साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

मजदुरलाई सहयोग

क्षयरोग पीडित यातायात मजदुर कुमार जोगीलाई उपचार सहयोग स्वरुप २० हजार ९५ रुपैया सहयोग प्रदान गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव भीमज्वाला राई ।

आकासबाट देखिएको विराटनगरको दृष्य

पछिल्लो समय बिराटनगर विकासको तिव्र गतीतर्फ अग्रसर बन्दै गईरहेको छ

सुन्दर भेडेटार

धनकुटा र सुनसरीको संगमस्थल पर्यटकीयस्थल भेडेटारको दृष्य

विद्यार्थीलाई सम्मान

प्रवेशिका पक्षिामा सर्वोकृष्ट अंक ल्याउने यातायात मजदुरका छोराछोरीहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान ईकाईले सम्मान गर्दै

Pages

थिचोमिचोको एउटा उदाहरण ी

पूर्वी नाका काकडभीट्टास्थित नेपाली भूभागमा भारतीय शहर सिक्कीम, ग्यान्टोक, दार्जिलिङ लगायतका स्थान जान यात्रुको प्रतिक्षामा रहेका लामबद्ध सवारी साधनहरु तस्विर ः कल्पना तुम्रोक

ईतिहास

बिक्रम सम्बत १९७३ मा पहिलो पटक मान्छेमाथी चढेर नेपाल भित्रीएको सवारी, राणा शासकहरुले बेलायतबाट भारत हुदै नेपाल ल्याएको यो सवारी भीमफेदीको बाटो हुदैं काठमाण्डौ भित्र्याएको थियो ।

बाल श्रम उन्मुलन नारा मात्रै

धरान १३ स्थित सर्दु खोला नजिकको सुकुम्बासी वस्तीका एक बालक अभिभावकलाई गिट्टी कुट्न सघाउदै फोटो ः सोहन श्रेष्ठ

सुन्पारी पुग्ने विकल्प ।

भोजपुर र धनकुटाको सिमाना लेगुवा स्थित अरुण नदीमा फेरीको माध्यमबाट सवारी तथा यात्रुहरु आरपार गर्दै, अरुण नदीमा पुल नबन्दा वर्षौदेखि दुर्गम पहाडबासी यसरी नै दुखका साथ नदी तर्दै आउने गरेका छन्

माझी दाई पोखरा फेवा तालको #2380;

पोखरास्थित फेवा तालमा माछा मार्न जाल मिलाउदै डुंगामा एक माझी तस्बिर .ज्वाला

Showing posts with label मेरो मत. Show all posts
Showing posts with label मेरो मत. Show all posts

पांच करोड हुंदा कस्लाई फाईदा ?

  
     भीम ज्वाला राई
 हरेक निर्वाचन क्षेत्रलाई दिईने दश लाख रकमलाई बढाएर ५ करोड बनाउन सभासदहरुले हस्ताक्षर अभियान थालेका छन् । सभासदहरुले छ करोड मागे भन्ने चर्चाका आभारमा सभासदहरुको मागप्रति नकारात्मक धारणा पनि सुन्ने गरिएकोछ । राजनीतिसंग वितृष्णा भएकाहरुले सभासदले ५ करोड माग्यो भन्नासाथ यसबारे नकारात्मक धारणा बनाउदै यो ठिक होईन भन्ने गरेको सुनिन थालेको छ तर सतहलाई मात्र बुझेर विरोध गर्नु भन्दा यसको राम्रा पक्ष र नकारात्मक पक्षका बारेमा बुझेर मात्र राय दिन जरुरी छ ।
    अहिले सभासद विकास कोषको नाममा वितरण गरिने दश लाख रकम निर्वाचन क्षेत्रको विकासमा अपुग भयो यस कारण यो रकम ५ करोड हुनु पर्छ भन्दै हस्ताक्षर गर्ने एमाले तथा काग्रेसका सभासदहरुको सख्यां दुईसय नाघिसकेको छ हस्ताक्षर गर्नेको सख्या अझै बढ्दैछ । उनीहरुले समानुपातिकका सभासद र अन्य पक्षहरु समेत मिलेर क्षेत्रको आयोजना छनौट गरि खर्च गर्ने प्रस्ताव अर्थ समितिको बैठकमा लाने तयारी समेत गरेकाले यो अभियानले सार्थकता पाउने आशा गर्न सकिन्छ । तर सभासदहरुको अभियानलाई पुर्णता दिने हो भने त्यो रकमलाई निर्वाचन क्षेत्रको विकासमा शतप्रतिशत खर्च हुने आधारहरु समेतलाई प्रस्तुत गर्न आवश्यक देखिन्छ ।
     यस अघि विनियोजन हुदै आएको रकम हातीको मुखमा जिरा भने झै थियो निर्वाचन क्षेत्रको विकासका लागि अपर्याप्तता त थियो नै तर सानो परिनामको रकम समेत दुरुपयोग हुदै आएको अनुभवहरु रहेका छन् । एक त सानो परिमानको रकम त्यमाथी पनि राजनीतिक दलहरुले विभिन्न बहाना बनाएर आफ्ना पार्टीका कार्यकर्ता तथा पार्टी हित अनुकुल खर्च गर्नेगरेको जनगुनासाहरु सुन्ने गरिएको थियो । सभासदहरुले निर्वाचन क्षेत्रको विकासका लागि रकम बढाउने योजना बनाउनु नराम्रो होईन तर विगतमा भएका अनियमिततालाई कसरी अन्त्य गर्नेछन् त्यो विषयपनि अभियानको विषय बन्नु पर्दछ ।
    निर्वाचनका समय सभासदहरुले जनताकाबीच विभिन्न खालका विकासका आश्वासनहरु दिईएका हुन सक्छन् तर सभासद भईसकेपछि उनीहरुको निर्णय अधिकार रहेको रकम दश लाख कुनै एक ठाउको कलभर्ट निर्माणमा समेत पर्याप्तता नहुने र जनताकाबीच बोलेका महत्वपूर्ण काम समेत गर्न नसक्ने अवस्थामा पहुच विहिन र प्रतिपक्षि दलका सभासदहरुका लागि विकास निर्माणका वजेट पास गर्ने विषय जटिल रहेकोछ । यस्तो जटिलताको अवस्थामा सभासदहरुको अभियानले पुर्णता पाएको अवस्थामा केही हदसम्म सभासदहरुको मात्र होईन निर्वाचन क्षेत्रका जनताका समस्याहरुले समेत समाधानको बाटो पाउनेछ तर त्यसलाई सतप्रतिशत जनताको हित र क्षेत्रको विकासमा खर्च हुने विश्वासिलो आधारहरु जनताले थाहा पाउन जरुरी छ ।
    


बिर्सन नहुने विषय


           
 मंसिर ४ गते हुने संविधानसभाको दोस्रो निर्वाचनको मिति जति नजिकिदै छ त्यति नै चुनौती थपिदैछ । शुक्रबार बिहान साढे ११ बजे बारा जिल्ला क्षेत्र नम्बर ४ का उमेद्धवार महमुद आलममाथि गोली प्रहार भए पछि जसरी पनि निर्वाचन गराएरै छाड्ने तयारीमा जुटेको सरकार राजनीतिक दलहरुका लागि निर्वाचन सुरक्षा चुनौती बारे एक पटक गम्भिर भएर सोच्न बाध्य बनाएको छ । निर्वाचनको विकल्प छैन तर कसरी भयरहित वातावरणमा निर्वाचन गराउने भन्ने विषयमा गम्भिर हुन आवश्यक छ ।
         उमेद्धवारी दर्ता गरेको भोली पल्टै उमेद्धवारमाथी गोली प्रहार हुनुले निर्वाचनमा जुटेका सवैका लागि सुरक्षा चुनौती भयानक बनेर देखा परेको छ । सरकार तथा दलहरुले सेना परिचालन गरेरै भएपनि निर्वाचन गराउने बताएका थिए । तर उमेद्धवारी दर्ता गरेकै भोली पल्ट उमेद्धवारमाथी सार्वजनिक थलोमा गोली प्रहार हुनुले सरकारले जतिसुकै ठुलो कुरा गरेपनि निर्वाचन तथा उमेद्धवारहरुको सुरक्षा गर्न सक्दैनन भन्ने देखाएको छ । यो दुर्घटनाबाट पाठ सिक्दै समयमै विचार पु¥याउन आवश्यक छ ।
     बारा गोली काण्डपछि देशभरी एक खाले त्रास उत्पन्न भएको छ । मुलतः संविधानसभाका लागि उमेद्धवार बनेकाहरु यतीवेला बढी त्रसित देखिएका छन् । उमेद्धवारहरुको मनोवल बढाउने भन्दापनि उनीहरुको सुरक्षा कसरी गर्न सकिन्छ भन्ने विषयमा सरकार तथा दलहरुले गम्भिर हुन आवश्यक छ । साथसाथै गोली काण्डको छानविन गरेर यसका कारण र तथ्यहरु सार्वजनिक नगरेसम्म उमेद्धवारहरुमा उत्पन्न त्रास हट्ने सम्भावना देखिदैन ।
         अब संविधानसभाको निर्वाचनको समय डेढ महिनापनि बाकीं रहेको छैन तर निर्वाचन होला कि नहोला भन्ने द्धिविधा कसैको मनमष्तिष्कबाट हटेको छैन । सरकार तथा दलहरुको तयारी हेर्दा निर्वाचनप्रति शंका गर्ने अवस्था देखिदैन तर उमेद्धवारहरु तथा आम जनतामा भने निर्वाचन होला भन्ने विश्वास छैन यसको मुल कारण भनेको निर्वाचन सम्बन्धी विदेशी स्वार्थ र दवाव साथै बारा गोली काण्डले निर्माण गरेको असुरक्षा नै प्रमुख हो । निर्वाचन नजिकिदै गर्दाको यो अन्यौलतालाई तत्काल अन्त्य गर्न सरकार तथा दलहरुले पहल गर्न आवश्यक छ ।

सुरक्षाको हल्ला

 भीमज्वाला राई
     शनिवार इटहरीमा खम्बुवान मुक्ति मोर्चा संयुक्तले राखेको बम बिस्फोट भएर सुनसरीका प्रहरी प्रमुख राजु मानन्धरसहित छजना घाइते भएको घटनाको भोलीपल्ट आईतवार सुनसरी जिल्ला सुरक्षा समितिले सुरक्षा अवस्था कडा पार्न राजमार्गमा चेकजाचलँई तिव्रता दिने निणर्य गरेको छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी प्रमुख रहने सुरक्षा समितिमा सशस्त्र प्रहरी सिमा सुरक्षा वल सुनसरीका प्रहरी उपरिक्षक , जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक, नेपाली सेनाका मेजर लगायत जिल्लाका सुरक्षामा सरोकारवालाहरु संलग्न समितिले बैठकको निर्णयहरु पत्रकार माझ सार्वजनिक गर्दै बडो दम्भकासाथ जिल्लामा सुरक्षा व्यवस्थालाई कडाई गरिने उद्धघोष गरेका छन् सुनसरीका जनताको सुरक्षाको प्रत्याभूती सहितको प्रतिवद्धता मिडिया मार्फत प्राथमिकताकासाथ हल्लीखल्ली गरेका छन् ।

स्वास्थ्य सस्थाको अस्वस्थ काम

  • भीमज्वाला राई
       धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान विवाद र चर्चाबाट कहिल्यै मुक्त हुन सकेको छैन । पछिल्लो समय विपी प्रतिष्ठान नकारात्मक समाचारको मुख्य भण्डारकारुपमा विकसित हुदै गईरहेको छ । नेपालकै प्रतिष्ठित स्वास्थ्य सस्थाकारुपमा चित्रण गरिएककको प्रतिष्ठानको व्यवस्थापनलाई व्यवस्थित गर्ने प्रशासन कमजोर मात्र होईन बेकम्माजस्तै बनेपछि प्रतिष्ठानको सेवा खस्कदो छ भने प्रतिष्ठान दिनानुदिन अस्तव्यस्त बन्दै गईरहेको छ । प्रतिष्ठान प्रशासनभित्र राजनीतिकदलहरुमा रोगको रुपमा देखिएको अन्तरद्धन्द्धको संक्रमणमा प्रतिष्ठान प्रशासनपनि चुर्लुम्म डुवेको प्रष्ट देखिन थालेको छ । त्यसैको प्रतिफल स्वरुप अत्यावश्यक मात्र होईन जनस्वास्थ्यसंग समेत सम्बन्ध राख्ने शवगृहका शव राख्न प्रयोग गरिने आइस क्याबिनेट’को मेशिन बिग्रेर शवहरु सडेर संक्रमण फैलने जोखिम बढिरहदापनि प्रतिष्ठान प्रशासन दोषारोपन गरेर आरामले बसिरहेको छ ।

   प्रतिष्ठान प्रशासन गुट, कमिशनको खेल, नातावाद कृपावादको सांग्लोमा जेलिएकै कारण प्रतिष्ठान भित्रका सिटीस्क्यान, भिडीयो एक्सरे लगायतका बहुमुल्य भौतिक पूर्वाधारहरु प्रयोगहिन बनेका छन् । प्रतिष्ठानका पूर्वाधारहरु सद्धे हुदाहुदै प्रतिष्ठानकै जिम्मेवार तहका कर्मचारीहरुले कमिशन कुम्ल्याएर प्रतिष्ठानमा आउने सेवाग्राहीहरुलाई बाहीर पठाईरहेका छन् । प्रतिष्ठानका दक्ष जनशक्तिहरुलाई प्रतिष्ठानबाट कर्मचारीहरुकै मिलेमतोमा विस्थापित गरिरहेकै छ । प्रतिष्ठानभित्रका वेथितिहरुलाई मिडीयाले सार्वजनिक गरिरहेकै छ तर प्रतिष्ठान प्रशासनले मिडीयाले औल्याएका गलतीहरुलाई सच्याउदै प्रतिष्ठानलाई सुधार गर्न तर्फ लागेको देखिएन । बरु अत्यावश्येक मानिएको शवगृह व्यवस्थित गर्नुको बदला हानाथाप गर्दै सम्भावित संक्रमणलाई स्वागत गरेको पाईएको छ ।

अविश्वास तोड्ने अवसर



              शान्ति प्रकृयालाई निश्कर्षमा पुर्याउने र संविधान निर्माण कार्यलाई पुरा गर्ने कामको महत्वपूर्या जिम्मेवारी पाएको संविधानसभाले समयमै आफ्नो काम पुरा गर्न नसकेपनि आफ्नो आयु लम्ब्याउने काममा भने समय समाप्तीको अन्तिम अवस्थामापनि चुकेको छैन । पटक पटक संविधानसभाको समय थप्दै आएका भएपनि समयमा काम भने पुरा गरेको छैन । संविधान निर्माणका काममा मेहनत नगरे झै यस पटक संविधानसभाको म्याद थप्नेबेलापनि  दलहरुले धेरै मेहनत गर्नुपरेन । दलहरुको सहमतिमा सरकारले संविधानसभा समक्ष प्रस्ताव गरे अनुसार ६ महिनाको लागि संविधानसभाको म्याद थपिएको छ । समय थपसंगै थपिएको समय अन्तिम हुने र त्यसपछि संविधानसभाको समय सकिने सर्वोच्चको फैसलाका कारण अबको ६ महिनाभित्र जसरी पनि संबिधान बनाउनुपर्ने दलहरुसामु दबाब छ ।

राजनीतिक अलमल उस्तै

भीमज्वाला राइ
नेपाली राजनीतिमा एकाध सुखद समाचार वाहेक नेपाली जनताले ढुक्क हुनेगरी र खुशी हुनेगरी कहिल्यै राम्रा खवरहरु सुन्न सक्ने दिनहरु आएको पार्इएको छैन । असहमति, असफलता, अवरोध, विरोध, असन्तुष्टि जस्ता शव्दहरुको मात्र बढी बोलवाला देखियो । संविधानसभाको निर्वाचनपछि संविधान बन्ला, देश संघिय गण्ातन्त्र बन्ला, शान्ति स्थापना होला भन्ने नेपाली जनताले आशा गरेका थिए । तर पछिल्लो चार वर्ष्ामा यही असफलताको कथा र काहानीहरुको थुप्रोमा अलमलीएका राजनेताहरुको अन्यौल पदचापमा आशाको त्यान्द्रो बोकेर जनतापनि अन्यौल यात्रालार्इ पछ्‍याउन बाध्य भएका छन्‍ ।