![]() |
| ............comrade, puspalal.................. |
- भीमज्वाला राई
३०७० साउन ७ गते
औजार दैनिकको कार्यालय
राती ११ बजे
होलीको अवसरमा धरानमा खेलीएको साझा होली
क्षयरोग पीडित यातायात मजदुर कुमार जोगीलाई उपचार सहयोग स्वरुप २० हजार ९५ रुपैया सहयोग प्रदान गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव भीमज्वाला राई ।
पछिल्लो समय बिराटनगर विकासको तिव्र गतीतर्फ अग्रसर बन्दै गईरहेको छ
धनकुटा र सुनसरीको संगमस्थल पर्यटकीयस्थल भेडेटारको दृष्य
प्रवेशिका पक्षिामा सर्वोकृष्ट अंक ल्याउने यातायात मजदुरका छोराछोरीहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान ईकाईले सम्मान गर्दै
पूर्वी नाका काकडभीट्टास्थित नेपाली भूभागमा भारतीय शहर सिक्कीम, ग्यान्टोक, दार्जिलिङ लगायतका स्थान जान यात्रुको प्रतिक्षामा रहेका लामबद्ध सवारी साधनहरु तस्विर ः कल्पना तुम्रोक
बिक्रम सम्बत १९७३ मा पहिलो पटक मान्छेमाथी चढेर नेपाल भित्रीएको सवारी, राणा शासकहरुले बेलायतबाट भारत हुदै नेपाल ल्याएको यो सवारी भीमफेदीको बाटो हुदैं काठमाण्डौ भित्र्याएको थियो ।
धरान १३ स्थित सर्दु खोला नजिकको सुकुम्बासी वस्तीका एक बालक अभिभावकलाई गिट्टी कुट्न सघाउदै फोटो ः सोहन श्रेष्ठ
भोजपुर र धनकुटाको सिमाना लेगुवा स्थित अरुण नदीमा फेरीको माध्यमबाट सवारी तथा यात्रुहरु आरपार गर्दै, अरुण नदीमा पुल नबन्दा वर्षौदेखि दुर्गम पहाडबासी यसरी नै दुखका साथ नदी तर्दै आउने गरेका छन्
पोखरास्थित फेवा तालमा माछा मार्न जाल मिलाउदै डुंगामा एक माझी तस्बिर .ज्वाला
![]() |
| ............comrade, puspalal.................. |
| pic by sohan stha |
![]() |
भीमज्वाला राई
संसारभरका श्रमजीवी जनता आज १ सय २४ औं अन्तराष्ट्रिय श्रमिक दिवस मनाइरहेका छन् । अंग्रेजी महिनाको मे १ को दिनलाई संसारभरिका श्रमजीवी मजदुरहरुले गर्वले स्मरण गर्छन् । पुँजीवादी दासतालाई घुँडा टेकाएर पुँजीपतिविरुद्ध धावा बोलेको दिन हो मे १ । मे १ मनाइरहेका नेपाली मजदुरहरुले आजको दिनलाई प्रेरणा मान्ने हो भने हाम्रा सामु रहेका थुप्रै अन्यौल र चुनौतीहरुको सामनाका लागि तयार हुन आवश्यक छ ।mथ(उष्अदैनिक २० घण्टासम्म काममा लगाउनु, साँघुरो र अँध्यारो कोठामा मजदुरलाई बन्धकझैं बनाएर वर्षौसम्म काममा जोताउनु, खान नपुग्ने तलव तोकिनु, कुनै सेवा र अधिकारको कुरा गर्ने मजदुरलाई यातना दिनु अनि झुठा मुद्दा लगाएर जेलमा कोच्नु अठारौं शताव्दीका मजदुरहरुको नियति थियो । पुँजीपतिहरुको शोषणको कुनै सीमा थिएन, राज्य, सेना र प्रहरी मालिकहरुको इसारामा चल्थ्यो । त्यसैको विरोधमा १ सय २४ वर्ष अघि आजकै दिन अमेरिकाको सिकागोका मजदुरहरु संगठितरुपमा सडकमा उत्रिएका थिए । मजदुरहरुले आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन गर्न पाउनुपर्छ भन्ने माग राखेर गरेको आन्दोलनको निणरयक दिन सन १८८९ मे १ बन्यो । त्यस दिन लाखौं मजदुहरु सडकमा स्वतः स्फुर्तरुपमा सागर बनेर उर्लिएका थिए । मजदुरहरुले अन्ततः अमेरिकी दासताको साङ्लोलाई चुँडाइछाडे । यही रक्तरञ्जित इतिहासलाई आज हामी मे दिवसका रुपमा स्मरण गरिरहेका छौं । एक सय २४ वर्ष अघि सिकागोका मजदुरहरुले धुलिसात बनाएको प्रवृति अझैसम्म नेपाली मजदुरहरुले भत्काउन सकेका छैनन् । १ सय २४ वर्ष पहिले मजदुरहरुले प्राप्त गरेका आठ घण्टा काम, आठ घण्टा आराम र आठघण्टा मनोरञ्जनको अधिकार नेपाली मजदुरहरुले अहिलेसम्म पाउन सकेका छैनन् । अझै पेटकै लागि आन्दोलन जारी नेपालको राजनीतिक परिवर्तनको आन्दोलनको इतिहासलाई हेर्ने हो भने नेपालकै पहिलो मजदुर आन्दोलन २००३ साल फागुन २० गते सुरु भएको हो । नेपालका राजनीतिक दलहरुभन्दा मजदुर आन्दोलन खासै कान्छो छैन । तर, विडम्बनाको कुरो ६७ वर्षअघि मजदुरहरुले सुरु गरेको आन्दोलनको जगबाट भएका अन्य अभियानले राणा शासन ढल्यो, प्रजातन्त्रिक व्यवस्था हुँदै देश लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्यो, तर पहिलो आन्दोलनको एजेण्डा बनेको पेटभरि खान पुग्ने तलव देऊ भन्ने माग अझै पूरा भएको छैन । पञ्चानन्द दास, दिनेश दुबे, गोरमणि सिंह, रघुनाथप्रसाद गुप्ताहरुले २००३ सालमा विराटनगरमा मजदुरहरुलाई खान पुग्ने तलब देऊ भन्दै आन्दोलन गरेका थिए । आज पनि कारखानामा काम गर्ने, सडक बढार्ने, यातायातमा काम गर्ने, गिटी कुट्नेलगायतका मजदुरहरुलाई खान पुग्ने ज्याला देऊ भन्दै गणतान्त्रिक नेपालका मजदुहरु आन्दोलन गर्नु परिरहेको छ । पार्टीपिच्छे मजदुर संगठन सामाजिक रुपान्तरणको एजेण्डाका लागि पहिलोपटक आन्दोलन गरेर इतिहास बनाए पनि मजदुर आन्दोलनका सुत्रपातकर्ताहरु राजनीतिक दल निर्माणमा लागेपछि मजदुर संगठनलाई पार्टीको जनसंगठनमा सीमित बनाइयो । यसले गर्दा संसारभरिका श्रमिकहरु एक होऊ भन्ने र उत्पादक शक्ति सर्वहारा श्रमजीवी मजदुरहरु हुन् भन्ने विषयलाई उपेक्षा गरिँदै लगियो । फलत ः कम्युनिष्टहरुका साथै अन्य पार्टीले पनि मजदुरहरुलाई भातृ संगठन बनाउँदै लाने प्रवृति बढ्यो । यसकारण पार्टीपिच्छेकै मजदुर संगठन बनाउने कामहरु भयो । अहिले पुजिँवादी राष्ट्रहरुमा मजदुर संगठन शक्तिशाली छन् । त्यहाँ पार्टीको मजदुरप्रतिको दृष्टिकोण र एजेण्डाका आधारमा मजदुरहरुले निर्वाचनमा कुनै पार्टीलाई सहयोग गर्ने गरेको पाइन्छ । फलस्वरुप त्यहाँका मजदुरहरु अधिकार सम्पन्न बनेका छन् । तर, हाम्रो देशमा त्यस्तो हुन सकेको छैन । मजदुरलाई १० प्रतिशत चाहियो नेपालमा मजदुर आन्दोलनका विगतका अनुभव र प्रवृत्तिबारे समीक्षा हुन जरुरी छ । वर्ग संघर्षको इतिहासलाई निरन्तरता दिने शक्तिको नाताले यसको अगुवाइ गर्ने कि अरुको भर पर्ने रु माक्र्सवादका प्रवर्तक कार्ल माक्र्सले सन १८४८ मै कम्युनिष्ट घोषणापत्रमा उल्लेख गरे अनुसार कम्युनिष्ट पार्टीका आधारभूत तत्व मजदुर, किसान तथा सुकुम्बासीलाई मानेका छन् । सिद्धान्ततः कम्युनिष्ट पार्टी सर्वहारा श्रमजीवीहरुको पार्टी मान्ने कम्युनिष्ट भनिएका पार्टीमा मजदुरहरुको प्रतिनिधित्व न्यून देखिएको छ । यसले के देखाउँछ भने मजदुर संगठनका अगुवा भनिएकाहरु सैद्धान्तिकरुपमा विचलित देखिएका छन् । नीति निर्माण देखि पार्टी कमिटीहरुमा पनि मजदुरहरुलाई न्युनतम दश प्रतिशत प्रतिनिधित्वको विषय यतिवेला दबावमूलकरुपमा उठिरहेको छ । वैचारिक र सैद्धान्तिकरुपमा मजदुरको दश प्रतिशत सहभागिता न्यून माग हो भन्ने सहजै अनुमान गर्न सकिन्छ । तर, यो दबावलाई तत्काल पार्टीहरुले सम्बोधन गर्न सके भने एउटा राम्रो कामको थालनी हुनेछ । सर्वहारा मजदुरहरुको पार्टी भन्ने, तर मजदुरलाई किनाराको साक्षीमा राखेर पार्टी सर्वहारा वर्गीय बन्न सक्दैन । अहिलेसम्म उपेक्षित मजदुरलाई पार्टी तथा नीति निर्माणको तहसम्म सहभागी नगराएसम्म न पार्टी सर्वहारावर्गीय हुन्छ, न त मजदुरहरुको मुक्तिको सपना नै सम्भव हुन्छ । १ सय २४ औं अन्तराष्ट्रिय मजदुर दिवसले सबैलाई सद्वुद्धि मिलोस् ।