साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

मजदुरलाई सहयोग

क्षयरोग पीडित यातायात मजदुर कुमार जोगीलाई उपचार सहयोग स्वरुप २० हजार ९५ रुपैया सहयोग प्रदान गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव भीमज्वाला राई ।

आकासबाट देखिएको विराटनगरको दृष्य

पछिल्लो समय बिराटनगर विकासको तिव्र गतीतर्फ अग्रसर बन्दै गईरहेको छ

सुन्दर भेडेटार

धनकुटा र सुनसरीको संगमस्थल पर्यटकीयस्थल भेडेटारको दृष्य

विद्यार्थीलाई सम्मान

प्रवेशिका पक्षिामा सर्वोकृष्ट अंक ल्याउने यातायात मजदुरका छोराछोरीहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान ईकाईले सम्मान गर्दै

Pages

थिचोमिचोको एउटा उदाहरण ी

पूर्वी नाका काकडभीट्टास्थित नेपाली भूभागमा भारतीय शहर सिक्कीम, ग्यान्टोक, दार्जिलिङ लगायतका स्थान जान यात्रुको प्रतिक्षामा रहेका लामबद्ध सवारी साधनहरु तस्विर ः कल्पना तुम्रोक

ईतिहास

बिक्रम सम्बत १९७३ मा पहिलो पटक मान्छेमाथी चढेर नेपाल भित्रीएको सवारी, राणा शासकहरुले बेलायतबाट भारत हुदै नेपाल ल्याएको यो सवारी भीमफेदीको बाटो हुदैं काठमाण्डौ भित्र्याएको थियो ।

बाल श्रम उन्मुलन नारा मात्रै

धरान १३ स्थित सर्दु खोला नजिकको सुकुम्बासी वस्तीका एक बालक अभिभावकलाई गिट्टी कुट्न सघाउदै फोटो ः सोहन श्रेष्ठ

सुन्पारी पुग्ने विकल्प ।

भोजपुर र धनकुटाको सिमाना लेगुवा स्थित अरुण नदीमा फेरीको माध्यमबाट सवारी तथा यात्रुहरु आरपार गर्दै, अरुण नदीमा पुल नबन्दा वर्षौदेखि दुर्गम पहाडबासी यसरी नै दुखका साथ नदी तर्दै आउने गरेका छन्

माझी दाई पोखरा फेवा तालको #2380;

पोखरास्थित फेवा तालमा माछा मार्न जाल मिलाउदै डुंगामा एक माझी तस्बिर .ज्वाला

साउदीको कारागारमा नेपाली

Add caption

मुक्त गराईदिन आफन्तको आग्रह
भीमज्वाला राई
२५ भाद्र २०७१
काठमाण्डौं । सिन्धुपाल्चोकका खेकध्वज कार्की एक महिनादेखि साउदीस्थित ताईप मसारा कारागारमा बन्दी जिवन विताईरहेका छन् ।   
     रियादबाट करिव १ हजार किलोमिटर टाढा उक्त कारागारमा रहेको खबर साउदीमै रहेका गाउले रमेश कार्कीले जानकारी दिएको कार्कीकी श्रीमती यशोदा कार्कीले बताईन । सिन्धुपाल्चोक पाङग्रे ७ का कार्की सात र ५ वर्षका दुई छोराहरु, वृद्धवृद्धा आमावुवा र श्रीमती छाडेर २०७० चैत्र ३ गते उनी विदेशिएका थिए ।
    ००९६६५३३९५७३८७ नम्बरको मोवाईलबाट साउदीबाट रमेश कार्कीले श्रीमान जेल परेको जानकारी गराएको भएपनि कारण भने आफुलाई जानकारी नभएको श्रीमती यशोदाले बताईन् । वंहासंग साउन १८ गते अन्तिम पटक कुराकानी भएको थियो त्यसपछि सम्पर्क हुन सकेको छैन श्रीमती कार्कीले बताईन् ।
    वैशाख, जेठ र असार महिनाको मासिक २३ हजारका दरले पैसा आयो फोनमा कुरा हुदां भेडा चराउने काम गर्नु पर्छ भन्नु हुन्थ्यो । कार्कीले रुदै भनिन् । श्रीमानलाई कारागार मुक्त गराईदिन स्वदेश तथा साउदीका संघसस्थासंग आग्रह गरिन् । 
वैदेशिक रोजगार विभागको तथ्याङ्कमा राहदानी नम्बर ०७०५६७३७ का कार्कीको प्रवेशाज्ञा कतारको ओमाईरण बाजास कम्पनीमा कुकको काम उल्लेख रहेकोछ । तर उनी साउदीको अयेध ओमाईरन बाल फेईदा ईमाईट कम्पनीमा काम गरेको कार्कीका भेनाजु रामहरी सिलवालले बताए ।
   एक हप्ता अघि साउदी कारागारको ००९६६५९९७५१०८९ मा सम्पर्क गरि कारागारका प्रहरीको सहयोगमा सालोसंग सम्पर्क हुदा संगै काम गर्ने पाकिस्तानीसंग झगडाको निहुंमा आफुलाई कारागार ल्याईएको कार्कीले जानकारी गराएको सिलवालले बताए ।
 
  
   


विद्यार्थी सम्मानित


१४ भाद्र २०७१
काठमाण्डौं । प्रवेशिका परिक्षामा उतिर्ण यातायात मजदुरका छोराछोरीहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनिको रुट ट्रक ईकाई कमिटीले शनिबार नगद सहित सम्मान गरेको छ ।
  विशिष्ठ श्रेणीमा उतीर्ण अदित थापालाई नगद १५ हजार, प्रथम श्रेणीमा उतीर्ण प्राञ्जल खड्कालाई नगद १० हजार, रोशना श्रेष्ठ नगद ६ हजार, सरस्वती श्रेष्ठ नगद १ हजार, पल खड्का नगद १ हजार, स्वस्तीका श्रेष्ठ नगद ५ हजार, उमेश प्रधान नगद ५ हजार, डोमा शेर्पा नगद १ हजार तथा सम्मान पत्र सहित सम्मान गरिएको थियो ।
   कार्यक्रमका प्रमुख अतिथि जिफन्टका अध्यक्ष विष्णु रिमालले नगद, खदा तथा सम्मान पत्र सहित सम्मान गर्नु भएको थियो । सम्मान गर्दै वहांले यातायात मजदुरी गरेर आफ्ना बाबच्चालाई अहिलेको महगो शिक्षा दिक्षा दिनु चुनौपूर्ण रहेको बताउनु हुदैं आफ्ना अभिभावकहरुको दुखलाई सम्झेर उच्च शिक्षालाई राम्रो बनाउने तर्फ सोंच्न विद्यार्थीहरुलाई आग्रह गर्नु भयो ।
   नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय महासचिव भीमज्वाला राईले उतीर्ण विद्यार्थीहरुलाई शुभकामना दिएका थिए । यातायात मजदुरहरुमाथी भईरहेको अपमानको विरुद्ध संगठन लडिरहेको स्मरण गराउदै उच्च शिक्षा हासिल गरिसकेपछि आफ्ना अभिभावकहरुले भोगीरहेको पीडा र अपमानको विरुद्ध सहयोग गर्न समेत आग्रह गर्नुभयो ।



राहत हस्तान्तरणमा मजदुर अघि


१४ भाद्र २०७१
काठमाण्डौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनिको रुट ट्रक ईकाईले सिन्धुपाल्चोक स्थित जुरे पहिरोमा परि ज्यान गुमाएका आफ्ना सदस्यहरुका परिवार तथा पीडित सदस्हरुलाई शनिबार बागवजारस्थित होटल हार्दिकमा राहत हस्तान्तरण गरेकोछ ।
 पहिरोमा परि ज्यान गुमाएका चालकहरु श्याम श्रेष्ठ, लालवहादुर तामाङ, गणेशलाल श्रेष्ठ, सुर्य तामाङ तथा परिचालकहरु सुरेश तामाङ र सुजन तामाङको परिवारलाई राहत हस्तान्तरण गरिएको हो त्यस्तै  पहिरोमा आफन्त गुमाएका संगठनका सदस्य चालकहरु कृष्ण तामाङ, रमेश श्रेष्ठ, पञ्चलाल श्रेष्ठ, रामवहादुर तामाङ, चन्द्र तामाङ (काले), दुर्गालाल श्रेष्ठ, जयराम पराजुली, रुविन पौडेल र दिनेश श्रेष्ठलाई राहत प्रदान गरिएको थियो ।
 
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय कमिटीको समन्वयमा अरनिको रुट ट्रक ईकाई कमिटीले सञ्चालन गरेको राहत कोषमा संकलित ४ लाख ४८ हजार ४ सय ५६ रुपैया वितरण गरिएको हो उक्त रकम कार्यक्रमका प्रमुख अतिथि जिफन्टका अध्यक्ष विष्णु रिमालले हस्तान्तरण गर्नु भएको थियो ।
राहत हस्तान्तरण गर्दै अध्यक्ष रिमालले भन्नु भयो राज्यले गर्नु पर्ने दायीत्व मजदुर संगठनले गरेको बताउनु भयो ।
  जनता विपतमा पर्दा राज्यले गर्नु पर्ने काम देश तथा विदेशबाट प्राप्त सहयोग समेत राज्यले व्यवस्थापन गर्नु नसकेको अवस्थामा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनिको रुट ट्रक ईकाले आफ्नै पहलमा राहत संकलन गरेर वितरण गर्नु उदाहरणीय काम भएको बताउनु भयो ।
     अरनिको ईकाईको २१ औं  स्थापना दिवसको अवसरमा
    आयोजित कार्यक्रममा २०७० सालको प्रवेशिका परिक्षामा उतीर्ण यातायात मजदुरका छोरा छोरीलाई सम्मान तथा परस्कृत गरिएको थियो । सम्मानित हुने विद्यार्थीहरुमा डोमा शेर्पा, उमेश प्रधान, स्वस्तीका श्रेष्ठ, पल खड्का, सरस्वती श्रेष्ठ, रोशना श्रेष्ठ, प्रञ्जल खड्का, अदित थापा रहेका थिए कार्यक्रममा पहिरोको पीडा समेटिएको श्रव्य  दृश्य “पहिरोको पीडा” प्रस्तुत गरिएको थियो ।
  ईकाईका सचिव जिवन खड्काले सञ्चालन गरेको उक्त कार्यक्रममा संगठनका महासचिव भीमज्वाला राईले कोषलाई यथावत राखिने र देशभरीका संगठन तथा विदेशबाट समेत राहत संकलन गरि थप सहयोग प्रदान गरिने बताए । संगठनद्धारा स्थापित उक्त कोषमा संगठनका देशभरीका कमिटीहरुले सहयोग प्रदान गरेको थियो ।

उपत्यकामा ट्राफिक डन


 भीमज्वाला राई




काठमाण्डौं । देशमा “डन” हरुको चर्चा चलिरहेको वेला तिनै डनहरुलाई ठिक पार्ने ट्राफिक प्रहरीले उपत्यकामा भने आफै डन प्रवृति देखाएकाछन् । साउन ६ गते शुक्रबार अपरान्ह एक ट्राफिक प्रहरीले पैसा नदिएपछि यातायात मजदुरलाई सार्वजनिक स्थलमै हातपात मात्रै गरेनन् पक्राउ गरेर हिरासतमै लगेर थुनेपछि उपत्यकामा ट्राफिक प्रहरी अर्को वर्दीधारी डन भएको पुष्टि भएकाछ । 
    बा ३ ख १६४७ नम्बरको अशोक विनायक यातायातका परिचालक मनोज न्यौपानेलाई ट्राफिक प्रहरी निर्मल आचार्यले हातपात तथा लछारपछार गर्दै महानगरिय प्रहरी प्रभाग गौशालामा हिरासतमै लगेर केही समय थुनेका थिए । 
कोटेश्वरबाट नयां बसपार्क गोंगवु तर्फ जादैं गरेको उक्त यात्रुबाहक बसले गौशाला बस स्टेण्डमा यात्रु चढाउने र उतार्ने क्रममा नियम विपरित काम गरेको भन्दै ट्राफिक आचार्यले परिचालक न्यौपानेसंग पैसा मागेका थिए तर गल्ती नै नभई पैसा नदिने अड्डी न्यापानेले लिएपछि वर्दीधारी ट्राफिक प्रहरीले शक्तिको दुरुपयोग गर्दै न्यौपानेमाथी जाईलागेका थिए । न्यौपानेसंगै बसका चालक अमृत खतिवडालाई समेत थुनमा राखेको थियो । 
   सो बसका यात्रुहरुले भो बस तथा मजदुरहरुको कुनै गल्ती नभएको भन्दै प्रतिकार गरेपछि अन्य प्रहरीको सहायतामा प्रहरी भेनमा राखेर चालक खतिवडा र परिचालक न्यौपानेलाई प्रहरी हिरासतमा लगीएको थियो । 
महानगरिय ट्राफिक प्रहरी प्रभाग गौशालाका ईन्चार्ज ट्रफिक प्रहरी निरिक्षक शुकदेव खनालले भने दुवै पक्षले गल्ती स्विकार गरेपछि सांझमै मजदुरहरुलाई छाडिएको बताए । 
 उनले भने नरोक्ने स्थानमा रोक्नु कमजोरी भएको मजदुरले स्विकारेको र पैसा माग्नु ट्राफिक प्रहरीको कमजोरी भएको विषयमा दुवै पक्षले स्विकार गरेपछि छाडिएको प्रनि खनालले बताए । 
    सबारी नियमको पालना गराउदै सवारी आवागमनलाई व्यवस्थित बनाउने जिम्मा पाएका ट्राफिक प्रहरीहरु बढ्दो सवारी साधनको चाप, सिमित सडक, पार्किङस्थलको अभाव  ट्राफिक प्रहरीहरुको कमाई खाने भाडो भएकोछ भने ट्राफिक प्रहरीहरुको लागि दुहुनो गाई जस्तै भएका छन् यातायात मजदुरहरु । विशेषगरी उपत्यकामा ट्राफिक प्रहरीहरुको ज्यादती यातायात मजदुरहरुमाथी अत्यधिक रहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बागमती अञ्चल अध्यक्ष नवराज घिमिरेले बताए । ट्राफिक प्रहरीहरुले आफुलाई नसच्याए संगठनले आन्दोलन गर्ने चेतावनी दिए ।

तस्विर सौजन्य ः नेपालसन्देश डटकम

पहिरो पीडितका लागि १ लाखको कोष


सहयोग गर्न देशभरीको कमिटीलाई संगठनको आग्रह
२८ साउन २०७१
काठमाण्डौं । पहिरोमा परि ज्यान गुमाएका आफ्ना यातायात मजदुरहरुको परिवारलाई राहतका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले १ लाख १ हजार १ सय ११ रुपैयाको राहत कोष स्थापना गरेकोछ ।
    सिन्धुपाल्चोकको माङखा र राम्चेको सिमास्थित जुरे ड्याम साईटमा साउन १७ गते शनिबार विहान पहिरोमा परि मृत्यू भएका यातायात मजदुर परिवारलाई सहयोगका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनीको रुट ट्रक ईकाईले राहत कोषको स्थापना गरेको हो । संगठन केन्द्रीय कमिटी सहितको सहयोगमा स्थापना भएको कोषमा देशभरीका कमिटीहरुको समेत सहयोगलाई संकलन गरी पीडित परिवारलाई हस्तान्तरण गरिने संगठनले जनाएकोछ । पहिरोमापरि चार जना चालक तथा २ जना परिचालकहरुको मृत्यू भएको थियो भने ४४ जना यातायात मजदुर परिवारहरुको मृत्यु भएको र दश जना घाईते भएको थियो ।
   मृत्यू हुने चालकहरुमा गणेशलाल श्रेष्ठ, श्याम श्रेष्ठ, लालवहादुर तामाङ र सुर्य तामाङ रहेका छन् भने परिचालकहरुमा सुरेश तामाङ र सुजन तामाङ रहेका छन् । संगठनका सदस्य तथा मृतक यातायात मजदुर परिवारलाई राहतका लागि कोषको स्थापना गरिएको अरनीको ट्रक रुट ईकाईका अध्यक्ष दुर्गावहादुर श्रेष्ठले बताए साथै देशभरीबाट सहयोग गर्न चाहनेहरुका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय कमिटीको सहयोगमा खोलिएको राष्ट्रिय बाणिज्य बैंक बालाजु शाखाको हिसाव नम्बर ७६६७ मा सहयोग गर्न समेत अनुरोध गरेका छन् ।
   ६ जना साथीहरुको मृत्यु भएकोछ ४४ जना परिवारको समेत मृत्यु भएकोछ कतिपय साथीहरुले पुरै परिवार तथा भएभरका घर जग्गा गुमाएका छन् यस्तो वेलामा सहयोग गर्नु  हामी सवैको कर्तव्य रहेकाले देशभरीका संगठन परिवार तथा अन्य दयावानहरुलाई सहयोग गर्न नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका महासचिव भीमज्वाला राईले आग्रह गरेका छन् ।

पहिरोको पीडा ः आफ्नो भन्नु केही रहेन अब कहां जांऊ ? राहत वितरणमा जसको शक्ति उसको भक्ति, कहां जांदैछ राहत


भीमज्वाला राई 
काठमाण्डौं । आफन्तपनि छैनन्, घर जग्गा पनि छैन, आफ्नो भन्नु नै केही रहेन अब कहां जाऊ ? 
  मंगलबार जयराम पराजुलीले मलिन स्वरमा माथीका कुरा भनिरहदां उनका वरीपरी अन्य किरियापुत्रिहरुपनि भावुक थिए त्यहा रहेका सवैको कथा मिल्दाजुल्दा थिए । 
     पहिरोमापरि परिवारै गुमाएपछि पशुपतिनाथ स्थित किरियापुत्री घरको १८ नम्बर कटेजमा किरीयापुत्रीमा बसेका सिन्धुपाल्चोक माङखा १ का जयराम पराजुलीलाई परिवार गुमाउनुको पीडा त छदैथियो । अब कहां जाने कहां बस्ने कुनै बाटो नभेटीएपछि थप पीडामा परेका छन् । 
     ११ दिन अघि सिन्धुपाल्चोक जुरेमा गएको पहिरोमा पराजुलीले बुवा देउऋषि पराजुली, आमा छांयादेवी परिाजुली, श्रीमती लक्ष्मी पराजुली र छोराहरु निर्जा र निकेस पराजुली एकसाथ गुमाएका थिए । अहिले उनी सवैको एकसाथ मृत्यू सस्कारमा छन् यही साउन २९ गते १३ दिने अन्तिम सस्कारको तयारीमा छन् तर यतीवेला उनीमाथी आफन्त गुमाउनुको पीडासंगसंगै अब कहां जाने, कहां बस्ने भन्ने चिन्तापनि थपिएकोछ ।  पहिरोले उनको परिवारसंगै उनको घर तथा भएका ४० रोपनी जमिनको पनि कुनै नाम निशान छैन ।
   अरनिको रुटमा ट्रक कन्टेनर चालक रहेका पराजुली दुर्घटना अघिनै ना ३ ख ७३११ नम्बरको कन्टेनर लिएर चितवन गएका कारण उनको घरका उनीमात्र जिवित रहे बाकीं घरमा भएका सवैको ज्यान गयो न त उनले कसैको शव नै भेटे । उनी अहिले गुमेका आफन्तहरुको नाममा कुशको शव बनाएर अन्तिम सस्कार गरिरहेका छन् ।  
    पराजुलीले चितवनमै खवर पाएपछि उनी अचेत बने उनकै कन्टेनरका सहकर्मीले उनलाई काठमाण्डौ ल्याए तर उनी दुईदिनसम्म अर्धचेत झै बने आफन्त सवै गुमाउनुको पीडा र अब कहां बस्ने भन्ने पीडा त छदैछ घटनाको राती आठ बजे ८ वर्षीय छोरा निर्जा ले फोन गरेर बाबा घर छिटै आउनु आउदा मलाई र भाईलाई जुस ल्याईदिनु है भनेको कुरा स्मरण गर्दा उनी एकोहोरो हुन्छन् । प्राय राती सुत्ने वेलामा छोरा र श्रीमतीसंग मोवाईलमा गफ हुने गरेको भएपनि त्यस दिन छोरासंगमात्र कुरा गर्न पाएको उनले सुनाए ।
   परिवारै गुमाउदाको अवस्था सम्झीदा अति पीडा हुन्छ तर म मात्रै होईन मेरो वडाका कोहीपनि बांचेनन् त्यस्तै सयौ घर परिवारकोपनि हालत त्यस्तै भएकाले मन बुझाउछु उनले भने । 
  कहां जांदैछ राहत  
पहिरोमा परि ज्यान गुमाएका, अंगभंग भएका वेपत्ता भएका परिवारलाई सरकारी तथा गैर सरकारी निकायबाट राहत वितरण गरिरहेको समाचार विभिन्न सञ्चार माध्यमहरुमा आईरहेको भएतापनि आफुहरुलाई राहत दिने त कुरै छाडौं सोध्न सम्म नआएको जयराम पराजुलीले बताए । 
    पशुपतिनाथको यो किरीयापुत्री घरमा दश जना सिनामंगलस्थित किरीयापुत्री घरमा ६ जना मृत्यु भएका आफ्रनतको अन्तिम सस्कार गरिरहेका छन् । कसैको परिवारै पहिरोले लगेकोछ कसैका आफन्त गुमेका छन् तर दुवै स्थानमा रहेर सस्कार कार्यमा रहेकाहरुलाई कसैलेपनि राहतको विषयमा भेट्न सोध्न नआएको बताए । 
  राहत वितरण भईरहेको चामल लगायतका आवश्यक सामग्रीहरु वितरण भईरहेको हामीले पनि सञ्चार माध्यममा हेरिरहेकाछौं सुनिरहेकाछौं तर हामीलाई अहिलेसम्म कसैले सोध्नसम्म आएकाछैनन् बिचारी पराजुलीले भने । पहिरोमा बुबा मेघनाथ पराजुली, आमा, भान्जीहरु र बहिनी गुमाएका पराजुलीले आक्रोस पोखे । राहत बाडिरहेको सुनेकाछौं बास्तविक पीडि बाहेक अरुले फाईदा नउठाउन भन्ने हाम्रो विचार हो माङखाकै रुबिन पौडेलले भने । 
   हामी तनावै तनावमा रहेको  तर कतैबाटपनि सहयोग नपाईएको सिनामंगलमा रहेका पञ्च श्रेष्ठले बताए । पीडित त भएकैछौं राजनीतिक दलका नेताहरुबाट समेत आश्वासन बाहेक केही सहयोग नपाईएको उनले बताए । यत्रो विपदमा परेको समय अहिलेसम्म कसैले पनि सहयोग नगरेको उनले बताए । 
जसको शक्ति उसको भक्ति 
सिन्धुपाल्चोक पहिरोमा परेका पीडितहरुलाई राहतको नाममा आर्थिक तथा भौतिक सामग्रीहरु संकलन भईरहेको भएतापनि वितरणका लागि नीति नबन्दा बास्तविक पीतिहरु राहतबाट बन्चीत हुनु परेका गुनासाहरु आईरहेकाछन् । 
   पीडितहरुको लगत संकलन नगरी स्थानिय राजनीतिक दलहरुको सिफरिसमा वितरण थालिएको राहत जस्को शक्ति उसको भक्ति भनेझै जसले दादगीरी गरेर शक्ति प्रदर्शन गर्न सक्यो उसैले मात्र पाउने गरेको र वास्तविक पीडितहरुको हातमा राहत नपरेको गुनासाहरु आएका हुन् । 
 राहत प्रदान गर्नु भन्दा पहिले पीडितहरुको वर्ग निर्धारण गरेर मृत्यू भएका, सवै परिवारै गुमाएका, आफन्त सहित सर्वस्व गुमाएका, अंगभंग भएका, बेपत्ता भएका, आफन्त नगुमाएका तर भएभरका सम्पति गुमाएका लगायतका वर्ग निर्धारण गरेर राहत वितरण गर्न सके गुनासहरु कम हुने देखिन्छ । 
   
   
   


   
   

नेपाली मजदुरमाथी चिनियाको ज्यादती


समयमै सामान भन्सार नहुदां मजदुरहरुको विचल्ली
भीमज्वाला राई

     तातोपानी । चिनलाई नेपालसंग व्यापारिक हिसावले जोड्ने तातोपानी खासा नाका नेपालको मुख्य व्यापारिक नाका हो खासालाई प्रमुख व्यापारिक नाका भनेपनि नेपाल सरकारले चिनको खासामा बाणिज्यदुतावासको कार्यालय राखेको छैन । बाणिज्य दुवासको कार्यालय नहुदा चिनको खासा हुदै नेपालको तातोपानी नाकाबाट चाईनिज सामान नेपाल ढुवानी गर्ने ट्रक कन्टेनर मजदुर तथा व्यवसायीहरुले सास्ती खेप्नु परेकोछ ।
    चाईनिज सामान ढुवानीका लागि चिनको झाङमु (खासा) भन्सारमा पुग्ने नेपालका ट्रक कन्टेनरहरुलाई समयमै क्वारेन्टाई तथा भन्सार नगरीदिंदा हप्तांैसम्म कुर्नु पर्दा व्यवसायी तथा मजदुरहरुले सास्ती खेप्न परेको हो । चाईना भन्सारका प्रतिनिधिहरुले नेपाली भाषा नबुझ्ने, चाईनिज भाषा नेपाली मजदुर तथा व्यवसायीहरुले नबुझ्ने समस्या कारण सामान लोड भएरपनि हप्तौंसम्म चाईनिजहरुले आवश्यक क्वारेन्टाईन तथा भन्सार कागज नबनाईदिदां मजदुरहरु अनावश्यक झमेलामा पर्ने गरेका हुन् ।
  नेपाली भाषा बुझदैनन्, चाईनिज भाषा हामी बुझदैनौं कागजपत्र गरिदिन आग्रह गर्दा चाईनिज भन्सार कर्मचारीको हप्कीदप्की खानु पर्छ दोहो बोले कुट्नै खोज्छन् ना ३ ख ९५५३ नम्बरका स्वोरोजगार चालक विश्वबिक्रम खड्काले बताए । मेरो कन्टेनर लाईनमा बसेको १४ दिन भयो अझै चाईनिज भन्सार कर्मचारीले क्वारेन्टाई तथा भन्सार कागजात बनाईदिएको छैन बोले हप्काउछन नबोले महिनादिन हुन लागिसक्यो यस बारेमा कस्ले बोलीदिने  खड्काले भने ।
  क्वारेन्टाईन कार्यालय सामानको सवै चेक जांच गरेर सामान ठिक रहेको कागजात बनाईदिएपछि मात्र भन्सारले अन्य आवश्यक कागजात बनाईदिने गर्दछ यी कामहरु गर्न भन्सार र क्वारेन्टाईन कार्यालयका कर्मचारीहरु लाग्ने हो भने एकै दिनमा गर्न सक्ने काम हप्तौं लगाउने गरेकाले मजदुरहरुको बिचल्ली भएको ना ३ ख ५१५२ नम्बरका कन्टेनर चालक धनवहादुर श्रेष्ठले बताए । अनावश्यक हामीले चाईनिजहरुको गालीगालौज खानु परेकोछ, मानसिक तनाव व्यहोर्नू परेको छ आफ्नो कमाई सवै चाईनामै खर्च गर्नु परेकोछ उनले भने ।
    पार्किङको समस्या
चाईना भन्सारले ४ सय कन्टेर क्षमताको पार्किङ निर्माण गरेकोछ  तर करिव ५ देखि ७ सयको सख्यांमा कन्टेरहरु खासा पुग्ने गर्दछ पार्किङ बाहेक अन्य कन्टेनरहरु बजार तथा बाटोमै लाम लगाएर राख्नुको विकल्प छैन । पहाडी बजार साघुरा सडक र जंगल क्षेत्र भएकाले बाटो र जंगलमा मितेरी पुलदेखि चिनको खासा बजारदेखि भन्सार क्षेत्र सम्म १० किलोमिटर सडकभरी नेपाली कन्टेनरहरुको लाम र मजदुरहरुको बजार हुने गर्दछ ।
  सडक, बजार र जंगल नेपाली कन्टेनरले ढाकेका कारण सवारी आवागमनमा समस्या आईपर्दा चाईनिजको कुटाई समेत यातायात मजदुरहरुले खाने गरेको ना ३ ख ४१९२ नम्बर कन्टेनर चालक पदमवहादुर श्रेष्ठले बताए । घर अघि, पसल अघि पार्किङ गरिदिएको सडक अवरोध गरेको भन्दै मजदुरहरुलाई कुटपीट गर्ने गरेको उनले बताए । सडक साघुरो छ अलिकती कन्टेनरले छुनासाथ तिर्नै नसकिने क्षतीपुर्ति माग गर्ने गरेको र प्रहरीहरुले समेत उनीहरुकै पक्षमा काम गर्ने गरेको श्रेष्ठले बताए ।
   किन हुन्छ ढिलाई ?
पार्किङबाट चाईनाले प्रत्येक दिन नेपाली सवारी साधनहरुबाट मात्र नेपाली १ लाख ३६ हजार रुपैया कमाउने गर्दछ । ४ सय क्षताको पार्किङबाट प्रति कन्टेनर चाईनाले चाईनिज २० घोर्मु लिने गर्दछ जसको नेपाली रुपै ३ सय ४० हुन आउछ । त्यस कारण जती ढिला गर्यो त्यति चाईनालाई फाईदा भएकाले पनि चाईनाले क्वारेन्टाईन र भन्सारमा ढिला गरेको नेपाल ट्रक कन्टेनर व्यवसायी संघका द्धितिय उपाध्यक्ष दोर्जे लामा हाउडेले बताए । नेपाल सरकारको तर्फबाट यस विषयमा कुनै चासो नभएकाले चाईनाले हामीबाट फाईदा लिईरहेकोछ फेरीपनि १० घोर्मु बढाउन खोजिएकोछ त्यो भनेको प्रत्येक दिन एउटा कन्टेनरले ५ सय दश तिर्नु पर्नेहुन्छ हामी तयार छौं तर प्रत्येक दिन क्वारेन्टाईन र भन्सार हुनु पर्छ भन्ने हाम्रो माग हो तर सरकारले नबोलिकन लागु हुदैन नेपाल सरकारको प्रतिनिधि खासामा नराखी हुदैन लामाले भने ।
   चाईनिजको हेपाई तथा ढिलासुस्तीका कारण व्यापारीहरु मारमा परेको हिमाल सिमापार बाणिज्य संघका अध्यक्ष निलकण्ठ चौलागाईले बताए । समयमै सामान ल्याउन नपाईने चाईनिजहरुले निर्धारण गरेको मुल्यलाई मान्नु पर्ने मनमौजी लोडअनलोड ज्याला निर्धारण गर्दा समेत प्रतिवाद गर्न नपाईएको चौलागाईले बताए । उनले भने प्रत्येक व्यापारीले प्रति कन्टेनर करिव १३ सय घोर्मु नेपाली करिव २२ हजार १ सय व्यहोर्नु परिरहेको बताए तर समयमै कहिल्यै सामान ल्याउन नपाईएको दुखेसो गरे ।
    चाईनाको खासामा बाणिज्य दुतावासको शाखा कार्यालय नभएकै कारण १५ देखि २० दिनसम्म कन्टेनरहरु चाईनामा विस्कुन लगाएर बस्नु परेकोछ मजदुरहरुको विजोग भएकोछ यो समस्या समाधानका लागि तत्काल सरकारले बाणिज्य दुतावासको शाखा खासामा खोल्नु पर्ने नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनिको रुट ट्रक कन्टेनर ईकाई कमिटी अध्यक्ष दर्गावहादुर श्रेष्ठले बताए ।
   चाईनिज प्रतिनिधिहरुले हरेक कुरामा मुल्य मात्र बढाउन खोज्ने गरेको तर नेपाली व्यपारी तथा मजदुरहरुलाई सहज हुनेखालका कुनै काममा चासो नदेखाउने गरेको तातोपानी स्थित भन्सार कार्यालयका प्रमुख निमासिंह अधिकारी बताए कुनै विषयमा मुल्य वृद्धि गर्नु पर्यो भने छलफमा बोलाउने गरेको तर खासामा सहज बनाउनु पर्यो भन्ने विषय राख्दा छलफलबाटै उठेर हिड्ने गरेको बताए ।
  त्यस्तै सरकारी तहको माथिल्लो तहबाटै चाईनिज प्रतिनिधिमण्डलसंग छलफल नगरी यो समस्या समाधान नहुने तातोपानीस्थित अध्यागमन कार्यालयका प्रमुख विरेन्द्रनाथ शर्माले बताए ।
मजदुरहरु जंगलमा भोकभोकै
समयमै क्वारेन्टाईन तथा भन्सार नहुदा कानुनी प्रकृयामा लामबद्ध कन्टेनरका मजदुरहरु रात तथा दिनभरी भोकभोकै जंगलमा बस्न बाध्य भएका छन् । चाईना नेपाल सिमा मितेरी पुलदेखि खासासम्मको १० किलोमिटर दुरीकोविचको जंगलमा कुनै पसल तथा मानव बस्ती नभएकाले सामान लोड, अनलोड तथा क्वारेन्टाईन तथा भन्सारका लागि पालोमा रहेका मजदुरहरु न खान पाउछन् न सुत्न पाउछन न सुरक्षित नै हुने गरेका छन् ।
 खासामा जताततै मजदुर
साना ठुलागरि १४ सय कन्टेनरहरु खासा रुटमा सञ्चालित छन् ति मध्य खासा बजार तथा तातोपानी आसपासमा करिव ६ देखि ८ सयको हाराहारीमा हुन्छन भने अन्य कन्टेनरहरु तातोपानी काठमाण्डौं हुदै देशभरी चाईनिज सामानहरु रेडिमेड सामान, ईलेक्ट्रोनिक्स सामान तथा स्याउ लिएर गुडिरहेका हुन्छन् । तर तातोपानी र खासा आसपासमा रहेका सवै सवारीका मजदुरहरुको आश्रयस्थल खासा बजार नै भएकाले खासाका होटल, पुल हाउस, गल्लीका क्यारेमबोर्ड खेल स्थल, बजार जतातै यातायातमजदुरहरु छाईरहेकाछन् ।
    स्थलगत भ्रमणबाट फर्केर आएपछि

गित


भीमज्वाला राई
तिम्रो हात छुटेपनि तिम्रो साथ टुटेपनि
जिवनभरीसंगै हिड्ने बाचाबन्धन चुकेपनि
सपनाहरु बुनिरहें पाईलाहरु चालिरहें
झुकेन यो आत्मविश्वास सगरमाथा झुकेपनि

चाहिएन साथ मलाई चाहिएन हात मलाई
आफैलाई भुल्छु बरु प्यारो लाग्छ घात मलाई
घाम हेरे जुन हेरे, हेरे साउने भेलहरु
झेल्नु जती झेलीसके जिन्दगीमा झेलहरु

कुरा काटोस, ईस्र्या गरोस छैन कुनै डर
अरु त अरु भए आफन्तकै हुन्न भर
जल्नेहरु जलीरहुन्  मलाई के पो हुन्छ
चढ्ने साहस गर्नेले नै सगरमाथा छुन्छ


पांच करोड हुंदा कस्लाई फाईदा ?

  
     भीम ज्वाला राई
 हरेक निर्वाचन क्षेत्रलाई दिईने दश लाख रकमलाई बढाएर ५ करोड बनाउन सभासदहरुले हस्ताक्षर अभियान थालेका छन् । सभासदहरुले छ करोड मागे भन्ने चर्चाका आभारमा सभासदहरुको मागप्रति नकारात्मक धारणा पनि सुन्ने गरिएकोछ । राजनीतिसंग वितृष्णा भएकाहरुले सभासदले ५ करोड माग्यो भन्नासाथ यसबारे नकारात्मक धारणा बनाउदै यो ठिक होईन भन्ने गरेको सुनिन थालेको छ तर सतहलाई मात्र बुझेर विरोध गर्नु भन्दा यसको राम्रा पक्ष र नकारात्मक पक्षका बारेमा बुझेर मात्र राय दिन जरुरी छ ।
    अहिले सभासद विकास कोषको नाममा वितरण गरिने दश लाख रकम निर्वाचन क्षेत्रको विकासमा अपुग भयो यस कारण यो रकम ५ करोड हुनु पर्छ भन्दै हस्ताक्षर गर्ने एमाले तथा काग्रेसका सभासदहरुको सख्यां दुईसय नाघिसकेको छ हस्ताक्षर गर्नेको सख्या अझै बढ्दैछ । उनीहरुले समानुपातिकका सभासद र अन्य पक्षहरु समेत मिलेर क्षेत्रको आयोजना छनौट गरि खर्च गर्ने प्रस्ताव अर्थ समितिको बैठकमा लाने तयारी समेत गरेकाले यो अभियानले सार्थकता पाउने आशा गर्न सकिन्छ । तर सभासदहरुको अभियानलाई पुर्णता दिने हो भने त्यो रकमलाई निर्वाचन क्षेत्रको विकासमा शतप्रतिशत खर्च हुने आधारहरु समेतलाई प्रस्तुत गर्न आवश्यक देखिन्छ ।
     यस अघि विनियोजन हुदै आएको रकम हातीको मुखमा जिरा भने झै थियो निर्वाचन क्षेत्रको विकासका लागि अपर्याप्तता त थियो नै तर सानो परिनामको रकम समेत दुरुपयोग हुदै आएको अनुभवहरु रहेका छन् । एक त सानो परिमानको रकम त्यमाथी पनि राजनीतिक दलहरुले विभिन्न बहाना बनाएर आफ्ना पार्टीका कार्यकर्ता तथा पार्टी हित अनुकुल खर्च गर्नेगरेको जनगुनासाहरु सुन्ने गरिएको थियो । सभासदहरुले निर्वाचन क्षेत्रको विकासका लागि रकम बढाउने योजना बनाउनु नराम्रो होईन तर विगतमा भएका अनियमिततालाई कसरी अन्त्य गर्नेछन् त्यो विषयपनि अभियानको विषय बन्नु पर्दछ ।
    निर्वाचनका समय सभासदहरुले जनताकाबीच विभिन्न खालका विकासका आश्वासनहरु दिईएका हुन सक्छन् तर सभासद भईसकेपछि उनीहरुको निर्णय अधिकार रहेको रकम दश लाख कुनै एक ठाउको कलभर्ट निर्माणमा समेत पर्याप्तता नहुने र जनताकाबीच बोलेका महत्वपूर्ण काम समेत गर्न नसक्ने अवस्थामा पहुच विहिन र प्रतिपक्षि दलका सभासदहरुका लागि विकास निर्माणका वजेट पास गर्ने विषय जटिल रहेकोछ । यस्तो जटिलताको अवस्थामा सभासदहरुको अभियानले पुर्णता पाएको अवस्थामा केही हदसम्म सभासदहरुको मात्र होईन निर्वाचन क्षेत्रका जनताका समस्याहरुले समेत समाधानको बाटो पाउनेछ तर त्यसलाई सतप्रतिशत जनताको हित र क्षेत्रको विकासमा खर्च हुने विश्वासिलो आधारहरु जनताले थाहा पाउन जरुरी छ ।
    


अलविदा कमरेड दोर्जी खत्री


शुक्रबार बैशाख ५ गते विहान साढे ६ वजे सगरमाथा आधारशिविर पहिलो क्याम्पमा आएको हिम पहिरोले दशौं पटक सगरमाथा चुम्ने कमरेड खत्रीको सपनालाई चकनाचुर मात्र पारेर ट्रेड यूनियन आन्दोलनका हाम्रा सहयात्रीलाई हामीले सदाका लागि गुमाउनु प¥यो ।
   सगरमाथाको नवौं सफल यात्राका क्रममा सगरमाथाको शिरमा फरफराईदिनु भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको झण्डा रहेसम्म कमरेड खत्रीलाई नेपाली यातायात मजदुरहरुले सम्झिरहनेछ ।
  अलविदा कमरेड दोर्जी खत्री. अलविदा ....
कमरेड दोर्जी खत्री
बुबा ः ईन्द्रलाल खत्री
आमा ः मिङमाकिपा शेर्पा खत्री
जन्म ः २०२५ पुस ५, लेलेप ९ घुन्सा ताप्लेजुङ
श्रीमति ः फुमु ग्याप्चे शेर्पा खत्री
छोरी ः डोमा खत्री, फुपु लमु खत्री
छोरा ः छिरिङ खत्री
दशौ पटक सगरमाथा चढ्नेक्रममा सगरमाथा आधारशिविर पहिलो क्याम्पमा हिम पहिरोमा परि २०७१ बैशाख ५ गते विहान ६ ः ३० वजे मृत्यू


व्यथिति अन्त्य गर्न विमान स्थल सहमत



४ बैशाख २०७०
काठमाण्डौं । विमान स्थलभीत्र ट्याक्सी पार्किङ तथा यात्रु सेवा सम्बन्धमा भईरहेको व्यथिति अन्त्य गर्न त्रिभूवन अन्तराष्ट्रिय विमान स्थल प्रशासन सहमत भएकोछ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले अघि सारेको पांच बुदें मागहरु विमान स्थल प्रशासनले क्रमशः पुरा गर्दै जाने बताएको छ ।
   बिहिबार विमानस्थलमा भएको संगठनका नेताहरु तथा विमानस्थल प्रशासनबीच भएको छलफलपछि तत्कालका लागि मिटर ट्याक्सी देखिनेगरी संकेत बोर्ड राख्ने, मिटर ट्याक्सीका चालकहरुमाथी हुने दुव्र्यवहार रोक्ने, यात्रु तानातान नगर्ने, हरियो प्लेटका प्रिपेईड ट्याक्सी १५ बटा र कालो प्लेटका मिटर ट्याक्सी १० वटा भन्दा बढी ट्याक्सी विमानस्थलभीत्र पार्कीङ नगर्ने, कालो प्लेटका मिटर ट्याक्सी सञ्चालनका लागि समयसारीणी अनुसार गर्ने सहमति भएको छ ।
     दिर्घकालका लागि यस अघि विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेड, विमानस्थल तथा यातायात व्यवस्था विभागसंग भएका सहमतिहरुलाई समिक्षा गर्दै सर्वपक्षिय बैठकद्धारा त्यहा देखिएका र संगठने उठाएका मागहरुलाई सम्बोधन गर्दै जाने सहमति भएको विमानस्थलका डाईरेक्टर देवचन्द्रलाल कर्णले  जानकारी गराउनुभयो ।
    छलफलमा संगठनका केन्द्रीय उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठ, महासचिव भीम ज्वाला राई, बागमती अध्यक्ष नवराज घिमिरे, एयरपोर्ट ट्याक्सी ईकाई अध्यक्ष शंकर थापा सहभागी थिए भने त्रिभूवन अन्तराष्टिय विमानस्थलमा विमानस्थल हवाई सुरक्षा महाशाखाका बिक्रमराज गौतम, केमनाथ ठाकुर तथा विमानस्थल सुरक्षाका तर्फबाट एसएसपी रमेश फुयाल तथा फिल्ड ईन्चार्ज प्रहरी निरिक्षक राजकुमार राई सहभागी थिए ।
     चैत्र २४ गते संगठनले विमानस्थलका महाप्रवन्धक समक्ष प्रि पेईड ट्याक्सी तथा मिटर ट्याक्सीको पार्कीङ स्थलको व्यवस्था  गरिनु पर्ने, यात्रुले देखिनेगरी संकेत बोर्ड राख्नु पर्ने, लागु औषध तथा मादक पदार्थ सेवन गरेर काम गर्न निषेध गरिनु पर्ने, यात्रु तानातान गर्ने, जवरजस्ती गर्ने, यात्रुलाई अभद्र व्यवहार गर्ने कार्य रोकीनु पर्ने, विमानस्थलभीत्र हुने गुण्डागर्दी रोकिनु पर्ने लगायतका मागहरु प्रस्तुत गरिएको थियो ।

सम्पर्कका लागि
देवचन्द्रलाल कर्ण, डाईरेक्टर विमानस्थल
९८४१३०५९३७
भीम ज्वाला राइ, महासचिव
९८५२०४७७२८
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन

माधव नेपालद्धारा मजदुरलाई सहयोगको प्रतिवद्धता


काठमाण्डौं । नर्भिक अस्पतालबाट दिल्ली लैजान तयारी गरिएका मजदुर नेता धर्मानन्द पन्तको उपचारमा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आवश्यक सहयोग गर्ने बताउनु भएको छ ।
      नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका पूर्व केन्द्रीय उपाध्यक्ष एवं जिफन्ट महाकालीका पूर्व अध्यक्ष पन्तको ब्रेन ह्यामरेज भएपछि चैत्र २६ गतेदेखि नर्भिक ल्याईएका थिए । धर्मानन्द पन्तलाई सोमबार एमाले वरिष्ठ नेता माधव नेपालले अस्पतालमै पुगेर सोमबार अपरान्ह करिव १ वजे भेट गर्नु भएको थियो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका महासचिव भीम ज्वाला राईले उपचाररत मजदुर नेता पन्तको अवस्था तथा दिल्लीमा उपचारका लागि भनसुनको जरुरी रहने कुरा जानकारी गराएपछि नेता नेपाल अस्पताल आउनु भएको थियो ।
   नेता नेपालले एम्स, महात्मागान्धी वा अन्य कुनै अस्पताल लान परेपनि दिल्लीस्थित राजदुतावास मार्फत पन्तको उपचारमा सहयोग गर्ने बताउनु भएको थियो । नेता नेपालले पन्तका छोरा महेश पन्तसंग दिल्ली लाने तयारी पछि आफुलाई भेट्न आग्रह गर्नु भएको थियो । 
     उपचारमा संलग्न चिकित्सक डा. जैसवाल र डा. पंकजले पन्तको अवस्था क्रिटिकल रहेको टाउकोको नसामा रक्तश्रावलाई रोक्ने प्ल्याटलेईट बृद्धि हुननसकिरहेकोले यसका लागि भारतको नयां दिल्ली लैजाने सल्लाह दिएका थिए । प्ल्याटलेईटको मात्रा १ लाख ५० हजार देखि ४ लाख सम्म हुनु पर्छ तर पन्तकोमा भने ५ देखि १० हजारको हाराहारीमा आएकाले कुन वेला केहुन्छ भन्न नसकिने बताए । 
   पन्त २०४८ सालदेखि मजदुर आन्दोलनमा सक्रिय रहदै आएका छन् पूर्व राजा ज्ञानेन्द्रको शासन कालमा दलहरुको आन्दोलनलाई निस्तेज बनाउन जारी गरिएको संकटकालका समय महेन्द्रनगरमा पहिलो पटक पन्तकै नेतृत्वमा चार सय मजदुरको जुलुश प्रदर्शन गर्दा पन्त पक्राउ परेका थिए तिन पटक पक्राउ परेका पन्तको रिहाईका लागि अन्य देशका ट्रेड यूनियनहरुले समेत एक्यवद्धता जनाउदै दरवारलाई सिधै पत्राचार गरेपछि उनी मुक्त भएका थिए ।
   

जिफन्ट अध्यक्षमा पुनः बिष्णु



काठमाण्डौं । बिष्णु रिमाललाई दोस्रो कार्यकालका लागि पुन अध्यक्षमा चयन गर्दै नेपाल ट्रेड युनियन महासंघ जिफन्टको छैठौं राष्ट्रिय महाधिवेशन आईतबार सम्पन्न भएको छ ।
   शुक्रबार सुरु भएको महाधिवेशनले आगामी चार वर्षका लागि ४७ सदस्यीय नयां कमिटी चयन गरेको छ । अन्य ट्रेड युनियनहरुको माहाधिवेशनमा गुट र विवाद हुने गरेको भएतापनि जिफन्टले सर्वसम्मत नयां नेतृत्व चयन गरेको हो । 
महाधिवेशनले पांच उपाध्यक्ष, एक महासचिव, तिन उप महासचिव, आठ सचिवहरु रहेको कमिटी चयन गरेकोछ ।
   कमिटीका उपाध्यक्षहरुमा हरिदत्त जोशी, मधुसुदन खतिवडा, विदुर कार्की, विना श्रेष्ठ चयन भएका छन् त्यसै गरि महासचिवमा बिष्णु लम्साल, उप महा सचिवहरुमा जनक चौधरी, जितेन्द्र जोन्छे चयन भएका छन् भने सचिवहरुमा रमेश बडाल, दिपक पौडेल, जितेन्द्र श्रेष्ठ, गुणराम आचार्य, केशव दवाडी, दिनेशकुमार राई र कमल गौतम चयन भएका छन् ।
  सदस्यहरुमा अमर यादव, कुलबहादुर खत्री, राम बुढाथोकी, चन्द्र गुरुङ, तुलसी सिबाकोटी, उत्तम श्रेष्ठ, भक्तवहादुर बिक र मोहन नेपाली रहेका छन् । त्यसैगरि अञ्चल कमिटीका ११ अध्यक्षहरु पदेन सदस्य हुनेछन् । त्यसै गरि १५ जना महिलाहरु सदस्य चुनिएका छन् । 
 महाधिवेशनले ११ बुदे प्रस्ताव समेत पास गरेकोछ ।   
   

श्रमिकका भरोसा जिफन्ट ः नेपाल


काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपालका सवै क्षेत्रका श्रमजीवीहरुको भरोसा योग्य ट्रेड यूनियन जिफन्ट रहेको बताउनु भएको छ ।
    नेपाल ट्रेड यूनियन महासंघ जिफन्टको छैठौं राष्ट्रिय महाधिवेशनको दोस्रो दिन शनिबार राजधानीस्थित राष्ट्रिय सभागृहमा वरिष्ठ नेता नेपालले त्यस्तो कुरा बताउनु भएको हो । अन्य ट्रेड यूनियनहरु पनि श्रम वजारमा देखिएका छन् तर ति संगठनहरु मजदुरहरुको हितमा भन्दा पूजीपतिहरुको गुलामी गर्ने र राजनीतिक दलहरुको पिछलगु बन्ने गरेको वहाले बताउनु भयो । 
    जिफन्टको बन्द शत्रमा विशेष वक्ताका रुपमा निम्त्याईएका एमाले नेता नेपालले बृदावस्थाका मजदुरहरुको भत्ताको व्यवस्था, दुर्घटनामा पर्दा पाउने क्षतीपूर्ति, शिक्षाको प्रत्याभूति लगायतका श्रमजीवी वर्गको सुरक्षाका लागि एमालेले सामाजिक सुरक्षाको व्यवस्थालाई कडाईका साथ कार्यान्वयनमा लाने र अन्य दलहरुलाई समेत सामाजिक सुरक्षाका विषयमा सहभागी गराईने बताउनु भयो । 
    नेपालमा जात, क्षेत्र, लि¨, भुगोल र उत्पीडितहरुको विषयहरु उठ्ने गरेको भएपनि मजदुरहरुको विषयलाई सवैले विर्सने गरेको बताउनु हुदै मजदुरहरुलाई नीति निर्माणको तह र राज्यको सवै तहमा मजदुरहरुको प्रतिनिधित्वलाई १० प्रतिशत ग्यारेण्टी एमाले गर्ने नेता नेपालले बताउनु भयो । 
   शनिबार जिफन्ट अध्यक्ष बिष्णु रिमालले नीतिगत दस्तावेज, महासचिव उमेश उपाध्यायले सांगठनीक प्रतिवेदन, बरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठले आर्थिक र विद्यान संशोधन प्रस्ताव प्रस्तुत गर्नु भएकोछ । प्रस्तुत प्रस्तावहरुमाथी प्रतिनिधिहरुको समुह निर्माण गरि सुझाव प्रस्तुत हुनेछ ।  

श्रमिक मैत्री संविधानबीना परिवर्तन हुदैन ः खनाल


१४ चैत्र २०७०
काठमाण्डौं । नेकपा एमाले अध्यक्ष झलनाथ खनालले  श्रमिक मैत्री संविधान निर्माण नगरेसम्म देशको आमुल परिवर्तन  र श्रमजीवी जनताको जिवनलाई समृद्ध बनाउन नसकिने बताउनु भएको छ । 
     शुक्रबार राजधानीमा सुरुभएको जिफन्टको छैठौं राष्ट्रिय महाधिवेशनको उद्धघाटन समारोहमा बोल्नुहुदैं त्यस्तो कुरा बताउनु भएको हो । नीति निर्माणको तहदेखि राज्यका सवै तहहरुमा मजदुरहरुलाई १० प्रतिशत सहभागीता गराउन सम्बन्धमा एमाले प्रतिवद्धरहेको बताउनुहुदै २०४८ सालको श्रम ऐनले नेपालका सवै मजदुरहरुको हित गर्न नसकेकाले अब समय सुहाउदो र मजदुरहरुको भविष्यलाई समेत सुदृढ गर्ने श्रम कानुन बनाउन एमाले तयार रहेको बताउनुभयो ।
   खनालले भन्नु भयो संसदमा प्रस्तुत सामाजिक सुरक्षा ऐनलाई यही संसदले कार्यान्वयमा ल्याउन ग्यारेण्टी गर्नु पर्ने बताउनु भयो । करिव ३० लाख नेपाली श्रमिकहरु कामको खोजीमा विदेशीनु पर्ने दुखद अवस्थालाई अन्त्य गर्दै ति युवाहरुलाई स्वदेशमै रोजगारीको अवस्था सृजना गर्ने र ती युवाहरुलाई स्वदेशमै रोक्नु शिक्षा पदतीको व्यवस्था गरिनु पर्ने खनालले बताउनु भयो । 
 वहाले भन्नु भयो नेपाल संविधान निर्माणको प्रकृयामा रहेकाले अब बन्ने संविधानले श्रमजीवी जनताको अधिकारलाई सुनिस्चित गर्नु पर्ने समाजमा रहेका विभेदहरुको अन्त्य हुनु पर्ने देशको आर्थिक परिवर्तन हुनु पर्ने, विकासका पूर्वाधारहरुलाई व्यवस्थित गरिनु पर्ने, नेपालको स्वाधिनता, राष्टिय अखण्डता र सार्वभौमिकतामा आंच आउन नहुने बताउनु भयो । 
   देशभरीका ६ सय ५ प्रतिनिधि पर्यवेक्षकहरु सहभागी जिफन्टको महाधिवेशन चैत्र १७ गतेसम्म हुने छ । अधिवेशनले आगामी चार वर्षका लागि नयां नेतृत्व समेत चयन गर्नेछ । महाधिवेशनले नयां पुस्ताका नेतृत्वलाई मजदुर आन्दोलनको जिम्मेवारी सुम्पिने जिफन्टका अध्यक्ष विष्णु रिमालले यस अघिनै पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भएको थियो । 
    महाधिवेशनमा २६ देशका ४६ मजदुर आन्दोनका नेताहरुले सहभागीता जनाएका थिए । महाधिवेशनमा पेशागत महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेल, अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष शालिकराम जम्मरकटेल, नेपाल ट्रेड युनियन काग्रेसका अध्यक्ष खिलानाथ दाहाल, आईएनटियुसिका अध्यक्ष ईन्द्रदेव मिश्र, आईएलओका नेपाल निर्देशक होसे एसेलिनो, सार्टुकका महासचिव लक्ष्मण बस्नेत, श्रम मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठ लगायतले शुभकामना दिनु भएको थियो । 
   एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी, सचिव शंकर पोख्रेल लगायतका नेताहरुले समेत शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन जिफन्ट सचिव उमेश उपाध्यक्षले सञ्चालन गर्नु भएको थियो भने अध्यक्षता जिफन्ट अध्यक्ष विष्णु रिमालले गर्नु भएको थियो । 
 कार्यक्रममा आईटियूसिका महासचिव स्यारन बरोले बेल्जीयमबाट जिफन्ट महाधिवेशनमा भिडियो कन्फरेन्सीङको माध्यमबाट प्रत्यक्ष प्रशारण मार्फत शुभकामना सन्देश दिनुभएको थियो ।     

द्धन्द्ध पीडित देश सवै नेपाल जस्तो हुन्न रहेछ



भीम ज्वाला राई
  ९ चैत्र २०७० काठमाण्डौं
      काढमाण्डौ । क्याम्बोडियाली राजधानी नोम पेनको तिनदिने बसाईले मनग्य छोयो । उग्र वामपन्थिी विचारको परिणाम के हुन्छ भन्ने उदाहरण कम्बोडियाली खमेरुज पार्टीका नेता पोलपोटको सन १९७० देखि १९७५ सम्मको शसस्त्र जन बिद्रोह र त्यसले निम्याएको विध्वंसको कथाहरु पढिदै र सुनिदै आएकाले क्याम्बोडिया भन्ने बित्तिकै नेपाल जस्तै अस्तव्यस्त र अबिकसित भन्ने ठानेको थिएं । 
   सर्वहारा क्रान्तिका नाममा माओवादीहरुले नेपालमा गरेको जनयुद्धको दश वर्षे हिसात्मक क्रियाकलाप र त्यसले निम्त्याएको विनास र नेपालीलेले भोगीरहेको पीडाको एउटा साक्षि म आफै थिएं । मुक्तिको नाम जोडिएका जनयुद्ध र त्यसलाई निषेध गर्ने नाममा भएका दमनले देशलाई कतिसम्म बर्वादीको दिशा तर्फ धकेल्छ भन्ने अनुभव संगालेको हुनाले १८ मार्च २०१४ को राती ११ । ५० वजे क्याम्बोडियोको राजधानी नोम पेनका लागि काठमाण्डौ छाड्दापनि क्याम्बोडियालाई नेपाल भन्दा हरेक हिसावले राम्रो र विकसित ठानेकै थिईन । जव १९ मार्चको विहान मलेसिया हुदै अपरान्ह करिव १ वजे क्याम्बोडियाको राजधानी नोम पेन अन्तराष्टिय विमानस्थल अवतरणपछि हाम्रो देशको अव्यवस्थित र फोहोर त्रिभुवन अन्तराष्टिय विमान स्थल र त्यहाको आधुनिक र टकटकाउदो सफा विमान स्थलबीच कतै छेउकुनो मेल नखाए झै मेरो अनुमानपनि छेउकुनै मिलेन ।
      विमान स्थलबाट बाहिरिएर करिव ३५ मिनटको यात्रा बाट नोम पेन शहरको बजार हुदैं सन वे होटल पुग्दासम्म क्याम्बोडिया बारे गरिएका अनुमान शतप्रतिशत गलत सावित भयो  जनयुद्धका नाममा भएका हिंसा र विध्वंशको सामना गरेकै देशहरु भएपनि नेपाल र क्याम्बोडियाबीच थुप्रै असमानता र केही समानताहरुपनि पाईए  । 
असमानताहरु ः
नोम पेन विमान स्थलमा नेपालको विमान स्थल जस्तो ढिला पन देखिएन अन अराईभल भिसाको फर्म भर्नासाथ करिव १० मिनटमै सवै काम तमाम पारिदिएर यू आर हर्ट्ली वेलकम टु आवर कन्टी क्याम्बोडिया, ह्याव अ नाईस स्टे ईन नोम पेन  सर भन्दै हासेर विदाई गरे जुन व्यवहार हाम्रो विमानस्थलमा कार्यरत कर्मचारीहरुबाट अपेक्षा गर्नु मुर्खता हुनेछ बरु विभिन्न बहाना गरेर दुख दिने गरिन्छ । 
     त्रिभूवन अन्तराष्टिय विमान स्थलको आगमन गेटमा प्रिपेईड ट्याक्सी भनिएपनि कम्यूटराईज रसिदबीना पर्यटनहरुका लागि भनिएको हरियो प्लेटका ट्याक्सीहरुले चर्को मुल्य तोक्ने, मोलमोलाई गरेर यात्रुहरुबाट मनपरि रकम असुल्ने गर्दछन् नोम पेनमा त्यस्तो देखिएन यात्रु तानातान र चर्को मुल्य असुल्न खोज्ने र अन्य देशबाट त्यहा पुगेका यात्रुहरुलाई  ठग्ने ट्याक्सी चालकहरु त्यहा देखिएनन् । तानातान गर्न पनि कोही आएनन ।
   विमान स्थलबाट बाहिर निस्किएपछि काठमाण्डौको जस्तो धुलो धुंवा र फोहोरबाट बच्न नाक थुन्नु पनि परेन कतै ट्राफिक जाममा पनि परिएन, पैदल यात्री र सडकमा हुने भीडभाड र गाईबस्तुलाई तर्काएर ट्याक्सी कुदाउनु पनि परेन र हाम्रो देशमा जस्तो स्वरुप विगारेर पुच्छर ठाडो पारेर नागवेली चाल र आंधीको गतिमा कुद्ने मोटरसाईकलहरुपनि बाटोभरी कतै भेटिएन ।
     चिल्ला र चौडा सडक, आ आफ्नै लेनमा आफ्नै गतिमा दौडिरहेका सवारीहरु, सडकका दायां बायां तर्फ मझौला तर सफा भवनहरु हेर्दै चिताकर्षक नेपालमा जस्तो सवारी साधनलाई नै रोक्नेगरी सडक किनारमै पसल थाप्ने र हाट बजारै सडक पेटीमा लगाउने जस्तो वेथिति नोम पेनमा कतै देखिएन । 
    अझै अचम्मको कुरो त के भने नेपालको जस्तो हिटलरी टाफिक प्रहरीहरु नोम पेन शहरमा कतै देखिएन । काठमाण्डौका सडकमा ट्राफिक प्रहरीहरुको दादागीरी खपीसक्नु हुदैन, चालकहरुलाई गालीगलौज गर्दै जरिवाना असुलीरहेका उत्तेजित ट्राफिकहरु जताततै देखिन्छन् तर नोम पेनमा न ट्राफिक नै देखियो न चालकहरु  सवारी नियम उल्लघन आरोपमा कार्वाहीमा परेको दृष्य देखियो । 
     नोम पेन आउने पर्यटकहरुलाई सहज के देखियो भने क्याम्बोडियन मुद्रा साटिरहन नपर्ने किनभने साना साना पसलहरुमा समेत अमेरिकी डलर सहज विनिमय भएको पाईयो, काठमाण्डौको ठमेलमा मात्र देख्न सकिने पर्यटकहरु मुद्रा विनिमय सहजका कारणले पनि होला नोम पेन शहर जताततै पर्यटकहरु भेटिन्थे । 
केही समानताहरु ः 



 क्याम्बोडियनहरुलाई नेपालका राई, लिम्बु, गुरुङ, तामाङ, मगर, शेर्पा तथा नेवार समुदायका मान्छेसंगै राखिदिने हो भने कसैलेपनि छुट्याउन सक्दैनन् । होचो कद, डल्लो अनुहार थेप्चो नाक चिम्सा आंखां र सेतो छाला नेपाल र क्याम्बोडियाबीचको समानता देखियो । नोम पेनका मान्छेहरु देख्दा उहिले हाम्रो जुजु बराजुको पालामा घर झगडा गरेर पर्देशिएर मुग्लानीएर क्याम्बोडिया आउदा यतै घरजम गरेर बसेको हो की जस्तो । आफ्नै दाजुभाई जस्ता अब स्वदेश फर्कौ सगैं शुख दुख गरेर बसौ भनौ जस्तो मायां लागेर आउने । 
  हाम्रो देशमा जस्तो खस ब्राहमण तराईबासी मुलकासंग अनुहार मिल्नेपनि नभएका होईनन् तर बहुल सख्यांमा मंगोलियन अनुहारकाहरुको बाहुल्यता क्याम्बोडियाको विशेषता रहेको पाईयो । अर्को समानता भनेको अधिकांश बौद्ध धर्मावलम्बि तथा नोम पेन शहरको मध्य भागमा समेत हिन्दु धर्मावलम्बिहरुको आस्था झल्काउने मन्दिरहरु रहनुले हिन्दु धर्मपनि क्याम्बोडियामा अझै अस्तित्वमा रहेको पाईयो ।
    महिला प्रधानता 
सडकमा गुड्ने सार्जजनिक तथा निजी सवारी साधनहरुका चालकहरुमा महिलाको सख्यां उलेख्य देखिएको पाईयो । सवारी साधन सञ्चालनमा मात्र होईन नोम पेन शहरको चर्चित बजार रसियन मार्केट जहां व्यापार गर्ने ९९ सय प्रतिशत व्यापारीहरु महिला भेटिए । १५ देखि ७० वर्षसम्मका महिलाहरु हातमा क्यालकुलेटर बोकेर स्वदेशीसंग आफ्नै भाषामा र विदेशीहरुसंग अग्रेजी भाषामा बस्तुको मोलमोलाई गरिरहेको भेटिए । 
    त्यो शिप यहां लागु गर्न सके ?
दुई भन्दा बढी पर्यटकहरु तथा स्वदेशी यात्रुलाई सेवा दिन मोटरसाईकलको पछाडी छ जाना अटाउन सकिने सिट जोडेर बनाईएका टुक टुक र एक जना मात्र पर्यटक या यात्रुलाई सेवा दिन मोटरसाईकल सेवा प्रदान गरेर त्यहाका युवाहरुले दैनिक १० देखि २० अमेरिकी डलर कमाईरहेका छन् । त्यस्तो पेसामा १८ देखि ६० वर्षसम्मका हजारौ क्याम्बोडियाली आश्रित रहेको पाईयो । 
 त्यो मोटरसाईल वा टुक टुक सेवा नेपालमा पनि सञ्चालन गर्न सकिए यहांका युवाहरु वेरोजगार बन्नु पर्ने थिएन । नेपालका कुण्डले, मुन्द्रे, जगल्टेहरु तथा तह तहका डनहरु ुबै तह लाग्ने थिए । चरि, गणेश लामा, दिपक मनांगे, चक्रे मिलन लगायत डनहरु पनि तह लाग्ने थिए ।
 कामको खोजीमा दैनिक सयौं युवाहरु विदेशिनु परिरहेकोछ ३० लाख भन्दा बढी नेपाली युवाहरु संसारभरी प्रवासी जिवन विताईरहेका छन् । यो सेवाले प्रवासी समस्यालाई केही हदसम्म समाधानका लागि सहयोग पुग्ने थियो ।
   क्याम्बोडियाली श्रमिक जनताको दुर्भाग्य
क्याम्बोडिया बिकासमा अघि बढीरहेको भएपनि जनजिविका र श्रमिकहरुको आधारभूत आवश्यक्ताका विषयमा अझै पछि रहेको पाईयो । सन १९५३ मा फ्रेन्च उपनिवेशबाट स्वतन्त्र भएको भएपनि त्यहाको शासकिय अधिनायकबादबाट क्याम्बोडिया अझै मुक्त हुन सकेको देखिएन सायद त्यही भएरैपनि पोलपोटले जन विद्रोह प्रारम्भ गरेका थिए । यद्यपी उनको विद्रोह ईतिहासमै बदनामी मात्र भएन जसले संसार भरिको कम्युनिष्ट आन्दोलनलाई बदनामी पनि बनायो । 
   पोलपोटको पतन र राजतन्त्रको पुनरुत्थानपछि देखिएको परिवर्तन र वर्तमान क्याम्बोडियाको रुप र भविष्यप्रतिको फड्को पार्ने प्रयत्नलाई सवैले सराहना गर्नै पर्छ तर अहिलेपनि त्यहा श्रमजिवि जनताले न्युतनम आवश्यक्ताका मागहरु प्राप्त गर्न सकेको पाईएन ।
   गार्मेन्ट कारखानामा काम गर्ने मजदुरहरुको संगठन स्वतन्त्रता र न्यूनतम ज्याला लागु गर्ने मागको आन्दोलनमा गएको जनवरीमा सरकारले दमन मात्र गरेन पांच जना मजदुरहरुको हत्या गरिदियो भने अहिलेपनि २३ जना मजदुरहरु प्रहरी हिरासतमा बन्दी बनाएर राखेको छ । 
   अन्तराष्टिय टे«ड युनियन महासंघ एशिया प्रशान्त क्षेत्रीय कमिटी (आईटियूसि एपी)ले क्याम्बोडियामा बैठक राख्नुको कारण यही निरंकुशताको विरुद्ध संसारभरीका ट्रेड युनियनहरुको एक्यवद्धताका लागि पनि हो । आगामी जुनमा जेनेभामा हुने अन्तराष्टिय श्रम संगठन(आईएलओ)को महासभामा प्रस्तुत हुनेगरी क्याम्बोडियाको यही श्रमजिवि मजदुरहरुको हत्या र गैर कानुनी बन्दी बनाईएको विषय र बगलादेशको राना प्लाजा गार्मेण्ट उद्योग भत्कदा ११ सय ३५ मजदुरहरु मारिएपनि अहिलेसम्म क्षतिपुर्ति नपाएको विषयलाई प्राथमिकतामा राखेका छौं । बैठकमा सहभागीहुने मौका जुराई दिएकामा नेपाल टेड युनियन महासंघ जिफन्टलाई हार्दिक धन्यवाद । 
    
   

रगत र पसिनाको सम्बन्ध


२९ फागुन २०७० 
  धरान आएको आज १० दिन भएछ १९ गते दिउसो काठमाण्डौं छाडेको थिए । भोली विहानको बसमा पुनः काठमाण्डौं फर्कदैछु । कार्यक्षेत्र परिवर्तनले मनमा बेचैनी बढीरहेकोछ २०५० सालदेखि धरानलाई कार्यक्षेत्र बनाएर काम मात्र गरिन धरानसंग मेरो रगत र पसिनाको सम्बन्धपनि गासिएकोछ  , २०५० सालमा जन्म थलो सिरहा छाड्दा जति सहज थियो तर अहिले धरानबाट कार्यथलो परिवर्तन गरेर काठमाण्डौं रोज्दा मलाई पीडा भईरहेकोछ । हुन त २०६६ सालबाटै धरान र काठमाण्डौको बसाई आधा आधा भईसकेको थियो , २०७० पुस २२ देखि २४ गतेसम्म काठमाण्डौमा भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको नवौं राष्टिय अधिवेशनले मलाई निर्विरोध महासचिव बनाएपछि मैले स्थायीरुपमै कोठा लिएर बस्न थालेको छु । छोरी सुप्रियाको शिक्षा काठमाण्डौमै व्यवस्था भईसकेकोछ चन्द्रा मसंगै हुनेनै भईन् । धरानले मलाई बिर्सनु हुदैन मैले धरानको माटोबाटा पाएको उर्जालाई भुल्नु हुदैन भनेर नै म धरान महिनामा एक दुईपटक आईरहन्छु    । यस पटक नेपाल पत्रकार महासंघ सुनसरीको नवौ जिल्ला अधिवेशनको सन्दर्भमा धरान आएको थिए फेरीपनि मलाई सुनसरीका पत्रकारहरुले महासंघको पार्षद जस्तो गरिमामय पदमा निर्वाचित गराउनु भएकोछ । मैले २७ गते नै काठमाण्डौ पुग्नु पर्ने थियो तर धरानको आतिथ्यतालाई भुल्न सकरहेको छैन । धरान आएपछि फकिईहाल्न मनले पटक्कै मान्दैन । 
    आमा, बाबा, भाई बहिनी, काका, काकी धरानमै हुनुहुन्छ तर आफन्त भन्दा अन्य समय साथीहरु तथा पार्टी र संगठनको कामनै मेरा लागि परिवार जस्तै भएका छन् । धरानसगैं रहन अब मलाई मेरा जिम्मेवारीले दिने सम्भावना छैन । धरानमा फर्किने जिल्लामा काम गर्ने सन्दर्भमा मेरा केही राजनीतिक योजनाहरु र केही व्यक्तिगत रुपान्तरणका सपनाहरु छन् त्यो सपना पुरा गर्नपनि केही समयका लागि धरानसंगको भेट यस्तै रामछांया यूक्त हुन जरुरीछ । 
   यही चैत्र ४ देखि ९ गतेसम्म कम्बोडिया भ्रमणबाट फर्किएपछि जिफन्टको छैठौं महाधिवेशनमा सहभागी भएर चैत्रको अन्तिममा फेरी धरान फर्कनेछु ।

बैद्यको बन्द मान्दैनौ



धरान । प्रशासनले सुरक्षा दिने भएपछि बैद्य माओवादीले आह्वान गरेको बन्दमा यातायात व्यवसायी तथा मजदुरहरुले सवारी सञ्चालन गर्ने भएका छन् । प्रशासनले कडा सुरक्षा प्रदान गर्ने प्रतिबद्धता जनाएपछि मजदुर र व्यवसायीहरुले सवारी सञ्चालन गर्ने भएका हुन् ।
     मंसिर ४ गते हुने संविधानसभाको निर्वाचन वहिष्कार गर्ने बताउदै आएको बैद्य माओवादीले निर्वाचन विथोल्न कात्तिक २५ गतेदेखि मंसिर ५ गतेसम्म बन्दको आह्वान गरेको थियो । निर्वाचन आउन १० दिन बाकीरहदा सुनसरीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण थापाले शनिबार ईटहरीमा यातायात व्यवसायी, मजदुर तथा जिल्लाका सुरक्षा निकायका प्रतिनिधिहरुलाई संयुक्त भेला बोलाई सुरक्षा रणनीतिबारे जानकारी गराएका थिए ।
  प्रजिअ थापाले निर्वाचन देशको अत्यावश्यक महत्वको विषय भएकाले निर्वाचन भाड्न खोज्नेलाई प्रशासनले नछाड्ने र सडकमा काम गर्ने मजदुरहरु र सवारीलाई सुरक्षा दिन प्रशासन प्रतिबद्ध रहेको बताए । भेलामा सुनसरीका प्रहरी प्रमुख एसपी गणेश थापाले जिल्ला भरिको सुरक्षा योजना जानकारी गराउदै सडकमा आउने बन्दकर्तालाई प्रहरीले पक्राउ गरेर कारबाही गर्ने बताए । ईटहरी बटुक दलगणका गणपति कर्णेल श्यामकुमार खड्काले सर्वसाधारणको सुरक्षाका लागि नेपाली सेनालाई समेत जिम्मेवारी आएकाले आफुहरुपनि सुरक्षाका लागि तयार रहेको आस्वस्थ पारे ।
    भेलामा यातायात व्यवसायी राष्ट्रिय महासंघका कोशी संयोजक सरोज श्रेष्ठले आफुहरु जुनसुकै बहानामा हुने बन्दको विपक्षमा रहेको बताए करोडौ रुपैया निजि क्षेत्रको लगानी बन्दकै कारण डुबेको बताउदै प्रशासनले सुरक्षा दिने प्रतिबद्धता जनाए आफुहरु बन्दको प्रतिबाद गर्न तयार रहेको बताए । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव भीमज्वाला राईले मजदुरहरु बन्दको अबज्ञा गर्ने काममा अघिरहेको जानकारी गराउदै राज्यले सुरक्षा दिनेकाममा उदासिनता देखाएको र दलहरु समेत बन्दको विरुद्धमा एक हुन नसकेको बताए ।
    सचिव राईले भने मजदुरहरुले खाली पेट राखेर अरुको राजनीतिक अभिष्ट पुरा गर्ने बन्द जस्ता अलोकप्रिय काममा अब कसैलाई पनि साथ नदिने बताए । भेलामा पूर्वाञ्चल यातायात व्यवसायी संघका संरक्षक हिरा उदासले प्रशासनले बन्द हड्तालका समय क्षती हुने सवारी साधन तथा मजदुरहरुलाई क्षतीपुर्ति दिने निर्णय गरेपनि राहत सहज उपलव्ध हुननसकेकोमा गुनासो गरे । त्यस्तै नेयास्वमसंगठनका कोशी अध्यक्ष भक्त लामाले मजदुर कुटपिट र सवारी तोडफोड गर्ने बन्दकर्ताहरुलाई विगतमा मुक्ति दिएझै यस पटकको घटनामा अपराधीहरुलाई नछाड्न प्रशासनलाई सुझाएका थिए ।
    नेपाल यातायात मजदुर संघका केन्द्रीय उप महासचिव कमल राईले यदी राज्यले सुरक्षाको प्रत्याभूति दिन सके छोटो तथा लामो दुरीका सवै सवारी साधनहरुलाई गणतव्यसम्म पठाईले बताए ।  भेलामा ट्राफिक प्रहरी कार्यालय पूर्वाञ्चल प्रमुख एसपी पुजा सिंह, अनुसन्धानका डिएसपी सोहनकुमार रौनीयार, शसस्त्रका एसपी कृष्णराज पाठक, यातायात व्यवस्था कार्यालय कोशीका प्रतिनिधि सहभागी थिए ।
    भेलामा अञ्चलभरिका यातायात व्यवसायी संघ संस्था तथा यातायात मजदुर सम्त्रध संगठनहरुका प्रतिनिधिहरु सहभागी थिए ।