नाम्जेका पर्यटकिय स्थलहरुलाई प्रवर्धन शुरु गरिएको छ यो प्रयास सकारात्मक छ । भेडेटारेसगै रहेको नाम्जेलाई पर्यटकीय हिसावले नौवटा प्वाईन्ट निर्धारण गरिएको छ जस अन्तरगत आत्मा वस्ने घर, होम स्टे, मगर संस्कृती तथा मगर संग्रालय,बौद्ध विहार , टावरै टावरको डाडा, सेरा खोलाको हात्तिसुडे ,नमुना खानेपानी योजना होचो भागबाट पंम्पबाट तानेर संचालन गरिएको, पर्म सस्कृतिमा आधारित अर्गानिक कृषि केन्द्र , लोप्पे डाडा, डाडाबाट सूर्यदय र सूर्यास्तको दृष्य अवलोकन र नमुना ग्रामिण जनता उच्च माविको अवोलकन स्थल रहेको छ ।
त्यति मात्र होईन भेडेटार आसपासको प्राकृतिक सुन्दरतायुक्त स्थलहरु, ध्वजे डांडा, पाथीभरा मन्दिर, नमस्ते झरना, राजारानी ताल लगायत थुप्रै सुन्दर स्थलहरुलाई पर्यटकीय भित्राउने माध्यमकोरुपमा उपयोग गर्न सकिन्छ । सम्भावित स्थलहरुको खोजी गर्ने हो भने थुप्रै स्थलहरु अझै प्रसस्त भेटिन्छ तर पर्यटकीय क्षेत्रहरुको खोजी होईन भएका पर्यटकीय स्थलहरुलाई हामीले उपयोग गर्न सकिरहेका छैनौं । त्यसको प्रचारप्रसारमा ध्यान दिन सकिरहेका छैनौं । साच्चै भन्ने हो भने पर्यटकहरुलाई आकर्षित गर्ने योजना र हाम्रा व्यवहार र प्रवृतिहरुलाई सुधार गर्न सकिरहेका छैनौं ।
भेडेटारल नाम्जे, डाडा बजार तथा राजारानी आसपासका क्षेत्रहरुलाई पर्यटकीय क्षेत्र भन्ने गरेका छौं तर त्यस क्षेत्रमा घर निर्माण गर्दा तथा भौतिक संरचनाहरुको व्यवस्थापन गर्दा निश्चित मापदण्डहरु नबनेकाले पर्यटीय स्थल भनिएपनि त्यस्ता स्थलहरुको स्वरुपनै विग्रनेगरी भौतिक पुर्वाधारहरु बन्ने गरेका छन् जुन संरचना सहरी क्षेत्रहरुमै हुने भएकाले पर्यटकहरुले फरक स्वाद पाउन सकीरहेका छैनन जुन कुरा आजभन्दा केही वर्ष अघिसम्म ती स्थलहरुमा जादां पर्यटकहरुले आनन्द लिन सक्थे त्यस विषयमा ध्यान जान जरुरी छ ।
नाम्जे क्षेत्रमा होम स्टे सञ्चालन भईरहेका छन् त्यसले फरक पहिचान बनाएको छ तर संचालहरु होम स्टे सञ्चालकहरुको पाहुनाहरुप्रति गर्नु पर्ने बोली व्यवहार कस्तो हुनु पर्दछ जसका कारण पाहुनाहरु पुन होम स्टेमा आउन सकुन भन्ने विषयमा प्रशिक्षित हुनु जरुरी छ । सो क्षेत्रमा टाल्भस एजेन्सी, कोसेली घर र सूचना केन्द्र स्थापना जरुरी हुन्छ त्यसको विषयमा विचार पुर्याउन जरुरी छ । त्यस्तै सहज यातायात, पैदल यात्रा तथा सवारी यात्राकालागी सुचना बोर्ड, पर्चा लगायतका बाहिरबाट आएका पाहुनाहरुलाई सहयोग पुग्ने सामग्री तथा उनीहरुको सुरक्षाका विषयमा समेत विचार पुर्याउन जरुरी छ ।
औजार दैकिमा मंगलबार प्रकाशित सम्पादकीय
भीमज्वाला राई
0 comments:
Post a Comment