साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

मजदुरलाई सहयोग

क्षयरोग पीडित यातायात मजदुर कुमार जोगीलाई उपचार सहयोग स्वरुप २० हजार ९५ रुपैया सहयोग प्रदान गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव भीमज्वाला राई ।

आकासबाट देखिएको विराटनगरको दृष्य

पछिल्लो समय बिराटनगर विकासको तिव्र गतीतर्फ अग्रसर बन्दै गईरहेको छ

सुन्दर भेडेटार

धनकुटा र सुनसरीको संगमस्थल पर्यटकीयस्थल भेडेटारको दृष्य

विद्यार्थीलाई सम्मान

प्रवेशिका पक्षिामा सर्वोकृष्ट अंक ल्याउने यातायात मजदुरका छोराछोरीहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान ईकाईले सम्मान गर्दै

Pages

थिचोमिचोको एउटा उदाहरण ी

पूर्वी नाका काकडभीट्टास्थित नेपाली भूभागमा भारतीय शहर सिक्कीम, ग्यान्टोक, दार्जिलिङ लगायतका स्थान जान यात्रुको प्रतिक्षामा रहेका लामबद्ध सवारी साधनहरु तस्विर ः कल्पना तुम्रोक

ईतिहास

बिक्रम सम्बत १९७३ मा पहिलो पटक मान्छेमाथी चढेर नेपाल भित्रीएको सवारी, राणा शासकहरुले बेलायतबाट भारत हुदै नेपाल ल्याएको यो सवारी भीमफेदीको बाटो हुदैं काठमाण्डौ भित्र्याएको थियो ।

बाल श्रम उन्मुलन नारा मात्रै

धरान १३ स्थित सर्दु खोला नजिकको सुकुम्बासी वस्तीका एक बालक अभिभावकलाई गिट्टी कुट्न सघाउदै फोटो ः सोहन श्रेष्ठ

सुन्पारी पुग्ने विकल्प ।

भोजपुर र धनकुटाको सिमाना लेगुवा स्थित अरुण नदीमा फेरीको माध्यमबाट सवारी तथा यात्रुहरु आरपार गर्दै, अरुण नदीमा पुल नबन्दा वर्षौदेखि दुर्गम पहाडबासी यसरी नै दुखका साथ नदी तर्दै आउने गरेका छन्

माझी दाई पोखरा फेवा तालको #2380;

पोखरास्थित फेवा तालमा माछा मार्न जाल मिलाउदै डुंगामा एक माझी तस्बिर .ज्वाला

Showing posts with label विचार. Show all posts
Showing posts with label विचार. Show all posts

जथाभावी सडक पार गरे कारबाही


प्रहरी नियन्त्रणमा लिएर दुई सय जरिवाना गर्ने तयारी

भीमज्वाला राई

    जथाभावी सडक पार गर्ने पैदल यात्रुलाई जेठ पहिलो हप्तादेखि नियन्त्रणमा लिएर जरिवाना गर्ने योजना महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआईजी मिङमार लामाले बनाएका छन् । फागुनदेखि महाशाखा सम्हाल्न आएका डिआईजी लामाको यो महत्वपूर्ण दोस्रो अभियान हो । यसअघि उनले उपत्यकामा चल्ने सवारीसाधनमा हर्न निषेध अभियान ल्याएका थिए जो सफल पनि भईरहेको छ । 
   जेब्राक्रसिङ्ग, ओभर हेड ब्रीज(आकाशेपुल) सब वे (सहायक बाटो) फुटपाथ(पैदल यात्रु हिड्ने बाटो) प्रयोग नगर्ने  जतापायो त्यतैबाट सडक पार गर्नेहरुलाई नियन्त्रणमा लिई जरिवाना गर्ने योजना बनाएको महाशाखाले । यही योजना अनुरुप यसलाई आउदो जेठ पहिलो साताबाट कार्यान्वयन गर्ने ध्याउन्नमा डिआईजी लामा सरोकारवाला सबैसंग हातेमालो पनि गरिरहेका छन् ।
के छ कानुनमा ?
डिआईजी लामाको यो अभियान नौलो भने होईन सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १३६ र दफा १३७ मा यसको व्यवस्था छ । दफा १३६ मा पेटीबाट हिड्नु पर्ने    भन्ने व्यवस्था छ जसमा भनिएको छ मानिस हिड्ने पेटी भएको सडकमा मानिसहरु सो पेटीबाट नै हिड्नु पर्दछ, पेटी नभएको सडकमा हिड्दा सो सडकको किनारा च्यापी हिड्नु पर्दछ भन्ने उल्लेख छ ।
 त्यस्तै ऐनको दफा १३७ मा निर्धारित ठांउबाट बाटो काट्नु पर्ने ः उल्लेख छ त्यसमा भनिएको छ  पैदल हिड्ने मानिसलेबाटो काट्नु पर्दा जेब्रा क्रसिङ्ग, ओभर हेड ब्रिज, सब वे वा त्यस्तो बाटो काट्नको लागि निर्धारण गरिएको ठांउबाटा मात्र काट्नु पर्दछ भनिएको छ । 
यदी ऐनको दफा उलंघन गरिए दुई सयसम्म जरिवाना हुने ऐनमा व्यवस्था रहेको छ । 
नयां कुरा होईन ऐनमा भएको दफाहरुलाई ऐन बनेको २५ वर्षपछि कार्यान्वयन मात्र गर्न खोजिएको हो यदी ऐन उलंघन भए पक्राउगरी निश्चित समयसम्म प्रहरी नियन्त्रणमा लिई जरिवाना गरिनेछ डिआईजी लामाले भने ।


कार्यान्वयन होला त ?
तथ्याङ्क अनुसार सडक दुर्घटना ज्यान गुमाउनेहरु मध्ये ४० प्रतिशत ज्यान गुमाउनेहरु पैदल यात्रुहरु रहेका छन् त्यस्तै ४३ प्रतिशत दुई पाङग्रे सवारी चालकहरु रहेको पनि डिआईजी लामाले जानकारी गराए । यदी सडक दुर्घटनालाई घटाउने हो भने पैदल यात्रुहरुलाई सडकमा जथाभावी बाटो काट्ने गलत परम्परालाई अन्त्य गर्नु पर्दछ लामाले भने । उनले भने अप्ठ्यारो अवस्य छ चुनौति पनि त्यतिकै छ तर कार्यान्वयन गर्ने हिम्मत सबैले गर्नुपर्छ । 
हरेक काममा चुनौतिहरु हुन्छन् जसरी हर्न निषेध गर्दा सुरुमा सबैले शंका गरेका थिए धेरै व्यङग्यहरुपनि भए तर अहिले सडक शान्त बन्दैछ सबैले हर्न निषेधलाई साथ दिईरहनु भएको छ । यो पनि त्यस्तै हो सुरुमा ट्राफिक प्रहरीसंग रिसाउलान् तर पछि यसले जनताको ज्यान सुरक्षित हुन थालेपछि सबैले थाहा पाउनेछन् लामाले भने ।
सरोकारवालाहरुसंग हातेमालो गर्दै ट्राफिक 
चुनाव अघिनै सर्वसाधारणलाई सडकमा उभिएर कारवाही हुनेबारे र जथाभावी सडक पार नगर्न सचेत गराईने छ यसकालागि ट्राफिक प्रहरीसंगै सडकमा यातायात मजदुरहरु, व्यवसायीहरु, उपत्यकामा रहेका २९ वटा प्रहरी सामुदायिक सेवा केन्द्रहरु, कलाकारहरु, मोडलहरु, स्काउटहरु अभियानका रुपमा परिचालन गर्ने र अन्य संघसस्थाहरुसंग पनि महाशाखाले परामर्श गरिरहेको छ । 
यसकालागि बैशाख २४ गते सुनधारबाट अभियान प्रारम्भ गर्ने चक्रपथभित्रका विभिन्न सडकहरुमा समुह बनाएर विहान ९ वजेदेखि ११ वजेसम्म र अपरान्ह ४ वजेदेखि ६ वजेसम्म सर्वसाधारणमाझ पुगेर सचेत गराईने तयारी गरेको छ । 
हामी चाहान्छौं कसैलाईपनि पक्राउ गरेर नियन्त्रणमा लिएर जरिवाना गराउन नपरोस त्यही भएर सुरुमा सम्झाउछौं डिआईजी लामाले भने ।
  सडकमा खट्ने जनशक्तिका लागि महाशाखाले मंगलबार यातायात मजदुर सम्बध संगठनहरु र यातायात व्यवसायीका प्रतिनिधिहरुसंग छलफल गरेको छ । अन्य संघसस्थासंगपनि परामर्श र छलफल निरन्तर भईरहेको महाशाखाले जनाएको छ ।
समस्या पूर्वाधारको 
पूर्वाधारको पर्याप्तता अभियानको चुनौति हो । जथाभावी बाटो काट्नेलाई कारवाही भन्नेवित्तिकै सबैतिर र आवश्यक्ता अनुसार जेब्रा क्रसिङ, आकासे पुल, पैदल यात्रु हिड्ने बाटो, सहायक बाटोहरु र ट्राफिक संकेत चिन्हरु जरुरी छ । त्यसको अभावमा कारवाहीले प्रतिशोध उत्पन्न हुनसक्छ । महाशाखाका प्रमुख लामा भन्छन् त्यसको व्यवस्था १५ दिनभित्र हुन्छ । हामीले सडक विभाग, महानगरपालीकाहरु, यातायात व्यवस्था विभाग र सरकारी सरोकारवाला निकायहरुसंगपनि उत्तिकै छलफल र तयारी गरेकाछौं । अन्तराष्ट्रिय मापदण्ड अनुसारको, पर्याप्त नहोला त्यसमा हाम्रो देशको सन्दर्भमा बुझनु पर्छ तर अलिकति मेहनत गर्नुको सट्टा सडक अनुशासनलाई नै वेवास्ता गरि अराजक तरिकाले सडक प्रयोग गर्ने अधिकार कसैलाई हुदैन लामाले भने ।
यतापनि ध्यान जाओस 
महानगरिय ट्राफिक प्रहरी महाशाखाले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १३६ र १३७ लाई छैठौं पटक ऐन संशोधन भएपछि कार्यान्वयन गर्दैछ । यो खुशीको कुरा हो साथसाथै ऐनको दफा १३८ तर्फपनि ध्यान जान जरुरी छ । जहां पाल्तु पशुपन्छी छाड्न नहुने ः भन्ने व्यवस्था छ ऐनको दफाले भन्छ सवारी चलाउन वा मानिस हिड्नलाई बाधा पर्ने गरी कुनैपनि घर पालुवा पशुपन्छी सार्वजनिक स्थानमा छाड्न हुदैन भनेको छ । तर अरु स्थानको त कुरा छाडौं राजधानीकै व्यस्त चोकहरुमा खुलेआम चौपायाहरु छाडाछाडिएका छन् सडक पशुपन्छीको खर्क झै हुंदा पनि त्यसका धनिलाई कारवाही हुने गरेको छैन ।
  
अन्त्यमा ः 
यस अघि सडक दुर्घटना हुंदा पैदल यात्रुको वा अरु सडक प्रयोगकर्ताको जतिसुकै दोष हुनेगरेको भएपनि यातायात मजदुरहरुलाई दोष लगाउने र अरुले उन्मुक्ति पाउने गलत परम्परा थियो यो अभियानले यसलाई अन्त्य गर्नेछ । सडक दुर्घटना सडकप्रयोग गर्नेहरु दुई वा दुईभन्दा बढी पक्षहरुको कमजोरी अथवा नियम उलंघनका कारणबाट हुने घटना हो । यसबाट कोहीपनि उम्कन पाउदैन के मात्रै फरक हो भने दोषको मात्रा कसको कती भन्ने मात्रै हो । यो अभियान सडक सभ्यता निर्माण गर्ने, सुन्दर समाज निर्माण गर्ने र दुर्घटनाबाट अकालमा ज्यान जाने अवस्थाको अन्त्य गर्दै सबैलाई सचेत र जिम्मेवार नागरिक बनाउने विषयसंग जोडिएको छ सबैको साथ जरुरी छ । सबैले हातेमालो गरेर लाग्यौं भने गर्न नसकिने केही छैन ।
भीमज्वाला राई

यातायात नीति र श्रमिकको समृद्धिका कालागि एक प्रस्ताव



भीमज्वाला राई

१. विषय प्रवेस ः
    यातायात श्रमिक र यातायातका साधनहरु देशविकासका लागि नभई नहुने आधारभूत विषय भएपनि उचित व्यवस्थापन, पूर्वाधारको विकासमा विवेक पु¥याउन नसक्दा जटील बन्दै गईरहेकोछ । यातायात श्रमिकको अहोरात्र श्रम र सेवाले मेचीदेखि  महाकालीसम्म र हिमाल, पहाड तराईसम्म रक्तसञ्चारको काम गरेकोछ । तिनै रक्तसञ्चारको काम गर्ने यातायात श्रमिकहरु चौतर्फि आलोचनाका पात्र बनेका छन्, सबैको आंखाको तारो बनेका छन् । श्रमिक र सेवाप्रति जनआक्रोस बढिरहेकोछ, यातायात क्षेत्र समस्याग्रस्त क्षेत्र बनेकोछ, श्रमिक पेशाबाट विस्थापित बन्दै गईरहेका छन् । समस्याहरुको पहिचान, समाधानका खोजी र व्यवहारिक प्रयोगको माध्यमबाट सुधार गर्दै यातायात क्षेत्रलाई व्यवस्थित बनाउदै श्रमिकहरुलाई समृद्ध र सम्मानित नागरिक बनाउन कजरुरी छ .

२. पृष्ठभूमि ः
राणा प्रधानमन्त्री चन्द्र समशेरको समयमा बिक्रम सम्बत १९७३ सालमा पहिलो पटक मान्छेले बोकेर सवारीसाधन काठमाण्डौं (नेपाल) भित्रिएको ईतिहास पाईन्छ तर बि.स. १९९३ सालमा मात्रै व्यवसायीक रुपमा यातायात श्रमिकको सुरुवात भएको पाईन्छ । 
बि.स.१९९८ सालमा ″डङाईभर युनियन” गठन हुनुले नेपालका  यातायात श्रमिक संगठन निर्माणमा अग्रणी देखिन्छ । २००३ साल फागुन २० गते बिराटनगरको रघुपति जुटमिलबाट सुरु भएको नेपालको पहिलो मजदुर आन्दोलनको जगमा राणा विरोधी आन्दोलनका बेला ट्याक्टरलाई टेंक बनाउने मेकानिक्स पंचानन्द दास र त्यही टेंक चलाएर राणा बडाहाकिमको घरको पर्खाल भत्काउने चालक गोरमणी सिंह पनि यातायात मजदुर थिए भन्दा नेपाली यातायात मजदुरहरु गर्व अनुभूत गर्दछौं ।
उपत्यका बाहिर पहिलो पटक २००८ साल जेठ १५ गते कम्युनिष्ट पार्टीका सस्थापक महासचिव पुष्पलालको उपस्थितिमा विराटनगरको दधिराम पोखरी छेउमा बैकुण्ठमंगल जोशीको अध्यक्ष्यतामा ″मोर³ यातायात मजदुर युनियन” गठनको ईतिहास पाईन्छ ।
२०१७ साल पुस १ गतेको राजा महेन्द्रले निरंकुश पञ्चायती व्यवस्थाको घोषणा गरि राजनीतिक पार्टी तथा संगठन स्वतन्त्रतामाथी बन्देज लगाए । संगठनहरुमाथी प्रतिबन्ध लगाएकै समय अग्रज यातायात श्रमिकहरुले २०३६ साल असार ९ गते सुनसरी जिल्लाको पानीपिया जंगलमा भूमिगत रुपमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन नेपालको स्थापना गरे । हाल यो संगठनको दांजोमा यातायात श्रमिकसंग सम्बन्धीत कुनै पनि संगठन पुरानो पाईदैन यो संगठन देशकै यातायात श्रमिकहरुको जेठो र शक्तिशाली संगठन हो । देशभरी जंहा जंहा यातायात श्रमिकहरु पुगेकाछन् त्यहां त्यहां हाम्रो संगठन पुगेकोछ । १३ वटा अञ्चल कमिटीहरु (कर्णाली बाहेक) छन्, २४ वटा जिल्ला कमिटीहरु र बांकी ईकाई कमिटीहरु गरी जम्मा २ सय ३२ वटा कमिटीहरु क्रियाशिल रहेका छन् कमिटीहरु थपिने क्रम जारीछ ।  


३. के हो र किन नीति सम्मेलन ? 
हामीले एकमुष्ट यातायात श्रमिकहरुको हक, हित र अधिकारको कुरा गर्दै आईरहेको भएपनि होलसेलमा यो आन्दोलन पुरा हुदैन भन्ने ठान्यौं । यातायात क्षेत्रमा फरक फरक प्रकृतिका सवारी साधनहरु छन् । सवारीको प्रकृतिका आधारमा श्रमिकहरुको समस्यालाई पनि फरक ढंगले छुट्याएर हेर्नुपर्छ भन्ने ठान्यौं । पेशा चालक नै भएपनि एउटा ट्याक्सी चलाउने र बस चलाउने चालकहरु बीचको समस्या फरक छन्, बुकिङ्ग श्रमिक र सह चालकको समस्यामा भिन्नता पाईन्छ । यही विविधतालाई मध्यनजर गर्दै २०७० साल पुस २२ देखि २४ सम्म काठमाण्डौंमा सम्पन्न संगठनको नबौं राष्टिङय अधिवेशनले समग्र यातायात क्षेत्रलाई चार भागमा विभाजन गरेर फरक नीति सम्मेलनहरु मार्फत समस्याहरुको पहिचान र समाधानका उपायहरु पहिल्याउदै दस्तावेज तयार गर्ने र सबै क्षेत्रको नीति सम्मेलनबाट आएका निष्कर्षलाई संक्षेपिकरणगरी दस्तावेज प्रकाशिन गरी राज्य समक्ष प्रस्तुत गरी दवाव सिर्जना गर्ने उदेश्यले निम्न क्षेत्रहरु विभाजन गरिएको छ । 
१) टेंकर क्षेत्र जसको नीति सम्मेलन २०७१ पुस २२ र २३ भत्तपुर बोडेमा सम्पन्न भएकोछ, 
२) टङक, ट्याक्टर, हेभी ईक्युपमेन्ट तथा ढुवानी क्षेत्र जसको नीति सम्मेलन २०७२ बैशाख ३ र ४ गते दाङ्गको घोराहीमा सम्पन्न भईसकेको छ । 
३) साना तथा मझौला सवारी क्षेत्र जसको नीति सम्मेलन २०७२ पुस २२ र २३ गते चितवन र गैडाकोटमा सम्पन्न भईसकेकोछ र  
४) बस, मिनीबस तथा बुकिङ्ग क्षेत्र जसको नीति सम्मेलन बुटवलमा गरिरहेकाछौं । आगामी बैशाखसम्म चारैवटा नीति सम्मेलनबाट निकालिएका निष्कर्षहरुलाई राष्टिङय नीति सम्मेलनमा विज्ञहरुको सहयोगमा संक्षेपिकरण गरेर दस्तावेज तयार गर्ने र सरकार समक्ष प्रस्तुत गर्ने तयारीमा रहेकाछौं ।

४. सवारीको तथ्यांङ्क र बस, मिनीबसको अबस्था ः

२०७१ ÷०७२ बैशाखसम्म दर्ता भएको सवारीको विवरण र बस, मिनीबसको विवरण 




२०७२ बैशाखसम्म नेपालमा यातायातको साधनहरुको संख्या १९ लाख ५७ हजार ८ सय ४९ पुगेकोछ । ति मध्ये बसको संख्या ३५ हजार ८ सय ४४ रहेको छ भने मिनिबसको संख्या १६ हजार ५ सय ४४ पुगेको छ ।
देशभरीका करिव ३ सय व्यवसायी संघहरु र अन्य तरिकाबाट कार्यरत बुकिङ्ग श्रमिकको संख्या करिव ३० हजार  रहेकोछ । 

५. देशभरी यातायात श्रमिक कति ?
सवारी दर्ताका आधारमा देशभरी यातायात श्रमिकहरुको विवरण 

त्र क्रस किसिम स सवारी संंख्या श्रमिक संख्या जम्मा श्रमिक
बस ३५८४४ १०७५३२ १०७५३२
मिनिबस, मिनि टङक १६५४४ ३३०८८ १४०६२०
क्रेन, डोजर, स्काभेटर, टङक ५६२५० ५६२५० १९६८७०
कार, जिप, भ्यान १६१०३५ १६१०३५ ३५७९०५
पिकअप २८९७९ २८९७९ ३८६८८४
माईक्रो बस ३६४० ७२८० ३९४१६४
टेम्पो ८७६६ ८७६६ ४०२९३०
ट्याक्टर, पावरटेलर १०१६३२ १०१६३२ ५०४५६२
बुकिङ्ग ३०००० ३०००० ५३४५६२
१० व्यवसायी संघका कर्मचारी ३०००० ३०००० ५६४५६२
११ ई रिक्सा १०००० १०००० ५७४५६२
१२ यातायात सम्बध अप्रत्यक्ष श्रमिक ५०००० ५०००० ६२४५६२
स्रोत ः भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
६. बस, मिनिबस र बुकिङ्ग श्रमिकको विवरण ।
२०७१ ÷०७२ को बैशाखसम्म दर्ता रहेको , मिनिबसको विवरणका आधारमा श्रमिक संख्या 
सवारी संख्या जम्मा क्रसं प्रकृति संख्या श्रमिक संख्या जम्मा श्रमिक संख्या
बस ३५८४४ ३५८४४ बस ३५८४४ १०७५३२ १०७५३२
मिनिबस १६५४४ ५२३८८ मिनिबस १६५४४ ३३०८८ १४०६२०
बुकिङ्ग ३०००० बुकिङ्ग ३०००० क्रस १७०६२०

७. हामी आफैलाई नियाल्दा ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन नेपालको शक्तिशाली संगठन, यातायात श्रमिक आन्दोलनको ईतिहासमा पुरानो संगठन हामीले यसै भन्दै आईरहेकाछौं । तर के कारणले शक्तिशाली ? 
      संगठन शक्तिशाली हुनका लागि निम्न आधार आवश्यक हुन्छ ।
क) ५० प्रतिशत बढी श्रमिक माझ पहुंच ।
जम्मा ६२४५६२ श्रमिक मध्ये हालसम्म पुगनपुग १ लाख १६ हजार यातायात श्रमिक संगठनको सदस्य बनेका छन् यो तथ्याङ्कले करिव १८.६० प्रतिशत श्रमिकमाझ मात्र संगठनको पहुंच देखिएको छ । 
संगठनको नबौं राष्टिङय अधिवेशनले दशौं अधिवेशन अर्थात ४ वर्षसम्म ३० हजार नयां सदस्य बनाउने, २५ हजार नविकरण गर्ने लक्ष्य राखिएको थियो । जम्मा ५५ हजार सदस्यता अध्यावधि गर्ने लक्ष्य रहेकोमा दुई वर्ष दुई महिना वितिसक्दा चैत्रसम्म १३ हजार ३ सय ७८ मात्र बनाउन सकिएकोछ करिव २ हजार सदस्य बृद्धि भएकोछ यस्तो अवस्थामा हामी कसरी शक्तिशाली भन्न सकिएला ? 
नीति सम्मेलनबाट फर्किएपछि अञ्चल, जिल्ला तथा ईकाई कमिटीहरुले आ आफ्ना क्षेत्रमा कामको योजना बनाएर सदस्यता विस्तार, नविकरण कमिटी गठन पुनर्गठनको कामलाई तिव्र बनाउन जरुरी छ । 
ख) कार्यथलोमा क्रियाशिल र जिवन्त कमिटीहरु ।
नेपालको कुनाकुना यातायातको साधन र श्रमिक पुगिसकेका छन् तर संगठन निर्माणको कामलाई पनि श्रमिकहरुसंगै लान सकिएको छैन । कर्णाली अञ्चलमा यातायातका साधन पुगेको यतिका वर्ष भईसक्दा पनि संगठन बनाउन सकिएको छैन । भएका केही अञ्चल कमिटी, जिल्ला कमिटी तथा ईकाई कमिटीहरु व्यवस्थित, क्रियाशिल र संगठन सञ्चालनको विधि अनुरुप जिवन्त चलेका छैनन् । बोर्ड, झण्डा र कार्यालय राखेर मात्र श्रमिक आन्दोलन हुदैन । नयां क्षेत्रहरुको खोजी गरी सदस्यता निर्माण, नविकरण, श्रमिकका समस्यामा क्रियाशिलता, राहतका कामका लागि परिचालन जरुरी छ । कतिपय निर्दोष चालक साथीहरु जेल पर्दा, प्रशासनले शोषण दमन गर्दा कमिटीहरु बेखवर हुने र जानकारी भएपनि वास्ता नगर्ने परिपाटीले संगठनको लोकप्रियता घट्दै गईरहेकोछ ।  
ग) राजनीतिक, बैचारिक रुपमा सचेत नेता, कार्यकर्ताहरु र परिचालन ।
जति धेरै सदस्य निर्माण गर्न सकियो त्यति धेरै नेता कार्यकर्ताहरु विकास हुदै जान्छन् जति धेरै नेता, कार्यकर्ताहरुको निर्माण भयो त्यतीनै धेरै आन्दोलन शक्तिशाली बन्दै जान्छन् । 
    हामीले विचार शुन्य र राजनीतिक चेतनाहिन जमात निर्माण गर्न खोजेका होईनौं । राजनीतिक चेतनाहिन र विचारशुन्य भिड जतिसुकै ठुलो सख्यामा भएपनि त्यो भिड अराजक भिड हुनेभएकाले त्यसबाट मुक्त हुनुपर्छ । सुझबुझयुक्त नेता कार्यकर्ताहरुको परिचालनले मात्र संगठनलाई उर्जाशिल र शक्तिशाली बनाउछ ।
घ) राजनीतिक पहुंच, नीतिगत रुपान्तरण र हस्तक्षेप ।
बहुसंख्यक श्रमिकमाझ संगठन विस्तार तथा परिचालन नगरी शक्ति निर्माण हुदैन शक्तिबीना राजनीतिक पहुंच बन्दैन, पहुंचबीना हस्तक्षेप गर्न सकिन्न, हस्तक्षेपबीना नीति निर्माण र रुपान्तरण सम्भव छैन । यि सम्पूर्ण कामका लागि ढिलासुस्ती नेता, औपचारिकतामा सिमित कमिटीबाट सम्भव हुदैन त्यस कारण देशव्यापी कमिटी सुद्धिकरण र नेतृत्व परिचालन अपरिहार्यछ ।
८.३६ वर्षसम्म हामीले के ग¥यौं ?
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन स्थापना भएको ३६ वर्ष पारगरिरहेकाछौं । संगठन स्वतन्त्रता नभएको राजतन्त्रात्मक पंञ्चायती व्यवस्थामा संगठन निर्माण गर्नु भनेको जिवन त्यागेर मृत्यु रोज्नु सरहको संकट थियो । त्यस्तो निरंकुश बेलामा संगठन निर्माणमा त्याग, समर्पण र एकता देखाउने हाम्रा अग्रजहरुलाई सदा सम्मानपूर्वक स्मरण गर्नु पदर्छ । 

  १३ सुत्रिय माग देखि २७ सुत्रियसम्म 
निरंकुशतन्त्रको समयमा समेत स्वतन्त्र संगठन गठन गर्न पाउनु पर्छ, चालकलाई हतकडी लगाउने र दुर्घटनाको क्षतिपूर्ति चालकलाई तिराउने प्रथाको अन्त्य, सवारी ऐन २०२० खारेजी लगायतका १३ सुत्रिय माग राखेर आन्दोलन गर्नु भनेको अरिङ्गलले खेदेपछि छाड्दैन भन्ने थाहाहुदाहुंदै अरिङ्गलको गोलामा ढुङ्गा हान्ने साहस यही नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले गरेका थिए । 
  त्यही आन्दोलनका कारण संगठनका सस्थापकहरु कमल बुढाथोकी, छविलाल लम्साल, रमेश बिष्ट लगायतका नेताहरु जेल जानु प¥यो, केही नेताहरु तत्कालिन प्रशासनको यातनाको शिकार बन्नु प¥यो । पञ्चायती दमन, संगठनको कार्यालयहरुमा छापा मार्ने र संगठन गतिविधिलाई निस्तेज बनाउने नेतृत्व किनबेचको सरकारी षडयन्त्र (तात्कालिन प्रधानमन्त्री मरिचमान सिंहलाई संगठन बुझाएर २०३८ सालमा तात्कालिन अध्यक्ष जयराज शाक्य आईएलओको कार्यक्रममा विदेश जाने काम भएको) बीच संगठनले निरन्तर शक्ति विस्तार गर्दै अघिबढ्यो । २०४६ सालको प्रजातान्त्रिक आन्दोलनको सफलतापछि २०४८ सालमा श्रमिकहरुको दुर्घटना बिमा, श्रमिकको बिमाको प्रिमियम रसिद यातायातमा नबुझाएसम्म सवारीको रुट परमिट, जांच पास लगायतका कागजात नविकरण गर्न नहुने ।
कि धरौटी, कि लाईसेन्स अर्थात धरौटी राखेपछि लाईसेन्स फिर्ता दिनु पर्ने लगायतका २४ सुत्रिय माग राखेर आन्दोलन गरिएको थियो । उक्त माग राखेर गरिएको आन्दोलनले सरकारसंग भएको वार्तामा नीति निर्माणका सन्दर्भमा यातायात श्रमिकका प्रतिनिधिहरुलाई समेत सहभागिगराएर नीति निर्माण गरिने विषयलाई समेत थप व्यवस्था गरेको थियो ।  

  पुनः यातायात श्रमिकलाई नियुक्ति पत्रको व्यवस्था गरिनु पर्ने, यातायात श्रमिकको बिमा १० लाख गरिनु पर्ने, सडकमा यातायात श्रमिकको सुरक्षाको व्यवस्था गरिनु पर्ने, नीति निर्माणको तहमा यातायात श्रमिकको सहभागिता सुनिस्चित गरिनु पर्ने, यातायात श्रमिकको पञ्जीकरण गरनु पर्ने, शिपका आधारमा ऋण उपलव्ध गरिनु पर्ने, महिला यातायाता श्रमिकको कामको ग्यारेण्टी र प्रजनन स्वास्थ्यको व्यवस्था लगायत २७ सुत्रिय माग सरकारलाई बुझाएर हामी आन्दोलनकै एउटा प्रकृयाबाट गुज्रिरहेकाछौं । 
   वितका मागहरु कति पुराहुनसके कति भएनन् त्यो समिक्षाको विषय छदैंछ तर विगतका समस्या र वर्तमानको समस्यामा पनि व्यापक भिन्नताहरु आएकाछन् त्यसलाई केलाउन जरुरीछ । यस अघिका समस्याहरु र त्यसका आधारमा तयारगरी प्रस्तुत गरिएका मागका विषयहरुलाई हालका समस्याहरुसंग जोड्दै संक्षेपिकरण गरेर नयां संस्लेषणका आधारमा समयानुकुल हाम्रा एजेण्डाहरुलाई परिमार्जन गर्नु आवश्यकछ । त्यसका लागि निम्न समस्याहरु र समाधानका उपायहरु अवलम्बन गर्न आवश्यक छ । 

९. समस्या र समाधानका उपायहरु ः
क) भएका ऐन कानुन कार्यान्वयन नहुनु ।
ख) यातायात श्रमिक विरुद्ध कानुन निर्माण ।   
ग) यातायात क्षेत्र उद्योगका रुपमा स्थापित नहुनु ।
घ) असुरक्षित भविष्य र सामाजिक सुरक्षाको आन्दोलन।
³) गुजारामुखि रोजगारी ।
च) मर्यादित काम हाम्रो अभियान ।
छ) नीति निर्माणमा उपेक्षा ।
ज) टङाफिक समस्याको मारमा श्रमिक ।
झ) श्रमिकको विग्रदो सामाजिक छवि ।
ञ) सवारी आयात पूर्वाधार निर्माणमा सन्तुलन ।
क) भएका ऐन कानुन कार्यान्वयन नहुनु । 
 यातायात क्षेत्र अत्यावश्यक सेवा क्षेत्र भएपनि यातायात श्रमिकका लागि कानुन पर्याप्त बनेका छैनन । श्रम क्षेत्रलाई व्यवस्थित गर्न २०४८ सालमा श्रम ऐन बनेपनि यातायात श्रमिकहरुका लागि बेल पाक्यो कागलाई हर्ष न बिस्मात भने झै भयो । श्रम ऐनको प्रस्तावनामा लेखिएकोछ विभिन्न क्षेत्रका प्रतिष्ठानहरूमा काम गर्ने कामदार तथा कर्मचारीहरूको हक, हित, सुविधा र सुरक्षाको व्यवस्था गरी श्रम सम्बन्धमा समयोचित व्यवस्था गर्न वाञ्छनीय भएकोले भनिएपनि त्यो प्रस्तावनाको परिषाले यातायात श्रमिकलाई छोएन । 
  कुनै प्रतिष्ठानमा अविछिन्न एक वर्ष काम गर्ने श्रमिकलाई स्थायी नियुक्ति पत्र दिनु पर्ने व्यवस्था कानुनले गरेपनि जिवनभरी सेवा गरेका यातायात श्रमिकले नियुक्ति पत्र पाउन सकेनन् । यातायात क्षेत्रकै औपचारिक मानिएको व्यवसायी संघहरुमा काम गर्ने बुकिङ्ग तथा कर्मचारिहरुले समेत कानुनले निर्धारण गरेको न्युनतम सेवा सुविधाहरु पाउन सकेका छैनन । निजि बिद्यालयमा काम गर्ने श्रमिकहरुलाई न्युनतम पारिश्रमिकबाट बन्चित गर्ने र कतिपय अवस्थामा विद्यालय होस्टलका निजि काममा समेत लगाउने गरिएकोछ । विद्यालय छुट्टीका दिन समेत विना पारिश्रमिक काममा लगाउने समस्याहरु विद्यमान छ । 
 त्यस्तै यातायात सेवालाई सुदृढ, सक्षम तथा प्रभावकारी बनाउन सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बनेको छ तर ऐनका कतिपय दफाहरुलाई दुरुपयोग गर्दै चालकहरुलाई जेल पठाउने (हाल देशभरी २२ जना चालकहरु जेलमा) कामहरु भईरहेका छन् । ऐनको दफा १६१ को ज्यान मरेमा हुने सजाय महलमा व्यवस्था रहेको उपदफा १, २ र ३ लाई सडक दुर्घटनाको मुद्धा हेर्ने निकायले मोलमोलाईको अस्त्रको रुपमा लिने गरेकोछ आर्थिक चलखेल र पहुंचका आधारमा चालकलाई जेल पठाउने गरिएको छ ।
   तर त्यही ऐनको दफा १६७ को सजाय नहुने महलको प्रयोग भएको कुनै उदाहरण देखिएको छैन । 

ख) यातायात श्रमिक विरुद्ध कानुन निर्माण । 
२०७१ मंसिर २५ गते शुशिल कोईराला नेतृत्वको नेपाली कांग्रेसको सरकारको मन्त्रीमण्डलले चालक हुनका लागि १० कक्षा उतिर्ण गरेको शैक्षिक योग्यता तोक्दै ″सार्वजनिक सवारी चालक नियमावली २०७१” जारी ग¥यो । अहिले भईरहेका चालकले समेत यही पेशामा रहने हो भने दुई वर्षभित्र १० कक्षा पास गरेको शैक्षिक योग्यताको प्रमाण पत्र पेश गर्नु पर्ने नियम बनायो ।
 नियमावलीको परिच्छेद २ को नियम ३ को (छ) को (४) मा चालक अनुपत्र लिन चाहने कव्यक्तिले १० कक्षा उतिर्ण गरेको हुनु पर्नेछ भन्ने उल्लेख गरेकोछ । त्यस्तै परिच्छेद ४ को नियम १३ मा चालक अनुमति पत्र स्थायीमा परिणत गर्ने ः भन्ने शिर्षकमा चालक अनुमति प्राप्त व्यक्तिले पुन एक वर्षे परिक्षण काल पुरा गरेपछि स्थायी गराउन चाहेका पुन निवेदन दिनु पर्ने र अधिकारीले स्थायी रुपमा परिणत गर्न आवश्यक नदेखेमा नगर्न सक्ने प्रावधान । 
 त्यस्तै परिच्छेद ५ को नियम २४ मा अनुमति पत्र परिणत गराउनु पर्ने ः भन्ने शिर्षकमा चालक अनुमति प्राप्त व्यक्तिले सार्वजनिक सवारी चलाउन चाहेमा दुई वर्षभित्र  सार्वजनिक चालक अनुमति पत्रमा परिणत गराउनु पर्ने प्रावधान ।
  यदी यो नियमावली खारेज नगर्ने हो भने के हुन्छ ? अहिले भईरहेका ९५ प्रतिशत चालकहरु पेशाबाट विस्थापित हुन्छन् र अहिले चालक बन्ने तयारीमा रहेका यातायात श्रमिकहरु चालक बन्नबाट बन्चीत हुन्छन् । हाम्रा सामु दुई विकल्पहरु छन् एक पेशा परिवर्तन दुई आन्दोलन । अब के गर्ने ? 
सरकारले ल्याउन तयारी गरेका केही कानुनहरु 
१. सार्वजनिक सडक ऐन — शंसोधन
२. सडक सुरक्षा ऐन — नयां 
३. सडक सुरक्षा नियम — नयां 
४. सवारी तथा यातायात व्यवस्था ऐन — शंसोधन 
५. सवारी तथा यातायात व्यवस्था नियमावली — शंसोधन 
६. सवारी तथा यातायात व्यवस्था नीति — नयां
७. सार्वजनिक सवारी चालक नियमावली — नयां (संगठनको आन्दोलनका कारण स्थगित)

ग) यातायात क्षेत्र उद्योगका रुपमा स्थापित नहुनु ।
 नेपालमा यातायात व्यवसायले उद्योगको रुप ग्रहण गर्न सकेन । मान्छेको कांध चढेर बिक्रम सम्बत १९७३ सालमा नेपाल(काठमाण्डौं) भित्रिएको सवारी साधनको प्रवेशको ईतिहास सय वर्ष टेकेकोछ । 



सडक सञ्जालले देशको चौकुना छोईसकेकोछ, २०१८ सालदेखि बन्न सुरु भएको व्यवसायी संघहरु देशभरी अहिले ३ सय नाघेकोछ, २०७१÷०७२ सालसम्म पौने ३ खर्ब लगानी निजि क्षेत्रबाट यातायात व्यवसायमा लगानी भईसकेको छ तर यातायात व्यवसायले अझै उद्योगको रुप लिन सकेन । सरकारले बनाएको उद्योग नीतिमा यातायात व्यवसायलाई सेवा क्षेत्र भनेर परिभाषित गरेकोछ । व्यक्ति आधारित गैर औद्योगिक लगानी तथा असंगठित व्यवस्थापक र व्यवस्थित काउण्टरपार्ट नहुदां यातायात श्रमिकका 
ड्ड हक (कानुनतः व्यवस्थित र परिभाषित प्रावधानहरु) 
ड्ड हित ः (सामुहिक सौदावाजी मार्फत प्राप्त अतिरिक्त सुविधाहरु) र
ड्ड अधिकार ः (कानुनद्धारा संरक्षित क्षमता, हकमाथीको हनन् विरुद्धको आन्दोलनको बैद्यता) का विषयहरु कमजोर बनेकाछन् । हाम्रो संगठन चाहान्छ सरकारले उद्योग नीति परिमार्जन गरोस, निजि क्षेत्रबाट सञ्चालित यातायात क्षेत्रमा सरकारी स्वामित्व सहितको पार्टनरसिप रहोस । निजि क्षेत्रको लगानीलाई सुरक्षित र स्वरोजगारहरुको लगानीलाई उचित व्यवस्थापन गर्दै  श्रम बजारमा संगठित काउटरपार्ट देखियोस । सिण्डिकेटले जनता ठगेकाले खुल्ला प्रतिष्पर्धाका नाममा सरकारले २०७२ असार २८ गते सचिवस्तरिय निर्णय गर्दै यातायात व्यवसायीहरुलाई कम्पनीमा दर्ता गर्नु पर्ने र भएका व्यवसायी संघहरु नविकरण नगर्ने र दर्ता गर्न नपाईने नीति बनाएर करको दायरामा ल्याउन खोजिरहेकाछन् भने व्यवसायीहरु आलोपालो पद्धती अनुसार सवारी सञ्चालन गर्न पाउनु पर्ने र यातायात क्षेत्र सेवाको क्षेत्र भएको भन्दै सरकारी नीतिको विरोध गरिरहेका छन् । यातायात श्रमिकहरुको हक, हित र अधिकारका लागि कुन विधि उपयुक्त हो हामीले निष्कर्ष निकाल्न आवश्यक छ । 
घ) असुरक्षित भविष्य र सामाजिक सुरक्षाको आन्दोलन।
वर्षौ गाडीमा कामग¥यो कहिल्यै स्थायी नहुने, सुर्योदयदेखि सुर्यास्तसम्म काम ग¥यो विरामी हुंदा उपचार गर्न नसकिने, जिवनभर पसिना बगायो बुढेसकालमा अरुको सहारामा बाच्नु पर्ने समस्या यातायात श्रमिकको पुख्यौली समस्या हो । एकातिर हामीले यातायात श्रमिकहरुको जिवन समृद्धिको मुद्धा उठाईरहेकाछौं भने अर्कातिर यस्ता समस्याले हामीलाई गिजोलिरहेका छन् यि तमाम समस्याबाट उन्मुक्तिका लागि श्रमिकहरुको योगदानमा आधारित सामाजिक सुरक्षा कोषको लागु र त्यसका यातायात श्रमिकको समेत संलग्नताको आबाज उठाईरहेकाछौं । 
 नेपाल टङेड युनियन महासंघ जिफन्टको वर्षौको प्रयास र संघर्ष पछि सामाजिक सुरक्षा कोष ऐन संसदमा प्रस्तुत भईसकेकोछ र जारी हुने प्रकृयामा रहेकोछ   श्रमिक, व्यवस्थापक र सरकारको योगदान आधारित सामाजिक सुरक्षा कोषले नौवटा स्किममा सहयोग उपलव्ध गराउछ । जो निम्न छन् ।
 ..
³) गुजारामुखि रोजगारी ।
वर्षौ वर्ष श्रम गरेपनि श्रमिकको जिवनमा कुनै आर्थिक रुपान्तरण नआउनु ठुलो समस्या रहेकोछ । भोलीका लागि बचाउन नसकिने आम्दानीका कारण काम गरिन्जेल जिवन निर्वाह हुने अस्थायी र गुजारामुखि श्रम बजारका कारण श्रमिकहरुको अवस्था कमजोर हुने गरेकोछ । यही समस्याका कारण श्रमिकहरु पलायन हुने समस्या बढेकोछ । 
च) मर्यादित काम हाम्रो अभियान ।
रोजगारी, अधिकार, संरक्षण र सम्बाद मर्यादित कामका पक्षहरु हुन मर्यादित काम भन्नाले निम्न विषयहरु जोडिएर आउने गर्छ ।
ड्ड आम्दानी ः जसले जिवन जिउन पुगोस
ड्ड काम ः जहा भेदभाव नहोस 
ड्ड कार्यथलो ः जुन उपयूक्त र सुरक्षित होस 
ड्ड बातावरण ः यूनियन गठन गन, काम सम्बन्धि छलफल गर्न सकियोस
ड्ड राज्य ः जसले सामाजिक सुरक्षा प्रदान गर्न सकोस 
 तर यि कुनैपनि विषयहरुको सुनिश्चितता यातायात श्रमिकले उपयोग गर्न पाएका छैनन् । 
छ) नीति निर्माणमा उपेक्षा ।
यातायात सञ्चालन, व्यवस्थापन, परिचालन र श्रम सम्बन्ध विकास नीति निमार्णमा तालमेल नमिल्दा यो क्षेत्र समस्याग्रस्त बनेकोछ । लगानी व्यक्तिको, श्रम यातायात श्रमिकहरुको तर नीति बनाउने चाही सरकारी निकाय त्यसमापनि श्रमिक र व्यवसायीहरुको संलग्नता नहुने भएकाले अहिलेसम्म बनेका यातायात नीतिहरुले सुधार भएको छैन । चार्हे २०५८ सालमा सरकारले बनाएको राटिङय यातायात नीति अथवा त्यपछि बनेका विभिन्न नीतिहरु कार्यान्वयन हुनसकेको छैन । 
 तसर्थ हामी चाहान्छौं यातायात क्षेत्रमा सुधारको सम्भावना यातायात श्रमिकहरुका प्रतिनिधिहरुको संलग्नता र यस क्षेत्रका विज्ञको सहभागीताबीना बनेको नीतिबाट सम्भव छैन । 
ज) टङाफिक समस्याको मारमा श्रमिक ।
टङाफिक प्रहरी महाशाखाको वेवसाईमा टङाफिक प्रहरीको कामको बारेमा व्याख्या गरिएकोछ । त्यहां भनिएको छ बढ्दो जनसंख्या, तिब्ररुपमा बृद्धि भएको सवारी साधन तर सिमित र अव्यवस्थित सडक पूर्वाधारका कारण बढ्दो टङाफिक समस्या समाधान गर्दै यातायात आवागमनलाई सहज गर्ने काम टङाफिक प्रहरीको हुनेछ । 
 तर टङाफिक प्रहरीहरु यातायात श्रमिकलाई दुस्मन ठानिरहेका छन् र कमाईखाने साधन बनाईरहेका छन् । अझ अकिपय स्थानहरुमा यातायात श्रमिकहरुले टङाफिकहरुलाई मासिक नजराना नबुझाई सडकमा हिड्न नसक्ने अवस्था बनेकोछ ।  अझ डा. बाबुराम भêराई प्रधानमन्त्री रहेका बेला एमाओवादी नेतृत्वको सरकारले २०६८ चैत्र १६ गतेको मन्त्री परिषद बैठकले टङाफिक प्रहरीलाई विशेषाधिकार प्रदान गर्दै अन द स्पोट १ हजारसम्म जरीवाना गर्न पाउने र त्यसरी जरीवाना गर्ने टङाफिकलाई १५ प्रतिशत कमिशन छुट्याईदिने निर्णयपछि प्रत्येक टङाफिक प्रहरीको हातमा रसिद थमाईदिएपछि कमिशनको लोभमा टङाफिक प्रहरीहरुको काम टङाफिक व्यवस्थापन भन्दा कमाउ धन्दामा केन्द्रीत भएको देखिएको छ । जुन जरीवाना आफैमा गैर कानुनीछ । 


सवारी तथा यातायात व्यवस्था ऐन २०४९ले यसो भन्छ

  
हामी चाहान्छौं टङाफिक प्रहरीहरुले गरिरहेको गैर कानुनी जरीवाना बन्द गरिनु पर्छ । टङाफिक प्रहरीहरुको काममा कुनै हस्तक्षेप गर्नु छैन हामीलाई तर टङाफिक प्रहरीको वेवसाईटमा उल्लेखित काममा टङाफिक प्रहरीहरुले आफुलाई ईमान्दार परिचालन गर्नु पर्छ । यातायात आवागमनलाई सुचारु गर्ने भन्दा यनीहाउ पैसा कमाउ मानसिकता परिवर्तन गर्नु पर्छ । त्यसका लागि संगठनको तर्फकाट सुझाव र परिवर्तन नभए देशव्यवापी भण्डाफोर अभियान सञ्चालन गर्नु आवश्यक छ । 
झ) श्रमिकको विग्रदो सामाजिक छवि ।
चालकले जानीजानी गाडी व्याक गरेर मान्छे मार्छन त्यसकारण हत्यारा हुन्, कण्डक्टर तथा सह चालक(खलासी) ले जनताबाट बढी भाडा असुल्छन त्यसकारण लुटेरा हुन्, बुकिङ्गले मान्छे तानातान गर्छन र गाडीमा बेच्छन त्यसकारण दलाल हुन् यस्तै आरोपहरु झेलेर हामी बांचीरहेकाछौं ।  अझ खानपान, बोली व्यवहारका बारेमा हामी अझ धेरै आलोचित बन्दै आईरहेकाछौं । समाजमा निर्धक्कसाथ आफ्नो परिचय दिन नसक्ने समय बनिरहेकोछ । तपाई हामीले यि आरोपहरुको व्यवहारिक खण्डनका लागि अभियान सञ्चालन गर्नु पर्दछ । यसका लागि सामाजिक भ्रान्तिहरु चिर्न रचनात्मक कामहरु गर्नु पर्छ र स्वयं श्रमिकहरुका पछौटेपनलाई त्याग्न प्रशिक्षित हुनु पर्छ ।
ञ) सवारी आयात र पूर्वाधार निर्माणमा असन्तुलन ।
सवारी आयात तथा सडक निर्माण र भौतिक पूर्वाधार विकासमा सन्तुलन नमिल्दा त्यसको असर यातायात श्रमिकले झेल्नु परिरहेकोछ । यही असन्तुलनका कारण सडक दुर्घटनामा बृद्धि, टङाफिक समस्या तथा काममा हैरानी व्यहोर्नु परिरहेकोछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतकै अनुसार पनि आर्थि वर्ष २०७१÷०७२ को प्रथम आठ महिनामा सवारी आयात १ लाख ९८ हजार ३ सय ४३ सवारी साधन नेपाल भित्रिएको देखिन्छ भने । सोही अवधिमा कालो पत्रे १ सय ५२ किलोमिटर खण्डास्मित १ सय ६ र कच्ची २ सय ३१ किलोमिटर गरी जम्मा ४ सय ८९ किलोमिटर सडक बनेको देखिन्छ । 



 यसरी यातायात आयात र सडक निर्माणमा देखिएका असन्तुलनका कारण बढीरहेको सडक दुर्घटना र पार्कि³ तथा उचित पिक एण्ड डङपको समस्या उपत्यकामा उच्च समस्या र देशव्यापी संकटका रुपमा देखा परिरहेको छ । प्रत्येक सवारी साधनहरुले सरकारको विभिन्न निकायहरुमा दोहोरो तेहेरो कर तिरिरहेको छ तर कर असुली गर्ने निकायहरुलाई कानुनले के के गर्नु पर्छ भनि निर्दिष्ट गरेका प्रावधानहरु समेत पालना गरेको देखिएको छैन । 

  उपत्यका तथा देशैभरी विभिन्न रुटहरुमा पिक एण्ड डङप तथा पार्कि³को तत्काल व्यवस्था गरिनु पर्छ काठमाण्डौंबाट देशका विभिन्न भागहरुमा सञ्चालन हुनें सवारीका लागि काठमाण्डौं रिङ्गरोड बाहिरै सबारीका प्रकृतिका आधारमा फरक फरक पार्किङ्गको व्यवस्था गर्नु पर्दछ । बाहिरका लागि नागढुङ्गा आसपासमा, जडिबुटि आसपास र माछापोखरी आसपासमा  बस पार्क बनाईनु पर्दछ । साथै रिङ्ग रोड भित्र चल्ने सवारीहरुलाई छुटै पार्किङ्ग तथा पिक एण्ड डङपको प्रबन्ध सरकारले गर्नु पर्दछ ।  

१०. यातायात श्रम क्षेत्रलाई यसरी व्यवस्थित गर्न सकिन्छ 
ड्ड यातायातलाई उद्योगका रुपमा व्यवस्थित गर्दै श्रमिकलाई सोही सम्बन्धका आधारमा व्यवस्थित गर्नु पर्दछ जुन कामको प्रत्याभुति यातायात क्षेत्रमा सरकारी लगानी जरुरी छ ।
ड्ड यातायात श्रमिकहरुलाई पञ्जिकरण गरी परिचय पत्रको व्यवस्था गर्दै कानुनी हक उपभोग गर्दै यातायात श्रमिकको श्रम व्यवस्थापन गरिनु पर्दछ । 
ड्ड यातायात क्षेत्रलाई व्यवस्थित गर्नु भनेको यातायात श्रमको व्यवस्थापन पनि हो त्यस कारण यातायात श्रमिकहरुको सहभागितामा मात्रै यातायात नीति निर्माण गरिनु पर्छ ।
ड्ड यातायात मजदुर विरोधी कानुनहरुलाई खारेज गरी श्रमिकमैत्री कानुन बनाउनु पर्दछ ।
ड्ड सिमापारी (भारत तथा चिनमा) सवारी लिएर जाने श्रमिकहरुलाई दुव्यवहार गर्ने कामहरु तिव्र भएकाले सिमापारी तत्काल बाणिज्य दुतावासको प्रवन्ध मिलाई श्रमिकहरुको सुरक्षाको व्यवस्था गरिनु पर्छ ।
ड्ड विभिन्न बहानामा श्रमिकमाथी प्रशासनबाट हुने आर्थिक शोषण तथा ज्यादतीको अन्त्य र गालीगलौज तत्काल रोकिनु पर्छ ।
ड्ड सवारीको आयातकै अनुपातमा सडक निर्माण, मर्मतसम्हार तथा भौतिकपूर्वाधारहरुको विकासलाई पनि संगसंगै लानु पर्छ । आवश्यक स्थानहरुमा पार्किङ्ग, लामोदुरीका चालकहरुलाई विभिन्न स्थानहरुमा रिफ्रेसमेन्ट सेन्टरहरु राखिने र लामो दुरीमा अनिवार्य दुईजना चालकहरु राख्ने कानुनी व्यवस्थालाई लागु गरिनु पर्दछ तर श्रमिकहरुको आयमा कुनैपनि बहानामा कटौति गरिनु हुन्न । 
ड्ड यातायात श्रमिकहरुले पनि ढुक्कले जिवन निर्वाह गर्न पाउनेगरी सामाजिक सुरक्षा कोषको दायरामा प्रवेश पाउनु पर्छ ।
ड्ड सवारी चालक अनुमति पत्र वितरणमा रहेका अव्यवहारिक कानुनी प्रावधानहरुलाई खारेज गरी सरल, व्यवहारिक र व्यवस्थित गरिनु पर्दछ ।
ड्ड व्यवहारिक डङाईभिङ्ग कोर्ष निर्माण गरेर सवै श्रमिकहरुलाई निशुल्क तालिम दिनु पर्छ तथा टङाफिक शिक्षाको पाठ्यक्रमको विकास गरी प्राथमिक कक्षामा समावेश गराईनु पर्छ ।

११. निष्कर्ष ः
सरकार, व्यवसायीहरुले जे सुकै गरुन तर हाम्रालागि हामी आफै जागरुक हुनु पर्दछ ।
परआश्रित हुने, अरुलाई धारे हात लगाउने, आलोचना गर्ने र आफु भने सिन्को नभाच्ने परम्पराबाट तपाई हामी मुक्त हुनु पर्छ । 
   समस्याहरु दिनानुदिन बढीरहेका छन् । यातायात मजदुरहरु पेशामा रहने कि नरहने भन्ने संकट उत्पन्न भईरहेको छ । राज्य तथा समाजका विभिन्न तह र तप्का यातायात मजदुरहरुलाई बदनाम बनाउने काममा लागिरहेकै छन् । नयां कानुन बनाउने तथा भएका कानुनहरु संशोधनका नाममा यातायात मजदुरहरुप्रति कठोर कानुन बनाउने षड्यन्त्रमा सरकार गृहकार्य गरिरहेकै छ । 
यस्तो गम्भिर अबस्थामा समस्याहरुको पहिचान गर्न जरुरी भएको छ समस्याहरुको खोजी गरी संगठनको तर्फबाट ठोस र परिणाममुखि उपलव्धीका लागि राज्य समक्ष दवाव सृजना गर्नु आवश्यक छ त्यसका लागि तपाईहरुको महत्वपूर्ण, गहकिला र रचनात्मक सुझावको अपेक्षा गर्दछु ।


महासचिव
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन
२०७२ फागुन २९ र ३० बुटवलमा सम्पन्न बस, मिनिबस तथा बुकिङ्ग क्षेत्र, राष्टिय नीति सम्मेलनमा प्रस्तुत कार्यपत्र 

सन्दर्भ स्रोतहरु
१. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
२. सडक विभाग
३. धधध।बिधअयmmष्ककष्यल।नयख।लउ
४. महानगरिय टङाफिक प्रहरी महाशाखाको वेवसाईट
५. नेपाल यातायात व्यवसायी राष्टङय यातायात व्यवसायी महासंघ  
६. नेपाल टङेड युनियन महासंघ जिफन्टका दस्तावेजहरु 
७. नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका दस्तावेजहरु 

कहिले आउछ राहत ?

स्थलगत रिपोर्ट 
भीमज्वाला राई







सिन्धुपाल्चोकको फुल्पी³कटी ८ सुनखानीकी चन्द्रकुमारी थामी राहत पाईने आशाले डाकला³ बजार झरेको लगातार तिन दिन भयो । काखे बालक च्यापेर बुधबारपनि उनी करिव ४ किलोमिटर अरु गांउले साथीहरुसंगै हिडेर राहतको आशमा बजार आईपुगकी छन् । आज पनि खाली हात फर्कनु त होला नी उनले भनिन् । 
 चन्द्रकुमारी जस्तै दिनहु निराश फर्कने जमात धेरैछन् । भुकम्पको ११ औं दिन वितिसक्दापनि त्यस गाविसका जनताले कुनै राहत पाएका छैनन् । बाह्रबिसेबाट उकालो लागेपछि अरनिको सडकको दायांबांया दुवैतिर राहतको अशामा पीडितहरुको समुहहरु ठांउ ठांउमा भेट्न सकिन्छ । भुकम्पले पुरै बस्तीका घरहरु ढलेपछि मर्ने त मरिगए ज्यान जोगीएकाहरुको पनि सास्ती छ ग्याल्जेन शेर्पाले दुखेसो गरे । 
 राहतका लागि टाढा टाढा गांउबाट  उकालो ओरालो हिडेंर आएका स्थानियहरु प्रसस्तै भेटिन्छन् । सबैको गुनासो हुन्छ हाम्रो गाउमा राहत पुगेन ।
  बुधबारपनि डाकला³मा एउटा सस्थाले राहत प्रदान गर्ने भनेपछि पंतलीबाट गांउले बजार झरेका थिए । राहत प्रदान गर्ने सस्थाहरु विरलै पुग्ने दुरदराजका गांउमा पुगीहालेपनि अपुग हुनेहुदां पीडितहरु हारालुछ गर्नु पर्ने बाध्यतामा पुग्छन् । 
फुल्पी³कटी गाविसमा करिव ९० प्रतिशत घरहरु क्षतीग्रस्त बनेका छन् । करिव ५० जनाले ज्यान नै गुमाएका छन् तर राहतका नाममा कसैले एउटा त्रिपालपनि पाएका छैनन सुनखानी ९ का स्थानिय तथा थापीनारायण निमाविका प्रिन्सिपल गंगाप्रसाद श्रेष्ठले बताए ।
 तातोपानीमा घाईते भएकाललाई हेलीकप्टरमा सुनखानीको खुल्ला चउरमा उद्धारका लागि नेपाली सेनाले ल्याएर राखे सेनाका जवानहरुसंग केही रहेको त्रिपाल मागेर विपन्नलाई केही समय राख्यौ तर पछि सेनाले आफ्नो त्रिपाल लगेपछि यहांका जनताले सास्ती खेप्नु परेको छ । 
गाविस सचिव विदुर रायमाझी भुकम्प विपद अघिदेखिनै सदरमुकाम चौतारामै रहने हुनालेपनि गाविसमा समस्या रहेको प्रिन्सिपल श्रेष्ठ बताउछन् । गाउलेले कतैबाट पनि एक गेडो अन्न पाएका छैनन । भत्कीएको घरको जस्तापाताले टहरो बनाएर पुरिएका अन्नहरु झिक्दै अहिलेसम्म गुजारा चलेको उनले बताए । 
  विद्यालयकै प्राङ्गनमा पाल बनाएर बसेकाछौं । बचेका घरमा रहेका केही अन्न ल्याएर खडकुडोमा खाना बनाएर सामुहिक रुपमा बालबालिकाहरुलाई ख्वाउदै आईरहेका छौं उनले भने ।  राहतको अभावमा यो सम्भव छैन । 
भुकम्पमा आमा गुमाएका पंतलीकाका सुमन नेवारले बुधबार आमाको शुद्धिकार्य सिद्ध्याए तर ऋण काढेर । एकातिर मातृशोक अर्कातिर खाद्यान्नको चिन्ता, बासको अभाव । मैले सुनेको थिए मृतक परिवारलाई राज्यले तत्काल १ लाख ४० हजार दिन्छ भन्ने तर त्रिपाल र खाद्यान्न सम्म पाईएन नेवारले भने ।  
किन भयो गांउमा समस्या ?
लामो समयदेखि स्थानिय निकायको निर्वाचन नहुदां गाउं जनप्रतिनिधि विहिन बनेको छ । गाविस सचिव समेत विभिन्न वहाना बनाएर सदरमुकाम तथा सहर केन्द्रीत बनेको छ । जनप्रतिनिधिको भुमिकामा रहेका कर्मचारी समेत गाउमा नहुदा कतिपय गाविस सचिवसंग आफ्ना गाविसमा कति घरधुरी छन्, कति जनसख्यां छ त्यसको तथ्याङ्क नै छैन ।  
सिन्धुपाल्चोक सुनखानी गाविसको भोटेयमुना ४ मा ६ सय बढी घर परिवार रहेको भएपनि गाविस सचिवले २ सय ५५ घर धुरी मात्रै भनेर विवरण टिपाएकाले गाउमा राहत पुगेपनि सवैलाई नपुग्दा गांउमै झगडा भएको डम्बरवहादुर लामाले बताए । 
कुन गाविसमा कति घर धुरी छन्, कति जनसंख्या छ, क्षतीको अवस्था के छ भन्ने विवरण गाविससंग नहुनु र विपद लगतै सरकारले आफ्ना संयन्त्रलाई परिचालन गर्न नसक्नु गाउमा समस्याको चां³ बनेको हो । 
किन पुग्दैन राहत ?
पीडितको सहि विवरण नहुदां र राहत वितरणमा निश्चित मापदण्ड नबन्दा दुरदराजका गांउमा राहत पुगेको छैन । सरकारी उदासिनता त मुल कारण हुदै हो निजि क्षेत्रबाट प्रदान गरिएका राहतहरु समेत गांउसम्म पुग्न सकिरहेको छैन । सबै राहतहरु सडक आसपासका गाविस, सदरमुकाम आसपासका क्षेत्रहरुमा मात्रै सिमित भएको देखिएको छ । 
  सिन्धुपाल्चोकको विषयमा भन्ने हो भने चाकुदेखि उत्तर कुनैपनि संघसस्थाहरु राहतकालागि पुगेका छैनन् । पा³ता³, गुम्बा गाविसको कुरा गर्ने हो भने त्यहाका पीडितहरु थप संकटमा रहेका छन् । 
के गर्दैछन् दलहरु ?
भुकम्प पछि तत्कालिन उद्धारमा राजनीतिक दलहरुको भूमिका शुन्य रह्यो । तर अहिलेपनि दलहरुको भुमिका उत्तिकै आवश्यक छ । यदी दलहरुले नागरिकबाट गुमाएको साखलाई बचाउने हो र पुन जनताप्रति उत्तरदायी बनाउने हो भने गांउदेखि सहरसम्म आफ्ना कमिटी तथा नेता कार्यकर्ताहरुलाई परिचालन गर्नु जरुरी छ । 
 सबैभन्दा बढी प्रभावित भनिएको सिन्धुपाल्चोकका ३ वटै क्षेत्रका सभासदहरुले समेत जनताको मन जित्न सकेको छैन । क्षेत्रनम्बर १ का मोहनवहादुर बस्नेत, २ का अग्नी सापकोटा र ३ का शेरवहादुर तामा³बाट समेत अपेक्षाकृत काम हुनसकिरहेको छैन । गांउ गांउ पुगेर पीडितहरुको पीडामा साथ दिनुको सट्टा सहयोगीहरुले लगेका राहतहरुलाई समेत आफु पायक पर्ने गांउहरुमा राहत फर्काएर लगेको आरोपहरु सभासदहरुमाथी आईरहेका छन् । 



यस्तो बन्दैछ नयाँ श्रम कानून

प्रस्तावित श्रम ऐन कति ठीक, कति बेठीक ?
भीमज्वाला राई
सबै श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउँदै श्रम क्षेत्रलाई मर्यादित बनाउने उद्देश्यले प्रस्तावित नयाँ श्रम कानुनको मस्यौदामा ट्रेड युनियन तथा रोजगारदाताका प्रतिनिधिहरुले हस्ताक्षर गरिसकेका छन् । अब यो श्रम ऐन व्यस्थापिक संसदले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।

मस्यौदामा हस्ताक्षर गर्ने ट्रेड युनियनहरुले श्रम विधेयक समाजवादी अवधारणाको पक्षमा उभिएको बताइरहेका छन् भने रोजगारदाताहरुले समेत आफ्नो हित विपरीत नभएको बताइरहेका छन् । वैद्य माओवादीनिकट मजदुर संगठनले भने यो विधेयकको विरोध गरेको छ । आखिर नयाँ श्रम विधेयकमा के छ त ?
सकारात्मक परिवर्तनहरु

चाडमा यसकारण बढ्छ सवारी दुर्घटना


 भीमज्वाला राई

दसैं उत्सवमा रमाई रहँदा करिव ३० जनाको ज्यान जाने गरी डोटीमा भएको सवारी दुर्घटनाले सबै नेपालीलाई स्तब्ध बनायो । दसैं अवधिभर मात्रै १ सय ३८ जनाले सवारी दुर्घटनाकै कारण अकालमा ज्यान गुमाएको तथ्याङ्कले देखाएको छ ।

काठमाण्डौंबाट ससुराली घरमा टीका लगाउन धरान जाँदै गरेका विशाल तरुवाको सिरहाको लहानमा सवारी दुर्घटनामा परी मृत्यु भयो ।

नेपालीहरुको अर्को महान चाड तिहार हाम्रो घरआँगनमा आइसकेको छ । जब जब चाडपर्व आउँछ, सवारी दुर्घटनाको त्रासले सबैलाई सताउने गर्दछ । किन बढ्छ रमाइलो गर्ने चाड पर्वकै समयमा यस्ता हृदयविदारक सवारी दुर्घटना ?

यात्रुको थामिनसक्नुको चाप

चाडका समयमा सामान्य अवस्थामा जस्तै यात्रुहरुको चापलाई सवारी साधनहरुले धान्न सक्दैन ।

यस वर्ष दसैं अवधिमा मात्रै २६ लाख यात्रुहरु उपत्यका बाहिरएको ट्राफिक प्रहरी महाशाखाका डीआइजी केशव अधिकारीले उल्लेख गरेका छन् ।

ट्राफिक प्रहरी महाशाखाकै भनाइलाई मान्ने हो भने पनि उपत्यकाबाट बाहिरिने यात्रुहरुको भारबहन क्षमतालाई थेग्न सक्ने उपत्यका बाहिरिने सार्वजनिक सवारीको साधनहरु हामीसंग छैन । देशभरीको यात्रु चापलाई धान्न सक्ने सवारीका साधनसमेत हामीसँग छैन ।

करिव २ करोड ६४ लाख नेपाली सबैलाई एकसाथ चाड लाग्दा ती नेपालीलाई सहज यात्रा सुविधा दिने सवारी साधन हामीसँग देखिँदैन ।

आम जनताको सहज आवागमनका लागि सार्वजनिक सवारीका साधन पर्याप्त हुन सक्दैन त्यसको एउटै मात्र विकल्प झुण्डिएर, कोचिएर, छतमा बसेर यात्रा जुन दुर्घटनाको कारण बन्ने गरेको छ ।

डोटीको दुर्घटनालाई अध्ययन गर्ने हो भने पनि बसको क्षमता भन्दा तीन गुणा अर्थात ३५ सिट क्षमताको बसमा करिव सय जनाले यात्रा गरेको कारण दुर्घटना भएको देखाएको छ ।

सडकको अवस्था


सवारी दुर्घटना हुनुमा सडकको अवस्था पनि मुख्य कारणमध्ये एक हो । ०७१ साउनदेखि फागुनसम्मको चालु ८ महिनामा नेपालमा कालो पत्रे १ सय ५१, खण्डास्मित १ सय ३६, कच्ची सडक ३ सय ३४ गरी जम्मा ६ सय २१ किलोमिटर मात्र सडक बन्यो । तर, सोही अवधिमा सवारी साधन भने १ लाख ३० हजार नेपाल भित्रिए ।


सडक विस्तारमा देखिएको सुस्तता र सवारी आयातमा पाइएको तिव्रता नेपालमा बढ्दै गइरहेको दुर्घटनाको यो पनि एउटा कारण हो । त्यसमाथि अझ पूर्व(पश्चिम सडकलाई हाइवे भनिएको छ, तर हाइवेको मापदण्डका सडक छैनन् ।

खुल्ला चौपाया, सडकमै हाटबजार, पसल, सडक मिचेर घर बनाउने, बिस्कुन सुकाउने, सडक प्रयोगकर्ताहरुमा चेतनाको अभाव, रोकेर साइड दिनुपर्ने साँघुरा पुल, भत्किएर जीर्ण सवारी दुर्घटनाका थप कारणहरु हुन् ।

चाडका समय भएका केही वर्षदेखिको दुर्घटनाको श्रृंखला पहाडी सडकहरुमा हुने गरेको छ । पछिल्लो उदाहरण डोटीको दुर्घटनालाई लिन सकिन्छ । गाउँले आफै मिलेर खनेको नाम मात्रको सडकमा जवरजस्ती सवारी सञ्चालन गर्नु, वषरयाममा पानी बगेको, भत्किएको तथा हिलाम्मे मौसमी सडकमा सवारी सञ्चालन गर्ने, मर्मत सम्भार नगरी सवारी सञ्चालन तथा भर्खर ट्रयाक खोलिएको सवारी सञ्चालनका लागि अनुपयुक्त सडकमा सवारी सञ्चालन दुर्घटनामा मूल कारण बनेका छन् ।

यान्त्रिक खराबी

चाडबाड यातायात व्यवसायीहरुका लागि मौकामा चौका हान्ने अबसर हो । व्यवसायीहरुका लागि चाडको समय वर्षभरीको घाटा पुरा गर्ने एउटा सुनौलो मौका हुने गर्दछ ।

बैंकको किस्ता अथवा अन्य बाँकी बक्यौता चाडको कमाइले पूरा ध्याउन्नमा सवारीमा देखिएका प्राविधिक गडबडीलाई समेत चाडपछि मर्मत गरौंला, कमाउने बेलामा कमाउनुपर्छ भन्दै यात्रु ओसार पसारमा बढीभन्दा बढी कुदाइरहने गर्दछन् ।

सवारीमा देखिएको यान्त्रिक गडबडी र मर्मत सम्भारको अभावमा दुर्घटना निम्तिने गरेका छन् ।

तनाव र थकानयुक्त चालक

चाड यातायात मजदुरहरुका लागि पनि हो नियमित काम पूरा गरिसकेपछि चाड मान्ने तयारीमा रहेका मजदुरलाई जसरीपनि कमाउनै पर्ने ध्याउन्नमा रहेका गाडी धनीको हठले चाड मान्न दिँदैन ।

सवारीमा काम गर्नै पर्ने दबाव, अरु सवारीले ल्याएको रकम भन्दा कम आम्दानी हुन नहुने उर्दीका कारण तनावमा रहेका चालकमा तनाव मात्र होइन, विना आरामको यात्रु ओसार पसारले थकान पनि हुन्छ ।

निरीह मजदुर

हुन त गाडीधनीको दबाव र आदेश नमान्दा यातायात मजदुरहरुको जागिर गएका थुप्रै उदाहरणहरु छन् । यात्रु तानेर सवारीमा नहुलेका कारण पनि कतिपय मजदुरहरुले कामबाट हात धुनु परेका छन् । तर, जीबन बच्यो भने मात्रै जागिर गर्न पाइन्छ भन्ने विषय यातायात मजदुरहरुले बुझ्न सकेको देखिएको छ्रैन ।

गाडीमा खाँदी खाँदी यात्रु हुलेर जति धेरै कलेक्सन ९पैसा० दिए पनि गाडी धनीले अहिलेसम्म यातायात मजदुरहरुलाई पुरस्कृत गरेको कतै सुनिएको छैन ।

मालिकका लागि जति दुःख गरे पनि मालिकको नजरमा मजदुरलाई चोरै देख्छन् भन्ने यातायात मजदुरहरुले बुझ्न नसक्नुले दुर्घटनाका लागि वातावरण बन्ने गरेको छ ।

त्यस्तै यान्त्रिक खराबी हुँदा म गाडी चलाउँदिन भन्ने हिम्मत चालकले गर्न नसक्नु, तोकिएको समयभन्दा बढी गाडी चलाउँदिन भन्ने आँट गर्न नसक्नु, भारवहन क्षमताभन्दा बढी यात्रु चढ्न खोजे अर्कै सवारीमा आउनुस् भन्ने इमान्दारिता देखाउन नसक्नु र ट्राफिक नियमभित्र रहन नसक्नु पनि दुर्घटनाको कारण बनेको छ ।

सचेत यात्रुको भूमिकाको कमी

सवारीको भारवहन क्षमताभन्दा बढी यात्रु बोकेका कारण अधिकांश दुर्घटनाहरु भएका छन् । सुरक्षित यात्राको विकल्प हुन सक्छ । तर, दुर्घटनाको विकल्प हुँदैन भन्ने नबुझेका कारण खचाखच भरिएको सवारीमा झुण्डिएर, छतमा बसेर, चेपिएर, खाँदिएर यात्रा गर्ने यात्रुको कमजोरीका कारण दुर्घटना हुने गरेको हो ।

ट्राफिक प्रहरी

कानुनी अधिकारलाई सिरानी लगाएर गरिने जरिवाना अथवा पैसा असुलको सेरोफेरोमा मात्र घुम्ने गरेका छन् ट्राफिक प्रहरी । सवारी तथा चालकलाई १ हजारसम्म जरिवाना गर्ने र जरिवाना गर्ने ट्राफिकलाई जरिवानाको १५ प्रतिशत कमिशन दिने डा। बाबुराम भट्टराईको सरकारले ट्राफिकलाई विशेषाधिकार (गैरकानुनी अधिकार० दिएपछि ट्राफिकको काम सडक तथा यातायात व्यवस्थापन तथा दुर्घटना न्युनीकरणका लागि भूमिका निर्माण, नीतिगत सुधारका लागि सरोकारवालाहरुसँग सहकार्यमा भन्दा पनि कारवाहीका नाममा रकम असुलीतर्फ लागेको स्पष्ट देखिएको छ ।

यसपटकको चाडमा यति लाख यात्रु उपत्यका बाहिर गयो यति लाख यात्रु उपत्यका भित्रियो भन्ने तथ्यांङ्क संकलन गरेर ट्राफिक प्रहरीले समय बर्वाद गरिरहेको छ ।

कर कार्यालयले जस्तो यो आर्थिक वर्षमा यति करोड राजस्व संकलन गरेकोमा ट्राफिक प्रहरीले गर्व गरिरहेको देखिन्छ । यति हजार सवारी साधनलाई कारवाही गरेको, यति लाइसेन्सलाई प्वाल पारेको तथ्याङ्कहरु सार्वजनिक गरिरहेका छन् । तर(तर सडक दुर्घटना तुलनात्मक रुपमा बढिरहेको पनि तथ्याङ्कले देखाइरहेको छ ।

ट्राफिक प्रहरीले अब गौंडा ढुकेर कारवाहीको नाममा जबरजस्ती रकम असुल गर्ने तौर तरिकालाई छाडेर चालक, सडक प्रयोगकर्ता सर्वसाधारण, यात्रु तथा सरोकारवालाहरुका माझमा ट्राफिक प्रहरीले अभियान सञ्चालन नगरेकै कारण पनि दुर्घटनामा वृद्धि भएको हो ।

यातायात व्यवस्था विभाग
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तरगत सार्वजनिक सेवासँग सम्बन्धित रहेर यातायात व्यवस्थापन गर्न छुट्टै यातायात व्यवस्था विभाग रहेको छ । विभागका धेरै कामहरु मध्ये देशमा रहेका सर्वसाधारणको सेवाका लागि कति सवारीका साधनहरु आवश्यक छन् । ती सार्वजनिक यातायातका साधनहरुको व्यवस्थापन कसरी गर्नुपर्छ भन्ने विषयको व्यवस्थापन यसको कामको क्षेत्र हो ।

देशभरिको त कुरा छाडौं काठमाण्डौंमा कार्यालय रहेको विभागले उपत्यकामा कति सार्वजनिक सवारी चढ्ने सर्वसाधाराण जनता छन्, तिनका लागि कति र कस्ताखालका सवारी साधन चाहिन्छन् र त्यसको सञ्चालन व्यवस्थापन र परिचालन कसरी गर्न सकिन्छ भन्नेसम्म पनि हेक्का राख्न सकेको देखिँदैन ।

अहिले विभागको काम भने नेपाल भित्र्याइएका र दर्ता गर्न आएका सवारी धनीबाट तोकिएको रकम लिएर जति आउँछन् त्यति सबैलाई दर्ता गरिदिने कामबाहेक अरु केही पनि गर्न सकेको छैन ।

जो होचो, उसैको मुखमा घोचो
चाडमा भएका दुर्घटना र त्यसका असर र कारणहरुका सम्बन्धमा दसैंलगत्तै सञ्चार माध्यमहरुमा ट्राफिक प्रहरी महाशाखा रामशाहपथका डीआइजी केशव अधिकारी तथा यातायात व्यवस्था विभागका महानिर्देशक काशीराज दाहालको भनाइहरु सार्वजनिक भए वहाँहरु दुबैको तर्क के थियो भने भएका सवै सडक दुर्घटनामा चालक प्रमुख दोषी हुन् ।

यस्ता अवैज्ञानिक आरोपलाई अब कसैले पत्याउनेवाला छैन, कल्पना भन्दा बाहिरको घटना दुर्घटना हो, जुन घटना हुनका लागि धेरैवटा संघटकहरुको कमजोरीका कारण हुने गर्दछ । जसले समग्र ट्राफिक व्यवस्थापनको व्यवस्थापन गर्दछ, जसले समग्र देशको यातायातको व्यवस्थापन गर्दछ ।

त्यस्तो जिम्मेवार व्यक्तित्वहरुले सडकको अवस्था, सवारी साधनको अवस्था, चेतना, जनसख्यां, नीतिगत समस्या तथा देशको भूराजनीतिको असरका बारेमा बोल्दै नवोली निरीहमाथि दोष थुपारिदिने काम ठीक हुन सक्दैन । जो होचो, उसैको मुखमा घोचो गर्नु उचित हुँदैन ।

अब के गर्नु पर्ला ?
सवारी दुर्घटनामा कुनै एक पक्ष मात्र होइन, सबै दोषी छौं भन्ने विषय सबैभन्दा पहिले बुझ्न आवश्यक छ । तात्कालिक तथा दीर्घकालीन योजना बनाउन आवश्यक छ ।

तात्कालिक योजना
सडक र सवारी साधनको मापदण्ड तोक्दै हाइ वेलाई मापदण्ड अनुसार विस्तार र व्यवस्थापन गर्ने, सहरका सडकलाई फराकिलो बनाउने, ग्रामीण सडकका सन्दर्भमा इन्जिनियरिङ्ग परीक्षणपछि मात्र प्रयोग गर्ने नीतिलाई कडाइ गर्ने, साना, मझौला सवारीका स्थानमा ठूला सवारी प्रतिस्थापन गर्ने, सवारी आयात र सडक निर्माणको गतिलाई मिलाउँदै सडक र यात्रुको चापका आधारलाई सन्तुलन मिलाएर मात्र सवारी आयातलाई व्यवस्थित गरिनु पर्दछ ।

समयसारिणि अनुसार यातायातका साधनहरुलाई व्यवस्थापन गरी अनावश्यक उछिन पाछिन गर्ने प्रवृतिको अन्त्य गर्ने ।

दीर्घकालीन योजना

आम सर्वसाधारणलाई गुणस्तरीय सार्वजनिक यातायात सेवा राज्यबाहेक अरु कसैले दिनै सक्दैन । त्यसकारण यातायात सञ्चालनको स्वामित्व राज्यको हुनु अनिवार्य छ ।

नेपालको सन्दर्भमा यातायात सेवाको क्षेत्र निजी क्षेत्रको स्वामित्वमा रहेकाले गुणस्तरीय सेवाभन्दा पनि जसरी पनि नाफा कमाउने निजी क्षेत्रको प्रयत्न केन्द्रित हुने हुँदा अस्वस्थ प्रतिस्पर्धा हुने र व्यवस्थापनमा हारालुछ हुने भएकैले दुर्घटनाको संख्या बढिरहेको छ ।

त्यसकारण सेवालाई जनउत्तरदायी बनाउन तथा लोभका कारण हुने प्रतिस्पर्धा र निम्त्याउने दुर्घटनालाई न्युनीकरण गर्न राज्यले स्वामित्व ग्रहण गर्न जरुरी छ ।

अन्त्यमा
सवारी दुर्घटना कसरी न्युनीकरण गर्न सकिन्छ भन्ने विषय सरोकारवालाहरुको साझा गन्थनको विषय अहिलेसम्म कहिल्यै हुन सकेको छैन । आ(आफ्नो संघ, संगठन तथा संस्थाको पक्षधरता तथा स्वार्थका आधारमा सबैले आ(आफ्नै डम्फु बजाएर हिँडिरहेको पाइएको छ ।

जसले जसलाई आरोप प्रत्यारोप गरे पनि दोष सबैको छ । तर्कले जितेर अरुलाई प्रत्यारोप लगाएर आफू पानीमाथिको ओभानो हुने दुस्प्रयास कसैले नगरे हुन्छ ।

तीन दलका नेतालाई सुझाव



भीमज्वाला राई

बुधबार नेपाली कांग्रेस, एमाले र एमाओवादीका शीर्षनेताहरुको गोकर्ण बैठकले कुनै निष्कर्ष निकालेन । संविधान निर्माणमा उत्पन्न विवादित विषयमा सहमति खोज्न गोकर्ण रिसोर्टको आवासीय बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि कात्तिक ९ गते फेरि बैठक बस्नेगरी तीन दलका नेताहरु बैठकबाट उठेका छन् ।

सहमतिको प्रयास

संविधानका विवादित विषयहरुमा दलहरुबीच सहमति अपरिहार्य छ । त्यसैका लागि दल तथा तिनका नेताहरु क्रियाशील पनि छन् । दलहरुबीच संविधान निर्माणका लागि दलका नेताहरुको साझा धारणाको पर्खाइमा छन् नेपाली जनता । नेताहरुले आफ्ना विचार सार्वजनिक गर्ने क्रममा संविधान निर्माणका जिम्मेवारीका बारेमा आफ्नो भूमिकालाई सार्वजनिकरुपमै स्वीकार गर्ने गरेका छन् । तर साझा धारणा भने बन्न सकेको छैन । त्यसैको प्रयास थियो दलका नेताहरुको गोकर्ण रिसोर्टको बैठक ।

बाह्रबुँदे सहमतिदेखि सहयात्रामा लहसिएका दलहरु मूलतः संघीयता, राज्यको शासकीय स्वरुप, निर्वाचन प्रणाली तथा न्याय प्रणालीका विषयमा अड्किएका छन् । संघीयताबारे कांग्रेस र एमाले एकातिर देखिएका छन् भने एमाओवादी अर्को ध्रुवमा उभिएको देखिन्छ ।

स्वार्थ आआफ्नै

विवादित अन्य विषयहरुभन्दा कुरा नमिल्नुमा संघ राज्यको संख्यामा बढी विवाद देखिएको छ कांग्रेस एमाले बढीमा ७ प्रदेश हुनुपर्छ भन्ने अडानमा छन् एमाओवादी १० प्रदेशको पक्षमा उभिएका छन् । अझ समस्या संघ राज्यको नाम के हुने भन्ने विषय दलहरुबीच विवादको मूल कारण बनेको छ ।

संघ राज्य कतिवटा हुने त्यसको नाम कस्तो रहने भन्ने विषय सतहमा देखिए पनि मुख्य विषय दलहरुभीत्र रहेको संविधान निर्माणसँग जोडिएको स्वार्थ कारण देखिएको छ । कांग्रेस, एमाले तथा एमाओवादीले संघीयताका मोडेल सार्वजनिक गरिसकेका छन् । यो मामिलामा सबैभन्दा कच्चा कांग्रेस देखिएका छन् ।

संघीयताको खाका प्रस्तुत गर्ने विषयमा अघिपछि भए पनि तीनैवटा पार्टीको ध्याउन्न आफ्ना अवधारणालाई संविधानसभामार्फत संविधानमा प्रतिविम्बित गर्नु रहेको देखिन्छ । संघीयताका आफ्ना धारणालाई साझा बनाउन नसकेका दलका नेताहरुले त्यही पार्टीगत स्वार्थसहितको संघीयताको चित्र शीरमा बोकेर हिँडेका छन् । त्यही भएर सहमतिका नाममा भएका वार्ता तथा छलफलहरु असफल बन्दै गइरहेका छन् ।

आरोप प्रत्यारोप

दलका नेताहरुबीच आरोप प्रत्यारोपको दोहोरी श्रृङखला अहिलेसम्म रोकिएको छैन । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, एमाले पहिलेको सहमतिबाट पछि हटेकाले समस्या भएको आरोप लगाइरहँदा कांग्रेस, एमालले भने एमाओवादी अध्यक्ष प्रचण्डको दोहोरो चरित्रका कारण सहमति हुन नसकेको प्रत्यारोप लगाए । आरोप प्रत्यारोपमै दलहरुले पहिलो संविधानसभा गुजारेका थिए ।

दोस्रो, संविधानसाको समय सकिनै लागेको छ अहिलेसम्म पनि दलहरुले एकले अर्कालाई आरोप र प्रत्यारोप लगाउने र आफू पानी माथिको ओभानो हुन खोज्ने पुरानै काइदा त्याग्न सकेको छैन ।

घर्कंदो समय

संविधानसभाले ०७१ माघ ८ गते संविधान घोषणा गर्ने भन्दै संविधान निर्माणका लागि गत चैत्रमै कार्यतालिका सार्वजनिक गरिसकेको छ । अब पुगनपुग ४ महिनाभित्र संविधान घोषणा गर्नु पर्ने जिम्मेवारी दलहरुको काँधमा छ । तर, दलहरुमा देखिएको मेरो गोरुको बाह्रै टक्काको अवस्था र सहमतिका लागि बसेका बैठक निष्कर्षविहीन टुंगिने निरन्तरताले फेरि पनि समय गुज्रने हो कि भन्ने शंका जन्माएको छ ।

कार्यतालिकाअनुसार असोज मसान्तसम्म संविधानको मस्यौदालाई अन्तिम रुप दिएर नागरिकसमक्ष बहसका लागि लाने, मस्यौदा माथि आएका सुझावलाई कात्तिक मसान्तसम्म सुझाव समेटेर मंसिरमा प्रतिवेदन तयार गरी पुससम्म संविधानको विधेयक पारित गरी माघ ८ गते संविधान पारित गर्ने उल्लेख छ । तर, बैसाखसम्म बन्नुपर्ने समितिको सभापति निर्माण देखि नै अल्मलिएको दलहरु अहिलेसम्म अलमलमै छन् ।

विवादित विषयहरुलाई निरुपण गर्न राजनैतिक सम्वाद तथा सहमति समितिलाई संविधानसभाले अन्तिम पटकका लागि भन्दै कात्तिक १५ सम्म समय थपिदिएको छ । समितिका सभापति डा। बाबुराम भटराईले कार्तिक ४ र ५ गतेको गोकर्ण रिसोर्टको बैठकले दलहरुलाई सहमति नजिक पुर्‍याएको बताएका छन् । तर, दलका नेताहरुको शीरमा भएको स्वार्थ बिसाउन जरुरी छ ।

के गर्नु पर्ला नेताहरुले ?
संघीय राज्यको संख्याका विषयमा एमाओवादी र संघ राज्यको नामको विषयमा कांग्रेस एमाले खुकुलो हुने वित्तिकै समस्याको पोको खुल्छ । त्यसका लागि दोहोरो चरित्र दुबै ध्रुवका नेताहरुले त्याग्न सक्नु पर्दछ ।

पहिलो, प्रचण्ड एमाओवादीको अध्यक्षमात्रै होइनन्, संविधान निर्माणका लागि महत्पूर्ण उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक पनि हुन् । उनले आफ्नो भूमिका र महत्व बुझन जरुरी छ ।

संविधान निर्माणका लागि प्रमुख भूमिका खेल्ने संयन्त्रको संयोजक पनि आफैं संविधानसभाप्रति अविश्वास गर्दै यसले संविधान बनाउन सक्दैन भन्दै आन्दोलनरत दलहरुको सडक आन्दोलनको नेता पनि आफै यो द्वैध चरित्र प्रचण्डले त्याग्नु पर्छ ।

दोस्रो, राज्यको नाम ढङ्गा, मुढा र माटोबाट मात्र राखिनु भन्दा त्यहाँका जनताको भावनालाई समेट्ने गरी कांग्रेस, एमाले तयार हुनुपर्छ । संघ राज्य निर्माणको मापन भूगोललाई मात्र बनाउने गरी आएका प्रस्तावलाई परिमार्जन गर्नुपर्छ ।

अन्त्यमा

विवादका चुरोका रुपमा रहेका यिनै विषयहरुलाई तीन दलले समायोज गर्ने हो भने संविधानसभा बाहिर तथा भित्र रहेर संविधानसभाको विरोधमा देखिएका, संविधान निर्माणको विपक्षमा रहेका, जातीय, धार्मिक तथा नेपाली सदभावलाई खल्बल्याउन चाहनेहरुको केही चल्नेवाला छैन । कार्तिक ९ गते तय भएका दलहरुको छलफलले सार्थक निष्कर्ष निकाल्दै माघ ८ गते संविधान जारी गर्ने वातावरण बनाउन सकोस तिहारको शुभकामना ।
   कार्तिक ६ गते अनलाईन खवरमा प्रकाशित

राजनीतिका अप्रिय दृश्य


   
   दशै अघि नै संविधानको प्रारम्भिक मस्यौदा जनताका वीचमा छलफलका लागि पुग्नेछन् । संविधानमा आफ्ना राय सुझाव जनताले आफ्ना प्रतिनिधि मार्फत अभिव्यक्त गर्ने छन् र त्यसलाई पुर्णताका लागि दरिलो आधार बन्ने छ यही थियो संविधान निर्माण कार्यतालिका तर त्यस्तो हुन सकेन । सभामुख सुवास नेम्वांङले संविधान निर्माणको प्रकृयालाई असर पर्ने भएको भन्दै दशैमा नेताहरुलाई काममै रहन उर्दी जारी गरेका थिए । अहिले पनि सहमति नभए प्रकृयाका आधारमा संविधान समयमै जारी गर्ने अडानमा छदैछन् सभामुख अडान स्वभाविक छ तर तालिका मिचिदै जादैछ त्यसले आशंका जन्माएकोछ ।
    तालिका मिचिदै जांदा, अडानहरु असफल हुदै जादां जनतामा उत्पन्न भएको आशंकालाई थप आधार दिएको छ दलहरुको व्यवहारले । मुलतः काग्रेस, एमाले र एमाओवादीको कांधमा छ संविधान निर्माणको मुल जिम्मेवारी तर तिनै राजनीतिक दलहरुका नेताहरुका नेताहरुको भनाईहरु निरासाजनक छन् । राजनीतिक दलहरुको आधिकारिक भनाई नै हुन् भने त्यो नेपाली जनताका लागि दुर्भाग्य हुनेछ खुद्रा रुपमा ाएका नेताका नीजि भनाईहरु हुन् भनेपनि त्यसले दुर्घटनाको संकेत गरेको छ  अबको बाटो के ? फेरी पनि संविधानसभाको निर्वाचन या संघियता सहितको संविधानको अवसान ? ।
   दलहरु अन्तिम परिक्षामा छन् तर दलहरुमा पर्याप्त गृहकार्य छैन पहिलो संविधानसभापनि दलहरुले एकअर्कालाई आरोप प्रत्यारोप लगाएरै सिध्याए । अहिले फेरीपनि एकले अर्कालाई संविधान निर्माणका अवरोधक भन्न थालिसकेका छन् । संविधानभीत्रका केही महत्वपूर्ण समितिका नेताहरु नै अब समय अपुग भयो भन्न थालेका छन् । संविधानसभा मार्फत संविधान बनाउन नचाहाने कमल थापाहरुले हास्यास्पद रुपमा दलहरुले समयमै संविधान बनाउदैनन् त्यस कारण आन्दोलनका लागि तयार बन भन्न थालेका छन् यो नौटंकीको जनताका लागि प्रीय दृश्य होईनन् दलहरुमा चेतना हुनु जरुरीछ ।
आउदो माघ ८ गते संविधान जसरी पनि जारी गर्ने चौतर्फि दवाव दलहरुलाई छ, अविश्वास व्याप्त छ, शंका जताततै छ जनतामा अन्यौलता छ सवैको एउटै जिज्ञासा छ के दलहरुले साच्चै माघ ८ गते संविधान जारी गर्लान ? यतिवेला नेपाली जनतासंग कुनै विकल्प बांकी छैन कुनै आशंकाहरुको कालो बादल भीत्र रुमल्लीनु जरुरी छैन यो अवसर अन्तिम हुनेछ र निर्णायक हुनेछ । दलहरुले आफुलाई सफल बनाएरै छाड्ने छन् तर विश्वस्त भईहाल्ने अवस्था छैन खवरदारी सवैको जरुरी छदैछ ।

कसले गर्ने निगरानी ?


नेपालीहरुको महान चाड दशैले हामीलाई घप्लक्कै छोपिसकेको छ । बजारमा उपभोक्ताहरुको चहलपहल सामान्य अन्य समय भन्दा चौवर बढेको छ । चाडका समय आवश्यक आधारभूत बस्तुहरुको जोहोका लागि सबको गणतव्य बजार हुनु स्वभाविक छ । बजार यस्तो समय आम उपभोक्ताको लागि घातक हुने गरेको छ । सर्वसाधारण बजारबाट शोसित हुने परम्परा पुरानै हो । यतीवेला उपभोक्ताहरु बजारमा आर्थिक रुपमा ठगीने, मानसिक रुपमा त्रासमा पर्ने तथा पीडित हुने गरेको छ । यथार्थमा उपभोक्ताहरुको हक र अधिकारको विषय यस्ता समयमा ओझेलमा पर्ने गरेको छ ।
    बजार उपभोक्ता मैत्री होईन, त्रासदी बन्दैछ खाद्यान्न, लत्ता कपडा, ग्यास, पेट्रोलियम लगायत सवैमा उपभोक्ताहरुको भिड बढ्दो छ । ग्यासको अभाव समस्या चर्कीदैछ, त्यहां उपभोक्ताहरुको मारामारको भिडछ हप्तौ कुर्दासम्म उपलव्धता छैन, खाद्यान्यमा उत्तीकै भीड छ तर राम्रा र स्तरिय बस्तुहरु पाउन सकेको छैन । लत्ता कपडा पसलहरु उत्तीकै लामबद्ध छन् तर उपभोक्ता सुरक्षित त्यहा पनि छैनन् । बजार चौतर्फि उपभोक्तालाई शोषण उन्मुख बन्दै गईरहेको छ । बजार खुल्ला छाडिएको सिंह जस्तै बन्दै गईरहेको छ ।
  दुईबटा विषयमा बजारलाई अनुगमन गर्न आवश्यक देखिन्छ प्रथम अभाव, साच्चैको अभाव या कृतिम अभाव, दोस्रो बजार मुल्य निर्धारणको विधि के हो ? व्यापारी आफैद्धारा बनाईएको मुल्य हो कि बजारको सवेक्षणका आधारमा निर्धारीत मुल्य हो ।
खाना पकाउने एलपी ग्यास अभाव अहिले सवैको पीडाको विषय बन्दै गईरहेको छ । भने दाल, चिनी, चामल जस्ता अत्यावश्यक बस्तुहरुमा मिसावट तथा फलफुल तथा तरकारीमा स्वघोषित मुल्य निर्धारणका कारण यतीवेला उपभोक्ताहरु मारमा पर्ने गरेका छन् । बजारमा हुने यस्ता काला बजारी तथा उपभोक्ताको शोषण ओझेलमा छन् । यस्ता विषयहरुको निगरानीको अभावमा उपभोक्ताहरु शोषण्मा परेका छन् भने काला बजारीहरुका लागि कमाउने अवसर बन्ने गरेका छन् ।
  उपभोक्ताहरु शोषित भईरहदा, आर्थिक मारमा परिरहदा बजारमा हुने यस्ता वेथितिलाई रोक्ने निकायहरु कहां हराईरहेका छन् ? अन्य समयमा उपभोक्ताहरुको हक, हित र अधिकारका कुरा उठाउने संघसस्थाहरु कता निदाईरहेका छन् ? मुलतः उपभोक्ताहरुको सुरक्षा राज्यको दायीत्व हो तर राज्यका निकायहरु समेत यतीवेला चुपचाप रहेका छन् । राज्यको उदासीनता, उपभोक्ताहरुको निश्क्रियता र संसंस्थाहरुको उपस्थिति शुन्य हुंदा त्यसको सवैभन्दा बढी फाईदा बजारलाई आफ्नो अनुकुल बनाउन खोज्नेहरुले लिईरहेका छन् । 

बारा गोली काण्ड र निर्वाचन सुरक्षाको प्रश्न


  • भीमज्वाला राई
  • ......................................................................
     मंसिर ४ गते हुने संविधानसभाको दोस्रो निर्वाचनकालागी बिहिबार देशभरी उत्साहकासाथ उमेद्धवारी दर्ता भएको थियो उमेद्धवारी दर्ताका क्रममा देखिएको देशव्यापी जनलहरको सन्देशले मंसिर ४ मा हुने संविधानसभा चुनाव शान्तिपूण होला भन्ने अनुमान सवैले लगाएका थिए तर त्यसको भोली पल्टै शुक्रबार हिान साढे ११ बजे बारा क्षेत्र नम्बर ४ का उमेद्धवार तथा एमाले नेता महमुद आलममाथि गोली प्रहार भएको छ । यो घटनाले उमेद्धवारहरु त्रसित भएका छन् भने निर्वाचन शान्तिपूर्ण हुन्छ भन्ने कुरामा शंका उत्पन्न भएको छ ।
     मुलतः बैद्य नेतृत्वको माओवादी सहितको ३३ दलिय गठबन्धनले निर्वाचनको विरोध गर्दै आएका थिए । उनीहरुले यो निर्वाचनमा मत होईन बम खस्ने सम्मका चेतावनी दिदै आईरहेका थिए । सवैले अनुमान गरेका थिए निर्वाचनका लागि वास्तविक खतरा ३३ दलीय मोर्चा हुनेछ । उमेद्धवारी मनोनयनको दिन बिहिबार ३३ दल र पूर्वमा मञ्च सम्बध संघिय लिम्बुवान राज्य परिषदले पूर्वका नौ जिल्ला बन्दको घोषणा गरेर निर्वाचन विथोल्ने तयारी गरेका थिए तर निर्वाचनप्रतिको जन लहरले उनीहरुको बन्दलाई निस्तेज बनाईदियो ।
   ति दुवैलाई खतरा सम्झिएका सरकार र दलहरुले बिहिबार सांझ लामो सास फेर्दै अनुमान लगाएका थिए अब चुनावका लागि वातावरण वन्यो खतरा ट¥यो तर परवानीपुरको शुक्रबारको घटनामा भारतीय नम्बर प्लेटको मोटरसाईकलमा आएका अज्ञात व्यक्तिद्धारा गोली प्रहार हुनुले फेरी एक पटक दलहरु र सरकारलाई निर्वाचन सुरक्षा बारे सोच्न बाध्य बनाएको छ । अर्को तर्फ यो गोलीकाण्डमा भारतीय योजना छ भन्ने स्पष्ट भएको छ यसले के देखाउछ भने निर्वाचनको सुरक्षा चुनौती देशमा रहेका विभिन्न शक्तिहरुसंगै विदेशी शक्ति मुलतः भारत पनि हो भन्ने विषय जोडिएको छ भन्ने बुझ्नु आवश्यक छ । 
      आलम गोली काण्डपछि अब निर्वाचनको प्रमुख सुरÔा चुनौती वैद्य नेतृत्वको ३३ दलिय गठबन्धन, लिम्बुवान मात्र रहेन  नेपाल भारत सिमाको लामो दुरी पार गरेर नेपालको भूमिमै आएर यस्ता जघन्य अपराध हुन्छन भने निर्वाचनको सुरक्षा चुनौतीको महत्वपूण विषय र नेपालका लागि खतराको संकेत भारत पनि हो । भारतीय नम्बर भएको सवारीको प्रयोग भएको हत्या प्रयासजस्तो अपराधको दुईदिन वितिसक्दापनि भारतले घटनाको सन्दर्भमा आफ्ना भनाई औपचारिक रुपमा सार्वजनिक गरेको छैन तराईका केही बनीबनाउ नामका संगठनले घटनाको जिम्मेवारी लिएको विज्ञप्ती सार्वजनिक गरेको भएपनि त्यो परिचालित मात्र हो भन्न सकिन्छ । यो गोलीकाण्डको विषयमा भारतले आफुलाई तटस्त राख्न पाउने छैन ।
    महमुद आलममाथीको गोली प्रहार निर्वाचन, उमेद्धवार माथीको सुरक्षाको चुनौती त हुदै हो अझै सवैभन्दा बढी एमालेमाथीको प्रहार पनि हो । किन भने त्यो क्षेत्र मुस्लिम बहुल क्षेत्र भएको र एमालेको राम्रो प्रभाव रहेको क्षेत्र समेत मानिएकाले आलमलाई सवैले अबको सम्भावित सभासदकारुपमा चित्रण गर्ने गरेका थिए । बिहिबार उमेद्धवारी दर्ताका क्रममा एमालेको पक्षमा आएको जनलहरले एमाले नेपालको पहिलो शक्ति बन्ने कुरा सवैले अनुमान गरिसकेको र मधेशी जनता समेत एमालेको पक्षमा उर्लीएकाले यो घटना एमालेको विरुद्ध सुनियोजित रहेको एमाले प्रचार विभाग प्रमुख तथा एमाले नेता प्रदिप ज्ञवालीले शुक्रबारै विज्ञप्ती मार्फत बताई सकेका छन् ।  
      नेपालमा भारतविरोधी आतंकवादीहरुले प्रश्रय लिएको बताउ“दै हि“ड्ने भारतीय अधिकारीले आङ्खनो मुलुकलाई अपराधीको सेल्टर बनाएको छन् यो सर्वथा अमिल्दो विषय हो । नेपालका राजनीतिक दलहरु चैत्रमा चुनाव गर्ने मानसिकतामा थिए त्यसको एउटै आसय थियो त्यो समयसम्म वैद्य लगायतका विद्रोही दलहरुलाई पनि निर्वाचनमा सहभागी गराउन वैद्य पÔलाई सहमतिमा ल्याएर चैत्रमा चुनाव गर्ने तयारीमा थियो नेपाल तर भारतले नै जसरी पनि तोकिएकै समयमा निर्वाचन गराउनु भन्ने दवाव दिएका थिए । आलमलाई भारत विरोधी गतीविधि गर्ने गरेको आरोप यस अघिपनि लगाउदै आएका छन् तर उनले यस अघिपनि यो आरोपको खण्डन गरिसकेका छन् । यसको अर्थ यो पनि हो कि भारतको मिचाहा र हस्तक्षेपकारी गतिविधिको महमुद आलमले जहिल्यै विरोध गर्दै आएका थिए त्यो स्वाभीमानी उनको स्वभाव भारतका लागि पाच्य हुनै कुरै थिएन त्यसैको प्रतिफल थियो गोली काण्डको भारतीय योजना ।
      गोलीकाण्ड पछि तथ्यलाई विषयान्तर गर्दै अहिले जसरी उनको आन्तरिक जिवनको बारेमा र उनको आर्थिक प्रगति र एमाले केन्द्रीय नेतृत्व तहमा पुगेको र मुसलिम ईतेहाद संगठनको केन्द्रीय अध्यक्षको भूमिकाको विषयमा अनर्गल प्रचारहरु गरिएका छन् त्यो पनि भारतीय योजना र चालवाजीकै एउटा षडयन्त्र हो । संविधानसभाको चुनाव नेपालको नितान्त आन्तरिक विषय हो तर भारतले कहिल्यै त्यस्तो हुन दिएन कुनै न कुनै रुपमा उसको हस्तक्षेप रहदै आईरहेको छ नेपालको आन्तरिक मामिलामा हस्तक्षेप र अपराधीक घटनाका योजनालाई अब नेपालले निस्तेज बनाउन आवश्यक छ ।
   नेपाल भारत विरोधी आंतंकबादी गतिविधिको सेल्टर भएको आरोपमा भारतले जहिल्यै नेपाललाई दुख दिदै आईरहेको छ भारतले नेपाली भूमिमै छिरेर अन्तराष्ट्रिय सम्बन्ध र न्यायको सिद्धान्त विपरित मिचाहा व्यवहार देखाएको छ । नेपालले अब सहने र चुपचाप बस्ने सिमालाई तोड्नु जरुरी छ । भारतले आफ्नो भूमिलाई अपराधीको सेल्टर बनाएर नेपालको निर्वाचनलाई भाड्ने काम गरेको यो घटनाले स्पष्ट पारेकोछ   यसबारे भारतीय दूतावासका अधिकारीलाई सिंहदरबार बोलाएर स्पष्टिकरण लिन र फरार अपराधी नेपाललाई बुझाउन अल्टिमेटम सहितको निर्देशन दिन जरुरी छ साथै दिर्घकालिन समस्या समाधानका लागि नेपालले भारतसंगको खुल्ला सिमा र आवत जावतलाई रोक लगाउन जरुरीछ यसो नगर्ने हो भने नेपाल भारतको पञ्जाबाट मुक्त हुने सम्भावना देखिदैन । 
        वैद्य सहितका मोर्चाले निर्वाचन विथोल्न आन्दोलनको कार्यक्रम गर्ने निर्णय गरेका छन् तर सरकार, दलहरु तथा आम जनता पूर्णरुपमा चुनावी मानसिकतामा गईसकेकाले त्यो विरोधका स्वरहरु कमजोर होलान, संघिय लिम्बुवानले शुक्रबार बन्दको आह्वान गरेपनि त्यसलाई पूर्वका जनताले पत्याएनन् २ वजे देखि बन्द भनेपनि यातायात मजदुरहरुले नटेरी सवारी चलाए यसलेपनि असर नपार्ला निर्वाचनलाई र उम्मेद्वारमाथि आक्रमण्ँ गरेपनि राज्यले फौजदारी अभियोगमा उनीहरुमाथि कारवाही चलाउलान तर भारतीय भूमिबाट गरिने यस्ता हिंसात्मक गतिविधिको नियन्त्रण तत्कालको समस्या हो यसको समाधान खोजिनु पर्छ ।
    प्रत्यÔ र समानुपातिक तर्फका हजारौं उमेद्धवारहरु छन्  तर सरकाले सवैलाई व्यक्तिगत रुपमा सुरक्षा गार्ड खटाउन सम्भव हु“दैन । निर्वाचन आयोगले सरकारसंग उमेद्धवारहरुलाई सुरक्षाको माग गरेपनि यो स्थितिमा रेग्मी सरकारले उम्मेदवारको सुरÔा गर्न सक्ने सम्भावना देखिदैन हुनत गृह मन्त्रालयले शुक्रबारै सवै उमेद्धवारहरुलाई सुरक्षा प्रदान गर्ने भनेको छ तर त्यो व्यवहारमा सम्भव कति हुनसक्छ विचार पु¥याउन आवश्यक छ ।  निर्वाचनको विरुद्धमा वैद्यहरु लागेका भएपनि उनीहरुले उमेद्धवारहरुलाई गोली ठोकिहाल्ने उदघोष गरेका छैनन् तर वैद्यलाई निर्वाचनमा ल्याउन सकारात्मक हुन नसकेको भारतले आफ्नै भूमिबाट नेपालमा हुन लागेको निर्वाचनका उमेद्धवारलाई गोली प्रहार गन अपराधीलाई पक्राउ गर्ने विषयमा चुसम्मपनि बोल्दैन भने घटनाबारे दुख सम्म व्यक्त गर्दैन भने भारत नेपाललाई कसरी ध्वस्त बनाउन चाहान्छ भन्ने स्पष्ट भएको छ । 
   यो अवस्थामा स्वदेशी र विदेशी दुबै स्थानबाट निर्वाचनमा हुने सुरक्षा चुनौतीबारे गम्भिर हुन जरुरी छ । निर्वाचनको समय नजिकिदै छ भारतको भूमिका के हो भन्ने अब कसैसंग लुकेको छैन । अबको खतरा कोबाट छ र निर्वाचनका समय कहांबाट असुरक्षा हुन्छ भन्ने नेपाल सरकार र दलहरुले बुझ्न आवश्यक छ ।  उमेद्धवारी दर्ताकै दिन पनि सिमावर्ती जिल्लाका सदरमुकामहरुका निवाृचन आयोगका कार्यालयहरुमा खुलेआम भारतीय नम्बर प्लेटका गाडीहरु धुलो उडाउदै दौडिएको दृष्य देखिएको छ । त्यो दृष्यले चुनाव नेपालमा लागेको होकी भारतलाई अनुमान लगाउन कठिन थियो । किन दौडिरहेका थिए भारतीय छदमभेसीहरु नेपालको निर्वाचन आयोगको कार्यालयमा ? कसले बोलाएका थिए तिनीहरुलाई ? प्रश्न गम्भिर छन् तर नेपाल सरकार र दलहरुले त्यसको हेक्का राखेका छन् कि छैनन यदी गम्भिर नबन्ने हो भने मंसिर ४ सम्म सिमा क्षेत्रमा आलम जस्ता थुप्रै उमेद्धवारहरुमाथी गोली नपड्केला भन्न सकिन्न ।
      अब सरकार र दलहरुले चुनावको तयारी मात्रै गरेर पुग्दैन सुरक्षा चुनौतीको हिसावले जोखिम मानिदै आएका भारतसंग सिमा जोडिएका जिल्लाहरुलाई तत्काल नाकाबन्दी गर्नु पर्छ । तत्कालका लागि सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा लगायतका जिल्लाका नाकाहरुलाई नाकाबन्दी गर्नु पर्छ अन्यथा यो अवस्थामा चुनाव गर्नु अथवा चुनावमा जानु भनेको जानीजानी भुंग्रोमा हामफाल्नु जस्तै हो । विचार नपु¥याई एकोहोरो चुनावी रटानले दल, सरकार असफल हुनेनैछन् संगसंगै नेपाललाई नै असफल राष्ट्र बनाउने भारतीय योजना सफल हुने निश्चित हुनेछ ।




दिल्ली दौडका प्रतियोगीहरुको नाममा



भीम राई ज्वाला...................

    दिल्ली दौडको पछिल्ला प्रतियोगी बनेका छन् नेपाली कांग्रेसका सभापति सुशील कोइराला । उनी आईतबार दिल्ली यात्रामा निस्किएकाछन् यो दौडको श्रृखलामा एमाओवादीका अध्यक्ष प्रचण्ड, काग्रेसकै बरिष्ठ नेता शेरबहादुर देउवा र एमालेका बरिष्ठ नेता माधव नेपाल दौड पुरा गरिसकेका छन् बैशाख दोस्रो साताबाट प्रचण्डबाट सुरु भएको दौडमा शुशिल चौथौं प्रतियोगी बनेका छन् ।
     दोड एकसाथ छैन फरक फरक छ नतिजा कस्तो आउछ र कसको पक्षमा आउछ यसै भन्न सकिन्न तर नेपाली जनताले सातदेखि बुझ्दै आएको कुरा के हो भने परिणाम नेपाल र नेपाली जनताको पक्षमा हुनेछैन नेपालको स्वाधिनता र राष्ट्रिय अखण्डताका पक्षमा हुने छैन । नेपाल र नेपालीको अहितमा हुने त्यही कुटिल प्रतियोगीतामा नेपालका राजनीतिक दलका नेताहरुले दिल्लीको उस्तादहरुसामु किनाराका साक्षि बनेर स्विकारोक्तिको हस्ताक्षर धस्काएर आउने गरेका छन् यस पटकको दौडको मकसदपनि त्यही हो ।
      नेपालको तालाचाबी आफ्नो धोतीको फेरोमा पोको पारेर करिव सात दशकदेखि दिल्ली नेपालमाथी हावी भईरहेको छ । सरकार ढाल्नु प¥यो दिल्लीको साथ, सरकार बनाउनु प¥यो दिल्लीको सहयोग, प्रधानमन्त्री – मन्त्री बन्नु बनाउनु प¥यो दिल्लीको समर्थन यहासम्म कि मन्दिरको पुजारी नियुक्त गर्नु पर्दा समेत दिल्लीको स्वार्थ । संविधानसभाको दोस्रो निर्वाचनको मिति नजिकिदैछ निर्वाचन सम्पन्न गर्ने काम राजनीतिक दलहरुको हो तर दिल्लीले के भन्छ ? नेताहरुलाई त्यही चिन्ता छ र त दिल्ली दौडमा छन् क्रमशः सोध्दैछन् प्रभो के गरौं ?
     राष्ट्रियताका सवालमा दलहरु एक भईदिएका थिए भने नेपालको यो दुर्दशा हुने थिएन कमतीमा पराधिनताको मानशिकताबाट मुक्त हुन्थे र देश र जनताको भविष्य आफैले कोर्ने हिम्मत गर्थे भनेपनि राष्टिय स्वाधिनता दिल्लीको गुलाममा लिलाम हुने थिएन । पाखण्डीपना त कहां देखिन्छ भने दिल्ली दौडमा लामबद्ध हाम्रा नेतृत्व त्रिभुवन अन्तराष्टिय विमान स्थलसम्म राष्ट्रियताको खुबै चर्का कुरा गर्छन तर ईन्दीरा गान्धी विमान स्थल अवतरण हुनेबीतिकै राष्टवाद चाकडीबादमा विसर्जन हुने गर्दछ नेपाल आईपुग्दा गोपीकृष्ण कहो मात्र बाकीरहन्छ ।
      आखिर के हुन सक्ला दिल्ली दौडको मुल उदेश्य ? श्रोत भन्छ
     क) दिल्लीले ज्ञानेन्द्रलाई हटायो अब फेरी ज्ञानेन्द्रलाई राजगद्धीमा फर्काउन चाहान्छ । पछिल्लो समय पूर्व राजा ज्ञानेन्द्रको देश दौडाहा र राहत वितरण जस्ता चलखेलले त्यही कुराको पुष्टि गर्छ ।
   ख) दिल्ली संविधानसभाको निर्वाचनका बारे मुखमा रामराम बगलीमा छुरा भने झै व्यवहार गरिरहेकोछ । खास अर्थमा दिल्ली नेपालमा संविधानसभाको निर्वाचन पक्षमा स्पष्ट छैन तर खुलेरै निर्वाचनको विपक्षमा बोल्न नमिलेपछि नेपालका प्रमुख दलहरुलाई बोलाएर आफ्नो ईन्ट्रेस्ट क्रमिक शेयर गरिरहेकोछ साचों अर्थमा सुरुमा कन्भीन्स नभए जवरजस्त शैलीलाई आत्मसात गरिरहेछ । त्यसकालागी नेपाली राजनीतिमा जती संक्रमणकाल तन्कीरहन्छ दिल्ली मिशन त्यतिनै अनुकुल बन्नेछ । 
ग) संविधानसभाको निर्वाचन भयो भने नेपाल संघिय राज्य बन्नेछ तर नेपाल संघिय राज्य बन्दा दिल्लीलाई बेफाईदा छ त्यस कारण पनि संघ राज्य निर्माणको मुहान भनेको संविधानसभाको निर्वाचन हो नजिकिदो संघ राज्यको मुहानलाई थुन्ने प्रयास दिल्ली दौडको रुपमा मुखरित भईरहेछ । दिल्ली लामो समयदेखि क्याल्कुलेशन गरिरहेकोछ केन्द्रीकृत नेपालका नेताहरुलाई नियन्त्रण जती सहज छ संघ राज्यका प्रमुखहरुलाई समेत नियन्त्रण गर्न दिल्लीलाई चुनैतीपूर्ण हुनेछ । भारतको जानी दुस्मन चिन पायक नेपालका राज्यहरु त झन दिल्लीकालागी अभिशाप हुनेछन ।
      घ) आफ्नो स्वार्थ पुरा गर्ने दिल्लीको उत्तम माध्यम नेपालका मधेशबादी दलहरु थिए त्यही बाटो भएर दिल्ली दलाली नेपालको राजनीतिसम्म प्रबाहित भईरहेका थिए । नेपालमा संघ राज्य निर्माणको बहस चलिरहदा मधेशबादी दलहरुले समग्र मधेश एक प्रदेशको असम्भव माग तेस्र्याएका थिए त्यो अरु कुनै बाटो नभएर दिल्लीको बाटो भएर आएको गलत माग थियो ।
 तर लोभ र डाहाले ग्रस्त ¥याले मधेशी नेताहरुकै कारण मधेशबादी दलहरु विभिन्न टुक्रामा छिन्नभिन्न भएपछि दिल्लीको सहजबाटोपनि असजिलो भएको हो । त्यही भएरपनि दिल्लीले मधेशी नेताहरुलाई नबोलाई अन्य दलहरुलाई मात्र दिल्ली दौड प्रतियोगीतामा सामेल गराएका हुन् मधेशी नेतालाई बोलाउदा समेत दिल्लीको गोप्य पोल खुल्ने डरलेपनि दिल्लीले अहिलेसम्म मधेशीको नाम टिपेको छैन तर यदी निर्वाचनको मिति अगावै कुनै मधेशी नेतालाई दिल्ली बोलाई हालेछ भनेपनि कुनै अनर्थ नमाने हुन्छ ।
    भारतीय समर्थन र विरोधविना नेपाली राजनीतिको सिन्को ओल्लो छेउबाट पल्लो छेउसम्म सरेको छैन २००७ सालमा राण्ाँशासन अन्त्य गर्न राजा त्रिभुवनलाई दिल्लीको साथ, २०१७ साममा राजा महेन्द्रले गरेको राजनीतिर्क कु” दिल्लीकै समर्थनमा राजा मेहेन्द्रले गरेका थिए । ०४६ सालको प्रजातान्त्रिक आन्दोलनको सफलता कम्युनिष्ट र काग्रेसलाई एक थाउमा उभ्याउने काम दिल्लीले नै गरेको हो, दिल्लीले सेल्टर नदिएको भए १० वर्षे माओवादी विद्रोह सम्भवनै थिएन । ०६३ सालको परिवर्तनको जग सात राजनीतिक दलहरुबीचको. १२ बुदे सहमति जो दिल्लीमै भएको थियो ।
   सतहमा हेर्दा नेपालको लोकतान्त्रक परिवर्तनकालागी दिल्लीले लामो समयदेखि साथ दिदै आईरहेको देखिन्छ साचों अर्थमा भने त्यस्तो होईन भन्ने बुझ्न जरुरी छ । कुनै विषयमा साथ दिएको जस्तो गर्ने र साच्चीकै परिवर्तनको दिशामा पुग्दा त्यसलाई रोकेर परिवर्तनका बाधक शक्तिलाई औंला दिने दिल्लीको  नकारात्मक भूमिका नेपालकालागी सर्वथा बाधक र घातक सावित भईसकेको छ । यतीहुंदाहुदैपनि हुन लागीरहेको संविधानसभाको दोस्रो निर्वाचनमा पनि नेपालका सबै राजनीतिक दलहरुलाई दिल्लीकै साथ चाहिएको छ । यो दौडलाई नियाल्दा लागीरहेकोछ ईमान्दार भएको अभिनय गरिरहेको बिरालोको सामु मुसाहरु तांत लागेर दर्शन गर्न गईरहेका छन् र भन्दैछन् प्रभो हाम्रो जिवनदाता ।
    तर हाम्रा प्रतियोगीहरुको मानशिकता यस्तोछ प्रचण्ड दिल्लीप्रति लचकता देखाउदै द्धन्द्धकालमा भारतलाई गरेको गाली र विस्तारबादी आरोपबाट उन्मुक्त हुन चाहान्छ ।  जसको उदाहरण चीन जादा पनि भारतीय राजदुत जयन्त प्रसादले अनुमति दिनु पर्ने अवस्था रह्यो । पछि सुनियो कि का“ग्रेस आइकी अध्यÔ सोनिया गान्धीलाई नभेट्नुले उनको यात्रा खल्लो भयो रे । उनले भारतका शक्तिशाली कर्मचारी र पूर्व कर्मचारीस“ग विगतको गल्तीप्रति माफी दर्शाएरै फर्के ।
   शेरबहादुर देउवाको कुरै नगरौं काग्रेस भनेको भारतको नेपाल ब्रान्च जस्तै हो । सुशील कोइराला नबोलाई भारतले देउवालाई किन बोलाए ? अब का“ग्रेसमा मुख्य शक्ति देउवा नै हुन् भन्ने हल्लीखल्ली काग्रेस र काग्रेस ईतर मज्जैले चल्यो देउवा दंग परेर फर्किए । उनलाईपनि के लाग्यो भने शुशिल भन्दा मै महत्वपूर्ण तर यीनीहरुलाई थाहा हुनु पर्ने हो फुटाउ र शासन गर भन्ने साम्राज्यवादी तथा विस्तारवादीहरुको मुल अस्त्र हो ।

  पालो माधवकुमार नेपालको नेपालको यात्राले ठुलैै चर्चा पायो । सञ्चारजगतमा राम्रै चर्चा भयो तर, उनको यात्रा हल्ला गरिए जतिको महत्वको होइन भनी भारतीय अधिकारीले खुलासा गरे । दिल्ली उड्नु अघिसम्म संविधानसभाको विकल्प छैन कसैले यस्ता कुरा सोच्छन भने त्यो नेपालको लोतन्त्र संघियता र परिवर्तनको विरोधी हो भन्थे दिल्ली दौडबाट फर्किएपछि उनको गोपीकृष्ण कहो सुरु भईसकेको छ उनी भन्न थालेका छन् निर्वाचन नभए जनमतसंग्रह गर्नु पर्छ ।
  सुशील भारत घुम्दैछन् दिल्लीकालागी गोपीकृष्ण कहो चाडै र सहजै अनुकरण गर्न सक्ने राम्रो क्वालिटीको सुगाकारुपमा लिने गर्दछ । सायद नक्कलका बान्की कपी गर्दैछन उनको पेष्ट कस्तो हन्छ चार दिनपछि थाहा भईहाल्छ ।
   यसरी दिल्लीले हाम्रा नेताहरुको एक–एक गरी नाडी छाम्ने हेतुले दौडको आयोजना गरेको छ । स्पष्ट छ खिलराजपछि स्थान सुरक्षित गर्ने आ आफ्ना एजेण्डा कुनैले छुटाउने छैनन् दिल्ली समक्ष त्यही एउटा अबसरकालागी पालै पालो दिल्ली पुगेका हाम्रा नेताहरु दक्षिण एशियामा शक्तिशाली बन्ने केमिकल मिश्रीत दिल्ली ब्राण्डेड लालीपप चाटेर फर्किदैछन् र जिब्रो फट्कार्दै भन्दै छन् नेपालको राष्टिय«य स्वाधिनता र राष्टिय«य अखण्डताकालागी हामी ज्यान दिन तयारछौं ।
    अनलाईनखबरडटकममा प्रकाशित लेख