साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

मजदुरलाई सहयोग

क्षयरोग पीडित यातायात मजदुर कुमार जोगीलाई उपचार सहयोग स्वरुप २० हजार ९५ रुपैया सहयोग प्रदान गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव भीमज्वाला राई ।

आकासबाट देखिएको विराटनगरको दृष्य

पछिल्लो समय बिराटनगर विकासको तिव्र गतीतर्फ अग्रसर बन्दै गईरहेको छ

सुन्दर भेडेटार

धनकुटा र सुनसरीको संगमस्थल पर्यटकीयस्थल भेडेटारको दृष्य

विद्यार्थीलाई सम्मान

प्रवेशिका पक्षिामा सर्वोकृष्ट अंक ल्याउने यातायात मजदुरका छोराछोरीहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान ईकाईले सम्मान गर्दै

Pages

थिचोमिचोको एउटा उदाहरण ी

पूर्वी नाका काकडभीट्टास्थित नेपाली भूभागमा भारतीय शहर सिक्कीम, ग्यान्टोक, दार्जिलिङ लगायतका स्थान जान यात्रुको प्रतिक्षामा रहेका लामबद्ध सवारी साधनहरु तस्विर ः कल्पना तुम्रोक

ईतिहास

बिक्रम सम्बत १९७३ मा पहिलो पटक मान्छेमाथी चढेर नेपाल भित्रीएको सवारी, राणा शासकहरुले बेलायतबाट भारत हुदै नेपाल ल्याएको यो सवारी भीमफेदीको बाटो हुदैं काठमाण्डौ भित्र्याएको थियो ।

बाल श्रम उन्मुलन नारा मात्रै

धरान १३ स्थित सर्दु खोला नजिकको सुकुम्बासी वस्तीका एक बालक अभिभावकलाई गिट्टी कुट्न सघाउदै फोटो ः सोहन श्रेष्ठ

सुन्पारी पुग्ने विकल्प ।

भोजपुर र धनकुटाको सिमाना लेगुवा स्थित अरुण नदीमा फेरीको माध्यमबाट सवारी तथा यात्रुहरु आरपार गर्दै, अरुण नदीमा पुल नबन्दा वर्षौदेखि दुर्गम पहाडबासी यसरी नै दुखका साथ नदी तर्दै आउने गरेका छन्

माझी दाई पोखरा फेवा तालको #2380;

पोखरास्थित फेवा तालमा माछा मार्न जाल मिलाउदै डुंगामा एक माझी तस्बिर .ज्वाला

Showing posts with label कुराकानी. Show all posts
Showing posts with label कुराकानी. Show all posts

मलेशियामा नेपाली श्रा्मिकका सहयोगी


 मलेशियामा काम गर्ने नेपाली प्रवासी मजदुरहरुको पक्षमा काम गर्ने अभियन्ताको कथा
भीमज्वाला राई
Bed Khatiwada
मलेशियन कम्पनी, नेपाली दुतावास, नेपालका मेनपावर कम्पनीहरुका लागि बेदकुमार खतिवडा आंखाको तारो हुन् । 
खतिवडाले प्रवासी श्रमिकमाथीको शोषणको विरोध गर्छन न्यायका लागि श्रमिकलाई सचेत गराउछन् र क्षतीपुर्तिलागि आन्दोलन गर्छन, कम्पनीमै पुगेर श्रमिकलाई संगठीत गर्छन ।
 मलेसिया पुगेका नेपाली प्रवासी श्रमिकका लागि खतिवडा आंखाका नानी हुन् । 
करार अनुसारको काम र दाम नपाएका, फरक मम्पनीमा काम गर्नु परेका, मालिकको कुटपिटमा परेका, दुर्घटनामा परि मृत्यू भएका अंगभंग भई क्षतिपुर्ति नपाएका नेपाली श्रमिकहरुका लागि खतिवडा न्यायदाता हुन् । 
   ९ वर्षदेखि मलेशियन कम्पनी, प्रहरीहरु, नेपाली मेनपावर कम्पनी तथा नेपाली दुतावासका शोषण विरुद्ध लडिरहेका छन् खतिवडा । उनले हालसम्म करिव १० हजार नेपाली श्रमिकहरुलाई स्वदेश फर्काई सकेका छन् भने मलेसियाले ठगी गरेको मलेसियामै तथा नेपाली मेनपावर कम्पनीहरुले ठगी गरेको नेपालमै संघर्ष गरेर क्षतिपुर्ति दिलाई दिएका छन् ।
   यातना दिएको, तलव नपाएको, करार अनुसारको कम्पनी तथा काम नपाएको, हात काटीएको, खुट्टा काटिएको, मृत्यु भएको त्यस्ता मुद्धाहरु मिलाईएको लेखाजोखा छैन । सबै मुद्धाहरु मिलाईएको विवरण राख्न सम्भव नै नहुने खतिवडाले बताए । 
मलेशिया प्रवेस र संगठन निर्माणका कथा 
मोरंङ बिराटनगर उपमहानगरपालीका पोखरीयाका बेदकुमार खतिवडा परिवारलाई सुखमा राख्ने सपना बोकेर पैसा कमाउने उदेश्यले २०६२ जेठमा मलेसिया पुगेका थिए । उनले त्यंहा जापानीज कम्पनीमा रबर काट्ने काम गरे । काम ठिकै थियो मासिक १५ हजार जोगिन्थ्यो तर खतिवडा अरु श्रमिकले झै काम मात्र गरेर बस्न सकेनन् नेपाली श्रमिकहरु काम गर्दा गर्दै हात काटिएर, खुट्टा बिहिन भएर, मालिकको कुटाईबाट रगताम्मे भएको देखेपछि मलेसियामा काम गर्न थालेको दोस्रो महिना देखिनै संगठन बनाउन तिर लागे ।
  उनी नेपालमा छदैपनि काठमाण्डौंको गंगवु बस पार्क नजिकको हङकङ मार्केटमा रेडियो घडीको पसल गरेका थिए त्यही वेला नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आवद्ध नेपाल स्वरोजगार श्रमिकसंघको कमिटीमा रहेर काम गरिसकेका थिए त्यही अनुभवका आधारमा उनले मलेशियामा पनि जिफन्टको सहयोग समुह गठन गरेर संगठन बनाउन लागे ।
  मलेशियामा काम गर्ने नेपाली प्रवासी मजदुरहरुका लागि केही न केही गर्छू भन्ने मेरो दिमागमा लागेको थियो त्यसकालागि संगठन नवनाई हुदैन नेपाली मजदुरहरुलाई नसमेटी हुदैन भन्ने सोंचे  । केही साथीहरुको सहयोगमा नेपाली प्रवासी श्रमिक एशोसिएशन जिफन्ट सहयोग समुह मलेसिया निर्माण ग¥र्यौ एक महिनामै ३० बटा कमिटीहरु गठन गर्न सफल भईयो खतिवडाले भने ।
   हाल मलेशियाको १३ बटा राज्यहरु मध्ये ११ बटा राज्यमा जिफन्ट सहयोग समुह गठन भईसकेको छ २ हजार नेपाली प्रवासी श्रमिकहरु जिफन्टका सदस्य छन् भने जिफन्टलाई मायां गर्ने श्रमिकहरु मलेसियामा ५ लाख रहेको उनले बताए । अहिले उनी जिफन्ट सहयोग समुह मलेशियाको संयोजक समेत रहेका छन् । 
  क्वालालमपुरबाट करिव १ घण्टाको दुरीमा रहेको सेलेङगर राज्यको साहआलम जिल्लामा जिफन्ट सहयोग समुहको केन्द्रीय कार्यालय स्थापना गरेर मलेशियामा रहेका नेपाली प्रवासी मजदुरहरुको अधिकारका लागि काम गरिरहेका छन् ।


मलेशियाका चुनौतीहरु 
नेपाली प्रवासी श्रमिकहरुलाई संगठित गर्ने, संगठन निर्माण गर्ने र श्रमिकहरुको लागि वकालत गर्ने क्रममा खतिवडालाई मलेशियाका प्रहरीले तिन पटक पक्राउ गरिसकेको छ । उद्योगमा नेपाली मजदुरहरुलाई सहभागी गराएर भेला, प्रशिक्षण तथा पीडित साथीहरुको विवरण संकलन गर्ने क्रममा अवरोध गर्ने, हस्तक्षेप गर्ने तथा प्रहरी परिचालन गरि पक्राउ गरि झुठा आरोप लगाएर मुद्धा लगाउने सम्मका सास्ती खेप्नु परेको खतिवडाले बताए ।
   जोहरवारुको बास्को फर्निचर उद्योगमा काम गर्ने दुई जना मजदुरहरुको हात काटीएको क्षतीपुर्ति माग्दा र बुबाको मृत्युको खवर आएपछि नेपाल फर्किन विदा माग्दा कुटपीट गर्ने मालिकको विषयमा छलफल भईरहदा कम्पनी मालिकले चार गाडी प्रहरी बोलाएर जिफन्टको झण्डा, व्यानर तथा माईन्युट पुस्तिका समेत जफत गरेर कम्पनीमा आगो लगाउन खोजेको कम्पनी बन्द गराउन खोजेको आरोप लगाएर दश वर्ष जेल सजाय र फासींको माग गर्दै मुद्धा हालेको घटना आफुले कहिल्यै नभुल्ने खतिवडाले बताए । 
 त्यस्तै ईपोपेराग राज्यको ईम्पेरियल गार्मेन्ट कम्पनीका श्रमिकहरुलाई संगठीत गर्ने क्रममा, सेलेङगर राज्यको आईडियसडिएन विएच प्यांकिङ कम्पनीमा भएको भेलाबाटै मेनेजरले पक्राउ गरि कारवाहीका लागि प्रहरीलाई जिम्मा लगाएको उनले स्मरण गरे । मलेसियन भाषामा राम्रै दखल भएकाले तिनै पटकको प्रहरी गिरफ्तारीमा एक दिन भन्दा बढी प्रहरी हिरासतमा भने बस्नु नपरेको उनले बताए । 
आफ्नै पनि बैरि 
मलेशियन कम्पनी, प्रहरी त खतिवडाका प्रतिद्धन्द्धी भए नै नेपाली दुवासले समेत खतिवडाको विरुद्धमा लाग्दा आफुलाई दुख लागेको उनले बताए । नेपाली प्रवासी श्रमिकहरुको विवाद र समस्याका मुद्धालाई लिएर दुवासलाई दुख दियो, तालावन्दी ग¥यो भन्ने उल्लेख गरेर सन २०११ मा राजदुत डा. ऋषिराज अधिकारी भएका वेला सहायक राजदुत लेखनाथ भट्टराईले मलेशियाको परराष्ट्र मन्त्रालयलाई पत्र लेखि वेदकुमार खतिवडालाई पक्राउ गर्नु भन्ने आदेश दिएको उनले बताए । 
 त्यस्तै आफु तिन पटक पक्राउ पर्दा समेत नेपाली कामदारहरुले नै मलेशियन मालिकहरुलाई सुचना दिएकाले गोप्य स्थानमा भेला प्रशिक्षण स्थलबाटै आफुलाई पक्राउ गरेको उनले बताए । त्यस्तै मेनपावर कम्पनीहरुले समेत मलेशियामा काम गर्ने मजदुरहरुको वारेका आवाज उठाउदा धम्क्याउने, शक्ति प्रयोग गर्ने सम्मका कामहरु गर्ने गरेको उनले बताए ।
बदलिएको सपना
मलेशिया पुग्दासम्म खतिवडाको सपना परिवारको खुशी थियो तर जव उनले त्यहा नेपाली मजदुरहरुको कन्तविजोग देखे, पीडा देखे त्यस पछि उनको सपना मलेशियामा काम गर्ने नेपाली प्रवासरी मजदुरहरुको हितका लागि काम गर्नुमा रुपान्तरण भयो । उनले जापानीज कम्पनीमा काम त पाए तर चार वर्ष त्यो कम्पनीमा काम गर्दा जम्मा जम्मी उनले परिवारलाई १ लाख ८० हजार रुपैया मात्र पठाउन सके । उनी भन्छन् काम गर्न थालेको दोस्रो महिनापछि संगठन बनाउन मजदुरहरुलाई संगठित गर्न तिर लागें विभिन्न राज्यहरुमा घुम्नु पर्ने कम्पनीमा काम गर्ने मजदुरहरुलाई फोन गर्ने, संगठनको झण्डा व्यानर, माईन्युट पुस्तिका आउने जाने गाडी भाडा आदीमा कमाईको पैसा खर्च हुन्थ्यो कसरी पैसा बचाउनु र उनले भने ।
     घरमा श्रीमति सावित्रादेवी खतिवडा, छोराहरु निश्चल र निसान्त थिए जग्गा जमिन थिएन बाख्रा, कुखुरा र हास पालेर जसो तसो परिवार धानेको थियो घरको दुखपनि कमको थिएन तर मलेसियामा काम गर्ने साथीहरु हात विहिन देख्छु, खुट्टा विहिन देख्छु, काम गर्दागर्दै मृत्यु भएका साथीहरुको शव खर्च अभावमा अस्पतालले दिन नमान्दाको दुख देख्छु, नेपाली श्रमिकहरुको पीडा देखेर घरको दुख नै भुल्छु खतिवडाले भने । 
आफ्नो औंला आफैंले चिरें 
मलेशियाको दुई बटा राज्यमा बसबाट सहजै पुग्न नसकिने भएको र टाढा पनि भएकाले संगठन बनाउन सकिएन बांकी ११ बटै राज्यमा जिफन्ट सहयोग समुह बनाएकाछौं । संगठन धेरै स्थान र नेपाली प्रवासी मजदुरहरुको चाप पनि मलेशिया नै भएका नाताले काम गर्न निकै समस्या भयो मजदुरसाथीहरुको काम गर्न समय पुग्दैन थियो  कम्पनीले विदा दिदैनथ्यो विदाका लागि आफ्नो हातको औंला आफैले व्लेडले चिरेर क्लिनिक गएर विरामी विदा लिएर मजदुरहरुको काममा जान्थे संगठनको कामलाई व्यवस्थित गर्थे ।
मलेसियनको साथ 
मलेशियामा मजदुरहरुको समस्या यती धेरै चुलिएकी हाम्रो प्रयासले मात्र काम गर्न सम्भव नै थिएन । त्यस कारण मलेशियामा रहेको ट्रेड युनियनको बारेमा जानकारी लिन थाल्यौं । यही क्रममा मलेशियन ट्रेड युनियन कंग्रेसको कार्यालयमा गएर म जिफन्टको कार्यकर्ता मलेसियामा काम गर्ने नेपाली मजदुरहरुको समस्याका बारेमा काम गर्छु मलाई सहयोग गर्नु प¥यो भन्दा उनीहरु सवै हांसे । उनीहरुले जिफन्टलाई विस्वास नै गरेनन् तर अहिले उनीहरुले वास्तवमा जिफन्टको कामबाट प्रभावित भएका छन् सहकार्य गर्ने सहमति नै भईसकेको छ । 
 त्यस्तै मलेशियाकै तानगानिता नामको सामाजिक सस्थाले समेत जिफन्टको अभियानमा मलेसियामा साथ दिईरहेको छ ।  
समर्पित जिवन सादा जिवन
विदेशमा छु तर पैसा कमाउन होईन सेवा गर्न २०१० देखि पूर्णकालिनरुपमा संगठन र नेपाली मजदुरहरुको काममा समर्पित छन् खतिवडा । उनी हाल कुनै कम्पनीमा काम गर्दैनन् उनको काम नै नेपाली प्रवासी मजदुरहरुको सेवा हो उनी जिफन्ट सहयोग समुहको केन्द्रीय कार्यालयमै बस्छन् । उनको २४ घण्टा मुद्धा मामिलामै वित्छ जहां रात पर्छ त्यहीका प्रवासी श्रमिकको कोठामा बस्छन्, संगठनका साथीहरुसंगै मजदुरहरुको बस्तीमा रमाउछन् उनलाई मिठो मसिनो चाहिदैन जे पाक्छ त्यही खान्छन् । विहान हुनासाथ साथीहरु काममा जान्छन् उनी मजदुरहरुको मुद्धा लिएर प्रहरी कार्यालय, दुतावास, कम्पनीमा पुग्नु दिनचर्या सुरु हुन्छ उनको । 
   उनी भन्छन् अव मलेशिया मात्र होईन अन्य देशमा रहेका नेपाली प्रवासी मजदुरहरुलाई सहयोग गर्ने गरि प्रवासी श्रमिक एसएमएस हेल्प लाईन सुरु गरेका छौं श्रमिकहरुलाई समस्या उत्पन्न भए ०१२२२३४३५७ मा समस्या लेखेर एसएमएस गर्नु भयो भने जुनसुकै देशमा भएपनि सहयोगको आवश्यक प्रकृया थाल्छौं । 
 यदी मलेशियामै रहेका प्रवासी मजदुरहरुका लगि भने ०१४६४६७३१५ मा सम्पर्क गर्नु भयो भने वा सामाजिक सञ्जाल फेसबुकमा माईग्रेन्टआन्दोलनमा सम्पर्क गर्न सके जुनसुकै अवस्थामा सहयोगका लागि तयार रहेको खतिवडाले बताए । 
मलेशियामा के गरे के गर्न बांकी 
जिफन्टले आफ्नो अभियान नथाल्दासम्म मलेशियामा न्युनतम ज्याला सुरु भएको थिएन हामीले त्यो आवाज उठाउदा मान्छे हास्थे अरुको देसमा के गर्न सकिन्छ भन्थ्यो तर जिफन्टको निरन्तरको प्रयासले अहिले नेपाली मजदुरहरुलाई न्युनतम ज्याला प्राप्त भएको छ । श्रम स्विकृति तथा विमा नगरी नेपाली श्रमिकहरु प्रवास जान पाउदैनन् त्यो हाम्रो मेहनतको प्रतिफल हो उनले भने ।
 त्यस्तै ठेकेदार कम्पनीहरु मार्फत नभई सिधै कम्पनी मार्फ काम गराउनु पर्ने, प्रवासी श्रमिकहरुको जिवन विमा ५० हजार मलेशियन मुद्रा गर्नु पर्ने हाम्रो अभियान जारी छ तिनै कामहरुलाई निरन्तर अभियानका रुपमा मलेसियामा आन्दोलन गरिरहन्छौं । सम्भवतः म सन २०२० सम्म मलेशियामा रहन्छु  र त्यसपछि नेपालमा जिफन्टकै कुनै स्थानमा रहेर जिवनभरी मजदुरहरुको अधिकारका लागि समर्पित हुन्छु । 

नर्सहरु त मेरो पछि–पछि लागे


  
     नेपालका कम्युनिष्ट पार्टीहरुले अप्रील २२ तारिखका दिन स्थापना दिवस मनाउ“छन् । यसवर्Èको बैशाख ९ गते परेको स्थापना दिवसमा दिवंगत कर्माचार्यसंगको भेटवार्ता ।
नरबहादुर कर्माचार्य नेपाल कम्युनिष्ट पार्टीका संस्थापकमध्ये एक हुन् । उहा“को पनि २०७० साल साउन बुधवार बिहान निधन भएको छ । २००६ साल बैशाख १० गते पुष्पलाल श्रेष्ठको अगुवाईमा नरबहादुर कर्माचार्यल निरञ्जनगोविन्द बैद्य गायतले कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो ।
  •     कम्युनिष्ट पार्टीको स्थापना कसरी भयो ?

राण्ाँ शासन विरुद्य २००४ सालभन्दा अघिदेखि क्रान्ति ग¥यौं । राण्ाँशाही मुर्दाबाद भनेर नारा लगायौं । हामीलाई पक्राउ गरियो र ७ दिनपछि छोड्यो । हामीले भित्रभित्रै काम गर्न थालेका थियौं । त्यसपछि बनारसमा राष्ट्रिय का“ग्रेसको सम्मेलन भयो र डिल्लीरमण्ँ रेग्मी सभापति भए । विपी कोईराला, मनमोहन अधिकारीहरु जेलमा थिए । जेलबाट छुटेपछि डिल्लीरमण्ँस“ग उनीहरु झगडा गर्न लागे । पुष्पलाल पनि रेग्मीस“ग लागे । उनीहरुलाई मिलाउन धेरै कोशिस भयो तर मानेनन् । त्यसपछि हामीले पनि प्रजा पञ्चायत नामको संस्था खोल्यौं । यस्तै सुवणर््ँ शम्सेरले पनि डेमोक्रेटिक क“ग्रेस खोले । हामीले डेढ महिनासम्म आन्दोलन चलायौं । गण्ँेशमानले मलाई चिनेको थियो । धेरै कुरा गर्न खोज्दा पनि मिल्न सकेन । सुवणर््ँले हामीलाई उसको पार्टीमा मिलाउन खोज्यो ।
     मेरो र पुष्पलालको १९९८ सालदेखि नै चिनजान थियो । उनले कलकत्ता गएर सबैस“ग मिलेर कम्युनिष्ट पार्टी गठन गर्ने प्रस्ताब गरे । धेरै पटक कुरा गर्दा नमिलेपछि हामी त्यहा“बाट छुट्यौं । हामीले अयोध्या गएर रेग्मीलाई भेट्यौं । रेग्मीले हामीलाई नेवारले विगा¥यो भन्यो । खाना खायो र दिनभरी सुत्यो अनि दुई बजेपछि फेरि झगडा सुरु ग¥यो । रेग्मीलाई जुजुभाइले झण्डै कुटेको त्यतिबेला ।
    त्यतिबेला तेलांगानामा किसानहरुले हजारौं बिघा जमिन बाडि“सकेका थिए । चेकोस्लाभाकियामा पनि त्यस्तै थियो । चीनमा पनि माओले त्यस्तै गरिसकेका थिए । कलकत्तामा बंगालीहरु चीनको बाटो लिनुपर्छ भन्न थालिसकेका थिए । त्यहि मौकामा हामीले १९४९ अप्रिल २२ (नेपाली मिति २००६ साल वैशाख १० गते) लेनिन दिवसको दिनमा हामीले यो पार्टी गठन ग¥यौं । त्यतिबेला म २३ वर्Èको थिए“ ।
  • कम्युनिष्ट पार्टीको स्थापना दिवसमा तपाईंलाई कसरी सम्झिए ? 
साथीहरुले कसरी सम्झिए त्यो त म भन्न सक्दिन । तर कम्युनिष्ट पार्टीको स्थापना दिवस विशेÈ दिन हो । पोहोरसम्म मैले आफैंले वक्तव्य दिएको थिए“ । तर यो वर्È दिइन । छोडिदि“ए ।
  •     मोतीदेवी श्रेष्ठलाई संस्थापक मान्ने विÈयमा विवाद थियो रे नि ?
     दिदी सारै झगडालु थिइन् । त्यतिबेला हामीलाई नितेनले तिमीहरुले ५ जना बनाओ भनेको थियो । हामीले का“इलाबालाई पनि बोलाउन गयौं तर ऊ आएन । त्यसपछि डेढ महिनापछि मोतीदेवीलाई राखेको ।
  •     तपाईंको योजना कति पुरा भयो ?
हाम्रो योजना पुरा भएको छैन । त्यतिबेलाको योजना सशस्त्र संघर्Èद्वारा नया“ जनवादी क्रान्ति पुरा गरी समाजवादमा जाने भन्ने थियो ।
मेरो जमानामा राण्ाँ शासन ढल्यो, राजतन्त्र ढल्यो, गण्ँतन्त्र आयो, राजा पनि ढल्यो । तर सामन्तवादको अवशेÈ बा“की छ । नोकरशाही पु“जीपति र दलाल पु“जीपतिको बोलवाला भने चल्यो ।
     राष्ट्रिय पु“जीपति विस्तारै अघि बढ्दै आइरहेको छ । बलियो भएको छैन । वास्तवमा गएर माक्र्सबादमा आधारित द्धन्दात्मक भौतिकवादमा रही सर्वहारा वर्गको वर्गसंघर्Èलाई लिएर अगाडि बढ्ने मात्रै कम्युनिष्ट पार्टी हो । नाम मात्रको कम्युनिष्ट पार्टी भयो भने बिलाएर जान्छ । यहा“ सामन्तवाद अझै बा“की छ । त्यसलाई संघर्Èद्धारा नियन्त्रण्ँ गुर्नपर्छ र राष्ट्रियता सुदृढ गर्नुपर्छ । माक्सवाद विज्ञान हो । यो न चीनको जस्तो हुन्छ, न रुसको जस्तो हुन्छ । यो त देशको परिस्थिति अनुसार आङ्खनै हुन्छ नि । न यहा“ दीर्घकालीन जनयुद्ध हुन्छ अब । पु“जीवादी जनवादी क्रान्ति पुरा गरी समाजवादमा पुग्नुपर्छ ।
  • कम्युनिष्ट पार्टीहरु फुटेर लक्ष्य पुरा हुन्छ त ?

   त्यसका लागि जुट्नुपर्छ । तर सबैलाई जनाताले साथ दिएका छैनन् । जनताले साथ नदिइ कसरी कम्युनिष्ट पार्टी हुन्छ ?
  •     केही कम्युनिष्टहरु हतियार उठाउने कुरा गर्दैछन् नि ?
यो बकम्फुस्से कुरा हो । २०६२ र ०६३ मा राजास“ग लड्नु थियो । अब कोस“ग लड्ने ? नाममात्रको कम्युनिष्ट पार्टीलाई के कम्युनिष्ट पार्टी भन्ने ।
    मलाई विश्वास छ कम्युनिष्ट पार्टीको सरकार बन्छ । कम्युनिष्टको नेतृत्वमा तीनवटा सरकार बन्यो केही गल्ती भएकै हो । कटुवाल काण्डमा प्रचण्डले गल्ती गरेकै हो । त्यसरी प्रधानमन्त्री छोड्नुहु“दैन थियो ।
  •     चुनाव हुन्छ जस्तो लाग्छ ?
यो कर्मचारीको सरकार भनुन् वा जे सुकै भनुन् , यसले चुनाव गर्नुपर्छ र चुनाव हुन्छ पनि ।
  •     विवाह किन नगर्नुभएको ?

   कहिले जेल पर्छ, कहिले के हुन्छ, त्यै भएर नगरेको । एकपटक कुरा पनि भएको थियो मेरो ठुलो बुबा बितेको भएर टरेको हो । त्यतिबेला मेरो पछि पछि धेरै केटी लाग्थे । २०१६ सालमा म मेयर हु“दा नर्सहरु त मेरो पछि–पछि लागे । मैले पनि आत्मैदेखि धेरैलाई मन पराए“ तर विवाह भने गर्न सकिएन । 

खलासीदेखि सांसदसम्म

  • भीमज्वाला राई
चुडामणी जंगली
 चुडामणी जंगली बिश्वकर्मा जसको विश्वविद्यालय सडकमा गुड्ने गाडी थियो, निरन्तर आन्दोलन र माक्र्सवादी पुस्तकहरुको अध्ययन उनको प्रमाण थियो त्यही अनुभव र निरन्तरताले  उनलाई खलासीवाट सांसदसम्म बनायो . 
मेरो जन्म स्याङजाको गणेशपुर गाविसमा २०१४ साल पुस १४ गते भएको हो । म गरिव किसान परिवारमा जन्मिएको हुं मेरो वाल्यअवस्था निक्कै दुःख कष्टले वित्यो । उत्पिडित विश्वकर्मा जातीको भएकोले त्यो वेलाको समाजमा मेरो बाल्यकाल दुखदायी वित्यो । करिव १ घण्टा टाढा रहेको रामकोष प्राइमरी स्कुलमा ५ कक्षासम्म पढें त्यसपछि स्याङजा हाइस्कुलमा पढे । ९ कक्षामा पढ्दै गर्दा २०३२ सालमा हाम्रो घरमा आगलागी भयो । आगलागीमा हाम्रो केही बचेन हामीसंग अरु घर बनाउने श्रोत थिएन् । थोरै भएको खेत बेचेर टीनले छाएको घर बनायौं । त्यतिखेर गाउमा टिनले छाएको घर थीएन ।
 ९ कक्षा पढ्दा पद्दै स्कुल छोड्नु पर्ने अवस्था आयो परिवारको दायित्व पनि पुरा गर्नु पर्ने भयो हाम्रो परिवार ठूलो थियो । दुइ दिदी, दुइ वहिनी दुइर्, भाइ  र आमाबुबा गरी जम्मा ८ जनाको परिवार थियो । हामी कसैलेपनि अध्ययन अघि बढाउन पाएनौ । हाम्रो परिवारले वर्षको ३ महिना चाही ज्याला मजदुरी गरेर गुजारा चलाउनु पथ्र्यो  । बाटो खन्ने , ज्याला मजदुरी गर्ने काम पनि गरें ।
।।।।।।।।