साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

मजदुरलाई सहयोग

क्षयरोग पीडित यातायात मजदुर कुमार जोगीलाई उपचार सहयोग स्वरुप २० हजार ९५ रुपैया सहयोग प्रदान गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव भीमज्वाला राई ।

आकासबाट देखिएको विराटनगरको दृष्य

पछिल्लो समय बिराटनगर विकासको तिव्र गतीतर्फ अग्रसर बन्दै गईरहेको छ

सुन्दर भेडेटार

धनकुटा र सुनसरीको संगमस्थल पर्यटकीयस्थल भेडेटारको दृष्य

विद्यार्थीलाई सम्मान

प्रवेशिका पक्षिामा सर्वोकृष्ट अंक ल्याउने यातायात मजदुरका छोराछोरीहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान ईकाईले सम्मान गर्दै

Pages

थिचोमिचोको एउटा उदाहरण ी

पूर्वी नाका काकडभीट्टास्थित नेपाली भूभागमा भारतीय शहर सिक्कीम, ग्यान्टोक, दार्जिलिङ लगायतका स्थान जान यात्रुको प्रतिक्षामा रहेका लामबद्ध सवारी साधनहरु तस्विर ः कल्पना तुम्रोक

ईतिहास

बिक्रम सम्बत १९७३ मा पहिलो पटक मान्छेमाथी चढेर नेपाल भित्रीएको सवारी, राणा शासकहरुले बेलायतबाट भारत हुदै नेपाल ल्याएको यो सवारी भीमफेदीको बाटो हुदैं काठमाण्डौ भित्र्याएको थियो ।

बाल श्रम उन्मुलन नारा मात्रै

धरान १३ स्थित सर्दु खोला नजिकको सुकुम्बासी वस्तीका एक बालक अभिभावकलाई गिट्टी कुट्न सघाउदै फोटो ः सोहन श्रेष्ठ

सुन्पारी पुग्ने विकल्प ।

भोजपुर र धनकुटाको सिमाना लेगुवा स्थित अरुण नदीमा फेरीको माध्यमबाट सवारी तथा यात्रुहरु आरपार गर्दै, अरुण नदीमा पुल नबन्दा वर्षौदेखि दुर्गम पहाडबासी यसरी नै दुखका साथ नदी तर्दै आउने गरेका छन्

माझी दाई पोखरा फेवा तालको #2380;

पोखरास्थित फेवा तालमा माछा मार्न जाल मिलाउदै डुंगामा एक माझी तस्बिर .ज्वाला

Showing posts with label यात्रा डायरी. Show all posts
Showing posts with label यात्रा डायरी. Show all posts

दुईदिनमा बदलिएको चतुरे गांउ

भीमज्वाला राई
भुकम्पको उपद्रवसंगै ढलेको थियो चतुरे गांउ । माटो, ढुङ्गा र काठपातको डंगुसंगै थुप्रिएको थियो बस्तीका घर गोठहरु । कतै देखिदैन थिए सग्ला घरहरु । बचेका केही घरहरु पनि चर्किएर ढल्न आतुर देखिन्थे । पुरै गांउमा सन्नाटा थियो । गांउले करिव ३ महिनादेखि कान्लाका छाप्रामा थिए त्योपनि आफ्नै बलबुत्ताले बनाईएका ।

 तर एकाएक धुलो टकटकाउदै उठ्यो चतुरे । नेकपा एमालेको पुन निर्माण अभियान अन्तरगत नेपाल टङेड युनियन महासंघ जिफन्टको मात्रै दुई दिनको मेहनतले ओईलाएका विरुवामा शितल जलको प्रवेशले एकाएक मौलाएझै भयो चतुरेबासीको अनुहारमा । विनासले पु¥याएको क्षतिको पूर्ण व्यवस्थापन एकाध महिना वा वर्षमा सम्भव छैन तर अल्पकालिन रुपमा त्यहांका जनताका संकटलाई जिफन्टले समाधान गरिदिएको छ ।
दुई दिनमा नमुना बस्ति
सांगा नासिका गाविस वडा नम्बर ९ चतुरेका आदिवासी जनजाती तामाङ्ग समुदायको ३७ घर तथा एउटा सामुदायिक भवन जिफन्टले दुई दिनमा निर्माण गरिदिएको छ । प्रत्येक घरमा घरमुलीको फोटो सहितको नाम स्टिकर टासिदिएको छ । 

 जिफन्टका २ सय ५० स्वयमसेवक र प्रगतिशिल तथा पेशागत ईन्जिनियर्स एशोसियसन नेपालका ५० जना ईन्जिनियरहरुको समुहले असार १ र २ गते निर्माण सम्पन्न गरी गाउंलेलाई हस्तान्तरण गरिदिएको छ ।  
ढोका तथा दुईवटा झ्यालहरु जडित डोम मोडेलका घरहरु निर्माणका लागि कांटीकिलादेखि जस्ता पातासम्म जिफन्ट र ईन्जिनियरर्स एशोसिएसनको लगानीमा निर्माण भएको छ । 
हरित चतुरे ः
असार १ गतेसम्म घर गोठको भग्नावशेषले उराठ थियो चतुरे गांउ तर मजदुर र ईन्जिनियरहरुको श्रम र विवेकले बनेका घरहरुको हरिया जस्ता पाताले पुरै चतुरे हरित बन्यो । डांडा हरियो जस्ता पाताले बनाईएका घरहरुले रमित लाग्दो हरियो देखिएको थियो । यद्यपि सवै घरहरु एकै स्थानमा नभएपनि आसपासका केही दुरीमा घरहरु र सामुदायिक भवन बनेका छन् ।

हामीले गांउलाई जिफन्ट नमुना गांउ बनाउन खोजेका थियौं त्यसका लागि केन्द्रीकृत रुपमा बस्ति बसाउन खोजिएपनि प्राविधिकरुपमा सम्भव नभएको जिफन्टका अध्यक्ष बिष्णु रिमालले बताउनु भयो ।  
कसरी सम्भव भयो यस्तो ?
राज्यको पहुंचबाट टाढा र राहत नपाएर आहत बनेका पीडित जनतालाई सहयोग गर्नु पर्छ भन्ने जिफन्टको धारणा अनुसार सोझा जनजाती बस्ति चतुरेलाई छनौट गरिएको जिफन्ट अध्यक्ष बिष्णु रिमालले बताउनु भयो ।
 घर निर्माण भन्दा पहिले जिफन्ट तिन पटक गांउको भ्रमण र स्थलगत अनुगमनपछि आवश्यक्ताका आधारमा नमुना गांउ बनाउने योजनामा पुगेको थियो । जस अनुसार बस्ति वरिपरि घरहरु बस्तिबीचमा सामुदायिक भवन, खानेपानी तथा शौचालय निर्माण सम्मको योजना रहेको थियो । 
एकिकृत बस्ति निर्माणमा प्राविधिक उल्झन आएपछि शौचालय बाहेक अन्य कामहरु निर्माण सम्पन्न भएको रिमालले बताउनु भयो ।
जनताको केही नलिई सहयोग ः
चतुरे गांउ निर्माणमा परिचालित मजदुर तथा ईन्जिनियरहरुले जनताको केही नलिई केही नखाई दुईदिन काममा जुटका थिए । काठमाण्डौंबाट चतुरेसम्म स्वयमसेवक लाने ल्याउनेदेखि खाना, खाजा र चियासम्म स्वयम जिफन्ट र ईन्जिनियरहरुको सस्थाले गरेको थियो । खाद्य व्यवस्थापनमा केहीहदसम्मको सहयोग भने नेकपा एमाले तथा जिल्लाका प्रभावशाली नेता गोकुल बास्कोटाले गरेको थियो । 

वत्तिमुनिको अंधेरो ः
वत्तिमुनिको अंधेरो भन्ने नेपाली आहानलाई चरितार्थ गर्दै चतुरे राजधानीको नजिकै भएरपनि उपेक्षित बनेको देखियो । भक्तपुरसंग सिमाना जोडिएको सांगा पार गरेर राहतका पोकाहरु सिन्धुपाल्चोक, दोलखा, रामेछाप गाडीका गाडी छिर्छन तर त्यही सांगाको ९ नम्बर वडाको चतुरेबासीले केही खाद्य सामग्री बाहेक बासकालागि त्रिपाल, जस्ता पाता अहिलेसम्म पाएका छैनन् ।
 राज्यको ध्यान त पुगेन तर जन अनुमोदित प्रतिनिधिहरुले नै ध्यान नदिदा चतुरेले थप पीडा खेप्नु परेको एमाले नेता गोकुल बास्कोटाले बताउनु भयो । 
यसो भन्छन् गाउंले ः

सुनिता तामाङ्ग
घर निर्माणपछि अबको वर्षामा ओत लाग्ने आश्रय स्थल बनेको सुनिता तामाङ्गले बताईन् । आफु एकल महिला रहेको र ४ जनाको परिवारलाई लिएर बारीमा महिनौ छाप्रो बनाएर बस्नु पर्दा असुरक्षित थिएं अब सुरक्षित रुपमा घरमै बस्न पाईने अवस्था बनेको उनले बताईन् । 




ठुलीमायां तामाङ्ग (७२) ः
हामी खुशीछौं आफ्नो केही लगानीबीना घर निर्माण भएको छ, हाम्रो गांउमै आएर हामीलाई सहयोग गर्नु भएको छ मजदुरहरु र ईन्जिनियरहरुले हामीलाई ठुलो गुन लगाउनु भएको छ । 
राज तामाङ्ग ः
अहिलेसम्म सरकार तथा कुनैपनि दलहरुले हाम्रो गांउलाई सहयोग गरेको थिएन यस्तो अवस्थामा एमालेको अभियानमा जिफन्टले गांउले सबैको घर बनाईदिएर विपदका वेला महत्वपूर्ण मानविय सेवा गरेको वहाले बताउनु भयो ।

 बिष्णु तामाङ्ग ः
हामीले सांचो सहयोगी पायौं । गांउमा हामी बुढाबुढी र केटाकेटी मात्र छौं । युवाहरु विदेश र काठमाण्डौं तिरै बस्छन् आफुसंग घर टहरा बनाएर बस्नसक्ने हविगत छैन यसरी घरहरु नबनाईदिएको भए वर्षाको समय हामीलाई मुस्किल पर्ने थियो । 
सञ्जय तामाङ्ग ः
हाम्रो गाउमा जिफन्टले घर बनाईदिने कुर चलेपछि हामीलाई यहाका केही जनप्रतिनिधि भनाउदाले बोलाएर किन बनाईदिनु प¥यो घर तपाईहरुले चाहिदैन भन्नु पर्छ सम्म भने तर हामीले वंहालाई भन्यौ तपाईले बनाईदिनोस हामी जिफन्टको घर स्विकार्दैनौ भन्यौ त्यसपछि वहांका अनुहार अहिलेसम्म देखिएको छैन । 
एक कदम अघि जिफन्ट ः
जफन्ट नेपाली मजदुरहरुको अधिकारका लागि क्रियाशिल नेपालकै जेठो टङेड युनियन हो । जिफन्टका थुप्रै सदस्यहरु भुकम्प पीडित छन् तर राष्टिङय संकटको समयमा जिफन्टले आफ्ना सदस्यहरु मात्र केन्द्रीत नभई नेपाली जनताको पीडालाई कम गर्न क्रियाशिल रहेको छ । जनताको साथमा जिफन्टको नारा दिएर मेची महाकालीका आफ्ना नेता कार्यकर्ताहरुलाई प्रभावित क्षेत्रहरुमा परिचालन गरिरहेको छ ।

  जिफन्टले हालसम्म १ सय ८८ घर टहरा, ७ वटा विद्यालय, र एउटा सामुदायिक भवन निर्माण गरिसकेको छ । 
 यस अघि जेठ १५ देखि २६ गतेसम्म काभ्रेपलान्चोककै गैरीबिसौना देउपुर र नयांगांउ देउपुर गाविसमा १ सय ५१ घर टहरा र ७ वटा विद्यालयहरु निर्माण गरिसकेको छ । 
 साथै भग्नावशेषहरु सफा गर्ने, चर्किएर जोखिमयुक्त घरहरु भत्काईदिने, पुरिएका सामानहरु निकाली दिने कामहरु असंख्य भईरहेका छन् । त्यस्तै भुकम्प पीडितहरुलाई खाद्यान्न तथा आवश्यक भौतिक सामग्रीहरु वितरण गरिसकेको छ । 

एउटा गांउको व्यथा


भीमज्वाला राई
काठमाण्डौं । आईतबार अपरान्ह १ बजे सिन्धुपाल्चोक सांगाचोक सिपाजी १ नयां टोल पुग्दा भुकम्पले भग्नावशेष बनेको घरको छेउको टहरामा अप्सरा कार्की दिवंगत आमाको किरीयापुत्री बसिरहेकी थिईन । आमा बुबाका तिन छोरीहरु मध्ये कान्छी अप्सरा मात्र अविवाहित हुन् । काठमाण्डौंमा टेम्पो चलाएर आमा बुबाको पालनपोषण तथा रेखदेख गर्दै आईरहेकी अप्सराले भुकम्पमा आमा सिता कार्की गुमाईन । भुकम्पले घर भत्काएपछि उनकी आमाको घरमा पुरिएर ज्यान गएको थियो । 
  भत्कीएको घर छेउमा ८४ वर्षीय बुबा हर्कवहादुर कार्की भुकम्पले भग्नावशेष बनेको घर तर्फ टुलुटुलु हेरेर बसिरहेका थिए । ″म बारीमा काममै थिए उनी घरमै थिईन, भुकम्पको पहिलो झट्कामै ढलेको घरमै उनी परिन्” उनले भने । अप्सरा भने काठमाण्डौंमै रहेकीले बचिन ।
 त्यस्तै खत्री थोकका शिव केसी ढुंगाको थुप्रोबाट खाट र काठको दराजको टुक्रा र अन्य काठ झिक्दै गरेका भेटीए । यहां हामी छ घर दाजुभाईहरु थियौं कसैको घर सग्ला रहेनन् उनले भने । 
शिवराज गिरीले भत्कीएको घर देखाउदै भने ०४६ सालमा बनाएको दुई बटा घर थियो केही रहेन । मान्छे परिएन भएका गाई, खसी, कुखुरा बाख्रा सवै भित्रै पुरीएका छन् ।
  उक्त वडामा रहेका १ सय १९ घर मध्ये ५ घर बाहेक सबै घरहरु भत्कीएका छन् । पुरिएका मान्छेहरु निकालिएपनि पशु पंक्षिहरु भग्नावशेषभित्रै कुहिएकाले गांउ भर दुर्गन्ध फैलिएको छ । जता हेरयो ढलेका घरहरु, त्रिपाल तथा भत्कीएका घरबाट निकालिएका जस्तालाई टेको लगाएर बनाईएका टहरामा थिए गांउले । 
  टहराभीत्र घाईतेहरु  छटपटाईरहेका थिए । लत्ता कपडा, खाद्यान्न तथा खानपान तथा सरसफाईको अभाव जताततै देखिन्छन । यदी यस्तो अवस्था केही समय अझै लम्बीने हो भने अन्य गांउलेपनि महामारीको खतरामा देख्न सकिन्छ । त्यस गांउमा संघ, सस्था, व्यक्तिहरुको सहयोग बाहेक सरकारी उपस्थिति भने अहिलेसम्म नपुगेको गाउलेहरुले दुखेसो गरिरहेका थिए । अति प्रभावित सिन्धुपाल्चोकको सांगाचोकमा मात्रै १ सय ६० को मृत्यु भईसकेको छ । १ मात्रै होईन अन्य वडाको हालपनि उस्तैछ ।

  यस्तो विपदका वेला केही गरौं भन्ना खातिर केही खाद्यान्न माईक्रो बसमा हालेर नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका तर्फबाट म लगायत ठाकुर श्रेष्ठ, मायां वेगा, नबराज घिमिरे, शरण लामा, अजय श्रेष्ठ, प्रकास बस्नेत त्यहा पुगेका थियौं । 
संस्कारमा समस्या
भुकम्पमा आमा, बुबा गुमाएकाले सस्कार पुरा गर्न समेत पाएका छैनन । सस्कारका लागि चाहिने बाहुन परिवार थोरै तथा त्यही परिवारमा समेत शोक परेपछि बाहुनको अभावमा सामुहिक किरियापुत्री बस्नु परेको छ । 
 बाहुन अभावकै कारण खत्रीथोकका भीमसेन खत्री, राजकुमार खत्री लगायत चार जनाले सयुक्तरुपमा किरीयापुत्री बस्नु परेको छ । गांउभरी दुख परेको छ सबैलाई सस्कार अनुसारको काम गर्नै पर्छ त्यस कारण हामी एकै स्थानमा बसेर सामुहिक रुपमा सस्कार गरिरहेकाछौं भीमसेन खत्रीले बताए । 
स्याबास डाक्टरसाब
सरकारी उपस्थिति नदेखिएपनि खत्रीथोकको विकट गाउमा धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरु भेटीए । 
डा. शुशिल भटराई, डा. सागर पौडेल र डा. गोविन्द तिवारी झोला बोकेर उक्लीदै थिए । 
 सुरुमा उनीहरुलाई हामीले चिनेनौ । मैलेनै तपाईहरु कहांबाट आउनु भएको हो कुन सस्थाबाट भनेपछि मात्र आफुहरु धरानबाट आएको विपी प्रष्ठिानका डाक्टर भनेपछि हामीमा छुट्टै हौसला आएको थियो ।
 केही समय अघि मात्रै भुकम्पमा परि घाईते हुनु भएकी राधा खत्रीको पीडा सुनेर आएका थियौं । हामीले वहांहरुलाई त्यहां गईदिन अनुरोध गर्यौं वहांहरु राजी हुनुभायो र संगै लिएर गयौं । देव्रे हात भाचिएको र ढाडको हाडमा चोट रहेको राधा खत्रीको पहिलो चरणको उपचारपछि धुलिखेल अस्पतालले घर फर्काई दिएको थियो त्यसपछि छटपटाएर बस्न बाध्य थियो । 
गांस र बासकै टुंगो नभईरहेको अवस्थामा जतिसुकै पीडा भएपनि उनलाई थप उपचारका लागि उनको श्रीमानले अन्यन्त्र लान सकिरहेको थिएन ।
चिकित्सकहरुको त्यो टोलीले त्यहा अन्य चार जनाको उपचार गर्न भ्याए, साथमा ल्याएको औषधी, सावुनहरु वितरण गरे र यस्तो अवस्थामा अपनाउनु पर्ने स्वास्थ्यका सावधानीहरुबारे जानकारी गराए । र आफुहरु धरानबाट १२ जनाको समुह सिन्धुपाल्चोक आएको र दुई स्थानमा स्वास्थ्य शिविर राखेकाले अन्य समस्याहरु भए शिविरमै आउन गाउलेलाई सुझाए । 
अप्रिय दृष्य
सिन्धुपाल्चोकको सडक छेउमा राहतको आशा गर्ने पीडितहरु समुह समुहमा भेट्न देख्न सकिन्छ । सेतो बस्त्रमा किरियापुत्री बस्नेहरु प्रसस्तै देख्न सकिन्छ । तर अधिकांशको गुनासो सरकारबाट राहत पाईएन भन्ने मात्रै सुनिन्छ । त्रिपाल नपाएको, खाद्यान्न सामग्री नपाएको परिवारहरु अझै भेटिने गरेको छ । मृतक परिवारमा शुद्धी कार्यका लागि खर्च अभाव रहेको गुनासो सम्म सुन्न पाईयो । 
कहां जान्छ राहत ?
जनगुनासाहरु आईरहेको भएपनि राहत सामग्री बोकेका सवारी साधनहरु प्रसस्तै मात्रामा सिन्धुपाल्चोक छिरिरहेको देखिन्छन् । देश तथा विदेशबाट राहत सामग्रीहरु संकलन भईरहेको र प्रभावित क्षेत्रमा आईरहेको प्रचार भईरहेको छ । त्यतिकै मात्रामा भण्डारण भईरहेको सञ्चार माध्यममहरुमा देखिएको छ । तर पीडितहरुको गुनासा सुन्दा र अवस्था देख्दा सबैलाई लाग्न सक्छ आखिर कहां जान्छ राहत ? राज्यले घोषणा गरेको मृतक परिवारलाई १ लाख ४० हजार रुपैया शुद्धी कार्य सकिनेवेलासम्म पीडितले किन पाईरहेको छैन ।
कहां छ समस्या ?
राहत सामग्री पर्याप्त आईरहेको भएपनि वितरण प्रणाली व्यवस्थापन गर्न नसक्दा गुनासोहरु आउने गरेको देखिएको छ । व्यवस्थापनकै कमजोरीका कारण कुनै स्थान वा पीडितले दोहोर्याई तेहेर्याई राहत पाएपनि कुनै स्थान वा व्यक्तिले एक पटकपनि नपाउने गरेको पाईएको छ । जसको शक्ति उसको भक्ति भन्ने उखान जस्तै सोझा सिधा पीडितहरु थप पीडित बन्दै जाने र टाठा बाठाहरु कम पीडित भएपनि राहत भने बढी लाने अवस्था देखिएको छ । 
के गर्दा राम्रो ?
पीडितहरुको लगत संकलन गरी पीडाको क्षतीका आधारमा सुचि तयार पार्नु पर्दछ । किन भने कतिपय स्थानमा राज्यका कुनैपनि निकाय नपुगेकाले त्यहांको क्षती र पीडितहरुको अवस्थामा राज्यसंग विवरण नभएको स्पष्ट देखिएको छ । 
 त्यसैगरी राहतका सम्बन्धमा सरकारी तहबाट तथा अन्तराष्टिङय स्तरबाट आएका राहतलाई सरकारी स्तरबाटै वितरणका लागि योजना निर्माण गर्नु पर्दछ र देश तथा विदेशबाट निजिस्तरबाट आएका राहलाई समेत सरकारी विवरणका आधारमा आवश्यक स्थान तथा पीडितहरुलाई वितरण गर्नु पर्दछ ।  
पीडितहरुको विवरण तथा राहत पाए नपाएको विवरण नहुदा निजि स्तरबाट आएका राहतहरु समेत एकै स्थानमा दोहोरिने गरेका छन् भने कतिपयले अहिलेसम्म पाउन नसकेको देखिन्छ । 

  








द्धन्द्ध पीडित देश सवै नेपाल जस्तो हुन्न रहेछ



भीम ज्वाला राई
  ९ चैत्र २०७० काठमाण्डौं
      काढमाण्डौ । क्याम्बोडियाली राजधानी नोम पेनको तिनदिने बसाईले मनग्य छोयो । उग्र वामपन्थिी विचारको परिणाम के हुन्छ भन्ने उदाहरण कम्बोडियाली खमेरुज पार्टीका नेता पोलपोटको सन १९७० देखि १९७५ सम्मको शसस्त्र जन बिद्रोह र त्यसले निम्याएको विध्वंसको कथाहरु पढिदै र सुनिदै आएकाले क्याम्बोडिया भन्ने बित्तिकै नेपाल जस्तै अस्तव्यस्त र अबिकसित भन्ने ठानेको थिएं । 
   सर्वहारा क्रान्तिका नाममा माओवादीहरुले नेपालमा गरेको जनयुद्धको दश वर्षे हिसात्मक क्रियाकलाप र त्यसले निम्त्याएको विनास र नेपालीलेले भोगीरहेको पीडाको एउटा साक्षि म आफै थिएं । मुक्तिको नाम जोडिएका जनयुद्ध र त्यसलाई निषेध गर्ने नाममा भएका दमनले देशलाई कतिसम्म बर्वादीको दिशा तर्फ धकेल्छ भन्ने अनुभव संगालेको हुनाले १८ मार्च २०१४ को राती ११ । ५० वजे क्याम्बोडियोको राजधानी नोम पेनका लागि काठमाण्डौ छाड्दापनि क्याम्बोडियालाई नेपाल भन्दा हरेक हिसावले राम्रो र विकसित ठानेकै थिईन । जव १९ मार्चको विहान मलेसिया हुदै अपरान्ह करिव १ वजे क्याम्बोडियाको राजधानी नोम पेन अन्तराष्टिय विमानस्थल अवतरणपछि हाम्रो देशको अव्यवस्थित र फोहोर त्रिभुवन अन्तराष्टिय विमान स्थल र त्यहाको आधुनिक र टकटकाउदो सफा विमान स्थलबीच कतै छेउकुनो मेल नखाए झै मेरो अनुमानपनि छेउकुनै मिलेन ।
      विमान स्थलबाट बाहिरिएर करिव ३५ मिनटको यात्रा बाट नोम पेन शहरको बजार हुदैं सन वे होटल पुग्दासम्म क्याम्बोडिया बारे गरिएका अनुमान शतप्रतिशत गलत सावित भयो  जनयुद्धका नाममा भएका हिंसा र विध्वंशको सामना गरेकै देशहरु भएपनि नेपाल र क्याम्बोडियाबीच थुप्रै असमानता र केही समानताहरुपनि पाईए  । 
असमानताहरु ः
नोम पेन विमान स्थलमा नेपालको विमान स्थल जस्तो ढिला पन देखिएन अन अराईभल भिसाको फर्म भर्नासाथ करिव १० मिनटमै सवै काम तमाम पारिदिएर यू आर हर्ट्ली वेलकम टु आवर कन्टी क्याम्बोडिया, ह्याव अ नाईस स्टे ईन नोम पेन  सर भन्दै हासेर विदाई गरे जुन व्यवहार हाम्रो विमानस्थलमा कार्यरत कर्मचारीहरुबाट अपेक्षा गर्नु मुर्खता हुनेछ बरु विभिन्न बहाना गरेर दुख दिने गरिन्छ । 
     त्रिभूवन अन्तराष्टिय विमान स्थलको आगमन गेटमा प्रिपेईड ट्याक्सी भनिएपनि कम्यूटराईज रसिदबीना पर्यटनहरुका लागि भनिएको हरियो प्लेटका ट्याक्सीहरुले चर्को मुल्य तोक्ने, मोलमोलाई गरेर यात्रुहरुबाट मनपरि रकम असुल्ने गर्दछन् नोम पेनमा त्यस्तो देखिएन यात्रु तानातान र चर्को मुल्य असुल्न खोज्ने र अन्य देशबाट त्यहा पुगेका यात्रुहरुलाई  ठग्ने ट्याक्सी चालकहरु त्यहा देखिएनन् । तानातान गर्न पनि कोही आएनन ।
   विमान स्थलबाट बाहिर निस्किएपछि काठमाण्डौको जस्तो धुलो धुंवा र फोहोरबाट बच्न नाक थुन्नु पनि परेन कतै ट्राफिक जाममा पनि परिएन, पैदल यात्री र सडकमा हुने भीडभाड र गाईबस्तुलाई तर्काएर ट्याक्सी कुदाउनु पनि परेन र हाम्रो देशमा जस्तो स्वरुप विगारेर पुच्छर ठाडो पारेर नागवेली चाल र आंधीको गतिमा कुद्ने मोटरसाईकलहरुपनि बाटोभरी कतै भेटिएन ।
     चिल्ला र चौडा सडक, आ आफ्नै लेनमा आफ्नै गतिमा दौडिरहेका सवारीहरु, सडकका दायां बायां तर्फ मझौला तर सफा भवनहरु हेर्दै चिताकर्षक नेपालमा जस्तो सवारी साधनलाई नै रोक्नेगरी सडक किनारमै पसल थाप्ने र हाट बजारै सडक पेटीमा लगाउने जस्तो वेथिति नोम पेनमा कतै देखिएन । 
    अझै अचम्मको कुरो त के भने नेपालको जस्तो हिटलरी टाफिक प्रहरीहरु नोम पेन शहरमा कतै देखिएन । काठमाण्डौका सडकमा ट्राफिक प्रहरीहरुको दादागीरी खपीसक्नु हुदैन, चालकहरुलाई गालीगलौज गर्दै जरिवाना असुलीरहेका उत्तेजित ट्राफिकहरु जताततै देखिन्छन् तर नोम पेनमा न ट्राफिक नै देखियो न चालकहरु  सवारी नियम उल्लघन आरोपमा कार्वाहीमा परेको दृष्य देखियो । 
     नोम पेन आउने पर्यटकहरुलाई सहज के देखियो भने क्याम्बोडियन मुद्रा साटिरहन नपर्ने किनभने साना साना पसलहरुमा समेत अमेरिकी डलर सहज विनिमय भएको पाईयो, काठमाण्डौको ठमेलमा मात्र देख्न सकिने पर्यटकहरु मुद्रा विनिमय सहजका कारणले पनि होला नोम पेन शहर जताततै पर्यटकहरु भेटिन्थे । 
केही समानताहरु ः 



 क्याम्बोडियनहरुलाई नेपालका राई, लिम्बु, गुरुङ, तामाङ, मगर, शेर्पा तथा नेवार समुदायका मान्छेसंगै राखिदिने हो भने कसैलेपनि छुट्याउन सक्दैनन् । होचो कद, डल्लो अनुहार थेप्चो नाक चिम्सा आंखां र सेतो छाला नेपाल र क्याम्बोडियाबीचको समानता देखियो । नोम पेनका मान्छेहरु देख्दा उहिले हाम्रो जुजु बराजुको पालामा घर झगडा गरेर पर्देशिएर मुग्लानीएर क्याम्बोडिया आउदा यतै घरजम गरेर बसेको हो की जस्तो । आफ्नै दाजुभाई जस्ता अब स्वदेश फर्कौ सगैं शुख दुख गरेर बसौ भनौ जस्तो मायां लागेर आउने । 
  हाम्रो देशमा जस्तो खस ब्राहमण तराईबासी मुलकासंग अनुहार मिल्नेपनि नभएका होईनन् तर बहुल सख्यांमा मंगोलियन अनुहारकाहरुको बाहुल्यता क्याम्बोडियाको विशेषता रहेको पाईयो । अर्को समानता भनेको अधिकांश बौद्ध धर्मावलम्बि तथा नोम पेन शहरको मध्य भागमा समेत हिन्दु धर्मावलम्बिहरुको आस्था झल्काउने मन्दिरहरु रहनुले हिन्दु धर्मपनि क्याम्बोडियामा अझै अस्तित्वमा रहेको पाईयो ।
    महिला प्रधानता 
सडकमा गुड्ने सार्जजनिक तथा निजी सवारी साधनहरुका चालकहरुमा महिलाको सख्यां उलेख्य देखिएको पाईयो । सवारी साधन सञ्चालनमा मात्र होईन नोम पेन शहरको चर्चित बजार रसियन मार्केट जहां व्यापार गर्ने ९९ सय प्रतिशत व्यापारीहरु महिला भेटिए । १५ देखि ७० वर्षसम्मका महिलाहरु हातमा क्यालकुलेटर बोकेर स्वदेशीसंग आफ्नै भाषामा र विदेशीहरुसंग अग्रेजी भाषामा बस्तुको मोलमोलाई गरिरहेको भेटिए । 
    त्यो शिप यहां लागु गर्न सके ?
दुई भन्दा बढी पर्यटकहरु तथा स्वदेशी यात्रुलाई सेवा दिन मोटरसाईकलको पछाडी छ जाना अटाउन सकिने सिट जोडेर बनाईएका टुक टुक र एक जना मात्र पर्यटक या यात्रुलाई सेवा दिन मोटरसाईकल सेवा प्रदान गरेर त्यहाका युवाहरुले दैनिक १० देखि २० अमेरिकी डलर कमाईरहेका छन् । त्यस्तो पेसामा १८ देखि ६० वर्षसम्मका हजारौ क्याम्बोडियाली आश्रित रहेको पाईयो । 
 त्यो मोटरसाईल वा टुक टुक सेवा नेपालमा पनि सञ्चालन गर्न सकिए यहांका युवाहरु वेरोजगार बन्नु पर्ने थिएन । नेपालका कुण्डले, मुन्द्रे, जगल्टेहरु तथा तह तहका डनहरु ुबै तह लाग्ने थिए । चरि, गणेश लामा, दिपक मनांगे, चक्रे मिलन लगायत डनहरु पनि तह लाग्ने थिए ।
 कामको खोजीमा दैनिक सयौं युवाहरु विदेशिनु परिरहेकोछ ३० लाख भन्दा बढी नेपाली युवाहरु संसारभरी प्रवासी जिवन विताईरहेका छन् । यो सेवाले प्रवासी समस्यालाई केही हदसम्म समाधानका लागि सहयोग पुग्ने थियो ।
   क्याम्बोडियाली श्रमिक जनताको दुर्भाग्य
क्याम्बोडिया बिकासमा अघि बढीरहेको भएपनि जनजिविका र श्रमिकहरुको आधारभूत आवश्यक्ताका विषयमा अझै पछि रहेको पाईयो । सन १९५३ मा फ्रेन्च उपनिवेशबाट स्वतन्त्र भएको भएपनि त्यहाको शासकिय अधिनायकबादबाट क्याम्बोडिया अझै मुक्त हुन सकेको देखिएन सायद त्यही भएरैपनि पोलपोटले जन विद्रोह प्रारम्भ गरेका थिए । यद्यपी उनको विद्रोह ईतिहासमै बदनामी मात्र भएन जसले संसार भरिको कम्युनिष्ट आन्दोलनलाई बदनामी पनि बनायो । 
   पोलपोटको पतन र राजतन्त्रको पुनरुत्थानपछि देखिएको परिवर्तन र वर्तमान क्याम्बोडियाको रुप र भविष्यप्रतिको फड्को पार्ने प्रयत्नलाई सवैले सराहना गर्नै पर्छ तर अहिलेपनि त्यहा श्रमजिवि जनताले न्युतनम आवश्यक्ताका मागहरु प्राप्त गर्न सकेको पाईएन ।
   गार्मेन्ट कारखानामा काम गर्ने मजदुरहरुको संगठन स्वतन्त्रता र न्यूनतम ज्याला लागु गर्ने मागको आन्दोलनमा गएको जनवरीमा सरकारले दमन मात्र गरेन पांच जना मजदुरहरुको हत्या गरिदियो भने अहिलेपनि २३ जना मजदुरहरु प्रहरी हिरासतमा बन्दी बनाएर राखेको छ । 
   अन्तराष्टिय टे«ड युनियन महासंघ एशिया प्रशान्त क्षेत्रीय कमिटी (आईटियूसि एपी)ले क्याम्बोडियामा बैठक राख्नुको कारण यही निरंकुशताको विरुद्ध संसारभरीका ट्रेड युनियनहरुको एक्यवद्धताका लागि पनि हो । आगामी जुनमा जेनेभामा हुने अन्तराष्टिय श्रम संगठन(आईएलओ)को महासभामा प्रस्तुत हुनेगरी क्याम्बोडियाको यही श्रमजिवि मजदुरहरुको हत्या र गैर कानुनी बन्दी बनाईएको विषय र बगलादेशको राना प्लाजा गार्मेण्ट उद्योग भत्कदा ११ सय ३५ मजदुरहरु मारिएपनि अहिलेसम्म क्षतिपुर्ति नपाएको विषयलाई प्राथमिकतामा राखेका छौं । बैठकमा सहभागीहुने मौका जुराई दिएकामा नेपाल टेड युनियन महासंघ जिफन्टलाई हार्दिक धन्यवाद । 
    
   

रामेछाप यात्राका अनुभूतिहरु



  • भीमज्वाला राई   ..........................................................................................................
काठमाण्डौं । रामेछाप जिल्लाको लखनपुर गाविसको पाङचेतका लागि हाम्रो सानो समुहले आश्विन आठ गते विहान ७ वजे काठमाण्डौं छाडेको थियो । म पूर्वेली ठिटोका लागि मध्य पहाडी जिल्लाको दुर्गम गांउ जान पाउनु नयां अनुभव बटुल्न पाउने अवसर थियो । यात्राको उदेश्य थियो सहकर्मी मित्र ( नेपाल यातायात स्वतन्त्र मजदुर संगठन (ईटवान) केन्द्रीय सदस्य तथा बागमति ईन्चार्ज ) ठकुरकुमार श्रेष्ठको परिवारलाई समवेदना प्रकट गर्नु । पिता गणेशवहादुर श्रेष्ठको भाद्र ३० गते निधन भएपछि आसौचमा रहनु भएका ठाकुरजीको पुख्र्यौली थलोसम्म पुगेका थियौं ।
    यात्राका अगुवा हुनुहुन्थ्यो जिफन्ट उपाध्यक्ष तथा ईटवानका पूर्व अध्यक्ष उद्धव केसी वहांका पछि थियांै ईटवानका केन्द्रीय सचिवहरु अर्जुन अर्याल, शम्भुप्रसाद नेपाल र म केन्द्रीय सदस्य विष्णु लामा, बागमती अध्यक्ष नवराज घिमिरे, ललितपुर अध्यक्ष शरण लामा र अरनिको ईकाईका कार्यालय सचिव हरिचन्द्र भण्डारी । आठ जनाको हाम्रो टोलीको उदेश्य सोही दिन काठमाण्डौ फर्किनु थियो तर हामी भोली पल्ट राती आठ बजे मात्र बल्लबल्ल आईपुग्यौं त्यहि यात्राका केही अनुभूतिहरु ।
  •    अंक संयोग
 नेपाली परम्परागत समाजले अंक ८ लाई अशुभ मान्ने गरेको छ । हामी भौतिकवादी कम्युनिष्टहरु विश्वास गर्दैनौं तर हाम्रो यात्राका सहभागी सख्यां ८ नै थियौं, गते पनि ८ नै थियो र बनेपाबाट प्रस्थान गरेको अंक पनि ८ बजे नै थियो । यो आठ अंकको संयोगमा भएको यात्रामा पाएका कष्टलाई स्मरण गर्दा साच्चै नेपाली उखानमा केही तथ्य रहेछ कि भन्ने लागेको छ ।
  • खाली पेट सडक खन्दा
      विहान ९ वजे काभ्रेपलान्चोकको दोलालघाट पुगेका थियौं ईन्दावती र सुनकोशीको संगमस्थल दोलालघाट आफैमा एउटा लोभलाग्दो बजार हो जसलाई व्यवस्थित गर्न सकिए आन्तरिक मात्र होईन बाह्य पर्यटकहरुलाई पनि आकर्षित गर्न सकिने प्रसस्तै सम्भावनाहरु छन् दोलालघाटसंग ।
      त्यो सुन्दर दोलालघाटलाई पछाडी छाडेर सुनकोशीको वेलीब्रिज तरेर हामीले यात्रा तय गर्नु थियो । खाना यहीं खाएर जाऔं भन्ने साथीहरुको प्रस्ताव थियो खानाको कुरा हुनासाथ मैले ईन्द्रावती र सुनकोशीको लोकल माछासंगको मिठो खाना खाएको चार वर्ष अघिको स्वादलाई स्मरण गरिसकेको थिए तर शम्भुजीले भर्खर ९ बज्दैछ अहिले नै नखाउं ४५ मिनट पछि कोलातीं पुगिन्छ त्यही खाना खाउंला त्यहाको खाना मिठो पनि हुन्छ लौ जाऔं भन्ने शम्भुजीको प्रस्ताव उचीतै लाग्यो  हो ता नि नाथे दोलालघाटको खाना त खाकै होनी आज नयां ठाउको खाना चाखौं नत भन्ने लाग्यो । सुनकोशी त¥यौं  दुई किलोमिटर पार गर्दा नगर्दै फलांटेमै हामी फसादमा प¥यौं । अघिल्लो दिन मुसलधारे पानी परेको थियो त्यही पानीको कमाल रातोमाटे बाटोमा हामीले लिएर गएको टाटा सुमो गाडीको टायर चिप्लीएर उकालो हिड्नुको बदला नाच्न पो थाल्यो । ठुला गाडी हिडेर बनेको लिक र बाटोको विचको उच्चो भागले हाम्रो होचो र सानो गाडीको मुनिको भाग डिफेन्सल छोएर समस्यामा प¥यौं ।
    त्यसपछि सुरु भयो हाम्रो कुल्ली जिन्दगी कोदालो, गैति माग्दै बाटो सम्याउदै आफु चढ्न रिजर्वमा लगिएको सुमो ठेल्दै । विहानको छुच्चो घाम शरिरबाट पसिनाको मुलै फुटेको छ, हिलोले शरिर लतपत्तिएको छ पेटमा भएका खाजाहरु सिद्धिसकेको थियो । यो क्रम १ वजेसम्म निरन्तर चलिरह्यो बल्ल बल्ल कोलातीं त पुग्यौं तर शम्भुजीले भने झै न खाना थियो न भने झै खाजा नै पाईयो । सवै भोक र थकानले लल्याकलुलुक भईसकेका थियौं । त्यहा रहेका दुईचार वटा पसलहरुमा खाना सोध्यौं कसैलेपनि छ भनेनन् । अर्जुनजी मसंगं खुसखुसाउदै  हुनुहुन्थ्यो आखिर दोलालघाटमै खाना खाएर आएको भए के नै पो वित्ने रहेछर ?
     उद्धव सर जंगीनु भयो साथीहरु समयमै विचार पु¥याउनु पर्छ अब अलमल नगर्नुस जे छ त्यही खाएर जांउ सवै चुप थियौं बोल्ने कसैसंग जांगर थिएन हामी छेवैको पसल छि¥यौं पछि थाहा भयो डवलवहादुर कडेंलको रहेछ केही थान आलु चप, केही आलुको तरकारी र दुनट (पाउरोटी) रहेछ त्यही खायौं अहो † कस्तो गजव मिठो भयो मैले चिउरा पनि मागे चिया पियौं र लाग्यौं गणतव्य तर्फ ।
  •       उद्धव सर जहां पनि अव्वल
   गाडी ठेल्ने खन्ने हाम्रो काम साझा थियो संगठनको जिम्मेवारीका हिसावले जिफन्ट केन्द्रीय कमिटीहुदै संगठनको ईकाई तहसम्मका थियौं तर संगठनको आदर, सम्मान र मर्यादालाई सवैले त्यो क्षणका लागि भुलेर सवै बाटो खन्ने र गाडी ठेल्ने काममा एकसाथ थियौं उमेर र मर्यादाले हामी भन्दा धेरै माथी भएर पनि उद्धव सरले खन्ने र ठेल्ने काममा हामीले भन्दा बढी भूमिका निभाउनु भयो । शारिरिक काममा पनि उद्धव सर अव्वल क्षमताका हुनुहुन्छ भन्ने प्रत्यक्ष अनुभव हामी सवैले गर्न पायौं ।
  •     नयां बाटो नयां मान्छे
रामेछाप ठाकुरजीको घर जाने भन्ने कुराले मलाई के लागेको थियो भने हरर गाडीमा गईन्छ हदै भए एक घण्टा हिड्नु पर्ला । म मात्र नयां परें अरु साथीहरु बागमतीकै भएकाले जानकार नै होलान् भन्ने सोचेको थिए तर त्यस्तो होईनरहेछ सवै साथीहरु त्यो बाटो र स्थानका बारेमा म जस्तै अनभिज्ञ हुनुहुदोरहेछ ।
 कुन बाटो जानु पर्ने, कहासम्म पुग्नु पर्ने बाटो कस्तो छ भन्ने विषयको जानकारी अरुसंग सोधखोज नगरी हिड्नै सकिन्न थियो हामी कुहिरो भित्रको काग झै थियौं ।
  • चालक एक निर्देशन अनेक
    हामी गाडीमा गुडिरहेका थियौं चालक थिए संगठन ललितपुर जिल्ला अध्यक्ष तथा बागमती सदस्य शरण लामा तर निर्देशन सवैको थियो गाडीभीत्र सवै चालकहरु थिए । उद्धव सर भित्ता चेपेर लैजानुस कमरेड भन्नुहुन्थ्यो शरणजी त्यतैबाट गाडी लानु हुन्थ्यो, अर्जुनजी बिचको ढिस्कोमा तपाईको टायर चढाउनुस भन्नुहुन्थ्यो शरणजी फेरी त्यसै गर्नुहुन्थ्यो, नवराजजी कराउनु हुन्थ्यो शरण दाई दांया चेप्नुस त्यसै गर्नु हुन्थ्यो । शरणजीसंग स्टेयरिङ, ब्रेक, क्लज, एक्सीलिरेटर र गिएर थियो तर ड्राईभिङ निर्देशन हामी सवैको थियो ।
  • आफ्नै ज्यानको मायां हुदोंरहेछ
कछुवा यात्रा चलिरहेकै थियो अचानक गाडीको अग्रभाग सडक छाडेर दांया साईडमा हुत्तियो अगाडी उद्धव सर, विच भागमा अर्जुनजी र शम्भुजीको विचमा म थिएं, पछाडी विष्णुजी, नवराजजी र हरिजी हुनुहुन्थ्यो ।
 गाडी रोकिएको थियो अर्जुनजी, शम्भुजी र उद्धव सर भुईमा ओर्ली सक्नुभएको थियो म सहित अरु गाडीमै थियौं नवराजजीले विष्णुजी, हरिजी र मलाई समेत पेलेर आत्तिएर बाहिर निस्कनु भयो पछि म पनि झरे पानीले भिजेर कमलो भएको माटोले हाम्रो गाडीलाई कान्ला मुनी तान्दै रहेछ सवै अत्तालिएका थिए । बल्ल बल्ल गाडीलाई सडकमा उकाल्यौं लामो सास तान्दै नवराजजीले भन्नु भयो अब बल्ल खतरामुक्त भईयो सवैको मुहारमा एक किसिमको खुशिको सञ्चार भएको मैले देंखे ।
   यही मौकामा मैले नवराजजीलाई जिल्याउन खोजें । अरु वेला तपाई पहिले भन्नुहुन्थ्यो नवराजजी आज त पेलेरै ओर्लनु भयो नि हामीलाई वास्तै गर्नु भएन नि भनेर भन्नासाथ सवै गलल हासे । नवराजजी पनि हास्दै सर यस्तो वेलामा सवैभन्दा धेरै आफ्नै ज्यानको मायां हुदोरहेछ ।
  •     ओरालो झर्दै उकालो चढ्दै
अपरान्ह चार वजे माझीफेदा गाविसको काफ्ले भन्ने ठाउमा पुग्यौं पांच छ बटा पसल, केही ढु¨े घरहरु थिए यातायातका साधनले भर्खर पाईला टेकेकाले त्यो गाउ बजार उन्मुख बन्दै गरेको देखिन्थ्यो ।
 सवारीको गणतव्य काफ्ले भन्दा पर थिएन गाडी त्यही बजारको छेउमा राख्यौं र खाजा खाने निधो ग¥यौं तातो र नुनिलो झोल पदार्थ, थुक्पा खाने तिव्र ईच्छा थियो तर त्यो केही पाईएन । पसलमा चाउचाउ, विस्कुट र सफ्ट ड्रिङ्कस मात्र पाईयो त्यही खायौं र ओरालो झ¥यौं हामीले काफ्ले छोड्दा साढे चार वजिसकेको थियो पुग्नु पर्ने थियो पारी पट्टी छ्या¨ देखिएको गाउं लखनपुर गाविसको पाङचेत । हामी काभ्रेपलाञ्चोकको भूमिमा उभीएका थियौं तर रामेछाप, दोलखा र सिन्धुपाल्चोकका केही भूभागको सुन्दर डांडाहरु देखिएको  थियो एकछिन लहरै उभीयौं र सवैले नजर लगायौं ।
    केही समय तेर्सो बाटो हिड्यौं त्यसपछि नाक डांडी जस्तै माझीफेदा गाविसको विला भन्ने ठाउंको ओरालो र भिरै भीरको बाटो हिड्यौं । भिर भएपनि घास र साना साना झाडी र पोथ्राहरु भएकाले भिरको अनुभव हुदैन थियो तर केही कारण खुट्टा रड्कीयो र त्यहाबाट लड्यौं भने कंकाल भेट्न समेत नसकिने छांगा थियो । मान्छे चिन्न सकिने उज्यालोमै हामीले ओरालो छिचोल्यौं र चौरी खोलाको नव निर्मित पुलमाथी हाम्रो थकित शरिरलाई अवतरण गरायौं ।
    चौरी खोला काभे्रपलाञ्चोक र रामेछाप दुई जिल्ला छुट्याउने सिमाना थियो भने बागमती र जनकपुर अञ्चलको साध पनि त्यही खोला थियो । जापानको सहयोगमा बनेको पुलमाथी एकछिन सवैले आराम ग¥यौं फोटो खिच्यौं र फेरी उसैगरी उकालो हान्नियौं उकालो उसैगरी नाकको डांडी झै थियो । ओरालो उकालो सवैको अगुवा हुनुहुन्थ्यो उद्धव सर हामी थियौं लहरै पछिपछि ओरालोमा गफिदै हिड्नेहरुपनि उकालोमा सवै चुपचाप थियौं चुपचाप के थियौं बोल्न सक्ने अबस्था थिएन मुखबाट आटीनअटी स्वासको मुस्लो निस्किरहेको थियो जतीजती पाङचेत र ठाकुरजीको घर नजिकिरहेका थियौं त्यति त्यति हामीलाई हम्मे हम्मे थियो पौने सात वजे बल्ल ठाकुरजीको घर पुग्यौं । चार दाजुभाई सौचमा हुनुहुन्थ्यो, आगनमा आफन्त र ईष्टमित्रहरु हुनुहुन्थ्यो पश्चिम फर्किएको पहाडी भुईमा एउटा दक्षिण फर्किएको र अर्को उत्तर फर्किको दुईबटा घर बीचमा रहेको खुल्ला आंगनमा हामीपनि थपिदा झण्डै २५ ÷ ३० जना भयौं बिद्युत लाईन भएपनि मधुरो थियो एकले अर्कालाई राम्ररी चिन्न मुस्किल पथ्र्यो त्यस्तै अवस्थामा संगठन केन्द्रीय कमिटी र बागमती अञ्चल कमिटीले तयार गरेको समवेदना पत्र बाचन गरे पछि उद्धव सरले ठाकुरजीको परिवारलाई हस्तान्तरण गर्नु भयो ।
  त्यो वेलासम्म हामीले स्याउले भरिएका दुई तिनबटा थाल सिध्याईसकेका थियौं अरेन्ज जुशले भरीएका बाल्टीन रित्याईसकेका थियौं हामी त्यहांबाट चाडो हिड्ने प्रयत्नमा थियौं तर ठाकुरजी र वहांका परिवारहरु हामीलाई त्यो रात त्यंही बसाउने प्रयासमा हुनुहुन्थ्यो । अन्ततः खाजा खाएरै जाने आग्रहलाई स्विकार्दै साढे सातवजे राती सवैले एक एकवटा लौरो साहारा लिएर ठाकुरजी, वहांका परिवार र ईष्टमित्रसंग विदा भएर ओरालो लाग्यौं ।
  •      सुरु भयो लाटोकासेरो यात्रा
  चुक पोखिएको अध्यारो थियो उज्यालो थियो भने हाम्रा हातमा भएका मोवाईन सेटको उज्यालो मात्र थियो उद्धव सरसंग सानो टर्चलाईट रहेछ । आखांका कारण उद्धव सर राती दिउसो झै हिड्न सकिरहनु भएको थिएन आखांको समस्या मेरो पनि उस्तै तर मैले कसैलाई भनिन मेरो देव्रे हातको लोरौ र दांया हातको मोवाईलले दिएको उज्यालाले मलाई सहारा दिईरहेको थियो ।  जसोतसो ओरालो छिचोलेर चौरी खोलासम्म आईपुग्यौं महाकाल थियो नाक छुने उकालो र भीरको खतरा ।
    ठाकुरजीको सल्लाह अनुसार भीरको खतरालाई छल्न केही समय मोटर बाटोका लागि बनाईएको घुमाउरो बाटोबाट जादां राम्रो ठान्यौं र त्यसै ग¥यौं । किन पनि त्यसो गर्नु जरुरी थियो भने शम्भुजी दुई ठाउंमा लडिसक्नु भएको थियो भीरको बाटोमा शम्भुजीका लागि अझै बढी खतरा थियो ।
     राती सवा दश बजे काफ्ले आईपुग्यौं त्यंहा पुग्दा ठुलै युद्ध जितेको सेना जस्तै अनुभूत भईरहेको थियो । थाकेको शरिरलाई जतापायो त्यतै भुईमा असरल्लै पारेर बस्यौं, लगाईएका कपडा पसिनाले भिजेर शरिरमै टासिएका थिए तर थकानका कारण कुनै शरिरलाई असहज अनुभव  पटक्कै थिएन ।
      जानेबेलामै खाना पकाउन लगाएका थियौं हामीलाई होटलका भाईले पर्खिरहेका रहेछन् त्यो दिन हाम्रो पेटमा भातको सित्तो परेको थिएन भात खाने हाम्रो उत्कट ईच्छा थियो तर भात भने जस्तो थिएन पुरै चिसो र कक्रिएको थियो दाल र सागसंगको त्यो चिासो र कक्रिएको भात साच्चै मिठो अनुभव भयो । एक एक कप दुध पियौं र चिसै कपडामा टांडमाथी असरल्लै सुत्यौ विहान उठ्दा शरिरमै कपडा सुकिसकेका थिए ।
  •      घाउमा नुनचुक
   ९ गते विहान उठ्दा शरिर दश जनाले गोदे झै गरि दुखिरहेको थियो ५ वजे सवै तयारी भयौं रातीको पानीले बाटो विगा¥यो होला भन्ने चिन्ताले शरिरको दुखाई भन्दा बढी चिमोटीरहेको थियो । ल तपाईहरु आउदै गर्नुस हामी बाटो हेर्दै मर्नि¨ वाल्क गर्दै जान्छौ भनेर उद्धव सर म र नवराजजी उकालो लाग्यौं ।
    करिव एक घण्टा हिडिसक्यों तर हाम्रो गाडी आएन फेरी गाडी फस्यो भन्ने अनुमान लगायौं र फोन ग¥यौ अनुमान सहि सावित भयो फर्कियौं ं। फेरी सुरु भयो पुरानै नियती तर अवस्था सहज थिएन शरिर मरिकाटे केही गर्नै मान्दैन थियो हास्दा पनि पेटको लाम्टा समाएर हास्नु पर्ने अवस्था थियो तर बाटो नखनी, ढु¨ा नबोकी उपाएनै थिएन ओहो † घाउमा नुन चुक हालेर कोट्याए जस्तै ।
 बल्ल बल्ल निकाल्यों एक किलो मिटर हिड्न पाको छैन फेरी उही दशा हैरानीको सिमा थिएन उफ † के दिनमा आईएछ ? के दिनमा यो गाडी ल्याईएछ ? फेरी एउटा पानीले भरीएको होलीमा पगाडी फस्यो ठेल्यो हुदैन, पानी काटेर बगायो निस्कदैन, माटो पु¥यो हुदैन, ढु¨ा खोजेर ल्यायो हुदैन लखतरान उपाए छैन अब बाकीं  हामी रणभुल्लमा थियों हामी सवैको अनुहार निचोरेको कागती जस्तै भईसकेका थिए हामी एक अर्कालाई हेराहेर गर्दै रुन्चे हासो मात्रै हासिरहेका थियौं ।
     काफ्लेबाट काठमाण्डौं जादै गरेको बस आईपुग्यो हाम्रो गाडी ननिकाली त्यो यात्रुवहाक बस जाने सम्भावना थिएन अर्कातिरबाट मालबाहक ट्रक पनि आयो अब हामी रमायौं मन भित्रभित्रै प्रफुल्लीत भयौं दुवै सवारीका स्टाफ तथा यात्रुहरु सवैलाई बोलायौं कसैले ताने, कसैले ठेले, बाटो खन्ने र ढु¨ा बोक्नेहरुको अब कमि थिएन हामी भने आनन्दले रमिते बनेर दुखेको शरिरलाई राहत दिईरहेका थियो र पनि केहि शिप चलेन अन्नत ट्रकले आफुले बोकेको टुचन ल्याएर तानेर निकालीदियो हामी खुशि भयौं र बाटो लाग्यौं ।
     विहान ५ बजे हिडेका हामी १२ बज्दा भर्खर करिव ८ किलोमिटर बाटो पार गरेछौं पुवाभञ्ज्याङमै खाना खायौं  फेरी ढु¨ा र खाल्डो छिचोल्दै सडक नामको भलखाडो बाटोबाट लाग्यौ उकालै उकालो । गाडीमा रहका ८ जनाका १६ थान आंखा अगाडीको बाटोमै बिछ्याईएका थिए एउटा डांडा छिचोल्ने बेलामा सल्लाका घारीको ओस लागेको ठांउमा फेरी पानीले भरिभराउ तलाउ देखियो हामी सवै ओर्लियौं र सवैले निदेर्शन गर्न थाले यो ठांउमा तपाईको टायर पारेर कुदाउनुस, कोही भन्न थाले होईन यो छेउको ढिस्कोबाट लानुस पार भईन्छ कोही होईन सिधै लानुस शरणजी ।
 शरणजी पनि हामीसंगै बाटोको अनुमान गर्न थालेर स्टेयरिङमा बसेर हुईक्याए तलाउकोबीचमा पुगेपछि गाडी चलमलाउनै सकेन टायर घुमेको घुमेकै गाडी जहांको त्यही । हामी फसादमा छेउछाउमा ढु¨, माटो केही थिएन चढ्यौं पाखामा र भएभरको ढु¨ा झा¥यौं र तलाउ सवै पु¥यौं पानी काट्यौं गांउ छिरेर कोदालो खोजेर ल्यायौं र माटो खन्यौं त्यो वेला हामीलाई सहयोग गर्ने कोही थिए बल्ल बल्ल ३ घण्टाको प्रयासपछि गाडी निकाल्यौं ।
     त्यसपछिको बाटो ओरालै आरालो थियो कमसेकम फसेछ भनेपनि धकेल्न सजिलो हुन्छ भन्ने हामीलाई लागेको थियो नभन्दै त्यसपछिका बाटोमा हामीले गाडी ठेल्नु परेन सहजै कोलांती आईपुग्यौं चिया पियौं र फेरी ओरालियौं साढे चार बजे दोलालघाट झर्दा हामी सवैको अनुहारमा एकखाले चमक छाएको थियो । पांचखाल, धुलिखेल, बनेपा उद्धव सरको घर सांगाको सुन्तला चाखेर सांझ पौने आठ बजे कोटेश्वर आईपुग्यौं र एकछिन रमाईलो ग¥यौं शरणजी एक पटक गाडी ठेलौ न । 
    
    

हामी के गरिरहेका छौ ?

      
   भीम राई ज्वाला...........................
आउदो मंसिर ४ गते सविधानसभाको दोस्रो निर्वाचनको समय तोकिएकोछ । यदी तोकिसकिएको समयमा संविधानसभाको निर्वाचन हुन सकेन भने के हुन्छ ? यस विषयमा नेपाली जनताका प्रतिनिधिका नाताले राजनीतिक दलहरुलाई अलिक धेरै जानकारी हुनु पर्छ ।  साचो अर्थमा अहिले दलहरु सत्ता पक्ष र प्रतिपक्षको दुई ध्रुवमा विभक्त छन् । संविधानसभा नहुदा देशले भाग्नु पर्ने परिणामका बारेमा राम्रो जानकार यीनीहरुनै हुन् तर जो छ सत्ता पक्ष र प्रतिपक्षको भूमिका त्यो भूमिका कारण आ आफ्नो अडानबाट पछि हट्न नसक्ने, एक कदम पछि हटिए राजनीतिक ईमान र जात जाने डरले टसको मस भएका छैनन् । राजनीतिक ईमानको नाममा घांटीमा फन्को मारिएको डोरीलाई दुईतिरबाट बेस्कन तानिरहेकाछौं ।
       बैद्य नेतृत्वको माओवादीले नेतृत्व गरिरहेको ३३ दलिय मोर्चा लामो समयदेखि संविधानसभाको निर्वाचनको कुरै सुन्न चाहिरहेका छैनन् । ३३ दलहरु सम्मिलित मोर्चाले निर्वाचनको किन विरोध गरेका होलान् यो सवैको प्रश्न हो उनीहरुतिर । कुनै दल एमाओवादीबाट टुक्रिएर बनेको पार्टी छन्, कुनै दल नेकपा एमाले बाट चोईटीएर बनेका छन्, कोही मधेशी मोर्चासंग बाउठीएर छुट्टीएका छन् अब आफु चोईटीएर आएका दलहरुले निर्वाचन गर्नु पर्छ भनेपछि त्यसको खुलेरै विरोध गर्नु पर्ने बाध्यता मोर्चाको हो भन्ने देखिन्छ । यी दलहरुको यो गतिविधि नियाल्दा नेपाली उखान झै सौताको रिसले पोईको काख बिगार्ने भने झै देखिएको छ ।
    दलिय गठबन्धनले गरेका काम असंवैधानिक होलान्, ३३ दलहरुले भने झै  २०६९ चैत्र १ गते गरिएको २५ बुदें आदेश गैर न्यायीक होलान्, दलहरुले गरेको एकता राजनीतिक सिण्डिकेट नै भयो होला तर त्यो राजनीतिक प्रवृतिको विरुद्धको मुद्धा हो त्यसलाई दलिय हिसावले न्युनिकरण गर्ने उपायको खोजी गर्नसक्दा राम्रो हुन्थ्यो होला । ती राजनीतिक एजेण्डालाई दलहरुसंगको असन्तुष्टिलाई संविधानसभा हुननदिने विषयमा जोड्नु सान्दर्भीक देखिन्न । संविधानसभाको विषय दलहरुसंग मात्र भन्दापनि आम जनतासंग जोडिएको विषय हो नेपाली जनताको सदियौंदेखिको सपना गासिएको गणतव्य हो । त्यसलाई नै प्रभावित गछौं हुनदिन्नौं अथवा बहिष्कार गछौं भन्नु सर्वथा गलत विषय हो ।
       अहिले ३३ दलिय मोर्चा नामको कोकोहोलोले तोकिएको समयमा संविधानसभाको निर्वाचन होलाकी नहोला भन्ने दुविधा उत्पन्न भएको छ । तर के बुझ्न जरुरी छ भने उनीहरुको मागको उठान सहि होकी होईन भन्ने जनता नजिकबाटै अध्धयन गरिरहेका छन् । सरकारले हामी सेना लगाएरै भएपनि हामी चुनाव गछौं भन्दा पनि जनताले त्यो सरकारी उर्दी र धम्कि सहि होईन भनेका थिए । एमाओवादीले वाईसिएल परिचालन गरेरै भएपनि चुनाव गराउछौं भन्दा पनि एमाओवादीको सनकी र जंगली समयको अन्त्य भईसकेको खुलेर अभिव्यक्त गरेका थिए । तर ३३ दलीय मोर्चाले पनि अब हामीले जेगर्दा र जे भन्दापनि हुन्छ भन्ने नठान्दा हुन्छ । जनताको चेतनास्तरले कुनैपनि असान्दर्भिक धम्कि र दग्याईलाई माफी दिने छैनन् ।
      श्रावण २२ गते मंगलबार ३३ दलिय मोर्चाले राजनीतिक समितिस“ग १८ बुदे प्रस्ताव प्रस्तुत गरिसकेकोछ । मोर्चाले २५ बु“दे बाधा अड्काउ फुकाउ आदेश खारेजी, संयुक्त सरकर गठन, पूणर््ँ समानुपातिक निर्वाचन प्रण्ाँली, नेपाल र भारतबीच भएको असमान सन्धिसम्झौता खारेज, नागरिकता ऐन संशोधन लगायतका विषयहरु उठान गरेका छन् विषयहरु कतिपय अवस्था सहि भएपनि राष्ट्रिय सवालभन्दा राजनीतिक शाख बृद्धिको विषयलाई केन्द्रीत गरेको देखिएको छ । छलफलबाट समेत पन्छीएपनि सरकारले पुन छलफलमा बोलाएको छ । अब फेरीपनि यो या त्यो अर्थमा निर्वाचनबाट पन्छिने बाधा अवरोध कायमै राख्ने हो भने सांचो अर्थमा त्यो हर्कतले रुपमा संविधानसभाको निर्वाचनको  विरोध भएपनि सारमा देशको परिवर्तनप्रतिको एउटा प्रकृया र विकासको विरोध हुनेछ ।
   २४ श्रावण २०७०
 समय ः राती ११÷ ३६
औजार दैनिक कार्यालय 
   

धराप थाप्नेहरुकालागी


  • भीमज्वाला राई
   सगरमाथामा चढ्न सहज हुने भए सबैले चढ्ने थिए तर त्यसको कुनै महत्व हुन्न थियो । विश्वको सवैभन्दा अग्लो चुचुरो सगरमाथा चढ्न धेरै चुनौती छ र नै सगरमाथा चढ्नुको महत्व छ ।
    फरक यती छ सगरमाथा चढ्दा प्राकृतिक अडचनहरु छन् प्राकृतिक रुपमा तेर्सिएका अड्चनहरु अमुर्त र अज्ञान छन् फरक मात्र यती हो उनीहरुको प्राकृतिक विशेषता मानवीय विशेषतासंग प्रतिकुल बन्न जान्छन् र मानवीय चेतनाले बनाएको योजनासंग बेमेल हुन जान्छ र मानव समुदाय पूवै सचेत हुन्छन् र प्राकृतिक प्रतिकुलतालाई परास्त गर्ने प्रविधि र संयन्त्रबाट पूर्व तयारी हुदै विश्वको सर्वौच्च शिखरमा पाईला राख्ने उटकट चाहनाले चुचुरोतीर लम्कीरहन्छन् ।
      प्रकृति कतिपय सन्दर्भमा मानवको स्वभावजन्य हुन नसक्दा हाम्रालागी भयानक बन्ने गर्दछ तर प्रकृतिको कुनै स्वार्थ हुन्न प्रकृतिले मानिसलाई असर गरौं भन्ने नहुदानहुदै त्यसले हामीलाई गम्भिर असर गर्दछ तर यो चराचर जगतमा मान्छेहरु प्रकृतिभन्दा भयानक भएर आईदिने गरेको छ त्यो प्राकृतिक विनास भन्दा धेरै खतरनाक हुने गर्दछ । अझै डरलाग्दो कुरो के हो भने प्रकृतिको भयानकताको बोध पूर्व अनुमान गर्न सकिने भएकाले हामी जोगीने उपाएको बारेमा सचेत बन्न सक्छौं तर मानविय भयानकतालाई बाहिरी आवरणबाट सहजै अनुमान लगाउन नसकिने भएकाले यसले भित्रभित्रै पार्ने असरबारे चाल पाउन सकिन्न र अन्तिममा आफु समाप्तीको दिशामा आईसक्दा मात्र वा समाप्त भईसक्दा मात्र थाहा पाईने गर्दछ ।
      मानविय भयानकता आवरणमा नदेखिने हुंदा यो बहुत आत्मीय भएर आउदो रहेछ कहिले सहयोगी भएर, कहिले हांसी हांसी गला जोडेर आउदोरहेछ र मुटुमा शुल रोपेर जांदोरहेछ सावधानी अपनाईएन भने जिवलाई समाप्त बनाईदिने धरापमा परिंदोरहेछ । तर यसबाट बच्न सकियो भने जिवनलाई न्यायका निम्ति देखिएको सपनाको यात्रामा पाईलाहरुलाई डो¥याउन अचाक्ली काईदा पनि हुदोंरहेछ ।
      मलाई अहिले त्यस्तै अचाक्ली काईदको अनुभूत भईरहेछ, विषलाई दुधमा मिसाएर मलाई पिलाउन खोज्नेको हात आफै कम्पन भएर विष छताछुल्ल बनेकोछ, मेरो मुटुको दिशा भएर आएको शुल आफै दोब्रिएर भुत्ते भएको छ काडांका धराप छतविछत भएको छ म निसन्देश मेरो सपनाको यात्रामा दौडिन तल्लीन छु । मेरा दुर्भाग्यको कामनामा चाकडीका ढोका धाउनेहरु आफै लत्रीएका छन् ।
  नेकपा एमाले सुनसरीको २०६६ सालमा भएको पांचौं अधिवेशनमै मेरो काम र जिम्मेवारीका कारण प्रचार विभागको जिम्मेवारी पाउने पक्कापक्की थियो तर त्यो पक्कापक्की बालुवाको महल जस्तै भत्कीएका थिए । चार वर्षसम्म मैले उप प्रमुखको भूमिकामा पार्टिका काममा सक्रियता जनाए । २०७० साल जेठ ४, ६ सम्म पार्टीको छैठौं जिल्ला अधिवेशनमा धेरैको कामनालाई भत्काउदै मेरो उपस्थिति जिल्ला कमिटीमा पुन दोहोरियो । मेरो कार्यक्षेत्र मैले रगत पसिना बगाएको भुगोल मजदुरहरुबीचमै हो तर मेरो जिवीकोपार्जनको माध्यम पत्रकारिता हो यो पेशा किन भन्ने मैले अघिल्लो अंकमैपनि उल्लेख गरिसकेको छु त्यसकारण मेरो पेशा र पार्टीको प्रचारको कामको हिसावले मेरो उपस्थिति प्रचार विभागकालागी जरुरीपनि थियो र त्यो जिम्मेवारीलाई सम्हाल्दा मेरो भूमिकाले न्याय गर्दछ भन्ने मेरो बुझाईपनि हो ।
   साउन १७ गते पार्टीको जिम्मेवारी बांडफांडको बैठक थियो तर बजारमा लामो समयदेखि एउटा समुहले भित्रभित्रै प्रचार विभाग प्रमुखको जिम्मेवारीमा मेरो विपक्षमा घरदैलो अभियान चलेको मैले सुईको पाएको थिए । मैले कसैलाई त्यो पदकालागी मलाई लानु पर्छ भन्नु जरुरी पनि थिएन, यो स्थान भएन भने म पार्टी काम गर्दिन भन्नु पनि थिएन किन भने २० वर्षको यो सांगठानिक जिवनको अनुभवमा कहिल्यै पद रोज्ने र खोज्ने काम गरिन ।
      मेरा विपक्षमा लागेकाहरुको कुरा भने अध्यक्ष रेवतीरमण भण्डारीले राम्रैगरी सुनेको मैले अनुभूत गरे भण्डारी कमरेडको गोडा मोल्नेहरुले राम्रै ब्राण्डको तेल प्रयोग गरेछन् वहां प्रभावितपनि भईहाल्नु भएछ र मेरो लेखिएको नाम समेत काटेर उप प्रमुख बनाउनु भएछ र प्रमुखमा अध्यक्ष आफ्नै नाम राख्नु भएछ फेरी पनि मैले केही भनिन । धन्यवाद सचिव कमरेड मोतराज सुनुवार, सदस्य क. प्रदिप भण्डारी, क. रमेश बस्नेत तथा धरान नगर अध्यक्ष तारा सुब्बालाई वहाहरुले नै मेरो पक्षमा त नभनौ तर मैले यस विचमा पार्टी काममा पु¥याएको भूमिकाको कुरा गरिदिनु भएछ र फेरी मेरे पदको अगाडी लेखिएको उप भन्ने शब्द काट्न लगाउनु भएछ रेवतीरमण भण्डारीलाई र प्रमुख लेख्न लगाउनु भएछ ।
     यो जिम्मेवारी मेरो जिवनको महत्वपूर्ण पद होईन मैले हौसिनु पनि जरुरी छैन मेरा विरुद्धमा लाग्नेहरुलाई हेरेर निराश हुनु जरुरी पनि छैन तर यो एउटा खुडकीलो हो खुड्कीलो चड्नबाट रोक्नेहरु जसरी असफल बने विरोधीहरुलाई मेरो कल्पनाको लामो राजनीतिक जिवनभरी यही उपहार दिईरहने मेरो अर्को सपना पनि हो सायद म सफल हुन्छु होला ।
    १८ श्रावण, २०७०
राती ः ११÷२५ औजार कार्यालय धरान

पहाड खसेनछ



जनताको बहुदलिय जनबादका प्रवर्तक कमरेड मदनकुमार भण्डारी भन्नु हुन्थ्यो राजनीतिमा थकान भन्ने शव्दावली हुदै हुदैन । म भण्डारीको अनुयायी भएका नाताले मात्र होईन राजनीतिमा होमीएको एउटा सामान्य मजदुर कार्यकर्ता भएको नाताले पनि मलाई भण्डारीको कथन साच्चै वास्तवीक लाग्छन् । 
    २०५१ सालदेखि अनेरास्ववियूमा सांगठानिक जिवन सुरु गरेको थिए तर त्यो लामो समय टिकेन दैनिक हात मुख जोड्नु पर्ने समस्याले गाडीको ढोका ठटाउने र टिकट च्यात्ने जागीर सुरु गरेपछि मजदुर संगठनको सदस्य चाही बनें संगठनको अनुभव विद्यार्थी संगठनमै भएकाले कमिटीमै रहेर काम चाही गरिन निकै पछि मात्र २०५६ सालदेखि मात्र संगठनको धरान ईकाईमा सदस्य भएर काम गर्न थालें त्यसपछि आजका मितिसम्म संगठनको जिम्मेवारी भन्दा बाहिर बसेको छुईन बरु जिम्मेवारी दोहोरो तेहेरो चाही भएको छ संगठन संगसंगै जिफन्टको कमिटीमा नेकपा एमालेको विभिन्न जिम्मेवारीका भूमिका निर्वाह गरेको छु ।
     संगठनको जिम्मेवारीमा रहदा मजदुरको काम, मुद्धा मामिला, पत्रकारिता, सामाजिक कामको व्यवस्थापनका सन्दर्भमा १८ देखि २० घण्टासम्म काममा लागेको छु त्यो अवधीमा मैले राती भनेको छुईन, घाम, पानी भनेको याद छैन, भोक प्यास नभनी काम गरेको छु । त्यही लगानीको करामत हो आजको यो भीमज्वाला राईको स्थान । सम्झेर ल्याउदा मलाई गर्व लाग्छ मेरो लगनशिलता, ईमान्दारीता, सेवाप्रतिको समर्पणभाव, मजदुर आन्दोलनमा आफ्नो् गच्छे अनुसार एउटा ईटा भएपनि थपौं भन्ने ध्याउन्न, श्रमजीवी वर्गको मुक्तिको सिद्धान्त माक्र्सवाद, लेनिनवादप्रतिको लगाव र मेरी जिवनसंगीनी चन्द्रकला लावतीको साथ र सहयोग एवं परिवारको मप्रतिको विश्वास ।
   थकान भन्ने कुरा मेरो शरिरमा कहिल्यै आएन त्यही त्याग र मेहनतको कारण भन्नु पर्छ संगठनमा अहिलेको मेरो जिम्मेवारी, पार्टीमा मैले हासिल गरेको स्थान । यसो भनिरहदा म आफैलाई प्रश्न सोध्ने गर्छु मजदुरहरुको मुक्तिको आन्दोलन कहां पुग्यो त ? मजदुरहरुको मुक्तिको सपना बोकेको संगठनले सहि अर्थमा मजदुरहरुको आन्दोलनलाई सहि ढंगले नेतृत्व गरिरहेको छ ?
    आफ्नो प्रश्नको उत्तरको खोजीकैलागी मेरा सारा समय खर्च भईरहेका छन् म त्यतै भौतारिदैछु जहां मेरो प्रश्नको समाधान भेटियोस । म प्रतिवद्धता के हो भने मेरो सारा जिवन त्यही समाधानकालागी भौतारिरहनेछ । मलाई थाहा छैन मैले त्यो प्रश्नको उत्तर पाउछु की पाउदीन तर मेरो आत्मविश्वासले भन्छ मेरो जिवनकालमै त्यो सम्भव हुनेछ यदी भएनछभनेपनि मेरो जिवनको अन्तिम सास फेर्दासम्म लागीरहनेछु ।
    तर केही समयदेखि म त्यतिकै अल्छी बन्दैछु एक त औजारको कामको धपेडीपनि हो । कामको चाप भन्दापनि कामको समयका कारणपनि हो थोरै जनशक्ति, पत्रिका स्तरिय बनाउने दायीत्व, राती अबेरसम्मको काम विहान वेलैमा व्युझिन नसक्ने पीडा । विहान अवेला उठेपछि दिनभरी फ्रेस बन्न नसकिने अबस्था । 
 साच्चै भन्ने हो भने केही दिनदेखि कुनै कामपनि फ्रेस भएर गर्न सकिरहेको छईन मैले दुईदिनदेखि त झन नियमित टाउको दुखिरहेकालेपनि आज मैले एउटा कठोर निर्णय गरे आज कार्यालयपनि जान्न, मावाईनपनि स्विच अफ गर्छु र आराम गर्छु । 
 त्यही गरे जेसुकैहोस खाना खाएलगतै औषधी खाए टाउको उठाउनै समस्या थियो सुतें करिव ३ बजे व्युझिए व्युझिदा टाउको हल्का भईरहेको थियो विहानको जस्तो पीडा थिएन । चन्द्राले खाजा र चिया बनाईदिईन् खाएर करिव साढे पांच बजेतिर कार्यालय आएं कार्यालयमै आएर फोन अन गरे सौरभ श्रेष्ठ, अर्जुन जम्नेली, सुक तुम्रोक लगायतका पेन्डिङ एसएमएसहरु आए तर काम केही विग्रीएनछ, पहाड खसेनछ, हावा चल्न छाडेनछ, कुनै त्यस्तो विध्वंश भएनछ ।
  तर म राजनीतिबाट थाकेर वा समस्याबाट भागेर त्यसो गरेको होईन । 
 १० साउन २०७०
औजार कार्यालय धरान
समय ः १२ वजेर ६ मिनट राती 

नटुङगीएको अन्तरिम जिवन


भीमज्वाला राई
...........................................................
३० असार ०७०, औजार कार्यालय धरान
समय ः राती, ११÷५५
       अन्तरिम भन्नाले अस्थायी वा काम चलाउ किसिमको मध्यवर्ती अबस्था हो । अझै गहिराईमा बुझ्ने हो भने दुई भिन्न कालका बीचको कुनै एक परिपाटी समाप्त भई अर्को परिपाटी थालिने प्रकृयाको बीचको समय हो । मैले जिवनलाई त्यही अर्थमा बुझें र जिवनको ३८ औं बसन्तमापनि म त्यही अन्तरिम कालमा छु ।
     अन्य विषयको अनुभवमा भन्ने हो भने अन्तरिम कानुन्, अन्तरिम विद्यान, अन्तरिम अवधी, अन्तरिम काल, अन्तरिम व्यवस्था, अन्तरिम शासन तथा अन्तरिम सरकारको एउटा निश्चित समयपछि अन्त्य हुने गरेको छ मात्रै ढिलो चाडोको कुरा हो । तर मेरो जिवनमा किन टु¨ीएन यो अन्तरिम काल ? मलाई आजभोली यो प्रश्नले चिमोट्न थालेको छ । जिवनको अन्तरिम कालको अन्त्यपछि के ? फेरी त्यसको उत्तरपनि छैन म संग तर के चाही हो भने मैले बुझेको जिवनको अन्तरिम कालको अन्त्य अर्थ र मैले चाहना गरेको भनेको जिवनको एकरुपता हो, जिवनको गतीशिलता र पसिना बगाएर खाने वर्गको सेवाप्रतिको निरन्तरता ।
      मुल कुरो सर्वहारा वर्गको सेवा र उनीहरुको मुक्तिको आन्दोलनको एउटा पिक्केट ईटा बन्ने नै हो २०५६ साल उताका समयलाई म त्यती महत्व दिन्न तर त्यस यताको समयलाई हेर्ने हो भने मैले कहिले धरान काकडभीटा रुटमा चल्ने रानी सेवा नामको बसहरु मे १ ख ८८३, को १ ख ११०९, को १ ख ७४६ र को १ ख ६७२ नम्बरका सवारीहरुमा कहिले ढोकामा उभीएर बसको बडी ठटाउदै हिडें, कहिले यात्रुहरुसंग यात्रा बापतको भाडा माग्दै टिकट च्यातेर समय काटें । यात्रुको गाली कती खाएं कती, कुन्डले मुन्द्रेहरुको धम्किपनि व्यहोरे ट्राफिक प्रहरीको सास्ती कति हो कति सेनाको धुलाईको अनुभव अझै ताजै छ ।
     पत्रकारिता त्यस अघिनै सुरु गरेको थिए दिनभरीको गाडीको थकान, रातभरी ब्लाष्ट टाईम्सको कार्यालयको काम उफ π जिन्दगी । तर ति सवै काम मजदुर वर्गको आन्दोलनकै लागी थियो २०५० सालबाट सुरु भएको विद्यार्थी संगठन अनेरास्ववियुको राजनीति लामो समय टिकेन महेन्द्र बहुमुखि क्याम्पस धरानको कानुनको विहानी सिफ्ट कमिटी हुदैं प्रारम्भीक कमिटीसम्म आईपुग्दा सिरहाबाट धरान पढ्न आएको यो ज्यानले भोकसंगको संघर्षकालागी रोजगारीकालागी धरानका सवै ठाउं चाहा¥यो केही उपाए नलागेपछि काका मकरवहादुर राई चालक भएकाले उनै काकाको भनसुनका आधारमा गाडी मालिक नरेश ईवारमको गाडीमा मजदुर भएर रानी सेवामा काम सुरु गरेको थिएं । त्यो वेलाको संक्रमण र अन्तरिम काललाई मैले त्यसरी अन्त्य गरें ।
       त्यस पछिका मेरा कलेज गाडी बन्यो मेरा कक्षा कोठा गाडीको पछिल्लो सिट हुन थाल्यो त्यही अध्ययनले परिक्षामा सामेल हुदा भने गाडीबाट विदा लिन्थे त्यसैगरी एम ए सम्मको पढाई पुरा गरे । मजदुरी, पढाई, पत्रकारिता, मजदुर नेताको जिम्मेवारी, खेल जिवन(सितोरियो करातेमा ब्राउन बेल्टसम्म), पारिवारिक जिम्मेवारी र सधै साथसाथै जोडिएर आएको गरिवि अहो कम गजवको थिएन मेरो दैनिकी । र पनि उत्साह ममा उच्च थियो । त्यही वेलाबाटनै मेरो काम, सोचाई, गराई र भोगाईमा कुनै एकरुपता थिएन, कुनै एक क्षेत्रमा मात्र मेरो संलग्नता थिएन । सायद मैले मजदुरहरुको अधिकारको आन्दोलनलाई केन्द्रभागमा राखेर चौतर्फि सम्भावनाको खोजीमा आफुलाई सधै दौडाईरहेको थिए जुन कामको सहयोगले मजदुर आन्दोलनमा मैले बढीभन्दा बढी समय लगाउन पांउ ।
     गाडीमा काम गर्दा गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको धरानको सदस्यहुदै अध्यक्ष भईसकेपछि गाडी मालिकले कि काम छाड्नु पर्ने कि संगठन छाड्न उर्दी गर्दा, गाडीमा काम गर्दै ब्लाष्ट टाईम्स दैनिकमा काम गर्दै गर्दा गाडी र संगठन छाडेर पूर्णकालिनरुपमा पत्रकारिता गर्न प्रस्ताव आउदा, ब्लाष्ट टाईम्स छाडेर मजदुरहरुको वैचारिक पत्रिका चाहिन्छ भन्ने विचारका आधारमा औजार पत्रिका दर्ता गरिसकेपछि पुन ब्लाष्टमै फर्किए सेवा सुविधा बढाईदिने प्रस्ताव आउदा म जहिल्यै दुई विषयको मध्ये भागमा पर्ने गर्दथें तर यो अन्तरिम कालको व्यवस्थापनलाई तथा मेरो कामलाई आर्थिक लाभ र पैसा कमाउ मानसिकता पटक्कै थिएन । मेरा काम र रोजगारी आफु धरानमा बाचेंर मजदुर संगठनमै आफुलाई स्थापित गराउनु नै थियो ।
     त्यो संक्रमण र अन्तरिम काल अहिले फेरी जटील बनेर आएको छ । मेरो सपना क. कार्ल माक्र्सले देखाईदिएको सपना नै हो । त्यो भनेको सर्वहारा वर्गको अधिनायकत्व भएको समाजवाद स्थापना हो । सर्वहारा श्रमजिवि वर्ग अर्थात उत्पादक शक्तिको सिद्धान्त माक्र्सवादको बाटोमा आफुलाई समर्पित गर्नु नै हो । त्यसकालागी मजदुरहरु संगठीत गर्नु, उनीहरुलाई प्रशिक्षित गर्नु वर्गीए एकता कायम गराउनु नै हो त्यसकालागी म यातायात मजदुर भएकाले त्यही संगठनमा निरन्तर काम गर्नु हो ।
  तर संगठनमा काम गर्ने र देशभरीका यातायात मजदुरहरुलाई संगठीत बनाउने हो भने अब मैले २१ वर्षदेखि रगत, पसिना बगाएको धरान भनेर सेउती खोलाको साघुरो पुल नकाट्ने हो भने मेरो नेतृत्व विस्तार सम्भव छैन । २०६६ साल चैत्र २९ र ३० गतेको संगठनको आठौं राष्ट्रिय अधिवेशनबाट मैले केन्द्रीय सचिव र शिक्षा विभाग प्रमुखको जिम्मेवारी पाएको थिए यो करिव चार वर्ष मेची महाकाली दाडाहा मात्रै भएन मेरो भुमिका राम्रैगरी पुरा गरे जस्तो लागेको छ त्यो भूमिका सहि थियो भने अब मेरो जिम्मेवारीहरु अबश्य थपिने छन् तर विगतको करिव ४ वर्षजस्तो अब मैले धरानमा बसेर त्यो जिम्मेवारी पुरा हुने सम्भावना छैन मैले काठमाण्डौं सिफ्ट हुनै पर्छ ।
      धरानमा मजदुर नेता, एमाले सुनसरीको दोस्रो कायैकाल काम गर्दै गरेको सदस्य, औजार दैनिकको प्रधानसम्पादक, नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षद, २१ वर्षदेखि पुर्वाञ्चलमा सवैले चिनेको चर्चित अनुहार र नामको पछाडी ज्वाला भएको अनौठौ परिचय । औजार दैनिकबाट आउने नियमित आयस्रोत । के यी कुराहरु धरान छाड्ीसकेपछि काठमाण्डौमा सम्भव छ ? अह π छैन । फेरी यतीकै चर्चामा रमाउने हो भने नेतृत्वको देशव्यापी विस्तार सम्भव छ ? त्योपनि सम्भव छैन अब रोज्ने के ?
    यो अन्तरिम कालको निकास के ? मलाई भन्न कुनै समस्या छैन म दुख मोल्न चाहान्छु किन भने दुख मेरो जिवनको अभिन्न साथी परिवर्तनकालागी जोखिम उठाउन तयार हुनै पर्छ । तत्कालिन भौतिक सुविधालाई म मेरो जिवनको अन्तिम उपलव्धी मान्दीन बाकीं कुरा व्यवस्थापनमा केही समय मेरो समय खर्च हुनेछ ।

मोफसलका सम्पादक असारका गोरु

pic by sohan stha

भीमज्वाला राई
........................................................
२९ असार २०७०
७÷५७ औजार कार्यालय धरान
   फोफसलबाट प्रकाशित पत्रिकामा काम गर्ने हामीजस्ता पत्रकारहरु असार १५ का अप्जसे गोरु जस्तै हौं मैले भन्न नभ्याउदै शनिबार भेडेटारमा सवैतिरबाट जम्मा भएका करिव १ सय ५० पत्रकारहरु गलल्ल हासें ।
    असारको गारुको पीडा विहानदेखि जोतेको जोतेकै, खानु पाउनु छैन, आराम गर्नु पाउनु छैन, उल्टै हलिको चुटाई खानु छ जस पनि पाउनु छैन । मोफसलका सम्पादक भनेका त्यस्तै दुख पाउने जिनिस हो गोरुले त असारमा मात्र सम्पादक त वर्षभरी त्यही गोरु नियतीमा बाचेका हुन्छन् ।
    समयमा खान पाउनु छैन, वेलैमा सुत्न पाउनु छैन, घरको अभाव टार्न पाउनु छैन, व्यवस्थापन र समाचार कक्षसंगको पुल भएकाले समाचारमा काम गर्नेहरुलाई महिना वारी नै पारिश्रामिक दिलाउन पाउनु छैन यो त भयो आन्तरिक पीडा दलितको कार्यक्रममा गयो हाम्रा समाचार किन नछापेको हामीलाई उपेक्षा गर्ने ? जनजाती नेतालाई भेटायो ब्राहमणबादी पत्रिकाको सम्पादक आयो है भन्ने हासोको पात्र । बालबालिकाको कार्यक्रममा गयो बालबालीका भनेका भोलीका देशको भविष्य हो किन हेपेको हौ सम्पादक ज्यू ।
 महिलाहरुको भिडमा पुग्यो पृतिसत्तात्मक सोचका पत्रिका महिलालाई त पिटिक्कै स्थाननै दिईदैन यस्ता ओरोप प्रत्यारोपहरुले कान खसुरे जातको पातले पाछे जस्तै हुन्छ भने कहिलेकाही त लाग्छ बरु उहिल्यै गाउं नछोड्नु थिएछ हलो जोतीरहदा त बरु एकखालको आनन्द नै आउथ्यो होला । आखर पत्रकार भएर जाबो आफुलाई त खुशी राख्न सकिएको छैन बरु गाउमै हलो जोतीराखेको भए आमा बाबा र परिवार खुशी त हुन्थे होला ।
     खागरी शनिबारको कार्यक्रम सञ्चारिका समुहले आयोजना गरेको लैङगीक हिंशा न्युनिकरणकालागी खोज पत्रकारिता तालिमको समापन तथा तालिममा सहभागी पुर्वाञ्चलका ६० पत्रकारहरुलाई प्रमाण पत्र वितरण तथा पूर्वाञ्चल भरिका पत्र पत्रिका, रेडियो तथा टेलीभिजनका सम्पादकहरुसंग अन्तरकृया रहेको थियो । सञ्चारिकाका अध्यक्ष निर्मला शर्माले सुरुमै भनेकी थिईन् हामीले ६० जना पत्रकारहरुलाई महिला हिंशा न्युनिकरणको बारेमा समाचार कसरी खोजी गर्ने भन्ने विषयमा प्रशिक्षित गर्यौ अब पत्रकारहरुले लेखेका समाचारहरुलाई तपाई सम्पादकहरुले आफ्नो सञ्चार माध्यममा स्थान दिनु पर्यो ।
  त्यही मौकामा मुख्य अतिथि हुन राजधानी छाडेर आईपुगेका नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष शिव गांउलेले सवै सम्पादकहरुलाई अर्ति दिए ५१ प्रतिशत भन्दा धेरै जनसख्या भएको महिलाको समस्यालाई किन महिलाको विषय मात्र बनाउने ? यो त राष्ट्रको समस्या पो हो त उनले थपे खई के के गर्दा गर्दै विग्रीएपछि हाम्रा थुप्रै साथीहरु पत्रकार भएका छन् त्यस कारण यो गम्भिर विषयलाई खट्याउन सक्नु प¥यो । फेरी उनले थप्दै गए विषय छनौट, तथ्य र सत्यलाई विर्सनु भएन समाचार कक्षलाई चुस्त बनाउनु प¥यो ।
     उता निर्मला शर्मा थप्दै थिईन सञ्चार महिला मैत्रि छैन । पुरुषहरुको राज भयो सञ्चार महिलाहरुलाई काम दिदै दिदैनन् सम्पादकहरु महिलाका ईस्युलाई पत्रिकामा स्थान नै दिदैनन् सम्पादकहरु अहिलेका पत्रिका र सम्पादकहरु राजनीतिक एजेण्डा केन्द्रीत भए ।
     मोफसलका सम्पादकहरुको मुख्य पीडा यही थियो जसलाई मैले असारको गोरुको हविगतमा चित्रण गरेका थिए त्यो चित्रण प्रस्तुत गर्दा हलका सवै हांसेका थिए । तर समस्या हो चाही के भने पेशामा व्यवसायीकता नबुझेका लालबझक्कड बोक्रे बठ्याई । पेशालाई कसरी मर्यादित बनाउने र कसरी व्यवसायीक बनाउने भन्दापनि उनीहरुको चिन्ता कसरी चतुर पण्डित्याई छाट्ने ? कसरी अरुलाई खुईल्याउने र आफ्नो धोक्रो भर्ने ?
      त्यहि लाग्यो मलाई र मैले भने महिला हिंशाको ईस्यू राष्ट्रिय होईन भनेर कसले भन्यो ? पत्रकार सुद्धिकरणको कामलाई साथ दिन सुनसरीले दुई पटक जिल्लामा आचार संहिता नमान्ने पत्रकारहरुको हुर्मत लिने पत्रकारलाई कारबाही गर्न सिफारिस गरिसकेको छ कारबाही गर्न कस्ले रोक्यो ? बजारमा नदेखिएका पत्रिकाहरु नामै नसुनेका पत्रिकाहरु प्रेस काउन्सीलको वर्गीकरण संपरिक्षण रिपोर्टमा राम्रो स्थानमा वर्गीकरणमा परेका छन् त्यही काउन्सीलका सदस्य भएरपनि त्यस्तो ठगी पत्रकारितालाई रोक्न कस्ले रोक्यो ?
   सञ्चारिका १५ वर्षदेखि महिला पत्रकार विकासमा क्रियाशिल छ खोई दक्ष महिला पत्रकारहरु ? पेशा गर्नु भनेको पेशागत प्रवृति र त्यसका समस्यालाई बुझनु र त्यहीबाट आफुलाई माझ्नुपनि हो समाचार कक्षमा राती काम गर्न महिला पत्रकारहरुले आफुलाई किन तयार बनाउन नसकेका ? फेलोशिप आउदा मात्र विचार लेख्ने र जसरीपनि हालीदिनु प¥यो भन्दै डेट लाईन पार गरिसक्दापनि सम्पादकलाई कर गर्ने अरुवेला महिलाको विषयको समाचारलाई स्थान दिएन भनेर विरोध गरिहिड्नुको के अर्थ ?
    पछिल्लो समयमा मलाई केपनि लाग्न थालेको छ भने विकास तथा परिवर्तनको विषय द्रुत गतीमा हुनु दुर्भाग्य बन्दोरहेछ । खासगरी ०६२ ÷०६३ सालको आन्दोलनले नेपाली जनताले अभुतपूर्व परिवर्तनको अनुभूति गर्न पाए जातजाती, वर्ग समुदाय, लिं¨ तथा क्षेत्रका मुद्धाहरु यती मुखरित भएर आएकी त्यही अधिकारको आन्दोलन र समेट्न नसकिने एजेण्डाकै कारणपनि संविधानसभा असफल बन्नु पर्ने अबस्था आयो । तर अमेरिका जस्तो विश्वलाई प्रजातन्त्रको पाठ पढाउने देशको संसदमा पनि महिलाई ११ प्रतिशत भन्दा बढी समावेश नभएको समाचार ईनटर नेशनल हेराल्ड ट्रिव्युनले छापेको देखियो । यस कारण हामीले बढी एमोशनल हुनु र त्यही अनुसार नेतृत्व गर्नुले बेफाईदा गर्दारहेछन् भन्ने बुझ्नु पर्छ । 
      नेताको नेतृत्व सुनिने मात्र हुनु हुदैन देखिने हुनु पर्दछ । पत्रकारहरुको हक, हित अधिकारको बारेको भाषण्मा अब कुनै रस छैन त्यसको महत्वपनि छैन । मोफसलका सञ्चारहरु अब टिक्न समस्यामा छन् । घर कमजोर भयो भने त्यो कमजोर घरमा बस्ने परिवार सुरक्षित हुन्छन भन्ने ठान्नु मुर्खता हुनजान्छ । राज्यको सञ्चार नीति केन्द्रीकृत र ठुला पुर्जीमा सञ्चालित सञ्चार माध्यमहरुप्रति उदार भएका कारण मोफसल समस्यामा छन् बाचेकाहरुले जवरजस्त धानीरहेका मात्र छन् उ आफै धर्मरो अवस्थामा रहेकाले त्यहा काम गर्ने पत्रकारहरु कसरी सुरक्षित हुन सक्छन् नेताको नेतृत्व त्यहा देखिनु पर्छ नेताले नीति बनाउदा आवश्यक्ताका आधारमा कठोर बन्नुपनि सक्नु पर्छ ।
     सञ्चार तथा सञ्चारकमीहरुलाई नियमन तथा व्यवस्थापन गर्न वर्तमान कानुन् पर्याप्त छैनन् । जे जती कानुन तथा ऐनहरु छन् त्यसलाई आधार मानेर सञ्चार सस्था दर्ता प्रकृया, सञ्चालन व्यवस्थापन, राज्यद्धारा दिईने सेवा सुविधाहरुको व्यवस्थापन, काम गर्ने सञ्चारकर्मीहरुको व्यवस्थापन लगायतका विषयमा केन्द्रीत उद्योगका रुपमा विकास गर्नेगरी कानुन निर्माण गर्न जरुरी छ ।        

आगो निभ्यो, मुटु बल्न थाल्यो

भीमज्वाला राई
...........................................

  २८ असार, २०७०
   औजार कार्यालय
समय राती ९ ÷ ५५
       हिजो राती अचानक औजार कार्यालयको अफसेट प्रेसमा लागेको आगोको आतंक अझैपनि दिमागबाट हट्न सकेको छैन ।
     अहिले औजारमा विद्युत लाईनको कुनै समस्या छैन दिनभरी लगायर मर्मत सम्हार गर्ने कार्य पांच वजेनै सम्पन्न गरिसकिएको छ अहिले विद्युत लाई उपयोग गर्न कुनै समस्या छैन तर दिमागमा हिजो रातीको आगलागी दुर्घटनाले झड्का हान्न छाडेको छैन ।
    हिजो राती करिव १० वजे म आफ्नो कार्यकक्षमा सम्पादनको काममा एकोहोरो लागीरहेकै थिए त्यही समय विद्युत लाईनमा दुई पटक गडबडीको महशुस गरेको थिए तर हाम्रो देशमा पत्रकारिता गर्दा दैनिक २० घण्टाको लोडसेडिङको अनुभव भएकाले त्यसलाई सहजरुपमा ग्रहण गर्दै कामलाई निरन्तरता दिईरहेको थिए ।
    केही आवाजहरु चिच्याहटपूर्ण मेरा कानमा ठोक्किीए दतिन तलामा रहेको शान्तिपथको पूर्व पश्चिमबाटोको दक्षिण तर्फ उक्तर फर्किएको मेरो कार्यालयमा म विच तलाको सवैभन्दा उत्तर तर्फ रहेको कोठामा थिए । मैले ठाने सदा झै कोही झगडा गरिरहेको छ कुनै पर्वाह नगरी काममा एक ध्यान थिए तर मेरो कोठा अघिल्तीर रहेका कम्प्युटर अपरेटर केदार बस्नेत, भाषा सम्पादक वेदकुमार सुब्बा, सम्बाददाता रणध्वज लोहार, बजार व्यवस्थापक दामोदर गुरांगाई, लगायतका साथीहरुपनि एकाएक बाहिरिए ।
     केही समयपछि केदार भाई आएर सर प्रेसमा आगो लागेछ भन्दै उसको सामानहरु लिएर बाहिर निस्कन खोज्यो म पनि उनको पछि लागे तल्लो तला झरे । मानिसको भागदौड थियो आगोको मुस्लो प्रेस छेउको विद्युत मिटर बक्समा दनदनी बलीरहेको थियो प्रेस भएको कोठामा धुवाको कुहिरी मण्डल थियो प्रेसको अपरेटर गोविन्द भुजेल र हेल्पर प्रताप तामांङ बाहिर कराई रहेका थिए । अन्य मानिसको समेत तातीं थियो । वेदकुमार सुब्बा आफ्नो साईकल निकालेर बाहिर सुरक्षित स्थान तर्फ लागीरहेको थियो दामोदर भाई मोटर साईकललाई त्यसैगरी सुरक्षित बनाउदै थियो । आगो निभाउने तर्फ कोही थिएन सवै कार्यालयको अग्रभागमा बसेर चिच्याईरहेका थिए ।
      मैले बलीरहेको आगोलाई नियांले प्रेसलाई हेरे, औजारको भौतिक संरचनालाई हेरें तर अरु जसरी बाहिर सुरक्षित स्थानमा जान सकिन । मैले हठात निर्णय गरें आगो निचाउनु पर्छ त्यसपछि भित्र छिर्न खोजें तर बाहिरबाट प्रताप करायो ”सर भित्र नजानुस मिटर बक्स पड्कीन्छ, सवैतिर करेन्ट छ “ यतीवेला मेरागी मेरो ज्यान भन्दा औजारको भौतिक सम्पति सम्झिए र सरासर भित्र छिरें । त्यतिन्जेल आगोको ज्वाला झन बल्न थालिसकेका थिए । हामीसंग अग्नी नियन्त्रक यन्त्रपनि थिएन सवैभन्दा पहिले मिटरको मुख्य अन अफ बटनलाई अफ गरेर नजिकै रहेको बाल्टीनमा रहेको पानी पुरै हाली दिए पानी कम भयो काठको टुक्राले बलीरहेको एमसिवीको डल्लो र मिटर बक्सको आगोमा हिर्काउदै आगोलाई मारें ।
   करिव पांच मिनटको प्रयासले आगो नियन्त्रण भयो तर धुवाको मुस्लोले पुरै अन्धकार थियो, गन्ध त्यस्तै खपिनसक्नु थियो शान्तिपथका करिव सय भन्दा बढी मान्छे औजार अगाडी भेला भईसकेका रहेछन् । आगो नियन्त्रण भयो त्यसपछि मेरो मुटु अनियन्त्रीत भयो । आगो निभ्यो तर बल्नेपालो मेरो मुटुको आयो ।

केही नगरी एकदिन बुढो भएछु


भीमज्वाला राई

औजार कार्यालय धरान
राती ९।४५
    नयां उल्लेखनिय काम केही भयो ? अहं भएन
पुस्तक तथा अन्य नयां विषयमा अध्ययन गरियो ? गरिएन
संगठन तथा पार्टीको काम नी ? त्योपनि गरिएन
कुनै स्क्लुसिभ समाचार वा आर्टिकल लेखियो होलानी त ? त्योपनि गरिएन
अनि के गरियो त ?
     प्रधान सम्पादकको कुर्सिमा बसेर अरुले ईमेलमा पठाईएका समाचारहरुको सम्पादन सकेर मेरो दिमागले मलाई यसरी प्रश्न गर्यो । तर म निरुत्तर भए मनमनै सोचिरहेको छु साच्चै केही नगरी एक दिन बुढो पो भएछु ।
   राती एक नवजी नसुत्ने, विहान ८ नवजी नउठ्ने, १० वजे कार्यालय आई चिया पसलमा भेटघाट गफगाफ, दिनभरीमा १० ÷ १५ कप चिया पियाई, बैठक भेला, छलफल अनिवार्य, औजार छिरेपछि व्यवस्थापनको समस्या, व्यवस्थापन कहिल्यै सुधार गर्न नसक्नुको पीडा उफ π
      सुरु भईहाल्छ भीत्री पृष्ठकोलागी सामग्री तयारी ब्लग अपडेट, फेसबुकमा एकछिन रुमलिनै पर्यो यतीकैमा दिन वित्छ सुरु भईहाल्छ बाहिरी पृष्ठको कामको चटारो थोरै जनशक्ति विज्ञापन कम हुदा समाचार पुर्याउनै समस्या पुर्याएर मात्रैपनि भएन स्तरिय र पठनीय समाचार खोज्नै पर्यो । यो जिन्दगी यन्त्र जस्तै पो भएछ बा एउटा चक्र भएर चल्नु पर्ने सिमित लिकमा गुडुल्कीनु पर्ने ।
     यो क्रम थुप्रै वर्षदेखि निरन्तर छ औजार प्रकाशन प्रारम्भ भएको असार २३ गतेबाट ९ वर्ष लगेछ  औजारले मलाई एकखालको मेशिन बनाईरहेकोछ । औजार मेरो सामाजिक तथा राजनीतिक रुपमा अहिलेसम्म जती प्रगती गरेकोछु त्यसको साचैको हतियार हो तर अचेल मलाई केपनि लाग्न थालेको छ भने औजारमा काम गर्दाको सिण्डिकेट दौडाई, धरान हुदा पव्लिक रिलेशनका कारणले दुखपाई । के पनि हो भने पव्लिक रिलेशन बीना समाजमा रहनपनि सकिदैन तर बढी पव्लिक रिलेशन भएपछि केही काम गर्न नपाईदो रहेछ ।
   मुद्धामामिला, झैझगडा, चोरीचकारी,गारोसारो सवैमा निम्तालु, बादविवादमापनि निम्तालु, विहे पार्टीमापनि निम्तालु, पाछ्नी, भातखुलाई, रक्सी पार्टी सवैमा निम्तालु नजाउ भने ठुलो भयो हामीले बोलाएकामा आएन भन्ने खप्की खानु पर्छ जाउं भने गएर साध्ये छैन । २०५० साल तिर धरानमा म केही गर्छु भनेर कम्मर कसेर लागेको थिएं त्यतिवेला मलाई कसैले चिन्दैन थिए । म १८ वर्षीय आलोकाचों ठिटो थिएं तर आफुलाई चिनाउनकालागी कविता, गजल खुवै लेखिन्थ्यो साहित्यीक कार्यक्रम हुनै हुदैन थियो कविता गजल बोकेर कुदिन्थ्यो, अनेरास्ववियूको कार्यकर्ता थिएं कार्यक्रममा गित गाउन मञ्च उक्लीहालिन्थ्यो ।
     यी सवै गतिविधिले ज्यान पालिन समस्या भएपछि गाडीमा कण्डक्टरको रुपमा मजदुरी थालियो त्यसपछि सुरुभयो मजदुर नेताको भूमिकामा नेतृत्व गर्न संगै थालियो पत्रकारितापनि त्यसपछि यो ठिटोलाई धरानमा नचिन्ने कमै भए त्यही बाटोबाट सुरु भएको थियो सामाजिक जिवन यात्रामा । चिनीनकालागी धरानका गल्ली गल्ली, भानुचौक सर्वत्र दौडिने यो ठिटो यतीवेला त्यो दुखले आर्जेको पव्लिक रिलेशन आज घाडो भईरहेको छ । अब यसको औषधी के हो त्यो उपाय सोचीसकेको छु । जुन उपाय मैले सोचीरहेकोछु त्यो स्थानमा मेरालागी फेरी २०५० सालको नियती हुनेछ फेरी त्यो स्थानमा मैले त्यही दुख दोहोर्याउनु पर्नेछ ।
      आज यो डायरी लेख्दालेख्दै दुखद अवस्थाको सामना गर्नु पर्यो धन्न ठुलो दुर्घटनाबाट भने हामी औजारमा काम गर्ने सवैजना जोगीयौं प्रेस रहेको हलको विद्युत मिटर बक्समा आगो लागेर पुरै औजार तथा छिमेकी सवैलाई आतंकीत बनायो । म मात्रै काममा व्यस्त भएकाले पछि थाहा पांए मैलेनै तल्लो तलामा झरेर बलीरहेको आगोमा पानी खन्याईदिए धन्न आगो निभ्यो । भोली पत्रिका प्रकाशन गर्न सम्भव देखिरहेको छैन । 
 आगो आतंकबारे फेरी लेखौला अहिलेलाई विदा

  

सुरुभयो जिन्दगी घिच्याउने काम

२६ असार २०७०
औजार कार्यालय
राती १० वजे
 आजको पानी पराई वर्षा हो की कसैले माथीबाट खन्याईदिएको हो भन्ने छुट्याउन नसकिने खालको थियो । आखां खुल्दा विहान सात बजेर ४० मिनट भएको थियो रणध्वज लोहार भाई ( औजारकर्मी) मसंगै थियो भाई पानीमा रुज्दै औजार तिर लाग्यो म भने नुहाईधुवाई गरेर कार्यालय हिड्ने तयारी गर्दै थिए तर सकिरहेको थिईन ।
    मैले आज ९ वजे ईटहरीमा हुने नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोशी अञ्चल कमिटीको बैठकमा सहभागी हुनु थियो त्यही भएर हिड्नै थियो तर ईटहरी कार्यालयबाट अन्जु दाहालले फोन गरेर पानीले ईटहरी डुवान भएको कुनैपनि साथीहरु आउन नसक्ने जानकारी गराएकाले बैठक हुन नसक्ने संकेत उनले गरिन् मलाईपनि उचित लाग्यो ।
    झमझम पानी परिरहेकै थियो मैले त्यही पानीलाई एउटा बहाना बनाएर आईरहने सवै मोवाई कललाई पन्छाउने अबसर पाईरहेको थिए । आजको दिन परिवारसंगै बस्ने मेरालागी एउटा मौकापनि थियो । चन्द्रकला राई ( लावती) मेरी जिवन संगीनीसंगै एकछिन भान्छा कोठामा विताए मेरी छोरी सुप्रिया र मेरी जेठी सासुकी छोरी आयसा ( जो सानोमा म संगै हुर्किएकी थिईन्) संग केही समय बसे उनीहरु दुवै जना यसैपाली एसएलसी उतीर्ण हुन् उनीहरुको पहिलो रोजाई स्टाफ नर्स हुने छ त्यही विषयमा केही समय कुरा कानी गरें । खाना तयारी भईसकेको सुचना आयो चन्दाबाट एकसाथ बसेर खाना खायौं तर पानी रोकीएको थिएन ।
  मैले सवैलाई आउन नसक्ने बाहाना अघि सारिसकेको थिए त्यसपछि मसंग रहेको केही पुस्तकहरु मध्ये राजन मुकारुङको पुस्तक दमिनी भिर पढ्न बाकी थियो त्यही पुस्तक हातमा लिए । करिव ३ घण्टा बगे त्यही उपन्यासमा र पनि पानी रोकीउको थिएन चिया खाजा तयारी भईसकेको थियो छोरीहरुसंग खाजा लिदै केही समय रमाईलो गरे सिमसिम पानी छदै थियो मोटरसाईकल स्टार्ट गरेर कार्यालय हिडे ।
 त्यसपछि सुरुभयो जिन्दगी घिच्याउने काम त्यही टेवल त्यही कुर्चि, त्यही ल्यापटप, त्यही समाचार  सम्पादन त्यही सम्पादकीय लेखन साथीहरुसंगको घेटघाट गुनासााहरु बस त्यती ।
 

उही यात्रा, पुरानै निरन्तरता


दैनिकी लेख्दै गरेको डायरी अचानक गायव भएपछि आजवाट यही ग्लोवल खुल्ला डायरीलाई दैनिकी लेख्ने डायरी बनाएको छु
   विचमा थुप्रै महत्वपूर्ण घटना तथा सस्मरणहरु लेख्न छुटे मलाई विस्मात लागेको छ त्यो महत्वपुर्ण क्षण्हरु म यतीवेला सम्झिन सक्दिन तर के चाही भन्न सक्छु भने औजार दैकिसंग जोडिएका मेरा तिता मिठा अनुभवहरु, मिठो स्मरणहरु, बंगलादेश जादाका मेरा अविष्मरणीय क्षणहरु । यही विचमा मैले धेरै पटक संगठनको कामको सन्दर्भमा मेची महाकालीको यात्रा गर्न पाएको थिए त्यो समयका देशभरीका संगठनका साथीहरुसंगको भेटघाटका क्षणहरु मैले सवै डायरीमा उतार्न सकिन ।
    अब यही ग्लोबल डायरीलाई दैनिकी डायरीका रुपमा उपयोग गर्न खोजीरहेको छु । म सक्दो प्रयास गर्नेछु ।

२५ असार २०७० धरान
   सुताई र उठाईको रेसियो उही हो प्राय राती एक देखि दुई वजे भीत्र सुतिन्छ विहान उठाईपनि अवेलै हुन्छ प्राय विहान सात देखि आठ बजेभीत्र उठ्छु आज पनि त्यस्तै विहान आठ बजे व्युझिएको थिए । पानी परिरहेको थियो बाथरुम छिरे नित्य कर्म सिध्याए चिया बनाईदिई चन्द्राले पिउदै कसरी बन्छ संविधानसभा पुस्तक हेरें । पुस्तकमा रहेको दक्षिण अफ्रिकी द्धन्द्धविज्ञ डा. निकोलस हेसम फिन्कसंगको श्याम श्रेष्ठले लिएको अन्तरवार्त पढें सारै राम्रो लाग्यो ।
      उनले भनेझै गरी संविधानसभापहिले र संविधानसभापछि नेपाली राजनीतज्ञहरुलेपनि दक्षिण अफ्रिकाको अनुभवलाई राम्ररी पढेका भए सायद संविधानसभाको विघटन हुदैन थियो की ? दोस्रो संविधानसभाको निर्वाचनको तयारीमा हाम्रा समयहरु वर्वाद बनाउनु पर्ने थिएन की ? तर त्यो अनुभव फेरीपनि हामीलाई काम लाग्न सक्छ हामी निर्वाचनमा होमीका छौं कुनै अर्को दुर्घटना भएन भने आउदो मंसिर ४ गते नेपालमा फेरी दोस्रो पटक संविधान सभाको निर्वाचन हुदैछ । फेरी यसलाई असफल भएको हेर्न चाहने की सफल बनाउने र जनताका एजेण्डाहरुलाई मुर्तता दिने ?
   डा. हेसम भन्छन दक्षिण अफ्रिकामा संविधानसभा भन्दा पहिले दलहरुविच ३४ सुत्रिए संवैधानिक सिद्धान्तहरु बनाईएका थिए, साना दलहरुलाई समावेश गरी बहुमतिय वार्ता तथा अन्तरिम संविधानका खाकाहरु बनाईएका थिए, देशभर शान्ति समितिहरु बनाइृएका थिए तथा अल्प संख्यकहरुको अधिकारहरुलाई समावेश गराउन पहिल्यैदेखि राम्रा अभ्यासहरु भए जसका कारण सवैको ध्यान संविधान निर्माणमा केन्द्रीत थियो ।
 तर हामीले त्यसो गर्न सकेनौं संवैंधाकि सिद्धान्तको अभावमा अरु त अरु भए प्रमुख भनिएका दलहप्नि आफु अनुकुल संविधानसभा तथा संविधानको व्याख्या र अप व्याऋयामा समय खर्च गर्न थाले फलतः संविधानसभाले संविधान नै नवनाई असफल बन्नु पर्ने अबस्था बन्यो । फेरी संविधानसभाको घोषणा त भएको छ तर आम जनता निर्वाचन हुनेमा यदी भईहालेछ भनेपनि संविधान बन्ने कुरामा विश्वस्त छैनन् ।
    भारत तथा युरोपियन पश्चिमा देशहरु नेपालको संविधान निर्माण , संघियता तथा परिवर्तनको बाधक बन्दै आईरहेको छ । ती शक्तिकेन्द्रहरुको अबस्था जानाजानी दलका नेताहरु त्यसलाई प्रतिबाद गर्दै नेपालको सार्वभौम सत्ताको लागी आफुलाई ठिंग उभ्याउन सकिरहेको छैन । यही कुरा मनमा गुन्दै औजार कार्यालय रहेको शान्तिपथ आए करिव २ घण्टा औजार भवनको तल्लो तलामा रहेको चिया पसलमा चिया गफमै विताए भेटघाट तथा ३ कप चिया पिईसकेपछि मात्र आफ्नो कार्यकक्षमा छिरे । आज अन्य उपलव्धीमुलक केही काम गरिन । साच्चै भन्ने हो भने दिमाग भारी भईरहेको छ, मष्तिष्कले नयां कामको योजना बनाउन सकिरहेको छैन उही बाटो, उही यात्रा, पुरानै निरन्तरता बस अव राती ११ ९ वजेको यो समय केही समयपछि उही यात्रा ।