहरु मध्ये ४० प्रतिशत ज्यान गुमाउनेहरु पैदल यात्रुहरु रहेका छन् त्यस्तै ४३ प्रतिशत दुई पाङग्रे सवारी चालकहरु रहेको पनि डिआईजी लामाले जानकारी गराए । यदी सडक दुर्घटनालाई घटाउने हो भने पैदल यात्रुहरुलाई सडकमा जथाभावी बाटो काट्ने गलत परम्परालाई अन्त्य गर्नु पर्दछ लामाले भने । उनले भने अप्ठ्यारो अवस्य छ चुनौति पनि त्यतिकै छ तर कार्यान्वयन गर्ने हिम्मत सबैले गर्नुपर्छ । 
हरेक काममा चुनौतिहरु हुन्छन् जसरी हर्न निषेध गर्दा सुरुमा सबैले शंका गरेका थिए धेरै व्यङग्यहरुपनि भए तर अहिले सडक शान्त बन्दैछ सबैले हर्न निषेधलाई साथ दिईरहनु भएको छ । यो पनि त्यस्तै हो सुरुमा ट्राफिक प्रहरीसंग रिसाउलान् तर पछि यसले जनताको ज्यान सुरक्षित हुन थालेपछि सबैले थाहा पाउनेछन् लामाले भने ।
सरोकारवालाहरुसंग हातेमालो गर्दै ट्राफिक 
चुनाव अघिनै सर्वसाधारणलाई सडकमा उभिएर कारवाही हुनेबारे र जथाभावी सडक पार नगर्न सचेत गराईने छ यसकालागि ट्राफिक प्रहरीसंगै सडकमा यातायात मजदुरहरु, व्यवसायीहरु, उपत्यकामा रहेका २९ वटा प्रहरी सामुदायिक सेवा केन्द्रहरु, कलाकारहरु, मोडलहरु, स्काउटहरु अभियानका रुपमा परिचालन गर्ने र अन्य संघसस्थाहरुसंग पनि महाशाखाले परामर्श गरिरहेको छ । 
यसकालागि बैशाख २४ गते सुनधारबाट अभियान प्रारम्भ गर्ने चक्रपथभित्रका विभिन्न सडकहरुमा समुह बनाएर विहान ९ वजेदेखि ११ वजेसम्म र अपरान्ह ४ वजेदेखि ६ वजेसम्म सर्वसाधारणमाझ पुगेर सचेत गराईने तयारी गरेको छ । 
हामी चाहान्छौं कसैलाईपनि पक्राउ गरेर नियन्त्रणमा लिएर जरिवाना गराउन नपरोस त्यही भएर सुरुमा सम्झाउछौं डिआईजी लामाले भने ।
  सडकमा खट्ने जनशक्तिका लागि महाशाखाले मंगलबार यातायात मजदुर सम्बध संगठनहरु र यातायात व्यवसायीका प्रतिनिधिहरुसंग छलफल गरेको छ । अन्य संघसस्थासंगपनि परामर्श र छलफल निरन्तर भईरहेको महाशाखाले जनाएको छ ।
समस्या पूर्वाधारको 
पूर्वाधारको पर्याप्तता अभियानको चुनौति हो । जथाभावी बाटो काट्नेलाई कारवाही भन्नेवित्तिकै सबैतिर र आवश्यक्ता अनुसार जेब्रा क्रसिङ, आकासे पुल, पैदल यात्रु हिड्ने बाटो, सहायक बाटोहरु र ट्राफिक संकेत चिन्हरु जरुरी छ । त्यसको अभावमा कारवाहीले प्रतिशोध उत्पन्न हुनसक्छ । महाशाखाका प्रमुख लामा भन्छन् त्यसको व्यवस्था १५ दिनभित्र हुन्छ । हामीले सडक विभाग, महानगरपालीकाहरु, यातायात व्यवस्था विभाग र सरकारी सरोकारवाला निकायहरुसंगपनि उत्तिकै छलफल र तयारी गरेकाछौं । अन्तराष्ट्रिय मापदण्ड अनुसारको, पर्याप्त नहोला त्यसमा हाम्रो देशको सन्दर्भमा बुझनु पर्छ तर अलिकति मेहनत गर्नुको सट्टा सडक अनुशासनलाई नै वेवास्ता गरि अराजक तरिकाले सडक प्रयोग गर्ने अधिकार कसैलाई हुदैन लामाले भने ।
यतापनि ध्यान जाओस 
महानगरिय ट्राफिक प्रहरी महाशाखाले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १३६ र १३७ लाई छैठौं पटक ऐन संशोधन भएपछि कार्यान्वयन गर्दैछ । यो खुशीको कुरा हो साथसाथै ऐनको दफा १३८ तर्फपनि ध्यान जान जरुरी छ । जहां पाल्तु पशुपन्छी छाड्न नहुने ः भन्ने व्यवस्था छ ऐनको दफाले भन्छ सवारी चलाउन वा मानिस हिड्नलाई बाधा पर्ने गरी कुनैपनि घर पालुवा पशुपन्छी सार्वजनिक स्थानमा छाड्न हुदैन भनेको छ । तर अरु स्थानको त कुरा छाडौं राजधानीकै व्यस्त चोकहरुमा खुलेआम चौपायाहरु छाडाछाडिएका छन् सडक पशुपन्छीको खर्क झै हुंदा पनि त्यसका धनिलाई कारवाही हुने गरेको छैन ।
  
अन्त्यमा ः 
यस अघि सडक दुर्घटना हुंदा पैदल यात्रुको वा अरु सडक प्रयोगकर्ताको जतिसुकै दोष हुनेगरेको भएपनि यातायात मजदुरहरुलाई दोष लगाउने र अरुले उन्मुक्ति पाउने गलत परम्परा थियो यो अभियानले यसलाई अन्त्य गर्नेछ । सडक दुर्घटना सडकप्रयोग गर्नेहरु दुई वा दुईभन्दा बढी पक्षहरुको कमजोरी अथवा नियम उलंघनका कारणबाट हुने घटना हो । यसबाट कोहीपनि उम्कन पाउदैन के मात्रै फरक हो भने दोषको मात्रा कसको कती भन्ने मात्रै हो । यो अभियान सडक सभ्यता निर्माण गर्ने, सुन्दर समाज निर्माण गर्ने र दुर्घटनाबाट अकालमा ज्यान जाने अवस्थाको अन्त्य गर्दै सबैलाई सचेत र जिम्मेवार नागरिक बनाउने विषयसंग जोडिएको छ सबैको साथ जरुरी छ । सबैले हातेमालो गरेर लाग्यौं भने गर्न नसकिने केही छैन ।
भीमज्वाला राई