साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

मजदुरलाई सहयोग

क्षयरोग पीडित यातायात मजदुर कुमार जोगीलाई उपचार सहयोग स्वरुप २० हजार ९५ रुपैया सहयोग प्रदान गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव भीमज्वाला राई ।

आकासबाट देखिएको विराटनगरको दृष्य

पछिल्लो समय बिराटनगर विकासको तिव्र गतीतर्फ अग्रसर बन्दै गईरहेको छ

सुन्दर भेडेटार

धनकुटा र सुनसरीको संगमस्थल पर्यटकीयस्थल भेडेटारको दृष्य

विद्यार्थीलाई सम्मान

प्रवेशिका पक्षिामा सर्वोकृष्ट अंक ल्याउने यातायात मजदुरका छोराछोरीहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान ईकाईले सम्मान गर्दै

Pages

थिचोमिचोको एउटा उदाहरण ी

पूर्वी नाका काकडभीट्टास्थित नेपाली भूभागमा भारतीय शहर सिक्कीम, ग्यान्टोक, दार्जिलिङ लगायतका स्थान जान यात्रुको प्रतिक्षामा रहेका लामबद्ध सवारी साधनहरु तस्विर ः कल्पना तुम्रोक

ईतिहास

बिक्रम सम्बत १९७३ मा पहिलो पटक मान्छेमाथी चढेर नेपाल भित्रीएको सवारी, राणा शासकहरुले बेलायतबाट भारत हुदै नेपाल ल्याएको यो सवारी भीमफेदीको बाटो हुदैं काठमाण्डौ भित्र्याएको थियो ।

बाल श्रम उन्मुलन नारा मात्रै

धरान १३ स्थित सर्दु खोला नजिकको सुकुम्बासी वस्तीका एक बालक अभिभावकलाई गिट्टी कुट्न सघाउदै फोटो ः सोहन श्रेष्ठ

सुन्पारी पुग्ने विकल्प ।

भोजपुर र धनकुटाको सिमाना लेगुवा स्थित अरुण नदीमा फेरीको माध्यमबाट सवारी तथा यात्रुहरु आरपार गर्दै, अरुण नदीमा पुल नबन्दा वर्षौदेखि दुर्गम पहाडबासी यसरी नै दुखका साथ नदी तर्दै आउने गरेका छन्

माझी दाई पोखरा फेवा तालको #2380;

पोखरास्थित फेवा तालमा माछा मार्न जाल मिलाउदै डुंगामा एक माझी तस्बिर .ज्वाला

द्धन्द्धको घाउ

  • स्वर्गीय यामसुन्दर गुप्ता
  • भीमज्वाला राई
दांङ काठमाण्डौं रुटमा सञ्चालीत ना २ ख २८६ नम्बरको बसका चालक यामसुन्दर गुप्ता २०६० साल फागुन ११ गते माओवादी एम्बुसमा परे । नेकपा माओवादीले सार्वजनीक सडकमा थापेको एम्बुसमा गुप्ताले चलाएको बसको टायर परेपछि बिष्फोट भएको बमले उनले चलाईरहेको बस मात्र होईन उनको शरिर पनि क्षतविक्षत बनायो ।
     घोराही स्थित नेपाली सेनाको गोरक्ष गणको नियन्त्रणमा रहेको बसमा सो दिन तत्कालिन शाही सेनाकै जवरजस्तीमा सेनाले भरीएको बस लिएर उनी घोराहीबाट लमही जादै गर्दा मुस्कोट जंगल क्षेत्रमा उनले चलाईरहेको बस बिहान ९ वजे माओवादी एम्बुसमा परेको थीयो सो एम्बुसमा उनी सहित चार जना सेनाको पनि ज्यान गएको थीयो ।
      दुई छोरी र श्रीमतीकासाथ तुलसीपुरमा बसोवास गर्दै आईरहेका गुप्ताको बम बिष्फोटमा परेर निधन भएपछि उनी आश्रीत परिवार बिचल्ली बनेका छन् । बिना कसुर उनको ज्यान गयो तर उनको परिवारलाई राज्यले राहत दिन आनाकानी गर्यो नेपाल यातायात स्वतन्त्र मजदुर संगठन राप्ती अञ्चल कमिटीको पहलमा द्धन्द्धमा परेका सेना प्रहरीले पाउने ९ लाख क्षतीपूर्तीको दावी गरिएको भएपनि उनको परिवारलाई ५ लाख दिईयो । स्वर्गीय गुप्ता कार्यरत राप्ती सार्वजनीक बस व्यववसायी समितिले ५० हजार प्रदान गर्यो । संगठनकै पहलमा उनकी श्रीमति गोमा गुप्तालाई व्यवसायी समितिमा रोजगारी प्रदान गरेर संगठन र व्यवसायीले पीडित परिवारलाई सामान्य मलहमपट्टी गर्ने काम गरेको छ ।

पत्रकार र आचार

भीमज्वाला राइ   
  पत्रकारहरु कुनै अर्को ग्रहवाट आएका छुट्‍टै धातुले बनेका विशिष्ठ प्राण्ाी होर्इनन्‍ जनतालार्इ सुसुचित गनर्े मुलभूत उदेश्य र सोही अनुरुपको काम पत्रकारको हो तर पत्रकार हुदैमा कुनै कार्यालयको नीति नियमलार्इ नमानेपनि हुन्छ, पत्रकारलार्इ कसैले सोधीखोजी गनै हुदैन , परिचय पत्र नदेखार्इ चिन्नु पर्छ, जहा मनलाग्यो निर्वाध प्रवेश पाउनु पर्छ भन्ने पत्रकारहरुमा बढ्‍दै गरेका आचरण्ाकै कारण्ापनि दिनानुदिन पत्रकारमाथि आत्रmमण्ाका घटनाहरु भर्इरहेका छन्‍ । त्यस्ता पात्रहरुले पत्रकारीता पेशा विक ृत मात्र बनार्इरहेका छैनन्‍ बदनामीको मार्गमा लादैछन्‍ ।  

करोडौं मुल्य पनर्े भौतिक सामग्री प्रयोगनगरी वेवारिसे बनाएका सरकारी कार्यालयको समाचार संकलन गर्न पूर्वाञ्चल कार्यालयमा एकजना पत्रकार पुगे । कार्यालयका सुरक्ष्ाा गार्डले कार्यालय कम्पाउण्डको प्रवेशद्धारमै ति पत्रकारलार्इ रोकेर रजिष्टर्ड खाता देखाउदै नाम र कस्लार्इ भेट्‍न जाने हो लेखिदिएर हस्तार गरिदिएर भित्र जान अनुरोध गरे ।      पत्रकारले खातामा नाम लेख्नपनि मानेनन्‍ , हस्ताक्ष्ार गर्नपनि मानेनन्‍ सुरक्ष्ाा गाडलार्इ उल्टै प्रतिप्रश्न गरे म पत्रकार हुं मैले किन हस्ताक्ष्ार गनर्े ? राजधानी प्रधान कार्यालय रहेका सञ्चारग ृहका ति पत्रकारसंग भmोला र क्यामेरापनि साथमै थियो ।  मैले यतिकै भित्र जान छाडीदिंएभने कार्यालयले मलार्इ अप्ठेरो पार्छ मेरो जागीरै जान सक्छ । कार्यालयले आफुलार्इ दिएको जिम्मेवारी वेलीविस्तार लाउउदै सुरक्ष्ाा गार्डले समस्या तेस्र्याए तर ति पत्रकार मानेनन्‍ उल्टै हप्कीदप्की गर्दै तपार्इहरु पत्रकारलार्इ चिन्नुहुन्न भन्दै जवरजस्ती कार्यालयभित्र छिरे ।      सुरक्ष्ाा गार्डले कार्यालयलार्इ जानकारी गरार्इदिएपछि कार्यालय प्रमुखले ति पत्रकारलार्इ कार्यकक्ष्ामै बोलाएर  कार्यालयमा आउने सेवाग्राहीहरुको तथ्याÍ राख्न आफुहरुले नाम, काम र हस्ताक्ष्ार राख्ने गरेको र सुरक्ष्ाा गार्डलार्इ जिम्मा दिर्इएको जानकारी गराए तर उनी त्यहांपनि उसैगरी बम्कीए । तपार्इ कुन मिडियाको हो परिचयपत्र देखाउन आग्रह गरे तर ति पत्रकारले सुरक्ष्ाा गार्डलार्इ गरेकै प्रतिप्रश्न गरे र पून: चर्कीए मेरो परिचय पत्र हेनर्े अधिकार तपार्इलार्इ छैन भन्दै उनले नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष्ालार्इ फोन गरेर आफुलार्इ कार्यालयका प्रमुखले कार्यकक्ष्ामा बन्दी बनाएको जानकारी गराए ।   पत्रकारलार्इ सरकारी कार्यालयका कार्यालय प्रमुखले बन्दी बनाएको घटनालार्इ पत्रकारका नेताले तत्काल सहायक प्रमुख जिल्ला अधिकारी समक्ष्ा पुरयाए घटनाका बारेमा यथार्थ जानकारी नभएपनि पत्रकारहरको नेताका हिसावले पत्रकारहरु असुरक्ष्ाित भर्इरहेको समयमा सरकारी कार्यालयका प्रमुखले कार्यकक्ष्ामै एकजान पत्रकारलार्इ बन्दी बनाएको सुचना गम्भिर थियो सोही गम्भिरतालार्इ मध्येनजर गर्दै सुरक्ष्ाा निकायलार्इ जानकारी गराउनु जरुरी थियो ।     घटना एकै निमेशमा सनसनी बन्यो सहायक प्रजिअले तत्काल पत्रकारलार्इ बन्दी बनाएका भनिएका कार्यालयका प्रमुखलार्इ फोन गरेर थर्काए कार्यालय प्रमुखले घटनाको यथार्थ बेलीविस्तार सुनाए पत्रकारमहासंघका अध्यक्ष्ालार्इ पनि बताए । सहायक प्रजिअले समय संवेदनशिल रहेको यसलार्इ नमिलाए राष्टि्रय विष्ाय बन्नसक्छ विचार पुर्‍याउ भनेपछि निर्दोष्ा कार्यालय प्रमुखले माफि मागे ।  

राजनीतिक अलमल उस्तै

भीमज्वाला राइ
नेपाली राजनीतिमा एकाध सुखद समाचार वाहेक नेपाली जनताले ढुक्क हुनेगरी र खुशी हुनेगरी कहिल्यै राम्रा खवरहरु सुन्न सक्ने दिनहरु आएको पार्इएको छैन । असहमति, असफलता, अवरोध, विरोध, असन्तुष्टि जस्ता शव्दहरुको मात्र बढी बोलवाला देखियो । संविधानसभाको निर्वाचनपछि संविधान बन्ला, देश संघिय गण्ातन्त्र बन्ला, शान्ति स्थापना होला भन्ने नेपाली जनताले आशा गरेका थिए । तर पछिल्लो चार वर्ष्ामा यही असफलताको कथा र काहानीहरुको थुप्रोमा अलमलीएका राजनेताहरुको अन्यौल पदचापमा आशाको त्यान्द्रो बोकेर जनतापनि अन्यौल यात्रालार्इ पछ्‍याउन बाध्य भएका छन्‍ । 

सुदुरमा सेनाको ज्यादती उस्तै

यूवतीसंग जिस्कीदै नेपाली सेना प्रदिप खत्री

सेनाको दुव्र्यवहारबाट मुत्तm भएपछि  रामदत्त भट्‍ट
भीमज्वाला राइ
     नेपालको सुदुर पश्चिमाञ्चलको कञ्चनपुर जिल्लास्थित पूर्वपश्चिम लोकमार्गमा पनर्े शुक्लाफाटा बन्यजन्तु आरक्ष्ा र बर्दीया जिल्लाको बर्दीया राष्टि्रय निकुञ्ज क्ष्ोत्रवाट यात्रा गनर्ु भयो भने ज्ञानेन्द्र शाहको शासनको समयमा शाही सेनाले नेपाली जनतामाथि गनर्े दव्र्यवहारको घटनाको शिकार बनीरहेको द ृष्य अहिलेपनि प्रत्यक्ष्ा देख्नुहुनेछ  ।    २०६२ / २०६३ सालको जन आन्दोलनपछि राजतन्त्र ढल्यो, गण्ातन्त्र आयो शाही सेना, नेपाली सेनामा रुपान्तरण्ा भयो परिवर्तनसंगसंगै शाही सेनाको ज्यादतीपनि समाप्त भयो अब सेनाको ज्यादतीको शिकार निमुखा नेपाली जनता हुनु पनर्ेछैन भन्ने थियो तर  सुदुर पश्चिममा निरंकुश ज्ञानेन्द्र कालिन सेनाको जगजगी अहिलेपनि उस्तै छ । सेनाको व्यवहार, बोली, शैली र ज्यादतीले शाहीकालिन भmभmल्को प्रदर्शन गरिरहेको छ ।          नेपालको सुदुर पश्चिमाञ्चलको कञ्चनपुर जिल्लास्थित शुक्लाफांटा बन्यजन्तु आरक्ष्ाको मार्ग भएर गएको कार्तिक २१ गते महाकालीको भीमदत्त नगरपालीका (महेन्द्रनगर) जादैगर्दा आरक्ष्ाको सुरक्ष्ाार्थ खटेका नेपाली सेनाका एक जवानले एक सर्वसाधारण्ालार्इ गरेको दुव्र्यवहारको घटनाको द ृष्यले सुदुरमा सेनाको ज्यादती उस्तै छ भन्ने उदाहरण्ा प्रस्तुत गरेको छ ।     प्रदिप खत्री नामका सेनाका एक जवानले रामदत्त भट्‍टलार्इ गरेको दुव्र्यवहारको घटना द्धन्द्धकालका समयताका सेनाको व्यवहारलार्इ विर्सार्इदिने खालको थियो ।

माओवादीले चालकको हत्या किन गरे ?

late chhedilal
  • भीमज्वाला राइ  
           छेदीलाल चौधरीको हातमा बम थीएन, ग्रीनेड थीएन कुनै बन्दुक पनि थीएन उनको हातमा थीयो भने मात्र बसको स्टेयरीं¨ थीयो तर नेकपा माओवादीले यातायात मजदुर चौधरीको हातमा भएको बसको स्टेयरीगलाई बम , ग्रीनेड र बन्दुक भन्दा खतरनाक देखे र एक निहत्था चालकलाई गोली हानी हत्या गरीदिए  ।    चालक चौधरीलाई २०५९ मंसिर ३ गते राती ११ बजे दांङ जिल्लाको तुलसीपुर र घोराहीको विचमा पर्ने हेमन्तपुरमा नेकपा माओवादीको सेनाले गोली हानी हत्या गरेको थीयो । दांङ काठमाण्डौं रुटमा सञ्चालीत ना २ ख ५४३५ नम्बरको बसमा मजदुरी गर्ने छेदीलाल चौधरीले माओवादी विरुद्ध सेना प्रहरीलाई सुराकी पनि गरेका थीएनन् , सेना प्रहरीमा जागीरेपनि होईनन् उनको कसुर थीयो गरीवी त्यही गरिविसंग जुध्दै आफ्ना परिवारको छाक टार्न यातायात मजदुरी गरेका थीए तीनै गरिविसंग जुध्दै गरेका एक जना निमुखा मजदुर माओवादीको आखामा जनयुद्धको विरोधी बने र उनको चोला उठाईदिए .

मेरो दोष के थीयो

“ बरु मलाई एकै पटक गोली ठोकेर मारीदिनुस “
   धरान स्थित काली बक्स गणको कालो कोठामा माओवादी आरोपमा  बन्दी बनाईएका यातायात मजदुर रामबाबु पौडेललाई सेनाले पटक पटक चरम यातना दिएपछि पीडा सहन नसकेपछि उनले यस्तो आवाज निकालेका थीए ।
    शरीर अधमरो भईसकेको थीयो , शरीर थर्थर कामीरहेको थीयो , बोल्न सकिरहेको थीईन् तर यातनाको मात्रामा कमीे थीएन पटक पटक मर्नु भन्दा एकै पटक मर्नु उपयूक्त ठानेर मैले बरु मलाई गोली ठोकेर मार मलाई पटक पटक यातना नदेउ भन्ने हिम्मत बटुले पौडेलले भने ।
   मैले त्यती भने पछि म माथीको यातनामा कमी आयो उनीहरुले के बुझे मलाई थाहा भएन तर सदा झै यातना दिन छाडे मलाई अलीक राहत महसुस भयो पौडेलले अनुभव सुनाए ।
     धरान बिराटनगर रुटमा सञ्चालीत को १ ख ५१० नम्बरको बुढासुब्बा बसका चालक रामबाबु पौडेललाई २०५९ साल चैत्र २८ गते माओवादी आरोपमा  ईलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको थीयो । बसको पालो पर्खेर बसीरहेका उनलाई दिउसो साढे बाह्र वजे तीर धरान ८ स्थित हिमालय पेट्रोल पम्प छेउबाट अन्य छ जना मजदुरहरुसंगै पक्राउ गरीएको थीयो ।
    प्रहरी भेनमा राखेर प्रहरी कार्यालय पुर्याईएका छ जना मध्य अन्य पांच जनालाई एक घण्टापछि छाडीएपनि पौडेललाई भने सो दिन साझ ६ वजे धरान १३ फुस्रे स्थित नेपाली सेनाको कालीबक्स गणमा लगीएको थीयो । किन पक्राउ परे पक्राउ परेका मध्य अरु किन र कसरी छुटे आफुलाई किन सेनाको ब्यारेकमा पुर्याईयो पौडेल अनभिज्ञ थीए सेनाको ब्यारेक पुर्याईएपछि अब नबाच्ने भए भन्ने सोचीरहेको थीए त्यही समय १० । १२ जना सेनाहरु आएर ए माओवादी भन्दै कालो कोठामा लगेर थुने अनी मलाई भकुर्न थाले त्यस्तो यातना मैले कहिल्य पाएको थीईन र अब खेप्न नपरोस पनि चैत्र २८ देखि बैशाख १५ गते सम्म लगातार १८ दिन मैले कुनै गल्ती नै नगरी सजाय भोगे सेनाको नजरमा मलाई मनै नपरेको पार्टी माओवादी भईरहे पौडेलले भने ।

गजल

 भीम राई ज्वाला
यो संसार हाम्रो हो
यो धर्ती हाम्रो हो

पथ्थर गलाउने
यो पसिना हाम्रो हो

यो हथौडी हाम्रो हो
यो रेन्ची हाम्रो हो

यूगका प्रतिनिधि

आक्रोशित छन् घामका किरणहरु
निर्मम फैलिएर छताछुल्ल
आगो ओकलीरहेछ ।

जलीरहेछन्
भोका पेटहरु नाङगा आङहरु
थर्मामिटरको अंकरेखामा
क्रमशः बढीरहेछ पारो
सर्वत्र तापको साम्राज्य

आस्थाको पहाड

म शालिक भएर
मेरो आस्थाको बिरोध गर्नेहरुलाई
हेरीरहेछु ।

म रिसाएको छैन
उनीहरुकै छेउमा उभिएर
हासीरहेछु

म हिम नदी भएर बग्न चाहान्छु
सङलो पानी भएर कलकलाउन चाहान्छु
ढु¨ाहरुमा ठोक्कीएर
झर्नाबाट बजारीएर
कन्दराहरुमा चेपीएर
बग्नु र कलकलाउनुको पीडा
म आफै भित्र लुकाएर
नदी र पानीको जिवन
धेरै धेरैलाई बुझाउन चाहान्छु

कसरी हुन्छन् विश्वका मजदुरहरु एक ?

 सर्वहारा वर्गका महान नेता कार्ल माक्र्सले भनेका छन् “विश्वका मजदुरहरु एक होऊ ”
       विश्वव्यापी बन्दै गईरहेको पूंजीवादको सञ्जाललाई ध्वस्त बनाउदै श्रमजीवी सर्वहारा वर्गको अधिनायकत्व कायम गर्नको लागी विश्वभरीका मजदुरहरु एक हुन माक्र्सले आह्वान गरेका छन् । उनले यो पनि भनेका छन् की निर्णायक क्रान्ति मार्फत पूजींवादलाई अन्त्य गरेर समाजवाद हुदै साम्यवादसम्म यो समाजलाई रुपान्तरण गर्ने शक्ति मजदुरहरु नै हुनेछन् । माक्र्सले प्रतिपादन गरेको सिद्धान्त माक्र्सवादको मुल अन्तरबस्तु र जग मजदुर केन्द्रीत छ । उनले यो समाज रुपान्तरणको प्रमुख शक्तिका रुपमा मजदुरहरु , उनीहरुको एकता र सुदृढ संगठनलाई मानेका छन् । तीनै माक्र्सवादको सैद्धान्तिक जगमा स्थापित दलहरु र माक्र्सले भरोसा गरेका मजदुरहरु र मजदुर आन्दोलनका अभियन्ताहरुले माक्र्सका विचार, दर्शन र सिद्यान्तलाई पालना गर्न सक्यो कि सकेन समाज विकासको प्रगतीशिल रुपान्तरणमा भूमिका निर्वाह गर्न सक्यो कि सकेन त्यो भने समिक्षा गर्न आवश्यक छ ।

महाकालीमा दुखेको मन्

यात्रा डायरी

२७ साउन २०६७
पार्क ईन होटल धनगढी, कैलाली
कोठा नं.१०४ राती ११ बजे

मित्र दिपक काफ्ले जीसंग छु कोठामा भोली र पर्सी , साउन २८ र २९ गते महाकाली, सेती, भेरी र राप्तीगरी चार अञ्चलको संयुक्त प्रशिक्षण का लागी आज दिउसो १२ बजे धनगढी आईपुगेका थीयौं ।
  हिजो सवा १२ बजे धरानवाट हिडेको थिए एक बजे मैले इटरीवाट धनगढीको बस चढ्नु थियो । २९४८ नम्वरको बस चढेर २३ घण्टालामो बस यात्रा पार गर्दै आज धनगढी आईपुगे । यात्रा सहज थीएन शरीर दुखिरहेको छ तर पनि भोलीको प्रशिक्षणको तयारी करिव करिव गरी सके ।
यात्राको साईत
धरानवाट यात्रा गर्ने समय मुसलधारे पानी परिरहेको थीयो औजारवाट आन्टीको चिया पसलमा सन्तोष काफ्ले र भोजराज श्रेष्ठ (औजारकर्मीहरु) संगै चिया पियौ १५ मिनेटसम्म पनि पानि नरोकीएपछी आन्टीको छाता ओढेर सन्तोष भाईले वसपार्क सम्म छाडीदियो हिड्न ढिला भईरहेकोमा मलाई चिन्ता थियो, सवा १२ बजीसकेको थियो ईटहरी साढे १२ वजे आईपुग्न मलाई उर्दी जारी गरीएको थियो लोकल वसले कम्तीमा ४० मिनेट लगाउने गर्छ ईटहरी पुग्न गन्गनीदै थिए त्यतीवेला सन्तोषले भन्दै थियो दाई हिड्ने वेलामा पानी पर्नु राम्रो साईत हो ।
पानी पराई अनौठो थियो धरानको तिनकुने दक्षिण तर्फ भने पानीको थोपो परेको थिएन । म समयमै ईटहरी आईपुगे बसले मलाई पर्खी रहेको थियो ।
लमही सम्मको भ्यागुते यात्रा
ईटहरी पश्चिम लागेपछिको यात्रा लामो दुरीको जस्तो दु्रत गतीको थिएन सडकमा उभिएर हात उठाउने जती कोही पनी छुटेन्न यात्रुको भीड थीयो गाडीमा जडान गरीएको भिडीयोमा भद्वा फिल्म म तिमी विना मरीहाल्छु चलीरहेको थियो । विच विचमा तीजका गीतहरु बजाउदै थिए हाम्रा मजदुर साथीहरुले ।
   मेरो हातमा रामराजाप्रशाद सिंहको गणतन्त्रको लागी संघर्ष आत्मावृतान्त थियो तर वेलावेलामा मेरो ध्यान भिडीयोले तानीरहेको थियो मैले पुस्तक पढ्न सकिरहेको थीईन । लहना पार भएपछी बसको प्यासेज पनी खाली भएन हेटौडावाट दिपकजी चढ्नु पर्ने थियो करिव १० वजे हेटौडा आईपुगीयो तर दीपक जी संग वहाको श्रीमती भाउजु पनी आउनु भएकाले ए साईडको ४ नम्मर को आरामदायी सीट मैले भाउजुलाई छाडीदिए सीट त परैजाओस उभीने ठाउसमेत थीएन दिपक जी र म उभिएरै यात्रामा थियौ ।
     नारायणगढवाट कण्डक्टर भाईले सवैभन्दा पछाडीको सिटमा वस्ने व्यवस्था मिलाईदिए प्रधानमन्त्रीको कुर्सी पाए भन्दा खुशी भयौं । गाडी दौडीरहेको थियो निन्द्राले झ्याप्पै छोपीरहेको थियो जव निदाउन खोज्थे बस यसरी उफ्रिन्थ्यो की टाउकोले एकैपटक हुड छुन खोज्थ्यो, दिपक जी र म हास्थ्यौ अरुपनि गलल हास्थे , फेरी निदाउन खोज्थ्यौं फेरी बुरुक्क उफ्रीन्थ्यौं निन्द्रा भागीहाल्थ्यो । यो क्रम चलीरहयो अनिदै हामीं विहान ५ वजे लमही चोक पुगेर गाडी रोकीयो चिया पियौ लमहीमा अगाडी सीटका केही यात्रुहरु झरे हामी अगाडी वस्न पायौ बल्ल भ्यागुते यात्रा सकियो ।

अन्तिम मृत्यू


jwala
काम गर्दागर्दै
दुर्घटना भएर
चालकको मृत्यू भयो
कण्डक्टरको मृत्यू भयो
खलासीको मृत्यू भयो
र उनीहरुसंगै
थुप्रै सपनाहरुको
निर्मम मृत्यू भयो

बेरोजगारहुंदा
आर्थिक बोझले थिचिएर
काम पाएपिछ
मालिकको
शोषणमा पेलिएर
उनीहरु मरेका थिए

दुर्घटना
व्याक सारेर किच्याएको
अपराधमा रुपान्तरण भयो
समाज बैरी भए
कानुन टाठाहरुको भयो
र कारागारको
चिसो छिडिमा
वर्षहरु काट्दा
उनीहरु मरेका थिए

श्रीमतीको
फाटेको फरिया
फेरीदिन नसक्दा
विद्यालय शुल्क तिर्न नसकेपिछ
परिक्षा लेख्न गएका
छोराछोरी
रुदै घर फर्किदा
उनीहरु मरेका थिए

बहालको पैसा
माग्न आएका घरधनिले
खापिएका महिनाहरुको
हिसाव देखाउदै
सामानहरु कब्जा गरेर
कोठा छाड्न
उर्दी गर्दा
उनीहरु मरेका थिए

धेरै पठक 
मरेका थिए उनीहरु
अब
फेरी कहिल्यै
मर्न नपर्ने भएर मरे

  ११ जेठ २०६८

युद्धको तयारी


अवदेखि हेर्दिन भन्छु
र तर्कीन्छु
कसो कसो
आंखा उनीतिरै जान्छ
जताबाट गएपिन
उनलाई नै हेरीरहन्छ ।

अवदेखि खोज्दीन भन्छु
र शालिक उभिन्छु
भौतारिएर दौडिन्छ पदचाप
जताबाट दौडिएपिन
उनलाई नै भेटिरहन्छ ।

अवदेखि बोल्दीन भन्छु
र चुपचाप हुन्छु
तोडेर निशब्दताको उकुसमुकुस
बोल्न थाल्छु
जोसंग बोलेपिन
उनीसंगै बोलीरहन्छु ।
यो बेला
म यूद्धको तयारीमा छु
मानिसलाई
ध्वंश गर्नेहरुलाई
ध्वंश गर्न
म शसस्त्र सेना तयार गर्दै छु

गीत


वादलको फेरो समाई
उडौं लाग्छ आकासमा
रमाउदै हावासंगै
टेकौं लाग्छ हिमालमा

धेरै भेंटे यात्रामा घात दिनेहरु
भेटें धेरै यात्रामै साथ दिनेहरु
फुलै फुलको संसार हेर्ने मेरो चाहना
घात सवै साथ बने जिवन यात्रामा

कहिले िहंडे थर्थराउदै तारेभिरको बाटो 
कहिले पुंगे टाकुरामा टेक्दै मेरै माटो
हांसेको रमाएको संसार खौज्दैछु
भिरपाखा सम्याउन जांगर बोक्दैछु
वादलको फेरो समाई
उडौं लाग्छ आकासमा
रमाउदै हावासंगै
टेकौं लाग्छ हिमालमा
 … धरान …

with my friend

with friends in kathmandu


मेरो सपनाको हत्या



Bhim
म तिम्रो आंखा भएर
संसार हेर्न खोजिरहेछु
उदाउंदो घाम जुन हेर्न खोजिरहेछु ।
म तिम्रो आंखा भएर
म आफैलाई
नियाल्न खोजिरहेछु ।
संसारको आंखा
कम्प्यूटरका स्क्रीनहरुमा
एकोहोरो पोखिएका छन्
औंलाहरु कि बोर्डमा
अविराम सलबलाईरहेछन् ।

संसार
नजिकिईरहेछ
वेभ क्यामेराका लेन्स मार्फत
स्काइप, याहु म्यासेन्जरका भीडियो च्याटहरुमा
फेसबुक, जि मेलका च्याट बक्सहरुमा ।
म तिमीसंगै
अनलाईन छु
तिमीसंगै ग्लोवल भिलेज
शयर गरिरहेछु ।