थिचोमिचोको एउटा उदाहरण ी
पूर्वी नाका काकडभीट्टास्थित नेपाली भूभागमा भारतीय शहर सिक्कीम, ग्यान्टोक, दार्जिलिङ लगायतका स्थान जान यात्रुको प्रतिक्षामा रहेका लामबद्ध सवारी साधनहरु तस्विर ः कल्पना तुम्रोक
ईतिहास
बिक्रम सम्बत १९७३ मा पहिलो पटक मान्छेमाथी चढेर नेपाल भित्रीएको सवारी, राणा शासकहरुले बेलायतबाट भारत हुदै नेपाल ल्याएको यो सवारी भीमफेदीको बाटो हुदैं काठमाण्डौ भित्र्याएको थियो ।
बाल श्रम उन्मुलन नारा मात्रै
धरान १३ स्थित सर्दु खोला नजिकको सुकुम्बासी वस्तीका एक बालक अभिभावकलाई गिट्टी कुट्न सघाउदै फोटो ः सोहन श्रेष्ठ
सुन्पारी पुग्ने विकल्प ।
भोजपुर र धनकुटाको सिमाना लेगुवा स्थित अरुण नदीमा फेरीको माध्यमबाट सवारी तथा यात्रुहरु आरपार गर्दै, अरुण नदीमा पुल नबन्दा वर्षौदेखि दुर्गम पहाडबासी यसरी नै दुखका साथ नदी तर्दै आउने गरेका छन्
माझी दाई पोखरा फेवा तालको #2380;
पोखरास्थित फेवा तालमा माछा मार्न जाल मिलाउदै डुंगामा एक माझी तस्बिर .ज्वाला
Showing posts with label दैनिकी. Show all posts
Showing posts with label दैनिकी. Show all posts
रगत र पसिनाको सम्बन्ध
२९ फागुन २०७०
धरान आएको आज १० दिन भएछ १९ गते दिउसो काठमाण्डौं छाडेको थिए । भोली विहानको बसमा पुनः काठमाण्डौं फर्कदैछु । कार्यक्षेत्र परिवर्तनले मनमा बेचैनी बढीरहेकोछ २०५० सालदेखि धरानलाई कार्यक्षेत्र बनाएर काम मात्र गरिन धरानसंग मेरो रगत र पसिनाको सम्बन्धपनि गासिएकोछ , २०५० सालमा जन्म थलो सिरहा छाड्दा जति सहज थियो तर अहिले धरानबाट कार्यथलो परिवर्तन गरेर काठमाण्डौं रोज्दा मलाई पीडा भईरहेकोछ । हुन त २०६६ सालबाटै धरान र काठमाण्डौको बसाई आधा आधा भईसकेको थियो , २०७० पुस २२ देखि २४ गतेसम्म काठमाण्डौमा भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको नवौं राष्टिय अधिवेशनले मलाई निर्विरोध महासचिव बनाएपछि मैले स्थायीरुपमै कोठा लिएर बस्न थालेको छु । छोरी सुप्रियाको शिक्षा काठमाण्डौमै व्यवस्था भईसकेकोछ चन्द्रा मसंगै हुनेनै भईन् । धरानले मलाई बिर्सनु हुदैन मैले धरानको माटोबाटा पाएको उर्जालाई भुल्नु हुदैन भनेर नै म धरान महिनामा एक दुईपटक आईरहन्छु । यस पटक नेपाल पत्रकार महासंघ सुनसरीको नवौ जिल्ला अधिवेशनको सन्दर्भमा धरान आएको थिए फेरीपनि मलाई सुनसरीका पत्रकारहरुले महासंघको पार्षद जस्तो गरिमामय पदमा निर्वाचित गराउनु भएकोछ । मैले २७ गते नै काठमाण्डौ पुग्नु पर्ने थियो तर धरानको आतिथ्यतालाई भुल्न सकरहेको छैन । धरान आएपछि फकिईहाल्न मनले पटक्कै मान्दैन ।
आमा, बाबा, भाई बहिनी, काका, काकी धरानमै हुनुहुन्छ तर आफन्त भन्दा अन्य समय साथीहरु तथा पार्टी र संगठनको कामनै मेरा लागि परिवार जस्तै भएका छन् । धरानसगैं रहन अब मलाई मेरा जिम्मेवारीले दिने सम्भावना छैन । धरानमा फर्किने जिल्लामा काम गर्ने सन्दर्भमा मेरा केही राजनीतिक योजनाहरु र केही व्यक्तिगत रुपान्तरणका सपनाहरु छन् त्यो सपना पुरा गर्नपनि केही समयका लागि धरानसंगको भेट यस्तै रामछांया यूक्त हुन जरुरीछ ।
यही चैत्र ४ देखि ९ गतेसम्म कम्बोडिया भ्रमणबाट फर्किएपछि जिफन्टको छैठौं महाधिवेशनमा सहभागी भएर चैत्रको अन्तिममा फेरी धरान फर्कनेछु ।
उही यात्रा, पुरानै निरन्तरता
दैनिकी लेख्दै गरेको डायरी अचानक गायव भएपछि आजवाट यही ग्लोवल खुल्ला डायरीलाई दैनिकी लेख्ने डायरी बनाएको छु
विचमा थुप्रै महत्वपूर्ण घटना तथा सस्मरणहरु लेख्न छुटे मलाई विस्मात लागेको छ त्यो महत्वपुर्ण क्षण्हरु म यतीवेला सम्झिन सक्दिन तर के चाही भन्न सक्छु भने औजार दैकिसंग जोडिएका मेरा तिता मिठा अनुभवहरु, मिठो स्मरणहरु, बंगलादेश जादाका मेरा अविष्मरणीय क्षणहरु । यही विचमा मैले धेरै पटक संगठनको कामको सन्दर्भमा मेची महाकालीको यात्रा गर्न पाएको थिए त्यो समयका देशभरीका संगठनका साथीहरुसंगको भेटघाटका क्षणहरु मैले सवै डायरीमा उतार्न सकिन ।
अब यही ग्लोबल डायरीलाई दैनिकी डायरीका रुपमा उपयोग गर्न खोजीरहेको छु । म सक्दो प्रयास गर्नेछु ।
२५ असार २०७० धरान
सुताई र उठाईको रेसियो उही हो प्राय राती एक देखि दुई वजे भीत्र सुतिन्छ विहान उठाईपनि अवेलै हुन्छ प्राय विहान सात देखि आठ बजेभीत्र उठ्छु आज पनि त्यस्तै विहान आठ बजे व्युझिएको थिए । पानी परिरहेको थियो बाथरुम छिरे नित्य कर्म सिध्याए चिया बनाईदिई चन्द्राले पिउदै कसरी बन्छ संविधानसभा पुस्तक हेरें । पुस्तकमा रहेको दक्षिण अफ्रिकी द्धन्द्धविज्ञ डा. निकोलस हेसम फिन्कसंगको श्याम श्रेष्ठले लिएको अन्तरवार्त पढें सारै राम्रो लाग्यो ।
उनले भनेझै गरी संविधानसभापहिले र संविधानसभापछि नेपाली राजनीतज्ञहरुलेपनि दक्षिण अफ्रिकाको अनुभवलाई राम्ररी पढेका भए सायद संविधानसभाको विघटन हुदैन थियो की ? दोस्रो संविधानसभाको निर्वाचनको तयारीमा हाम्रा समयहरु वर्वाद बनाउनु पर्ने थिएन की ? तर त्यो अनुभव फेरीपनि हामीलाई काम लाग्न सक्छ हामी निर्वाचनमा होमीका छौं कुनै अर्को दुर्घटना भएन भने आउदो मंसिर ४ गते नेपालमा फेरी दोस्रो पटक संविधान सभाको निर्वाचन हुदैछ । फेरी यसलाई असफल भएको हेर्न चाहने की सफल बनाउने र जनताका एजेण्डाहरुलाई मुर्तता दिने ?
डा. हेसम भन्छन दक्षिण अफ्रिकामा संविधानसभा भन्दा पहिले दलहरुविच ३४ सुत्रिए संवैधानिक सिद्धान्तहरु बनाईएका थिए, साना दलहरुलाई समावेश गरी बहुमतिय वार्ता तथा अन्तरिम संविधानका खाकाहरु बनाईएका थिए, देशभर शान्ति समितिहरु बनाइृएका थिए तथा अल्प संख्यकहरुको अधिकारहरुलाई समावेश गराउन पहिल्यैदेखि राम्रा अभ्यासहरु भए जसका कारण सवैको ध्यान संविधान निर्माणमा केन्द्रीत थियो ।
तर हामीले त्यसो गर्न सकेनौं संवैंधाकि सिद्धान्तको अभावमा अरु त अरु भए प्रमुख भनिएका दलहप्नि आफु अनुकुल संविधानसभा तथा संविधानको व्याख्या र अप व्याऋयामा समय खर्च गर्न थाले फलतः संविधानसभाले संविधान नै नवनाई असफल बन्नु पर्ने अबस्था बन्यो । फेरी संविधानसभाको घोषणा त भएको छ तर आम जनता निर्वाचन हुनेमा यदी भईहालेछ भनेपनि संविधान बन्ने कुरामा विश्वस्त छैनन् ।
भारत तथा युरोपियन पश्चिमा देशहरु नेपालको संविधान निर्माण , संघियता तथा परिवर्तनको बाधक बन्दै आईरहेको छ । ती शक्तिकेन्द्रहरुको अबस्था जानाजानी दलका नेताहरु त्यसलाई प्रतिबाद गर्दै नेपालको सार्वभौम सत्ताको लागी आफुलाई ठिंग उभ्याउन सकिरहेको छैन । यही कुरा मनमा गुन्दै औजार कार्यालय रहेको शान्तिपथ आए करिव २ घण्टा औजार भवनको तल्लो तलामा रहेको चिया पसलमा चिया गफमै विताए भेटघाट तथा ३ कप चिया पिईसकेपछि मात्र आफ्नो कार्यकक्षमा छिरे । आज अन्य उपलव्धीमुलक केही काम गरिन । साच्चै भन्ने हो भने दिमाग भारी भईरहेको छ, मष्तिष्कले नयां कामको योजना बनाउन सकिरहेको छैन उही बाटो, उही यात्रा, पुरानै निरन्तरता बस अव राती ११ ९ वजेको यो समय केही समयपछि उही यात्रा ।
Subscribe to:
Posts (Atom)













