साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

मजदुरलाई सहयोग

क्षयरोग पीडित यातायात मजदुर कुमार जोगीलाई उपचार सहयोग स्वरुप २० हजार ९५ रुपैया सहयोग प्रदान गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव भीमज्वाला राई ।

आकासबाट देखिएको विराटनगरको दृष्य

पछिल्लो समय बिराटनगर विकासको तिव्र गतीतर्फ अग्रसर बन्दै गईरहेको छ

सुन्दर भेडेटार

धनकुटा र सुनसरीको संगमस्थल पर्यटकीयस्थल भेडेटारको दृष्य

विद्यार्थीलाई सम्मान

प्रवेशिका पक्षिामा सर्वोकृष्ट अंक ल्याउने यातायात मजदुरका छोराछोरीहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान ईकाईले सम्मान गर्दै

Pages

थिचोमिचोको एउटा उदाहरण ी

पूर्वी नाका काकडभीट्टास्थित नेपाली भूभागमा भारतीय शहर सिक्कीम, ग्यान्टोक, दार्जिलिङ लगायतका स्थान जान यात्रुको प्रतिक्षामा रहेका लामबद्ध सवारी साधनहरु तस्विर ः कल्पना तुम्रोक

ईतिहास

बिक्रम सम्बत १९७३ मा पहिलो पटक मान्छेमाथी चढेर नेपाल भित्रीएको सवारी, राणा शासकहरुले बेलायतबाट भारत हुदै नेपाल ल्याएको यो सवारी भीमफेदीको बाटो हुदैं काठमाण्डौ भित्र्याएको थियो ।

बाल श्रम उन्मुलन नारा मात्रै

धरान १३ स्थित सर्दु खोला नजिकको सुकुम्बासी वस्तीका एक बालक अभिभावकलाई गिट्टी कुट्न सघाउदै फोटो ः सोहन श्रेष्ठ

सुन्पारी पुग्ने विकल्प ।

भोजपुर र धनकुटाको सिमाना लेगुवा स्थित अरुण नदीमा फेरीको माध्यमबाट सवारी तथा यात्रुहरु आरपार गर्दै, अरुण नदीमा पुल नबन्दा वर्षौदेखि दुर्गम पहाडबासी यसरी नै दुखका साथ नदी तर्दै आउने गरेका छन्

माझी दाई पोखरा फेवा तालको #2380;

पोखरास्थित फेवा तालमा माछा मार्न जाल मिलाउदै डुंगामा एक माझी तस्बिर .ज्वाला

Showing posts with label समसामयीक. Show all posts
Showing posts with label समसामयीक. Show all posts

भ्रमण चर्चा


भीमज्वाला राई
साताव्यापी लामो चिन भ्रमणबाट प्रधानमन्त्री केपी शर्मा ओली आईतबार अपरान्ह नेपाल फर्किएका छन् । जम्बो टोली लिएर चैत्र ७ गते चिन उडेका ओलीले चिनमा पारवहन सम्झौता लगायत  १० वटा सम्झौताहरु गरेका छन् भ्रमणकै क्रममा चीन र नेपालबीच १५ बुंदे सयुक्त विज्ञप्ती जारी गरेको छ । भ्रमण र भ्रमणका क्रममा भएका सम्झौतालाई लिएर सकारात्मक तथा नकारात्मक दुबै चर्चा राजनीतिक बजारमा चलेको छ । 

  भ्रमणका विषयमा सरकार तथा सरकारपक्षिय नेताहरुले ओलीको भ्रमण ऐतिहासिक र अभूतपूर्व भनेर चर्चा परिचर्चा गरिएको छ भने प्रतिपक्षि दल तथा नेताहरुले यो भ्रमणलाई खासै उपलव्धि छैन भनेको छ । के कारणले यो भ्रमण ऐतिहासिक रह्यो या अभुतपूर्व रह्यो यसलाई सरकार पक्षिय र प्रतिपक्षिय हिसावले भन्नु भन्दा पनि यसको परिणामलाई आधार बनाएर विश्लेषण गर्नु जरुरी छ । 
 भ्रमण आखिर भ्रमण नै हो हरेक भ्रमणलाई फाईदासंग जोडेर हेर्ने परिपाटी नेपालको पुरानै सस्कृति हो । पुरानो परम्परा भन्दा यो भ्रमण पनि फरक रहने कुरै भएन तर अरु वेला र अरु प्रधानमन्त्रीको भ्रमण भन्दा चीन भ्रमण र ओलीको भ्रमण विल्कुलै पृथक रहेको छ । नाकाबन्दीका कारण भारतसंगको सम्बन्ध अमिलो भईरहेको अवस्थामा चीन भ्रमणलाई नेपाली जनता भन्दा भारतले बढी चासोका साथ हेरीरहेकोछ । 
भ्रमणको तत्कालिक उपलव्धि पराजित भारत मनोविज्ञान नै हो दक्षिण एशियामा आफ्नो प्रभाव बढाईरहेको भारत पछिल्लो समय नेपालसंगको सम्बन्धका कारण थप दवावमा रहेकाले नेपाल चीन सम्बन्ध र सम्झौताले नेपालमा भारतिय एकाधिकार कमजोर बन्ने त्रासमा रहेको देखिएको छ । भ्रमणका क्रममा भएका दश वटा सम्झौंताहरु र पारवहन सम्झौताले भारतको त्यो एकाधिकारलाई अन्त्य गर्नेछ र भ्रमणको उपलव्धि त्यसैलाई मान्न सकिन्छ ।

चीन नेपालबीचको सम्झौतालाई लिएर उधुमै भईहाल्यो भनेर अनर्गल प्रचार गर्नु र केही भएको छैन भनेर प्रतिपक्षिको भूमिका मात्रै निर्वाह गर्नु भन्दा पनि यस अघिपनि चीनसंग यस्ता सम्झौताहरु भईसकेकाले सहमतिलाई कार्यान्वयनका आधारहरुका बारेमा चर्चा गर्नु सान्दर्भिक देखिन्छ । पारवहन सम्झौताले दुईदेशबीचको व्यापार साझेदारीले आर्थिक बिकासका लागि नेपालका लागि ढोका खुलेकोछ तर सम्झौता कार्यान्वयन कहिलेबाट हुने त्यसको ठोस आधार नेपाली जनतालो खोजीरहेकोछ । 
 नजिकका छिमेकी भारतले नोपाललाई नाकाबन्दी गर्दा चीनले दिएको पेटङोलियम पदार्थ ल्याउने बाटो नभएर ल्याउन नसकिएको तितो अनुभव हामीसंग रहेको अवस्थामा चीनसंगको पारवहन सम्झौताले तत्काल त्यसको कार्यान्वयन हुनेकुरामा संकट देखिन्छ तर एक मात्र देशसंग निर्भर नेपालको पारवहन सम्बन्धमा चीनसंगको सम्झौताले दिर्घकालिनरुपमा नेपालीको भविष्यलाई सुन्दर बनाईदिएकोछ यस अर्थमा ओलीको चीन भ्रमण सकारात्मक छ ।  

मधेशको हात पहाडलाई साथ

भीमज्वाला राई
विनोद भन्छन् ″पहाडलाई नजिकबाट बुझ्ने अबसर मेरा लागि जिफन्टले जुराई दियो”  


काठमाण्डौं । विरगञ्ज पर्साका विनोद महतो र पर्सा श्रीपुरका रामप्रकास थारु काभ्रेपलान्चोक जिल्लाको गैरीबिसौना ६ स्थित देउपुरको ब्रह्मायणी माविको भत्कीएको भवन सफाई गर्दैगर्दा भेटिए । 
 दुवैजना एकै स्थान र एउटै काममा दत्तचित्त भएर भग्नावशेष पन्छाईरहेका थिए तर फरक फरक जिम्मेवारी र फरक भूमिकामा ।
नेकपा एमालेले सञ्चालन गरेको पुन निर्माणको एक महिने अभियान अन्तरगत नेपाल टङेड युनियन महासंघ जिफन्ट आवद्ध समग्र उद्योग टङेड युनियनको केन्द्रीय सदस्यका रुपमा विनोद महतो अभियानमा थिए भने नेपाली सेनाका जवानका रुपमा रामप्रकास थारु सहभागी थिए । 
 विद्यालयको ३ वटा भवनहरु भुकम्पका कारण भत्कीएर विद्यालय सञ्चालनमा समस्या भएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोलप्रसाद दुलालको अनुरोधमा जिफन्टको स्वयमसेवक समुह र नेपाली सेनाका जवानहरुले सयुक्त रुपमा भग्नावशेष हटाउन जुटेका थिए । 
 उनीहरु दुवैको उदेश्य पहाडी जिल्लाहरुमा भुकम्पले निम्त्याएको संकटमा  जनताको पीडामा मलहमपट्टी गर्नु तर दुवैका लागि यो काम सहज थिएन । उनीहरु दुवै पहाड नचढेका, पहाडको हावा पानी, दुख र संस्कृति बारे अनभिज्ञ दिए ।

  दुवैजनाका लागि पहाडको अवस्था बुझ्ने महत्वपूर्ण अवसर बनेको थियो यो संकटको घडी । बेल्चा हान्दै गरेका विनोदले टक्क रोकिएर निधारको पसिना पुछ्दै भने यस्तो दुर्गम पहाड कहिल्यै चढेको थिईन जिफन्टको कार्यकर्ताको नाताले जिफन्टले सञ्चालन गरेको अभियानका कारण सेवा गर्न आउने अवसर पांंए यो मेरो लागि अहोभाग्य हो ।
 सडक, विजुली, पानी, स्वास्थ्य, खाद्यान्न तथा लत्ता कपडा सबै मधेशमा पहाड भन्दा सहज छ मधेशका जनता सुखी छन् । त्यही मधेशमा जन्मीएको म जस्तै धेरै मधेशीहरुले पहाडलाई बुझ्नु पर्ने आवश्यक देख्छु । पहाडलाई नजिकबाट बुझ्ने अबसर मेरा लागि जिफन्टले जुराई दियो विनोदले भने । 
 पार्टीले सञ्चालन गरेको पुन निर्माण अभियानमा विनोदलाई जिफन्टले जेठ १५ गतेदेखि २६ गतेसम्म काभ्रेको गैरिबिसौना देउपुर खटाएको छ । उनी भन्छन् मलाई पहाडमा पठायो सानो अंशमै भएपनि मधेशको हात पहाडलाई साथ बनाउन पांए धेरै खुशी छु । 
  त्यस्तै नेपाली सेनामा ८ वर्षे सेवा अवधिमा सुगम पहाडहरु पुगेको भएपनि दुर्गम र प्राकृतिक विपदले ध्वंश भएको स्थानमा पुन निर्माणका लागि भने आफुलाई समर्पित गर्न सकेको थिईन यो सहयोग र सेवा मेरालागि अविस्मरणिय भएको सेनाका जवान रामप्रकास थारुले बताए । 
  गैरिबिसौना अस्थाई क्याम्पमा थारु बस्दै आईरहेको छ क्याम्पले गाउंमा जनतालाई सहयोग गर्दै आईरहेको छ भने जिफन्टले सो गाविसमा आफ्ना ५० जना नेता कार्यकर्ताहरुलाई विपदमा परेका जनताका घर टहरा, विद्यालय निर्माण तथा जोखिमपूर्ण घरहरु भत्काउनका लागि दशदिन परिचालन गरिरहेको थियो । 
  विनोदसंगै थिए विरगञ्जस्थित नेपाल फर्मास्युटिकल्स प्रालिमा काम गर्ने भूपेन्द्र चौधरी र सुबोध चौधरी । उनीहरुले एक स्वरमा भने पहाडमा दुखपर्दा थोरै दिन भएपनि सहयोगी बन्ने अवसर पायौं । 
 मधेशका हामीलाई यंहां काम गर्न असहज हुनु स्वभाविक हो तर नेपाल तराई मात्रै होईन भन्ने बुझ्न र बुझाउन हामीलाई मद्दत पुगेको उनीहरुले बताए । 

साथीहरु खोज्दै जांदा


भीमज्वाला राई
भुकम्पको एघारौं दिन (बैशाख २२ गते) लाग्दै गर्दा साथीहरुको खोजीमा तातोपानीका लागि काठमाण्डौं छाड्दै थियौं । मसंग नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका बागमती अध्यक्ष नवराज घिमिरे र संगठन अरनिको रुट टङक ईकाई अध्यक्ष दुर्गावहादुर श्रेष्ठ थिए । सिन्धुपाल्चोकको चाकुबाट उता कुनैपनि सवारी साधन जांदैन त्यहाबाट करिव ९ किलोमिटर तातोपानीसम्म हिड्नु पर्छ तर बाटो असहज छ पहिरोले बाटो पुरिएको छ । पहिरो झरिरहेकै छ यात्रा जोखिमपुर्ण छ नजानुस यस्तै सुझाव थियो हिड्नु अघि हामीलाई । तर हामी रोकिएनौं ।
भुकम्पको बढी क्षती सिन्धुपाल्चोक थियो तर तातोपानी क्षेत्र यस्तरी प्रभावित होला भन्ने ठानेका थिएनौं । सञ्चारमाध्यमहरुमा तातोपानी ध्वस्त भएको र सयौं टङक कन्टेनरहरु क्षत विक्षत भएको खवरहरु आएपछि हामी संसकित भएका थियौं । करिव १५ सय कन्टेनरमा करिव ३ हजार चालक परिचालकहरु त्यस रुटमा काम गर्दछन् ति मजदुर साथीहरुको अवस्था के भयोहोला भन्ने चिन्ताले सतायो । 
 भुकम्प र पहिरोपछि तातोपानी विद्युत र सञ्चारबाट विछेद भएको र जानसक्ने अवस्था नरहेकाले मजदुरहरुको अवस्था अज्ञात थियो । यस्तो अवस्थामा संगठनको कार्यकर्ताको नाताले मैले नवराज जि, दुर्गा जि र जिवन जिलाई संगठनका तर्फबाट साथीहरुको अवस्था बुझ्न तत्काल जानु पर्ने आग्रह गरें । 
 संकटग्रस्त काठमाण्डौंको यातायात व्यवस्थापन, मे दिवस, सिन्धुपाल्चोकको सांगाचोकको सिपाजी र खत्रीथोकमा रहनु भएका संगठनका नेता कार्यकर्ताहरुलाई सहयोग हस्तान्तरण लगायतका कामले २१ गतेसम्म हामी अलमलियौं र २२ गते विहान हामी तिनजना तातोपानी हिडेंका थियौं ।
खण्डहर यात्रा
सडक आसपास खण्डहर भग्नावशेष, त्रिपालमय खाली ठाउं, सडक पेटीमा राहतका लागि सहयोगी हातहरुको प्रतिक्षारत मानिसका हुलहरु र भग्नावशेषबाट आउने सिनोको दुर्गन्ध छिचोल्दै सुकोशी किनारै किनार बाह्रबिसे पुग्यौं । बाह्रबिसेको अस्तित्व संकटमा थियो अधिकांश घरहरु क्षतिग्रस्त थियो । बजार कोलाहलमय थियो । राहतका लागि मानिसका झुण्डहरु हारालुछ गरिरहेका देखिन्थे । राहत बापत बोरा, झोला बोक्नेहरु गईरहेका थिए कोही आईरहेका थिए हेर्दा त्यंहा धनि र गरिवविचको वर्गीय खाडल देखिदैनथ्यो । 
बाह्रबिसेबाट अघिको यात्रा थप त्रसित थियो सडक चिरिएर धजाधजा परेका थिए घरहरुको दशा उस्तै थियो । आउने जाने कुनै सवारी साधनहरु थिएनन् एका दुई मोटरसाई बाहेक हाम्रो दुईबटा मोटरसाईकल मात्र थियौं । ठांउ ठांउमा राहत पर्खिएर बसेका सर्वसाधारण बाहेक सडक खुल्ला थियो । 
रिसाएको मताहा हात्तीले बेस्कन बुर्कुसी मारेको कुनै बगैंचाका फल, फूल तथा अनाज झै घरहरु सोतर थिए, पहाड पुरै धुलाम्मे थियो, माटो, ढुङ्गा झरिरहेको थियो । 
चाकु भन्ने ठांउ पार गरेपछि आश र त्रास दुईटै मिश्रित भएर आयो । आश यस मानेमा भयो हामीले चाकुबाट तातोपानीसम्म हिड्नु पर्ने थियो तर हामीले हिड्नु परेन किन भने चाईनिज सेनाका जवानहरुले एस्काभेटरले पहिरोले पुरिएका बाटो पन्छाउदै थिए उनीहरुले हामीलाई जानुस भने ।
त्रास यस मानेमा थियो कि झ्याले भीर सफा गर्ने र पहिरो झर्ने कामपनि संगसंगै भईरहेको थियो । यसविचमा नवराज जि माथी पहिरो हेर्ने म मोटरसाईकल दौडाउने गर्दै अघि बढ्यौं । यसैविचमा फोटोहरु पनि खिच्नु पर्ने थियो । फोटोका लागि मोटरसाईकल रोक्ने र नरोक्ने विषयमा वेलावेला मेरो र नवराज जिको मत बाझ्थ्यो ।
हर्ष पनि विष्मात पनि  
डाकला³ स्थित सुमन नेवारको घरमा पुगेपछि हामी त्यहाको खवरले हर्षित भयौं । सुमन संगठन अरनिको रुट टङक ईकाईका कोषाध्यक्ष हुन् । उनी हाम्रा आशलाग्दा नेता हुन् उनी जिवित छन् भन्ने खबर पायौं त्यस कारण हामी हर्षित भयौं तर पंतलीको पुख्र्यौली घरमा उनकी आमा भुकम्पमा परेर वित्नु भयो भन्दा हामीलाई विष्मात लाग्यो । वहां पंतलीमै किरियापुत्री रहनु भएकाले भेट भने हुनसकेन । साथीहरुको भनाईका आधारमा १२ गतेको भुकम्पको समय र सुमन खासाबाट तातोपानी हुदै घर हिडेको समय मिलेकाले धेरैको अनुमान सुमन जिवित छैनन् भन्ने थियो । हामी त्यही भनाईका आधारमा मनलाई चिसो बनाउदै तातोपानी हिडेंका थियौं । तर डाकला³को सन्देशले हामी ढुक्क थियौं । त्यहा केही अन्य यातायात मजदुर साथीहरु भेटिनु भयो वहांहरुलाई पानीका किटानुहरु मार्ने केही औषधीहरु दियौं ।
 अर्को बज्रपात
कमिटीका सल्लाहकार नोर्वु गेल्जेन शेर्पाले अर्को दुखद समाचार सुनाउनु भयो भुकम्पमा ना ३ ख ५१४७ नम्बरका कन्टेनरका चालक टेकवहादुर पुन, ना ३ ख ७३२० का परिचालक जोन राना मगर, चालक गोविन्द श्रेष्ठ र चालक साईला तामा³ र उनकी छोरीको मृत्यु भएको र बा १ ख ८१३८ का चालक ग्यालटसी तामा³को शव अझै तातोपानी लिपि³मा पहिरो भित्रै रहेको जानकारी गराउनु भयो ।
 ग्यालटसीको शवको उद्धारका लागि लिपि³ तर्फ हान्नियौं पुग्दा ईकाईका पुर्व अध्यक्ष दुर्गाराम श्रेष्ठ लगायतका साथीहरुले शव झिकेर घाट पु¥याई सक्नु भएको रहेछ । आफै घाईते दुर्गाराम जि र ग्यालटसीको भेनाजु सहित तिन जनाले उनको शव दाहसंस्कार गर्नु भएछ । 
सांझ परिसकेको थियो तातोपानी, लिपि³मा बस्ने अवस्था थिएन स्थानिय आफै सुरक्षित स्थान चौकी डांडा तिर लर्को लागेर जांदै थिए । होटलहरु थिएनन्, भएका होटलहरु चर्किएका थिए, सद्धे घरका मान्छेहरु समेत भुकम्प र पहिरोको डरले ओछ्याउने, ओड्ने कपडाहरु बोकेर डांडा तिरै चढीरहेका थिए । 
 दुर्गाराम जिहरुको बसराई दशकिलो आसपासका खुल्ला ठांउमा रहेछ वहांहरुले त्यतै जांउ भन्नु भयो । बस्ने ठांउ कतै भेटिएन भने हामी आउंछौं भन्यौं । लिपि³ बजारमा करिव २० फिट जती अग्लो पहिरोले ल्याएको ढुंङ्गा र माटोको डंगुर थियो पारी जाने अवस्था थिएन । तर हामी भने चिनको सिमा मितेरी पुलसम्मै जान खोजिरहेका थियौं पुलदेखि लिपि³ बजार तथा भन्सार कार्यालय आसपास टङक कन्टेनरहरु लाईनमा थियो त्यही समय भुकम्प र पहिरो आएकाले त्यस आसपास धेरै यातायात मजदुरहरु हताहत भएको हामीले आशंका गरेका थियौं । 
बजारमा थुप्रिएका ढुङ्गा माटो र कुच्चिएका गाडीहरु चाईनिज सेनाका जवानहरुले एस्काभेटर तथा भ्याकुको सहायताले हटाईरहेका थिए । केही समय हामी रमिते भयौं चाडैं सकिए पुलसम्मै पुगेर साथीहरुको खोजी गर्ने हाम्रो हतारो थियो तर सम्भव जस्तो देखिएन । 
बासको चिन्ता 
कहां बस्ने हामीलाई अर्को चिन्ता बन्यो तातोपानी छाड्ने निर्णय पनि ठिक थिएन किनभने बाह्रबिसेसम्मका क्षेत्रहरु पुरै पहिरोको त्रासमा थियो । सांझ परिसकेको थियो । सुरुमा लिपि³कै चर्किएकै भएपनि मितेरी होटलमै बसौ भन्ने सल्लाह ग¥र्यौ । भोटेकोशीको किनारबाट जग उठाएर बनाईएको ६ तले भवन दुई तला बाहेक पुरै चर्किएको थियो । 
 बस्ने त भईयो तर होटलमा १२ गतेदेखि कोही नबसेकाले खाना पकाउने कोही थिएन, भएका खाने सामग्रीहरु राखिएको शोकेसको सांचोपनि काम गर्नेले नै लिएर सुरक्षित ठांउ तर्फ गएकाले त्यंहा बस्ने अबस्था रहेन । दुर्गा जिको दाई पुर्ण श्रेष्ठको घर तातोपानीमै रहेकाले हामी तिन जना पाहुंना लाग्ने भयौं र त्यो रात त्यही बस्यौं । 
रातभरीमा लिपि³ बजारको बाटो मितेरी पुलसम्म सफा भईसकेको थियो । विहान छ बजेनै हामी पुलसम्म गयौं चाईनिज अझै काम गरिरहेकै थिए कन्टेनरहरु ध्वस्त थिए तर हाम्रा कुनै साथीहरु हताहत नभएको जानकारी पायौं ।
फुल्पीङ्गकटीको उकालो यात्रा
तातोपानीपछि हाम्रो यात्रा मजदुरहरुको बासस्थान फुल्पीङ्गकटी गाविस तर्फ मोडियो । अरनिको सडक तल छाडेर हामी गांउले आफैले खनेको नाम मात्रको सडकबाट उकालो लाग्यौं । ४ किलो मिटर बाटो पार गर्न हामीलाई मोटरसाईकल ठेल्दै तान्दै, लड्दै करिव १ घण्टामा डांडामा उक्लीयौं । त्यंहा जानुको उदेश्य किरियापुत्री बसेका सुमन नेवारलाई भेट्नु र अन्य मजदुरहरुको अवस्था बुझ्नु थियो ।
ध्वस्त मजदुर बस्ति
फुल्पीङ्गकटीको पंतली, सुनखानी लगायतका वडाहरु यातायात मजदुरहरुको बसोवास रहेका मुलतः नेवार, शेर्पा तथा तामाङ्ग समुदायका साथीहरु रहेको गाविस हो । 
भुकम्पले मजदुरहरुका २७  घरहरु ध्वस्त बनाएको पाईयो तर खुशीको कुरा भने कुनैपनि सदस्य साथीहरु हताहत भएको पाईएन ति मध्ये ल्वा³ दोर्जे शेर्पाका बुबा सोनागेन्जेन शेर्पाको घरमै पुरिएर मृत्यु भएको पाईयो । 
बस्ती पुरै सखाप थियो साथीहरु भग्नावशेषबाट काठपात जिकिरहेका थिए कोही त्रिपालमुनि थिए हामी घर घरै पुगेर साथीहरुलाई सहानुभूति दियौं । त्यो बाहेक हामीसंग दिनलाई अरु केही थिएन । साथीहरुले उल्टै हामीलाई चिया पिउन, खाजा खान तथा खाना पकाउछौं खाएर जानुस भनिरहेका थिए ।
विहान रातो चिया बाहेक केही खाएका थिएनौ साढे ११ बजेको थियो हामी तिनै जना भाकले रन्थनिएका थियौं तर साथीहरुको विजोगका अघि हाम्रो भोक गौण थियो । त्रिपालमै भएपनि साथीहरुले चिया, खाजा र खानाका लागि गर्नु भएको अनुरोध देख्दा म विभोर भईरहेको थिएं । पित्रृ शोकमा रहनु भएका ल्वा³दोर्जे शेर्पाको त्रिपालमा हामीले फ्रुटि नखाईधरै पाएनौं । त्यो फ्रुटि अम्रित जल झै भयो ।
कहां जादैछ राहत ?
फुल्पी³कटी पुग्दा थाहा भयो त्यहाका जनताले भुकम्पको १२ औं दिनसम्म राहतको नाममा एक गेडो अन्न पाएको देखिएन । 
सरकारले प्रत्येक वडामा एक लाख पर्ने गरी गाविसलाई ९ लाख तत्काल प्रदान गरेको छ तर त्यंहाका जनतालाई त्यो निर्णयले पटक्कै छोएको देखिएन ।
फुल्पी³कटीमा करिव ५० जनाको मृत्यु भएको वडा नम्बर ९ सुनखानीमा मात्र ४ जनाको मृत्यु भएको भएपनि गाविस सचिव विदुर रायमाझी हालसम्म नदेखिएको कुनै पनि पीडितहरुले राहत तथा अन्य सहयोग नपाएको थापीनारायण निम्न माध्यमिक विद्यालयका प्रधानाध्याक गंगाप्रसाद श्रेष्ठले बताउनु भयो । 
मुख्य सडक आस पासका स्थान मात्र होईन मुख्य नाका तातोपानीबासीले पनि अहिलेसम्म राहत पाउन सकेका छैनन् ।

खण्डहर बस्ती
चिनसंगको सिमाना मितेरी पुलदेखि लिपि³, तातोपानी दश किलो सम्मका करिव ९५ सय प्रतिशत घर, होटल, सरकारी कार्यालय लगायतका भवनहरु सदे छैनन । सिमादेखि तातोपानी हुदै लिपि³ बस पार्क तथा दशकिलोमा भएका चार पा³ग्रे तथा दुई पा³ग्रे सबै सवारी साधनहरु पत्रु झै कुच्चिएका छन् । गांउहरु पुरै ध्वस्त छन् कतै सग्ला घरहरु देखिदैनन् । पहाडका अधिकांश घरहरु ढुङ्गा र माटोले बनेकाले कुनैपनि बचेका छैनन् । बाटो, पाखा सबै धांजा परेका छन् । पहिरो गएका पाखामा पहिरो झरिरहेकै छ ।  
दोहोरा त्रास  
सिन्धुपाल्चोकका तातोपानी लगायतका गाविसहरु भुकम्प र पहिरोको दोहोरो संकटमा छन् । भुकम्पले घर, गोठ, टहरा, विद्यालय तथा कार्यालय भवनहरु भत्काएका छन् । नढलेका घरहरु सदे छैनन् सबै चर्किएका छन् । ज्यान जोगीएकाहरु समेत भुकम्प र पहिरोको दोहोरो त्रासमा छन् । भुकम्पबाट बचेका घरहरु र सबारी साधनहरुलाई समेत लड्दै आएको ढुङ्गाले भत्काईदिएको तथा कुच्याई दिएको छ । 
तातोपानीमा ढुङ्गाको डर
तातोपानीका जनता अझै घरमा बस्न सकेका छैनन । भुकम्पको धक्का कम हुदै गएपछि घर सदे भएकाहरु घर प्रवेश गरिसकेको भएपनि भोटेकोशी किनारको पहिरोको काखमा रहेको तातोपानीबासी अझै चौकी डांडामा त्रिपालमुनी बस्न बाध्य छन् । 
 भुकम्प त रोकियो तर अझै पहिरो झर्न रोकिएको छैन त्यही भएर त्रिपालमै बस्न बाध्य छौं मितेरी होटलका सञ्चालक पप्पु लामाले बताए । घर चर्किपनि बस्न त हुन्थ्यो पहिरोबाट ढुङ्गा झरेको झरेकै छ उनले भने ।  
विद्युत र सुचनाबाट बन्चीत 
भुकम्प पछि सिन्धुपाल्चोकको बाह्रबिसेबाट उत्तर तर्फ विद्युत र टेलिफोन सुविधाबाट त्यहाका जनता बन्चीत छन् । गांउ त गांउ भयो तर सुविद्यासम्पन्न मानिएको र सरकारी कार्यालयहरु प्रसस्त रहेको तातोपानीमा समेत १२ गतेदेखि विद्युत तथा टेलीफोन छैन । नेपाल टेलिकम तथा एनसेलले त्यस क्षेत्रमा अहिलेसम्म सेवा विस्तार गर्न सकेको छैन । जसका कारण भुकम्प र पहिरोको त्रासमा रहेका त्यहाका जनता अन्यन्त्र रहेका आफन्तहरुसंग सम्पर्क विहिन बनेका छन् भने अन्धकारमा जिवन विताईरहेका छन् । 
अझै बन्द तातोपानी
राजश्वको ४० प्रतिशत योगदान दिने तातोपानी नाका भुकम्प र पहिरोबाट बचेखुचेका पसलहरु हालसम्म खुल्न सकेको छैन । बचेका घर तथा पसलहरुमा ताला लगाएर भए भरका जनता सुरक्षित मानिएको चौकी डांडामा त्रिपाल लगाएर बसेका छन् । अरु त अरु नै भए जनताको सुरक्षा दिन बसेका शसस्त्र प्रहरी बलका प्रहरी हरु पनि बिहान मात्रै चौकीमा आउने अरुवेला स्थानियसंगै चौकी डांडामै बस्ने गरेको छ । 
दुई महिनाको काम दुईदिनमै
सोमबारदेखि बाटो सफा गर्न लागेका चिनीया सेनाका जवानहरुले देखाएको पराक्रम र साहसीक कामको तातोपानीबासी सवैले मुक्तकण्ठले प्रशंसा गरे । 
हुनपनि मितेरी पुलदेखि लिपि³, तातोपानी, झ्यालेभिरसम्मका बाटामा थुप्रिएका पहिरोले ल्याएको करिव २० फिट अग्लो ढुङ्गा र माटोहरु हटाउन २ महिना लाग्ने अनुमान गरेका नेपालीहरुले दुई दिनमै पन्छाई दिएको छ ।


 भुकम्पको दिनदेखि एक हप्तासम्म चिनको भुभाग खासामा करिव ४ सयलाई दिएको व्यवस्थित सुरक्षा आवास र खाद्यको प्रवन्ध र सम्मानलाई तातोपानीबासीहरु कहिल्यै नभुल्ने बताउछन् ।
 हामी करिव ३ सयको हाराहारीमा चाईनिज सामान वारपार गर्ने महिला पुरुषहरु खासामा थियौं हामी नेपाल आउन लागिरहेका थियौं चाईनिज ईमिग्रेसनले हामीलाई आधा घण्टा रोके १२ बजे मात्रै गेट खुल्छ अनि मात्र जानुस भने त्यही समयमा भुकम्प आयो तातोपानी भुकम्प र पहिरोले ध्वस्त भईसकेको थियो हामी रुन कराउन थाल्यौं चाईनिजहरुले हामीलाई तत्काल घेरा हालेर सुरक्षित राखे एकै छिनमा टेन्टको प्रवन्ध गरे तत्काल खानपिनको व्यवस्था गरे राती त रक्सी वाईनको पनि प्रवन्ध गरिदिए । सायद त्यो दिन हामीलाई नरोकेको भए हामी भारीसंगै मथ्र्यौ सुनिता श्रेष्ठले सुनाईन् ।
लिपि³ बजारको ढुङ्गा, माटोको थुप्रो देखेर १ महिनाविना बाटो खुल्न नसक्ने सवैले चर्चा गरेका थिए तर सोमबारदेखि चाईनिज सेनाले सुरु गरेको बाटो सफा गर्ने काम दुईदिनमै पुरा गरेपछि चिनप्रति तातोपानीबासी थप सकारात्मक बनेको हो । 
मितेरीले कर्तव्य भुलेन
भुकम्प पछि तातोपानीमा आगन्तुकले आफन्त गुमाए, नयां ठाउं बस्ने ठाउं थिएन, होटलहरु थिएनन त्यस्तो अवस्थामा स्थानिय आफै समालिन सक्ने अवस्था थिएन बाहिरबाट तातोपानी घुम्न जानेकालागी सम्भव थिएन । 
यस्तो अवस्थामा स्थानिय मितेरी युवा क्लवले करिव ४ सयलाई सुरक्षित स्थानमा त्रिपालको मात्र व्यवस्था गरेन निरन्तर खानपानको प्रवन्ध गरेर उदाहरणीय काम गरे ।
त्रिपालको व्यवस्था, खान तयारी तथा वेखर्चीलाई खर्चको व्यवस्था क्लवले आफ्नै स्रोतमा गरेको क्लवका पुर्व वरिष्ठ उपाध्यक्ष ³ावा³ दोर्जे शेर्पाले बताए ।
गाउं छाडी काठमाण्डौं 
भुकम्प पछि काठमाण्डौलाई असुरक्षित भन्दै लाखौंले काठमाण्डौं छाडिसकेका छन् । छाड्ने क्रम रोकिएको छैन तर सिन्धुपाल्चोकबासी भने गांउ छाडेर काठमाण्डौं आउनलाई अहोभाग्य ठान्छन् । 
काठमाण्डौंमा घर हुनेहरु आफन्त हुनेहरु उतै गईसके आफ्नो कोही छैनन् मरेपनि यंही बस्न बाध्य छौं पंतलीकी खड्गमाया पराजुलीले बताईन् ।
ज्यान जोगाउन विकल्प खोज्दै काठमाण्डौं धेरै गईसके तातोपानीका नुर्पु छिरि³ शेर्पाले भने उनले भने अव तातोपानी सुरक्षित छैन त्यही भएरपनि तातोपानी छाड्नेहरुको लर्को लागेको छ बाटो नखुलेका बेला हेलीकोप्टर चार्टर गरेरै पनि काठमाण्डौं गए उनले भने । 
शसस्त्र हरीको आलोचना 
शसस्त्र प्रहरीलाई राजधानीबासीले सम्मान सहित प्रशंसा गरिरहेको छ । उद्धारमा शसस्त्र प्रहरीले देखाएको पराक्रमबाट देशलेनै शसस्त्र प्रहरी तथा सेनालाई वाहवाही गरिरहेको अवस्थामा तातोपानीमा भने शसस्त्र प्रहरीको भुमिका निकम्मा देखियो । तातोपानीबासीले शसस्त्र प्रहरीलाई आलोचना गरेको पाईयो । 
पहिलो कुरा भन्सारको चेक जांचको जिम्मा पाएको शसस्त्र प्रहरीका तातोपानी प्रमुख डिएसपी भुकम्प अघिदेखिनै विदामा रहेको पाईयो । प्रमुख विहिन तातोपानी भन्सारका सुरक्षाकर्मीहरु भन्सार द्धार नै खुल्ला छाडेर चौकी डांडामा सुरक्षित रहन सर्वसाधारण भन्दा पहिले नै जानुले चोरी निकासीका लागि तस्करहरुका लागि पनि हाईसन्चो भएको स्थानियहरु बताउछन् ।
 अर्को तर्फ चाईनिज सेनाका जवानहरु निर्धक्क काम गरिरहदा हाम्रा शसस्त्रका जवानहरु भने ढुङ्गा झर्दैछ भन्दै आत्तिदै लाखापाखा लागेको पाईयो । पहिरोले बाटो अवरुद्ध गरेपछि स्थानियले प्रहरीसंग बाटो हटाउन आग्रह गरेका थिए तर हाम्रो पनि ज्यान जोगाउनु पर्छ भन्दै नसकिने उक्त दिने प्रहरीहरु सोमबारदेखि चाईनिजहरुले काम गर्दा भने टुलुटुलु हर्ने रमिते बनेका थिए । 
के चाहान्छन स्थानिय ?
काठमाण्डौंबाट १ सय १४ किलोमिटर दुरीमा रहेको तातोपानी नाकाले प्रत्येका दिन २ देखि ४ करोडको राजश्व संकलन गर्ने गरेको सरकारी अधिकारीहरु बताउन चुक्दैनन् । 
भुकम्प पछि क्षत विक्षत तातोपानी तथा आसपासका गाविसलाई सहज बनाउन राज्यको भूमिका के हुन सक्छ ? भुकम्पको धक्का हराउदै गएपनि पहिरोको त्रास उस्तैछ । वर्षामा थप संकट उत्पन्न हुने त्रास जनमानसमा छदैछ त्यस कारण तातोपानीलाई सुरक्षित बनाउने, जनजिवन सामान्यीकरण गर्ने र मुख्य नाका भएकाले भौतिक पुर्वाधारहरुको विकास र पीडितहरुलाई सम्बोधन आवश्यक छ । 

स्थलगत रिपोर्ट ./ यसरी खण्डहर बन्यो तातोपानी


अनलाईनखबरमा . २०७२ वैशाख २४ गते १६स्५३ मा प्रकाशित 
भीमज्वाला राई
२४ वैशाख, काठमाडौं । चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकको तातोपानी लिपिङका जनतामा भूकम्प आएको १३ औं दिनसम्म मरिएला कि भन्ने त्रास हटेको छैन ।
तातोपानीमा वैशाख १२ गते भूकम्पमात्रै आएन, भूकम्पसँगै डाँडै उल्टिएर खस्दा कैंयौं गाडीहरु किचिए । ती गाडीमा अझैसम्म शवहरु हुनसक्ने स्थानीय सुरक्षाकर्मीको अनुमान छ ।
राजधानीबाट १ सय १४ किलोमिटर दुरीमा रहेको तातोपानी नाकाले प्रत्येक दिन २ देखि ४ करोडको राजश्व संकलन गर्दै आएको थियो । तर, अहिले यो ठाउँ खण्डहर बगरमा परिणत भएको छ । त्रिपालमुनि घुस्रिएका त्रस्त तातोपानीबासीहरु काठमाण्डौंबाट अभिभावकत्व र उद्धारको पर्खाइमा छन् ।
क्षत विक्षत भयो तातोपानी
चीनसँगको सीमानामा पर्ने मितेरी पुलदेखि लिपिङका करिव ९५ प्रतिशत घर, होटल, सरकारी कार्यालय र निजी घरहरु सद्दे छैनन् । सीमादेखि तातोपानी हुँदै लिपिङ बसपार्क तथा दशकिलोमा भएका चारपाङग्रे तथा दुई पाङग्रे सबै सवारी साधनहरु कुच्चिएर पत्रु बनेका छन् ।

दोहोरो मार
तातोपानीलाई भूकम्प र पहिरोको दोहोरो मार परेको छ । भूकम्पले घर तथा कार्यालय भवनहरु भत्काए पनि कसैको ज्यान गएन । तर, भूकम्पलगत्तै आएको पहिरोसँगै लड्दै आएका ढुंगाले पुरिएर धेरैको ज्यान गयो ।
भूकम्पबाट बचेका घरहरु र सवारी साधनहरुलाई समेत लड्दै आएको ढुंगाले थप क्षति पुर्‍यायो । यो दर्दनाक दृश्यले के स्पष्ट पारेको छ भने पहाडी वस्तीहरुमा भूकम्पसँगै पहिरोको पनि जोखिम हुँदोरहेछ ।


मृत्युहुने स्थानीयभन्दा बाहिरका धेरै
हालसम्म भेटिएका १३ शवमध्ये तातोपानीका स्थानीय वासिन्दाको संख्या ५ मात्रै रहेको छ । भूकम्प शनिबारका दिन भएकाले तातोपानी तथा सीमा हुँदै चीनको खासा घुम्न जानेहरुको संख्या निकै थियो । त्यस्तै पारिबाट नेपाल आउने टङक कन्टेनरका चालक तथा परिचालकहरुको पनि मृत्यु भयो ।

भूकम्पको ११ औ दिन मंगलबार अपरान्हमात्रै बा १ ख ७३२० नम्बरको कन्टेनरका चालक ग्याल टसी तामाङको शव लिपि³ बजारको पहिरोबाट झिकिएको छ ।
भूकम्प गयो, अब ढुंगाको डर

तातोपानीका जनता अझैसम्म आफ्नो घरमा बस्न सकेका छैनन् । भूकम्पको धक्का कम हुँदै गएपछि घर सद्दे भएकाहरु घर प्रवेश गरिसकेको भए पनि भोटेकोशी किनारको पहिरोको काखमा रहेको तातोपानी वस्ती चौकीडाँडामा त्रिपालमुनि सरेको छ ।
‘भूकम्प त रोकियो, तर अझै पहिरो र्झन रोकिएको छैन, त्यही भएर त्रिपालमै बस्न बाध्य छौं,’ मितेरी होटलका सञ्चालक पप्पु लामाले भने( ‘घर चर्किए पनि बस्न त हुन्थ्यो, तर डाँडाबाट ढुङ्गा झरेको झरेकै छ ।’

अन्धकार सँगै सूचनाविहीन
भूकम्पपछि ध्वस्त बनेको तातोपानीमा वैशाख १२ गतेदेखि विद्युत छैन । भूकम्प र पहिरोका कारण क्षती पुगेको विद्युत ट्रान्समिटर तथा खम्बाहरु मर्मत नहुँदा विद्युत अवरुद्ध बनेको हो । नेपाल टेलिकम तथा एनसेलले समेत आफ्नो सेवा विस्तार गर्न सकेको छैन । जसका कारण भूकम्प र पहिरोको त्रासमा रहेका त्यहाका जनता अन्यन्त्र रहेका आफन्तहरुसँग सम्पर्कविहीन बनेका छन् । विजुली नहुँदा मोवाइल चार्ज गर्ने स्थिति पनि छैन ।
अझै खुलेन बजार

भूकम्प र पहिरोबाट बचेखुचेका पसलहरु हालसम्म खुल्न सकेका छैनन् । बचेका घर तथा पसलहरुमा ताला लगाएर भएभरका मानिस सुरक्षित मानिएको चौकीडाँडामा त्रिपाल लगाएर बसेका छन् ।
अरु त अरु नै भए, जनताको सुरक्षा दिन बसेका शसस्त्र प्रहरी बलका प्रहरीहरु पनि पहिरोको डरले बिहानमात्रै चौकीमा आउँछन् र अरुबेला स्थानीयसँगै चौकीडाँडामै आश्रय लिन बाध्य छन् ।
नेपाल सरकार नपुग्दा छिमेकीको साथ
सोमबारदेखि बाटो सफा गर्न लागेका चिनियाँ सेनाका जवानहरुले देखाएको पराक्रम र साहसिक कामको तातोपानीबासी सबैले मुक्तकण्ठले प्रशंसा गरे ।
चिनियाँ सेनाले अवरुद्ध बाटोमा नयाँ ट्रयाक खोलिरहेको छ । प्राकृति विपत्तिले पनि देशलाई छुट्याएको छ । सीमानाबाट वारि त्यति ठूलो क्षति भए पनि मितेरी पुलपारिको चिनियाँ बस्तीमा कुनै क्षति भएको छैन ।
मितेरी पुलदेखि लिपिङ, तातोपानी एवं झ्यालेभिरसम्मको बाटोमा थुप्रिएको पहिरोले ल्याएको करिव २० फिट अग्लो ढुङ्गा र माटो चिनियाँ सेनाले दुई दिनमै पन्छाइदिएको छ ।
भूकम्प आएकै दिनदेखि एक हप्तासम्म चीनको भूभाग खासामा करिव ४ सयलाई दिइएको व्यवस्थित सुरक्षा, आवास र खाद्यको प्रवन्ध र सम्मानलाई तातोपानीबासीहरु कहिल्यै नभुल्ने बताउँछन् ।
‘हामी करिव ३ सयको हाराहारीमा चाइनिज सामान वारपार गर्ने महिला पुरुषहरु खासामा थियौं, हामी नेपाल आउन लागिरहेका थियौं, चाइनिज इमिग्रेसनले हामीलाई आधाघण्टा रोके, १२ बजे मात्रै गेट खुल्छ अनि मात्र जानुस् भने त्यही समयमा भूकम्प आयो’ स्थानीय सुनिता श्रेष्ठले भनिन्( ‘तातोपानी पहिरोले ध्वस्त भइसकेको थियो, हामी रुन कराउन थाल्यौं, चाइनिजहरुले हामीलाई तत्काल घेरा हालेर सुरक्षित राखे । एकैछिनमा टेन्टको प्रवन्ध गरे । तत्कालै खानपिनको व्यवस्था गरे । राति त रक्सी वाइनको पनि प्रवन्ध गरिदिए । सायद त्यो दिन हामीलाई नरोकेको भए हामी भारीसँगै मर्थ्यौं ।’
लिपिङ बजारको ढुङ्गा, माटोको थुप्रो देख्दा बाटो खुल्न एक महिना लाग्ने स्थानीयको अनुमान थियो । तर, सोमबारदेखि चिनियाँ सेनाले सुरु गरेको बाटो सफा गर्ने काम दुइदिनमै पूरा गरेपछि चीनप्रति तातोपानीबासीहरु कृतज्ञ बनेका छन् ।

मितेरीले कर्तव्य भुलेन
भूकम्पपछि तातोपानीमा आगन्तुकले आफन्त गुमाए, नयाँ ठाउंँ बस्ने ठाउँ थिएन, होटलहरु थिएनन् त्यस्तो अवस्थामा स्थानीयवासी आफै सम्हालिन सक्ने अवस्था थिएन । बाहिरबाट तातोपानी घुम्न जानेहरुका लागि सम्हालिनु सम्भवै थिएन ।त्बतयउबलष् ९द्द०
यस्तो अवस्थामा स्थानीय मितेरी युवा क्लवले करिव ४ सयलाई सुरक्षित स्थानमा त्रिपालको मात्र व्यवस्था गरेन, निरन्तर खानपानको प्रवन्ध गरेर उदाहरणीय काम गर्‍यो । त्रिपालको व्यवस्था, खानपानको तयारी तथा बेखर्चीलाई खर्चको व्यवस्था क्लवले आफ्नै स्रोतमा गरेको क्लवका पूर्वउपाध्यक्ष ङावाङ दोर्जे शेर्पाले बताए ।

तातोपानी छाडेर काठमाण्डौं
भूकम्पपछि काठमाण्डौलाई असुरक्षित भन्दै लाखौंले काठमाण्डौं छाडिसकेका छन् । छाड्ने क्रम रोकिएको छैन । तर, तातोपानी लगायत आसपासका गाविसबासी भने ती ठाउँहरु छाडेर काठमाण्डौं आउनुलाई आफ्नो अहोभाग्य ठानिरहेका छन् ।
‘काठमाण्डौंमा घर र आफन्त हुनेहरु उतै गइसके, आफ्नो त कोही छैनन्, मरे पनि यहीँ बस्न बाध्य छौं’ तातोपानी(४ की पासा³दिकी शेर्पाले भनिन् । ज्यान जोगाउन विकल्प खोज्दै धेरै मानिसहरु काठमाण्डौं गइसकेको बताउँदै तातोपानीका नुर्पु छिरिङ शेर्पाले भने(‘अब तातोपानी सुरक्षित छैन, त्यही भएर छाड्नेहरुको लर्को लागेको छ । बाटो नखुलेका बेला हेलीकोप्टर चार्टर गरेरै पनि हुनेखानेहरु काठमाण्डौं गए ।’
राहत नपाउँदा आहत

अहिले जे गरिरहेका छन्, तातोपानीवासी आफैंले गरिरहेका छन् । त्रिपाल, खाद्यान्न लगायतका सामग्रीबारे कसैले सोध्नसम्म पनि नआएको स्थानीय पूर्ण श्रेष्ठ बताउँछन् ।त्बतयउबलष् ९ज्ञ०
विपत परेको यतिका दिनसम्म तातोपानीमा राज्य, संघ संस्था कतैबाट राहतका नाममा केही पुगेको छैन ।
उता प्रशंसा, यता आलोचना
सशस्त्र प्रहरीलाई राजधानीबासीले सम्मानसहित प्रशंसा गरिरहेको छ । उद्धारमा सशस्त्र प्रहरीले देखाएको पराक्रमबाट देशले नै सशस्त्र प्रहरी र सेनालाई वाहवाही गरिरहेको अवस्थामा तातोपानीमा भने शशस्त्र प्रहरीको भूमिकाप्रति स्थानीय सन्तुष्ट देखिएनन् ।
त्बतयउबलष् ९द्ध०तातोपानीबासीले शसस्त्र प्रहरीलाई आलोचना गरेको पाइयो । पहिलो कुरा, भन्सारको चेक जाँचको जिम्मा पाएको सशस्त्र प्रहरीका प्रमुख डीएसपी भूकम्प अघिदेखि नै विदामा रहेछन् । प्रमुखविहीन बनेको तातोपानी भन्सारका सुरक्षाकर्मीहरु भन्सारद्वार नै खुल्ला छाडेर चौकीडाँडामा सुरक्षित रहन सर्वसाधारण भन्दा पहिले नै जानुले चोरी निकासीका लागि तस्करहरुलाई हाइसञ्चो भएको स्थानीयले बताए ।
अर्कातर्फ चिनियाँ सेनाका जवानहरु निर्धक्क काम गरिरहँदा हाम्रा शसस्त्रका जवानहरु भने ढुङ्गा झर्दैछ भन्दै आत्तिँदै लाखापाखा लागेको स्थानीयले गुनासो गरे । पहिरोले बाटो अवरुद्ध गरेपछि स्थानीयले प्रहरीसँग बाटो हटाउन आग्रह गरेका थिए । तर, हाम्रो पनि ज्यान जोगाउनुपर्छ भन्दै प्रहरीले टुलुटुलु हर्ने गरेको जनताको गुनासो सुनियो ।
के चाहान्छन् स्थानीय रु

भूकम्पपछि क्षतविक्षत बनेको तातोपानीलाई सहज बनाउन राज्यको भूमिका खोजिरहेका छन् स्थानीयवासीहरु । भूकम्पको धक्का हराउँदै गए पनि पहाडबाट पहिरोको त्रास उस्तै छ । वर्षामा थप संकट उत्पन्न हुने त्रास जनमानसमा छ ।
अब तातोपानीलाई सुरक्षित बनाउने, जनजीवन सामान्यीकरण गर्ने र चीनसँगको मुख्य व्यापारिक नाका भएकाले भौतिक पूर्वाधारहरुको विकास र पीडितहरुलाई सम्बोधन आवश्यक रहेको स्थानीयको भनाइ छ ।

बेमौसमी बाजा


नेपाली काग्रेस नेपाली राजनीतिक दलहरु मध्ये ठुलो पार्टी । भनिन्छ ठुलाबडाको ठुलै पारा । ठुला बडाहरुलाई त्यती हतारो हुदैन । गर्ने काम अरुले गरेपछि ठिक बेठिक औल्याउने, आलोचना गर्ने । यस्तालाई सांचो अर्थमा अरुले बनाएको बाटोमा हिड्ने, अरुको काममा आफ्नो मत राख्ने । सायद यस्तो काम दिमागमा कुनै योजना नभएका, कुनै सोंच नभएकाहरुले गर्दछन् क्यारे । यसलाई ठेट नेपाली शव्दमा हुत्तिहारा भन्ने पनि छ त्यस्तै काम नेपाली जनताले ठुलो पार्टीको हैसियत दिएका नेपाली काग्रेसले गरिरहेको छ । 
   शनिबार नेपाली काग्रेसले बल्ल संघियता सम्बन्धी आफ्नो अवधारण सार्वजनिक गर्दै ६ या ७ प्रेसको खाका प्रस्तावका रुपमा सार्वजनिक गरेको छ । पहिलो संविधान विघटन पछि थुप्रै उत्तारचडावहरु आईसकेका छन् । यतीवेला संविधानसभाभित्रको गति र संविधान निर्माण प्रकृयाको हिसावले जुन अवस्था निर्माण भईरहेका छन् यस्तोवेला नेपाली जनताले ठुलो दलको पगरी गुथाईदिएको राजनीतिक पार्टीको गतिलाई हेर्ने हो र उसले अघिसारेको प्रकृयालाई नियाल्ने हो भने चेतनाका हिसावले जुन परिवर्तनको अवस्था पनि संविधान निर्माणका लागि बाधक छ भन्ने स्पष्ट देखिएको छ । 
   नेपाली काग्रेसले संविधान निर्माण प्रकृयाको अन्तिम अवस्थामा जुन संघियताको खाका अघि सारेको छ त्यो संविधान निर्माण प्रकृयाको हिसावले धेरै पछाडी छ । यसको विषयको बहस धेरै पहिले नै भईसकेको थियो । यतीवेला नेपाली काग्रेसले जस्तै अरु दलहरुले पनि संघियताका लागि खाका अघि सारेर बहरमा ल्याउने र आफ्ना प्रस्ताव र राज्यको सख्यांलाई सर्वसम्मत गराउने बहसमा जाने हो भने त्यसले फेरीपनि संविधान निर्माण नगरी संविधानसभा दास्रो पटक पनि विघटन हुने अवस्थामा जानेछ त्यसो हुनु भनेको नेपालमा संविधानसभाबाट कहिल्यै संविधान नबन्नु जस्तै हो । 
   उच्च स्तरिय राजनीतिक समितिका संयोजक एमाओवादी अध्यक्ष प्रचण्ड पहिचानको कुरा उठाउने २२ दलहरुसंग आन्दोलनमा छन् । संविधान निर्माण प्रकृयाकै सन्दर्भमा कतिपय विषयहरुमा असहमति राख्ने दलहरुलाई साथमा लिएर आन्दोलनमा होमिएका प्रचण्डबाट संविधान निर्माणका सन्दर्भमा के भूमिका हुनसक्ला, त्यस्तै नेपालको पहिलो पार्टी नेपाली काग्रेस माघ ८ गते संविधान जारी गर्ने समयमा बल्ल संघियताको खाका प्रस्तुत गरिरहेकोछ । यि दुवै घटनाले के देखाउछ भने नेपाली जनताका प्रतिनिधिहरुमा नेपालीहरुको रुपान्तरण प्रतिको भावनाको प्रतिनिधित्व गर्ने हैसियत अझै भईसकेको छैन । 

दशैंका दश दिन


भीमज्वाला राई
धरानसंग लामो समय टाढा हुनु मेरा लागि पीडादायक बन्ने गर्दछ । असारदेखि म धरान पुग्न सकेको थिईन यती लामो धरानसंगको विछोडको पीडा थियो ममा । धरान जानै पर्ने साईत बन्यो दशैं । घटस्थापनाकै दिन अर्थात अशोज ९ गते परिवार सहित(जिवनसंगीनी चन्द्रा, छोरी सुप्रिया र साली ममता) धरान पुगें । धरान जानु आमा बुबा, भाई भेट्नु, औजारसंगको सम्बन्धलाई जिवित बनाउनु र धरानसंगको नातालाई जोडिराख्नु थियो साथै जोडिएको थियो दशैं मान्नु ।
  मुलतः धरान जाने काम यस पटक पारिवारिक थियो योजना बनाउदानै यस पटक धरानमा पारिवारिक भेटघाट, साथीसंगीसंगको रमाईलो बाहेक अन्य कुनै काममा सहभागी हुदिन भन्ने थियो । मन कहां मान्दो रहेछ र ? भानुचौक ओर्लदा सांझ साढे सात बजीसकेको थियो म सिधै औजार दैनिकको कार्यालय गएं । कार्यकारी सम्पादक रणध्वज लोहारसंग मोवाईलमा सिमित भेटलाई भौतिक बनाएं । मलाई भेट्नासाथ रणध्वज भाई औधि खुशी हुन्छन् खोई किन हो त्यो चाही बुझेको छैन मैले नबुझेको त्यही काम भयो उनको अनुहारमा छुट्टै उज्यालो देखें । प्रधानसम्पादकको कुर्चीमा मलाई बसाए अनि दुई चार पोज फोटो पनि खिचे । औजारमा एक खालको माहौल छुट्टै भयो भाषा सम्पादक वेदकुमार सुव्वा, सम्बाददाता लक्ष्मी दर्नाल, केदार बस्नेत, दामोदर गुरागांई लगायतका सहकर्मीहरुसंग रमाईला अन्तरंगहरु भए ।
   औजार तिखार्ने कुरा
अशोज १० गते औजारका अध्यक्ष मोतीराज सुनुवारसंग औजारका आरोह अवरोहका बारेमा बैठक तथा योजनाका सम्बन्धमै केन्द्रीत भएर दिन वित्यो । विभिन्न उतार चढावका वावजुद औजारको व्यवस्थापन गर्ने बागडोर घुमिफिरि रुम्जाटार भने झै फेरी पनि मोती सरकै कांधमा आईपुगेको छ ।
 मजदुरलाई मिशन बनाएर २०६२ असार २३ गते औजार सुरु गर्दा म त्यतीवेला नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोशीको सचिवा थिए मोती सर केन्द्रीय कमिटीको उपाध्यक्ष हुनुहुन्थ्यो वहांलाई हामीले औजार प्रकाशनको अध्यक्ष बनायौं वहांसंग मिडियाको व्यवस्थापकिय कुशलता भएर भन्दापनि हाम्रो आदरणीय नेता भएका नाताले त्यसो गरेका थियौं । यसमा औजारका सस्थापक  धरानका २९ जना मजदुर नेता साथीहरुको एक मत थियो । पत्रिका दैनिक बनाईए पछि व्यवसायीक पत्रकारितामा औजारलाई स्थापित गर्न व्यवस्थापकिय रुपमा मोती सर अध्यक्ष, म प्रधानसम्पादक भएर संगसंगै काम गर्यौ हाम्रो सहकार्य र मेहनतले औजार राज्यको वर्गीकरणमा क वर्गमै दरियो त्यसमा धेरै साथीहरुको पनि साथ र सहयोग छ ।
 यहीवीच विचार, व्यवहार, आनीवानी, स्वभाव, संगत तथा एकले अर्कालाई राम्ररी बुझ्न नसक्दा समस्याहरु उत्पन्न भए । यसमा हामी दुवैजनाको कमजोरी रहेको कुरा परिणामले देखाईदियो जसका कारण पछिल्लो केही समय औजार धारिलो हुन सकेन । अहिले फेरी पनि मोती सरकै कांधमा औजारको व्यवस्थापन आएको छ विगतको कमजोरीबाट पाठ सिक्दै औजारलाई तिखार्ने विषयमा समिक्षा गरेकाछौं ।
  राजनीतिक जिम्मेवारीका आधारमा मेरो समय पर्याप्त नहुन सक्छ तर साधन स्रोतको उपलव्धताका आधारमा जहांबाट भएपनि मेरो श्रम औजारका लागि अलिकती खन्याउनु मेरो दायीत्व हुनेछ । मैले १७ वर्षदेखि पत्रकारितालाई पेशा बनाएर काम गरेकोछु यसलाई कायम राख्न सैद्धान्तिक ज्ञान चाहिन्छ त्यही भएर मास कम्यूनिकेशनमा डिग्री अध्ययन गर्दैछु त्यो विवेक औजारकै लागि उपयोग हुनेछ । 

गुनासो सुन्दै दिन बित्यो
धरान काकडभीट्टाको बसमा कण्डक्टरको काम गरेर जिविकोपार्जन गर्ने मलाई राजनीतिक रुपमा यो स्थानसम्म पुग्न सहयोग गर्ने धरानका साथीहरु हुन् अझै किटान गरेरै भन्ने हो भने धरानका मजदुरहरु, मजदुर नेताहरु नै हुन् । चार महिने टाढा बसाईमा साथीहरुसंग सम्पर्क कमै थियो अझ मेरो स्वभाव अन्तरमुखि, फोनमा कम बोल्ने खालको छ त्यस कारण साथीहरुको मनमा चिसो छिरेको रहेछ कि कतै मैले साथीहरुलाई वेवास्ता पो गरें कि ? साथीहरुको सहयोगलाई मैले अवमुल्यन गरे कि ? नत्र भने किन फोन नगरेका त हामीलाई साथीहरुलाई त्यस्तो लागीरहेको रहेछ । म बाट त्यस्तो कसरी हुन सक्छ र जती साथीहरुको लगानी मलाई छ त्यतीकै मात्रमा साथीहरुलाई मेरो पनि लगानी छ आफ्नो लगानीको सवैलाई मायां हुन्छ फोनमा सम्पर्क कम हुनु, भेटघाट नहुनु त्यो बाध्यता होला तर कसैले कसैलाई घात गर्नु हुदैन ।
 गोविन्द गिरी पुराना यातायात मजदुर नेता हुन वहां भन्नुहुन्छ आगन खनेर डगर पुर्नु हुदैन म यो भनाईलाई अति सम्मान गर्छु । सहयोग र सम्मानको वदला अपमान क्रुर हुनुहुदैन त्यस्ता व्यक्तिहरुले कसैलाई सहयोग गर्न सक्छन् न कसैको सहयोगको सम्मान नै गर्न सक्छन् । पहिचान गरेर सकेसम्म त्यस्ता साथीहरुबाट टाढा रहनुनै ठिक हुन्छ जस्तो लाग्न थालेको छ अब चाही ।
अशोज ११ गते मबाट असन्तुष्ट नेतासाथीहरुसंग पालैपालो बसें वहांहरुको गुनासाहरु सुने, आफ्ना स्पष्टीकरण दिए त्यो काममा एमाले सुनसरी सचिवालय सदस्य तथा धरान नगर ईन्चार्ज प्रदिप भण्डारी सर, मोती सर, लक्ष्मी बानीयां र कमल भटराईबाट सहयोग पाए ।
कार्यक्रमै कार्यक्रम
अशोज १२ गते विहान ६ वजेदेखि दिनभरी कार्यक्रममै वित्यो विहान ५ वजे नै औजारका फोटो पत्रकार भाई विकास राई मलाई लिन पिण्डेश्वरी चौक मेरो डेरामा आईपुगे म ओछ्यानमै थिए सन्दर्भ थियो पत्रकार तथा एन प्याव्सनबीचको मैत्रीपूर्ण बास्केटवल प्रतियोगिता पत्रकार टोलीका नेता थिए ब्लाष्ट टाईम्सका सम्पादक किशोर कार्की प्रतिद्धन्द्ध थीए एन प्याव्सनका अध्यक्ष गणेश राई ४२ विरुद्ध ४४ स्कोर अन्तरको पत्रकार टोलीको जितमा विकास भाईले व्यक्तिगत ४२ स्कोर गरे खेल भन्दा पनि अग्रज पत्रकार गोपाल देवान दाईको ५१ वर्षीय स्फुर्ति हेर्न लायक थियो ।
   दोस्रो कार्यक्रम थियो सामान्य प्रशासन मन्त्री लालवावु पण्डितको उपस्थितिमा हुने नेकपा एमाले मजदुर शाखा कमिटीको शुभकामना कार्यक्रम । मजदुरको कार्यक्रम भनेपछि देखा नपर्ने पार्टीकै केही नेताहरुलाई पनि त्यो कार्यक्रममा भेट्न पाईयो त्यस अर्थलेपनि कार्यक्रम महत्वपूण रह्यो अर्को सफलता भनेकोे मन्त्रीलाई बोलाएर कार्यक्रम गर्ने शाखामा मजदुर शाखाले आफ्नो नाम लेखाउन सफल भयो । कार्यक्रम सफल हुनुमा लक्ष्मी बानियां र कमल भटराई लगायतका साथीहरुको अहारात्र मेहनत प्रशंशनिय थियो ।
कुलसचिवलाई स्वागत
म धरान ओर्लदा बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्मचारीहरुको आन्दोलनका कारण बन्द थियो । आन्दोलनबारे तिन खालका प्रतिकृयाहरु थिए पहिलो धरानमा भएका एक मात्र अस्पताल त्यो पनि सिध्याने भए आन्दोलनकारीहरुको अनावश्यक माग र आन्दोलनले । दोस्रो कर्मचारीहरुले पाउनु पर्ने सेवा सुविधा त पाउनु पर्यो नि । तेस्रो जसरी भएपनि अस्पताल खोल्नु पर्छ यस्तो अवस्थामा आन्दोलनकारी र प्रतिष्ठानलाई एक ठांउमा ल्याउन नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन घोपाद्धारा भाद्रमा नियुक्त प्रतिष्ठानका कुल सचिव तुलवहादुर श्रेष्ठलाई स्वागत तथा दशैं शुभकामना आदान प्रदान कार्यक्रममा सहभागीता जनाईयो ।
सहयोगको साक्षी
दशैंमा फजुल खर्च गरेर रमाउने परम्परा विपरित धरान स्थित डिपोट उच्च माविका २०५० ÷ ०५१ का एसएलसी समुहका केही विद्यार्थीहरु केशव राई, प्रविण राई फुलकुमारी राई, मञ्जु राई, प्रकास विक लगायतको प्रयासमा संकलित रकम ५६ हजार १ सय ५० बरावरको दुई थान दराज धरान ४ स्थित पुनस्र्थापना गृह धरानमा रहेका २२ जना असहायहरुलाई हस्तान्तरण तथा पक्षघातबाट पीडित विकास लिम्बुको उपचारका लागि ७५ हजार रकम हस्तान्तरण कार्यक्रमको साक्षी बन्ने अवसर पांए । १५ गतेको दशैं पुनस्र्थाना गृहमा रहेका सवै असहायसंगै सहभोज गरेर मनाईयो ।
एकताका लागि साथ
कुनै समय धरान दुव्र्यसनहरुको शहर भनिन्थ्यो अहिले धरानको त्यो पुरानो परिचय हराएको छ । धरानको परिचय एकाएक हराउनुमा रिकभरिङ्ग धरानको योगदान छ । रिकभरिङ्ग अर्थात पूर्व लागु औषध प्रयोगकर्ता तिनै युवाहरुले धरानलाई दुव्र्यशनबाट टाढा राख्ने प्रयत्न गरे तिनै युवाहरु सम्मीलित रिकभरिङ्ग धरानका अध्यक्ष सन्तोष राईले १६ गते शुभकामनाका लागि हरियाली सामुदायीक वनमा बोलायो आउनै पर्ने कर थप्नु भयो प्रविण राईले । पछिल्लो समय केही सेलाउदै गएको रिकभरिङ्ग धरानको तापलाई हरियालीको करिव सय जना युवाहरुको उपस्थितिले फेरी राप लगाउला कि भन्ने आशा गरेको छु ।
एक दिन परिवारसंग
पुरै समय परिवारसंगै बस्छु भनेर धरान पुगेको म टिकाको दिन चाही मोवाईल बन्द गरेरै आमा, बाबा, काकी, भाई, बहिनीहरु, श्रीमती र छोरीसंग बसें । बुबाको हातको टिका लगाए आशिर्वाद थापे काकी बहिनीहरु सहित घरमै आउनु भएकाले काकीको घर जाने बाध्यतै रहेन । दश दिन धरान बस्दा एक दिन घर बसें ११ औं दिन काठमाण्डौ आईपुगे ।
 अन्त्यमा यस अवधिमा युवा संघ कोशी सदस्य दिनेश राईको घरमा प्रनि मुकुन्द रिजाल, प्रनि प्रदिप सिंह, कमल भटराई, जसकुमार राई बिकास राई सहितको रमाईलो बसाई, व्यवसायी मित्र दिपक बनेपालीको घरको पारिवारिक स्वागत र बिकास भाईको घरबाट अन्तिम विदाई साच्चै रमाईलो भयो ।






मजदुरको पार्टीले मजदुरलाई बिस्र्यो


धरान । मजदुर किसानको पार्टी भएको दावी गर्ने नेकपा एमालेले दोस्रो संविधानसभा निर्वाचनमा मजदुरहरुलाई पाखा लगाएको मजदुरहरुले गुनासो गरेका छन् ।
     कोशी अञ्चलमा रहेको २२ वटा निर्वाचन क्षेत्रहरु मध्ये कुनै पनि निर्वाचन क्षेत्रमा मजदुरहरुलाई एमालेले उमेद्धवार बनाएनन् । नेतृत्वले एमाले सर्वहारा मजदुरहरुको पार्टी भने पनि व्यवहारमा त्यस्तो नदेखिएको नेपाल टे«ड युनियन महासंघ जिफन्ट कोशीका अध्यक्ष कुलवहादुर खत्रीले बताए ।
   मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा पुजन निरौलाको नाम शिफारिस भएको छ तर महिलालाई ३३ प्रतिशत प्रतिनिधित्व पुर्याउन अनिवार्य महिला राखिनु पर्ने बाध्यताले मात्र हो अध्यक्ष खत्रीले भने । मजदुर तथा भूमिहिन सुकुम्बासीहरुको मत निर्णायक हुने भएपनि मजदुरहरुलाई  पार्टीले व्यवास्ता गरेको पाईयो उनले भने ।
   जित्ने सम्भावना भएका मजदुर नेताहरुलाई समेत पार्टीले पाखा लगाएर समानुपातिक तर्फ मात्र नाम शिफारिस गरेको छ । समानुपातिक तर्फ भने सुनसरीबाट भीम राई ज्वाला, ओम कोईराला, रमेश विष्ठ, अमला श्रेष्ठ, भूमिनारायण चौधरी, हरी राई तथा लामो समय मजदुर आन्दोलनमा लागेका नेपाल यातायात मजदुर संगठनका पूर्व केन्द्रीय अध्यक्ष मोतीराज सुनुवार लगायतको नाम शिफारिस भएको छ ।
    त्यस्तै मोरङबाट धर्मानन्द संजेल, कुलवहादुर खत्री, मुरारी भटराई, अरुणा थापा, खडानन्द रिजाल, मनोज मगर लगायतको नाम सिफारिस भएको छ त्यस्तै संखुवासभाबाट सिता दाहालको नाम शिफारिस भएको छ ।
     त्यसैगरी झापा जिल्लाबाट राजिव घिमिरे, सन्त राई, सुकमति देवान, विमला बिक, श्रीमननारायण पौडेल, गोलसिंह ताजपुरीया र खगमायां गजुरेल लगायतको नाम समानुपातिक तर्फ शिफासि भएको छ ।
   त्यस्तै सप्तरीका कृषि मजदुर बिन्दी रामको समानुपातीक  र उदयपुर २ नम्बर क्षेत्रबाट पत्यक्ष तर्फ महिलाकोटामा मायां भण्डारीको नाम शिफारिस भएको नेपाल टेड युनियन महासंघ सगरमाथा अध्यक्ष त्रिविक्रम ज्ञवालीले बताए । उनले भने पार्टीप्रति हामी प्रतिबद्ध छौ तर मजदुर संगठनमा गरेको कामलाई पनि पार्टी काम हो भन्ने हिसावले पार्टीले मुल्याङन गर्न नसकेको हो की भन्ने हामीले अनुभूत गरेका छौं ।
    त्यस्तै लामो मजदुर राजनीति गरेका जनकपुरका रामनरेश सिंहको नाम समेत समानुपातिक तर्फ मात्र शिफारिस गरेकोमा जिफन्टले गुनासो गरेको छ । नेकपा एमालेको जन संगठन तथा पार्टिको मजदुर फांटको काम गरिरहेको जिफन्टमा आबद्ध २९ बटा घटकबाट सदस्य बनेका करिव ४ लाख मजदुरहरुले देशैभरीबाट कतैबाटपनि प्रत्येक्षबाट उमेद्धवारी पाएका छैनन् ।
  एमालेले मजदुरहरुलाई हरेक क्षेत्रमा दश प्रतिशत मजदुरहरुको सहभागीता गराउने भने पनि क्षेत्रमा राम्रो प्रभाव भएका नेताहरुलाई समेत पार्टीले विभिन्न कारण देखाएर मजदुर नेताहरुलाई पाखा लगाएको मजदुर नेताहरुले बताएका छन् ।

बढ्यो निर्वाचनको सम्भावना



उमेद्धवारी दर्ता अशोज ७ र १० गते
धरान । मंसिर ४ गते हुने संविधानसभाको दोस्रो निर्वाचनका लागि निर्वाचन आयोगले बिहिबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगको क्रियाशिलतासंगै तोकिएकै समयमा निर्वाचन हुने सम्भावना प्रबल बन्दै गएको संकेत देखिएको छ ।
           निर्वाचन कार्यक्रम अन्तरगत प्रत्यÔतर्फको उम्मेदवारी दर्ता असोज १० गते र समानुपातिक निर्वाचनमा भाग लिने राजनीतिक दलहरुले असोज ७ गते मनोनयन दर्ता गर्ने समय तोकिएको छ ।
   निर्वाचन आयोगले बिहीबार स्वीकृत गरेको निर्वाचन कार्यक्रम अनुसार दलहरुले विहान १० बजेबाट ५ बजेसम्म निर्वाचन आयोगको कार्यालयमा उम्मेदवारी दर्ता गर्न सक्ने उल्लेखछ ।
              ८ गते दलहरुको नाम सार्वजनिक गरिनेछ भने ९ गते मनोनयन फिर्ता तथा १० गते अन्तिम नामावली प्रकाशन गर्ने र निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका छ । तालिका अनुसार असोज ११ गते राजनीतिक दलहरुले उम्मेदवारको बन्दसूची पेश गर्नु पर्नेछ । असोज ३१ गते उम्मेदवारको बन्दसूची सार्वजनिक गरिनेछ भने दावीविरोध फिर्ता लगायतको प्रक्रिया पूरा गरेपछि कात्तिक २३ गते अन्तिम नामावली प्रकाशन गरिनेछ ।

यसैगरी पहिलो हुने निवाचन प्रण्ाँली अर्थात प्रत्यÔतर्फका उम्मेदवारहरुको मनोनयनपत्र दर्ता असोज १० गते निर्वाचन अधिकृतको कार्यालय जिल्ला सदरमुकामहरुमा हुनेछ । जुन ११ गते मनोनयन पत्र दर्ताको सूची प्रकाशित हुनेछ भने १२ गते दावीविरोध, १३ गते जाचबुझ र १४ गते उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । यस्तै १५ गते उम्मेदवारको नाम फिर्ताको समय तोकिएको छ भने १६ गते अन्तिम नामावली प्रकाशित गरिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार प्रत्यÔतर्फका उम्मेदवारहरुलाई असोज १८ गते चुनाव चिन्ह प्रदान गरिनेछ ।
     निर्वाचन पक्रियास“ग असन्तुष्ट दलहµस“ग सरकारले छलफल गरिरहेका बेला निर्वाचन आयोगले चुनावी तालिका सार्वजनिक गरेपछि मंसिर ४ निर्वाचन हुने सम्भावना प्रवल देखिएको छ । एकातिर सरकारले निर्शत वार्तामा वोलाएको भन्दै बैद्य माओवादी वार्ताका लागि सकारात्मक देखिएको छ भने अर्कातर्फ आयोगले चुनावी कार्यक्रम सार्वजनिक गरेर निर्वाचन हुने सम्भावना बढाएको छ ।
  निर्वाचन कार्यक्रमले ततायो गठबन्धनलाई
धरान । निर्वाचन आयोगले निवाृचन कार्यक्रम सार्वजनिक गरे लगतै एमाओवादी अध्यÔ प्रचण्ड नेतृत्वको संघीय लोकतान्त्रिक गण्ँतान्त्रिक गठनबन्धनमा संलग्न दलहरुबीच आगामी चुनावमा तालमेलको प्रयास भएको छ ।
               गठवन्धनको बिहीबार बसेको बैठकले एकअर्का सहयोगी भएर अघि बढ्ने नीति पारित गरेको हो । गठवन्धनले चुनावमा साझा उम्मेदवार र घोÈण्ाँ पत्र बनाएर जाने प्रयास गरेकाछन् ।
    बैठकले संविधानसभाको निर्वाचनसम्म गठवन्धनलाई कायमै राख्ने निणर््ँय गरेको फोरम लोकतान्त्रिकका अध्यÔ विजयकुमार गच्छदारले जानकारी दिनुभयो । मंसिर ४ को निर्वाचन सफल पार्न गठवन्धनको औचित्य अरु बढेको नेताहरुको ठहर छ । बैठकले मंसिर ४ गतेको चुनावमा सहभागी हुने नेकपा–माओवादीसहितका दलहरुलाई आहृवान गरेको छ । तर गठबन्धन बैठकमा तराई मधेस लोकतान्त्रिक पार्टी र सदभावना पार्टीका नेताहरु उपस्थित भएनन् । मधेसी गठबन्धनभित्रै पनि विजयकुमार गच्छदारस“ग अन्य दलका नेताहरुको अन्तरविरोध बढ्न थालेको अवस्थामा दुई दलको अनुपस्थितलाई अर्थपूणर््ँरुपमा लिन सकिन्छ ।

आगामी चुनावमा एमाओवादी र मधेसी मोर्चावीच साझा घोÈण्ाँपत्र र साझा उमेद्वारको चर्चा चलाइए पनि मधेसी दलहरुकै वीचमा पनि साझा उमेदवारीको सम्भावना कमजोर हु“दै गएको यसले देखाएको छ ।
डा. बाबुराम भट्टराई नेतृत्वको सरकार निर्माण्ँस“गै एमाओवादीको नेतृत्वमा गठनभएको मधेसी– माओवादी मोर्चामा करिब डेढ दर्जन साना दलहरुसमेत सहभागी छन् । एमाओवादी अध्यÔ प्रचण्डले यो मोर्चालाई निर्वाचनपछिसम्म दीर्घकालीनरुपमा निरन्तरता दिनुपर्ने आए पनि एमाओवादी र मधेसी दलहरु मधेसको जनमतलाई कसरी आङ्खनो पÔमा पार्ने भन्ने विभिन्न दाउपेचमा लाग्दा गठबन्धन कमजोर बन्दै गएको छ ।
मधेसमा एमाओवादीले एक्लै आङ्खनो वर्चश्व कायम गर्ने रण्ँनीति लिएको छ भने मधेसी मोर्चामा रहेर पनि एक हुन नसकेका मधेसी दलहरु एमाओवादीको साटो आफैं श्रेष्ठ हुने उपायको खोजीमा छन् । यही दोहोरो दाउपेचका कारण्ँ गठबन्धनले साझा घोÈण्ाँपत्र र साझा उमेद्वार उठाउने भन्ने प्रचण्डको प्रस्ताव कार्यान्वयन नहुने अवस्था देखिएको छ । यद्यपि उनीहरुले कांग्रेस र एमालेलाई काउन्टर गर्नका लागि चुनावी तालमेलको रण्ँनीति अपनाएको अनुमान लगाउन सकिन्छ ।

उता साझा उमेदवार उठाउ“दा गठबन्धनमा रहेका रुक्मिण्ँी चौधरी लगायतका नाममात्रैका साना दलका नेतालाई पनि प्रत्यÔतर्फृको सीट बा“ड्नुपर्ने भएकाले साझा उमेद्वारको साटो तालमेलमात्रै गर्नेमा एमाओवादी नेताहरुले चासो दिएको बुझिएको छ ।
            सवै दललाई सहभागी गराऊ ः राष्टपति
राष्ट्रपति डा. रामबरण्ँ यादबले संविधानसभा निर्वाचनमा कुनै पनि दल छुट्न नहुने बताउनुभएको छ । एमाओवादीका अध्यÔ प्रचण्डलाई बिहीवार शीतल निवासमा भेट्दै सम्पूणर््ँ दललाई चुनावमा सहभागी गराउने पहल गर्न आग्रह गर्नुभएको हो ।
     निर्वाचनको विपÔमा रहेका दलहरुस“ग वार्ता गरी निर्वाचनमा सहभागी हुने वातावरण्ँ बनाउन पनि आग्रह गर्नुभएको थियो ।

ईतिहासको अवसान

    
  २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्ने मध्येका बाकीरहेका एक मात्र जीवित नरबहादुर कर्माचार्यको बुधबार विहान निधन भएपछि अब नेपाली कम्युनिष्ट आन्दोलनका जिवित ईतिहासको समेत अवसान भएको छ  ।
       पुष्पलालको नेतृत्वमा नारायण्ँविलास जोशी र निरञ्जन गोविन्द वैद्य र नरवहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठ मिलेर कलकत्ताको श्याम बजारमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । कर्माचार्य जीवनको अन्तिम Ôण्ँसम्म पनि पार्टी, क्रान्ति र परिवर्तनको निम्ति चिन्तित र सक्रिय भैरहनुभयो । पार्टी र क्रान्तिकै हितलाई अघि बढाउने क्रममा आजीवन अविवाहित रहनुभयो ।
    विक्रम सम्बत १९८१ साल कात्तिक १४ गते भाइटीकाका दिन बुबा चन्द्रबहादुर कर्माचार्य र आमा कुमारी कर्माचार्यको कोखबाट जन्मनुभएका कर्माचार्य जीवनको उत्तरार्धमा पनि अत्यन्त सक्रिय हुनुहुन्थ्यो । ८९ वर्Èको उमेरमा काठमाडौंको मोडल अस्पतालमा कर्माचार्यको निधन भएको हो । कम्युनिष्ट पार्टीको स्थापना हुनुभन्दा पहिले उहा“ २००५ सालदेखि प्रजातन्त्र संघमा संलग्न भएर राण्ाँ विरोधी आन्दोलन र मजदुर आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो । यो क्रममा उहा“ जेल पर्नुका साथै निर्वासन हुनुभएको थियो ।
      उहा“ले त्यतिबेला राष्ट्रिय कांग्रेसका नेताहरुलाई मिलाउन भुमिका पनि खेल्नुभयो । उनीहरुबाट देश र जनताको पÔमा केही नहुने रहेछ भन्ने निष्कर्Èमा पुगेर अर्को क्रान्तिकारी पार्टी निर्माण्ँमा लाग्नुभएका कर्माचार्यलाई चिनिया“ क्रान्ति र भारतको तेलङगाना किसान विद्रोहबाट प्रेरित हुनुहुन्थ्यो ।
कम्युनिष्ट पार्टीको गठन पश्चात उहा“ मजदुर संगठनका पनि संस्थापक अध्यÔ हुनुभयो । उहा“ पार्टीले सञ्चालन गरेका विभिन्न राजनीतिक आन्दोलनहरुमा सक्रियतापूर्वक लाग्दै २०१६ सालमा ललितपुर नगरपालिकाको मेयरमा निर्वाचित भएर जिम्मेवारी सम्हाल्नु भयो । उहा“ २०१९ सालमा तेस्रो महाधिवेशनबाट पार्टी केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो ।
त्यसपछि पार्टी फुट र विभाजनको श्रृंखला सुरु भएपछि उहा“ लगायत केही साथीहरु स्वतन्त्र भएर कम्युनिष्ट आन्दोलनमा सक्रिय भइरहनुभयो । उहा“ले विभाजित समूहहरुलाई एकीकृत बनाउन निरन्तर पहल र प्रयत्न गरिरहनुभयो । यही क्रममा चौथो महाधिवेशनमा एकताबध भएर केन्द्रीय सदस्य हुनुभयो । एकता केन्द्र निर्माण्ँ हु“दा उहा“ एकता केन्द्र तदर्थ समितिको अध्यÔ समेत हुनुभयो वहां क्यान्सर रोगबाट पीडित कर्माचार्य केही दिनदेखि उपचारत हुनुहुन्थ्यो वहाको २०७० साल ९ गते बुधबार निधन भएको छ  उहांको निधनसंगै नेपाली कम्युनिष्ट आन्दोलनको एउटा जिवित ईतिहासकोपनि साथसाथै निधन भएको छ ।

बिग्रेको बानी के सुध्रेला र ?



........भीमज्वाला राई  ........
..........................................
भर्खरै सरकारले सार्वजनिक गरेको बार्षिक बजेटमा सवैभन्दा राहत निजामति कर्मचारीले पाए राष्ट्रसेवक कर्मचारीको १८ प्रतिशत तलवमा वृद्धि गरीदियो भने मासिक भत्ता १ हजार थपीदियो । जनताको सेवक भएका नाताले २०७०÷०७१ को बजेटका सम्बन्धमा देशभरीबाट र सवै क्षेत्रबाट विरोधका पर्रा फुटे सञ्चारमाध्यमहरुमा सरकारी बजेटको सर्वत्र विरोध भयो । आ आफ्ना क्षेत्र, स्थान, वर्ग, समुदाय तथा विविध विषयमा जनताका आवाज बजेटमाथी वर्षियो तर कर्मचारीलाई वृद्धि गरेको तलव र भत्ताका सम्बन्धमा कसैलेपनि आवाज उठाएका थिएनन् ।
      बजेटका अन्य विषयहरुमा विरोध भईरहदापनि कर्मचारीको तलव र भत्ताका सम्बन्धमा किन आवाज नउठेका होलान् ? यो प्रश्नका पछाडी दुईबटा टिप्पणीहरु आएका थिए पहिलो टिप्पणी थियो कर्मचारीहरुले सरकार सञ्चालन गरेकाले कर्मचारीहरुलाई काखी च्यापेको हो यो सरकारले भन्ने थियो दोस्रो भने राष्ट्रसेवक कर्मचारीहरुलाई दिईने तलव तथा अन्य सुविधामा विचार पु¥याएर तलव तथा भत्ता सुविधाहरु थप गर्न सकिएको खण्डमा कर्मचारीले जनतालाई दिने सेवा छिटो छरितो हुन्छ र भ्रष्टाचार निर्मुल हुनेछ भन्ने थियो तर जनताले सोचेंजस्तो सेवा कर्मचारीबाट हुन सकेन ।
    बजेट कार्यक्रमको घोषणापछि कर्मचारीहरुप्रति जनताको बुझाई र कर्मचारीहरुले दिने जनसेवालाई तुलना गर्न बुधबार ईलाका प्रशासन कार्यालय धरान पुगेका थियौं । त्यहा पुग्दा थाहा भयो तलव वृद्धि भएपनि, भत्ता थपिएपनि जनताका सेवक कर्मचारीहरुमा नयां उत्साह थप भएको छैन भन्ने । ईलाका प्रशासन जस्तो जनताका दैनिक तथा अत्यावश्यक कामसंग जोडिएको कार्यालयका प्रमुख पशुपति खतिवडा १ घण्टा ढिलोगरी ११ वजे मात्र कार्यालयमा उपस्थित भए दश बजे पुगेका हामी उनको खाली कुर्सी कुरेर बस्न बाध्य भयौं । त्यो वेलासम्म कार्यालयमा सेवाग्राहीहरुको लाम लागीसकेको थियो । कार्यालय रहेकै भवनको क्वाटरमा रहेका  प्रमुख खतिवडा भने कर्मचारीले बोलाएपछि मात्र बलैले उपस्थित भए ।
     ईलाकाका प्रमुख खतिवडा एउटा उदाहरण मात्र हुन् उनी आफै कार्यालय समयमा कार्यालय उपस्थित नभएपछि उनी मातहतका कर्मचारीहरुपनि त्यही पथमा थिए कार्यालय सहायक बाहेक अरु कोही पनि समयमा कुनै दिन कार्यालयमा उपस्थित नभएको उनै सहायकले बताईहाले । त्यती मात्र होईन साना तिना समस्यामा विभिन्न झमेला झिकेर सोझा सिधा जनतालाई दुख दिने घुमाउरो भाषामा पैसाको प्रस्ताव गर्ने प्रवृति अधिकांश कर्मचारीहरुको पुरानै सस्कार हो । तर सुविधा वृतिपछि कमसेकम ति व्यवहारहरु हट्नेछन् भन्ने अपेक्षा थियो । समय सिमा र अनुशासनलाई कमृचारीहरुले पालना गर्ने छन् भन्ने आम जनताको आशा र अपेक्षा फेरीपनि निराशामै सिमित भएको छ । 

गोरखा सैनिकहरुको स्मृतिमा स्मारक

   नेपाल र बेलायतको सहयोग लिन्नौस्यांग्जा फेदीखोला । युद्धमा मारिएका बृटिश गोरखा सैनिकहरुको स्मृतिमा गोरखा भूतपूर्व संनिक संघ गेसोले स्यांग्जा जिल्लाको फेदीखोला स्थित साल्मे डाडामा करिव दुई अर्ब लागतमा गोरखा स्मारक निर्माण गर्ने भएको छ ।
   आन्दोलनलाई नया रुप दिएको बताउदै आएको गेसोले स्मारक निर्माण थालनी गर्न बैशाख ५ गते बुधवार गोरखा स्मारक ट्रष्टको कार्यालय भवनको उद्धघाटन गरेको छ । बेलायती शासक र तत्कालिन राणा शासकहरुको स्वार्थकालागी नेपालका पहाडी तथा हिमाली क्षेत्रका आदिबासी जनजाती युवाहरुलाई जवरजस्ती बृटिश संनिकमा भर्ती गराएर प्रथम तथा दोस्रो विश्व युद्धमा प्रयोग गरेका थिए ।

कहां रोक्नु सवारी ? .............

धरान । धरान बस पार्कमा सधै जसो एकापसमा गलबज्जी परिरहने यातायात मजदुरहरु र ट्राफिक प्रहरीहरु बिहिवार एउटै हलमा बसेर दुर्घटनामा कमी ल्याउने उपाय, दुर्घटनाका कारणहरु र ट्राफिक नियमका विविध पक्षहरुवारे अन्तरकृया गरिरहेका थिए ।
       जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी निरिक्षक मुकुन्द रिजाल भन्दै थिए ट्राफिक नियमको पालना गर्नुस, सडक अतिक्रमण गरेर जहापायो त्यही सवारी नरोक्नुस, ओभर लोड नगर्नुस, मादक पदार्थ सेवन गरेर सवारी नचलाउनुस, सवारीको राम्रो मर्मत सम्हार गर्नुस, सवारीको हुडमा यात्रु नचढाउनुस, लापरवाही नगर्नुस, सवारी चलाईरहदा मोवाईलमा कुरा नगर्नुस । रिजालले  भन्नासाथ सहभागी चालक जगत बुढाथोकीले रिजाललाई प्रश्न गरिहाले सवारीको हुडमा जवरजस्ती चढ्ने यात्रुलाई रोक्ने हो भने हामीले कुटाई खानु पर्छ तर ति यात्रुहरु ट्र«ाफिक प्रहरीकै छेउमा  हुडमा चढ्ीरहदा तपाईहरुले किन कारवाही नगरेको ? ओभरलोड गरेको सवारीहरुलाई कारवाही गर्नुको सट्टा पैसा लिएर किन छाडेको ?

यस्ता छन् सम्भावित भिसीहरु

अस्पताल निर्देशक डा.बिपी दास


रेडियोलोजी विभाग प्रमुख डा.राजकुमार रौनियार

भीमज्वाला राई
      धरान । बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकसलपति (भिसी) का सम्भावित चार वरिष्ठ चिकित्सकहरु कोहीपनि दोष मुक्त छैनन् । उनीहरु प्रतिष्ठानमा कार्यरत रहेकै अवस्थामा उनीहरुले राम्रा गुणहरुपनि आर्जन गरेका छन् र कुनै न कुनै आरोपहरुपनि खेपेका छन् ।
 मेडिसिन विभाग प्रमुख डा.प्रहलाद कार्की
    भिसीको दौडमा सवैभन्दा तेज रहेका रेडियोलोजी विभागका प्रमुख दुहवी सुनसरी राजकुमार रौनियारले राष्टिय तथा अन्तराष्टिय पुरस्कारहरु पाएका राम्रा चिकित्सक हुन् उनले प्रतिष्ठान छाडेर बाहीर काम गर्न गएका थिएभने करोडौ कमाउन सक्थे तर उनले त्यसो गरेनन् र उनी स्पष्ट वक्तापनि हुन् त्यतिहुदाहुदैपनि भिसीको दौडमा उनले स्वास्थ्य मन्त्रीसंग आर्थिक चलखेल गर्नसम्मपछि नपरेको उनीमाथि आरोप लगाउछन् भुक्तभोगीहरु ।
     बैचारिकरुपमा अस्थिर रौनियार अहिले सदभावना पार्टीको कार्यकर्ता रहेको बताउने गरेपनि उनी हालपनि प्रतिष्ठान भित्र भने माओवादी निकट संगठनको सल्लाहकार रहेको स्रोतले बताएको छ । समय अनुसार चल्दै काचुली फेर्दै रंग बदल्न सक्ने रौनियार कर्मचारीसं सम्न्वय गर्न नसक्ने, प्रशासनिक अनुभव नभएका र प्रतिष्ठानको समस्यामा ढाड फर्काएर हिड्ने व्यक्तिकारुपमा उनको छवी रहेको स्रोतको दावी छ उनी आर्थिक अनियमितताको मुद्धावाटपनि मुक्त नभएको बताईन्छ ।

को बन्लान् बिपीको उपकुलपति ? ...पदकालागी करोडौंको चलखेल

भीमज्वाला राई
धरान । बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति पूर्णचन्द्र कर्माचार्यको  कार्यकाल पुस ३ गते सकिदैछ तर नयां उपकुलपति को हुन् भन्ने अझै टुंगो लाग्न सकेको छैन ।  सो स्थानको दावी गर्दै प्रतिष्ठानका ६ जना प्रतिष्पर्धिहरुले गतिविधिलाई तिब्र बनाएका छन् ।
       नेपालकै प्रतिष्ठित मानिएको बिपी प्रतिष्ठानको नयां उपकुलपतिको होडमा राजकुमार रौनियार, बिएन यादव, सीवी झा, प्रल्हाद कार्की, सिएस अग्रवाल र बलभद्रप्रसाद(बिपी) दास दौडधुपमा लागेका छन् ।
    पांच वर्षे उपकुलपतिको नियूक्तिको व्यवस्था बिपी कोईराला स्वस्थ्य विज्ञान प्रतिष्ठान ऐनले व्यवस्था गरेको छ । ऐन अनुसार स्वास्थ्य मन्त्री अध्यक्ष रहने तिन सदस्यीय उपकुलपतिले सर्च कमिटीले उपकुलपतिका योग्य मानिएका तिन जनाको नाम प्रधानमन्त्रीलाई शिफारिस गरेपछि प्रधानमन्त्रीले एकजनालाई उपकुलपतिमा नियूक्त गर्ने वैधानिक व्यवस्था भएपनि कार्यकाल सकिन अव मात्र १२ दिन मात्र बाकी हुदासम्म सम्भावित उपकुलपतिको नाम प्रधानमन्त्री बाबुराम भट्टराई समक्ष सर्च कमिटीले पठाउन सकेको छैन ।