साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

मजदुरलाई सहयोग

क्षयरोग पीडित यातायात मजदुर कुमार जोगीलाई उपचार सहयोग स्वरुप २० हजार ९५ रुपैया सहयोग प्रदान गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव भीमज्वाला राई ।

आकासबाट देखिएको विराटनगरको दृष्य

पछिल्लो समय बिराटनगर विकासको तिव्र गतीतर्फ अग्रसर बन्दै गईरहेको छ

सुन्दर भेडेटार

धनकुटा र सुनसरीको संगमस्थल पर्यटकीयस्थल भेडेटारको दृष्य

विद्यार्थीलाई सम्मान

प्रवेशिका पक्षिामा सर्वोकृष्ट अंक ल्याउने यातायात मजदुरका छोराछोरीहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान ईकाईले सम्मान गर्दै

Pages

थिचोमिचोको एउटा उदाहरण ी

पूर्वी नाका काकडभीट्टास्थित नेपाली भूभागमा भारतीय शहर सिक्कीम, ग्यान्टोक, दार्जिलिङ लगायतका स्थान जान यात्रुको प्रतिक्षामा रहेका लामबद्ध सवारी साधनहरु तस्विर ः कल्पना तुम्रोक

ईतिहास

बिक्रम सम्बत १९७३ मा पहिलो पटक मान्छेमाथी चढेर नेपाल भित्रीएको सवारी, राणा शासकहरुले बेलायतबाट भारत हुदै नेपाल ल्याएको यो सवारी भीमफेदीको बाटो हुदैं काठमाण्डौ भित्र्याएको थियो ।

बाल श्रम उन्मुलन नारा मात्रै

धरान १३ स्थित सर्दु खोला नजिकको सुकुम्बासी वस्तीका एक बालक अभिभावकलाई गिट्टी कुट्न सघाउदै फोटो ः सोहन श्रेष्ठ

सुन्पारी पुग्ने विकल्प ।

भोजपुर र धनकुटाको सिमाना लेगुवा स्थित अरुण नदीमा फेरीको माध्यमबाट सवारी तथा यात्रुहरु आरपार गर्दै, अरुण नदीमा पुल नबन्दा वर्षौदेखि दुर्गम पहाडबासी यसरी नै दुखका साथ नदी तर्दै आउने गरेका छन्

माझी दाई पोखरा फेवा तालको #2380;

पोखरास्थित फेवा तालमा माछा मार्न जाल मिलाउदै डुंगामा एक माझी तस्बिर .ज्वाला

मजदुरहरुको स्थान कहां ?

  • भीमज्वाला राई
  










  •  अग्रेजी महिनाको मे १ तारिक, मे डे अथवा जसलाई हामी मजदुर दिवसपनि भन्दछौ त्यही मजदुर दिवसको श्रृखला अन्तरगत हामी १ सय २३ औं अन्तराष्टिय श्रमिक दिवस मनाईरहेका छौ । यो दिवसलाई विश्वभरीका श्रमजिवि मजदुरहरुले एकसाथ मनाउने गर्दछन् । मजदुरहरुको गौरवमय ईतिहासलाई आज फेरी एक पटक मजदुरहरुले सलाम गरिरहेका छन् मजदुर मुक्तिका योद्धाहरुलाई संसारले शिर निहुर्याएर सम्झि रहेका छन् ।  संसारका मजदुरहरुले १ सय २३ वर्षदेखि मनाउदै आईरहेको श्रमिक दिवसलाई नेपालमा कहिलेदेखि मनाउन थालियो त्यसको एकीन तिथि मिति पाईएको छैन तर नेपालको प्रजातान्त्रिक आन्दोलनको ईतिहासमा राजनीतिक दलहरु भन्दा अगावै २००३ सालमा विराटनगरको जुट मिलबाट भएको मजदुरहरुको आन्दोलन सवै भन्दा जेठो आन्दोलन भएकाले ईतिहासमा दरिएकाले मई दिवसको ईतिहाससंग नेपालको मजदुर आन्दोलनले आत्मसात गरेको ईतिहासको साईनो जोडाई लामै छ भन्ने कुरामा दुई मत नहुन सक्छ ।

बिद्रोह र सिर्जनाको संगम

  •  भीमज्वाला राई


          प्रथम र दोस्रो विश्वयूद्धमा गोरखाली सैनिकले देखाएका बहादुरी र वीरताका किस्सा हामीले पुस्तान्तरण ह“ुदै बरोबर सुन्दै आईरहेका छौं र सुनाउ“दै पनि छौं । वीर गोरखालीका सन्तती भएकाले हामी वीरताको गाथा खुवै गाउछौं । अनि, वीर र बहादुर भनिएकामा हामी नेपाली आफुलाई खुवै गर्व पनि गर्दछौं । गाईवस्तु चराउ“दा, मेलापात गर्दा वा हाटबजार भर्दा बाटाबाटैबाट टिपेर ब्रिटिश सेनामा जवरजस्ती लगिएका हाम्रा ६० हजारभन्दा बढी पुर्खाहरु त्यही युद्धमा मारिए, हजारौ अंगभंग भए । मारिएका र अंगभंग भएका तथा बेपत्ता भएकाहरुको तथ्यांक अझै बेलायतले दिन सकेको छैन । आफु मारिएर ब्रिटेनलाई ‘ग्रेट ब्रिटेन’ बनाइदिने हाम्रा पूर्खाहरु किन त्यसरी मारिए ?

गोरखा सैनिकहरुको स्मृतिमा स्मारक

   नेपाल र बेलायतको सहयोग लिन्नौस्यांग्जा फेदीखोला । युद्धमा मारिएका बृटिश गोरखा सैनिकहरुको स्मृतिमा गोरखा भूतपूर्व संनिक संघ गेसोले स्यांग्जा जिल्लाको फेदीखोला स्थित साल्मे डाडामा करिव दुई अर्ब लागतमा गोरखा स्मारक निर्माण गर्ने भएको छ ।
   आन्दोलनलाई नया रुप दिएको बताउदै आएको गेसोले स्मारक निर्माण थालनी गर्न बैशाख ५ गते बुधवार गोरखा स्मारक ट्रष्टको कार्यालय भवनको उद्धघाटन गरेको छ । बेलायती शासक र तत्कालिन राणा शासकहरुको स्वार्थकालागी नेपालका पहाडी तथा हिमाली क्षेत्रका आदिबासी जनजाती युवाहरुलाई जवरजस्ती बृटिश संनिकमा भर्ती गराएर प्रथम तथा दोस्रो विश्व युद्धमा प्रयोग गरेका थिए ।

कहां रोक्नु सवारी ? .............

धरान । धरान बस पार्कमा सधै जसो एकापसमा गलबज्जी परिरहने यातायात मजदुरहरु र ट्राफिक प्रहरीहरु बिहिवार एउटै हलमा बसेर दुर्घटनामा कमी ल्याउने उपाय, दुर्घटनाका कारणहरु र ट्राफिक नियमका विविध पक्षहरुवारे अन्तरकृया गरिरहेका थिए ।
       जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी निरिक्षक मुकुन्द रिजाल भन्दै थिए ट्राफिक नियमको पालना गर्नुस, सडक अतिक्रमण गरेर जहापायो त्यही सवारी नरोक्नुस, ओभर लोड नगर्नुस, मादक पदार्थ सेवन गरेर सवारी नचलाउनुस, सवारीको राम्रो मर्मत सम्हार गर्नुस, सवारीको हुडमा यात्रु नचढाउनुस, लापरवाही नगर्नुस, सवारी चलाईरहदा मोवाईलमा कुरा नगर्नुस । रिजालले  भन्नासाथ सहभागी चालक जगत बुढाथोकीले रिजाललाई प्रश्न गरिहाले सवारीको हुडमा जवरजस्ती चढ्ने यात्रुलाई रोक्ने हो भने हामीले कुटाई खानु पर्छ तर ति यात्रुहरु ट्र«ाफिक प्रहरीकै छेउमा  हुडमा चढ्ीरहदा तपाईहरुले किन कारवाही नगरेको ? ओभरलोड गरेको सवारीहरुलाई कारवाही गर्नुको सट्टा पैसा लिएर किन छाडेको ?

हॉसेकैछु यो पलसम्म

  • भीमज्वाला राई
    
   हॉसेकैछु यो पलसम्म रमाएकैछु यो पलसम्म
  ऑंशु पिउदै मृत्यु छल्दै, बां‘चेकैछु यो पलसम्म ।
 
 झरनाबाट झरें म पहरामा पछारिदै
 भेलसंगै बगें म, चट्टानमा बजारिदै
 चोट सहदै पीडिा भुल्दै, हॉसेकैछु यो पलसम्म
 ऑंशु पिउदै मृत्यु छल्दै, बां‘चेकैछु यो पलसम्म ।

 घात गर्यौ बात लायौं दुनियां हासे मलाई हेर्दै
 मेरो बसन्त उजाड भयो, हरायौं अन्तै रंग फेर्दै
 पीर साट्दै व्यथा भुल्दै हॉसेकैछु यो पलसम्म
 ऑंशु पिउदै मृत्यु छल्दै बॉचेकैछु यो पलसम्म ।

सलाम .... एलिसालाई

म आफै बुबाको काजक्रिया गर्छु, किरीयापुत्री आफै बस्छु भनेर अडान लिएपछि विरोधीहरुको केही जोड चलेन’       


      धरान । आमा—बुबाको मृत्यु पछि छोरीले किरीयापुत्री बस्न र मृत्यू सस्कार गर्न हुदैन भन्ने हिन्दु धर्मको सस्कारलाई चुनौति दिदै धरानकी एक बालिकाले बुबाको मृत्यू सस्कारकालागी किरीयापुत्री बसेकी छन् ।
     धरान १५ रोदुङ पथकी १४ वर्षीया एलिसा सापकोटा विरोधका बावजुद बुबाको किरीयापुत्री बसेर समाजलाई चुनौति दिएकी हुन् । बुबा हरिबहादुर सापकोटाको मृत्यु भएपछि उनकी जेठी छोरीको नाताले एलिसा किरियापुत्री बसेकी हुन् । ब्रेन ट्युमर रोगबाट पीडित ३२ बर्षीय सापकोटाको बिहिबार मध्यरातमा मृत्यु भएको थियो । दुई छोरीका पिता सापकोटाको मृत्यु भएपछि एलिसाले नै दागवत्ति दिइन् र तीन दिनअघिदेखि किरियापुत्री बसेकी हुन् । दुवै सन्तान छोरी भएका सापकोटा परिवारलाई मृत्यु सँस्कार छोरीलाई गर्न दिएको भन्दै हिन्दु धर्मप्रति आस्थावान कट्टर महिलाहरुले विरोधसमेत जनाए । छोरीले दागबत्ति दिने भए शव उठाउन नदिने भन्दै ती महिलाहरु कडारुपमा प्रस्तुत भएपनि एलिसाको अठोट र अडानप्रति उनीहरुको केही जोड चलेन ।

होली रोमाञ्चकता र एमाले उदघोष

  • भीमज्वाला राई       
       गुटको लहरामा गुण्डागर्दी, कमिशनतन्त्र, ठेक्कापट्टा, सरुवा बढुवा जस्ता काम नलाग्नेगरी पलाएको एजेरुले एमालेलाई कुरुप बनाएको छ ति एंजेरु  एमालेकालागी क्यान्सर बनेका छन् जसलाई बेलैमा शल्यक्रिया नगर्ने हो भने एमालेलाई विघटनसम्म पुर्याउने निश्चित छ ।
          वसन्तको उत्सव, नयां वर्षको शुरुवात, उमंगको चाड विभिन्न उपमा जोडेर मनाईने होली र एमालेको मिनी महाधिवेशनको रुपमा लिईएको राष्टिय प्रतिनिधि परिषदको भेला संयोगले अघिपछि परेको छ । एमालेको भेला सिद्धिएलगतै रंग, ऋतु र आपसी समन्वयको पर्यायबनेको होलीमा सप्तरगी अबीरको रगींन आभुषणमा रमाएर देश चुर्लुम्म डुवेको छ । रंगहरुको रोमाञ्चकतामा जनता जसरी खुशीको बहारसंगै उद्धेलित बनेका थिए त्यसैगरी एमालेको भेला भईरहदा एमालेलाई नेपालको पहिलो पार्टी बनाउने एमाले नेताहरुको उदघोषले एमालेका नेता कार्यकर्ताहरुमा उत्साह त सञ्चारित भएको थियो नै आम जनतामापनि आशाको टुसा पलाएको छ तर होलीको भोली पल्टदेखि रंग धोएपछि होलीको रोमाञ्चकता हराएर जान्छ र अर्को फागु पुर्णिमासम्म बेदाग हुने गर्दछ त्यसैगरि एमाले भेलाले दिएको रोमाञ्चकतापनि होलीको समापनपछि पखालिएको होलीको रंगजस्तै नबनोस । 

गेसो आन्दोलन र जंगबहादुरप्रति माक्र्सको टिप्पणी

भीमज्वाला राई
गेसोले वर्षौदेखि सञ्चालन गर्दै आईरहेको र संसारको ध्यान आफुतिर तान्नेगरी छेडीरहेको आन्दोलनको रुप र चरित्रपनि साम्राज्यवाद विरुद्धको आन्दोलन नै हो

        कार्ल माक्र्सले आफ्नो डायरीमा जंगबहादुर राणालाई बेलायती कुकुर भनेर खरो टिप्पणी गरेका छन् ।  माक्र्सको शेखपछि उनका सहयोद्धा एंगेल्सले प्रकाशन गरिदिएको उक्त डायरीमा उल्लेखीत विचारहरु माक्र्सको  भारतीय इतिहासपर एक टिप्पणीयाँ  नामको भारतको सन्दर्भमा लेखिएको पुस्तकमा पनि पढ्न पाईन्छ । नेपालका राणा शासक, शक्तिशाली  प्रधानमन्त्रीलाई “कुकुर” भनेर किन लेखे होलान् ?  विश्व सर्वहारा श्रमजीवी वर्गका महान नेता तथा दार्शनिक कार्ल माक्र्स जंगवहादुरप्रति यती निकृष्ट शब्द प्रयोग गर्नेगरी किन आक्रोशित बने ? शोषित, पीडित श्रमजीवी जनताको मुक्तिको सिद्धान्तको प्रतिपादनमा लागीरहेका माक्र्सले करिव डेढ सय वर्ष अघिको नेपाली समाजका उनको सिद्धान्तसंग ठ्याक्कै मेल खाने जनताका राष्ट प्रमुखसंग त्यतिबिघ्न रिसाउनु पर्ने कारण के बनेछ र हदैसम्म तल झरेर गाली गरेका होलान् भन्ने लाग्न सक्छ तर  ब्रिटीश गोर्खा भर्तिको दुईसय वर्षको ईतिहासलाई फर्केर समिक्षा गर्दै गोर्खा भूतपूर्व सैनिक संघ(गेसो)े आन्दोलनको मोर्चाबध भईरहदा र नेपाली समाजको रुपान्तरणको बाधक राणा कालका नाईके जंगवहादुरप्रति करिव डेढ सय वर्ष अघि माक्र्सले कटु आलोचना गरेको ईतिहासलाई स्मरण गर्ने हो भने गेसो आन्दोलनको निशाना र माक्र्सको प्रहारमा कुनै तात्विक भिन्नता देखिन्न ।
            

यस्ता छन् सम्भावित भिसीहरु

अस्पताल निर्देशक डा.बिपी दास


रेडियोलोजी विभाग प्रमुख डा.राजकुमार रौनियार

भीमज्वाला राई
      धरान । बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकसलपति (भिसी) का सम्भावित चार वरिष्ठ चिकित्सकहरु कोहीपनि दोष मुक्त छैनन् । उनीहरु प्रतिष्ठानमा कार्यरत रहेकै अवस्थामा उनीहरुले राम्रा गुणहरुपनि आर्जन गरेका छन् र कुनै न कुनै आरोपहरुपनि खेपेका छन् ।
 मेडिसिन विभाग प्रमुख डा.प्रहलाद कार्की
    भिसीको दौडमा सवैभन्दा तेज रहेका रेडियोलोजी विभागका प्रमुख दुहवी सुनसरी राजकुमार रौनियारले राष्टिय तथा अन्तराष्टिय पुरस्कारहरु पाएका राम्रा चिकित्सक हुन् उनले प्रतिष्ठान छाडेर बाहीर काम गर्न गएका थिएभने करोडौ कमाउन सक्थे तर उनले त्यसो गरेनन् र उनी स्पष्ट वक्तापनि हुन् त्यतिहुदाहुदैपनि भिसीको दौडमा उनले स्वास्थ्य मन्त्रीसंग आर्थिक चलखेल गर्नसम्मपछि नपरेको उनीमाथि आरोप लगाउछन् भुक्तभोगीहरु ।
     बैचारिकरुपमा अस्थिर रौनियार अहिले सदभावना पार्टीको कार्यकर्ता रहेको बताउने गरेपनि उनी हालपनि प्रतिष्ठान भित्र भने माओवादी निकट संगठनको सल्लाहकार रहेको स्रोतले बताएको छ । समय अनुसार चल्दै काचुली फेर्दै रंग बदल्न सक्ने रौनियार कर्मचारीसं सम्न्वय गर्न नसक्ने, प्रशासनिक अनुभव नभएका र प्रतिष्ठानको समस्यामा ढाड फर्काएर हिड्ने व्यक्तिकारुपमा उनको छवी रहेको स्रोतको दावी छ उनी आर्थिक अनियमितताको मुद्धावाटपनि मुक्त नभएको बताईन्छ ।

को बन्लान् बिपीको उपकुलपति ? ...पदकालागी करोडौंको चलखेल

भीमज्वाला राई
धरान । बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति पूर्णचन्द्र कर्माचार्यको  कार्यकाल पुस ३ गते सकिदैछ तर नयां उपकुलपति को हुन् भन्ने अझै टुंगो लाग्न सकेको छैन ।  सो स्थानको दावी गर्दै प्रतिष्ठानका ६ जना प्रतिष्पर्धिहरुले गतिविधिलाई तिब्र बनाएका छन् ।
       नेपालकै प्रतिष्ठित मानिएको बिपी प्रतिष्ठानको नयां उपकुलपतिको होडमा राजकुमार रौनियार, बिएन यादव, सीवी झा, प्रल्हाद कार्की, सिएस अग्रवाल र बलभद्रप्रसाद(बिपी) दास दौडधुपमा लागेका छन् ।
    पांच वर्षे उपकुलपतिको नियूक्तिको व्यवस्था बिपी कोईराला स्वस्थ्य विज्ञान प्रतिष्ठान ऐनले व्यवस्था गरेको छ । ऐन अनुसार स्वास्थ्य मन्त्री अध्यक्ष रहने तिन सदस्यीय उपकुलपतिले सर्च कमिटीले उपकुलपतिका योग्य मानिएका तिन जनाको नाम प्रधानमन्त्रीलाई शिफारिस गरेपछि प्रधानमन्त्रीले एकजनालाई उपकुलपतिमा नियूक्त गर्ने वैधानिक व्यवस्था भएपनि कार्यकाल सकिन अव मात्र १२ दिन मात्र बाकी हुदासम्म सम्भावित उपकुलपतिको नाम प्रधानमन्त्री बाबुराम भट्टराई समक्ष सर्च कमिटीले पठाउन सकेको छैन ।

सुरक्षाको हल्ला

 भीमज्वाला राई
     शनिवार इटहरीमा खम्बुवान मुक्ति मोर्चा संयुक्तले राखेको बम बिस्फोट भएर सुनसरीका प्रहरी प्रमुख राजु मानन्धरसहित छजना घाइते भएको घटनाको भोलीपल्ट आईतवार सुनसरी जिल्ला सुरक्षा समितिले सुरक्षा अवस्था कडा पार्न राजमार्गमा चेकजाचलँई तिव्रता दिने निणर्य गरेको छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी प्रमुख रहने सुरक्षा समितिमा सशस्त्र प्रहरी सिमा सुरक्षा वल सुनसरीका प्रहरी उपरिक्षक , जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक, नेपाली सेनाका मेजर लगायत जिल्लाका सुरक्षामा सरोकारवालाहरु संलग्न समितिले बैठकको निर्णयहरु पत्रकार माझ सार्वजनिक गर्दै बडो दम्भकासाथ जिल्लामा सुरक्षा व्यवस्थालाई कडाई गरिने उद्धघोष गरेका छन् सुनसरीका जनताको सुरक्षाको प्रत्याभूती सहितको प्रतिवद्धता मिडिया मार्फत प्राथमिकताकासाथ हल्लीखल्ली गरेका छन् ।

खलासीदेखि सांसदसम्म

  • भीमज्वाला राई
चुडामणी जंगली
 चुडामणी जंगली बिश्वकर्मा जसको विश्वविद्यालय सडकमा गुड्ने गाडी थियो, निरन्तर आन्दोलन र माक्र्सवादी पुस्तकहरुको अध्ययन उनको प्रमाण थियो त्यही अनुभव र निरन्तरताले  उनलाई खलासीवाट सांसदसम्म बनायो . 
मेरो जन्म स्याङजाको गणेशपुर गाविसमा २०१४ साल पुस १४ गते भएको हो । म गरिव किसान परिवारमा जन्मिएको हुं मेरो वाल्यअवस्था निक्कै दुःख कष्टले वित्यो । उत्पिडित विश्वकर्मा जातीको भएकोले त्यो वेलाको समाजमा मेरो बाल्यकाल दुखदायी वित्यो । करिव १ घण्टा टाढा रहेको रामकोष प्राइमरी स्कुलमा ५ कक्षासम्म पढें त्यसपछि स्याङजा हाइस्कुलमा पढे । ९ कक्षामा पढ्दै गर्दा २०३२ सालमा हाम्रो घरमा आगलागी भयो । आगलागीमा हाम्रो केही बचेन हामीसंग अरु घर बनाउने श्रोत थिएन् । थोरै भएको खेत बेचेर टीनले छाएको घर बनायौं । त्यतिखेर गाउमा टिनले छाएको घर थीएन ।
 ९ कक्षा पढ्दा पद्दै स्कुल छोड्नु पर्ने अवस्था आयो परिवारको दायित्व पनि पुरा गर्नु पर्ने भयो हाम्रो परिवार ठूलो थियो । दुइ दिदी, दुइ वहिनी दुइर्, भाइ  र आमाबुबा गरी जम्मा ८ जनाको परिवार थियो । हामी कसैलेपनि अध्ययन अघि बढाउन पाएनौ । हाम्रो परिवारले वर्षको ३ महिना चाही ज्याला मजदुरी गरेर गुजारा चलाउनु पथ्र्यो  । बाटो खन्ने , ज्याला मजदुरी गर्ने काम पनि गरें ।
।।।।।।।।

स्वास्थ्य सस्थाको अस्वस्थ काम

  • भीमज्वाला राई
       धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान विवाद र चर्चाबाट कहिल्यै मुक्त हुन सकेको छैन । पछिल्लो समय विपी प्रतिष्ठान नकारात्मक समाचारको मुख्य भण्डारकारुपमा विकसित हुदै गईरहेको छ । नेपालकै प्रतिष्ठित स्वास्थ्य सस्थाकारुपमा चित्रण गरिएककको प्रतिष्ठानको व्यवस्थापनलाई व्यवस्थित गर्ने प्रशासन कमजोर मात्र होईन बेकम्माजस्तै बनेपछि प्रतिष्ठानको सेवा खस्कदो छ भने प्रतिष्ठान दिनानुदिन अस्तव्यस्त बन्दै गईरहेको छ । प्रतिष्ठान प्रशासनभित्र राजनीतिकदलहरुमा रोगको रुपमा देखिएको अन्तरद्धन्द्धको संक्रमणमा प्रतिष्ठान प्रशासनपनि चुर्लुम्म डुवेको प्रष्ट देखिन थालेको छ । त्यसैको प्रतिफल स्वरुप अत्यावश्यक मात्र होईन जनस्वास्थ्यसंग समेत सम्बन्ध राख्ने शवगृहका शव राख्न प्रयोग गरिने आइस क्याबिनेट’को मेशिन बिग्रेर शवहरु सडेर संक्रमण फैलने जोखिम बढिरहदापनि प्रतिष्ठान प्रशासन दोषारोपन गरेर आरामले बसिरहेको छ ।

   प्रतिष्ठान प्रशासन गुट, कमिशनको खेल, नातावाद कृपावादको सांग्लोमा जेलिएकै कारण प्रतिष्ठान भित्रका सिटीस्क्यान, भिडीयो एक्सरे लगायतका बहुमुल्य भौतिक पूर्वाधारहरु प्रयोगहिन बनेका छन् । प्रतिष्ठानका पूर्वाधारहरु सद्धे हुदाहुदै प्रतिष्ठानकै जिम्मेवार तहका कर्मचारीहरुले कमिशन कुम्ल्याएर प्रतिष्ठानमा आउने सेवाग्राहीहरुलाई बाहीर पठाईरहेका छन् । प्रतिष्ठानका दक्ष जनशक्तिहरुलाई प्रतिष्ठानबाट कर्मचारीहरुकै मिलेमतोमा विस्थापित गरिरहेकै छ । प्रतिष्ठानभित्रका वेथितिहरुलाई मिडीयाले सार्वजनिक गरिरहेकै छ तर प्रतिष्ठान प्रशासनले मिडीयाले औल्याएका गलतीहरुलाई सच्याउदै प्रतिष्ठानलाई सुधार गर्न तर्फ लागेको देखिएन । बरु अत्यावश्येक मानिएको शवगृह व्यवस्थित गर्नुको बदला हानाथाप गर्दै सम्भावित संक्रमणलाई स्वागत गरेको पाईएको छ ।

अविश्वास तोड्ने अवसर



              शान्ति प्रकृयालाई निश्कर्षमा पुर्याउने र संविधान निर्माण कार्यलाई पुरा गर्ने कामको महत्वपूर्या जिम्मेवारी पाएको संविधानसभाले समयमै आफ्नो काम पुरा गर्न नसकेपनि आफ्नो आयु लम्ब्याउने काममा भने समय समाप्तीको अन्तिम अवस्थामापनि चुकेको छैन । पटक पटक संविधानसभाको समय थप्दै आएका भएपनि समयमा काम भने पुरा गरेको छैन । संविधान निर्माणका काममा मेहनत नगरे झै यस पटक संविधानसभाको म्याद थप्नेबेलापनि  दलहरुले धेरै मेहनत गर्नुपरेन । दलहरुको सहमतिमा सरकारले संविधानसभा समक्ष प्रस्ताव गरे अनुसार ६ महिनाको लागि संविधानसभाको म्याद थपिएको छ । समय थपसंगै थपिएको समय अन्तिम हुने र त्यसपछि संविधानसभाको समय सकिने सर्वोच्चको फैसलाका कारण अबको ६ महिनाभित्र जसरी पनि संबिधान बनाउनुपर्ने दलहरुसामु दबाब छ ।

द्धन्द्धको घाउ

  • स्वर्गीय यामसुन्दर गुप्ता
  • भीमज्वाला राई
दांङ काठमाण्डौं रुटमा सञ्चालीत ना २ ख २८६ नम्बरको बसका चालक यामसुन्दर गुप्ता २०६० साल फागुन ११ गते माओवादी एम्बुसमा परे । नेकपा माओवादीले सार्वजनीक सडकमा थापेको एम्बुसमा गुप्ताले चलाएको बसको टायर परेपछि बिष्फोट भएको बमले उनले चलाईरहेको बस मात्र होईन उनको शरिर पनि क्षतविक्षत बनायो ।
     घोराही स्थित नेपाली सेनाको गोरक्ष गणको नियन्त्रणमा रहेको बसमा सो दिन तत्कालिन शाही सेनाकै जवरजस्तीमा सेनाले भरीएको बस लिएर उनी घोराहीबाट लमही जादै गर्दा मुस्कोट जंगल क्षेत्रमा उनले चलाईरहेको बस बिहान ९ वजे माओवादी एम्बुसमा परेको थीयो सो एम्बुसमा उनी सहित चार जना सेनाको पनि ज्यान गएको थीयो ।
      दुई छोरी र श्रीमतीकासाथ तुलसीपुरमा बसोवास गर्दै आईरहेका गुप्ताको बम बिष्फोटमा परेर निधन भएपछि उनी आश्रीत परिवार बिचल्ली बनेका छन् । बिना कसुर उनको ज्यान गयो तर उनको परिवारलाई राज्यले राहत दिन आनाकानी गर्यो नेपाल यातायात स्वतन्त्र मजदुर संगठन राप्ती अञ्चल कमिटीको पहलमा द्धन्द्धमा परेका सेना प्रहरीले पाउने ९ लाख क्षतीपूर्तीको दावी गरिएको भएपनि उनको परिवारलाई ५ लाख दिईयो । स्वर्गीय गुप्ता कार्यरत राप्ती सार्वजनीक बस व्यववसायी समितिले ५० हजार प्रदान गर्यो । संगठनकै पहलमा उनकी श्रीमति गोमा गुप्तालाई व्यवसायी समितिमा रोजगारी प्रदान गरेर संगठन र व्यवसायीले पीडित परिवारलाई सामान्य मलहमपट्टी गर्ने काम गरेको छ ।

पत्रकार र आचार

भीमज्वाला राइ   
  पत्रकारहरु कुनै अर्को ग्रहवाट आएका छुट्‍टै धातुले बनेका विशिष्ठ प्राण्ाी होर्इनन्‍ जनतालार्इ सुसुचित गनर्े मुलभूत उदेश्य र सोही अनुरुपको काम पत्रकारको हो तर पत्रकार हुदैमा कुनै कार्यालयको नीति नियमलार्इ नमानेपनि हुन्छ, पत्रकारलार्इ कसैले सोधीखोजी गनै हुदैन , परिचय पत्र नदेखार्इ चिन्नु पर्छ, जहा मनलाग्यो निर्वाध प्रवेश पाउनु पर्छ भन्ने पत्रकारहरुमा बढ्‍दै गरेका आचरण्ाकै कारण्ापनि दिनानुदिन पत्रकारमाथि आत्रmमण्ाका घटनाहरु भर्इरहेका छन्‍ । त्यस्ता पात्रहरुले पत्रकारीता पेशा विक ृत मात्र बनार्इरहेका छैनन्‍ बदनामीको मार्गमा लादैछन्‍ ।  

करोडौं मुल्य पनर्े भौतिक सामग्री प्रयोगनगरी वेवारिसे बनाएका सरकारी कार्यालयको समाचार संकलन गर्न पूर्वाञ्चल कार्यालयमा एकजना पत्रकार पुगे । कार्यालयका सुरक्ष्ाा गार्डले कार्यालय कम्पाउण्डको प्रवेशद्धारमै ति पत्रकारलार्इ रोकेर रजिष्टर्ड खाता देखाउदै नाम र कस्लार्इ भेट्‍न जाने हो लेखिदिएर हस्तार गरिदिएर भित्र जान अनुरोध गरे ।      पत्रकारले खातामा नाम लेख्नपनि मानेनन्‍ , हस्ताक्ष्ार गर्नपनि मानेनन्‍ सुरक्ष्ाा गाडलार्इ उल्टै प्रतिप्रश्न गरे म पत्रकार हुं मैले किन हस्ताक्ष्ार गनर्े ? राजधानी प्रधान कार्यालय रहेका सञ्चारग ृहका ति पत्रकारसंग भmोला र क्यामेरापनि साथमै थियो ।  मैले यतिकै भित्र जान छाडीदिंएभने कार्यालयले मलार्इ अप्ठेरो पार्छ मेरो जागीरै जान सक्छ । कार्यालयले आफुलार्इ दिएको जिम्मेवारी वेलीविस्तार लाउउदै सुरक्ष्ाा गार्डले समस्या तेस्र्याए तर ति पत्रकार मानेनन्‍ उल्टै हप्कीदप्की गर्दै तपार्इहरु पत्रकारलार्इ चिन्नुहुन्न भन्दै जवरजस्ती कार्यालयभित्र छिरे ।      सुरक्ष्ाा गार्डले कार्यालयलार्इ जानकारी गरार्इदिएपछि कार्यालय प्रमुखले ति पत्रकारलार्इ कार्यकक्ष्ामै बोलाएर  कार्यालयमा आउने सेवाग्राहीहरुको तथ्याÍ राख्न आफुहरुले नाम, काम र हस्ताक्ष्ार राख्ने गरेको र सुरक्ष्ाा गार्डलार्इ जिम्मा दिर्इएको जानकारी गराए तर उनी त्यहांपनि उसैगरी बम्कीए । तपार्इ कुन मिडियाको हो परिचयपत्र देखाउन आग्रह गरे तर ति पत्रकारले सुरक्ष्ाा गार्डलार्इ गरेकै प्रतिप्रश्न गरे र पून: चर्कीए मेरो परिचय पत्र हेनर्े अधिकार तपार्इलार्इ छैन भन्दै उनले नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष्ालार्इ फोन गरेर आफुलार्इ कार्यालयका प्रमुखले कार्यकक्ष्ामा बन्दी बनाएको जानकारी गराए ।   पत्रकारलार्इ सरकारी कार्यालयका कार्यालय प्रमुखले बन्दी बनाएको घटनालार्इ पत्रकारका नेताले तत्काल सहायक प्रमुख जिल्ला अधिकारी समक्ष्ा पुरयाए घटनाका बारेमा यथार्थ जानकारी नभएपनि पत्रकारहरको नेताका हिसावले पत्रकारहरु असुरक्ष्ाित भर्इरहेको समयमा सरकारी कार्यालयका प्रमुखले कार्यकक्ष्ामै एकजान पत्रकारलार्इ बन्दी बनाएको सुचना गम्भिर थियो सोही गम्भिरतालार्इ मध्येनजर गर्दै सुरक्ष्ाा निकायलार्इ जानकारी गराउनु जरुरी थियो ।     घटना एकै निमेशमा सनसनी बन्यो सहायक प्रजिअले तत्काल पत्रकारलार्इ बन्दी बनाएका भनिएका कार्यालयका प्रमुखलार्इ फोन गरेर थर्काए कार्यालय प्रमुखले घटनाको यथार्थ बेलीविस्तार सुनाए पत्रकारमहासंघका अध्यक्ष्ालार्इ पनि बताए । सहायक प्रजिअले समय संवेदनशिल रहेको यसलार्इ नमिलाए राष्टि्रय विष्ाय बन्नसक्छ विचार पुर्‍याउ भनेपछि निर्दोष्ा कार्यालय प्रमुखले माफि मागे ।  

राजनीतिक अलमल उस्तै

भीमज्वाला राइ
नेपाली राजनीतिमा एकाध सुखद समाचार वाहेक नेपाली जनताले ढुक्क हुनेगरी र खुशी हुनेगरी कहिल्यै राम्रा खवरहरु सुन्न सक्ने दिनहरु आएको पार्इएको छैन । असहमति, असफलता, अवरोध, विरोध, असन्तुष्टि जस्ता शव्दहरुको मात्र बढी बोलवाला देखियो । संविधानसभाको निर्वाचनपछि संविधान बन्ला, देश संघिय गण्ातन्त्र बन्ला, शान्ति स्थापना होला भन्ने नेपाली जनताले आशा गरेका थिए । तर पछिल्लो चार वर्ष्ामा यही असफलताको कथा र काहानीहरुको थुप्रोमा अलमलीएका राजनेताहरुको अन्यौल पदचापमा आशाको त्यान्द्रो बोकेर जनतापनि अन्यौल यात्रालार्इ पछ्‍याउन बाध्य भएका छन्‍ । 

सुदुरमा सेनाको ज्यादती उस्तै

यूवतीसंग जिस्कीदै नेपाली सेना प्रदिप खत्री

सेनाको दुव्र्यवहारबाट मुत्तm भएपछि  रामदत्त भट्‍ट
भीमज्वाला राइ
     नेपालको सुदुर पश्चिमाञ्चलको कञ्चनपुर जिल्लास्थित पूर्वपश्चिम लोकमार्गमा पनर्े शुक्लाफाटा बन्यजन्तु आरक्ष्ा र बर्दीया जिल्लाको बर्दीया राष्टि्रय निकुञ्ज क्ष्ोत्रवाट यात्रा गनर्ु भयो भने ज्ञानेन्द्र शाहको शासनको समयमा शाही सेनाले नेपाली जनतामाथि गनर्े दव्र्यवहारको घटनाको शिकार बनीरहेको द ृष्य अहिलेपनि प्रत्यक्ष्ा देख्नुहुनेछ  ।    २०६२ / २०६३ सालको जन आन्दोलनपछि राजतन्त्र ढल्यो, गण्ातन्त्र आयो शाही सेना, नेपाली सेनामा रुपान्तरण्ा भयो परिवर्तनसंगसंगै शाही सेनाको ज्यादतीपनि समाप्त भयो अब सेनाको ज्यादतीको शिकार निमुखा नेपाली जनता हुनु पनर्ेछैन भन्ने थियो तर  सुदुर पश्चिममा निरंकुश ज्ञानेन्द्र कालिन सेनाको जगजगी अहिलेपनि उस्तै छ । सेनाको व्यवहार, बोली, शैली र ज्यादतीले शाहीकालिन भmभmल्को प्रदर्शन गरिरहेको छ ।          नेपालको सुदुर पश्चिमाञ्चलको कञ्चनपुर जिल्लास्थित शुक्लाफांटा बन्यजन्तु आरक्ष्ाको मार्ग भएर गएको कार्तिक २१ गते महाकालीको भीमदत्त नगरपालीका (महेन्द्रनगर) जादैगर्दा आरक्ष्ाको सुरक्ष्ाार्थ खटेका नेपाली सेनाका एक जवानले एक सर्वसाधारण्ालार्इ गरेको दुव्र्यवहारको घटनाको द ृष्यले सुदुरमा सेनाको ज्यादती उस्तै छ भन्ने उदाहरण्ा प्रस्तुत गरेको छ ।     प्रदिप खत्री नामका सेनाका एक जवानले रामदत्त भट्‍टलार्इ गरेको दुव्र्यवहारको घटना द्धन्द्धकालका समयताका सेनाको व्यवहारलार्इ विर्सार्इदिने खालको थियो ।