थिचोमिचोको एउटा उदाहरण ी
पूर्वी नाका काकडभीट्टास्थित नेपाली भूभागमा भारतीय शहर सिक्कीम, ग्यान्टोक, दार्जिलिङ लगायतका स्थान जान यात्रुको प्रतिक्षामा रहेका लामबद्ध सवारी साधनहरु तस्विर ः कल्पना तुम्रोक
ईतिहास
बिक्रम सम्बत १९७३ मा पहिलो पटक मान्छेमाथी चढेर नेपाल भित्रीएको सवारी, राणा शासकहरुले बेलायतबाट भारत हुदै नेपाल ल्याएको यो सवारी भीमफेदीको बाटो हुदैं काठमाण्डौ भित्र्याएको थियो ।
बाल श्रम उन्मुलन नारा मात्रै
धरान १३ स्थित सर्दु खोला नजिकको सुकुम्बासी वस्तीका एक बालक अभिभावकलाई गिट्टी कुट्न सघाउदै फोटो ः सोहन श्रेष्ठ
सुन्पारी पुग्ने विकल्प ।
भोजपुर र धनकुटाको सिमाना लेगुवा स्थित अरुण नदीमा फेरीको माध्यमबाट सवारी तथा यात्रुहरु आरपार गर्दै, अरुण नदीमा पुल नबन्दा वर्षौदेखि दुर्गम पहाडबासी यसरी नै दुखका साथ नदी तर्दै आउने गरेका छन्
माझी दाई पोखरा फेवा तालको #2380;
पोखरास्थित फेवा तालमा माछा मार्न जाल मिलाउदै डुंगामा एक माझी तस्बिर .ज्वाला
Selling Momos to help landslide victims
Transport Workers threaten to strike
Training to Gandaki ITWAN Leaders
मलेसियामै मर्छु जस्तो लागेको थियो
दुर्घटनामा परेर फर्किएका प्रवासी मजदुरको व्यथा
काठमाण्डौं । मलेसियामै मर्छु जस्तै लागेको थियो नेपाल आईपुगें खुशी छु झापा विर्तामोड १ का बृहसपति बिकले भने ।
बैदेशिक रोजगारीका लागि २०७० साल पुस १९ गते मलेसिया पुगेका विकले मलेसियामा चार महिनापनि राम्ररी काम गर्न पाएनन् उनी गम्भिर दुर्घटनामा परे दुर्घटनामा उनको देव्रे नली खुट्टाका हाडहरु काम नलाग्नेगरी टुक्रा भएका छन् । उनी मलेसियाको रेफ्लेक्स केयर कम्पनी मार्फत क्वलालमपुर स्थित विमान स्थलमा कार्गो हेण्डलरका रुपमा कार्यरत थिए काम गरिरहेकै अवस्था २०७० साल चैत्र ३० गते झापा विर्तामोड १ का विक दुर्घटनामा परे । उडानका लागि सामान प्याक गर्नु पर्ने मेरो दैनिक १० देखि १२ घण्टाको काम थियो चैत्र ३ण् गते दिउसो करिव २ बजे काम गरिरहेको अवस्था फलामे बक्स भएको सामान सहितको ट्रली आएर पछाडीबाट डुडेर आएर मेरो खुट्टा भित्तामा चेप्ट्याईदियो मेरो खुट्टाको हाड फुटे एक छिनमै म बेहोस भएछु ब्युंझदा तुवानकु जाफर अस्पताल थिएं ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्टको मलेसिया स्थित जिफन्ट सहयोग समुहको सहयोगमा २०७१ साद भाद्र २७ गते नेपाल आईपुगेका बिक यतीवेला परिवारको साथमा खुशी छन् । तर उनले मलेसियाको अस्पतालमा रहदांको नारकिय जिवन कहिल्यै नभुल्ने बताए । पीडाले म चल्न सक्ने अवस्थामा थिईन, दिशा, पिसावमा डुवेर विताए जिफन्ट सहयोग समुह र जनक बिक नभएको भए म बाच्ने थिईन उनले भने म यो गुन कहिल्यै विर्सन्न ।
कम्पनीले उपचार गरिदिन आनाकानी गरेपछि अस्पतालले उपचारमा वास्ता गरेन, मसंग केही पैसा थियो त्यसैले उपचार खर्च गरे अरु नेपाली साथीहरुले समेत सहयोग गर्नु भयो करिव एक हप्तापछि जिफन्ट सहयोग समुहमा कुरा पुगेपछि भने राम्रो उपचार पाईएको बिकले बताए ।
वोल्डवेज मेनपावर कम्पनी कोटेश्वरबाट १ लाख ५५ हजार तिरेर मलेसिया पुगेका विकको मलेसियामा रहदासम्मको उपचार खर्च करिव ६ लाख जिफन्ट सहयोग समुहको दवादमा कम्पनीले तिरेको बिकले बताए ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट प्रवासी डेस्कले बिकलाई क्षतीपुर्तीका लागि पहल गरिरहेको छ । कम्पनीबाट क्षतीपुर्ती दिलाउन मलेसियाका ट्रेड युनियनसंग पहल भईरहेको तथा वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड तथा विमा कम्पनीबाट पाउने रकमका लागि समेत पहल भईरहेको जिफन्ट प्रवासी डेस्कका निशा बांनियाले बताउनु भयो ।
एक छोरी, दुई छोराहरु र श्रीमतीलाई सुखमा राख्ने सपना बोकेर उनी विदेशिएका थिए तर नेपाल आईपुग्दा बिकसंग छतविछत खुट्टाको दुखि रहने पीडा र हातमा वैशाखी बाहेक अरु केही थिएन । भाद्र २९ गते दाईको साहारामा विर्तामोड फर्किने बेला उनले भने अब मंसंग कुनै शुखि जिवनको सपना भन्दा जिविकोपार्जन कसरी गर्ने भन्ने पीडाले यो खुट्टाको घाउभन्दा जोडले पोलिरहेकोछ ।
मम वेचेर पहिरो पीडितलाई सहयोग
काठमाण्डौं । बु्रनेईमा रहनुभएका नेपाली महिला समुहले मःम कार्यक्रम गरी मःम विक्रिबाट संकलित रकम जुरे पहिरो पीडितहरुलाई सहयोग गरेको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय कमिटी तथा अरनिको रुट ट्रक ईकाई कमिटीद्धारा स्थापित मजदुर राहत कोषमा जम्मा हुने गरि ६४ हजार ५ सय रुपैया सहयोग प्रदान गरिएको ब्रुनेईबाट हिमकला राईले जानकारी दिनुभयो ।
पहिरोमा परि चार जना चालक, दुई जना सह चालक सहित ४९ जना मजदुर परिवारका सदस्यले ज्यान गुमाएपछि सहयोगका लागि संगठनले राष्ट्रिय बाणिज्य बैंक बालाजु शाखामा ७६६७ नम्बरको खाता सञ्चालन गरेको थियो ।
ब्रुनेईमा कार्यरत भूपू गोर्खा सैनिक परिवार गोर्खा रिजर्व युनिट महिला समुहका दिदी बहिनीहरुले मःम कार्यक्रम गरी विक्रिबाट संकलित रकम पहिरोमा ज्यान गुमाएका यातायात मजदुर परिवारहरुलाई प्रदान गर्न प्रदान गरेको हो ।
पहिलो चरणमा प्राप्त सहयोग पीडित परिवारहरुलाई राहत हस्तान्तरण गरिसकेका छौं ब्रुनेईबाट आएको रकम तथा अन्य अञ्चल कमिटीहरुबाट आउन बाकीं रकम आईसकेपछि हामी पुनः हस्तान्तरण गर्छौं संगठनका अरनिको रुट ट्रक ईकाईका अध्यक्ष दुर्गावहादुर श्रेष्ठले बताउनु भयो ।
Sherpa’s Body has not arrived
Relief distribution to Landslide victim workers
शेर्पाको शव नेपाल आउन ढिला
साउदीको कारागारमा नेपाली
![]() |
| Add caption |
मुक्त गराईदिन आफन्तको आग्रह
भीमज्वाला राई
२५ भाद्र २०७१
काठमाण्डौं । सिन्धुपाल्चोकका खेकध्वज कार्की एक महिनादेखि साउदीस्थित ताईप मसारा कारागारमा बन्दी जिवन विताईरहेका छन् ।
रियादबाट करिव १ हजार किलोमिटर टाढा उक्त कारागारमा रहेको खबर साउदीमै रहेका गाउले रमेश कार्कीले जानकारी दिएको कार्कीकी श्रीमती यशोदा कार्कीले बताईन । सिन्धुपाल्चोक पाङग्रे ७ का कार्की सात र ५ वर्षका दुई छोराहरु, वृद्धवृद्धा आमावुवा र श्रीमती छाडेर २०७० चैत्र ३ गते उनी विदेशिएका थिए ।
००९६६५३३९५७३८७ नम्बरको मोवाईलबाट साउदीबाट रमेश कार्कीले श्रीमान जेल परेको जानकारी गराएको भएपनि कारण भने आफुलाई जानकारी नभएको श्रीमती यशोदाले बताईन् । वंहासंग साउन १८ गते अन्तिम पटक कुराकानी भएको थियो त्यसपछि सम्पर्क हुन सकेको छैन श्रीमती कार्कीले बताईन् ।
वैशाख, जेठ र असार महिनाको मासिक २३ हजारका दरले पैसा आयो फोनमा कुरा हुदां भेडा चराउने काम गर्नु पर्छ भन्नु हुन्थ्यो । कार्कीले रुदै भनिन् । श्रीमानलाई कारागार मुक्त गराईदिन स्वदेश तथा साउदीका संघसस्थासंग आग्रह गरिन् ।
वैदेशिक रोजगार विभागको तथ्याङ्कमा राहदानी नम्बर ०७०५६७३७ का कार्कीको प्रवेशाज्ञा कतारको ओमाईरण बाजास कम्पनीमा कुकको काम उल्लेख रहेकोछ । तर उनी साउदीको अयेध ओमाईरन बाल फेईदा ईमाईट कम्पनीमा काम गरेको कार्कीका भेनाजु रामहरी सिलवालले बताए ।
एक हप्ता अघि साउदी कारागारको ००९६६५९९७५१०८९ मा सम्पर्क गरि कारागारका प्रहरीको सहयोगमा सालोसंग सम्पर्क हुदा संगै काम गर्ने पाकिस्तानीसंग झगडाको निहुंमा आफुलाई कारागार ल्याईएको कार्कीले जानकारी गराएको सिलवालले बताए ।
विद्यार्थी सम्मानित
१४ भाद्र २०७१
काठमाण्डौं । प्रवेशिका परिक्षामा उतिर्ण यातायात मजदुरका छोराछोरीहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनिको रुट ट्रक ईकाई कमिटीले शनिबार नगद सहित सम्मान गरेको छ ।
विशिष्ठ श्रेणीमा उतीर्ण अदित थापालाई नगद १५ हजार, प्रथम श्रेणीमा उतीर्ण प्राञ्जल खड्कालाई नगद १० हजार, रोशना श्रेष्ठ नगद ६ हजार, सरस्वती श्रेष्ठ नगद १ हजार, पल खड्का नगद १ हजार, स्वस्तीका श्रेष्ठ नगद ५ हजार, उमेश प्रधान नगद ५ हजार, डोमा शेर्पा नगद १ हजार तथा सम्मान पत्र सहित सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि जिफन्टका अध्यक्ष विष्णु रिमालले नगद, खदा तथा सम्मान पत्र सहित सम्मान गर्नु भएको थियो । सम्मान गर्दै वहांले यातायात मजदुरी गरेर आफ्ना बाबच्चालाई अहिलेको महगो शिक्षा दिक्षा दिनु चुनौपूर्ण रहेको बताउनु हुदैं आफ्ना अभिभावकहरुको दुखलाई सम्झेर उच्च शिक्षालाई राम्रो बनाउने तर्फ सोंच्न विद्यार्थीहरुलाई आग्रह गर्नु भयो ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय महासचिव भीमज्वाला राईले उतीर्ण विद्यार्थीहरुलाई शुभकामना दिएका थिए । यातायात मजदुरहरुमाथी भईरहेको अपमानको विरुद्ध संगठन लडिरहेको स्मरण गराउदै उच्च शिक्षा हासिल गरिसकेपछि आफ्ना अभिभावकहरुले भोगीरहेको पीडा र अपमानको विरुद्ध सहयोग गर्न समेत आग्रह गर्नुभयो ।
राहत हस्तान्तरणमा मजदुर अघि
१४ भाद्र २०७१
काठमाण्डौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनिको रुट ट्रक ईकाईले सिन्धुपाल्चोक स्थित जुरे पहिरोमा परि ज्यान गुमाएका आफ्ना सदस्यहरुका परिवार तथा पीडित सदस्हरुलाई शनिबार बागवजारस्थित होटल हार्दिकमा राहत हस्तान्तरण गरेकोछ ।
पहिरोमा परि ज्यान गुमाएका चालकहरु श्याम श्रेष्ठ, लालवहादुर तामाङ, गणेशलाल श्रेष्ठ, सुर्य तामाङ तथा परिचालकहरु सुरेश तामाङ र सुजन तामाङको परिवारलाई राहत हस्तान्तरण गरिएको हो त्यस्तै पहिरोमा आफन्त गुमाएका संगठनका सदस्य चालकहरु कृष्ण तामाङ, रमेश श्रेष्ठ, पञ्चलाल श्रेष्ठ, रामवहादुर तामाङ, चन्द्र तामाङ (काले), दुर्गालाल श्रेष्ठ, जयराम पराजुली, रुविन पौडेल र दिनेश श्रेष्ठलाई राहत प्रदान गरिएको थियो ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय कमिटीको समन्वयमा अरनिको रुट ट्रक ईकाई कमिटीले सञ्चालन गरेको राहत कोषमा संकलित ४ लाख ४८ हजार ४ सय ५६ रुपैया वितरण गरिएको हो उक्त रकम कार्यक्रमका प्रमुख अतिथि जिफन्टका अध्यक्ष विष्णु रिमालले हस्तान्तरण गर्नु भएको थियो ।
राहत हस्तान्तरण गर्दै अध्यक्ष रिमालले भन्नु भयो राज्यले गर्नु पर्ने दायीत्व मजदुर संगठनले गरेको बताउनु भयो ।
जनता विपतमा पर्दा राज्यले गर्नु पर्ने काम देश तथा विदेशबाट प्राप्त सहयोग समेत राज्यले व्यवस्थापन गर्नु नसकेको अवस्थामा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनिको रुट ट्रक ईकाले आफ्नै पहलमा राहत संकलन गरेर वितरण गर्नु उदाहरणीय काम भएको बताउनु भयो ।
अरनिको ईकाईको २१ औं स्थापना दिवसको अवसरमा
आयोजित कार्यक्रममा २०७० सालको प्रवेशिका परिक्षामा उतीर्ण यातायात मजदुरका छोरा छोरीलाई सम्मान तथा परस्कृत गरिएको थियो । सम्मानित हुने विद्यार्थीहरुमा डोमा शेर्पा, उमेश प्रधान, स्वस्तीका श्रेष्ठ, पल खड्का, सरस्वती श्रेष्ठ, रोशना श्रेष्ठ, प्रञ्जल खड्का, अदित थापा रहेका थिए कार्यक्रममा पहिरोको पीडा समेटिएको श्रव्य दृश्य “पहिरोको पीडा” प्रस्तुत गरिएको थियो ।
ईकाईका सचिव जिवन खड्काले सञ्चालन गरेको उक्त कार्यक्रममा संगठनका महासचिव भीमज्वाला राईले कोषलाई यथावत राखिने र देशभरीका संगठन तथा विदेशबाट समेत राहत संकलन गरि थप सहयोग प्रदान गरिने बताए । संगठनद्धारा स्थापित उक्त कोषमा संगठनका देशभरीका कमिटीहरुले सहयोग प्रदान गरेको थियो ।
उपत्यकामा ट्राफिक डन
.jpg)

पहिरो पीडितका लागि १ लाखको कोष
सहयोग गर्न देशभरीको कमिटीलाई संगठनको आग्रह
२८ साउन २०७१
काठमाण्डौं । पहिरोमा परि ज्यान गुमाएका आफ्ना यातायात मजदुरहरुको परिवारलाई राहतका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले १ लाख १ हजार १ सय ११ रुपैयाको राहत कोष स्थापना गरेकोछ ।
सिन्धुपाल्चोकको माङखा र राम्चेको सिमास्थित जुरे ड्याम साईटमा साउन १७ गते शनिबार विहान पहिरोमा परि मृत्यू भएका यातायात मजदुर परिवारलाई सहयोगका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनीको रुट ट्रक ईकाईले राहत कोषको स्थापना गरेको हो । संगठन केन्द्रीय कमिटी सहितको सहयोगमा स्थापना भएको कोषमा देशभरीका कमिटीहरुको समेत सहयोगलाई संकलन गरी पीडित परिवारलाई हस्तान्तरण गरिने संगठनले जनाएकोछ । पहिरोमापरि चार जना चालक तथा २ जना परिचालकहरुको मृत्यू भएको थियो भने ४४ जना यातायात मजदुर परिवारहरुको मृत्यु भएको र दश जना घाईते भएको थियो ।
मृत्यू हुने चालकहरुमा गणेशलाल श्रेष्ठ, श्याम श्रेष्ठ, लालवहादुर तामाङ र सुर्य तामाङ रहेका छन् भने परिचालकहरुमा सुरेश तामाङ र सुजन तामाङ रहेका छन् । संगठनका सदस्य तथा मृतक यातायात मजदुर परिवारलाई राहतका लागि कोषको स्थापना गरिएको अरनीको ट्रक रुट ईकाईका अध्यक्ष दुर्गावहादुर श्रेष्ठले बताए साथै देशभरीबाट सहयोग गर्न चाहनेहरुका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय कमिटीको सहयोगमा खोलिएको राष्ट्रिय बाणिज्य बैंक बालाजु शाखाको हिसाव नम्बर ७६६७ मा सहयोग गर्न समेत अनुरोध गरेका छन् ।
६ जना साथीहरुको मृत्यु भएकोछ ४४ जना परिवारको समेत मृत्यु भएकोछ कतिपय साथीहरुले पुरै परिवार तथा भएभरका घर जग्गा गुमाएका छन् यस्तो वेलामा सहयोग गर्नु हामी सवैको कर्तव्य रहेकाले देशभरीका संगठन परिवार तथा अन्य दयावानहरुलाई सहयोग गर्न नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका महासचिव भीमज्वाला राईले आग्रह गरेका छन् ।
पहिरोको पीडा ः आफ्नो भन्नु केही रहेन अब कहां जांऊ ? राहत वितरणमा जसको शक्ति उसको भक्ति, कहां जांदैछ राहत





















