साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

मजदुरलाई सहयोग

क्षयरोग पीडित यातायात मजदुर कुमार जोगीलाई उपचार सहयोग स्वरुप २० हजार ९५ रुपैया सहयोग प्रदान गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव भीमज्वाला राई ।

आकासबाट देखिएको विराटनगरको दृष्य

पछिल्लो समय बिराटनगर विकासको तिव्र गतीतर्फ अग्रसर बन्दै गईरहेको छ

सुन्दर भेडेटार

धनकुटा र सुनसरीको संगमस्थल पर्यटकीयस्थल भेडेटारको दृष्य

विद्यार्थीलाई सम्मान

प्रवेशिका पक्षिामा सर्वोकृष्ट अंक ल्याउने यातायात मजदुरका छोराछोरीहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान ईकाईले सम्मान गर्दै

Pages

थिचोमिचोको एउटा उदाहरण ी

पूर्वी नाका काकडभीट्टास्थित नेपाली भूभागमा भारतीय शहर सिक्कीम, ग्यान्टोक, दार्जिलिङ लगायतका स्थान जान यात्रुको प्रतिक्षामा रहेका लामबद्ध सवारी साधनहरु तस्विर ः कल्पना तुम्रोक

ईतिहास

बिक्रम सम्बत १९७३ मा पहिलो पटक मान्छेमाथी चढेर नेपाल भित्रीएको सवारी, राणा शासकहरुले बेलायतबाट भारत हुदै नेपाल ल्याएको यो सवारी भीमफेदीको बाटो हुदैं काठमाण्डौ भित्र्याएको थियो ।

बाल श्रम उन्मुलन नारा मात्रै

धरान १३ स्थित सर्दु खोला नजिकको सुकुम्बासी वस्तीका एक बालक अभिभावकलाई गिट्टी कुट्न सघाउदै फोटो ः सोहन श्रेष्ठ

सुन्पारी पुग्ने विकल्प ।

भोजपुर र धनकुटाको सिमाना लेगुवा स्थित अरुण नदीमा फेरीको माध्यमबाट सवारी तथा यात्रुहरु आरपार गर्दै, अरुण नदीमा पुल नबन्दा वर्षौदेखि दुर्गम पहाडबासी यसरी नै दुखका साथ नदी तर्दै आउने गरेका छन्

माझी दाई पोखरा फेवा तालको #2380;

पोखरास्थित फेवा तालमा माछा मार्न जाल मिलाउदै डुंगामा एक माझी तस्बिर .ज्वाला

दिल्ली दौडका प्रतियोगीहरुको नाममा



भीम राई ज्वाला...................

    दिल्ली दौडको पछिल्ला प्रतियोगी बनेका छन् नेपाली कांग्रेसका सभापति सुशील कोइराला । उनी आईतबार दिल्ली यात्रामा निस्किएकाछन् यो दौडको श्रृखलामा एमाओवादीका अध्यक्ष प्रचण्ड, काग्रेसकै बरिष्ठ नेता शेरबहादुर देउवा र एमालेका बरिष्ठ नेता माधव नेपाल दौड पुरा गरिसकेका छन् बैशाख दोस्रो साताबाट प्रचण्डबाट सुरु भएको दौडमा शुशिल चौथौं प्रतियोगी बनेका छन् ।
     दोड एकसाथ छैन फरक फरक छ नतिजा कस्तो आउछ र कसको पक्षमा आउछ यसै भन्न सकिन्न तर नेपाली जनताले सातदेखि बुझ्दै आएको कुरा के हो भने परिणाम नेपाल र नेपाली जनताको पक्षमा हुनेछैन नेपालको स्वाधिनता र राष्ट्रिय अखण्डताका पक्षमा हुने छैन । नेपाल र नेपालीको अहितमा हुने त्यही कुटिल प्रतियोगीतामा नेपालका राजनीतिक दलका नेताहरुले दिल्लीको उस्तादहरुसामु किनाराका साक्षि बनेर स्विकारोक्तिको हस्ताक्षर धस्काएर आउने गरेका छन् यस पटकको दौडको मकसदपनि त्यही हो ।
      नेपालको तालाचाबी आफ्नो धोतीको फेरोमा पोको पारेर करिव सात दशकदेखि दिल्ली नेपालमाथी हावी भईरहेको छ । सरकार ढाल्नु प¥यो दिल्लीको साथ, सरकार बनाउनु प¥यो दिल्लीको सहयोग, प्रधानमन्त्री – मन्त्री बन्नु बनाउनु प¥यो दिल्लीको समर्थन यहासम्म कि मन्दिरको पुजारी नियुक्त गर्नु पर्दा समेत दिल्लीको स्वार्थ । संविधानसभाको दोस्रो निर्वाचनको मिति नजिकिदैछ निर्वाचन सम्पन्न गर्ने काम राजनीतिक दलहरुको हो तर दिल्लीले के भन्छ ? नेताहरुलाई त्यही चिन्ता छ र त दिल्ली दौडमा छन् क्रमशः सोध्दैछन् प्रभो के गरौं ?
     राष्ट्रियताका सवालमा दलहरु एक भईदिएका थिए भने नेपालको यो दुर्दशा हुने थिएन कमतीमा पराधिनताको मानशिकताबाट मुक्त हुन्थे र देश र जनताको भविष्य आफैले कोर्ने हिम्मत गर्थे भनेपनि राष्टिय स्वाधिनता दिल्लीको गुलाममा लिलाम हुने थिएन । पाखण्डीपना त कहां देखिन्छ भने दिल्ली दौडमा लामबद्ध हाम्रा नेतृत्व त्रिभुवन अन्तराष्टिय विमान स्थलसम्म राष्ट्रियताको खुबै चर्का कुरा गर्छन तर ईन्दीरा गान्धी विमान स्थल अवतरण हुनेबीतिकै राष्टवाद चाकडीबादमा विसर्जन हुने गर्दछ नेपाल आईपुग्दा गोपीकृष्ण कहो मात्र बाकीरहन्छ ।
      आखिर के हुन सक्ला दिल्ली दौडको मुल उदेश्य ? श्रोत भन्छ
     क) दिल्लीले ज्ञानेन्द्रलाई हटायो अब फेरी ज्ञानेन्द्रलाई राजगद्धीमा फर्काउन चाहान्छ । पछिल्लो समय पूर्व राजा ज्ञानेन्द्रको देश दौडाहा र राहत वितरण जस्ता चलखेलले त्यही कुराको पुष्टि गर्छ ।
   ख) दिल्ली संविधानसभाको निर्वाचनका बारे मुखमा रामराम बगलीमा छुरा भने झै व्यवहार गरिरहेकोछ । खास अर्थमा दिल्ली नेपालमा संविधानसभाको निर्वाचन पक्षमा स्पष्ट छैन तर खुलेरै निर्वाचनको विपक्षमा बोल्न नमिलेपछि नेपालका प्रमुख दलहरुलाई बोलाएर आफ्नो ईन्ट्रेस्ट क्रमिक शेयर गरिरहेकोछ साचों अर्थमा सुरुमा कन्भीन्स नभए जवरजस्त शैलीलाई आत्मसात गरिरहेछ । त्यसकालागी नेपाली राजनीतिमा जती संक्रमणकाल तन्कीरहन्छ दिल्ली मिशन त्यतिनै अनुकुल बन्नेछ । 
ग) संविधानसभाको निर्वाचन भयो भने नेपाल संघिय राज्य बन्नेछ तर नेपाल संघिय राज्य बन्दा दिल्लीलाई बेफाईदा छ त्यस कारण पनि संघ राज्य निर्माणको मुहान भनेको संविधानसभाको निर्वाचन हो नजिकिदो संघ राज्यको मुहानलाई थुन्ने प्रयास दिल्ली दौडको रुपमा मुखरित भईरहेछ । दिल्ली लामो समयदेखि क्याल्कुलेशन गरिरहेकोछ केन्द्रीकृत नेपालका नेताहरुलाई नियन्त्रण जती सहज छ संघ राज्यका प्रमुखहरुलाई समेत नियन्त्रण गर्न दिल्लीलाई चुनैतीपूर्ण हुनेछ । भारतको जानी दुस्मन चिन पायक नेपालका राज्यहरु त झन दिल्लीकालागी अभिशाप हुनेछन ।
      घ) आफ्नो स्वार्थ पुरा गर्ने दिल्लीको उत्तम माध्यम नेपालका मधेशबादी दलहरु थिए त्यही बाटो भएर दिल्ली दलाली नेपालको राजनीतिसम्म प्रबाहित भईरहेका थिए । नेपालमा संघ राज्य निर्माणको बहस चलिरहदा मधेशबादी दलहरुले समग्र मधेश एक प्रदेशको असम्भव माग तेस्र्याएका थिए त्यो अरु कुनै बाटो नभएर दिल्लीको बाटो भएर आएको गलत माग थियो ।
 तर लोभ र डाहाले ग्रस्त ¥याले मधेशी नेताहरुकै कारण मधेशबादी दलहरु विभिन्न टुक्रामा छिन्नभिन्न भएपछि दिल्लीको सहजबाटोपनि असजिलो भएको हो । त्यही भएरपनि दिल्लीले मधेशी नेताहरुलाई नबोलाई अन्य दलहरुलाई मात्र दिल्ली दौड प्रतियोगीतामा सामेल गराएका हुन् मधेशी नेतालाई बोलाउदा समेत दिल्लीको गोप्य पोल खुल्ने डरलेपनि दिल्लीले अहिलेसम्म मधेशीको नाम टिपेको छैन तर यदी निर्वाचनको मिति अगावै कुनै मधेशी नेतालाई दिल्ली बोलाई हालेछ भनेपनि कुनै अनर्थ नमाने हुन्छ ।
    भारतीय समर्थन र विरोधविना नेपाली राजनीतिको सिन्को ओल्लो छेउबाट पल्लो छेउसम्म सरेको छैन २००७ सालमा राण्ाँशासन अन्त्य गर्न राजा त्रिभुवनलाई दिल्लीको साथ, २०१७ साममा राजा महेन्द्रले गरेको राजनीतिर्क कु” दिल्लीकै समर्थनमा राजा मेहेन्द्रले गरेका थिए । ०४६ सालको प्रजातान्त्रिक आन्दोलनको सफलता कम्युनिष्ट र काग्रेसलाई एक थाउमा उभ्याउने काम दिल्लीले नै गरेको हो, दिल्लीले सेल्टर नदिएको भए १० वर्षे माओवादी विद्रोह सम्भवनै थिएन । ०६३ सालको परिवर्तनको जग सात राजनीतिक दलहरुबीचको. १२ बुदे सहमति जो दिल्लीमै भएको थियो ।
   सतहमा हेर्दा नेपालको लोकतान्त्रक परिवर्तनकालागी दिल्लीले लामो समयदेखि साथ दिदै आईरहेको देखिन्छ साचों अर्थमा भने त्यस्तो होईन भन्ने बुझ्न जरुरी छ । कुनै विषयमा साथ दिएको जस्तो गर्ने र साच्चीकै परिवर्तनको दिशामा पुग्दा त्यसलाई रोकेर परिवर्तनका बाधक शक्तिलाई औंला दिने दिल्लीको  नकारात्मक भूमिका नेपालकालागी सर्वथा बाधक र घातक सावित भईसकेको छ । यतीहुंदाहुदैपनि हुन लागीरहेको संविधानसभाको दोस्रो निर्वाचनमा पनि नेपालका सबै राजनीतिक दलहरुलाई दिल्लीकै साथ चाहिएको छ । यो दौडलाई नियाल्दा लागीरहेकोछ ईमान्दार भएको अभिनय गरिरहेको बिरालोको सामु मुसाहरु तांत लागेर दर्शन गर्न गईरहेका छन् र भन्दैछन् प्रभो हाम्रो जिवनदाता ।
    तर हाम्रा प्रतियोगीहरुको मानशिकता यस्तोछ प्रचण्ड दिल्लीप्रति लचकता देखाउदै द्धन्द्धकालमा भारतलाई गरेको गाली र विस्तारबादी आरोपबाट उन्मुक्त हुन चाहान्छ ।  जसको उदाहरण चीन जादा पनि भारतीय राजदुत जयन्त प्रसादले अनुमति दिनु पर्ने अवस्था रह्यो । पछि सुनियो कि का“ग्रेस आइकी अध्यÔ सोनिया गान्धीलाई नभेट्नुले उनको यात्रा खल्लो भयो रे । उनले भारतका शक्तिशाली कर्मचारी र पूर्व कर्मचारीस“ग विगतको गल्तीप्रति माफी दर्शाएरै फर्के ।
   शेरबहादुर देउवाको कुरै नगरौं काग्रेस भनेको भारतको नेपाल ब्रान्च जस्तै हो । सुशील कोइराला नबोलाई भारतले देउवालाई किन बोलाए ? अब का“ग्रेसमा मुख्य शक्ति देउवा नै हुन् भन्ने हल्लीखल्ली काग्रेस र काग्रेस ईतर मज्जैले चल्यो देउवा दंग परेर फर्किए । उनलाईपनि के लाग्यो भने शुशिल भन्दा मै महत्वपूर्ण तर यीनीहरुलाई थाहा हुनु पर्ने हो फुटाउ र शासन गर भन्ने साम्राज्यवादी तथा विस्तारवादीहरुको मुल अस्त्र हो ।

  पालो माधवकुमार नेपालको नेपालको यात्राले ठुलैै चर्चा पायो । सञ्चारजगतमा राम्रै चर्चा भयो तर, उनको यात्रा हल्ला गरिए जतिको महत्वको होइन भनी भारतीय अधिकारीले खुलासा गरे । दिल्ली उड्नु अघिसम्म संविधानसभाको विकल्प छैन कसैले यस्ता कुरा सोच्छन भने त्यो नेपालको लोतन्त्र संघियता र परिवर्तनको विरोधी हो भन्थे दिल्ली दौडबाट फर्किएपछि उनको गोपीकृष्ण कहो सुरु भईसकेको छ उनी भन्न थालेका छन् निर्वाचन नभए जनमतसंग्रह गर्नु पर्छ ।
  सुशील भारत घुम्दैछन् दिल्लीकालागी गोपीकृष्ण कहो चाडै र सहजै अनुकरण गर्न सक्ने राम्रो क्वालिटीको सुगाकारुपमा लिने गर्दछ । सायद नक्कलका बान्की कपी गर्दैछन उनको पेष्ट कस्तो हन्छ चार दिनपछि थाहा भईहाल्छ ।
   यसरी दिल्लीले हाम्रा नेताहरुको एक–एक गरी नाडी छाम्ने हेतुले दौडको आयोजना गरेको छ । स्पष्ट छ खिलराजपछि स्थान सुरक्षित गर्ने आ आफ्ना एजेण्डा कुनैले छुटाउने छैनन् दिल्ली समक्ष त्यही एउटा अबसरकालागी पालै पालो दिल्ली पुगेका हाम्रा नेताहरु दक्षिण एशियामा शक्तिशाली बन्ने केमिकल मिश्रीत दिल्ली ब्राण्डेड लालीपप चाटेर फर्किदैछन् र जिब्रो फट्कार्दै भन्दै छन् नेपालको राष्टिय«य स्वाधिनता र राष्टिय«य अखण्डताकालागी हामी ज्यान दिन तयारछौं ।
    अनलाईनखबरडटकममा प्रकाशित लेख

धराप थाप्नेहरुकालागी


  • भीमज्वाला राई
   सगरमाथामा चढ्न सहज हुने भए सबैले चढ्ने थिए तर त्यसको कुनै महत्व हुन्न थियो । विश्वको सवैभन्दा अग्लो चुचुरो सगरमाथा चढ्न धेरै चुनौती छ र नै सगरमाथा चढ्नुको महत्व छ ।
    फरक यती छ सगरमाथा चढ्दा प्राकृतिक अडचनहरु छन् प्राकृतिक रुपमा तेर्सिएका अड्चनहरु अमुर्त र अज्ञान छन् फरक मात्र यती हो उनीहरुको प्राकृतिक विशेषता मानवीय विशेषतासंग प्रतिकुल बन्न जान्छन् र मानवीय चेतनाले बनाएको योजनासंग बेमेल हुन जान्छ र मानव समुदाय पूवै सचेत हुन्छन् र प्राकृतिक प्रतिकुलतालाई परास्त गर्ने प्रविधि र संयन्त्रबाट पूर्व तयारी हुदै विश्वको सर्वौच्च शिखरमा पाईला राख्ने उटकट चाहनाले चुचुरोतीर लम्कीरहन्छन् ।
      प्रकृति कतिपय सन्दर्भमा मानवको स्वभावजन्य हुन नसक्दा हाम्रालागी भयानक बन्ने गर्दछ तर प्रकृतिको कुनै स्वार्थ हुन्न प्रकृतिले मानिसलाई असर गरौं भन्ने नहुदानहुदै त्यसले हामीलाई गम्भिर असर गर्दछ तर यो चराचर जगतमा मान्छेहरु प्रकृतिभन्दा भयानक भएर आईदिने गरेको छ त्यो प्राकृतिक विनास भन्दा धेरै खतरनाक हुने गर्दछ । अझै डरलाग्दो कुरो के हो भने प्रकृतिको भयानकताको बोध पूर्व अनुमान गर्न सकिने भएकाले हामी जोगीने उपाएको बारेमा सचेत बन्न सक्छौं तर मानविय भयानकतालाई बाहिरी आवरणबाट सहजै अनुमान लगाउन नसकिने भएकाले यसले भित्रभित्रै पार्ने असरबारे चाल पाउन सकिन्न र अन्तिममा आफु समाप्तीको दिशामा आईसक्दा मात्र वा समाप्त भईसक्दा मात्र थाहा पाईने गर्दछ ।
      मानविय भयानकता आवरणमा नदेखिने हुंदा यो बहुत आत्मीय भएर आउदो रहेछ कहिले सहयोगी भएर, कहिले हांसी हांसी गला जोडेर आउदोरहेछ र मुटुमा शुल रोपेर जांदोरहेछ सावधानी अपनाईएन भने जिवलाई समाप्त बनाईदिने धरापमा परिंदोरहेछ । तर यसबाट बच्न सकियो भने जिवनलाई न्यायका निम्ति देखिएको सपनाको यात्रामा पाईलाहरुलाई डो¥याउन अचाक्ली काईदा पनि हुदोंरहेछ ।
      मलाई अहिले त्यस्तै अचाक्ली काईदको अनुभूत भईरहेछ, विषलाई दुधमा मिसाएर मलाई पिलाउन खोज्नेको हात आफै कम्पन भएर विष छताछुल्ल बनेकोछ, मेरो मुटुको दिशा भएर आएको शुल आफै दोब्रिएर भुत्ते भएको छ काडांका धराप छतविछत भएको छ म निसन्देश मेरो सपनाको यात्रामा दौडिन तल्लीन छु । मेरा दुर्भाग्यको कामनामा चाकडीका ढोका धाउनेहरु आफै लत्रीएका छन् ।
  नेकपा एमाले सुनसरीको २०६६ सालमा भएको पांचौं अधिवेशनमै मेरो काम र जिम्मेवारीका कारण प्रचार विभागको जिम्मेवारी पाउने पक्कापक्की थियो तर त्यो पक्कापक्की बालुवाको महल जस्तै भत्कीएका थिए । चार वर्षसम्म मैले उप प्रमुखको भूमिकामा पार्टिका काममा सक्रियता जनाए । २०७० साल जेठ ४, ६ सम्म पार्टीको छैठौं जिल्ला अधिवेशनमा धेरैको कामनालाई भत्काउदै मेरो उपस्थिति जिल्ला कमिटीमा पुन दोहोरियो । मेरो कार्यक्षेत्र मैले रगत पसिना बगाएको भुगोल मजदुरहरुबीचमै हो तर मेरो जिवीकोपार्जनको माध्यम पत्रकारिता हो यो पेशा किन भन्ने मैले अघिल्लो अंकमैपनि उल्लेख गरिसकेको छु त्यसकारण मेरो पेशा र पार्टीको प्रचारको कामको हिसावले मेरो उपस्थिति प्रचार विभागकालागी जरुरीपनि थियो र त्यो जिम्मेवारीलाई सम्हाल्दा मेरो भूमिकाले न्याय गर्दछ भन्ने मेरो बुझाईपनि हो ।
   साउन १७ गते पार्टीको जिम्मेवारी बांडफांडको बैठक थियो तर बजारमा लामो समयदेखि एउटा समुहले भित्रभित्रै प्रचार विभाग प्रमुखको जिम्मेवारीमा मेरो विपक्षमा घरदैलो अभियान चलेको मैले सुईको पाएको थिए । मैले कसैलाई त्यो पदकालागी मलाई लानु पर्छ भन्नु जरुरी पनि थिएन, यो स्थान भएन भने म पार्टी काम गर्दिन भन्नु पनि थिएन किन भने २० वर्षको यो सांगठानिक जिवनको अनुभवमा कहिल्यै पद रोज्ने र खोज्ने काम गरिन ।
      मेरा विपक्षमा लागेकाहरुको कुरा भने अध्यक्ष रेवतीरमण भण्डारीले राम्रैगरी सुनेको मैले अनुभूत गरे भण्डारी कमरेडको गोडा मोल्नेहरुले राम्रै ब्राण्डको तेल प्रयोग गरेछन् वहां प्रभावितपनि भईहाल्नु भएछ र मेरो लेखिएको नाम समेत काटेर उप प्रमुख बनाउनु भएछ र प्रमुखमा अध्यक्ष आफ्नै नाम राख्नु भएछ फेरी पनि मैले केही भनिन । धन्यवाद सचिव कमरेड मोतराज सुनुवार, सदस्य क. प्रदिप भण्डारी, क. रमेश बस्नेत तथा धरान नगर अध्यक्ष तारा सुब्बालाई वहाहरुले नै मेरो पक्षमा त नभनौ तर मैले यस विचमा पार्टी काममा पु¥याएको भूमिकाको कुरा गरिदिनु भएछ र फेरी मेरे पदको अगाडी लेखिएको उप भन्ने शब्द काट्न लगाउनु भएछ रेवतीरमण भण्डारीलाई र प्रमुख लेख्न लगाउनु भएछ ।
     यो जिम्मेवारी मेरो जिवनको महत्वपूर्ण पद होईन मैले हौसिनु पनि जरुरी छैन मेरा विरुद्धमा लाग्नेहरुलाई हेरेर निराश हुनु जरुरी पनि छैन तर यो एउटा खुडकीलो हो खुड्कीलो चड्नबाट रोक्नेहरु जसरी असफल बने विरोधीहरुलाई मेरो कल्पनाको लामो राजनीतिक जिवनभरी यही उपहार दिईरहने मेरो अर्को सपना पनि हो सायद म सफल हुन्छु होला ।
    १८ श्रावण, २०७०
राती ः ११÷२५ औजार कार्यालय धरान

बढ्यो निर्वाचनको सम्भावना



उमेद्धवारी दर्ता अशोज ७ र १० गते
धरान । मंसिर ४ गते हुने संविधानसभाको दोस्रो निर्वाचनका लागि निर्वाचन आयोगले बिहिबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगको क्रियाशिलतासंगै तोकिएकै समयमा निर्वाचन हुने सम्भावना प्रबल बन्दै गएको संकेत देखिएको छ ।
           निर्वाचन कार्यक्रम अन्तरगत प्रत्यÔतर्फको उम्मेदवारी दर्ता असोज १० गते र समानुपातिक निर्वाचनमा भाग लिने राजनीतिक दलहरुले असोज ७ गते मनोनयन दर्ता गर्ने समय तोकिएको छ ।
   निर्वाचन आयोगले बिहीबार स्वीकृत गरेको निर्वाचन कार्यक्रम अनुसार दलहरुले विहान १० बजेबाट ५ बजेसम्म निर्वाचन आयोगको कार्यालयमा उम्मेदवारी दर्ता गर्न सक्ने उल्लेखछ ।
              ८ गते दलहरुको नाम सार्वजनिक गरिनेछ भने ९ गते मनोनयन फिर्ता तथा १० गते अन्तिम नामावली प्रकाशन गर्ने र निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका छ । तालिका अनुसार असोज ११ गते राजनीतिक दलहरुले उम्मेदवारको बन्दसूची पेश गर्नु पर्नेछ । असोज ३१ गते उम्मेदवारको बन्दसूची सार्वजनिक गरिनेछ भने दावीविरोध फिर्ता लगायतको प्रक्रिया पूरा गरेपछि कात्तिक २३ गते अन्तिम नामावली प्रकाशन गरिनेछ ।

यसैगरी पहिलो हुने निवाचन प्रण्ाँली अर्थात प्रत्यÔतर्फका उम्मेदवारहरुको मनोनयनपत्र दर्ता असोज १० गते निर्वाचन अधिकृतको कार्यालय जिल्ला सदरमुकामहरुमा हुनेछ । जुन ११ गते मनोनयन पत्र दर्ताको सूची प्रकाशित हुनेछ भने १२ गते दावीविरोध, १३ गते जाचबुझ र १४ गते उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । यस्तै १५ गते उम्मेदवारको नाम फिर्ताको समय तोकिएको छ भने १६ गते अन्तिम नामावली प्रकाशित गरिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार प्रत्यÔतर्फका उम्मेदवारहरुलाई असोज १८ गते चुनाव चिन्ह प्रदान गरिनेछ ।
     निर्वाचन पक्रियास“ग असन्तुष्ट दलहµस“ग सरकारले छलफल गरिरहेका बेला निर्वाचन आयोगले चुनावी तालिका सार्वजनिक गरेपछि मंसिर ४ निर्वाचन हुने सम्भावना प्रवल देखिएको छ । एकातिर सरकारले निर्शत वार्तामा वोलाएको भन्दै बैद्य माओवादी वार्ताका लागि सकारात्मक देखिएको छ भने अर्कातर्फ आयोगले चुनावी कार्यक्रम सार्वजनिक गरेर निर्वाचन हुने सम्भावना बढाएको छ ।
  निर्वाचन कार्यक्रमले ततायो गठबन्धनलाई
धरान । निर्वाचन आयोगले निवाृचन कार्यक्रम सार्वजनिक गरे लगतै एमाओवादी अध्यÔ प्रचण्ड नेतृत्वको संघीय लोकतान्त्रिक गण्ँतान्त्रिक गठनबन्धनमा संलग्न दलहरुबीच आगामी चुनावमा तालमेलको प्रयास भएको छ ।
               गठवन्धनको बिहीबार बसेको बैठकले एकअर्का सहयोगी भएर अघि बढ्ने नीति पारित गरेको हो । गठवन्धनले चुनावमा साझा उम्मेदवार र घोÈण्ाँ पत्र बनाएर जाने प्रयास गरेकाछन् ।
    बैठकले संविधानसभाको निर्वाचनसम्म गठवन्धनलाई कायमै राख्ने निणर््ँय गरेको फोरम लोकतान्त्रिकका अध्यÔ विजयकुमार गच्छदारले जानकारी दिनुभयो । मंसिर ४ को निर्वाचन सफल पार्न गठवन्धनको औचित्य अरु बढेको नेताहरुको ठहर छ । बैठकले मंसिर ४ गतेको चुनावमा सहभागी हुने नेकपा–माओवादीसहितका दलहरुलाई आहृवान गरेको छ । तर गठबन्धन बैठकमा तराई मधेस लोकतान्त्रिक पार्टी र सदभावना पार्टीका नेताहरु उपस्थित भएनन् । मधेसी गठबन्धनभित्रै पनि विजयकुमार गच्छदारस“ग अन्य दलका नेताहरुको अन्तरविरोध बढ्न थालेको अवस्थामा दुई दलको अनुपस्थितलाई अर्थपूणर््ँरुपमा लिन सकिन्छ ।

आगामी चुनावमा एमाओवादी र मधेसी मोर्चावीच साझा घोÈण्ाँपत्र र साझा उमेद्वारको चर्चा चलाइए पनि मधेसी दलहरुकै वीचमा पनि साझा उमेदवारीको सम्भावना कमजोर हु“दै गएको यसले देखाएको छ ।
डा. बाबुराम भट्टराई नेतृत्वको सरकार निर्माण्ँस“गै एमाओवादीको नेतृत्वमा गठनभएको मधेसी– माओवादी मोर्चामा करिब डेढ दर्जन साना दलहरुसमेत सहभागी छन् । एमाओवादी अध्यÔ प्रचण्डले यो मोर्चालाई निर्वाचनपछिसम्म दीर्घकालीनरुपमा निरन्तरता दिनुपर्ने आए पनि एमाओवादी र मधेसी दलहरु मधेसको जनमतलाई कसरी आङ्खनो पÔमा पार्ने भन्ने विभिन्न दाउपेचमा लाग्दा गठबन्धन कमजोर बन्दै गएको छ ।
मधेसमा एमाओवादीले एक्लै आङ्खनो वर्चश्व कायम गर्ने रण्ँनीति लिएको छ भने मधेसी मोर्चामा रहेर पनि एक हुन नसकेका मधेसी दलहरु एमाओवादीको साटो आफैं श्रेष्ठ हुने उपायको खोजीमा छन् । यही दोहोरो दाउपेचका कारण्ँ गठबन्धनले साझा घोÈण्ाँपत्र र साझा उमेद्वार उठाउने भन्ने प्रचण्डको प्रस्ताव कार्यान्वयन नहुने अवस्था देखिएको छ । यद्यपि उनीहरुले कांग्रेस र एमालेलाई काउन्टर गर्नका लागि चुनावी तालमेलको रण्ँनीति अपनाएको अनुमान लगाउन सकिन्छ ।

उता साझा उमेदवार उठाउ“दा गठबन्धनमा रहेका रुक्मिण्ँी चौधरी लगायतका नाममात्रैका साना दलका नेतालाई पनि प्रत्यÔतर्फृको सीट बा“ड्नुपर्ने भएकाले साझा उमेद्वारको साटो तालमेलमात्रै गर्नेमा एमाओवादी नेताहरुले चासो दिएको बुझिएको छ ।
            सवै दललाई सहभागी गराऊ ः राष्टपति
राष्ट्रपति डा. रामबरण्ँ यादबले संविधानसभा निर्वाचनमा कुनै पनि दल छुट्न नहुने बताउनुभएको छ । एमाओवादीका अध्यÔ प्रचण्डलाई बिहीवार शीतल निवासमा भेट्दै सम्पूणर््ँ दललाई चुनावमा सहभागी गराउने पहल गर्न आग्रह गर्नुभएको हो ।
     निर्वाचनको विपÔमा रहेका दलहरुस“ग वार्ता गरी निर्वाचनमा सहभागी हुने वातावरण्ँ बनाउन पनि आग्रह गर्नुभएको थियो ।

सिट सख्यां कि आफ्नो मान्छे ?


धरान । संविधानसभाको निर्वाचनमा एमालेका तर्फबाट उमेद्धवार हुन चाहनेहरुलाई एमाले केन्द्रीय सदस्य तथा कोशी ईन्चार्ज रोजेन्द्र गौतमर्ले  सिट सख्यां कि आफ्नो मान्छे ?” भन्दै प्रश्न गरेका छन् ।
   अबको संविधानसभाको निर्वाचनपछि एमाले यो देशको पहिले शक्ति बन्दैछ त्यकारण एमालेलाई संविधानसभाको सिट सुरक्षित गर्नु छ त्यो काम सवै एमालेको आफ्नो मान्छे नहेर्नुस । उनले प्रश्न गरे  क्षेत्रको मतदाता तथा उमेद्धवारको लोकप्रियता हेरेर हेरेर जसले जित्छ त्यसैलाई पार्टीले टिकट दिन्छ पहिलो प्राथमिकता पार्टीले प्राप्त गर्ने सिटमा केन्द्रीत हुनुस ।
  पैसा र गाडी हुदैमा नेताहरुलाई एयरपोर्टमा लिन धाउनेलाई एमालेले संविधानसभाको निवाृचनमा टिकट दिदैन उमेद्धवारको योग्यता र मापदण्डलाई आधार मानेर मात्र एमालेले उमेद्धवार बनाउछ । गलत विचार र परम्परालाई एमालेले कुनैपनि हालतमा साथ दिदैन ।
विहिवार ईटहरीमा नेकपा एमाले सुनसरीको दोस्रो बैठकलाई सम्बोधन गर्दै संविधानसभाको निर्वाचनको समय नजिकिईरहदा सरकार र एमाओवादीले निर्वाचनको वातावरण विगारीरहेको नेकपा एमाले नेता गौतमले बताएका छन् ।
     सरकार सेना परिचालन गरेरै भएपनि निर्वाचन गराएरै छाड्छौं भन्दैछ, एमाओवादी वाईसिएल भिडाएरैपनि निर्वाचन गछौं भन्दैछन् यस्तो जवरजस्तीले आसन्न संविधानसभाको निर्वाचनलाई सहयोग होईन विथोल्ने काम गर्छ कोशी अञ्चल संयोजक समेत रहेका गौतमले भने । उनले भने भड्कीईरहेका बैद्य नेतृत्वको माओवादी, मधेशी तथा अन्य क्षेत्रीय पार्टीहरुलाई एक ठांउमा ल्याएर समयमै निवाृचन गराउने काम सरकार तथा प्रमुख दलहरुको हो बल प्रयोग गरेर तह लगाउछु अनि निवाृचन सम्पन्न गर्छु भन्नु बेठिक हो ।

       एमाले केन्द्रीय कमिटीको जारी २२ औं बैठकले तत्कालका लागी पार्टीको महाधिवेशन भन्दा निर्वाचनलाई प्राथमिकतामा राखेकाले निवाृचनपछि फागुन १५ भित्र मात्र पार्टीको महाधिवेशन हुने बताए । एमालेले सञ्चालन गरेको संविधान सभाका लागी पार्टी परिचालन अभियान २०७० उपलब्धीमुलक भएको बताउदै अबको निवाृचनपछि एमाले प्रथम शक्तिका रुपमा उदाउने बताए ।
  हामीले हावादारी आधार प्रस्तुत गरेका होईनौं जनताको घरदैलोमा पुगेर एमालेका कार्यकर्ता तथा नेताहरुलाई दिएको जनमतले एमाले अब प्रथम शक्तिका रुपमा उदाउदैछ भन्ने हाम्रो ठोकुवा हो गौतमले भने तर एमालेको नेता कार्यकर्ता चुपचाप बस्नु हुदैन अभियानको प्रारम्भिव परिणामको जगमा टेकेर जनताका बीच निरन्तर गईरहनु पर्छ ।
    भावी संविधानसभाको निर्वाचनमा लोकतान्त्रिक शक्तिहरुसंग आवश्यक्ताका आधारमा एमालेले सहकार्य गर्ने बताए । बैठकले संविधानसभा निर्वाचन, कार्यविभाजन तथा पार्टी परिचालनका सन्दर्भमा महत्वपूर्ण निर्णयहरु गरेको छ बैठकका निर्णयहरु आज शुक्रबार ११ बजे ईटहरीमा पत्रकार सम्मेलन गरेर जानकारी गराईन प्रचार विभागका प्रमुख भीमज्वाला राईले बताए ।
   पार्टी जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले कोशी सचिव जिवन घिमिरे, अञ्चल प्रचार विभाग प्रमुख घनश्याम खतिवडा, पुर्व सभासद धर्मराज निरौला लगायतको सहभागीता थियो ।



 
  

यौन पिपासु प्रिन्सिपलको कर्तुत खुल्दै


यौन पिपासु प्रिन्सिपल कपिङ कपुर  र नाराम्इम्मानुएल इन्टरनेशनल बोडिङ  स्कुल 

बिना अनुमति विद्यालय सञ्चालन,  विना तलव शिक्षक, शिक्षिका काम गर्न बाध्य

धरान । धरान १९ जिमि लाईस्थित इम्मानुएल इन्टरनेशनल बोडिङ स्कुलका यौन पिपासु प्रिन्सिपल कपिङ कपुर नाराम्को एकपछि अर्को कर्तुत खुल्दै गईरहेको छ ।
        छात्राहरुलाई यौनशोषण गर्ने गरेको तथ्य सार्वजनिक भएसंगै सो स्कुल समेत गैर कानुनीरुपमा सञ्चालन भईरहेको र विद्यालयका शिक्षक शिक्षिकाहरुलाई तलव नदिई काममा लगाउने गरेको पाईएको छ । छात्राबासमा रहेका छात्राहरुलाई लठ्याउने औषधि खुवाएर वर्षौदेखि यौनशोषण गर्दै आएको पीडित छात्राहरुले सोमबार खुलासा गरेका थिए । पीडित छात्राहरुले आफूहरुलाई संवेदनशील अंगमा हात हाल्ने अंगालो हाल्ने गरेको बारम्बार यौनशोषण गर्ने गरेकोसमेत छात्राहरुले जानकारी गराएका थिए । हाल स्कुलमा ३१ छात्रसहित ५३ जना विद्यार्थी अध्ययनरत छन् । ९ देखि १६ वर्षसम्मका विद्यार्थीहरु अध्यानरत छन् ।
सन् २००० अर्थात शैक्षिक सत्र २०५७÷०५८ सालमा प्राविको अनुमति लिए पनि निमावि अर्थात कक्षा ७ सम्म विद्यार्थीहरुलाई पठनपाठन गर्दै आएको पाइएको छ । जिल्ला शिक्षा कार्यालयका अनुसार २०५७ कात्तिक ७ गते माविका लागि अनुमति माग गरे पनि विद्यालयको अवस्था मूल्याकंन गरी प्राविसम्ममात्रै प्रदान गरेको तथ्यांक छ ।
हालसम्म पनि विद्यालयले प्राविदेखि निमावि बनाउनका लागि निवेदन नदिएको धरानका स्रोत व्यक्ति महेन्द्र कायस्थ बताउँछन् । प्राविको लागि अनुमति लिएको विद्यालयले छात्रावासको लागि पनि अनुमति लिएको अवस्था छैन् । स्रोत व्यक्ति कायस्थले भने–‘विद्यालयमा छात्रावास संचालन गर्दा अनुमति लिनुपर्छ । तर, त्यो लिएको पाइदैन ।
उनले एउटै कोठामा २५ जना छात्राहरुलाई राख्ने गरेको पाइएको छ । त्यस्तै कक्षा कोठाको पनि दुर्गन्धित र फाहोर साथै विद्यार्थीहरु बस्न सक्ने अवस्थाको थिएन् । विद्यार्थीहरुले आफैले खाना पकाउने साथै लुगा धुनु पर्ने बाध्यता भएको बताएका थिए । उनीहरुले चामल भए पनि तरकारीहरुको व्यवस्था नहुने गरेको कक्षा सातमा अध्ययनरत एक भारतीय विद्यार्थीले भनेका थिए । हाल त्यहा ६ भारतीयसहित अन्य नेपाली विद्यार्थीहरु अध्ययनरत छन् ।
म्याद थपेर कारबाही सुरु
छात्राहरुको उजुरीका आधारमा सोमबार पक्राउ परेका प्रिन्सिपललाई मंगलबार प्रहरी थप अनुसन्धान गर्नु पर्ने भन्दै म्याद थप गरेको छ ।  अनुसन्धान गर्नुपर्ने भएपछि उनलाई म्याद थप गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ भने पक्राउ परेकी उनकी श्रीमती रेदिला कपुर नाराम्लाई हाजिर हुने शर्तमा छाडिएको छ । श्रीमती रेदिलाविरुद्ध जाहेरी नपेरपछि उनलाई हाजिर हुने शर्तमा छाडिएको इप्रका धरानका प्रहरी नायव उपरीक्षक चन्द्रदेव राईले बताए ।
  
समाजलाई बदनाम गराउने र नराम्रो कार्य गरेको भन्दै धरान १९ का स्थानीयवासी युवाहरुले विद्यालय सो स्थानमा राख्न नदिने भएका छन् । गैर नागरिकले संचालनमा ल्याएको विद्यालय त्यसमा पनि विद्यार्थीहरुमाथि हुने अमानवीय व्यवहारले समाज विग्रिने भन्दै विद्यालय राख्न नदिने भएको स्थानीय युवा विरेन लिम्बूले बताए । युवाहरुले अन्य विद्यार्थीहरुको लागि पनि छुट्टै व्यवस्था गर्ने सोचमा उभिएका छन् ।
    विना तलव शिक्षकहरु
स्कुलमा कार्यरत शिक्षकहरु बिना तलव काम गराउने गरेको पाइएको छ । त्यहा कार्यरत ६ जना शिक्षकहरुलाई नै बिना तलव काम गराउने गरेको गुनासो गरेका छन् ।
दुई स्थानीयसहित ६ शिक्षकहरुले हालसम्म तलव नपाएको बताएका छन् । दुइवर्षदेखि कार्यरत भारत मणीपुरकै एक शिक्षकले आफूले हालसम्म तलव नपाएको गुनासो पोखे । उनले स्वयंसेवकको रुपमा मात्रै काम गराउने गरेको बताएका छन् । ‘अहिलेसम्म तलव पाएको छैन’–उनले भने । त्यस्तै नाम नखुलाउने शर्तमा स्थानीय शिक्षिकाले पनि कसैलाई पनि तलव नदिने गरेको बताइन् ।
उनले स्वयंसेवकको रुपमा कार्य गर्नु पर्ने बाध्यता रहेको बताइन् । ‘तलवको रुपमा भन्दा पनि स्वयंसेवको रुपमा मात्रै शिक्षक राखिएको छ’ उनले भनिन्–‘कहिलेकाही पकेट खर्चका लागि मात्रै दुई–तीन हजार दिने गथ्र्यौ ।’ तलव नदिएकै कारण पनि धेरै शिक्षकहरुले छाडेर जाने गरेको उनीहरुको भनाइ छ । संचालनदेखि हालसम्म करिव ५० जना भन्दा बढी शिक्षकहरु विना तलव काम गरेको विद्यालयका जानकार बताउँछन् । क्रिश्चियन मेसिनरी स्कुल भएकाले पनि ३–४ महिनाका लागि भारतबाट शिक्षकहरु आउने अध्यापन गराउने अनि फर्कने गरेका छन् ।
विशेष गरी भारत बैंकलोरको विविसी क्रिश्चियन सोसाइटीबाट दक्षिण भारतीय शिक्षकहरु आउने गरेका छन् । सधैभरीका लागि भारतको मणीपुरबाट ल्याए पनि उनीहरुलाई खानमात्रै दिने गरेको एक जानकारले बताए ।

 को हुन कपिङ

सन् २००० मा स्कुल अनुमति लिएपछि भारतको मणिपुर प्रान्तबाट ल्याइएका शिक्षक हुन् कपिङ कपुर नाराम् । उनले बैंगलोरबाट डेभिनिटीमा स्नात्तकोत्तर गरेका छन । क्रिश्चियन समाजका उनी बैंगलोर विविसी क्रिश्चियन सोसाइटीबाट संचालित व्यक्ति हुन् ।
उनले सोही सोसाइटीमार्फत् अनुदान लिएर स्कुललाई संचालनमा ल्याएका हुन् । तर, संचालन पूर्व त्यस स्कुललाई भारत मणीपुर मिजुराङका जोन माराम्ले धरान–७ शान्तिपथमा दुई कोठा लिएर सन् १९९९ मा संचालमा ल्याएका थिए । तर, उनी पनि विद्यार्थीहरुमाथि दुव्र्यबहार गरेको थाहापाएपछि क्रिश्चियन समाजहरुले नै उनलाई विदाई गरेपछि कपिङ आएका थिए । त्यसपछि धरान–८ स्थित सिदार्थ मार्गमा स्कुल स्थापना गरियो ।
कपिङले सन् २००० देखि सुनसरी जिल्ला शिक्षा कार्यालयबाट अनुमति लिएर संचालनमा ल्याएका थिए । उनी स्कुल संस्थापक नभए पनि क्रिश्चियनहरुको अनुदान, सहयोगमा संचालनमै ल्याईरहेका थिए । स्कुल अनुमतिका लागि नेपालकै नागरिकता चाहिने भएपछि उनले स्थानीय बीपी आङबुहाङलगायत ८ जना संचालक बोर्ड गठन गरी अनुमति लिएका थिए ।

' राज्यले सुकुम्वासी बनायो '

..आरक्षबाट पिडित भएका रामअवतार शाह..


धरान  । ३ दशक अघि सरकारले अधिग्रहण गरेको जमिन सुनसरीको कोशीटप्पु बन्यजन्तु आरक्ष पीडितहरुले अहिले सम्म सट्टा भर्ना पाएका छैनन् । आरक्षकालागी राज्यले जग्गा अधिग्रहण गरेपछि भूमिहिन शुकुम्बासी बन्न पुगेका पीडितहरुलाइ दैनिक जिबनयापनका लागि समेत निकै समस्या पर्दे आएको छ ।
         २०३२ सालमा कोशीटप्पु बन्यजन्तु आरक्षका लागि राज्यले सुनसरी र सप्तरी जिल्लाका आरक्ष आसपासका गाविसमा वसोवास गर्दै आएका सर्बसाधारणका  जमिन अधिकरण गरेर आरक्ष घोषणा गरेपछि सयौ हजारौ परिवार सो क्षेत्रबाट बिस्थापित बन्नुपरेको थियो ।
   सरकारले सोहि समस्या समाधानका लागि भनेर पटक–पटक आयोग समेत गठन गर्ने गरेको भएपनि हाल सम्म कुनै पनि आयोगले समस्या समाधानको लागि खासै पहल गरेको देखिदैन । मन्त्रि परिषदको निर्णयबाट भर्खरै जग्गा सट्टा भर्ना समितिको आयोगको अध्यक्ष बनाएर टेकबहादुर येङदेनलाइ  सो ठाउमा पठाएको छ । अध्यक्ष येङदेन र पिडितहरु बिच मंगलबार आरक्षमा भएको छलफलका क्रममा पिडितहरुले यस अघिका आयोगहरुका बारेमा निकै असशन्तुष्टि समेत पोखेका थिए ।  सट्टा भर्ना नपाएका कारण आफुहरुको जिवन अहिले नर्कमय बनेर शुकुम्बासी बन्नुपरेका कारण सरकारले आयोग मात्र गठन गर्ने काम भइरहेको तर समस्या समाधान गर्ने निकास तर्फ नगएको पितित रामअवतार शाहले बताए ।
सरकारले यसअघि गठन गरेका धेरै जग्गा समस्या समितिमध्ये नन्दनकुमार दत्तको संयोजकत्वमा गठित समितिले मोरङ्ग इन्द्रपुुरमा १ सय ४० विगाह वितरणको निर्णय गरि धेरै परिवारलाई सट्टाभर्ना दिए पनि अझै त्यही समयमा जग्गा प्राप्त गर्नु पर्ने १५ परिवारले अझै पनि सट्टाभर्ना पाएका छैनन । 
    यसैगरी लामो समयदेखि जग्गा सट्टाभर्ना नपाएको कारण खोला किनार तथा अर्कोको बनिबुतो गरेर बालबच्चा पालनपोषण अर्का पिडित केलास कार्किले बताए । उनले पटक–पटक आयोग गठन भएपनि आफुहरुको मागको बारेमा अहिले सम्म सुनुवाइ हुन नसकेको बताए ।
                यता पिडतहरुको समस्याका बारेमा आफु दत्तचित्त भएर लागेका कारण समस्या समाधान गरेरै छाडने समितिका अध्यक्ष टेकबहादुर यङदेनले दाबि गरेका छन ।  यसअघि पनि अध्यक्ष रहेका यङदेनले कर्मचारी बृत्तको असहयोगका कारण काम गर्न नसकेको र अव यो पटक जस्तोसुकै चुनौति आए पनि आफुले पीडितलाई जग्गाको सट्टाभर्ना गराएरै छाड्ने तयारीमा जुटेको समेत दाबि गरेका छन ।  उनले आरक्षका प्रशाशन देखि लिएर सम्पुर्णले साथ दिएको खण्डमा मात्र पिडितहरुले न्याय पाउन सक्ने पनि  दाबि गरेका छन । उनले आफनो ६ महिनाको कार्यकालमा आरक्षक्षेत्रका कारण समस्या र आफुले पाएको कार्यदिशा अनुसार काम गर्ने दाबि गरेका छन । आयोगका अध्यक्ष र पिडितहरु बिच छलफल राखिएको भएपनि आरक्षका वार्डेन राजेन्द« ढुङगाना भने समस्याबाट पन्छिएर छलफल हुनु अगाबै मंगलबारनै काठमाडौ हिडेका छन ।
    पछिल्लो समयमा स्थापित हुन बाकी रहेका १५ परिवार र अरु छुट भएका पीडितहरुको समेत खोजी गरेर ती सवै पिडितहरुलाइ जग्गाको सट्टाभर्ना दिएमा मात्रै येङदेनको कार्यकाल समेत सफल रहन सक्छ ।






लठ्याउदै यौन शोषण गर्दै

kaping maram
  • भीमज्वाला राई 
  • ..............................
  • विद्यालयलाई सरस्वतिको मन्दिर र शिक्षकलाई ज्ञानका श्रोत, छात्र छात्राहरुको पथप्रदर्शक भनेर सम्बोधन गरिन्छ नेपाली समाजमा शिक्षक शिक्षिकाहरुलाई अझ बढी सम्मानको दृष्टिकोणले हेर्ने गरिन्छ तर इम्मानुएल ईन्टरनेशनल बोर्डिङ स्कुलका प्रिन्सिपल कपिङ मारामले आफ्नै छात्राहरुलाई यौन शोषण जस्तो जघन्य अपराध गरेर शिक्षक र छात्र छात्राहरुबीचको सम्बन्ध र सम्मानलाई धुलिसात बनाईदिएका छन् ।
  • धरान । धरानको एक विद्यालयका प्रिन्सिपलले छात्राबासमा रहेका छात्राहरुलाई लठ्याउने औषधी ख्वाउदै वषौदेखि यौन शोषण गर्दै आईरहेको रहस्य खुलेको छ ।
  धरान–१९ जिमी मार्गस्थित इम्मानुएल ईन्टरनेशनल बोर्डिङ स्कुलका प्रिन्सिपल भारत मणीपुरका नागरिक कपिङ मारामले छात्राहरुमाथि विभिन्न डर त्रास र धम्कि दिदै यौनशोषण गर्ने गरेको हो । कक्षा ७ सम्मको पढाई हुने गरेको विद्यालयमा अनाथ तथा बुबाआमा नभएका एवं अति विपन्न परिवारका छोराछोरीहरुकालागी क्रिश्चियनहरुको अनुदानमा सञ्चालित विद्यालय हो । हाल विद्यालयमा ९ वर्षदेखि १६ वर्ष उमेर समुहका २४ जना छात्रा र ३४ जना छात्र छात्राबासमै रहेर पढिरहेका छन्  स्कुलका प्रिन्सिपल मारमले विद्यार्थीहरुलाई विद्यालय भन्दा बाहिर जान नदिने दिनभरी जस्तो गेटमै ताला लगाएर बन्धक झै बनाएर राख्ने गरेकोसमेत खुलासा भएको छ ।  
    सोमबार प्रिन्सिपलको यौन कर्तुत पर्दाफास भएसंगै ईलाका प्रहरी कार्यालय पुगेका छात्राहरुले भने ” सधैजसो हामीलाई अध्यारो भएपछि औषधि खुवाई लठ्ठ बनाएर यौनशोषण गर्ने गरेको रहस्य सञ्चारकर्मीहरुमाझ सार्वजनिक गरे । जोन नाम भएका एकजना शिक्षकले तरल पदार्थ दिन्थ्यो त्यो खाएपछि चेत नै हराउथ्यो’ छात्राहरुले भने उनीहरुले भने खाली राति रातिमात्रै ल्याएर दिन्थ्यो । नाम के हो भन्ने पनि देखिदैन थियो ।’
धरानमा बस्दै आएकी मणीपुरकै नेन्सी लिम्बुकी भाईले यौन शोषणका बारेमा थाहा पाएपछि सोधीखोजी गरेर प्रहरीमा ल्याईएको उनले बताईन् । भाई पनि सोही स्कुलमा पढ्थे भाइले थाहा पाएको रै’छ’ उनैले सुनाएपछि कर्तुतको सार्वजनिक भएको हो ।  ललाई फकाई सोध्दापनि छात्राहरुले डर, धम्कि र त्रासका कारण बताउन नचहेको नेन्सीले बताईन ।
 विद्यालयमा अध्ययनरत बालिकाहरुलाई कसैलाई भने विद्यालयबाट निकाली दिने धम्कि दिदै  छात्राबास भित्रै यौन शोषण गर्ने गरेको पीडित बालिकाहरुले ईलाका प्रहरी कार्यालयमा बताए । एकले अर्कालाई यौन शोषण गर्ने गरेको थाहा पाएको भएपनि डरले कसैलाई नभनीएको छात्राहरुले बताए । सन २००६ देखिनै आफुहरुलाई त्यस्तो गर्ने गरेको तर डरले कसैलाई पनि जानकारी नगराएको छात्राहरुले बताए ।
प्रिन्सिपलको छोराले समेत यो घटना बाहिर लगे मारिदिनेसमेत धम्की दिएकाले पनि छात्राहरुले कसैलाई भन्न नसकेको बताइन् । अन्य छात्राहरुसंग समेत जानकारी लिएपछि महिला अधिकारकर्मीको सहयोगमा प्रहरीलाई जानकारी गराएको थियो । अहिले प्रिन्सिपल मारम र उनकी श्रीमती रोदिला मारम्लाई पनि प्रहरीले हिरासतमा लिएको छ ।
 श्रीमती रोदिलाले पनि सवै जानकारी पाए पनि श्रीमानलाई सम्झाउने बुझाउने नगरेको पाइएपछि उनलाई पनि प्रहरीमा बुझाइएको महिला अधिकारकर्मी लिला राईले बताइन् ।
११ वर्षीय एक छात्राले प्रिन्सिपल मारमले संवेदनशील अंग र गुप्ताङहरुमासमेत हात लगाउने गरेको बताइन् । उनले हरेक दिन छात्राहरुलाई बोलाएर संवेदनशील अंगहरुमा हात लगाउने गरेको थियो’ ती बालिकाले भनिन् । त्यस्तै एक अर्की १४ वर्षीया एक छात्राले पनि जहिल्यै रातिको समयमा आएर संवेदनशील अंगहरुमा हात लगाउदै यौन दुव्र्यबहार गर्ने गरेको बताइन् । उनले कसैलाई पनि बाहिर जान नदिनेसाथै बिरामी भए पनि उपचारका लागि औषधिहरु पनि नदिने गरेको उनले बताइन् । ‘जहिल्यै राति आएर छामछाम छुमछुम गथ्र्यो’ ती छात्राले भनिन–‘आफूले प्रतिकार गर्दा पनि मारिदिन्छु भन्दै धम्की दिन्थ्यो ।’
इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक चन्द्रदेव राईले पनि घटनाको अनुसन्धान भई रहेको र दोषी पाइए कारबाही गरिने बताए । ‘अनुसन्धान नगरी बोल्न मिल्दैन’ उनले भने–‘दोषी रहेछ भने म्याद थपी कारबाहीको प्रक्रिया अघि बढ्छ ।’ उनले यौनशोषण भएको भन्ने अभिभावकहरुले जानकारी गराएपछि तत्कालै आरोपितहरुलाई पक्राउ गरिएको बताए ।

सरप्राईज केमेष्ट्री


  • भीमज्वाला राई ..................................
   एकिकृत नेकपा माओवादीका नेता तथा पूर्व प्रधानमनत्री डा. बाबुराम भटराईले केही समय अघि पूर्व राजा ज्ञोनेन्द्रलाई जेल हाल्नु पर्ने बताएपछि नेपाली राजनीतिमा तरंग पैदा भयो । धेरैले भने यदी ज्ञानेन्द्रलाई जेल हाल्नु थियो भने आफु प्रधानमन्त्री भएको बेलामा किन नहालेका होला र यतीवेला बकबास गरेका होलान् ? बाबुराम प्रतिको यो टिप्पणी स्वभाविक थियो । बाबुराम भटराई योदेशको कार्यकारी प्रधानमन्त्री भए यदी ज्ञानेन्द्र अथवा राजा भन्ने शब्दसंग यतीठुलो वितृष्णा थियो भने पूवै राजा ज्ञानेन्द्रलाई जेल हाल्ने त्यो अत्यन्त सुन्दर मौका थियो ।
           भटराईले त्यासो गरेका थिए सामन्तबाद अन्त्यको विरुद लडिरहने कम्युनिष्टहरुको शास्त्र्र कम्युनिष्ट घोषणा” पत्रमै उल्लेख छ नेपालमा २००६ साल बैशाख १० गते स्थापना भउको नेपाल कम्युनिष्ट पार्टीको घोणा पत्रमा पनि सामन्तवाद दलाल नोकरशाही पूजीवाद विरुद्ध लडिरहने उल्लेख छ । २०६२ ÷ ०६३ को जनआन्दोलनपछि नेपालको २ सय ४० वर्ष लामो ईतिहास बोकेको सामन्तवादको प्रतिनिधि राजतन्त्र र राजाको अन्त्य भएको घोषणा भएपनि पूर्व राजा ज्ञानेन्द्रको वेलावेलाको जगजगीले कम्युनिष्ट मात्र होईन राजतन्त्रको विरुद्ध १९ दिन आन्दोलनमा उत्रीएका नेपाली जनता शसंकित छन् यदी यही मौकामा ज्ञानेन्द्रलाई जेल पठाईदिएका भए अवशेषका रुपमा रहेको सामन्तबाद पनि सदाकालागी समाप्त हुने थियो बाबुराम हाईहाई हुने थिए ।
      मौकामा भटराईले हिरा फोडेनन् तर उनी प्रधानमन्त्रीको कुर्सिबाट च्युत भएको थुप्रै समयपछि प्वाक्क बोले ज्ञानेन्द्रलाई जेलमा कोच्नु पर्छ । उनको आक्रोशको कारण के होला भन्ने विषयमा जनता दिग्भ्रमित भईरहेको समयमा भटराईका सहपाठी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एउटा ऐतिहासिक तथ्यको रहस्योद्धघाटन गरिदिए । जसलाई नेपाली जनताले पत्याएकै थिएनन् तर भटराई आफैले थापाको भनाईलाई जस्तीफाई गरिदिए कि बास्तबमा अब नेपालीले दश वर्ष जनयुद्ध गर्ने क्रान्तिकारी भटराईको असली क्रान्तिकारितालाई विश्वास गर्न बाध्य भए ।
        यदि राजा सहमत हुन्छन् र देशलाई थप रक्तपातबाट बचाउन तथा राष्ट्रिय स्वाधीनताको पÔमा योगदान गर्न तयार हुन्छन् भने ज्ञानेन्द्रलाई पहिलो राष्ट्रपतिका रुपमा स्वीकार्न सकिन्छ भन्ने थियो ।   मैले ज्ञानेन्द्रलाई प्रत्यÔ भेटेर यो बताउन चाहेको थिए“ तर उनले भेट्नै मानेनन् त्यसपछि काठमाडौंमा भएको दुई चरण्ँको वार्तामा कुनै परिण्ाँम आउने लÔण्ँ नदेखेपछि हामीले वार्ता भंग गरेका थियौं । कमल थापा मेरा कलेजका सहपाठी र राम्रै चिनजानका मान्छे भएकाले पहिल्यै उनी मार्फत ज्ञानेन्द्र समÔ हाम्रो प्रस्ताव पठाएका हौं । मैले पार्टीको घोÈित नीतिअनुसारै यदि ज्ञानेन्द्र नेपाली सिंहानुक बन्न तयार भएमा उनलाई गण्ँतन्त्र नेपालको पहिलो राष्ट्रपति बनाउन सकिने प्रस्ताव राखें । भटराईको यो भनाईका आधारमा अहिले उनले भनेका भनाईलाई के भन्ने ?
        कुनै समय थियो जुन बेला एमाओवादी भारतमा भुमिगत हुदाका झिटीगुन्टा राखेर भारत विरुद्ध लड्न सुरुङ खनिरहेको थियो, बन्दुकको नालबाट सत्ताको सपना बोकेर सर्वहारामुक्तिको लागी सामन्तवाद अन्त्य जरुरी भन्दै राजा विरेन्द्र शाहसंग हाम्रो कार्यगत एकताको कुरा गर्ने एमाओवादी नेतृत्वको वेलावेला अभिव्यत्त हुने गणतन्त्र र राजतन्त्रपन्थी सरप्राईज केमेष्ट्रि नेपाली जनताकालागी अचम्म लाग्दो बन्ने गरेको छ । एमाओवादी क्रान्तिकारिता स्खलित भयो भएको आरोप लगाएर नेकपा ड्यास माओवादी गठन गरेर एमाओवादीबाट अलग्गीएका मोहन बैद्य पनि यतीवेला अलि बढी राष्ट्रवादी कुरा गर्न थालेका छन् त्यसलेपनि पूर्व राजा ज्ञानेन्द्रलाई राष्ट्रवादी भन्दै सहकार्य गर्नुले माओको नाम जोडिएको कम्युनिष्टहरुले कस्तो खालको समाजवादको परिकल्पना गरेका हुन् यसले सवैलाई भ्रमित बनाएको छ ।
    


नाम चलेका कलाकारले पैसा मागे

       धरान । उपचारमा आर्थिक अभाव झेलीरहेकी मृगौला रोग पीडित १४ बर्Èीया कौशीका ठकुरीलाई आर्थिक सहयोग जुटाउन हास्यकलाकार गण्ँ
    कलाकारहरु यही साउन २६ गते राजधानीको नाचघरमा हुने प्रश्तुतीकालागी तयारीमा जुटिसकेका छन् । दोलखा लादुक गाविसकी ठकुरीको उपचारमा समस्या भएको विभिन्न सञ्चार मार्फत जानकारी पांयौं हामी कलाकार भएका नाताले त्यो पीडालाई व्यवास्ता गर्न सकेनौं त्यही भएर कार्यक्रम गरेर संकलित रकम पीडित बालिकाको उपचारमा सहयोग गछौं हा“स्यकलाकार गण्ँेश ईशाराले भने ।
   ‘पुनर्जीवन सांगीतिक सा“झ–२०७०’ नाम दिईएको कार्यक्रम पूर्वेली जुनतारा म्यूजिक प्रालीले आयोजना गर्न लागेको हो । ‘एउटी वालिकाको जिवन बचाउन सकिन्छ की भनेर सेवाभावको हिसाबले यस्तो प्रस्तुती दिन लागेका हौं,’ अयोजक समितिका संयोजक समेत रहेका गण्ँेशले भने । उनले भने–‘सबैलाई वालिकालाई सहयोग गर्न आग्रह गर्दछौं ।’
कार्यक्रममा हा“स्यकलाकार गण्ँेश इशारा, रुपकुमार राई, चन्दा घिसिङ, बादल लिम्बु, बुद्ध राई, शिला राई, मेनुका राई, स्पन्धन, प्रियजन राई, प्रवेश लिम्बु, रोमा न्यौपाने लगायतका एकदर्जन कलाकारले प्रस्तुती दिनेछन् । नाम चलेका कलाकारहरुलाई सहयोग स्वरुप कला प्रस्तुत गर्न आग्रह गर्दा पारिश्रमीक मागेकाले कार्यक्रममा नवकलाकारहरुको वर्चश्व रहने ईशाराले बताए । हामीले सहयोग गर्नुस भनेका छौं वहाहरुले पैसालाई मात्र हेर्नु हुन्छकी मानविय समवेदनालाईपनि हेर्नु हुन्छ त्यो भने हेर्न बाकीं नै छ । 
 दुई बर्Èदेखि मृगौला रोगबाट थलिएकी कौशीका राष्ट्रिय मृगौला सेन्टर, बनस्थलीमा उपचार गराइरहेकी छिन । डाक्टर रजनी हा“डाको निगरानीमा रहेकी उनलाई हप्तामा दुईपटक हेमो डाईलायोसिस र ल्याब टेष्ट गराउनु पर्ने बाध्यता छ । मृगौला प्रत्यारोपण्ँ नगरेसम्म उनको स्वास्थ्य गम्भीर रहने अस्पतालले जनाएको छ ।

श इशाराको एउटा सांगीतिक समुहले कार्यक्रम गर्ने भएको छ ।

बेलबारी घटनाका तिन संघटक

  
  •   भीमज्वाला राई ..................................
बेलबारी घटनाका दोषीलाई कारबाही, पीडितलाई न्याय र सामाजिक सद्धभावलाई अझै सुमधुर बनाउने हो भने । घटनासंग जाडिएका त्रिकोणात्मक संघटकहरुलाई राम्ररी केलाउन जरुरी छ । पहिलो मायां सार्र्कीमाथीको बलात्कार प्रयासको घटना । दोस्रो बलात्कार प्रयासलाई दवाउन भएका कुटपीट, कालोमोसो तथा जुत्ताको माला लगाउने अमानविय व्यवहार र तेस्रो दलित र आर्थिक रुपमा कमजोरमाथीको जे गर्दापनि हुन्छ भन्ने हेपाहा प्रवृति । प्रकारान्तरले  यी घटनाको जोड जातीय र वर्गीय उत्पीडनको सामाजिक नमुना नै मान्न सकिन्छ ।
          साउन ६ गते सांझ मोरङ बेलबारी ९ करमडांडाका जिवन भेट्वालले सोही स्थानकी मायां सार्कीमाथीको बलात्कार प्रयासको भोलीपल्ट माया सार्की र पत्रकार मनोज बिकलाई कुटपीट, कालोमासो तथा जुत्ताको माला लगाईदिए । बलात्कार प्रयास गर्ने जिवनको कर्तुतका बारे प्रहरीमा उजुरी गर्न सघाउने स्थानिय मनोज बिकले न्यायकालागी सघाउनुनै कोलोमोसो दली माग्नु पर्ने कारण बन्यो । अहिले यो घटना अन्तराष्ट्रियकरण भईसकेको छ । यही घटना अधिकारका नाममा स्थापित डलरवालाहरुकालागी डलर फल्ने खेती भईरहेको छ । यो घटना जघन्य अपराध त हुदैहो त्यस कारण कसैले अधिकारको सवाललाई आधार बनाएर आन्दोलन गर्नु नराम्रो होईन तर अनावश्यक विषयलाई बायुपंखी बनाउनुको सट्टा तथ्य तर्फ केन्द्रीत हुनसक्दा राम्रो देखिन्छ जसका लागी निम्न कामहरु गर्न सके उचीत ठहर्नेछ ।
      पहिलो ः यो घटना मायां सार्कीमाथीको बलात्कारको प्रयास हो यदी जिवन भेट्वालले बलात्कार प्रयास गरेको विषयबाट घटना सुरु भएको मान्ने हो भने यही घटनाबाट समाधानकोलागी पोयो खोल्नु पर्छ । त्यो कसरी ? जुन सांझ करिव ७ बजे ( यो समय सांझ ७ बजे मान्छे चिन्न कुनै समस्या हुन्न) कामबाट घर फर्कीदै गरेकी मायांलाई आक्रमण गरियो घाटी थिच्ने काम भयो उनलाई लडाउने प्रयास भयो त्यसको दुईबटा कारण हुन सक्छ कि त मायांसंग भएका गहना र पैसा लुट्ने कि त बलात्कार प्रयास नै हो । सुकुम्बासीमा बसोबास गर्ने र होटलमा काम गर्ने मजदुर भएकाले उनीसंग न गहना नै हुने भयो न पैसा नै त्यस कारण त्यो घटनाको मुल कारण बलात्कार प्रयास नै हो भन्न सकिने आधारहरु छन् । जुन कुरा मायांले सुरुमै बयान दिईसकेकि छन् । पछिल्लो समय बयान जेसुकै आएको भएपनि   बलियाले निर्धालाई धम्की त्रासलाई साधन बनाएर अर्कै बक्न लगाउन प्रवृतिलाई भेटवाल परिवारले पनि मज्जाले प्रयोग गरेको देखियो । यो साउन महिनाको समयको सांझ ७ बजे केही टाढां भए त्यसलाई मान्न सकिन्थ्यो होला तर आफुलाई आक्रमण गर्ने मान्छे खुट्याउनलाई कुनै आपत्ती हुदैन । त्यस कारण कारबाहीको कुरा गर्दा पहिले मायांलाई जवरजस्ती करणीको प्रयास गर्ने जिवन भेटवाललाई ऐनले के व्यवस्था गरेको छ त्यहांबाट विषयको प्रारम्भ गर्नु उत्तम देखिन्छ ।
      दोस्रो ः कुटपीट, कालोमोसो र जुत्ताको माला लगाई सार्वजनिक वेईजतीको विषय । यो घटना बलात्कार प्रयासको जघन्य अपराधलाई दवाउन गरिएको एउटा अस्त्र थियो यो गलत अभ्यासमा त्यो समाजका केही व्यक्तिहरु लागे । आर्थिक रुपमा सवल (भर्खरै विदेशबाट कमाएर फर्किएको) सामाजिक रुपमा हाई स्ट्याटस ( कथित उच्च जाती ) बलात्कार प्रयास गर्ने जिवन भेटवालका सहयोगी तत्वहरुहुन् । अझै दलित समुदायकी महिला, श्रीमान विदेशमा भएको आर्थिकरुपमा निम्न वर्गीय हुनु जिवनका आखां मायांको बैशमा पर्नु अर्को आधार वस्तु बनेको देखिन्छ । तर जिवनले गरेको बलात्कार प्रयास जस्तो अपराधलाई महिलाहरुलेपनि कुनै अपराध जस्तो ठानेनन् बरु उल्टै आरोप लगाए अहिलेसम्म कहिल्यै कुनै अपराध नगरेका हाम्रा जिवनलाई त्यस्तो घृणित आरोप लगाउने ? मायां उनीहरुको नजरमा उल्टै बाईफलि भईन्, श्रीमान नभएकाले नैतिकहिन र अरुलाई आरोप लगाउने कुलांघरी भईन् । मायां माथीको बलात्कार प्रयास त्यो मायांको आरोप मात्रै हो भने मायांको मानसिक अबस्था बेठिक हुनु पर्छ त्यसकालागी स्वास्थ्य परिक्षण गरिनु जरुरी छ होईन भने मायां माथी यत्रो बज्रपात किन ? कुटपीट, कालोमोसो तथा जुत्ताको माला लगाई दिने त्यो हदसम्मको अपराध र अपराधीहरुलाई दिने सजायकालागी सवैले विचार गर्नु पर्दछ ।
    तेस्रो ः वर्गीयहिसावबाट हरेक समाज दुई ध्रुवमा विभाजित छ । करमडांडाका अन्य घर परिवारको भनाईलाई आधार मान्ने हो भने त्यो अझै  स्पष्ट हुन आउछ । जातीय हिसावले दलित तथा आदिवासीहरु र वर्गीय हिसावले गरिव भएकैले आफुहरु लामो समयदेखि डोमिनेट भईरहेको स्थानियले बताउनुले त्यो घटनाको कारण मान्न सकिने आधारहरु देखिएकाछन् । त्यो पीडा र पीडाबाट न्यायकालागी भएको भेलामा भएको आक्रमणपछि मायां र मनोज दुवै जना अहिले गांउबाट विस्थापित हुनुलेपनि उनीहरुमाथी दमन थियो भन्ने  प्रष्ट्याउछ । जातीय तथा वर्गीय आधारबाट भएको यो अमाविय घटनापनि शोषणको फरक रुप नै त्यही मोहडाबाट असह्य कालोमोसो, जुत्ताको माला लगाउने तथा कुटपीट प्रकरण जोडिएर आएको छ जुन अपराध र अपराधीहरुलाई जुनसुकै एन्गलबाट हेरेपनि अक्षम्य छ ।
      अहिले यो घटनालाई लिएर अपराधमा सलग्न दोषिहरुलाई कारवाहिको माग जोडदार उठीरहेको छ,  बेलबारीमा महिलाहरुले प्रर्दशन र प्रहरी कार्यालय घेराउ गरिरहेका छन्, जातीय छुवाछुद र भेदभाव बन्द तथा सामाजिक सद्भाव कायम राख्ने विषयमा प्रदर्शन जारीछ । यस्ता घटनाहरुमा जाती, लिंग, क्षेत्र लगायतका विषयलाई केन्द्रीत गरेर मानविय सेन्टिमेन्ट लिने र विषयलाई राजनीतिकरण गर्ने प्रयासहरु हुने सम्भावनापनि हुन सक्छन् यो विषयमा दलित अधिकारकर्मीहरु सजग बन्न जरुरी छ । घटनाका विषयमा प्रहरी, अधिकारकर्मी, राजनीतिक दलहरु नागरिक समाज स्थानिय तथा सरोकरवालाहरु धैर्य हुन जरुरी छ । सामाजिक सद्धभावलाई बचाउदै पीडितलाई न्याय प्रदान गर्दै न्यायको सिद्धान्तका आधार रहेर पीडकलाई कानुनी दायरामा ल्याउन जरुरी छ । पुर्वाञ्चल क्षेत्रीय प्रहरीकार्याला एसपी शेखर कईरालाको संयोजकत्मा तिनसदस्यीय छानीन समिति बनीसकेकोछ । त्यस्तै प्रहरी प्रधान कार्यालयकी महिला आयोगकी प्रमुख तथा डिआईजी बिमला थापालेपनि घटना स्थलको स्थलगत अध्ययन गरिसक्नु भएको छ । मायां र मनोजले न्याय पाउने छन् सबैले त्यही अपेक्षा गरेका छन् ।

पत्रकार बास्तोलालाई स्पष्टीकरण माग


धरान । नेपाल पत्रकार महासंघ केन्द्रीय कमिटीको आठौं बैठकले ईटहरीलाई कार्यक्षेत्र बनाएर पत्रकारीता गरिरहेका सोमनाथ बास्तोलाले पत्रकारिताको मूल्य, मान्यताविपरीत तथा महासंघकै विधानविपरीत कार्य गरेकाले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
     बास्तोलाका साथै सुर्खेतका पत्रकार भूमि सापकोटालाई समेत तिन दिनको समय दिदै स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । आईतबार भएको बैठकले निरन्तर ३० वर्ष पत्रकारिता गरेका र ६५ वर्ष उमेर पुगेका पत्रकारलाई ‘वरिष्ठ पत्रकार सम्मानवृति’ कार्यक्रमअन्तर्गत वार्षिक ६ हजार रुपैया उपलब्ध गराउने निर्णय समेत गरेको छ । 
 साथै महासंघको नयां सदस्यताका लागी भदौ १५ गतेभित्र केन्द्रीय कार्यालय र क्षेत्रीय संयोजक र सहसंयोजकमार्फत आवेदन पेश गर्न सवै शाखाहरुलाई महासंघले सर्कुलर गरेको छ त्यस्तै असोज मसान्तभित्र सदस्यता नवीकरण गर्न सबै सदस्यहरुलाई सर्कुलर गरेको छ ।
        सूचना विभागबाट जारी गरिएको प्रेस पास वितरणलाई अझ प्रभावकारी बनाउन महासंघले विभागलाई अनुरोध गरेकोछ । साथै प्रेस काउन्सिलजस्तो निकायले पत्रपत्रिकाको वर्गीकरण गर्नेजस्तो काममा संलग्न हुनु काउन्सिलको स्थापित मान्यताविपरीत हुने भएकाले पत्रपत्रिकाको वर्गीकरण गर्ने कामबाट काउन्सिललाई अलग राख्न सरकारसँग माग गर्दै स्वतन्त्र र व्यावसायिक संयन्त्रमार्फत पत्रपत्रिकाको वर्गीकरण र मूल्याङ्कन गर्न आग्रह गर्दछ ।

होशियार ... तलब माग्दा कुटाई खाईएला ?



धरान । सुनसरीको सोनापुर स्थित बोरा उत्पादन गर्ने उद्योग पशुपति सिन प्याकमा काम गर्ने पांच जना मजदुहरुलाई उद्योगका ठेकेदारले  मरणासन्नहुनेगरी कुटपिट गरेको छ ।
     मजदुरहरुलाई राती घरमै गएर सुतीरहेकै अवस्थामा निर्घात कुटपिट गरि घाइते बनाएका हुन् । सरकारले तोकेको न्युनतम तलब पाउनुपर्ने माग गरेपछि ठेकेदार विवेक कर्ण शुक्रबार राति मादकपर्दाथ सेवन गरेर मजदुरहरुको घरमै गएर निर्घात कुटपिट गरेका हुन । मजदुर आक्रमणमा कर्णले गाडिमा अन्य ४ जनाको समुहलाई ल्याएर मजदुरहरुलाई आक्रण गर्न लगाएका थिए उनीहरुको कुटपीटबाट जितु कुमार साह, दिनेश कुमार यादव, शिव चन्द्रलाल कर्ण र अबदेश राय घाईते भएका छन् । शिवचन्द्रलाल कर्णको अनुहारमा चोट लागेको र दात समेत भाचिएको छ  अन्य मजदुरहरु सामान्य घाइते भएका छन । कारखानामा काम सकेर आफनो कोठामा सुतिरहेका ति मजदुहरलाइ शुक्रबार राति २ बजे ठेकेदार कर्णको समुहले कोठामै गएर कुटपिट गरेको पिडित मजदुरहरुले बताए ।   
   मजदुरहरुमाथी आक्रमणको विरोधमा शबिनारबाट कारखानामा कार्यरत मजदुहरु आन्दोलनमा उत्रिएका छन् उनीहरुले उद्योग बन्द गराएका छन् ।  पिडितहरुले ठेकदार विवेक कर्णलाई उद्योगबाट निस्काशनको माग गरेका छन् ।
   करिव चार सय मजदुरहरु उद्योगमा कार्यरत छन् उनीहरु कुटपिटको बिरोधमा उद्योग परिसरमा नाराबाजि गर्दे प्रर्दशन समेत गरेका छन । दैनिक ज्याला न्यूनतम ३ सय १८ रुपया“ राज्यले तोकेको भएपनि मजदुरहरुले त्यो सुविधा पाएका थिएनन् । मजदुरहरुले केहि दिन अगाडि श्रम कार्यालयमा उजुरी समेत दिएको थिए । उजुरी गर्न गएको भन्दै  ३ जना मजदुरलाई सो उद्योगले कामबाट निस्काशन गरिसकेको छ । सरकारले तोकेको पारिश्रमिक देउ भन्दा मजदुरहरुले कुटाइ खानु पर्ने अवस्था आएका कारण कुटपिट गर्नेलाई ठेकेदारलाइ कार्बाही नगरिए उद्योग सञ्चालन गर्न नदिने मदजुर नेता मनोज मगरले बताए । उनले तत्काल पिडित मजदुहरुको उपचार ब्यवस्था मिलाएर ठेकेदार कर्णलाइ कार्वाहि गर्नुपर्ने माग राखेका छन । ठेकेदार कर्णले भने उद्योगमा आउदा मजदुरहरु सुतेको देखेपछि सहन नसकेर कुटपित गरेको स्विकार गरेका छन । उनले आफुले सामानय मादकपादर्थ सेवन गरेका कारण आबेगमा आएकाले मजदुरहरुले कुटाइ खाएको स्विकार गरे ।
यता उद्योगका मेनेजर सुजित जयसवालले  भने मजदुरमाथि भएको कुटपिट आफुलाई थाहा नभएको बताएका छन् ।

दोष चालकको मात्रै ?


    राज्यका निकायहरु निम्छरामाथी खनिने र दोष जती त्यही निम्छराहरुकै थाप्लोमा लगाईदिने अनि आफु पानीमाथीको ओभानो हुने मानसिकता अझै फेरीएन । पुरानो र जसको शक्ति उसैको भक्ति भन्ने चिन्तनबाट माथी उठ्न नसकेको यही उदाहरण बनेको छ आर्थिक वर्ष २०६९ र ०७० को अन्तिममा कतिपय मिथ्या तथ्यांङ्क जसले त्यही प्रवृतिको पुनरावृति गरेको छ । त्यही श्रृखलामा एउटा गलत तथ्यांक थपिएको छ जसले तमाम यातायात मजदुरहरुलाई बदनाम बनाउने काम गरिरहेको छ ।
     दुर्घटना न्युनिकरणका लागी परिचालित ट्राफिक प्रहरी नामक संगठनले आर्थिक वर्ष ०६९ ÷ ०७० को अन्तिममा दुर्घटना सम्बन्धी एउटा प्रतिवेदन सार्वजनिक गरेको छ जुन प्रतिवेदनले यातायात मजदुरहरुलाई मजदुर होईन हत्यारा हो र दुर्घटनामा ६५ प्रतिशत दोषी चालक भनिएको छ । त्यस्तै यात्रुहरुको लापरवाहीले ४ प्रतिशत दुर्घटना भएको देखाईएको छ तर बाकीं दुर्घटनाका कारणहरु के के हुन् भन्ने प्रतिवेदनमा उल्लेख गरिएको छैन । अन्य कारणहरुलाई उल्लेख नगरी चालकको कमजोरीलाई मात्र देखाएर प्रतिवेदन सार्वजनिक गरिनुले प्रतिवेदन तथ्यमा आधारित छैन भन्ने स्पष्ट छ ।
     ट्राफिक निर्देशनालयको उक्त तथ्यांङ्क अध्ययनले नै थाहा हुन्छ राज्य यातायात मजदुरहरुप्रति पुर्वाग्रही छ भन्ने कुरा । ट्राफिक जस्तो एउटा जिम्मेवार निकायले प्रतिवेदन बनाउदा तथ्यलाई विर्सनु राम्रो होईन उनीहरुभनेका निरन्तर यातायात मजदुरहरुसगैका सहयात्री हुन् सडकको पीडा मजदुरलाई मात्र होईन ट्राफिकलाईपनि राम्ररी थाहा हुने गर्दछ । दुर्घटनाका कारण यदी चालक मात्र हुन् भन्ने हो भने यसको न्युनिकरणको उपाय के हुन सक्छ भन्ने समाधानको विकल्प पनि आउन जरुरी हुन्छ ।
      गएको आर्थिक वर्षकै सरकारले जारी गरेको प्रतिवेदन हेर्ने हो भने एक वर्षमा सवारीको सख्यां १ लाख १ हजार ७ सय ७९ नेपाल भित्रीएको थियो भने राज्यले एक वर्षमा पक्की १५ किलोमिटर गरे जम्मा २ सय ४५ किलोमिटर मात्र बाटो बनाएको थियो यही तथ्यलेपनि अनुमान गर्न सकिन्छ दुर्घटनाको कारण चालक मात्र हो की अरुपनि हो भन्ने । बास्तवमा भन्ने हो भने पार्कीङको असुविधा, जिर्ण बन्दै गईरहेको सडक, सडक प्रयोगकर्ताहरुमा रहेको अचेतनता, सडक अतिक्रमण गरेर घर बनाईने सडकमै बजार तथा पसल थाप्ने, खुल्ला चौपाय लगायतका कारण पनि दुर्घटना बढेको छ त्यो तथ्यलाई नहेरी मजदुरलाई बदनाम बनाउने गरी प्रतिवेदन ल्याउने हो भने भोली मजदुरहरुलेपनि ट्राफिकका कर्तुतको भण्डाफोर गर्न बाध्यहुनु पर्ने दिन आउन सक्छ ।
     

नर्सहरु त मेरो पछि–पछि लागे


  
     नेपालका कम्युनिष्ट पार्टीहरुले अप्रील २२ तारिखका दिन स्थापना दिवस मनाउ“छन् । यसवर्Èको बैशाख ९ गते परेको स्थापना दिवसमा दिवंगत कर्माचार्यसंगको भेटवार्ता ।
नरबहादुर कर्माचार्य नेपाल कम्युनिष्ट पार्टीका संस्थापकमध्ये एक हुन् । उहा“को पनि २०७० साल साउन बुधवार बिहान निधन भएको छ । २००६ साल बैशाख १० गते पुष्पलाल श्रेष्ठको अगुवाईमा नरबहादुर कर्माचार्यल निरञ्जनगोविन्द बैद्य गायतले कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो ।
  •     कम्युनिष्ट पार्टीको स्थापना कसरी भयो ?

राण्ाँ शासन विरुद्य २००४ सालभन्दा अघिदेखि क्रान्ति ग¥यौं । राण्ाँशाही मुर्दाबाद भनेर नारा लगायौं । हामीलाई पक्राउ गरियो र ७ दिनपछि छोड्यो । हामीले भित्रभित्रै काम गर्न थालेका थियौं । त्यसपछि बनारसमा राष्ट्रिय का“ग्रेसको सम्मेलन भयो र डिल्लीरमण्ँ रेग्मी सभापति भए । विपी कोईराला, मनमोहन अधिकारीहरु जेलमा थिए । जेलबाट छुटेपछि डिल्लीरमण्ँस“ग उनीहरु झगडा गर्न लागे । पुष्पलाल पनि रेग्मीस“ग लागे । उनीहरुलाई मिलाउन धेरै कोशिस भयो तर मानेनन् । त्यसपछि हामीले पनि प्रजा पञ्चायत नामको संस्था खोल्यौं । यस्तै सुवणर््ँ शम्सेरले पनि डेमोक्रेटिक क“ग्रेस खोले । हामीले डेढ महिनासम्म आन्दोलन चलायौं । गण्ँेशमानले मलाई चिनेको थियो । धेरै कुरा गर्न खोज्दा पनि मिल्न सकेन । सुवणर््ँले हामीलाई उसको पार्टीमा मिलाउन खोज्यो ।
     मेरो र पुष्पलालको १९९८ सालदेखि नै चिनजान थियो । उनले कलकत्ता गएर सबैस“ग मिलेर कम्युनिष्ट पार्टी गठन गर्ने प्रस्ताब गरे । धेरै पटक कुरा गर्दा नमिलेपछि हामी त्यहा“बाट छुट्यौं । हामीले अयोध्या गएर रेग्मीलाई भेट्यौं । रेग्मीले हामीलाई नेवारले विगा¥यो भन्यो । खाना खायो र दिनभरी सुत्यो अनि दुई बजेपछि फेरि झगडा सुरु ग¥यो । रेग्मीलाई जुजुभाइले झण्डै कुटेको त्यतिबेला ।
    त्यतिबेला तेलांगानामा किसानहरुले हजारौं बिघा जमिन बाडि“सकेका थिए । चेकोस्लाभाकियामा पनि त्यस्तै थियो । चीनमा पनि माओले त्यस्तै गरिसकेका थिए । कलकत्तामा बंगालीहरु चीनको बाटो लिनुपर्छ भन्न थालिसकेका थिए । त्यहि मौकामा हामीले १९४९ अप्रिल २२ (नेपाली मिति २००६ साल वैशाख १० गते) लेनिन दिवसको दिनमा हामीले यो पार्टी गठन ग¥यौं । त्यतिबेला म २३ वर्Èको थिए“ ।
  • कम्युनिष्ट पार्टीको स्थापना दिवसमा तपाईंलाई कसरी सम्झिए ? 
साथीहरुले कसरी सम्झिए त्यो त म भन्न सक्दिन । तर कम्युनिष्ट पार्टीको स्थापना दिवस विशेÈ दिन हो । पोहोरसम्म मैले आफैंले वक्तव्य दिएको थिए“ । तर यो वर्È दिइन । छोडिदि“ए ।
  •     मोतीदेवी श्रेष्ठलाई संस्थापक मान्ने विÈयमा विवाद थियो रे नि ?
     दिदी सारै झगडालु थिइन् । त्यतिबेला हामीलाई नितेनले तिमीहरुले ५ जना बनाओ भनेको थियो । हामीले का“इलाबालाई पनि बोलाउन गयौं तर ऊ आएन । त्यसपछि डेढ महिनापछि मोतीदेवीलाई राखेको ।
  •     तपाईंको योजना कति पुरा भयो ?
हाम्रो योजना पुरा भएको छैन । त्यतिबेलाको योजना सशस्त्र संघर्Èद्वारा नया“ जनवादी क्रान्ति पुरा गरी समाजवादमा जाने भन्ने थियो ।
मेरो जमानामा राण्ाँ शासन ढल्यो, राजतन्त्र ढल्यो, गण्ँतन्त्र आयो, राजा पनि ढल्यो । तर सामन्तवादको अवशेÈ बा“की छ । नोकरशाही पु“जीपति र दलाल पु“जीपतिको बोलवाला भने चल्यो ।
     राष्ट्रिय पु“जीपति विस्तारै अघि बढ्दै आइरहेको छ । बलियो भएको छैन । वास्तवमा गएर माक्र्सबादमा आधारित द्धन्दात्मक भौतिकवादमा रही सर्वहारा वर्गको वर्गसंघर्Èलाई लिएर अगाडि बढ्ने मात्रै कम्युनिष्ट पार्टी हो । नाम मात्रको कम्युनिष्ट पार्टी भयो भने बिलाएर जान्छ । यहा“ सामन्तवाद अझै बा“की छ । त्यसलाई संघर्Èद्धारा नियन्त्रण्ँ गुर्नपर्छ र राष्ट्रियता सुदृढ गर्नुपर्छ । माक्सवाद विज्ञान हो । यो न चीनको जस्तो हुन्छ, न रुसको जस्तो हुन्छ । यो त देशको परिस्थिति अनुसार आङ्खनै हुन्छ नि । न यहा“ दीर्घकालीन जनयुद्ध हुन्छ अब । पु“जीवादी जनवादी क्रान्ति पुरा गरी समाजवादमा पुग्नुपर्छ ।
  • कम्युनिष्ट पार्टीहरु फुटेर लक्ष्य पुरा हुन्छ त ?

   त्यसका लागि जुट्नुपर्छ । तर सबैलाई जनाताले साथ दिएका छैनन् । जनताले साथ नदिइ कसरी कम्युनिष्ट पार्टी हुन्छ ?
  •     केही कम्युनिष्टहरु हतियार उठाउने कुरा गर्दैछन् नि ?
यो बकम्फुस्से कुरा हो । २०६२ र ०६३ मा राजास“ग लड्नु थियो । अब कोस“ग लड्ने ? नाममात्रको कम्युनिष्ट पार्टीलाई के कम्युनिष्ट पार्टी भन्ने ।
    मलाई विश्वास छ कम्युनिष्ट पार्टीको सरकार बन्छ । कम्युनिष्टको नेतृत्वमा तीनवटा सरकार बन्यो केही गल्ती भएकै हो । कटुवाल काण्डमा प्रचण्डले गल्ती गरेकै हो । त्यसरी प्रधानमन्त्री छोड्नुहु“दैन थियो ।
  •     चुनाव हुन्छ जस्तो लाग्छ ?
यो कर्मचारीको सरकार भनुन् वा जे सुकै भनुन् , यसले चुनाव गर्नुपर्छ र चुनाव हुन्छ पनि ।
  •     विवाह किन नगर्नुभएको ?

   कहिले जेल पर्छ, कहिले के हुन्छ, त्यै भएर नगरेको । एकपटक कुरा पनि भएको थियो मेरो ठुलो बुबा बितेको भएर टरेको हो । त्यतिबेला मेरो पछि पछि धेरै केटी लाग्थे । २०१६ सालमा म मेयर हु“दा नर्सहरु त मेरो पछि–पछि लागे । मैले पनि आत्मैदेखि धेरैलाई मन पराए“ तर विवाह भने गर्न सकिएन । 

ईतिहासको अवसान

    
  २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्ने मध्येका बाकीरहेका एक मात्र जीवित नरबहादुर कर्माचार्यको बुधबार विहान निधन भएपछि अब नेपाली कम्युनिष्ट आन्दोलनका जिवित ईतिहासको समेत अवसान भएको छ  ।
       पुष्पलालको नेतृत्वमा नारायण्ँविलास जोशी र निरञ्जन गोविन्द वैद्य र नरवहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठ मिलेर कलकत्ताको श्याम बजारमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । कर्माचार्य जीवनको अन्तिम Ôण्ँसम्म पनि पार्टी, क्रान्ति र परिवर्तनको निम्ति चिन्तित र सक्रिय भैरहनुभयो । पार्टी र क्रान्तिकै हितलाई अघि बढाउने क्रममा आजीवन अविवाहित रहनुभयो ।
    विक्रम सम्बत १९८१ साल कात्तिक १४ गते भाइटीकाका दिन बुबा चन्द्रबहादुर कर्माचार्य र आमा कुमारी कर्माचार्यको कोखबाट जन्मनुभएका कर्माचार्य जीवनको उत्तरार्धमा पनि अत्यन्त सक्रिय हुनुहुन्थ्यो । ८९ वर्Èको उमेरमा काठमाडौंको मोडल अस्पतालमा कर्माचार्यको निधन भएको हो । कम्युनिष्ट पार्टीको स्थापना हुनुभन्दा पहिले उहा“ २००५ सालदेखि प्रजातन्त्र संघमा संलग्न भएर राण्ाँ विरोधी आन्दोलन र मजदुर आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो । यो क्रममा उहा“ जेल पर्नुका साथै निर्वासन हुनुभएको थियो ।
      उहा“ले त्यतिबेला राष्ट्रिय कांग्रेसका नेताहरुलाई मिलाउन भुमिका पनि खेल्नुभयो । उनीहरुबाट देश र जनताको पÔमा केही नहुने रहेछ भन्ने निष्कर्Èमा पुगेर अर्को क्रान्तिकारी पार्टी निर्माण्ँमा लाग्नुभएका कर्माचार्यलाई चिनिया“ क्रान्ति र भारतको तेलङगाना किसान विद्रोहबाट प्रेरित हुनुहुन्थ्यो ।
कम्युनिष्ट पार्टीको गठन पश्चात उहा“ मजदुर संगठनका पनि संस्थापक अध्यÔ हुनुभयो । उहा“ पार्टीले सञ्चालन गरेका विभिन्न राजनीतिक आन्दोलनहरुमा सक्रियतापूर्वक लाग्दै २०१६ सालमा ललितपुर नगरपालिकाको मेयरमा निर्वाचित भएर जिम्मेवारी सम्हाल्नु भयो । उहा“ २०१९ सालमा तेस्रो महाधिवेशनबाट पार्टी केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो ।
त्यसपछि पार्टी फुट र विभाजनको श्रृंखला सुरु भएपछि उहा“ लगायत केही साथीहरु स्वतन्त्र भएर कम्युनिष्ट आन्दोलनमा सक्रिय भइरहनुभयो । उहा“ले विभाजित समूहहरुलाई एकीकृत बनाउन निरन्तर पहल र प्रयत्न गरिरहनुभयो । यही क्रममा चौथो महाधिवेशनमा एकताबध भएर केन्द्रीय सदस्य हुनुभयो । एकता केन्द्र निर्माण्ँ हु“दा उहा“ एकता केन्द्र तदर्थ समितिको अध्यÔ समेत हुनुभयो वहां क्यान्सर रोगबाट पीडित कर्माचार्य केही दिनदेखि उपचारत हुनुहुन्थ्यो वहाको २०७० साल ९ गते बुधबार निधन भएको छ  उहांको निधनसंगै नेपाली कम्युनिष्ट आन्दोलनको एउटा जिवित ईतिहासकोपनि साथसाथै निधन भएको छ ।

बलात्कार गर्न खोज्ने को थिए ?

                        बेलबारी कालोमोसो प्रकरण
   धरान  ।  दलित महिलालाइ कुटपीटगरी कालोमोसो तथा जुत्ताको माला लगाईदिएको बेलबारी घटनाले सर्वत्र चर्चा पाएपनि घटनाका मुख्य दोषी अहिले सम्म पहिचान हुन सकेको छैन ।
        कामबाट घर फर्कने क्रममा माया सार्कि माथि बलत्कारको प्रयास गरेका थिए घटना राती भएकाले मायांले पहिचान गर्न नसकेपनि उनको आशंका जिवन भेटवालमाथी थियो तर स्थानिय र जिवनका आफन्तले जिवनलाई अनावश्यक फसाउन खोजेको भन्दै  मायांलाई कुटपीट, कालोमोसो तथा जुत्ताको माला लगाईदिएका थिए ।
  बेलबारी घटनालाई मानव सभ्यताको वर्वर अपराध भनिएको छ तर अहिले सम्म पनि मुख्य अपराधिको पहिचान हुन नसक्नु दुखलाग्दो घटनाकारुपमा लिईएको छ । माया सार्किले  ७ गते पाएको  कालोमोसोको पिडाको पिडाकै कारण यतिखेर गाउबाटै बिस्थापित  हुनुप¥र्यो । उनि मात्र नभएर मायालाइ  सघाएको भन्दै स्थानिय पत्रकार मनोज बिश्वकर्मालाइ पनि कुटपिट गर्दे कालोमोसो लगाइयो । बलत्कार गर्न खाज्ने ब्यक्तिको पहिचान गरि कार्वाहि गर्नुको सट्टा आफु माथि झुटो आरोप लगाएको भन्दै पिडित महिलामाथि कालोमोसो दलेर झन पिडा थप्ने काम ग¥र्यो । यतिखेर यो  घटनाले  राष्ट्रिय तथा अन्तराष्ट्रियको समेत ध्यान तानिरहेकोछ ।
    पुर्ब क्षेत्रिय प्रहरी कार्यलय बिराटनगरले समेत घटनाका बारेमा  अनुशन्धान गर्नका लागि क्षेत्रिय स्तरको  एसपि शेखर कोइरालाको संयोजकत्वमा ३ सदस्सिय छानबिन समिति समेत बनाएको छ ।  प्रहरी प्रशाशनकै कमजोरीका कारण घटना थप बढीरहेकोछ । प्रहरीकै महिला आयोगकी प्रमुख डि आइजि बिमला थापा सहितको टोलि समेत घटनाका बारेमा अनुशनधान गर्नका लागि घटनास्थल आइपुगेको छ ।  उनले घटनाका दोषिहरुलाई कार्वाहि भएरै छाडने दाबि गरिन ।  ” अघिल्लो दिन भएको घटनालाइ प्रहरीले गम्भिरताका साथ लिएको भए घटनाले यस्तो रुप लिदैन थियो” डि आइजि थापाले भनिन ।
     प्रहरीले घटनामा सलग्न भएका मध्ये जीवन भेटवाल र उनकी श्रीमती सेविता, अमित भेटवाल तथा उनकी श्रीमती कमलालाई पक्राउ गरेको छ । यस्तै, अमीतको आमा अम्बिका र जीवनकी आमा चन्द्रकलालाई पक्राउ गररेर कार्वाहि प्रकृया समेत अघि बढाइसकेको छ ।
स्थलगत अध्ययनमै आइपुगेका मानबअधिकार तथा शान्ति समाजका अध्यक्ष तथा पत्रकार पुरुषेत्तम दाहालले घटनालाइ निष्पक्ष छानबिन गरि दोषिलाइ कार्वाहि गर्नुपर्ने कुरामा जोड दिए । दलित नेतृ सुजता परियारले बेलबारी घटनाका दोषिलाइ उन्मुक्ति दिए देशभरका दलितहरु चुप लागेर नबस्ने चेतावनि दिएकी छिन । उनले अझै पनि  छुवाछुत प्रथा कायम रहेका कारण त्यसलाइ पुर्ण रुपमा कार्यान्वयनका लागि घटनाका दोषिहरुलाइ कार्वाहि गर्नुपर्ने माग राखिन । जातिय छुवाछुत ऐन २०६८ (छुवाछुत तथा कसुर ऐन) ले  समेत जुन सकै स्थानमा जुनसकै छुवाछुत जन्य क्रियाकलाप  गरेपनि अपराध हुने भनि परिभाषित गरेको छ । त्यस्ता घटनामा सलग्नलाइ मानबताबिरोधी अपराध घोषणा गरि  २५ हजारदेखि १ लाख सम्म जरिवाना गरि गल्ति अुनसारको सजाय गर्ने ब्यावस्था गरेको छ । तर ऐन ल्याएको २ बर्ष बितिसक्दा पनि दलित छुवाछुत संम्बन्धि मुद्धामा जोडिएका अपराधिहरुलाइ कडा कार्वाहि हुन सकिरहेको देखिदैन । जसको फलस्वरुपमा समाजमा अझैपनि यस्ता किसिमका अमानबिय कार्यहरु भइरहेका छन ।  त्यति हुदा हुदै पनि अघिल्लो दिन पिडित माया सार्किलाइ बलत्कार गर्न खाज्ने ब्यक्तिको बारेमा भने कसैले खोजिको बिषय बनाएको देखिदैन । अत कालोमोसो दल्नेलाइ मात्र होइन अघिल्लो बलत्कारको प्रयास गरि घटनालाइ यहा सम्म ल्याइपु¥याउने त्यो अपरिचित ब्यक्तिलाइ समेत पहिचान गरि कडा कार्वाहि गर्नु आवस्यक देखिन्छ ।

राजावादी र क्रान्तिकारीबीचको दोहोरी


  • बाबुारमले राजासंग सहकार्यको आग्रह गरेका थिए ः थापा
  • थापाले अर्ध–सत्यको सहाराले भ्रम छरे ः भटराई
धरान । पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्नुपर्ने एमाओवादी नेता डा. बाबुराम भट्टराईको अभिव्यक्तिपछि ज्ञानेन्द्रको वकालत गर्दै आएका कमल थापास“ग भटराईको दोहोरी चलेको छ । थापाले भट्टराईलाई राजासहितको प्रजातन्त्र मान्न आग्रह गरेका छन् । भट्टराईले भने सपनामा पनि राजतन्त्र मान्न नसकिने जपवाफ फर्काएका छन् ।
kamal thapa

baburam bhattarai

  • भट्टराईले भनेका थिए  राजा र हामी मिले पछि दलहरु आफै ठेगान लाग्छन्

     धवल शमसेर राण्ाँको नेपालगंज स्थित निवासमा बाबुरामसंग भएको मेरो एकान्त वार्ताको क्रममा उंहाले म संग एक पटक होईन बारम्वार राजा संग सहकार्यको आग्रह गर्नु भएको हो ।  राजा हामीलाई सत्ता हस्तान्तरण्ँ गर्न तयार हुनु हुन्छ कि हुनु हन्न, राजालाई सम्झाई दिनु पर्यो ?  भनि उंहाले गर्नु भएको आग्रह अहिले पनि मेरो मस्तिष्कमा ताजा छ ।

पहाड खसेनछ



जनताको बहुदलिय जनबादका प्रवर्तक कमरेड मदनकुमार भण्डारी भन्नु हुन्थ्यो राजनीतिमा थकान भन्ने शव्दावली हुदै हुदैन । म भण्डारीको अनुयायी भएका नाताले मात्र होईन राजनीतिमा होमीएको एउटा सामान्य मजदुर कार्यकर्ता भएको नाताले पनि मलाई भण्डारीको कथन साच्चै वास्तवीक लाग्छन् । 
    २०५१ सालदेखि अनेरास्ववियूमा सांगठानिक जिवन सुरु गरेको थिए तर त्यो लामो समय टिकेन दैनिक हात मुख जोड्नु पर्ने समस्याले गाडीको ढोका ठटाउने र टिकट च्यात्ने जागीर सुरु गरेपछि मजदुर संगठनको सदस्य चाही बनें संगठनको अनुभव विद्यार्थी संगठनमै भएकाले कमिटीमै रहेर काम चाही गरिन निकै पछि मात्र २०५६ सालदेखि मात्र संगठनको धरान ईकाईमा सदस्य भएर काम गर्न थालें त्यसपछि आजका मितिसम्म संगठनको जिम्मेवारी भन्दा बाहिर बसेको छुईन बरु जिम्मेवारी दोहोरो तेहेरो चाही भएको छ संगठन संगसंगै जिफन्टको कमिटीमा नेकपा एमालेको विभिन्न जिम्मेवारीका भूमिका निर्वाह गरेको छु ।
     संगठनको जिम्मेवारीमा रहदा मजदुरको काम, मुद्धा मामिला, पत्रकारिता, सामाजिक कामको व्यवस्थापनका सन्दर्भमा १८ देखि २० घण्टासम्म काममा लागेको छु त्यो अवधीमा मैले राती भनेको छुईन, घाम, पानी भनेको याद छैन, भोक प्यास नभनी काम गरेको छु । त्यही लगानीको करामत हो आजको यो भीमज्वाला राईको स्थान । सम्झेर ल्याउदा मलाई गर्व लाग्छ मेरो लगनशिलता, ईमान्दारीता, सेवाप्रतिको समर्पणभाव, मजदुर आन्दोलनमा आफ्नो् गच्छे अनुसार एउटा ईटा भएपनि थपौं भन्ने ध्याउन्न, श्रमजीवी वर्गको मुक्तिको सिद्धान्त माक्र्सवाद, लेनिनवादप्रतिको लगाव र मेरी जिवनसंगीनी चन्द्रकला लावतीको साथ र सहयोग एवं परिवारको मप्रतिको विश्वास ।
   थकान भन्ने कुरा मेरो शरिरमा कहिल्यै आएन त्यही त्याग र मेहनतको कारण भन्नु पर्छ संगठनमा अहिलेको मेरो जिम्मेवारी, पार्टीमा मैले हासिल गरेको स्थान । यसो भनिरहदा म आफैलाई प्रश्न सोध्ने गर्छु मजदुरहरुको मुक्तिको आन्दोलन कहां पुग्यो त ? मजदुरहरुको मुक्तिको सपना बोकेको संगठनले सहि अर्थमा मजदुरहरुको आन्दोलनलाई सहि ढंगले नेतृत्व गरिरहेको छ ?
    आफ्नो प्रश्नको उत्तरको खोजीकैलागी मेरा सारा समय खर्च भईरहेका छन् म त्यतै भौतारिदैछु जहां मेरो प्रश्नको समाधान भेटियोस । म प्रतिवद्धता के हो भने मेरो सारा जिवन त्यही समाधानकालागी भौतारिरहनेछ । मलाई थाहा छैन मैले त्यो प्रश्नको उत्तर पाउछु की पाउदीन तर मेरो आत्मविश्वासले भन्छ मेरो जिवनकालमै त्यो सम्भव हुनेछ यदी भएनछभनेपनि मेरो जिवनको अन्तिम सास फेर्दासम्म लागीरहनेछु ।
    तर केही समयदेखि म त्यतिकै अल्छी बन्दैछु एक त औजारको कामको धपेडीपनि हो । कामको चाप भन्दापनि कामको समयका कारणपनि हो थोरै जनशक्ति, पत्रिका स्तरिय बनाउने दायीत्व, राती अबेरसम्मको काम विहान वेलैमा व्युझिन नसक्ने पीडा । विहान अवेला उठेपछि दिनभरी फ्रेस बन्न नसकिने अबस्था । 
 साच्चै भन्ने हो भने केही दिनदेखि कुनै कामपनि फ्रेस भएर गर्न सकिरहेको छईन मैले दुईदिनदेखि त झन नियमित टाउको दुखिरहेकालेपनि आज मैले एउटा कठोर निर्णय गरे आज कार्यालयपनि जान्न, मावाईनपनि स्विच अफ गर्छु र आराम गर्छु । 
 त्यही गरे जेसुकैहोस खाना खाएलगतै औषधी खाए टाउको उठाउनै समस्या थियो सुतें करिव ३ बजे व्युझिए व्युझिदा टाउको हल्का भईरहेको थियो विहानको जस्तो पीडा थिएन । चन्द्राले खाजा र चिया बनाईदिईन् खाएर करिव साढे पांच बजेतिर कार्यालय आएं कार्यालयमै आएर फोन अन गरे सौरभ श्रेष्ठ, अर्जुन जम्नेली, सुक तुम्रोक लगायतका पेन्डिङ एसएमएसहरु आए तर काम केही विग्रीएनछ, पहाड खसेनछ, हावा चल्न छाडेनछ, कुनै त्यस्तो विध्वंश भएनछ ।
  तर म राजनीतिबाट थाकेर वा समस्याबाट भागेर त्यसो गरेको होईन । 
 १० साउन २०७०
औजार कार्यालय धरान
समय ः १२ वजेर ६ मिनट राती