साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

मजदुरलाई सहयोग

क्षयरोग पीडित यातायात मजदुर कुमार जोगीलाई उपचार सहयोग स्वरुप २० हजार ९५ रुपैया सहयोग प्रदान गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव भीमज्वाला राई ।

आकासबाट देखिएको विराटनगरको दृष्य

पछिल्लो समय बिराटनगर विकासको तिव्र गतीतर्फ अग्रसर बन्दै गईरहेको छ

सुन्दर भेडेटार

धनकुटा र सुनसरीको संगमस्थल पर्यटकीयस्थल भेडेटारको दृष्य

विद्यार्थीलाई सम्मान

प्रवेशिका पक्षिामा सर्वोकृष्ट अंक ल्याउने यातायात मजदुरका छोराछोरीहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान ईकाईले सम्मान गर्दै

Pages

थिचोमिचोको एउटा उदाहरण ी

पूर्वी नाका काकडभीट्टास्थित नेपाली भूभागमा भारतीय शहर सिक्कीम, ग्यान्टोक, दार्जिलिङ लगायतका स्थान जान यात्रुको प्रतिक्षामा रहेका लामबद्ध सवारी साधनहरु तस्विर ः कल्पना तुम्रोक

ईतिहास

बिक्रम सम्बत १९७३ मा पहिलो पटक मान्छेमाथी चढेर नेपाल भित्रीएको सवारी, राणा शासकहरुले बेलायतबाट भारत हुदै नेपाल ल्याएको यो सवारी भीमफेदीको बाटो हुदैं काठमाण्डौ भित्र्याएको थियो ।

बाल श्रम उन्मुलन नारा मात्रै

धरान १३ स्थित सर्दु खोला नजिकको सुकुम्बासी वस्तीका एक बालक अभिभावकलाई गिट्टी कुट्न सघाउदै फोटो ः सोहन श्रेष्ठ

सुन्पारी पुग्ने विकल्प ।

भोजपुर र धनकुटाको सिमाना लेगुवा स्थित अरुण नदीमा फेरीको माध्यमबाट सवारी तथा यात्रुहरु आरपार गर्दै, अरुण नदीमा पुल नबन्दा वर्षौदेखि दुर्गम पहाडबासी यसरी नै दुखका साथ नदी तर्दै आउने गरेका छन्

माझी दाई पोखरा फेवा तालको #2380;

पोखरास्थित फेवा तालमा माछा मार्न जाल मिलाउदै डुंगामा एक माझी तस्बिर .ज्वाला

बारा गोली काण्ड र निर्वाचन सुरक्षाको प्रश्न


  • भीमज्वाला राई
  • ......................................................................
     मंसिर ४ गते हुने संविधानसभाको दोस्रो निर्वाचनकालागी बिहिबार देशभरी उत्साहकासाथ उमेद्धवारी दर्ता भएको थियो उमेद्धवारी दर्ताका क्रममा देखिएको देशव्यापी जनलहरको सन्देशले मंसिर ४ मा हुने संविधानसभा चुनाव शान्तिपूण होला भन्ने अनुमान सवैले लगाएका थिए तर त्यसको भोली पल्टै शुक्रबार हिान साढे ११ बजे बारा क्षेत्र नम्बर ४ का उमेद्धवार तथा एमाले नेता महमुद आलममाथि गोली प्रहार भएको छ । यो घटनाले उमेद्धवारहरु त्रसित भएका छन् भने निर्वाचन शान्तिपूर्ण हुन्छ भन्ने कुरामा शंका उत्पन्न भएको छ ।
     मुलतः बैद्य नेतृत्वको माओवादी सहितको ३३ दलिय गठबन्धनले निर्वाचनको विरोध गर्दै आएका थिए । उनीहरुले यो निर्वाचनमा मत होईन बम खस्ने सम्मका चेतावनी दिदै आईरहेका थिए । सवैले अनुमान गरेका थिए निर्वाचनका लागि वास्तविक खतरा ३३ दलीय मोर्चा हुनेछ । उमेद्धवारी मनोनयनको दिन बिहिबार ३३ दल र पूर्वमा मञ्च सम्बध संघिय लिम्बुवान राज्य परिषदले पूर्वका नौ जिल्ला बन्दको घोषणा गरेर निर्वाचन विथोल्ने तयारी गरेका थिए तर निर्वाचनप्रतिको जन लहरले उनीहरुको बन्दलाई निस्तेज बनाईदियो ।
   ति दुवैलाई खतरा सम्झिएका सरकार र दलहरुले बिहिबार सांझ लामो सास फेर्दै अनुमान लगाएका थिए अब चुनावका लागि वातावरण वन्यो खतरा ट¥यो तर परवानीपुरको शुक्रबारको घटनामा भारतीय नम्बर प्लेटको मोटरसाईकलमा आएका अज्ञात व्यक्तिद्धारा गोली प्रहार हुनुले फेरी एक पटक दलहरु र सरकारलाई निर्वाचन सुरक्षा बारे सोच्न बाध्य बनाएको छ । अर्को तर्फ यो गोलीकाण्डमा भारतीय योजना छ भन्ने स्पष्ट भएको छ यसले के देखाउछ भने निर्वाचनको सुरक्षा चुनौती देशमा रहेका विभिन्न शक्तिहरुसंगै विदेशी शक्ति मुलतः भारत पनि हो भन्ने विषय जोडिएको छ भन्ने बुझ्नु आवश्यक छ । 
      आलम गोली काण्डपछि अब निर्वाचनको प्रमुख सुरÔा चुनौती वैद्य नेतृत्वको ३३ दलिय गठबन्धन, लिम्बुवान मात्र रहेन  नेपाल भारत सिमाको लामो दुरी पार गरेर नेपालको भूमिमै आएर यस्ता जघन्य अपराध हुन्छन भने निर्वाचनको सुरक्षा चुनौतीको महत्वपूण विषय र नेपालका लागि खतराको संकेत भारत पनि हो । भारतीय नम्बर भएको सवारीको प्रयोग भएको हत्या प्रयासजस्तो अपराधको दुईदिन वितिसक्दापनि भारतले घटनाको सन्दर्भमा आफ्ना भनाई औपचारिक रुपमा सार्वजनिक गरेको छैन तराईका केही बनीबनाउ नामका संगठनले घटनाको जिम्मेवारी लिएको विज्ञप्ती सार्वजनिक गरेको भएपनि त्यो परिचालित मात्र हो भन्न सकिन्छ । यो गोलीकाण्डको विषयमा भारतले आफुलाई तटस्त राख्न पाउने छैन ।
    महमुद आलममाथीको गोली प्रहार निर्वाचन, उमेद्धवार माथीको सुरक्षाको चुनौती त हुदै हो अझै सवैभन्दा बढी एमालेमाथीको प्रहार पनि हो । किन भने त्यो क्षेत्र मुस्लिम बहुल क्षेत्र भएको र एमालेको राम्रो प्रभाव रहेको क्षेत्र समेत मानिएकाले आलमलाई सवैले अबको सम्भावित सभासदकारुपमा चित्रण गर्ने गरेका थिए । बिहिबार उमेद्धवारी दर्ताका क्रममा एमालेको पक्षमा आएको जनलहरले एमाले नेपालको पहिलो शक्ति बन्ने कुरा सवैले अनुमान गरिसकेको र मधेशी जनता समेत एमालेको पक्षमा उर्लीएकाले यो घटना एमालेको विरुद्ध सुनियोजित रहेको एमाले प्रचार विभाग प्रमुख तथा एमाले नेता प्रदिप ज्ञवालीले शुक्रबारै विज्ञप्ती मार्फत बताई सकेका छन् ।  
      नेपालमा भारतविरोधी आतंकवादीहरुले प्रश्रय लिएको बताउ“दै हि“ड्ने भारतीय अधिकारीले आङ्खनो मुलुकलाई अपराधीको सेल्टर बनाएको छन् यो सर्वथा अमिल्दो विषय हो । नेपालका राजनीतिक दलहरु चैत्रमा चुनाव गर्ने मानसिकतामा थिए त्यसको एउटै आसय थियो त्यो समयसम्म वैद्य लगायतका विद्रोही दलहरुलाई पनि निर्वाचनमा सहभागी गराउन वैद्य पÔलाई सहमतिमा ल्याएर चैत्रमा चुनाव गर्ने तयारीमा थियो नेपाल तर भारतले नै जसरी पनि तोकिएकै समयमा निर्वाचन गराउनु भन्ने दवाव दिएका थिए । आलमलाई भारत विरोधी गतीविधि गर्ने गरेको आरोप यस अघिपनि लगाउदै आएका छन् तर उनले यस अघिपनि यो आरोपको खण्डन गरिसकेका छन् । यसको अर्थ यो पनि हो कि भारतको मिचाहा र हस्तक्षेपकारी गतिविधिको महमुद आलमले जहिल्यै विरोध गर्दै आएका थिए त्यो स्वाभीमानी उनको स्वभाव भारतका लागि पाच्य हुनै कुरै थिएन त्यसैको प्रतिफल थियो गोली काण्डको भारतीय योजना ।
      गोलीकाण्ड पछि तथ्यलाई विषयान्तर गर्दै अहिले जसरी उनको आन्तरिक जिवनको बारेमा र उनको आर्थिक प्रगति र एमाले केन्द्रीय नेतृत्व तहमा पुगेको र मुसलिम ईतेहाद संगठनको केन्द्रीय अध्यक्षको भूमिकाको विषयमा अनर्गल प्रचारहरु गरिएका छन् त्यो पनि भारतीय योजना र चालवाजीकै एउटा षडयन्त्र हो । संविधानसभाको चुनाव नेपालको नितान्त आन्तरिक विषय हो तर भारतले कहिल्यै त्यस्तो हुन दिएन कुनै न कुनै रुपमा उसको हस्तक्षेप रहदै आईरहेको छ नेपालको आन्तरिक मामिलामा हस्तक्षेप र अपराधीक घटनाका योजनालाई अब नेपालले निस्तेज बनाउन आवश्यक छ ।
   नेपाल भारत विरोधी आंतंकबादी गतिविधिको सेल्टर भएको आरोपमा भारतले जहिल्यै नेपाललाई दुख दिदै आईरहेको छ भारतले नेपाली भूमिमै छिरेर अन्तराष्ट्रिय सम्बन्ध र न्यायको सिद्धान्त विपरित मिचाहा व्यवहार देखाएको छ । नेपालले अब सहने र चुपचाप बस्ने सिमालाई तोड्नु जरुरी छ । भारतले आफ्नो भूमिलाई अपराधीको सेल्टर बनाएर नेपालको निर्वाचनलाई भाड्ने काम गरेको यो घटनाले स्पष्ट पारेकोछ   यसबारे भारतीय दूतावासका अधिकारीलाई सिंहदरबार बोलाएर स्पष्टिकरण लिन र फरार अपराधी नेपाललाई बुझाउन अल्टिमेटम सहितको निर्देशन दिन जरुरी छ साथै दिर्घकालिन समस्या समाधानका लागि नेपालले भारतसंगको खुल्ला सिमा र आवत जावतलाई रोक लगाउन जरुरीछ यसो नगर्ने हो भने नेपाल भारतको पञ्जाबाट मुक्त हुने सम्भावना देखिदैन । 
        वैद्य सहितका मोर्चाले निर्वाचन विथोल्न आन्दोलनको कार्यक्रम गर्ने निर्णय गरेका छन् तर सरकार, दलहरु तथा आम जनता पूर्णरुपमा चुनावी मानसिकतामा गईसकेकाले त्यो विरोधका स्वरहरु कमजोर होलान, संघिय लिम्बुवानले शुक्रबार बन्दको आह्वान गरेपनि त्यसलाई पूर्वका जनताले पत्याएनन् २ वजे देखि बन्द भनेपनि यातायात मजदुरहरुले नटेरी सवारी चलाए यसलेपनि असर नपार्ला निर्वाचनलाई र उम्मेद्वारमाथि आक्रमण्ँ गरेपनि राज्यले फौजदारी अभियोगमा उनीहरुमाथि कारवाही चलाउलान तर भारतीय भूमिबाट गरिने यस्ता हिंसात्मक गतिविधिको नियन्त्रण तत्कालको समस्या हो यसको समाधान खोजिनु पर्छ ।
    प्रत्यÔ र समानुपातिक तर्फका हजारौं उमेद्धवारहरु छन्  तर सरकाले सवैलाई व्यक्तिगत रुपमा सुरक्षा गार्ड खटाउन सम्भव हु“दैन । निर्वाचन आयोगले सरकारसंग उमेद्धवारहरुलाई सुरक्षाको माग गरेपनि यो स्थितिमा रेग्मी सरकारले उम्मेदवारको सुरÔा गर्न सक्ने सम्भावना देखिदैन हुनत गृह मन्त्रालयले शुक्रबारै सवै उमेद्धवारहरुलाई सुरक्षा प्रदान गर्ने भनेको छ तर त्यो व्यवहारमा सम्भव कति हुनसक्छ विचार पु¥याउन आवश्यक छ ।  निर्वाचनको विरुद्धमा वैद्यहरु लागेका भएपनि उनीहरुले उमेद्धवारहरुलाई गोली ठोकिहाल्ने उदघोष गरेका छैनन् तर वैद्यलाई निर्वाचनमा ल्याउन सकारात्मक हुन नसकेको भारतले आफ्नै भूमिबाट नेपालमा हुन लागेको निर्वाचनका उमेद्धवारलाई गोली प्रहार गन अपराधीलाई पक्राउ गर्ने विषयमा चुसम्मपनि बोल्दैन भने घटनाबारे दुख सम्म व्यक्त गर्दैन भने भारत नेपाललाई कसरी ध्वस्त बनाउन चाहान्छ भन्ने स्पष्ट भएको छ । 
   यो अवस्थामा स्वदेशी र विदेशी दुबै स्थानबाट निर्वाचनमा हुने सुरक्षा चुनौतीबारे गम्भिर हुन जरुरी छ । निर्वाचनको समय नजिकिदै छ भारतको भूमिका के हो भन्ने अब कसैसंग लुकेको छैन । अबको खतरा कोबाट छ र निर्वाचनका समय कहांबाट असुरक्षा हुन्छ भन्ने नेपाल सरकार र दलहरुले बुझ्न आवश्यक छ ।  उमेद्धवारी दर्ताकै दिन पनि सिमावर्ती जिल्लाका सदरमुकामहरुका निवाृचन आयोगका कार्यालयहरुमा खुलेआम भारतीय नम्बर प्लेटका गाडीहरु धुलो उडाउदै दौडिएको दृष्य देखिएको छ । त्यो दृष्यले चुनाव नेपालमा लागेको होकी भारतलाई अनुमान लगाउन कठिन थियो । किन दौडिरहेका थिए भारतीय छदमभेसीहरु नेपालको निर्वाचन आयोगको कार्यालयमा ? कसले बोलाएका थिए तिनीहरुलाई ? प्रश्न गम्भिर छन् तर नेपाल सरकार र दलहरुले त्यसको हेक्का राखेका छन् कि छैनन यदी गम्भिर नबन्ने हो भने मंसिर ४ सम्म सिमा क्षेत्रमा आलम जस्ता थुप्रै उमेद्धवारहरुमाथी गोली नपड्केला भन्न सकिन्न ।
      अब सरकार र दलहरुले चुनावको तयारी मात्रै गरेर पुग्दैन सुरक्षा चुनौतीको हिसावले जोखिम मानिदै आएका भारतसंग सिमा जोडिएका जिल्लाहरुलाई तत्काल नाकाबन्दी गर्नु पर्छ । तत्कालका लागि सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा लगायतका जिल्लाका नाकाहरुलाई नाकाबन्दी गर्नु पर्छ अन्यथा यो अवस्थामा चुनाव गर्नु अथवा चुनावमा जानु भनेको जानीजानी भुंग्रोमा हामफाल्नु जस्तै हो । विचार नपु¥याई एकोहोरो चुनावी रटानले दल, सरकार असफल हुनेनैछन् संगसंगै नेपाललाई नै असफल राष्ट्र बनाउने भारतीय योजना सफल हुने निश्चित हुनेछ ।




सुर्यलाई हत्केलाले छेक्न नखोज


शव्द रचना ः भीमज्वाला राई
संगित  ः अशोक राई
स्वर    ः सञ्जय तुम्रोक
...........................................
सुर्यलाई हत्केलाले छेक्न नखोज
एमालेलाई अरुसंग जोख्न नखोज
एमालेको सुर्य झलल
एमालेलाई छेक्ने कोछर

सुर्यको प्रकासले हुन्छ झलmल
विकास हुन्छ देश बन्छ हट्नेछ अलमल
सवैको पहिचान हुने बन्छ संघियता
सवै मिलीजुलि बस्ने राष्ट्रिय एकता
एमालेको सुर्य झलल
एमालेलाई छेक्ने कोछर

मजदुर, किसान, सुकुम्बासी गरिवलाई मायां गर्ने
सवै जाती, भाषा, धर्म, सस्कृतिलाई सम्मान गर्ने
कायम गर्न सामाजिक सद्भाव र भातृत्व
एमालेको नीति एमालेकै नेतृत्व
एमालेको सुर्य झलल
एमालेलाई छेक्ने कोछर

मजदुरको पार्टीले मजदुरलाई बिस्र्यो


धरान । मजदुर किसानको पार्टी भएको दावी गर्ने नेकपा एमालेले दोस्रो संविधानसभा निर्वाचनमा मजदुरहरुलाई पाखा लगाएको मजदुरहरुले गुनासो गरेका छन् ।
     कोशी अञ्चलमा रहेको २२ वटा निर्वाचन क्षेत्रहरु मध्ये कुनै पनि निर्वाचन क्षेत्रमा मजदुरहरुलाई एमालेले उमेद्धवार बनाएनन् । नेतृत्वले एमाले सर्वहारा मजदुरहरुको पार्टी भने पनि व्यवहारमा त्यस्तो नदेखिएको नेपाल टे«ड युनियन महासंघ जिफन्ट कोशीका अध्यक्ष कुलवहादुर खत्रीले बताए ।
   मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा पुजन निरौलाको नाम शिफारिस भएको छ तर महिलालाई ३३ प्रतिशत प्रतिनिधित्व पुर्याउन अनिवार्य महिला राखिनु पर्ने बाध्यताले मात्र हो अध्यक्ष खत्रीले भने । मजदुर तथा भूमिहिन सुकुम्बासीहरुको मत निर्णायक हुने भएपनि मजदुरहरुलाई  पार्टीले व्यवास्ता गरेको पाईयो उनले भने ।
   जित्ने सम्भावना भएका मजदुर नेताहरुलाई समेत पार्टीले पाखा लगाएर समानुपातिक तर्फ मात्र नाम शिफारिस गरेको छ । समानुपातिक तर्फ भने सुनसरीबाट भीम राई ज्वाला, ओम कोईराला, रमेश विष्ठ, अमला श्रेष्ठ, भूमिनारायण चौधरी, हरी राई तथा लामो समय मजदुर आन्दोलनमा लागेका नेपाल यातायात मजदुर संगठनका पूर्व केन्द्रीय अध्यक्ष मोतीराज सुनुवार लगायतको नाम शिफारिस भएको छ ।
    त्यस्तै मोरङबाट धर्मानन्द संजेल, कुलवहादुर खत्री, मुरारी भटराई, अरुणा थापा, खडानन्द रिजाल, मनोज मगर लगायतको नाम सिफारिस भएको छ त्यस्तै संखुवासभाबाट सिता दाहालको नाम शिफारिस भएको छ ।
     त्यसैगरी झापा जिल्लाबाट राजिव घिमिरे, सन्त राई, सुकमति देवान, विमला बिक, श्रीमननारायण पौडेल, गोलसिंह ताजपुरीया र खगमायां गजुरेल लगायतको नाम समानुपातिक तर्फ शिफासि भएको छ ।
   त्यस्तै सप्तरीका कृषि मजदुर बिन्दी रामको समानुपातीक  र उदयपुर २ नम्बर क्षेत्रबाट पत्यक्ष तर्फ महिलाकोटामा मायां भण्डारीको नाम शिफारिस भएको नेपाल टेड युनियन महासंघ सगरमाथा अध्यक्ष त्रिविक्रम ज्ञवालीले बताए । उनले भने पार्टीप्रति हामी प्रतिबद्ध छौ तर मजदुर संगठनमा गरेको कामलाई पनि पार्टी काम हो भन्ने हिसावले पार्टीले मुल्याङन गर्न नसकेको हो की भन्ने हामीले अनुभूत गरेका छौं ।
    त्यस्तै लामो मजदुर राजनीति गरेका जनकपुरका रामनरेश सिंहको नाम समेत समानुपातिक तर्फ मात्र शिफारिस गरेकोमा जिफन्टले गुनासो गरेको छ । नेकपा एमालेको जन संगठन तथा पार्टिको मजदुर फांटको काम गरिरहेको जिफन्टमा आबद्ध २९ बटा घटकबाट सदस्य बनेका करिव ४ लाख मजदुरहरुले देशैभरीबाट कतैबाटपनि प्रत्येक्षबाट उमेद्धवारी पाएका छैनन् ।
  एमालेले मजदुरहरुलाई हरेक क्षेत्रमा दश प्रतिशत मजदुरहरुको सहभागीता गराउने भने पनि क्षेत्रमा राम्रो प्रभाव भएका नेताहरुलाई समेत पार्टीले विभिन्न कारण देखाएर मजदुर नेताहरुलाई पाखा लगाएको मजदुर नेताहरुले बताएका छन् ।

खलासी सपना


       











भीमज्वाला राई
.....................................................................
ड्राईभरको लात्ती खा“ए
गाडी मालिकको “भातमारा” भनि मागें
ढोकाको जागीर गाली, धम्किी र कुटाई
धेरैचोटी खांए
दुनियांको पाईतालाले ल्याएको
धुलो बढारे
फोहर सोहोरें
मेरा लागी
गाडी घर थियो
गाडीका सिट बिस्तरा
अल्छी गरिन
कालो मैलो भनिन
घामपानी, रातसांझ
भोकप्यास केही भनिन
सम्झिएर सपना
एक दिन म पनि ड्राईभर बन्छु
ड्राईभर — नाईट बसको ड्राईभर

         

डकर्मी


            










  भीमज्वाला राई
....................................................................................................
जिवनभरी
बुनिरह्यो रडको जाली
ठड्याईरह्यो ईटाको पर्खाल
निर्मांण ग¥यो भव्य महल
रच्यो सुन्दर सहर
आंधीहुरी, घामपानी ओतीने सपना
अधुरै छाडेर
मृत्यु पर्खिरहेछन्
डकर्मी, सुकुम्बासी छाप्रोमा

गजल










भीमज्वाला राई
भन्दै नभनेको कुरा तिम्ले सुन्यौं होला
म आउदा रिसाउदै ढोका थुन्यौं होला ।

कुरा लाउने धेरै छन् फुटाउनलाई
वैरीका झुठा कुरा मनमा उन्यौ होला ।।

हावा कुरा पछि लाग्यौ सत्य लत्याएर
महलकी रानी हुने सपना बुन्यौ होला ।।।

टालिदैन फाटेको मन जती सिए पनि
टाल्छु भन्दै कच्चा धागो लिई तुन्यौ होला ।।।

ज्वाला जस्ता शुभेच्छुलाई चटक्कै छाडेर
सदा सदा रुने बाटो तिम्ले चुन्यौ होला
।।।


म के गरौं ?


             भीमज्वाला राई
बसन्त ऋतु
चोमोलुङमा पग्लीएर
बगीरहेको हिम नदी
सुसाउदै साउती मार्छ
अब तिम्रो बस्त्र उतार
आऊ † पौडि खेल
आफुलाई शितल बनाऊ

भूल



               भीमज्वाला राई
दिनभरी
पञ्चर टायर गुडाएर
घर फर्कदै गर्दा
सांझको आंखा छलेर
बाटो छेउको भट्टी छिर्छु
दुई गिलास लोकल तन्काउछु
स्वास्नी अलमल्याउन
अदुवा टोकेर जिब्रो पड्काउछु
यसै गरि थुप्रै वर्षहरु
स्वास्नी अल्मल्याएकै थिए
एक दिन
 अस्पताल पु¥याईएं
कलेजो
फोक्सो
मृगौला, आदी ईत्यादी
सबै काम नलाग्ने भएछ
 प्रिस्केप्शन हेरेपछि थाहा भयो
स्वास्नीलाई अलमल्याउदै आएको मैले
त्यो दिन
अस्पतालका डाक्टर र मेशिनलाई 
अलमल्याउन सकिन
मृत्यु समय तोकिएको
रिपोर्ट हेरें
रोएं, कराए, आफैलाई धिकारें
अब 
पश्चातापमा जल्नुको कुनै अर्थ थिएन ।




यातायात मजदुर

यातायात मजदुर
हामी यातायात मजदुर
सवैलाई गणतव्यमा पु¥याउने धर्म
पाखुरीमा अडेकोछ हाम्रो सारा कर्म
समाजले बुझ्नु पर्छ मजदुरको मर्म
कहिलेकाही कठोर बन्छौं समयमा नर्म
यातायात मजदुर
हामी यातायात मजदुर
चाहिदैन दया, मांया सम्मान भए पुग्छ
आन्दोलनको तापसामु सगरमाथा झुक्छ
पसिनाको मुल सुके सागरपनि सुक्छ
बन्धन जती कसेपनि एक दिन फुक्छ
यातायात मजदुर
हामी यातायात मजदुर
         ......धरान ......

झण्डाको गित


नेपाल यातायात स्वतन्त्र मजदुर संगठन
यो रातो झण्डा क्रान्तिको शान
हथौडी रेन्ची हाम्रो पहिचान
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन

मजदुर मुक्ति संघर्षका हामी हिमायती
फहराउछौं यो झण्डालाई हिमाल भन्दा माथी
संघर्षशिल विरासतलाई गल्न दिने छैनौ
चन्द्र सुर्य रहेसम्म ढल्न दिने छैनौं
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन

सहदैनौं अन्याय हामी समानताका पक्षपाती
स्वाभीमानको रक्षा गर्न पर्खाल हाम्रो छाती
चांदनी, दोधारा र मेची दुख्न दिन्नौं
सगरमाथाको उचाई र जंगे घट्न दिन्नौं
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन
 भीमज्वाला राई
२०६९ कार्तीक ९, धरान
 

राजनीति


  •               भीम राई ज्वाला

 








भागिरहेछ
एउटा भिड
तर्किएर पर पर
राजनीतिसंग

राजनीति
नागरिक अधिकार, शान्ति सुरक्षा प्रत्याभूत गर्ने नीति
राज्य सञ्चालन विधि बनाउने
राष्ट्रिय, अन्तर्राष्ट्रिय सम्बन्ध निर्धारण गर्ने नीति

राजनीति
सत्ता, शक्ति र सम्पति केन्द्रीत भएपछि
समय
नीतिपरायणहरु
खोजिरहेछ

राजनीति
एउटै पार्टी गुट गुटमा विभाजित छ
एउटै झण्डामुनी नीति विभाजित छ
एउटै विचार भित्र व्यवहार फरक छ
एउटै सिद्धान्तको परिभाषा आ आफ्नै छ

विषाक्त बनाईदैछ
राजनीति
अराजकहरुको भिड बन्दैगईरहेकोछ

युगलाई
राजनीति फोहोरी खेल होईन
बुझाउनुछ

समय
अर्को माक्र्स
एंगेल्स
लेनिन
स्टालिन
माओ
हो चि मिन्ह
र मण्डेलाहरु
खोजिरहेछ

सडकमा मनपरि पैसा असुली

काठमाण्डौं । मुग्ली¨हुदै राजधानी प्रवेश गर्ने तथा राजधानीबाट मुग्ली¨हुदै जाने सवारी साधनहरुबाट सडक उपभोक्ता दस्तुर भन्दै पैसा असुलिरहेको भएपनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय बेखबर देखिएको छ ।
     नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रस्तुत गरेको २७ सुत्रिय माग पत्रका सम्बन्धमा मन्त्रालयले विहिबार आयोजना गरेको छलफलमा यातायात मजदुरहरुबाट सडकमा विभिन्न बहाना बनाएर रकम असुल गर्ने गरेको तथ्य प्रस्तुत गर्दै मुग्ली¨ नागढु¨ा सडक खण्डमा दुई स्थानमा प्रत्येक सवारी साधनहरुबाट रकम असुल्ने गरेको रसिद संगठनले प्रस्तुत गरेका भएपनि मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले यसबारे आफुहरुलाई जानकारी नभएको बताए ।
   सडक बोर्ड नेपालले सबारी साधनमा लगाईएको सडक उपभोग दस्तुर भन्दै प्रत्येक सवारीबाट रकम असुल्ने गरेको छ । सडक विभाग डिभिजन सरकारी कार्यालय भरतपुरले राजधानी प्रवेश गर्ने सवारीबाट धादिंङको माझिमटार र राजधानीबाट जाने सवारीहरुबाट धार्केमा रकम संकलन केन्द्र राखेर पैसा असुल्दै आईरहेको छ ।
  साना सवारीबाट रुपैया २५ र ठुला सवारीबाट रुपैया ३५ असुल्दै आईरहेको छ । आउदा जादा दुईतर्फि पैसा तिर्छौ किन तिरेकाछौ भन्ने थाहा नभएको बाग्लुङ काठमाण्डौ रुटको रात्री सेवाका चालक धनवहादुर मगरले बताए । संकलन केन्द्रमा कपाल झ्याप्ले, कुन्डलेहरु हुन्छन सोध्ने कुरै भएन भारतीय सवारीहरुबाट झन अझ धेरै पैसा असुल्ने गरेको ति चालकले बताए ।
    रसिद मन्त्रालयलाई दिएका छौं सचिवले यो बेठिक हो भनेका छन् रोकिने आशामा छौ संगठनका अध्यक्ष राजिव घिमिरेले बताए । सडक उपभोग दस्तुरका नाममा रकम असुलि गरेको भएपनि मुग्ली¨देखि नागढु¨ा सडकखण्ड जिर्ण बनेको त्यसको मर्मतमा कुनै चासो नदेखाईएको घिमिरेले बताए । हामीले सम्बन्धीत ठाउमा कुरा पु¥याएकाछौं सडकमा अनावश्यक मजदुरहरुलाई दुखदिने काम रोकियोस भन्ने चाहान्छौं ।

यातायात मजदुरको मागप्रति मन्त्रालयको चासो

काठमाण्डौं । यातायात मजदुरहरुको समस्या, सडक तथा यातायात क्षेत्रमा बढ्दै गईरहेको अराजकतालाई समाधान सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय गम्भिरता देखाएको छ ।
    नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रस्तुत गरेको २७ सुत्रिय मागबारे विहिबार मन्त्रालयमा भएको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले संगठनले राखेका मागहरुबारे मन्त्रालय गम्भिर भएको जनाएको हो ।
   यातायात मजदुरहरुको ज्याला बृद्धि तथा निर्धारण, देशभरीका यातायात मजदुरहरुको लगत संकलन, सडकमा हुने गुणडागर्दी, विभिन्न वहानामा मजदुरबाट रकम असुली, ट्राफिक प्रहरीको ज्यादती, सवारी ऐन २०४९ को संशोधन, तथा विमा रकममा दायरा बढाउने र कमजोरीहरुलाई सुधार गर्ने लगायतका विषयमा संगठनले प्रस्तुत गरेको मागका विषयमा प्रकृया थाल्न मन्त्रालयकै सिनियर डिभिजन ईन्जीनिएर नविनकुमार पोख्रेललाई जिम्मा दिएको छ । मन्त्रालयको चासोप्रति हामी सकारात्मक छौं सचिव ज्युले गम्भिरता प्रस्तुत गर्नु भएको छ तर हामी निर्णायक छलफल र कार्यान्वयन नभएसम्म विश्वस्त हुनेछैनौ संगठनका केन्द्रीय अध्यक्ष राजिव घिमिरेले बताए । 
      सरोकारवाला सवैको परामर्शमा आवश्यक काम सम्पन्न गरि आउदो भदौ अन्तिमको छलफलले समस्याको किनारा लगाईने सचिव सिटौलाले जानकारी गराए । हाम्रो मन्त्रालय मात्र नभएर कतिपय सामाजिक सुरक्षासंग जोडिएका विष्याहरु छन् कतिपय गृह मन्त्रालयसंग जोडिएका विषयहरु भएकाले त्यसलाई व्यवस्थापन गर्दै मुर्तरुप दिन मन्त्रालयका सिनियर डिभिजन ईन्जीनीएर नविनकुमार पोख्रेललाई जिम्मा दिईएको सचिव सिटौलाले बताए ।
  सचिव सिटौलाले यातायात मजदुरहरुमाथी ट्राफिकको ज्यादती पछिल्लो समय बढेको भन्ने चौतर्फि गुनासोहरु आएकाले समस्या समाधानका लागी छुटै कमिटी बनेको छ त्यसको प्रतिवेदनपछि त्यो समस्याको किनारा लाग्ने बताए । सवारी ऐन संशोधनको काम प्रारम्भ भईसकेको, सडकमा बन्द हड्ताल जस्ता असोभनिय कामलाई नियन्त्रण गर्न मन्त्रालयले सवैको परामर्शमा नीतिगत निर्णहरु गर्ने स्पष्ट पारे ।
  संगठनले २०६७ चैत्र १६ गते नै मन्त्रालयसमक्ष २७ सुत्रिय माग पत्र प्रस्तुत गरेृका थिए । तोकिएको समयमा हाम्रा मागहरुलाई सम्बोधन नगरिए यातायात मजदुरहरु अब पर्खिएर बस्न नसक्ने अध्यक्ष घिमिरेले बताए । छलफलमा संगठनका सचिवहरु मायां वेगा, शम्भुप्रसाद नेपाल र भीमज्वाला राई सहभागी थिए भने मन्त्रालयका तर्फबाट सचिव सिटौला, मन्त्रालयका सिडिई पोख्रल, मेकानिकल इृन्जीनीएर बासुदेव पोख्रेल लगायतका सहभागी थिए ।

हामी के गरिरहेका छौ ?

      
   भीम राई ज्वाला...........................
आउदो मंसिर ४ गते सविधानसभाको दोस्रो निर्वाचनको समय तोकिएकोछ । यदी तोकिसकिएको समयमा संविधानसभाको निर्वाचन हुन सकेन भने के हुन्छ ? यस विषयमा नेपाली जनताका प्रतिनिधिका नाताले राजनीतिक दलहरुलाई अलिक धेरै जानकारी हुनु पर्छ ।  साचो अर्थमा अहिले दलहरु सत्ता पक्ष र प्रतिपक्षको दुई ध्रुवमा विभक्त छन् । संविधानसभा नहुदा देशले भाग्नु पर्ने परिणामका बारेमा राम्रो जानकार यीनीहरुनै हुन् तर जो छ सत्ता पक्ष र प्रतिपक्षको भूमिका त्यो भूमिका कारण आ आफ्नो अडानबाट पछि हट्न नसक्ने, एक कदम पछि हटिए राजनीतिक ईमान र जात जाने डरले टसको मस भएका छैनन् । राजनीतिक ईमानको नाममा घांटीमा फन्को मारिएको डोरीलाई दुईतिरबाट बेस्कन तानिरहेकाछौं ।
       बैद्य नेतृत्वको माओवादीले नेतृत्व गरिरहेको ३३ दलिय मोर्चा लामो समयदेखि संविधानसभाको निर्वाचनको कुरै सुन्न चाहिरहेका छैनन् । ३३ दलहरु सम्मिलित मोर्चाले निर्वाचनको किन विरोध गरेका होलान् यो सवैको प्रश्न हो उनीहरुतिर । कुनै दल एमाओवादीबाट टुक्रिएर बनेको पार्टी छन्, कुनै दल नेकपा एमाले बाट चोईटीएर बनेका छन्, कोही मधेशी मोर्चासंग बाउठीएर छुट्टीएका छन् अब आफु चोईटीएर आएका दलहरुले निर्वाचन गर्नु पर्छ भनेपछि त्यसको खुलेरै विरोध गर्नु पर्ने बाध्यता मोर्चाको हो भन्ने देखिन्छ । यी दलहरुको यो गतिविधि नियाल्दा नेपाली उखान झै सौताको रिसले पोईको काख बिगार्ने भने झै देखिएको छ ।
    दलिय गठबन्धनले गरेका काम असंवैधानिक होलान्, ३३ दलहरुले भने झै  २०६९ चैत्र १ गते गरिएको २५ बुदें आदेश गैर न्यायीक होलान्, दलहरुले गरेको एकता राजनीतिक सिण्डिकेट नै भयो होला तर त्यो राजनीतिक प्रवृतिको विरुद्धको मुद्धा हो त्यसलाई दलिय हिसावले न्युनिकरण गर्ने उपायको खोजी गर्नसक्दा राम्रो हुन्थ्यो होला । ती राजनीतिक एजेण्डालाई दलहरुसंगको असन्तुष्टिलाई संविधानसभा हुननदिने विषयमा जोड्नु सान्दर्भीक देखिन्न । संविधानसभाको विषय दलहरुसंग मात्र भन्दापनि आम जनतासंग जोडिएको विषय हो नेपाली जनताको सदियौंदेखिको सपना गासिएको गणतव्य हो । त्यसलाई नै प्रभावित गछौं हुनदिन्नौं अथवा बहिष्कार गछौं भन्नु सर्वथा गलत विषय हो ।
       अहिले ३३ दलिय मोर्चा नामको कोकोहोलोले तोकिएको समयमा संविधानसभाको निर्वाचन होलाकी नहोला भन्ने दुविधा उत्पन्न भएको छ । तर के बुझ्न जरुरी छ भने उनीहरुको मागको उठान सहि होकी होईन भन्ने जनता नजिकबाटै अध्धयन गरिरहेका छन् । सरकारले हामी सेना लगाएरै भएपनि हामी चुनाव गछौं भन्दा पनि जनताले त्यो सरकारी उर्दी र धम्कि सहि होईन भनेका थिए । एमाओवादीले वाईसिएल परिचालन गरेरै भएपनि चुनाव गराउछौं भन्दा पनि एमाओवादीको सनकी र जंगली समयको अन्त्य भईसकेको खुलेर अभिव्यक्त गरेका थिए । तर ३३ दलीय मोर्चाले पनि अब हामीले जेगर्दा र जे भन्दापनि हुन्छ भन्ने नठान्दा हुन्छ । जनताको चेतनास्तरले कुनैपनि असान्दर्भिक धम्कि र दग्याईलाई माफी दिने छैनन् ।
      श्रावण २२ गते मंगलबार ३३ दलिय मोर्चाले राजनीतिक समितिस“ग १८ बुदे प्रस्ताव प्रस्तुत गरिसकेकोछ । मोर्चाले २५ बु“दे बाधा अड्काउ फुकाउ आदेश खारेजी, संयुक्त सरकर गठन, पूणर््ँ समानुपातिक निर्वाचन प्रण्ाँली, नेपाल र भारतबीच भएको असमान सन्धिसम्झौता खारेज, नागरिकता ऐन संशोधन लगायतका विषयहरु उठान गरेका छन् विषयहरु कतिपय अवस्था सहि भएपनि राष्ट्रिय सवालभन्दा राजनीतिक शाख बृद्धिको विषयलाई केन्द्रीत गरेको देखिएको छ । छलफलबाट समेत पन्छीएपनि सरकारले पुन छलफलमा बोलाएको छ । अब फेरीपनि यो या त्यो अर्थमा निर्वाचनबाट पन्छिने बाधा अवरोध कायमै राख्ने हो भने सांचो अर्थमा त्यो हर्कतले रुपमा संविधानसभाको निर्वाचनको  विरोध भएपनि सारमा देशको परिवर्तनप्रतिको एउटा प्रकृया र विकासको विरोध हुनेछ ।
   २४ श्रावण २०७०
 समय ः राती ११÷ ३६
औजार दैनिक कार्यालय 
   

दिल्ली दौडका प्रतियोगीहरुको नाममा



भीम राई ज्वाला...................

    दिल्ली दौडको पछिल्ला प्रतियोगी बनेका छन् नेपाली कांग्रेसका सभापति सुशील कोइराला । उनी आईतबार दिल्ली यात्रामा निस्किएकाछन् यो दौडको श्रृखलामा एमाओवादीका अध्यक्ष प्रचण्ड, काग्रेसकै बरिष्ठ नेता शेरबहादुर देउवा र एमालेका बरिष्ठ नेता माधव नेपाल दौड पुरा गरिसकेका छन् बैशाख दोस्रो साताबाट प्रचण्डबाट सुरु भएको दौडमा शुशिल चौथौं प्रतियोगी बनेका छन् ।
     दोड एकसाथ छैन फरक फरक छ नतिजा कस्तो आउछ र कसको पक्षमा आउछ यसै भन्न सकिन्न तर नेपाली जनताले सातदेखि बुझ्दै आएको कुरा के हो भने परिणाम नेपाल र नेपाली जनताको पक्षमा हुनेछैन नेपालको स्वाधिनता र राष्ट्रिय अखण्डताका पक्षमा हुने छैन । नेपाल र नेपालीको अहितमा हुने त्यही कुटिल प्रतियोगीतामा नेपालका राजनीतिक दलका नेताहरुले दिल्लीको उस्तादहरुसामु किनाराका साक्षि बनेर स्विकारोक्तिको हस्ताक्षर धस्काएर आउने गरेका छन् यस पटकको दौडको मकसदपनि त्यही हो ।
      नेपालको तालाचाबी आफ्नो धोतीको फेरोमा पोको पारेर करिव सात दशकदेखि दिल्ली नेपालमाथी हावी भईरहेको छ । सरकार ढाल्नु प¥यो दिल्लीको साथ, सरकार बनाउनु प¥यो दिल्लीको सहयोग, प्रधानमन्त्री – मन्त्री बन्नु बनाउनु प¥यो दिल्लीको समर्थन यहासम्म कि मन्दिरको पुजारी नियुक्त गर्नु पर्दा समेत दिल्लीको स्वार्थ । संविधानसभाको दोस्रो निर्वाचनको मिति नजिकिदैछ निर्वाचन सम्पन्न गर्ने काम राजनीतिक दलहरुको हो तर दिल्लीले के भन्छ ? नेताहरुलाई त्यही चिन्ता छ र त दिल्ली दौडमा छन् क्रमशः सोध्दैछन् प्रभो के गरौं ?
     राष्ट्रियताका सवालमा दलहरु एक भईदिएका थिए भने नेपालको यो दुर्दशा हुने थिएन कमतीमा पराधिनताको मानशिकताबाट मुक्त हुन्थे र देश र जनताको भविष्य आफैले कोर्ने हिम्मत गर्थे भनेपनि राष्टिय स्वाधिनता दिल्लीको गुलाममा लिलाम हुने थिएन । पाखण्डीपना त कहां देखिन्छ भने दिल्ली दौडमा लामबद्ध हाम्रा नेतृत्व त्रिभुवन अन्तराष्टिय विमान स्थलसम्म राष्ट्रियताको खुबै चर्का कुरा गर्छन तर ईन्दीरा गान्धी विमान स्थल अवतरण हुनेबीतिकै राष्टवाद चाकडीबादमा विसर्जन हुने गर्दछ नेपाल आईपुग्दा गोपीकृष्ण कहो मात्र बाकीरहन्छ ।
      आखिर के हुन सक्ला दिल्ली दौडको मुल उदेश्य ? श्रोत भन्छ
     क) दिल्लीले ज्ञानेन्द्रलाई हटायो अब फेरी ज्ञानेन्द्रलाई राजगद्धीमा फर्काउन चाहान्छ । पछिल्लो समय पूर्व राजा ज्ञानेन्द्रको देश दौडाहा र राहत वितरण जस्ता चलखेलले त्यही कुराको पुष्टि गर्छ ।
   ख) दिल्ली संविधानसभाको निर्वाचनका बारे मुखमा रामराम बगलीमा छुरा भने झै व्यवहार गरिरहेकोछ । खास अर्थमा दिल्ली नेपालमा संविधानसभाको निर्वाचन पक्षमा स्पष्ट छैन तर खुलेरै निर्वाचनको विपक्षमा बोल्न नमिलेपछि नेपालका प्रमुख दलहरुलाई बोलाएर आफ्नो ईन्ट्रेस्ट क्रमिक शेयर गरिरहेकोछ साचों अर्थमा सुरुमा कन्भीन्स नभए जवरजस्त शैलीलाई आत्मसात गरिरहेछ । त्यसकालागी नेपाली राजनीतिमा जती संक्रमणकाल तन्कीरहन्छ दिल्ली मिशन त्यतिनै अनुकुल बन्नेछ । 
ग) संविधानसभाको निर्वाचन भयो भने नेपाल संघिय राज्य बन्नेछ तर नेपाल संघिय राज्य बन्दा दिल्लीलाई बेफाईदा छ त्यस कारण पनि संघ राज्य निर्माणको मुहान भनेको संविधानसभाको निर्वाचन हो नजिकिदो संघ राज्यको मुहानलाई थुन्ने प्रयास दिल्ली दौडको रुपमा मुखरित भईरहेछ । दिल्ली लामो समयदेखि क्याल्कुलेशन गरिरहेकोछ केन्द्रीकृत नेपालका नेताहरुलाई नियन्त्रण जती सहज छ संघ राज्यका प्रमुखहरुलाई समेत नियन्त्रण गर्न दिल्लीलाई चुनैतीपूर्ण हुनेछ । भारतको जानी दुस्मन चिन पायक नेपालका राज्यहरु त झन दिल्लीकालागी अभिशाप हुनेछन ।
      घ) आफ्नो स्वार्थ पुरा गर्ने दिल्लीको उत्तम माध्यम नेपालका मधेशबादी दलहरु थिए त्यही बाटो भएर दिल्ली दलाली नेपालको राजनीतिसम्म प्रबाहित भईरहेका थिए । नेपालमा संघ राज्य निर्माणको बहस चलिरहदा मधेशबादी दलहरुले समग्र मधेश एक प्रदेशको असम्भव माग तेस्र्याएका थिए त्यो अरु कुनै बाटो नभएर दिल्लीको बाटो भएर आएको गलत माग थियो ।
 तर लोभ र डाहाले ग्रस्त ¥याले मधेशी नेताहरुकै कारण मधेशबादी दलहरु विभिन्न टुक्रामा छिन्नभिन्न भएपछि दिल्लीको सहजबाटोपनि असजिलो भएको हो । त्यही भएरपनि दिल्लीले मधेशी नेताहरुलाई नबोलाई अन्य दलहरुलाई मात्र दिल्ली दौड प्रतियोगीतामा सामेल गराएका हुन् मधेशी नेतालाई बोलाउदा समेत दिल्लीको गोप्य पोल खुल्ने डरलेपनि दिल्लीले अहिलेसम्म मधेशीको नाम टिपेको छैन तर यदी निर्वाचनको मिति अगावै कुनै मधेशी नेतालाई दिल्ली बोलाई हालेछ भनेपनि कुनै अनर्थ नमाने हुन्छ ।
    भारतीय समर्थन र विरोधविना नेपाली राजनीतिको सिन्को ओल्लो छेउबाट पल्लो छेउसम्म सरेको छैन २००७ सालमा राण्ाँशासन अन्त्य गर्न राजा त्रिभुवनलाई दिल्लीको साथ, २०१७ साममा राजा महेन्द्रले गरेको राजनीतिर्क कु” दिल्लीकै समर्थनमा राजा मेहेन्द्रले गरेका थिए । ०४६ सालको प्रजातान्त्रिक आन्दोलनको सफलता कम्युनिष्ट र काग्रेसलाई एक थाउमा उभ्याउने काम दिल्लीले नै गरेको हो, दिल्लीले सेल्टर नदिएको भए १० वर्षे माओवादी विद्रोह सम्भवनै थिएन । ०६३ सालको परिवर्तनको जग सात राजनीतिक दलहरुबीचको. १२ बुदे सहमति जो दिल्लीमै भएको थियो ।
   सतहमा हेर्दा नेपालको लोकतान्त्रक परिवर्तनकालागी दिल्लीले लामो समयदेखि साथ दिदै आईरहेको देखिन्छ साचों अर्थमा भने त्यस्तो होईन भन्ने बुझ्न जरुरी छ । कुनै विषयमा साथ दिएको जस्तो गर्ने र साच्चीकै परिवर्तनको दिशामा पुग्दा त्यसलाई रोकेर परिवर्तनका बाधक शक्तिलाई औंला दिने दिल्लीको  नकारात्मक भूमिका नेपालकालागी सर्वथा बाधक र घातक सावित भईसकेको छ । यतीहुंदाहुदैपनि हुन लागीरहेको संविधानसभाको दोस्रो निर्वाचनमा पनि नेपालका सबै राजनीतिक दलहरुलाई दिल्लीकै साथ चाहिएको छ । यो दौडलाई नियाल्दा लागीरहेकोछ ईमान्दार भएको अभिनय गरिरहेको बिरालोको सामु मुसाहरु तांत लागेर दर्शन गर्न गईरहेका छन् र भन्दैछन् प्रभो हाम्रो जिवनदाता ।
    तर हाम्रा प्रतियोगीहरुको मानशिकता यस्तोछ प्रचण्ड दिल्लीप्रति लचकता देखाउदै द्धन्द्धकालमा भारतलाई गरेको गाली र विस्तारबादी आरोपबाट उन्मुक्त हुन चाहान्छ ।  जसको उदाहरण चीन जादा पनि भारतीय राजदुत जयन्त प्रसादले अनुमति दिनु पर्ने अवस्था रह्यो । पछि सुनियो कि का“ग्रेस आइकी अध्यÔ सोनिया गान्धीलाई नभेट्नुले उनको यात्रा खल्लो भयो रे । उनले भारतका शक्तिशाली कर्मचारी र पूर्व कर्मचारीस“ग विगतको गल्तीप्रति माफी दर्शाएरै फर्के ।
   शेरबहादुर देउवाको कुरै नगरौं काग्रेस भनेको भारतको नेपाल ब्रान्च जस्तै हो । सुशील कोइराला नबोलाई भारतले देउवालाई किन बोलाए ? अब का“ग्रेसमा मुख्य शक्ति देउवा नै हुन् भन्ने हल्लीखल्ली काग्रेस र काग्रेस ईतर मज्जैले चल्यो देउवा दंग परेर फर्किए । उनलाईपनि के लाग्यो भने शुशिल भन्दा मै महत्वपूर्ण तर यीनीहरुलाई थाहा हुनु पर्ने हो फुटाउ र शासन गर भन्ने साम्राज्यवादी तथा विस्तारवादीहरुको मुल अस्त्र हो ।

  पालो माधवकुमार नेपालको नेपालको यात्राले ठुलैै चर्चा पायो । सञ्चारजगतमा राम्रै चर्चा भयो तर, उनको यात्रा हल्ला गरिए जतिको महत्वको होइन भनी भारतीय अधिकारीले खुलासा गरे । दिल्ली उड्नु अघिसम्म संविधानसभाको विकल्प छैन कसैले यस्ता कुरा सोच्छन भने त्यो नेपालको लोतन्त्र संघियता र परिवर्तनको विरोधी हो भन्थे दिल्ली दौडबाट फर्किएपछि उनको गोपीकृष्ण कहो सुरु भईसकेको छ उनी भन्न थालेका छन् निर्वाचन नभए जनमतसंग्रह गर्नु पर्छ ।
  सुशील भारत घुम्दैछन् दिल्लीकालागी गोपीकृष्ण कहो चाडै र सहजै अनुकरण गर्न सक्ने राम्रो क्वालिटीको सुगाकारुपमा लिने गर्दछ । सायद नक्कलका बान्की कपी गर्दैछन उनको पेष्ट कस्तो हन्छ चार दिनपछि थाहा भईहाल्छ ।
   यसरी दिल्लीले हाम्रा नेताहरुको एक–एक गरी नाडी छाम्ने हेतुले दौडको आयोजना गरेको छ । स्पष्ट छ खिलराजपछि स्थान सुरक्षित गर्ने आ आफ्ना एजेण्डा कुनैले छुटाउने छैनन् दिल्ली समक्ष त्यही एउटा अबसरकालागी पालै पालो दिल्ली पुगेका हाम्रा नेताहरु दक्षिण एशियामा शक्तिशाली बन्ने केमिकल मिश्रीत दिल्ली ब्राण्डेड लालीपप चाटेर फर्किदैछन् र जिब्रो फट्कार्दै भन्दै छन् नेपालको राष्टिय«य स्वाधिनता र राष्टिय«य अखण्डताकालागी हामी ज्यान दिन तयारछौं ।
    अनलाईनखबरडटकममा प्रकाशित लेख

धराप थाप्नेहरुकालागी


  • भीमज्वाला राई
   सगरमाथामा चढ्न सहज हुने भए सबैले चढ्ने थिए तर त्यसको कुनै महत्व हुन्न थियो । विश्वको सवैभन्दा अग्लो चुचुरो सगरमाथा चढ्न धेरै चुनौती छ र नै सगरमाथा चढ्नुको महत्व छ ।
    फरक यती छ सगरमाथा चढ्दा प्राकृतिक अडचनहरु छन् प्राकृतिक रुपमा तेर्सिएका अड्चनहरु अमुर्त र अज्ञान छन् फरक मात्र यती हो उनीहरुको प्राकृतिक विशेषता मानवीय विशेषतासंग प्रतिकुल बन्न जान्छन् र मानवीय चेतनाले बनाएको योजनासंग बेमेल हुन जान्छ र मानव समुदाय पूवै सचेत हुन्छन् र प्राकृतिक प्रतिकुलतालाई परास्त गर्ने प्रविधि र संयन्त्रबाट पूर्व तयारी हुदै विश्वको सर्वौच्च शिखरमा पाईला राख्ने उटकट चाहनाले चुचुरोतीर लम्कीरहन्छन् ।
      प्रकृति कतिपय सन्दर्भमा मानवको स्वभावजन्य हुन नसक्दा हाम्रालागी भयानक बन्ने गर्दछ तर प्रकृतिको कुनै स्वार्थ हुन्न प्रकृतिले मानिसलाई असर गरौं भन्ने नहुदानहुदै त्यसले हामीलाई गम्भिर असर गर्दछ तर यो चराचर जगतमा मान्छेहरु प्रकृतिभन्दा भयानक भएर आईदिने गरेको छ त्यो प्राकृतिक विनास भन्दा धेरै खतरनाक हुने गर्दछ । अझै डरलाग्दो कुरो के हो भने प्रकृतिको भयानकताको बोध पूर्व अनुमान गर्न सकिने भएकाले हामी जोगीने उपाएको बारेमा सचेत बन्न सक्छौं तर मानविय भयानकतालाई बाहिरी आवरणबाट सहजै अनुमान लगाउन नसकिने भएकाले यसले भित्रभित्रै पार्ने असरबारे चाल पाउन सकिन्न र अन्तिममा आफु समाप्तीको दिशामा आईसक्दा मात्र वा समाप्त भईसक्दा मात्र थाहा पाईने गर्दछ ।
      मानविय भयानकता आवरणमा नदेखिने हुंदा यो बहुत आत्मीय भएर आउदो रहेछ कहिले सहयोगी भएर, कहिले हांसी हांसी गला जोडेर आउदोरहेछ र मुटुमा शुल रोपेर जांदोरहेछ सावधानी अपनाईएन भने जिवलाई समाप्त बनाईदिने धरापमा परिंदोरहेछ । तर यसबाट बच्न सकियो भने जिवनलाई न्यायका निम्ति देखिएको सपनाको यात्रामा पाईलाहरुलाई डो¥याउन अचाक्ली काईदा पनि हुदोंरहेछ ।
      मलाई अहिले त्यस्तै अचाक्ली काईदको अनुभूत भईरहेछ, विषलाई दुधमा मिसाएर मलाई पिलाउन खोज्नेको हात आफै कम्पन भएर विष छताछुल्ल बनेकोछ, मेरो मुटुको दिशा भएर आएको शुल आफै दोब्रिएर भुत्ते भएको छ काडांका धराप छतविछत भएको छ म निसन्देश मेरो सपनाको यात्रामा दौडिन तल्लीन छु । मेरा दुर्भाग्यको कामनामा चाकडीका ढोका धाउनेहरु आफै लत्रीएका छन् ।
  नेकपा एमाले सुनसरीको २०६६ सालमा भएको पांचौं अधिवेशनमै मेरो काम र जिम्मेवारीका कारण प्रचार विभागको जिम्मेवारी पाउने पक्कापक्की थियो तर त्यो पक्कापक्की बालुवाको महल जस्तै भत्कीएका थिए । चार वर्षसम्म मैले उप प्रमुखको भूमिकामा पार्टिका काममा सक्रियता जनाए । २०७० साल जेठ ४, ६ सम्म पार्टीको छैठौं जिल्ला अधिवेशनमा धेरैको कामनालाई भत्काउदै मेरो उपस्थिति जिल्ला कमिटीमा पुन दोहोरियो । मेरो कार्यक्षेत्र मैले रगत पसिना बगाएको भुगोल मजदुरहरुबीचमै हो तर मेरो जिवीकोपार्जनको माध्यम पत्रकारिता हो यो पेशा किन भन्ने मैले अघिल्लो अंकमैपनि उल्लेख गरिसकेको छु त्यसकारण मेरो पेशा र पार्टीको प्रचारको कामको हिसावले मेरो उपस्थिति प्रचार विभागकालागी जरुरीपनि थियो र त्यो जिम्मेवारीलाई सम्हाल्दा मेरो भूमिकाले न्याय गर्दछ भन्ने मेरो बुझाईपनि हो ।
   साउन १७ गते पार्टीको जिम्मेवारी बांडफांडको बैठक थियो तर बजारमा लामो समयदेखि एउटा समुहले भित्रभित्रै प्रचार विभाग प्रमुखको जिम्मेवारीमा मेरो विपक्षमा घरदैलो अभियान चलेको मैले सुईको पाएको थिए । मैले कसैलाई त्यो पदकालागी मलाई लानु पर्छ भन्नु जरुरी पनि थिएन, यो स्थान भएन भने म पार्टी काम गर्दिन भन्नु पनि थिएन किन भने २० वर्षको यो सांगठानिक जिवनको अनुभवमा कहिल्यै पद रोज्ने र खोज्ने काम गरिन ।
      मेरा विपक्षमा लागेकाहरुको कुरा भने अध्यक्ष रेवतीरमण भण्डारीले राम्रैगरी सुनेको मैले अनुभूत गरे भण्डारी कमरेडको गोडा मोल्नेहरुले राम्रै ब्राण्डको तेल प्रयोग गरेछन् वहां प्रभावितपनि भईहाल्नु भएछ र मेरो लेखिएको नाम समेत काटेर उप प्रमुख बनाउनु भएछ र प्रमुखमा अध्यक्ष आफ्नै नाम राख्नु भएछ फेरी पनि मैले केही भनिन । धन्यवाद सचिव कमरेड मोतराज सुनुवार, सदस्य क. प्रदिप भण्डारी, क. रमेश बस्नेत तथा धरान नगर अध्यक्ष तारा सुब्बालाई वहाहरुले नै मेरो पक्षमा त नभनौ तर मैले यस विचमा पार्टी काममा पु¥याएको भूमिकाको कुरा गरिदिनु भएछ र फेरी मेरे पदको अगाडी लेखिएको उप भन्ने शब्द काट्न लगाउनु भएछ रेवतीरमण भण्डारीलाई र प्रमुख लेख्न लगाउनु भएछ ।
     यो जिम्मेवारी मेरो जिवनको महत्वपूर्ण पद होईन मैले हौसिनु पनि जरुरी छैन मेरा विरुद्धमा लाग्नेहरुलाई हेरेर निराश हुनु जरुरी पनि छैन तर यो एउटा खुडकीलो हो खुड्कीलो चड्नबाट रोक्नेहरु जसरी असफल बने विरोधीहरुलाई मेरो कल्पनाको लामो राजनीतिक जिवनभरी यही उपहार दिईरहने मेरो अर्को सपना पनि हो सायद म सफल हुन्छु होला ।
    १८ श्रावण, २०७०
राती ः ११÷२५ औजार कार्यालय धरान

बढ्यो निर्वाचनको सम्भावना



उमेद्धवारी दर्ता अशोज ७ र १० गते
धरान । मंसिर ४ गते हुने संविधानसभाको दोस्रो निर्वाचनका लागि निर्वाचन आयोगले बिहिबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगको क्रियाशिलतासंगै तोकिएकै समयमा निर्वाचन हुने सम्भावना प्रबल बन्दै गएको संकेत देखिएको छ ।
           निर्वाचन कार्यक्रम अन्तरगत प्रत्यÔतर्फको उम्मेदवारी दर्ता असोज १० गते र समानुपातिक निर्वाचनमा भाग लिने राजनीतिक दलहरुले असोज ७ गते मनोनयन दर्ता गर्ने समय तोकिएको छ ।
   निर्वाचन आयोगले बिहीबार स्वीकृत गरेको निर्वाचन कार्यक्रम अनुसार दलहरुले विहान १० बजेबाट ५ बजेसम्म निर्वाचन आयोगको कार्यालयमा उम्मेदवारी दर्ता गर्न सक्ने उल्लेखछ ।
              ८ गते दलहरुको नाम सार्वजनिक गरिनेछ भने ९ गते मनोनयन फिर्ता तथा १० गते अन्तिम नामावली प्रकाशन गर्ने र निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका छ । तालिका अनुसार असोज ११ गते राजनीतिक दलहरुले उम्मेदवारको बन्दसूची पेश गर्नु पर्नेछ । असोज ३१ गते उम्मेदवारको बन्दसूची सार्वजनिक गरिनेछ भने दावीविरोध फिर्ता लगायतको प्रक्रिया पूरा गरेपछि कात्तिक २३ गते अन्तिम नामावली प्रकाशन गरिनेछ ।

यसैगरी पहिलो हुने निवाचन प्रण्ाँली अर्थात प्रत्यÔतर्फका उम्मेदवारहरुको मनोनयनपत्र दर्ता असोज १० गते निर्वाचन अधिकृतको कार्यालय जिल्ला सदरमुकामहरुमा हुनेछ । जुन ११ गते मनोनयन पत्र दर्ताको सूची प्रकाशित हुनेछ भने १२ गते दावीविरोध, १३ गते जाचबुझ र १४ गते उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । यस्तै १५ गते उम्मेदवारको नाम फिर्ताको समय तोकिएको छ भने १६ गते अन्तिम नामावली प्रकाशित गरिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार प्रत्यÔतर्फका उम्मेदवारहरुलाई असोज १८ गते चुनाव चिन्ह प्रदान गरिनेछ ।
     निर्वाचन पक्रियास“ग असन्तुष्ट दलहµस“ग सरकारले छलफल गरिरहेका बेला निर्वाचन आयोगले चुनावी तालिका सार्वजनिक गरेपछि मंसिर ४ निर्वाचन हुने सम्भावना प्रवल देखिएको छ । एकातिर सरकारले निर्शत वार्तामा वोलाएको भन्दै बैद्य माओवादी वार्ताका लागि सकारात्मक देखिएको छ भने अर्कातर्फ आयोगले चुनावी कार्यक्रम सार्वजनिक गरेर निर्वाचन हुने सम्भावना बढाएको छ ।
  निर्वाचन कार्यक्रमले ततायो गठबन्धनलाई
धरान । निर्वाचन आयोगले निवाृचन कार्यक्रम सार्वजनिक गरे लगतै एमाओवादी अध्यÔ प्रचण्ड नेतृत्वको संघीय लोकतान्त्रिक गण्ँतान्त्रिक गठनबन्धनमा संलग्न दलहरुबीच आगामी चुनावमा तालमेलको प्रयास भएको छ ।
               गठवन्धनको बिहीबार बसेको बैठकले एकअर्का सहयोगी भएर अघि बढ्ने नीति पारित गरेको हो । गठवन्धनले चुनावमा साझा उम्मेदवार र घोÈण्ाँ पत्र बनाएर जाने प्रयास गरेकाछन् ।
    बैठकले संविधानसभाको निर्वाचनसम्म गठवन्धनलाई कायमै राख्ने निणर््ँय गरेको फोरम लोकतान्त्रिकका अध्यÔ विजयकुमार गच्छदारले जानकारी दिनुभयो । मंसिर ४ को निर्वाचन सफल पार्न गठवन्धनको औचित्य अरु बढेको नेताहरुको ठहर छ । बैठकले मंसिर ४ गतेको चुनावमा सहभागी हुने नेकपा–माओवादीसहितका दलहरुलाई आहृवान गरेको छ । तर गठबन्धन बैठकमा तराई मधेस लोकतान्त्रिक पार्टी र सदभावना पार्टीका नेताहरु उपस्थित भएनन् । मधेसी गठबन्धनभित्रै पनि विजयकुमार गच्छदारस“ग अन्य दलका नेताहरुको अन्तरविरोध बढ्न थालेको अवस्थामा दुई दलको अनुपस्थितलाई अर्थपूणर््ँरुपमा लिन सकिन्छ ।

आगामी चुनावमा एमाओवादी र मधेसी मोर्चावीच साझा घोÈण्ाँपत्र र साझा उमेद्वारको चर्चा चलाइए पनि मधेसी दलहरुकै वीचमा पनि साझा उमेदवारीको सम्भावना कमजोर हु“दै गएको यसले देखाएको छ ।
डा. बाबुराम भट्टराई नेतृत्वको सरकार निर्माण्ँस“गै एमाओवादीको नेतृत्वमा गठनभएको मधेसी– माओवादी मोर्चामा करिब डेढ दर्जन साना दलहरुसमेत सहभागी छन् । एमाओवादी अध्यÔ प्रचण्डले यो मोर्चालाई निर्वाचनपछिसम्म दीर्घकालीनरुपमा निरन्तरता दिनुपर्ने आए पनि एमाओवादी र मधेसी दलहरु मधेसको जनमतलाई कसरी आङ्खनो पÔमा पार्ने भन्ने विभिन्न दाउपेचमा लाग्दा गठबन्धन कमजोर बन्दै गएको छ ।
मधेसमा एमाओवादीले एक्लै आङ्खनो वर्चश्व कायम गर्ने रण्ँनीति लिएको छ भने मधेसी मोर्चामा रहेर पनि एक हुन नसकेका मधेसी दलहरु एमाओवादीको साटो आफैं श्रेष्ठ हुने उपायको खोजीमा छन् । यही दोहोरो दाउपेचका कारण्ँ गठबन्धनले साझा घोÈण्ाँपत्र र साझा उमेद्वार उठाउने भन्ने प्रचण्डको प्रस्ताव कार्यान्वयन नहुने अवस्था देखिएको छ । यद्यपि उनीहरुले कांग्रेस र एमालेलाई काउन्टर गर्नका लागि चुनावी तालमेलको रण्ँनीति अपनाएको अनुमान लगाउन सकिन्छ ।

उता साझा उमेदवार उठाउ“दा गठबन्धनमा रहेका रुक्मिण्ँी चौधरी लगायतका नाममात्रैका साना दलका नेतालाई पनि प्रत्यÔतर्फृको सीट बा“ड्नुपर्ने भएकाले साझा उमेद्वारको साटो तालमेलमात्रै गर्नेमा एमाओवादी नेताहरुले चासो दिएको बुझिएको छ ।
            सवै दललाई सहभागी गराऊ ः राष्टपति
राष्ट्रपति डा. रामबरण्ँ यादबले संविधानसभा निर्वाचनमा कुनै पनि दल छुट्न नहुने बताउनुभएको छ । एमाओवादीका अध्यÔ प्रचण्डलाई बिहीवार शीतल निवासमा भेट्दै सम्पूणर््ँ दललाई चुनावमा सहभागी गराउने पहल गर्न आग्रह गर्नुभएको हो ।
     निर्वाचनको विपÔमा रहेका दलहरुस“ग वार्ता गरी निर्वाचनमा सहभागी हुने वातावरण्ँ बनाउन पनि आग्रह गर्नुभएको थियो ।

सिट सख्यां कि आफ्नो मान्छे ?


धरान । संविधानसभाको निर्वाचनमा एमालेका तर्फबाट उमेद्धवार हुन चाहनेहरुलाई एमाले केन्द्रीय सदस्य तथा कोशी ईन्चार्ज रोजेन्द्र गौतमर्ले  सिट सख्यां कि आफ्नो मान्छे ?” भन्दै प्रश्न गरेका छन् ।
   अबको संविधानसभाको निर्वाचनपछि एमाले यो देशको पहिले शक्ति बन्दैछ त्यकारण एमालेलाई संविधानसभाको सिट सुरक्षित गर्नु छ त्यो काम सवै एमालेको आफ्नो मान्छे नहेर्नुस । उनले प्रश्न गरे  क्षेत्रको मतदाता तथा उमेद्धवारको लोकप्रियता हेरेर हेरेर जसले जित्छ त्यसैलाई पार्टीले टिकट दिन्छ पहिलो प्राथमिकता पार्टीले प्राप्त गर्ने सिटमा केन्द्रीत हुनुस ।
  पैसा र गाडी हुदैमा नेताहरुलाई एयरपोर्टमा लिन धाउनेलाई एमालेले संविधानसभाको निवाृचनमा टिकट दिदैन उमेद्धवारको योग्यता र मापदण्डलाई आधार मानेर मात्र एमालेले उमेद्धवार बनाउछ । गलत विचार र परम्परालाई एमालेले कुनैपनि हालतमा साथ दिदैन ।
विहिवार ईटहरीमा नेकपा एमाले सुनसरीको दोस्रो बैठकलाई सम्बोधन गर्दै संविधानसभाको निर्वाचनको समय नजिकिईरहदा सरकार र एमाओवादीले निर्वाचनको वातावरण विगारीरहेको नेकपा एमाले नेता गौतमले बताएका छन् ।
     सरकार सेना परिचालन गरेरै भएपनि निर्वाचन गराएरै छाड्छौं भन्दैछ, एमाओवादी वाईसिएल भिडाएरैपनि निर्वाचन गछौं भन्दैछन् यस्तो जवरजस्तीले आसन्न संविधानसभाको निर्वाचनलाई सहयोग होईन विथोल्ने काम गर्छ कोशी अञ्चल संयोजक समेत रहेका गौतमले भने । उनले भने भड्कीईरहेका बैद्य नेतृत्वको माओवादी, मधेशी तथा अन्य क्षेत्रीय पार्टीहरुलाई एक ठांउमा ल्याएर समयमै निवाृचन गराउने काम सरकार तथा प्रमुख दलहरुको हो बल प्रयोग गरेर तह लगाउछु अनि निवाृचन सम्पन्न गर्छु भन्नु बेठिक हो ।

       एमाले केन्द्रीय कमिटीको जारी २२ औं बैठकले तत्कालका लागी पार्टीको महाधिवेशन भन्दा निर्वाचनलाई प्राथमिकतामा राखेकाले निवाृचनपछि फागुन १५ भित्र मात्र पार्टीको महाधिवेशन हुने बताए । एमालेले सञ्चालन गरेको संविधान सभाका लागी पार्टी परिचालन अभियान २०७० उपलब्धीमुलक भएको बताउदै अबको निवाृचनपछि एमाले प्रथम शक्तिका रुपमा उदाउने बताए ।
  हामीले हावादारी आधार प्रस्तुत गरेका होईनौं जनताको घरदैलोमा पुगेर एमालेका कार्यकर्ता तथा नेताहरुलाई दिएको जनमतले एमाले अब प्रथम शक्तिका रुपमा उदाउदैछ भन्ने हाम्रो ठोकुवा हो गौतमले भने तर एमालेको नेता कार्यकर्ता चुपचाप बस्नु हुदैन अभियानको प्रारम्भिव परिणामको जगमा टेकेर जनताका बीच निरन्तर गईरहनु पर्छ ।
    भावी संविधानसभाको निर्वाचनमा लोकतान्त्रिक शक्तिहरुसंग आवश्यक्ताका आधारमा एमालेले सहकार्य गर्ने बताए । बैठकले संविधानसभा निर्वाचन, कार्यविभाजन तथा पार्टी परिचालनका सन्दर्भमा महत्वपूर्ण निर्णयहरु गरेको छ बैठकका निर्णयहरु आज शुक्रबार ११ बजे ईटहरीमा पत्रकार सम्मेलन गरेर जानकारी गराईन प्रचार विभागका प्रमुख भीमज्वाला राईले बताए ।
   पार्टी जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले कोशी सचिव जिवन घिमिरे, अञ्चल प्रचार विभाग प्रमुख घनश्याम खतिवडा, पुर्व सभासद धर्मराज निरौला लगायतको सहभागीता थियो ।