साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

मजदुरलाई सहयोग

क्षयरोग पीडित यातायात मजदुर कुमार जोगीलाई उपचार सहयोग स्वरुप २० हजार ९५ रुपैया सहयोग प्रदान गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव भीमज्वाला राई ।

आकासबाट देखिएको विराटनगरको दृष्य

पछिल्लो समय बिराटनगर विकासको तिव्र गतीतर्फ अग्रसर बन्दै गईरहेको छ

सुन्दर भेडेटार

धनकुटा र सुनसरीको संगमस्थल पर्यटकीयस्थल भेडेटारको दृष्य

विद्यार्थीलाई सम्मान

प्रवेशिका पक्षिामा सर्वोकृष्ट अंक ल्याउने यातायात मजदुरका छोराछोरीहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान ईकाईले सम्मान गर्दै

Pages

थिचोमिचोको एउटा उदाहरण ी

पूर्वी नाका काकडभीट्टास्थित नेपाली भूभागमा भारतीय शहर सिक्कीम, ग्यान्टोक, दार्जिलिङ लगायतका स्थान जान यात्रुको प्रतिक्षामा रहेका लामबद्ध सवारी साधनहरु तस्विर ः कल्पना तुम्रोक

ईतिहास

बिक्रम सम्बत १९७३ मा पहिलो पटक मान्छेमाथी चढेर नेपाल भित्रीएको सवारी, राणा शासकहरुले बेलायतबाट भारत हुदै नेपाल ल्याएको यो सवारी भीमफेदीको बाटो हुदैं काठमाण्डौ भित्र्याएको थियो ।

बाल श्रम उन्मुलन नारा मात्रै

धरान १३ स्थित सर्दु खोला नजिकको सुकुम्बासी वस्तीका एक बालक अभिभावकलाई गिट्टी कुट्न सघाउदै फोटो ः सोहन श्रेष्ठ

सुन्पारी पुग्ने विकल्प ।

भोजपुर र धनकुटाको सिमाना लेगुवा स्थित अरुण नदीमा फेरीको माध्यमबाट सवारी तथा यात्रुहरु आरपार गर्दै, अरुण नदीमा पुल नबन्दा वर्षौदेखि दुर्गम पहाडबासी यसरी नै दुखका साथ नदी तर्दै आउने गरेका छन्

माझी दाई पोखरा फेवा तालको #2380;

पोखरास्थित फेवा तालमा माछा मार्न जाल मिलाउदै डुंगामा एक माझी तस्बिर .ज्वाला

पुस्पलाल विर्सदै कम्युनिष्टहरु


............comrade, puspalal..................

  •     भीमज्वाला राई
..........................................................................
कमरेड पुष्पलाल श्रेष्ठलाई नेपाली कम्युनिष्ट आन्दोलनको ईतिहासमा कसैले विर्सन सक्दैनन् । आफुलाई कम्युनिष्ट दावी गर्ने कसैले वा कुनै कम्युनिष्ट नामको पार्टीले पुष्पलाल लाई विर्सने प्रयास गर्छ भने सही अर्थमा त्यो न कम्युनिष्ट बन्न सक्छ न त्यो पार्टी कम्युनिष्ट पार्टी  नै हुन सक्छ । तर आफुलाई कम्युनिष्ट दावी गर्ने र कम्युनिष्ट पार्टीहरुले पुष्पलाललाई किन विर्सदै गईरहेका होलान् भन्ने नेपालको कम्युनिष्ट आन्दोलनमा अलिकतीपनि हेका राख्नेहरुलाई सोच्न बाध्य पारिएका छन् । 
   नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस साउन ७ गते थुप्रै कम्युनिष्ट पार्टीहरुले पुष्पलाल लाई सम्झीने फुर्सद निकाल्न सकेनन् ।        सर्वहारा मजदुर वर्गको मुक्तिको सिद्धान्त मानिएको कार्ल माक्र्स र एगेल्सद्धारा सन १८४८ मा लिखित कम्युनिष्ट घोÈण्ाँ पत्रलाई विक्रम सम्बत २००५ सालमा अनुवाद गरेर विश्व सर्वहारा मुक्तिको सिद्धान्तलाई नेपाली श्रमजीवि सर्वहरा मजदुर वर्ग माझ स्थापित गर्दै २००६ साल बैशाख १० गते प्रतिकुल नेपाली राजनीतिक अवस्थाका कारण भारत कलकत्ताको श्याम बजारमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुहुने विधिवत स्थापना गर्नु भएका पुष्पलाल श्रेष्ठको ३५ औं स्मृति दिवस २०७० साउन ७ गते पुष्पलालको योगदान र सर्वहाराप्रतिको समर्पणलाई मनले स्मरण गरेको देखिएन ।
     पद, प्रतिष्ठा र व्यक्तिगत स्वार्थलाई सिद्धान्तको जलप लगाईदिएर झरीमा उम्रीने च्याउ झै उम्रीएका अनगिन्ती कम्युनिष्ठ नामधारी पार्टीहरुको कमी छैन । सच्चा कम्युनिष्ट आफैलाई मात्र देख्ने पार्टीहरु, माक्र्सवादका शिरोमणी आफु बाहेर अरु कोही नदेख्ने मसिहाहरु अहिलेपनि छ्यापछ्याप्ती सर्वत्र भेटिन्छन् । ति दल र दलका नाईकेहरुको दर्शन चिया पसल, सार्वजनिक स्थल तथा समारोहहरुमा कान पाछुन्जेल सुन्नमा आउछन् । तर सामन्तवाद, साम्राज्यवाद र दलाल नोकरशाही पूजीवादको विरुद्ध नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेर जिवनभरी कष्ट भोग्ने तिनै पुष्पलाललाई स्मरण गर्न नसक्नु दुखद छ ।
    जनताको जनवादी व्यवस्थाबारे नेपाल कम्युनिष्ट पार्टीको पहिलो घोÈण्ाँ पत्रमा पुष्पलालले अघि सारेको सोचको परिवृतमै आज पनि नेपालको कम्युनिष्ट आन्दोलनको मुल प्रवाह गतिशिल छ । त्यस कारणपनि उनी नेपाली कम्युनिष्ट आन्दोलनको साझा सम्पति र सर्वोच्च व्यत्तित्व हुन् तर फरक भूमि चिनमा जन्मीएका मोओको जन्म जयन्ती बनाउन निकै तामझाम गर्न पछि नपर्ने कम्युनिष्ट नामधारी पार्टीहरुले समेत नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्ने पुष्पलाललाई नसम्झीनु नेपाली कम्युनिष्ट आन्दोलनका लागी दुर्भाग्य हो ।
    

३०७० साउन ७ गते
औजार दैनिकको कार्यालय
राती  ११ बजे

नेतृत्व गर्न नसक्नेहरुका लागी

  •  भीमज्वाला राई
  • ....................................................राजनीतिक सफलता, असफलता र पार्टीप्रतिको आम जनताको भरोशा नेतृत्वमा भर पर्दोरहेछ भन्ने दृष्टान्त पछिल्लो घटनाक्रमले देखाएको छ । उदाहरणकालागी नेकपा एमालेले कम्युनिष्ठ आन्दोलनपनि लोकतान्त्रिक बाटोबाट जान सकिन्छ, उग्रवामपन्थी भड्कावको बाटोबाट नभई शान्तिपूर्ण रुपबाटपनि गर्न सकिन्छ भन्ने सावित गरिदिए, कम्युनिष्टहरु क्रुर हुन्छन् भन्ने सोचाईलाई बदल्ने कार्यक्रम जनताको बहुदलिय जनबाद जस्तो नयां विचार नेपाली समाजमा स्थापित गरिदियो तर स्वर्गीय मदन भण्डारीले प्रतिपादन गरेको नविन विचारलाई नेतृत्व गर्न नसक्दा सवैभन्दा शक्तिशाली बन्नु पर्ने नेकपा एमाले नेपाली राजनीतिमा निम्छरो बन्दै गईरहेकोछ । कम्युनिष्ट पार्टीको लोकतान्त्रिकरणको सही जस लिन सक्ने र विचारको नेतृत्व गर्न एमालेले सकिरहेको छैन र नेता जन्माउन पनि सकेको छैन ।
     सत्ता बन्दुकको नालबाट मात्र स्थापित गर्न सकिन्छ भन्ने उग्र बामपन्थी सोंचबाट ग्रसित एमाओवादीले १० २०५२ साल फागुन १ गतेबाट सुरु गरेको जनयुद्ध २०६२ मंसिर ७ गतेसम्म सञ्चालन गर्यो तर सत्ता बन्दुकले स्थापित गर्न सकेन अन्ततः खशीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने थलो भन्दै आरोप लगाउने गरेको संसदमै आईपुगे । अबको बाटो जनविद्रोह की शान्तिपुर्ण हुने भन्ने विषयमा बहस खुवै छेडेको एमाओवादीसंग यही विषयमै कुरा नमिलेर किरण बैद्यहरु छुटीएर गए । हेटौंडा महाधिवेशनपछि एमाओवादी नामको पार्टीले समाजवादसम्म पुग्ने बाटो दस्तावेजमै जनविद्रोहलाई छाडिसकेको छ । 
         नेतृत्व गर्न जनता समक्ष जान र राजनीतिक सैद्धान्तिक हिसावले तात्कालिक कुनै एजेण्डा एमाओवादी संग छैन जनयुद्ध समाप्त भईसकेको र जनविद्रोहको कार्यक्रम समेत नरहेको अबस्थामा एमाओवादीले जनताको विचमा जाने बाटो भनेको शान्तिपुण राजनीतक कार्यक्रम नै हो तर जनताका बीचमा जाने शान्तिपूण कार्यक्रम नेकपा एमालेले २१ वर्ष अघि नै जबजको नयां कार्यक्रम ल्याई सकेकाले एमाओवादी विघटनको दिशामा जानु पर्ने हो तर किन एमाओवादी अहिलेपनि पहिलो पार्टीका रुपमा स्थापित छ ? यसको मुल कारण एमालेले आफ्नो समय सापेक्ष जबजको कार्यक्रमलाई कार्यान्वयन गर्न नसक्नु र एमालेले नेतृत्व उत्पादन गर्न नसक्नु नै हो । 
     जसरी एमालेले नेतृत्व गर्न सकिरहेको छैन त्यही अबस्था एमाओवादीका निवर्तमान उपाध्यक्ष डा. बाबुराम भटराईमापनि लागु भएको छ । एमाओवादी सहि अर्थमा भटराईकै विचारबाट निर्देशित छ तर उनी आफु भने एमाओवादी भीत्र असफल नतृत्वकारुपमा परिचय बनाउदैछन् । यसका थुप्रै उदाहरणहरु छन् । जनयुद्धको समाप्तीपछि जनविद्रोह कि शान्तिपूर्ण बाटो भन्ने विषयमा भटराई शान्तिपूर्ण राजनीतिको वकालत गर्दथे अहिले उनकै विचार पार्टीको आधिकारिक विचार बनेकोछ, एमाओवादीले भारतलाई हेर्ने लचिलो दृष्टिकोण भटराईकै लाईनमा आधारित छ, अहिले अध्यक्ष मात्र राखेर बाकी सवै सदस्य हुने अडान राखेर भटराईले उपाध्यक्षबाट राजिनामा दिएपछि अहिले एमाओवादी नेतृत्व त्यही लाईनमा अग्रसर छ । 
      नेपाली राजनीतिमा एमाले र एमाओवादीका बाबुराम भटराईको नियती एकै खालको बन्दै गईरहेको छ । नेपाली समाज रुपान्तरणकालागी एमालेसंग जबज जस्तो नविन र नेपाली समाज सुहाउदो कार्यक्रम छ तर एमाले नेपाली राजनीतिमा असफल बन्दै गईरहेको छ एमालेको जबजको नीति खासगरी यतीवेला एमाओवादीले अपहरण गरेर आफुलाई विस्तार गरिरहेको छ । एमालेको विचारलाई भजाएर एमाओवादी शक्तिशाली बन्दै गईरहेको छ त्यस्तै एमाओवादीलाई बैचारिक र नीतिगतरुपले यहांसम्म डो¥याउदै ल्याएको बाबुराम भटराई नेतृत्वमा आउन सकिरहेका छैनन् उनी एमाओवादीमा असफल बन्दै गईरहेका छन् । जसको विचार उसैको नेतृत्व भईदिएको भए नेपाली राजनीतिमा सकारात्मक परिणामको आशा गर्न सकिन्थ्यो तर सहि विचार भएरपनि नेतृत्व गर्न नसक्नेहरुसंग के आशा गर्ने र ?

बिग्रेको बानी के सुध्रेला र ?



........भीमज्वाला राई  ........
..........................................
भर्खरै सरकारले सार्वजनिक गरेको बार्षिक बजेटमा सवैभन्दा राहत निजामति कर्मचारीले पाए राष्ट्रसेवक कर्मचारीको १८ प्रतिशत तलवमा वृद्धि गरीदियो भने मासिक भत्ता १ हजार थपीदियो । जनताको सेवक भएका नाताले २०७०÷०७१ को बजेटका सम्बन्धमा देशभरीबाट र सवै क्षेत्रबाट विरोधका पर्रा फुटे सञ्चारमाध्यमहरुमा सरकारी बजेटको सर्वत्र विरोध भयो । आ आफ्ना क्षेत्र, स्थान, वर्ग, समुदाय तथा विविध विषयमा जनताका आवाज बजेटमाथी वर्षियो तर कर्मचारीलाई वृद्धि गरेको तलव र भत्ताका सम्बन्धमा कसैलेपनि आवाज उठाएका थिएनन् ।
      बजेटका अन्य विषयहरुमा विरोध भईरहदापनि कर्मचारीको तलव र भत्ताका सम्बन्धमा किन आवाज नउठेका होलान् ? यो प्रश्नका पछाडी दुईबटा टिप्पणीहरु आएका थिए पहिलो टिप्पणी थियो कर्मचारीहरुले सरकार सञ्चालन गरेकाले कर्मचारीहरुलाई काखी च्यापेको हो यो सरकारले भन्ने थियो दोस्रो भने राष्ट्रसेवक कर्मचारीहरुलाई दिईने तलव तथा अन्य सुविधामा विचार पु¥याएर तलव तथा भत्ता सुविधाहरु थप गर्न सकिएको खण्डमा कर्मचारीले जनतालाई दिने सेवा छिटो छरितो हुन्छ र भ्रष्टाचार निर्मुल हुनेछ भन्ने थियो तर जनताले सोचेंजस्तो सेवा कर्मचारीबाट हुन सकेन ।
    बजेट कार्यक्रमको घोषणापछि कर्मचारीहरुप्रति जनताको बुझाई र कर्मचारीहरुले दिने जनसेवालाई तुलना गर्न बुधबार ईलाका प्रशासन कार्यालय धरान पुगेका थियौं । त्यहा पुग्दा थाहा भयो तलव वृद्धि भएपनि, भत्ता थपिएपनि जनताका सेवक कर्मचारीहरुमा नयां उत्साह थप भएको छैन भन्ने । ईलाका प्रशासन जस्तो जनताका दैनिक तथा अत्यावश्यक कामसंग जोडिएको कार्यालयका प्रमुख पशुपति खतिवडा १ घण्टा ढिलोगरी ११ वजे मात्र कार्यालयमा उपस्थित भए दश बजे पुगेका हामी उनको खाली कुर्सी कुरेर बस्न बाध्य भयौं । त्यो वेलासम्म कार्यालयमा सेवाग्राहीहरुको लाम लागीसकेको थियो । कार्यालय रहेकै भवनको क्वाटरमा रहेका  प्रमुख खतिवडा भने कर्मचारीले बोलाएपछि मात्र बलैले उपस्थित भए ।
     ईलाकाका प्रमुख खतिवडा एउटा उदाहरण मात्र हुन् उनी आफै कार्यालय समयमा कार्यालय उपस्थित नभएपछि उनी मातहतका कर्मचारीहरुपनि त्यही पथमा थिए कार्यालय सहायक बाहेक अरु कोही पनि समयमा कुनै दिन कार्यालयमा उपस्थित नभएको उनै सहायकले बताईहाले । त्यती मात्र होईन साना तिना समस्यामा विभिन्न झमेला झिकेर सोझा सिधा जनतालाई दुख दिने घुमाउरो भाषामा पैसाको प्रस्ताव गर्ने प्रवृति अधिकांश कर्मचारीहरुको पुरानै सस्कार हो । तर सुविधा वृतिपछि कमसेकम ति व्यवहारहरु हट्नेछन् भन्ने अपेक्षा थियो । समय सिमा र अनुशासनलाई कमृचारीहरुले पालना गर्ने छन् भन्ने आम जनताको आशा र अपेक्षा फेरीपनि निराशामै सिमित भएको छ । 

त्यो दिन नआओस

 
भीमज्वाला राई
......................................................................
आउदो मंसिर ४ गते दोस्रो संविधानसभाको निर्वाचनको बाटो हेरेर बसेका छन् नेपाली जनता । नेपाली जनताको आशा जगाईदिने अरु कोही नभएर राजनीतिक दलहरु नै हुन् । जनताले जहिल्यै दलहरुलाई विश्वास मात्र गरेका छैनन् आवश्यक पर्दा सडकमा उत्रीएर ज्यानको बाजी थापेर साथपनि दिएका छन् । ईतिहासले त्यही कुराको पुष्टि गरेको छ तर त्यसको बदला दलहरुले जनतालाई धेरै पटक धोका दिदै आईरहेका छन् । अब फेरी धोका दिन्छन् कि दिदैनन् त्यो मंसिर ४ गते जनताले थाहा पाउने छन् ।
      मुख्य भनिएका एमाओवादी, काग्रेस, एमाले र मधेशबादी दलहरुले मंसिर ४ गते हुने भनिएको संविधानसभाको निर्वाचनको खासै नाम उच्चारण गरेको सुनिएको छैन । यो किन भयो त्योपनि कसैलाई थाहा छैन तर आशंका के छ भने तिनै चार समुह हुन् जसको मिलेमतोमा चुनावी सरकारपनि बन्यो खिलराज रेग्मीलाई चुनावी सरकारको प्रमुख बनाउने लाहाछाप पनि लाग्यो तिनै दलहरुको सल्लाहमा सरकारले निर्वाचनको समयपनि तोक्यो तर समय तोक्न लगाउने दलहरु चाही आफैले घोषणा गर्न लगाएको निर्वाचनबारे किन मौन ? किन निर्वाचनको नाम उच्चारण गर्न अल्छी मानिरहेका छन् ?
  निर्वाचन लोकतन्त्रलाई ठिक बाटोमा ल्याउने साधन हो, निर्वाचन गणतन्त्रलाई सस्थागत गर्ने र संघियतालाई स्थापित गर्ने नयां संविधान निर्माण गर्ने आधारशिला हो दलहरु आजभोली यसै भन्दै आईरहेका छन् जनतालाई यही कुरा पढाउदै हिडिरहेका छन् । यदी दलहरुले भनेको त्यही हो र निर्वाचनको विकल्प छैन भने तिनै दलहरु निर्वाचनलाई सफल बनाउने योजना अनुरुप त्यही अनुसारको कार्यक्रम बनाउन किन सकिरहेका छैनन् ? साच्चै यतीवेला दलहरुका गतिविधि र कार्यक्रमलाई राम्ररी नियाल्ने हो भने लक्ष्यहिन यात्री जस्तै देखिएका छन् । दलहरु यदाकदा सुनिन्छ तर सुनिन्छ मात्र देखिदैन ।
      बैद्य नेतृत्वका माओवादी तथा ति दलसंग सहकार्य गर्ने दलहरुको आवाजले जनतालाई अब के साच्चै निर्वाचन होला र ? भन्ने मानसिकतामा पु¥याईदिएकोछ । चुनाव हुनै नदिने उद्धघोष छ साथै बहिष्कार गर्न आम जनतालाई आह्वान गरिरहेका छन् यद्यपी त्यो विचार गलत छ भन्ने विषयमा जनता सजग छन् जनतामा के पनि चेत छ भने अब कुनै दलहरुले सेन्टीमेन्टका आधारमा कसैलाई उराल्न र परिचालन गर्न सक्दैन । त्यो जुग कुनै समय थियो जतीवेला जनता उपयोग भएका थिए तर अबको समय फरक छ जनता राजनीतिक एजेण्डाबाट माथी उठीसकेका छन् अब आर्थिक रुपान्तरण चाहान्छन् ।
       दलहरुले आफुलाई फरक बनाउनपनि अब जरुरी छ विद्यमान दलहरुले नेपालको रुपान्तरण गर्न सक्दैन विकल्प खोजिनु पर्दछ भन्ने आवाज प्रसस्त उठेका छन् । चर्को कुरा गरेर आफुलाई क्रान्तिकारी बनाउन खोज्ने र जनताका एजेण्डा भुल्ने र आफुलाई नेपाली राजनीतिको जन्मसिद्ध मालिक ठान्ने यस्ता दुवै खाले अतिबादलाई दलहरुले त्याग्नु जरुरी छ । चुनाव हुनै नदिने अडान र आलोचना सुन्न नचाहने आफैले घोषणा गरेका कुरालाई ध्यान नदिने यस्ता एकअर्कामा मुख नमिल्ने तर एउटै एजेण्डामा रहेका दुवै प्रवृति र मनोवृति भएका राजनीतिक दलहरुले आफुलाई साईजमा ल्याउन जरुरी छ अन्यथा एकले अर्कालाई दोषारोपन गर्दै लोकतन्त्र समाप्त भएको क्षण टुलुटुलु हेर्ने दिन नआउला भन्न सकिन्न ।
    

नटुङगीएको अन्तरिम जिवन


भीमज्वाला राई
...........................................................
३० असार ०७०, औजार कार्यालय धरान
समय ः राती, ११÷५५
       अन्तरिम भन्नाले अस्थायी वा काम चलाउ किसिमको मध्यवर्ती अबस्था हो । अझै गहिराईमा बुझ्ने हो भने दुई भिन्न कालका बीचको कुनै एक परिपाटी समाप्त भई अर्को परिपाटी थालिने प्रकृयाको बीचको समय हो । मैले जिवनलाई त्यही अर्थमा बुझें र जिवनको ३८ औं बसन्तमापनि म त्यही अन्तरिम कालमा छु ।
     अन्य विषयको अनुभवमा भन्ने हो भने अन्तरिम कानुन्, अन्तरिम विद्यान, अन्तरिम अवधी, अन्तरिम काल, अन्तरिम व्यवस्था, अन्तरिम शासन तथा अन्तरिम सरकारको एउटा निश्चित समयपछि अन्त्य हुने गरेको छ मात्रै ढिलो चाडोको कुरा हो । तर मेरो जिवनमा किन टु¨ीएन यो अन्तरिम काल ? मलाई आजभोली यो प्रश्नले चिमोट्न थालेको छ । जिवनको अन्तरिम कालको अन्त्यपछि के ? फेरी त्यसको उत्तरपनि छैन म संग तर के चाही हो भने मैले बुझेको जिवनको अन्तरिम कालको अन्त्य अर्थ र मैले चाहना गरेको भनेको जिवनको एकरुपता हो, जिवनको गतीशिलता र पसिना बगाएर खाने वर्गको सेवाप्रतिको निरन्तरता ।
      मुल कुरो सर्वहारा वर्गको सेवा र उनीहरुको मुक्तिको आन्दोलनको एउटा पिक्केट ईटा बन्ने नै हो २०५६ साल उताका समयलाई म त्यती महत्व दिन्न तर त्यस यताको समयलाई हेर्ने हो भने मैले कहिले धरान काकडभीटा रुटमा चल्ने रानी सेवा नामको बसहरु मे १ ख ८८३, को १ ख ११०९, को १ ख ७४६ र को १ ख ६७२ नम्बरका सवारीहरुमा कहिले ढोकामा उभीएर बसको बडी ठटाउदै हिडें, कहिले यात्रुहरुसंग यात्रा बापतको भाडा माग्दै टिकट च्यातेर समय काटें । यात्रुको गाली कती खाएं कती, कुन्डले मुन्द्रेहरुको धम्किपनि व्यहोरे ट्राफिक प्रहरीको सास्ती कति हो कति सेनाको धुलाईको अनुभव अझै ताजै छ ।
     पत्रकारिता त्यस अघिनै सुरु गरेको थिए दिनभरीको गाडीको थकान, रातभरी ब्लाष्ट टाईम्सको कार्यालयको काम उफ π जिन्दगी । तर ति सवै काम मजदुर वर्गको आन्दोलनकै लागी थियो २०५० सालबाट सुरु भएको विद्यार्थी संगठन अनेरास्ववियुको राजनीति लामो समय टिकेन महेन्द्र बहुमुखि क्याम्पस धरानको कानुनको विहानी सिफ्ट कमिटी हुदैं प्रारम्भीक कमिटीसम्म आईपुग्दा सिरहाबाट धरान पढ्न आएको यो ज्यानले भोकसंगको संघर्षकालागी रोजगारीकालागी धरानका सवै ठाउं चाहा¥यो केही उपाए नलागेपछि काका मकरवहादुर राई चालक भएकाले उनै काकाको भनसुनका आधारमा गाडी मालिक नरेश ईवारमको गाडीमा मजदुर भएर रानी सेवामा काम सुरु गरेको थिएं । त्यो वेलाको संक्रमण र अन्तरिम काललाई मैले त्यसरी अन्त्य गरें ।
       त्यस पछिका मेरा कलेज गाडी बन्यो मेरा कक्षा कोठा गाडीको पछिल्लो सिट हुन थाल्यो त्यही अध्ययनले परिक्षामा सामेल हुदा भने गाडीबाट विदा लिन्थे त्यसैगरी एम ए सम्मको पढाई पुरा गरे । मजदुरी, पढाई, पत्रकारिता, मजदुर नेताको जिम्मेवारी, खेल जिवन(सितोरियो करातेमा ब्राउन बेल्टसम्म), पारिवारिक जिम्मेवारी र सधै साथसाथै जोडिएर आएको गरिवि अहो कम गजवको थिएन मेरो दैनिकी । र पनि उत्साह ममा उच्च थियो । त्यही वेलाबाटनै मेरो काम, सोचाई, गराई र भोगाईमा कुनै एकरुपता थिएन, कुनै एक क्षेत्रमा मात्र मेरो संलग्नता थिएन । सायद मैले मजदुरहरुको अधिकारको आन्दोलनलाई केन्द्रभागमा राखेर चौतर्फि सम्भावनाको खोजीमा आफुलाई सधै दौडाईरहेको थिए जुन कामको सहयोगले मजदुर आन्दोलनमा मैले बढीभन्दा बढी समय लगाउन पांउ ।
     गाडीमा काम गर्दा गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको धरानको सदस्यहुदै अध्यक्ष भईसकेपछि गाडी मालिकले कि काम छाड्नु पर्ने कि संगठन छाड्न उर्दी गर्दा, गाडीमा काम गर्दै ब्लाष्ट टाईम्स दैनिकमा काम गर्दै गर्दा गाडी र संगठन छाडेर पूर्णकालिनरुपमा पत्रकारिता गर्न प्रस्ताव आउदा, ब्लाष्ट टाईम्स छाडेर मजदुरहरुको वैचारिक पत्रिका चाहिन्छ भन्ने विचारका आधारमा औजार पत्रिका दर्ता गरिसकेपछि पुन ब्लाष्टमै फर्किए सेवा सुविधा बढाईदिने प्रस्ताव आउदा म जहिल्यै दुई विषयको मध्ये भागमा पर्ने गर्दथें तर यो अन्तरिम कालको व्यवस्थापनलाई तथा मेरो कामलाई आर्थिक लाभ र पैसा कमाउ मानसिकता पटक्कै थिएन । मेरा काम र रोजगारी आफु धरानमा बाचेंर मजदुर संगठनमै आफुलाई स्थापित गराउनु नै थियो ।
     त्यो संक्रमण र अन्तरिम काल अहिले फेरी जटील बनेर आएको छ । मेरो सपना क. कार्ल माक्र्सले देखाईदिएको सपना नै हो । त्यो भनेको सर्वहारा वर्गको अधिनायकत्व भएको समाजवाद स्थापना हो । सर्वहारा श्रमजिवि वर्ग अर्थात उत्पादक शक्तिको सिद्धान्त माक्र्सवादको बाटोमा आफुलाई समर्पित गर्नु नै हो । त्यसकालागी मजदुरहरु संगठीत गर्नु, उनीहरुलाई प्रशिक्षित गर्नु वर्गीए एकता कायम गराउनु नै हो त्यसकालागी म यातायात मजदुर भएकाले त्यही संगठनमा निरन्तर काम गर्नु हो ।
  तर संगठनमा काम गर्ने र देशभरीका यातायात मजदुरहरुलाई संगठीत बनाउने हो भने अब मैले २१ वर्षदेखि रगत, पसिना बगाएको धरान भनेर सेउती खोलाको साघुरो पुल नकाट्ने हो भने मेरो नेतृत्व विस्तार सम्भव छैन । २०६६ साल चैत्र २९ र ३० गतेको संगठनको आठौं राष्ट्रिय अधिवेशनबाट मैले केन्द्रीय सचिव र शिक्षा विभाग प्रमुखको जिम्मेवारी पाएको थिए यो करिव चार वर्ष मेची महाकाली दाडाहा मात्रै भएन मेरो भुमिका राम्रैगरी पुरा गरे जस्तो लागेको छ त्यो भूमिका सहि थियो भने अब मेरो जिम्मेवारीहरु अबश्य थपिने छन् तर विगतको करिव ४ वर्षजस्तो अब मैले धरानमा बसेर त्यो जिम्मेवारी पुरा हुने सम्भावना छैन मैले काठमाण्डौं सिफ्ट हुनै पर्छ ।
      धरानमा मजदुर नेता, एमाले सुनसरीको दोस्रो कायैकाल काम गर्दै गरेको सदस्य, औजार दैनिकको प्रधानसम्पादक, नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षद, २१ वर्षदेखि पुर्वाञ्चलमा सवैले चिनेको चर्चित अनुहार र नामको पछाडी ज्वाला भएको अनौठौ परिचय । औजार दैनिकबाट आउने नियमित आयस्रोत । के यी कुराहरु धरान छाड्ीसकेपछि काठमाण्डौमा सम्भव छ ? अह π छैन । फेरी यतीकै चर्चामा रमाउने हो भने नेतृत्वको देशव्यापी विस्तार सम्भव छ ? त्योपनि सम्भव छैन अब रोज्ने के ?
    यो अन्तरिम कालको निकास के ? मलाई भन्न कुनै समस्या छैन म दुख मोल्न चाहान्छु किन भने दुख मेरो जिवनको अभिन्न साथी परिवर्तनकालागी जोखिम उठाउन तयार हुनै पर्छ । तत्कालिन भौतिक सुविधालाई म मेरो जिवनको अन्तिम उपलव्धी मान्दीन बाकीं कुरा व्यवस्थापनमा केही समय मेरो समय खर्च हुनेछ ।

मोफसलका सम्पादक असारका गोरु

pic by sohan stha

भीमज्वाला राई
........................................................
२९ असार २०७०
७÷५७ औजार कार्यालय धरान
   फोफसलबाट प्रकाशित पत्रिकामा काम गर्ने हामीजस्ता पत्रकारहरु असार १५ का अप्जसे गोरु जस्तै हौं मैले भन्न नभ्याउदै शनिबार भेडेटारमा सवैतिरबाट जम्मा भएका करिव १ सय ५० पत्रकारहरु गलल्ल हासें ।
    असारको गारुको पीडा विहानदेखि जोतेको जोतेकै, खानु पाउनु छैन, आराम गर्नु पाउनु छैन, उल्टै हलिको चुटाई खानु छ जस पनि पाउनु छैन । मोफसलका सम्पादक भनेका त्यस्तै दुख पाउने जिनिस हो गोरुले त असारमा मात्र सम्पादक त वर्षभरी त्यही गोरु नियतीमा बाचेका हुन्छन् ।
    समयमा खान पाउनु छैन, वेलैमा सुत्न पाउनु छैन, घरको अभाव टार्न पाउनु छैन, व्यवस्थापन र समाचार कक्षसंगको पुल भएकाले समाचारमा काम गर्नेहरुलाई महिना वारी नै पारिश्रामिक दिलाउन पाउनु छैन यो त भयो आन्तरिक पीडा दलितको कार्यक्रममा गयो हाम्रा समाचार किन नछापेको हामीलाई उपेक्षा गर्ने ? जनजाती नेतालाई भेटायो ब्राहमणबादी पत्रिकाको सम्पादक आयो है भन्ने हासोको पात्र । बालबालिकाको कार्यक्रममा गयो बालबालीका भनेका भोलीका देशको भविष्य हो किन हेपेको हौ सम्पादक ज्यू ।
 महिलाहरुको भिडमा पुग्यो पृतिसत्तात्मक सोचका पत्रिका महिलालाई त पिटिक्कै स्थाननै दिईदैन यस्ता ओरोप प्रत्यारोपहरुले कान खसुरे जातको पातले पाछे जस्तै हुन्छ भने कहिलेकाही त लाग्छ बरु उहिल्यै गाउं नछोड्नु थिएछ हलो जोतीरहदा त बरु एकखालको आनन्द नै आउथ्यो होला । आखर पत्रकार भएर जाबो आफुलाई त खुशी राख्न सकिएको छैन बरु गाउमै हलो जोतीराखेको भए आमा बाबा र परिवार खुशी त हुन्थे होला ।
     खागरी शनिबारको कार्यक्रम सञ्चारिका समुहले आयोजना गरेको लैङगीक हिंशा न्युनिकरणकालागी खोज पत्रकारिता तालिमको समापन तथा तालिममा सहभागी पुर्वाञ्चलका ६० पत्रकारहरुलाई प्रमाण पत्र वितरण तथा पूर्वाञ्चल भरिका पत्र पत्रिका, रेडियो तथा टेलीभिजनका सम्पादकहरुसंग अन्तरकृया रहेको थियो । सञ्चारिकाका अध्यक्ष निर्मला शर्माले सुरुमै भनेकी थिईन् हामीले ६० जना पत्रकारहरुलाई महिला हिंशा न्युनिकरणको बारेमा समाचार कसरी खोजी गर्ने भन्ने विषयमा प्रशिक्षित गर्यौ अब पत्रकारहरुले लेखेका समाचारहरुलाई तपाई सम्पादकहरुले आफ्नो सञ्चार माध्यममा स्थान दिनु पर्यो ।
  त्यही मौकामा मुख्य अतिथि हुन राजधानी छाडेर आईपुगेका नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष शिव गांउलेले सवै सम्पादकहरुलाई अर्ति दिए ५१ प्रतिशत भन्दा धेरै जनसख्या भएको महिलाको समस्यालाई किन महिलाको विषय मात्र बनाउने ? यो त राष्ट्रको समस्या पो हो त उनले थपे खई के के गर्दा गर्दै विग्रीएपछि हाम्रा थुप्रै साथीहरु पत्रकार भएका छन् त्यस कारण यो गम्भिर विषयलाई खट्याउन सक्नु प¥यो । फेरी उनले थप्दै गए विषय छनौट, तथ्य र सत्यलाई विर्सनु भएन समाचार कक्षलाई चुस्त बनाउनु प¥यो ।
     उता निर्मला शर्मा थप्दै थिईन सञ्चार महिला मैत्रि छैन । पुरुषहरुको राज भयो सञ्चार महिलाहरुलाई काम दिदै दिदैनन् सम्पादकहरु महिलाका ईस्युलाई पत्रिकामा स्थान नै दिदैनन् सम्पादकहरु अहिलेका पत्रिका र सम्पादकहरु राजनीतिक एजेण्डा केन्द्रीत भए ।
     मोफसलका सम्पादकहरुको मुख्य पीडा यही थियो जसलाई मैले असारको गोरुको हविगतमा चित्रण गरेका थिए त्यो चित्रण प्रस्तुत गर्दा हलका सवै हांसेका थिए । तर समस्या हो चाही के भने पेशामा व्यवसायीकता नबुझेका लालबझक्कड बोक्रे बठ्याई । पेशालाई कसरी मर्यादित बनाउने र कसरी व्यवसायीक बनाउने भन्दापनि उनीहरुको चिन्ता कसरी चतुर पण्डित्याई छाट्ने ? कसरी अरुलाई खुईल्याउने र आफ्नो धोक्रो भर्ने ?
      त्यहि लाग्यो मलाई र मैले भने महिला हिंशाको ईस्यू राष्ट्रिय होईन भनेर कसले भन्यो ? पत्रकार सुद्धिकरणको कामलाई साथ दिन सुनसरीले दुई पटक जिल्लामा आचार संहिता नमान्ने पत्रकारहरुको हुर्मत लिने पत्रकारलाई कारबाही गर्न सिफारिस गरिसकेको छ कारबाही गर्न कस्ले रोक्यो ? बजारमा नदेखिएका पत्रिकाहरु नामै नसुनेका पत्रिकाहरु प्रेस काउन्सीलको वर्गीकरण संपरिक्षण रिपोर्टमा राम्रो स्थानमा वर्गीकरणमा परेका छन् त्यही काउन्सीलका सदस्य भएरपनि त्यस्तो ठगी पत्रकारितालाई रोक्न कस्ले रोक्यो ?
   सञ्चारिका १५ वर्षदेखि महिला पत्रकार विकासमा क्रियाशिल छ खोई दक्ष महिला पत्रकारहरु ? पेशा गर्नु भनेको पेशागत प्रवृति र त्यसका समस्यालाई बुझनु र त्यहीबाट आफुलाई माझ्नुपनि हो समाचार कक्षमा राती काम गर्न महिला पत्रकारहरुले आफुलाई किन तयार बनाउन नसकेका ? फेलोशिप आउदा मात्र विचार लेख्ने र जसरीपनि हालीदिनु प¥यो भन्दै डेट लाईन पार गरिसक्दापनि सम्पादकलाई कर गर्ने अरुवेला महिलाको विषयको समाचारलाई स्थान दिएन भनेर विरोध गरिहिड्नुको के अर्थ ?
    पछिल्लो समयमा मलाई केपनि लाग्न थालेको छ भने विकास तथा परिवर्तनको विषय द्रुत गतीमा हुनु दुर्भाग्य बन्दोरहेछ । खासगरी ०६२ ÷०६३ सालको आन्दोलनले नेपाली जनताले अभुतपूर्व परिवर्तनको अनुभूति गर्न पाए जातजाती, वर्ग समुदाय, लिं¨ तथा क्षेत्रका मुद्धाहरु यती मुखरित भएर आएकी त्यही अधिकारको आन्दोलन र समेट्न नसकिने एजेण्डाकै कारणपनि संविधानसभा असफल बन्नु पर्ने अबस्था आयो । तर अमेरिका जस्तो विश्वलाई प्रजातन्त्रको पाठ पढाउने देशको संसदमा पनि महिलाई ११ प्रतिशत भन्दा बढी समावेश नभएको समाचार ईनटर नेशनल हेराल्ड ट्रिव्युनले छापेको देखियो । यस कारण हामीले बढी एमोशनल हुनु र त्यही अनुसार नेतृत्व गर्नुले बेफाईदा गर्दारहेछन् भन्ने बुझ्नु पर्छ । 
      नेताको नेतृत्व सुनिने मात्र हुनु हुदैन देखिने हुनु पर्दछ । पत्रकारहरुको हक, हित अधिकारको बारेको भाषण्मा अब कुनै रस छैन त्यसको महत्वपनि छैन । मोफसलका सञ्चारहरु अब टिक्न समस्यामा छन् । घर कमजोर भयो भने त्यो कमजोर घरमा बस्ने परिवार सुरक्षित हुन्छन भन्ने ठान्नु मुर्खता हुनजान्छ । राज्यको सञ्चार नीति केन्द्रीकृत र ठुला पुर्जीमा सञ्चालित सञ्चार माध्यमहरुप्रति उदार भएका कारण मोफसल समस्यामा छन् बाचेकाहरुले जवरजस्त धानीरहेका मात्र छन् उ आफै धर्मरो अवस्थामा रहेकाले त्यहा काम गर्ने पत्रकारहरु कसरी सुरक्षित हुन सक्छन् नेताको नेतृत्व त्यहा देखिनु पर्छ नेताले नीति बनाउदा आवश्यक्ताका आधारमा कठोर बन्नुपनि सक्नु पर्छ ।
     सञ्चार तथा सञ्चारकमीहरुलाई नियमन तथा व्यवस्थापन गर्न वर्तमान कानुन् पर्याप्त छैनन् । जे जती कानुन तथा ऐनहरु छन् त्यसलाई आधार मानेर सञ्चार सस्था दर्ता प्रकृया, सञ्चालन व्यवस्थापन, राज्यद्धारा दिईने सेवा सुविधाहरुको व्यवस्थापन, काम गर्ने सञ्चारकर्मीहरुको व्यवस्थापन लगायतका विषयमा केन्द्रीत उद्योगका रुपमा विकास गर्नेगरी कानुन निर्माण गर्न जरुरी छ ।        

आगो निभ्यो, मुटु बल्न थाल्यो

भीमज्वाला राई
...........................................

  २८ असार, २०७०
   औजार कार्यालय
समय राती ९ ÷ ५५
       हिजो राती अचानक औजार कार्यालयको अफसेट प्रेसमा लागेको आगोको आतंक अझैपनि दिमागबाट हट्न सकेको छैन ।
     अहिले औजारमा विद्युत लाईनको कुनै समस्या छैन दिनभरी लगायर मर्मत सम्हार गर्ने कार्य पांच वजेनै सम्पन्न गरिसकिएको छ अहिले विद्युत लाई उपयोग गर्न कुनै समस्या छैन तर दिमागमा हिजो रातीको आगलागी दुर्घटनाले झड्का हान्न छाडेको छैन ।
    हिजो राती करिव १० वजे म आफ्नो कार्यकक्षमा सम्पादनको काममा एकोहोरो लागीरहेकै थिए त्यही समय विद्युत लाईनमा दुई पटक गडबडीको महशुस गरेको थिए तर हाम्रो देशमा पत्रकारिता गर्दा दैनिक २० घण्टाको लोडसेडिङको अनुभव भएकाले त्यसलाई सहजरुपमा ग्रहण गर्दै कामलाई निरन्तरता दिईरहेको थिए ।
    केही आवाजहरु चिच्याहटपूर्ण मेरा कानमा ठोक्किीए दतिन तलामा रहेको शान्तिपथको पूर्व पश्चिमबाटोको दक्षिण तर्फ उक्तर फर्किएको मेरो कार्यालयमा म विच तलाको सवैभन्दा उत्तर तर्फ रहेको कोठामा थिए । मैले ठाने सदा झै कोही झगडा गरिरहेको छ कुनै पर्वाह नगरी काममा एक ध्यान थिए तर मेरो कोठा अघिल्तीर रहेका कम्प्युटर अपरेटर केदार बस्नेत, भाषा सम्पादक वेदकुमार सुब्बा, सम्बाददाता रणध्वज लोहार, बजार व्यवस्थापक दामोदर गुरांगाई, लगायतका साथीहरुपनि एकाएक बाहिरिए ।
     केही समयपछि केदार भाई आएर सर प्रेसमा आगो लागेछ भन्दै उसको सामानहरु लिएर बाहिर निस्कन खोज्यो म पनि उनको पछि लागे तल्लो तला झरे । मानिसको भागदौड थियो आगोको मुस्लो प्रेस छेउको विद्युत मिटर बक्समा दनदनी बलीरहेको थियो प्रेस भएको कोठामा धुवाको कुहिरी मण्डल थियो प्रेसको अपरेटर गोविन्द भुजेल र हेल्पर प्रताप तामांङ बाहिर कराई रहेका थिए । अन्य मानिसको समेत तातीं थियो । वेदकुमार सुब्बा आफ्नो साईकल निकालेर बाहिर सुरक्षित स्थान तर्फ लागीरहेको थियो दामोदर भाई मोटर साईकललाई त्यसैगरी सुरक्षित बनाउदै थियो । आगो निभाउने तर्फ कोही थिएन सवै कार्यालयको अग्रभागमा बसेर चिच्याईरहेका थिए ।
      मैले बलीरहेको आगोलाई नियांले प्रेसलाई हेरे, औजारको भौतिक संरचनालाई हेरें तर अरु जसरी बाहिर सुरक्षित स्थानमा जान सकिन । मैले हठात निर्णय गरें आगो निचाउनु पर्छ त्यसपछि भित्र छिर्न खोजें तर बाहिरबाट प्रताप करायो ”सर भित्र नजानुस मिटर बक्स पड्कीन्छ, सवैतिर करेन्ट छ “ यतीवेला मेरागी मेरो ज्यान भन्दा औजारको भौतिक सम्पति सम्झिए र सरासर भित्र छिरें । त्यतिन्जेल आगोको ज्वाला झन बल्न थालिसकेका थिए । हामीसंग अग्नी नियन्त्रक यन्त्रपनि थिएन सवैभन्दा पहिले मिटरको मुख्य अन अफ बटनलाई अफ गरेर नजिकै रहेको बाल्टीनमा रहेको पानी पुरै हाली दिए पानी कम भयो काठको टुक्राले बलीरहेको एमसिवीको डल्लो र मिटर बक्सको आगोमा हिर्काउदै आगोलाई मारें ।
   करिव पांच मिनटको प्रयासले आगो नियन्त्रण भयो तर धुवाको मुस्लोले पुरै अन्धकार थियो, गन्ध त्यस्तै खपिनसक्नु थियो शान्तिपथका करिव सय भन्दा बढी मान्छे औजार अगाडी भेला भईसकेका रहेछन् । आगो नियन्त्रण भयो त्यसपछि मेरो मुटु अनियन्त्रीत भयो । आगो निभ्यो तर बल्नेपालो मेरो मुटुको आयो ।

नेपाली बाङमयमा नयां उपलव्धी



धरान । सिंगापुर प्रहरीमा कार्यरत धरानका रामजी चाम्लिंङद्धारा लिखित पुस्तक ‘गोर्खा भर्ती बन्द र राष्ट्रिय सरोकार’ नामक पुस्तक शुक्रबार धरानमा विमोचन तथा परिचर्चा भएको छ । पुस्तकको लोकार्पण भाषा शास्त्री डा टंक न्यौपाने , अग्रज पत्रकार हर्ष सुब्बा र औजार दैनिकका प्रधान सम्पादक भीमज्वाला राईले गसामुहिकरुपमा गरेका थिए ।
   कार्यक्रममा प्राडा प्राध्यापक न्यौपानेले चाम्लिङको पुस्तक नेपाली बाङमयमा नयां उपलव्धी रहेको बताए । आफ्ना कुरा राख्न मुख खोल्न नसक्ने लाहुरे जमातबाट पुस्तक लेख्न सक्ने प्रतिभा जन्मिनु नेपालीकालागी नै गर्वको विषय भएको बताए । गोर्खा भत्र्ती पेशा मात्रै नभएर जातीकै रुपमा बिकास भईरहेकाले यसलाई तत्काल बन्द गर्न नहुने बताए । डा. न्यौपानेले भने गोर्खा भर्ती बन्दको विषय राजनीतिक एजेण्डा मात्र हो यो तत्काल सम्भव छैन ।
     नेपाली लाहुरेहरुले बिदेशमा बस्दा बहादुरी देखाउन मात्र हैन नेपाली भाषा र सँस्कृतिको बिकासमा पनि उल्लेखनिय योगदान दिएको बताए । उहाँका अनुसार ठूलो संख्यामा लाहुरे बनेर विभिन्न मुलुकमा विदेशीएका नेपालीहरुले आफु बसेको ठाउँमा नेपाली भाषा सस्कृतीको प्रचार र संबंद्धनकालागि गरेका उदाहरणहरु अनुकरिणीय पाइएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘लाहुरे जाँदा शरिर मात्र जाँदैनसँगै भाषा र सँस्कृती पनि गएको हुन्छ ।,

डा प्राध्यापक न्यौपानेले गोर्खा भत्र्तीको मुलआधार अंग्रेजसँगको सम्बन्ध भएपनि त्यसले नेपालका बेरोजगार यूवाहरुलाई आर्थिक उन्नतीमा धेरै सहयोग पुरयाएको बताउनुभयो । यसैले लाहुरे पेशा अब पेशा मात्र नभएर एउटा समुदायको जातकै रुप धारण गर्न थालेको डा न्यौपानेले बताए पुस्तकमा कतिपय विषय तथा प्रसंगहरु अनावश्यक तथा अपुष्ट रहेकोमा लेखकको आलोचना गर्दै लेखकहरुले अमुर्त कुरा लेखेर पाठकहरुलाई भ्रम पढाउनु हुदैन ।
   धरानका अग्रज पत्रकार हर्ष सुब्बाले देशमा व्याप्त असमावेशी राज्य चरित्रले गर्दा खासगरि आदीबासी जनजाती समुदायका मानिशहरुले आर्थिक विकल्पका रुपमा ज्यानको बाजी गरेर भएपनि लाहुर जान बाध्य भैरहनुपरेको  हो भन्नुभयो । उहाँले लाहुर जाने कार्य हटाउन राज्यले पुर्ण शमाबेशी चरित्र अँगाल्नुपर्नेमा जोड दिनुभयो । लाहुरेहरुले गरेका विरताका कार्यहरु देखी सामाजिक र सास्कृतिक रुपमा भएका कार्यहरुको खोजी गरेर इतिहासका रुपमा लिपिबद्ध गराउन लागिपनुपर्नेमा जोड दिनुभयो ।
लाहुरे रामजी चाम्लिङले लेखेको  ‘गोर्खा भर्ती बन्द र राष्ट्रिय सरोकार’ पुस्तकमा गोर्खा को हुन , किन लाहुरे भए , भिक्टोरिया क्रस र गोर्खाको सम्बन्ध के छ , लाहुरेलाई किन होच्चयाउने कारण के हो , भन्ने विषयदेखी लाहुरेहरुको शिक्षा , सस्कृती , खेलकुद , समाजिक विकासमा गरेको लगानी देखी गोर्खा भर्ती बन्द हुनु लाभ हो कि हानी हो भन्ने जस्ता अनेक विषयमा चर्चा उल्लेख छ ।
    औजार दैनिकले आयोजना गरेको उक्त्त लोर्कापण तथा परिचर्चा कार्यक्रम अनुज कुलुङले सञ्चालन गरेका थिए कार्यक्रममा पत्रकार महासंघ सुनसरी शाखा अध्यक्ष केशव घिमिर लगायतका पत्रकारहरुको उपस्थिती रहेको थियो ।

केही नगरी एकदिन बुढो भएछु


भीमज्वाला राई

औजार कार्यालय धरान
राती ९।४५
    नयां उल्लेखनिय काम केही भयो ? अहं भएन
पुस्तक तथा अन्य नयां विषयमा अध्ययन गरियो ? गरिएन
संगठन तथा पार्टीको काम नी ? त्योपनि गरिएन
कुनै स्क्लुसिभ समाचार वा आर्टिकल लेखियो होलानी त ? त्योपनि गरिएन
अनि के गरियो त ?
     प्रधान सम्पादकको कुर्सिमा बसेर अरुले ईमेलमा पठाईएका समाचारहरुको सम्पादन सकेर मेरो दिमागले मलाई यसरी प्रश्न गर्यो । तर म निरुत्तर भए मनमनै सोचिरहेको छु साच्चै केही नगरी एक दिन बुढो पो भएछु ।
   राती एक नवजी नसुत्ने, विहान ८ नवजी नउठ्ने, १० वजे कार्यालय आई चिया पसलमा भेटघाट गफगाफ, दिनभरीमा १० ÷ १५ कप चिया पियाई, बैठक भेला, छलफल अनिवार्य, औजार छिरेपछि व्यवस्थापनको समस्या, व्यवस्थापन कहिल्यै सुधार गर्न नसक्नुको पीडा उफ π
      सुरु भईहाल्छ भीत्री पृष्ठकोलागी सामग्री तयारी ब्लग अपडेट, फेसबुकमा एकछिन रुमलिनै पर्यो यतीकैमा दिन वित्छ सुरु भईहाल्छ बाहिरी पृष्ठको कामको चटारो थोरै जनशक्ति विज्ञापन कम हुदा समाचार पुर्याउनै समस्या पुर्याएर मात्रैपनि भएन स्तरिय र पठनीय समाचार खोज्नै पर्यो । यो जिन्दगी यन्त्र जस्तै पो भएछ बा एउटा चक्र भएर चल्नु पर्ने सिमित लिकमा गुडुल्कीनु पर्ने ।
     यो क्रम थुप्रै वर्षदेखि निरन्तर छ औजार प्रकाशन प्रारम्भ भएको असार २३ गतेबाट ९ वर्ष लगेछ  औजारले मलाई एकखालको मेशिन बनाईरहेकोछ । औजार मेरो सामाजिक तथा राजनीतिक रुपमा अहिलेसम्म जती प्रगती गरेकोछु त्यसको साचैको हतियार हो तर अचेल मलाई केपनि लाग्न थालेको छ भने औजारमा काम गर्दाको सिण्डिकेट दौडाई, धरान हुदा पव्लिक रिलेशनका कारणले दुखपाई । के पनि हो भने पव्लिक रिलेशन बीना समाजमा रहनपनि सकिदैन तर बढी पव्लिक रिलेशन भएपछि केही काम गर्न नपाईदो रहेछ ।
   मुद्धामामिला, झैझगडा, चोरीचकारी,गारोसारो सवैमा निम्तालु, बादविवादमापनि निम्तालु, विहे पार्टीमापनि निम्तालु, पाछ्नी, भातखुलाई, रक्सी पार्टी सवैमा निम्तालु नजाउ भने ठुलो भयो हामीले बोलाएकामा आएन भन्ने खप्की खानु पर्छ जाउं भने गएर साध्ये छैन । २०५० साल तिर धरानमा म केही गर्छु भनेर कम्मर कसेर लागेको थिएं त्यतिवेला मलाई कसैले चिन्दैन थिए । म १८ वर्षीय आलोकाचों ठिटो थिएं तर आफुलाई चिनाउनकालागी कविता, गजल खुवै लेखिन्थ्यो साहित्यीक कार्यक्रम हुनै हुदैन थियो कविता गजल बोकेर कुदिन्थ्यो, अनेरास्ववियूको कार्यकर्ता थिएं कार्यक्रममा गित गाउन मञ्च उक्लीहालिन्थ्यो ।
     यी सवै गतिविधिले ज्यान पालिन समस्या भएपछि गाडीमा कण्डक्टरको रुपमा मजदुरी थालियो त्यसपछि सुरुभयो मजदुर नेताको भूमिकामा नेतृत्व गर्न संगै थालियो पत्रकारितापनि त्यसपछि यो ठिटोलाई धरानमा नचिन्ने कमै भए त्यही बाटोबाट सुरु भएको थियो सामाजिक जिवन यात्रामा । चिनीनकालागी धरानका गल्ली गल्ली, भानुचौक सर्वत्र दौडिने यो ठिटो यतीवेला त्यो दुखले आर्जेको पव्लिक रिलेशन आज घाडो भईरहेको छ । अब यसको औषधी के हो त्यो उपाय सोचीसकेको छु । जुन उपाय मैले सोचीरहेकोछु त्यो स्थानमा मेरालागी फेरी २०५० सालको नियती हुनेछ फेरी त्यो स्थानमा मैले त्यही दुख दोहोर्याउनु पर्नेछ ।
      आज यो डायरी लेख्दालेख्दै दुखद अवस्थाको सामना गर्नु पर्यो धन्न ठुलो दुर्घटनाबाट भने हामी औजारमा काम गर्ने सवैजना जोगीयौं प्रेस रहेको हलको विद्युत मिटर बक्समा आगो लागेर पुरै औजार तथा छिमेकी सवैलाई आतंकीत बनायो । म मात्रै काममा व्यस्त भएकाले पछि थाहा पांए मैलेनै तल्लो तलामा झरेर बलीरहेको आगोमा पानी खन्याईदिए धन्न आगो निभ्यो । भोली पत्रिका प्रकाशन गर्न सम्भव देखिरहेको छैन । 
 आगो आतंकबारे फेरी लेखौला अहिलेलाई विदा

  

सुरुभयो जिन्दगी घिच्याउने काम

२६ असार २०७०
औजार कार्यालय
राती १० वजे
 आजको पानी पराई वर्षा हो की कसैले माथीबाट खन्याईदिएको हो भन्ने छुट्याउन नसकिने खालको थियो । आखां खुल्दा विहान सात बजेर ४० मिनट भएको थियो रणध्वज लोहार भाई ( औजारकर्मी) मसंगै थियो भाई पानीमा रुज्दै औजार तिर लाग्यो म भने नुहाईधुवाई गरेर कार्यालय हिड्ने तयारी गर्दै थिए तर सकिरहेको थिईन ।
    मैले आज ९ वजे ईटहरीमा हुने नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोशी अञ्चल कमिटीको बैठकमा सहभागी हुनु थियो त्यही भएर हिड्नै थियो तर ईटहरी कार्यालयबाट अन्जु दाहालले फोन गरेर पानीले ईटहरी डुवान भएको कुनैपनि साथीहरु आउन नसक्ने जानकारी गराएकाले बैठक हुन नसक्ने संकेत उनले गरिन् मलाईपनि उचित लाग्यो ।
    झमझम पानी परिरहेकै थियो मैले त्यही पानीलाई एउटा बहाना बनाएर आईरहने सवै मोवाई कललाई पन्छाउने अबसर पाईरहेको थिए । आजको दिन परिवारसंगै बस्ने मेरालागी एउटा मौकापनि थियो । चन्द्रकला राई ( लावती) मेरी जिवन संगीनीसंगै एकछिन भान्छा कोठामा विताए मेरी छोरी सुप्रिया र मेरी जेठी सासुकी छोरी आयसा ( जो सानोमा म संगै हुर्किएकी थिईन्) संग केही समय बसे उनीहरु दुवै जना यसैपाली एसएलसी उतीर्ण हुन् उनीहरुको पहिलो रोजाई स्टाफ नर्स हुने छ त्यही विषयमा केही समय कुरा कानी गरें । खाना तयारी भईसकेको सुचना आयो चन्दाबाट एकसाथ बसेर खाना खायौं तर पानी रोकीएको थिएन ।
  मैले सवैलाई आउन नसक्ने बाहाना अघि सारिसकेको थिए त्यसपछि मसंग रहेको केही पुस्तकहरु मध्ये राजन मुकारुङको पुस्तक दमिनी भिर पढ्न बाकी थियो त्यही पुस्तक हातमा लिए । करिव ३ घण्टा बगे त्यही उपन्यासमा र पनि पानी रोकीउको थिएन चिया खाजा तयारी भईसकेको थियो छोरीहरुसंग खाजा लिदै केही समय रमाईलो गरे सिमसिम पानी छदै थियो मोटरसाईकल स्टार्ट गरेर कार्यालय हिडे ।
 त्यसपछि सुरुभयो जिन्दगी घिच्याउने काम त्यही टेवल त्यही कुर्चि, त्यही ल्यापटप, त्यही समाचार  सम्पादन त्यही सम्पादकीय लेखन साथीहरुसंगको घेटघाट गुनासााहरु बस त्यती ।
 

किन बढ्दैछ बिदेशी चासो ?



          भीमज्वाला राई
          
सरकारले मंसिर ४ गते दोस्रो संविधान सभाको निवाृचनको मिति घोषणा गरेसंगै नेपालमा नजानिदो तरिकाले बैदेशिक चलहपहल  बढेकोछ । अरुलाई औला ठड्याएर आफ्ना कमजोरीहरुलाई लुकाउनुलाई राम्रो मान्न सकिन्न तर संविधान सभाले संविधान जारी नगरी विघटनहुनुमा जसले जेसुकै कुरा गरेका भएपनि यसको भित्री कुरा भनेको वैदेशिक हस्तक्षेप नै प्रमुख हो भन्ने कुरा दल तथा तिनका नेताहरुलाई राम्रोसं जानकारी छ । मुख्य कुरा के चाही हो भने विदेशीको साथ नलिई नेपाली समस्याको समाधान गर्न सकिन्न ? स्वाभिमानी नेतृत्व नेपालले जन्माउनै नसकेका हुन्र ? अथवा आफ्नो राजनीतिक स्वार्थ पुर्तिकालागी नेतृत्वले अरु देशको चाकडी गर्नै पर्छ नेपाली जनता यही अन्यौलमा छन् ।
            मंगलबार मात्र भारतीय विदेश मन्त्री सलमान खुर्सिद अचानक नेपाल आए करिव नौ घण्टा नेपाल बसे नेपाल र नेपालीलाई अर्ति उपदेश दिएर फर्किए । केही समय अघि यसैगरी चिनीया स्टेट काउन्सिलर याङ जोईची पनि दुई दिने नेपालको भ्रमण गरेर फर्किएका थिए । चिनीया अधिकारी नेपाल आएर फर्किए लगतै भारतीय विदेश मन्त्री खर्सिदपनि नेपाल आएर फर्किएका छन् । यसको मुल कारण भनेको नेपालको भुराजनीतिक अबस्थिति जुन विशाल चिन र भारतको विचमा रहेको छ । र नेपाल लामो समयदेखि राजनीतिक संक्रमणकालिन अवस्थामा गुज्रीरहेको छ यो नेपाली अवस्था ति दुवै महा शक्ति राष्ट्रहरुकालागी उपयोगी हुनेछन् । यसैको पेरीफेरीमा चिन र भारत नेपाल धाईरहेका छन् यहांका दल तथा नेताहरुलाई दास बनाउने कसरतमा छन् ।
      

बस्ती जाग्राम बस्ने समय


       वर्षा याम र केही दिनको वर्षाले देशको विभिन्न भागहरुमा समस्या निम्त्याएको छ । पूर्वाञ्चल डुवानमा परेको छ पूर्व पश्चिम सवारी आवागमनमा अवरोध उत्पन्न भएको छ । जतीसुकै चनाखो भएपनि प्राकृतिक प्रकोपलाई रोक्ने उपाए तत्काललाई कसैसंग छैन । प्राकृतिकरुपमा आउने विपदको सामना असार लाग्दै पश्चिम नेपालले सामना गरिसकेको छ जसरी पश्चिममा क्षती व्यहोर्नु पर्यो त्यस्तो अवस्था नभएपनि पुर्व पछिल्लो वर्षाले प्रभावित भएको छ । सुनसरी, मोरंङ, झापा लगायतका जिल्लाका शहरहरु डुवान समस्यामा परेको छ ।
           पूर्वमा भएको डुवान समस्याको असर केही समयसम्म रहने छ यस अघिका वर्षहरुमा यस्ता समस्याहरु नियमित थिएनन तर सुकुम्बासी वस्ती कटानको समस्या तथा खहरे समस्या केही वर्षदेखि लगातार सुनिदै आएको दिर्घकालिन समस्याकारुपमा देखिएको छ । मुलतः यस्ता समस्याहरु खहरेको डिल आसपास, खाली जग्गाहरु तथा खोलाको छेउछाउमा बसोवास गर्ने भूमिहिन सुकुम्बासीहरुले वर्षाका समय कटानको समस्या भोग्दै आएका छन् । यस पटकपनि वर्षाका कारण थुप्रै त्यस्ता बस्तीहरु समस्यामा पर्ने खतराहरु उत्पन्न भएका छन् त्यसप्रति सचेत बन्न जरुरी छ ।
          

औजारमा असरा २६ गते बुधबार प्रकाशित सम्पादकीय
बस्ती कटानको समस्यामा सवैभन्दा धेरै धरान पर्दै आएको पाईन्छ । सर्दु, सेउती खोला तथा धरान बजार भएरै बग्ने विभिन्न खहरेहरुमा ६४ भन्दा बढी सुकुम्बासी बस्तीहरु रहेका छन् । ती वस्तीह मध्ये अधिकांश सुकुम्बासी बस्तीहरु बाढी तथा कटानको जोखिममा परेका छन् । वर्षा बढ्न थालेपछि बस्तीका बासिन्दा कटानको डरले रातभरी नसुति जाग्राम बस्नु पर्ने बाध्यता रहेको छ । यस अघिका वर्षहरुमापनि धरानका थुप्रै वस्तीहरु कटानमा परेका थिए । वस्तीका सुकुम्बासीहरु विचल्ली परेका थिए । वर्षा बढेसंगै फेरीपनि वस्तीबासी जाग्राम वस्नु पर्ने अवस्था आएको छ । जोखिमपूर्ण वस्तीहरुको पहिचान गरी वेलैमा तटवन्ध गर्न सके भावी दुर्घटना टार्न सकिन्छ यसकालागी सरोकारवालाले विचार पुर्याउनु जरुरी छ ।

उही यात्रा, पुरानै निरन्तरता


दैनिकी लेख्दै गरेको डायरी अचानक गायव भएपछि आजवाट यही ग्लोवल खुल्ला डायरीलाई दैनिकी लेख्ने डायरी बनाएको छु
   विचमा थुप्रै महत्वपूर्ण घटना तथा सस्मरणहरु लेख्न छुटे मलाई विस्मात लागेको छ त्यो महत्वपुर्ण क्षण्हरु म यतीवेला सम्झिन सक्दिन तर के चाही भन्न सक्छु भने औजार दैकिसंग जोडिएका मेरा तिता मिठा अनुभवहरु, मिठो स्मरणहरु, बंगलादेश जादाका मेरा अविष्मरणीय क्षणहरु । यही विचमा मैले धेरै पटक संगठनको कामको सन्दर्भमा मेची महाकालीको यात्रा गर्न पाएको थिए त्यो समयका देशभरीका संगठनका साथीहरुसंगको भेटघाटका क्षणहरु मैले सवै डायरीमा उतार्न सकिन ।
    अब यही ग्लोबल डायरीलाई दैनिकी डायरीका रुपमा उपयोग गर्न खोजीरहेको छु । म सक्दो प्रयास गर्नेछु ।

२५ असार २०७० धरान
   सुताई र उठाईको रेसियो उही हो प्राय राती एक देखि दुई वजे भीत्र सुतिन्छ विहान उठाईपनि अवेलै हुन्छ प्राय विहान सात देखि आठ बजेभीत्र उठ्छु आज पनि त्यस्तै विहान आठ बजे व्युझिएको थिए । पानी परिरहेको थियो बाथरुम छिरे नित्य कर्म सिध्याए चिया बनाईदिई चन्द्राले पिउदै कसरी बन्छ संविधानसभा पुस्तक हेरें । पुस्तकमा रहेको दक्षिण अफ्रिकी द्धन्द्धविज्ञ डा. निकोलस हेसम फिन्कसंगको श्याम श्रेष्ठले लिएको अन्तरवार्त पढें सारै राम्रो लाग्यो ।
      उनले भनेझै गरी संविधानसभापहिले र संविधानसभापछि नेपाली राजनीतज्ञहरुलेपनि दक्षिण अफ्रिकाको अनुभवलाई राम्ररी पढेका भए सायद संविधानसभाको विघटन हुदैन थियो की ? दोस्रो संविधानसभाको निर्वाचनको तयारीमा हाम्रा समयहरु वर्वाद बनाउनु पर्ने थिएन की ? तर त्यो अनुभव फेरीपनि हामीलाई काम लाग्न सक्छ हामी निर्वाचनमा होमीका छौं कुनै अर्को दुर्घटना भएन भने आउदो मंसिर ४ गते नेपालमा फेरी दोस्रो पटक संविधान सभाको निर्वाचन हुदैछ । फेरी यसलाई असफल भएको हेर्न चाहने की सफल बनाउने र जनताका एजेण्डाहरुलाई मुर्तता दिने ?
   डा. हेसम भन्छन दक्षिण अफ्रिकामा संविधानसभा भन्दा पहिले दलहरुविच ३४ सुत्रिए संवैधानिक सिद्धान्तहरु बनाईएका थिए, साना दलहरुलाई समावेश गरी बहुमतिय वार्ता तथा अन्तरिम संविधानका खाकाहरु बनाईएका थिए, देशभर शान्ति समितिहरु बनाइृएका थिए तथा अल्प संख्यकहरुको अधिकारहरुलाई समावेश गराउन पहिल्यैदेखि राम्रा अभ्यासहरु भए जसका कारण सवैको ध्यान संविधान निर्माणमा केन्द्रीत थियो ।
 तर हामीले त्यसो गर्न सकेनौं संवैंधाकि सिद्धान्तको अभावमा अरु त अरु भए प्रमुख भनिएका दलहप्नि आफु अनुकुल संविधानसभा तथा संविधानको व्याख्या र अप व्याऋयामा समय खर्च गर्न थाले फलतः संविधानसभाले संविधान नै नवनाई असफल बन्नु पर्ने अबस्था बन्यो । फेरी संविधानसभाको घोषणा त भएको छ तर आम जनता निर्वाचन हुनेमा यदी भईहालेछ भनेपनि संविधान बन्ने कुरामा विश्वस्त छैनन् ।
    भारत तथा युरोपियन पश्चिमा देशहरु नेपालको संविधान निर्माण , संघियता तथा परिवर्तनको बाधक बन्दै आईरहेको छ । ती शक्तिकेन्द्रहरुको अबस्था जानाजानी दलका नेताहरु त्यसलाई प्रतिबाद गर्दै नेपालको सार्वभौम सत्ताको लागी आफुलाई ठिंग उभ्याउन सकिरहेको छैन । यही कुरा मनमा गुन्दै औजार कार्यालय रहेको शान्तिपथ आए करिव २ घण्टा औजार भवनको तल्लो तलामा रहेको चिया पसलमा चिया गफमै विताए भेटघाट तथा ३ कप चिया पिईसकेपछि मात्र आफ्नो कार्यकक्षमा छिरे । आज अन्य उपलव्धीमुलक केही काम गरिन । साच्चै भन्ने हो भने दिमाग भारी भईरहेको छ, मष्तिष्कले नयां कामको योजना बनाउन सकिरहेको छैन उही बाटो, उही यात्रा, पुरानै निरन्तरता बस अव राती ११ ९ वजेको यो समय केही समयपछि उही यात्रा ।
     
         

     
   

गित

भीमज्वाला राई
भागे“ म तिम्रो छाया“स“ग
माया“को सागर मनले छेक्दै
भागे“ म तिम्रो माया“स“ग

हावास“गै आयौ छोएर गयौ
नौनि झै यो दिल पगालेर गयौ
निष्ठुरी भन या निर्मोही
भागे“ म तिम्रो छाया“स“ग
मायांको सागर मनले छेक्दै
भागे“ म तिम्रो माया“स“ग

निदरीमा हररात साथ हुन्छौं
विपनीमा हरपल याद दुखाउछौं
साथ तोड्दै, याद भुल्दै
भाग“े म तिम्रो छाया“स“ग
मायांको सागर मनले छेक्दै
भागे“ म तिम्रो मांया“स“ग
  ।।।।।। धरान ।।।।।।।



सम्पर्क

भीमज्वाला राई
9852047728
bhimraijwala@gmail.com, 
Facebook: http://www.facebook.com/bhimjwala.rai

पर्यटनका सम्भावना र चुनौति

नाम्जेका पर्यटकिय स्थलहरुलाई प्रवर्धन शुरु गरिएको छ यो प्रयास सकारात्मक छ । भेडेटारेसगै रहेको नाम्जेलाई पर्यटकीय हिसावले नौवटा प्वाईन्ट निर्धारण गरिएको छ जस अन्तरगत आत्मा वस्ने घर, होम स्टे, मगर संस्कृती तथा मगर संग्रालय,बौद्ध विहार , टावरै टावरको डाडा, सेरा खोलाको हात्तिसुडे ,नमुना खानेपानी योजना होचो भागबाट पंम्पबाट तानेर संचालन गरिएको, पर्म सस्कृतिमा आधारित अर्गानिक कृषि केन्द्र , लोप्पे डाडा, डाडाबाट सूर्यदय र सूर्यास्तको दृष्य अवलोकन र नमुना ग्रामिण जनता उच्च माविको अवोलकन स्थल रहेको छ । त्यति मात्र होईन भेडेटार आसपासको प्राकृतिक सुन्दरतायुक्त स्थलहरु, ध्वजे डांडा, पाथीभरा मन्दिर, नमस्ते झरना, राजारानी ताल लगायत थुप्रै सुन्दर स्थलहरुलाई पर्यटकीय भित्राउने माध्यमकोरुपमा उपयोग गर्न सकिन्छ । सम्भावित स्थलहरुको खोजी गर्ने हो भने थुप्रै स्थलहरु अझै प्रसस्त भेटिन्छ तर पर्यटकीय क्षेत्रहरुको खोजी होईन भएका पर्यटकीय स्थलहरुलाई हामीले उपयोग गर्न सकिरहेका छैनौं । त्यसको प्रचारप्रसारमा ध्यान दिन सकिरहेका छैनौं । साच्चै भन्ने हो भने पर्यटकहरुलाई आकर्षित गर्ने योजना र हाम्रा व्यवहार र प्रवृतिहरुलाई सुधार गर्न सकिरहेका छैनौं । भेडेटारल नाम्जे, डाडा बजार तथा राजारानी आसपासका क्षेत्रहरुलाई पर्यटकीय क्षेत्र भन्ने गरेका छौं तर त्यस क्षेत्रमा घर निर्माण गर्दा तथा भौतिक संरचनाहरुको व्यवस्थापन गर्दा निश्चित मापदण्डहरु नबनेकाले पर्यटीय स्थल भनिएपनि त्यस्ता स्थलहरुको स्वरुपनै विग्रनेगरी भौतिक पुर्वाधारहरु बन्ने गरेका छन् जुन संरचना सहरी क्षेत्रहरुमै हुने भएकाले पर्यटकहरुले फरक स्वाद पाउन सकीरहेका छैनन जुन कुरा आजभन्दा केही वर्ष अघिसम्म ती स्थलहरुमा जादां पर्यटकहरुले आनन्द लिन सक्थे त्यस विषयमा ध्यान जान जरुरी छ । नाम्जे क्षेत्रमा होम स्टे सञ्चालन भईरहेका छन् त्यसले फरक पहिचान बनाएको छ तर संचालहरु होम स्टे सञ्चालकहरुको पाहुनाहरुप्रति गर्नु पर्ने बोली व्यवहार कस्तो हुनु पर्दछ जसका कारण पाहुनाहरु पुन होम स्टेमा आउन सकुन भन्ने विषयमा प्रशिक्षित हुनु जरुरी छ । सो क्षेत्रमा टाल्भस एजेन्सी, कोसेली घर र सूचना केन्द्र स्थापना जरुरी हुन्छ त्यसको विषयमा विचार पुर्याउन जरुरी छ । त्यस्तै सहज यातायात, पैदल यात्रा तथा सवारी यात्राकालागी सुचना बोर्ड, पर्चा लगायतका बाहिरबाट आएका पाहुनाहरुलाई सहयोग पुग्ने सामग्री तथा उनीहरुको सुरक्षाका विषयमा समेत विचार पुर्याउन जरुरी छ । औजार दैकिमा मंगलबार प्रकाशित सम्पादकीय भीमज्वाला राई

विशिष्ठता कायम राख्छौं

मिशन पत्रकारीता टिकाउ हुनै सक्दैन भन्नेहरुले औला ठड्याईरहेको समयमा औजार दैनिकले धरानजस्तो सानो बजारबाट आफ्नो प्रकाशन आरम्भ गरेको ९ वर्ष लागेको छ । राम्रै लगानीबाट पत्रकारिता प्रारम्भ गर्दा समेत पत्रकारिताले व्यवसायीक धार समाउन नसकेर पत्रिकाहरु धमाधम बन्द भईरहेको समयमा मजदुरहरुको मुक्ति र श्रमजिवि जनताका अधिकार स्थापित गर्ने कामलाई आफ्नो मिशन बनाएर पत्रिका प्रारम्भ गर्दा हामी कसैलेपनि जनताले औजारलाई यसरी मायां गर्नेछन् भन्ने सोचेका थिएनौं । सुचनाको अधिकारलाई आम पाठक तथा जनतासंग जोडेर श्रमजिवि जनताको विषयलाई प्राथमिकतामा राख्यौं त्यसैलाई हाम्रो कर्तव्य थान्यौं पत्रकारितामा त्यो खुराक विल्कुलै नयां थियो शैली र प्रस्तुति फरक थियो त्यही फरकपन पत्रकारितामा मौलिक विशिष्ठता थियो त्यही नै हाम्रालागी सफलताका सिढि बने हामी त्यसलाई निरन्तरता दिनेछौं । निम्न वर्गका जनताका समस्या हाम्रो समाचारको प्रमुख विषय थिए, आधारभूत आवश्यक्ताबाट टाढा जनताका पीडा हाम्रो खराक थियो स्थानिय जनताका हामी साथी थियौं त्यसैले हामीलाई ९ वर्षसम्म सहजै डोर्याएर ल्यायो । केही मजदुर साथीहरुको हौसलाबाट प्रारम्भ औजार क्षेत्रीय स्तरको क वर्गको पत्रिका हुदै अहिले राष्ट्रिय स्तरको ख वर्गमा वर्गीकृत गर्न प्रेस काउन्सील नेपाल बाध्य बनेको छ धरानको सानो कुनाबाट प्रारम्भ औजार सुविधासम्पन्न ब्रोडसिटका राष्ट्रिय पत्रिकाका हाराहारीमा पुग्न सफल भएको छ यो अवसरमा सहयोगी र शुभचिन्तक सवैलाई धन्यबाद दिन्छौं र निरन्तर सहयोग सल्लाह र सुझावको अपेक्षा गर्छौ । यात्रा सहज छैन सुचनाको दुनिया विशिष्ठिकृत बन्दै गईरहका छन् यस्तो अवस्थामा आफुलाई कसरी परिस्कृत गर्दै पाठकहरुको रुचि र अरुभन्दा फरक शैलीमा रुपान्तरण गर्ने चुनौकारुपमा हाम्रा सामु छन् । सानो पुजींबाट प्रकाशन प्रारम्भ गर्दै आएको हाम्रो जस्तो मिडियाहरुलाई ब्रोडसिटका ठुला लगानीका मिडीयाहरुले विस्थापित गर्ने बजारमा एकाधिकार जमाउने प्रयासहरु भईरहका छन् तर हाम्रा फरक शैली र विशेषतालाई हामी कायम राख्नेछौं । जुन कुराले जहिल्यै आम जनताले हामीलाई सधै मायां गरिरहनु भएको थियो । भीमज्वाला राई प्रधान सम्पादक

मजदुरलाई दश प्रतिशत भए हुन्छ

भीमज्वाला राई संसारभरका श्रमजीवी जनता आज १ सय २४ औं अन्तराष्ट्रिय श्रमिक दिवस मनाइरहेका छन् । अंग्रेजी महिनाको मे १ को दिनलाई संसारभरिका श्रमजीवी मजदुरहरुले गर्वले स्मरण गर्छन् । पुँजीवादी दासतालाई घुँडा टेकाएर पुँजीपतिविरुद्ध धावा बोलेको दिन हो मे १ । मे १ मनाइरहेका नेपाली मजदुरहरुले आजको दिनलाई प्रेरणा मान्ने हो भने हाम्रा सामु रहेका थुप्रै अन्यौल र चुनौतीहरुको सामनाका लागि तयार हुन आवश्यक छ ।
mथ(उष्अदैनिक २० घण्टासम्म काममा लगाउनु, साँघुरो र अँध्यारो कोठामा मजदुरलाई बन्धकझैं बनाएर वर्षौसम्म काममा जोताउनु, खान नपुग्ने तलव तोकिनु, कुनै सेवा र अधिकारको कुरा गर्ने मजदुरलाई यातना दिनु अनि झुठा मुद्दा लगाएर जेलमा कोच्नु अठारौं शताव्दीका मजदुरहरुको नियति थियो । पुँजीपतिहरुको शोषणको कुनै सीमा थिएन, राज्य, सेना र प्रहरी मालिकहरुको इसारामा चल्थ्यो । त्यसैको विरोधमा १ सय २४ वर्ष अघि आजकै दिन अमेरिकाको सिकागोका मजदुरहरु संगठितरुपमा सडकमा उत्रिएका थिए । मजदुरहरुले आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन गर्न पाउनुपर्छ भन्ने माग राखेर गरेको आन्दोलनको निणरयक दिन सन १८८९ मे १ बन्यो । त्यस दिन लाखौं मजदुहरु सडकमा स्वतः स्फुर्तरुपमा सागर बनेर उर्लिएका थिए । मजदुरहरुले अन्ततः अमेरिकी दासताको साङ्लोलाई चुँडाइछाडे । यही रक्तरञ्जित इतिहासलाई आज हामी मे दिवसका रुपमा स्मरण गरिरहेका छौं । एक सय २४ वर्ष अघि सिकागोका मजदुरहरुले धुलिसात बनाएको प्रवृति अझैसम्म नेपाली मजदुरहरुले भत्काउन सकेका छैनन् । १ सय २४ वर्ष पहिले मजदुरहरुले प्राप्त गरेका आठ घण्टा काम, आठ घण्टा आराम र आठघण्टा मनोरञ्जनको अधिकार नेपाली मजदुरहरुले अहिलेसम्म पाउन सकेका छैनन् । अझै पेटकै लागि आन्दोलन जारी नेपालको राजनीतिक परिवर्तनको आन्दोलनको इतिहासलाई हेर्ने हो भने नेपालकै पहिलो मजदुर आन्दोलन २००३ साल फागुन २० गते सुरु भएको हो । नेपालका राजनीतिक दलहरुभन्दा मजदुर आन्दोलन खासै कान्छो छैन । तर, विडम्बनाको कुरो ६७ वर्षअघि मजदुरहरुले सुरु गरेको आन्दोलनको जगबाट भएका अन्य अभियानले राणा शासन ढल्यो, प्रजातन्त्रिक व्यवस्था हुँदै देश लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्यो, तर पहिलो आन्दोलनको एजेण्डा बनेको पेटभरि खान पुग्ने तलव देऊ भन्ने माग अझै पूरा भएको छैन । पञ्चानन्द दास, दिनेश दुबे, गोरमणि सिंह, रघुनाथप्रसाद गुप्ताहरुले २००३ सालमा विराटनगरमा मजदुरहरुलाई खान पुग्ने तलब देऊ भन्दै आन्दोलन गरेका थिए । आज पनि कारखानामा काम गर्ने, सडक बढार्ने, यातायातमा काम गर्ने, गिटी कुट्नेलगायतका मजदुरहरुलाई खान पुग्ने ज्याला देऊ भन्दै गणतान्त्रिक नेपालका मजदुहरु आन्दोलन गर्नु परिरहेको छ । पार्टीपिच्छे मजदुर संगठन सामाजिक रुपान्तरणको एजेण्डाका लागि पहिलोपटक आन्दोलन गरेर इतिहास बनाए पनि मजदुर आन्दोलनका सुत्रपातकर्ताहरु राजनीतिक दल निर्माणमा लागेपछि मजदुर संगठनलाई पार्टीको जनसंगठनमा सीमित बनाइयो । यसले गर्दा संसारभरिका श्रमिकहरु एक होऊ भन्ने र उत्पादक शक्ति सर्वहारा श्रमजीवी मजदुरहरु हुन् भन्ने विषयलाई उपेक्षा गरिँदै लगियो । फलत ः कम्युनिष्टहरुका साथै अन्य पार्टीले पनि मजदुरहरुलाई भातृ संगठन बनाउँदै लाने प्रवृति बढ्यो । यसकारण पार्टीपिच्छेकै मजदुर संगठन बनाउने कामहरु भयो । अहिले पुजिँवादी राष्ट्रहरुमा मजदुर संगठन शक्तिशाली छन् । त्यहाँ पार्टीको मजदुरप्रतिको दृष्टिकोण र एजेण्डाका आधारमा मजदुरहरुले निर्वाचनमा कुनै पार्टीलाई सहयोग गर्ने गरेको पाइन्छ । फलस्वरुप त्यहाँका मजदुरहरु अधिकार सम्पन्न बनेका छन् । तर, हाम्रो देशमा त्यस्तो हुन सकेको छैन । मजदुरलाई १० प्रतिशत चाहियो नेपालमा मजदुर आन्दोलनका विगतका अनुभव र प्रवृत्तिबारे समीक्षा हुन जरुरी छ । वर्ग संघर्षको इतिहासलाई निरन्तरता दिने शक्तिको नाताले यसको अगुवाइ गर्ने कि अरुको भर पर्ने रु माक्र्सवादका प्रवर्तक कार्ल माक्र्सले सन १८४८ मै कम्युनिष्ट घोषणापत्रमा उल्लेख गरे अनुसार कम्युनिष्ट पार्टीका आधारभूत तत्व मजदुर, किसान तथा सुकुम्बासीलाई मानेका छन् । सिद्धान्ततः कम्युनिष्ट पार्टी सर्वहारा श्रमजीवीहरुको पार्टी मान्ने कम्युनिष्ट भनिएका पार्टीमा मजदुरहरुको प्रतिनिधित्व न्यून देखिएको छ । यसले के देखाउँछ भने मजदुर संगठनका अगुवा भनिएकाहरु सैद्धान्तिकरुपमा विचलित देखिएका छन् । नीति निर्माण देखि पार्टी कमिटीहरुमा पनि मजदुरहरुलाई न्युनतम दश प्रतिशत प्रतिनिधित्वको विषय यतिवेला दबावमूलकरुपमा उठिरहेको छ । वैचारिक र सैद्धान्तिकरुपमा मजदुरको दश प्रतिशत सहभागिता न्यून माग हो भन्ने सहजै अनुमान गर्न सकिन्छ । तर, यो दबावलाई तत्काल पार्टीहरुले सम्बोधन गर्न सके भने एउटा राम्रो कामको थालनी हुनेछ । सर्वहारा मजदुरहरुको पार्टी भन्ने, तर मजदुरलाई किनाराको साक्षीमा राखेर पार्टी सर्वहारा वर्गीय बन्न सक्दैन । अहिलेसम्म उपेक्षित मजदुरलाई पार्टी तथा नीति निर्माणको तहसम्म सहभागी नगराएसम्म न पार्टी सर्वहारावर्गीय हुन्छ, न त मजदुरहरुको मुक्तिको सपना नै सम्भव हुन्छ । १ सय २४ औं अन्तराष्ट्रिय मजदुर दिवसले सबैलाई सद्वुद्धि मिलोस् ।