साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

मजदुरलाई सहयोग

क्षयरोग पीडित यातायात मजदुर कुमार जोगीलाई उपचार सहयोग स्वरुप २० हजार ९५ रुपैया सहयोग प्रदान गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव भीमज्वाला राई ।

आकासबाट देखिएको विराटनगरको दृष्य

पछिल्लो समय बिराटनगर विकासको तिव्र गतीतर्फ अग्रसर बन्दै गईरहेको छ

सुन्दर भेडेटार

धनकुटा र सुनसरीको संगमस्थल पर्यटकीयस्थल भेडेटारको दृष्य

विद्यार्थीलाई सम्मान

प्रवेशिका पक्षिामा सर्वोकृष्ट अंक ल्याउने यातायात मजदुरका छोराछोरीहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान ईकाईले सम्मान गर्दै

Pages

थिचोमिचोको एउटा उदाहरण ी

पूर्वी नाका काकडभीट्टास्थित नेपाली भूभागमा भारतीय शहर सिक्कीम, ग्यान्टोक, दार्जिलिङ लगायतका स्थान जान यात्रुको प्रतिक्षामा रहेका लामबद्ध सवारी साधनहरु तस्विर ः कल्पना तुम्रोक

ईतिहास

बिक्रम सम्बत १९७३ मा पहिलो पटक मान्छेमाथी चढेर नेपाल भित्रीएको सवारी, राणा शासकहरुले बेलायतबाट भारत हुदै नेपाल ल्याएको यो सवारी भीमफेदीको बाटो हुदैं काठमाण्डौ भित्र्याएको थियो ।

बाल श्रम उन्मुलन नारा मात्रै

धरान १३ स्थित सर्दु खोला नजिकको सुकुम्बासी वस्तीका एक बालक अभिभावकलाई गिट्टी कुट्न सघाउदै फोटो ः सोहन श्रेष्ठ

सुन्पारी पुग्ने विकल्प ।

भोजपुर र धनकुटाको सिमाना लेगुवा स्थित अरुण नदीमा फेरीको माध्यमबाट सवारी तथा यात्रुहरु आरपार गर्दै, अरुण नदीमा पुल नबन्दा वर्षौदेखि दुर्गम पहाडबासी यसरी नै दुखका साथ नदी तर्दै आउने गरेका छन्

माझी दाई पोखरा फेवा तालको #2380;

पोखरास्थित फेवा तालमा माछा मार्न जाल मिलाउदै डुंगामा एक माझी तस्बिर .ज्वाला

किन बढ्दैछ बिदेशी चासो ?



          भीमज्वाला राई
          
सरकारले मंसिर ४ गते दोस्रो संविधान सभाको निवाृचनको मिति घोषणा गरेसंगै नेपालमा नजानिदो तरिकाले बैदेशिक चलहपहल  बढेकोछ । अरुलाई औला ठड्याएर आफ्ना कमजोरीहरुलाई लुकाउनुलाई राम्रो मान्न सकिन्न तर संविधान सभाले संविधान जारी नगरी विघटनहुनुमा जसले जेसुकै कुरा गरेका भएपनि यसको भित्री कुरा भनेको वैदेशिक हस्तक्षेप नै प्रमुख हो भन्ने कुरा दल तथा तिनका नेताहरुलाई राम्रोसं जानकारी छ । मुख्य कुरा के चाही हो भने विदेशीको साथ नलिई नेपाली समस्याको समाधान गर्न सकिन्न ? स्वाभिमानी नेतृत्व नेपालले जन्माउनै नसकेका हुन्र ? अथवा आफ्नो राजनीतिक स्वार्थ पुर्तिकालागी नेतृत्वले अरु देशको चाकडी गर्नै पर्छ नेपाली जनता यही अन्यौलमा छन् ।
            मंगलबार मात्र भारतीय विदेश मन्त्री सलमान खुर्सिद अचानक नेपाल आए करिव नौ घण्टा नेपाल बसे नेपाल र नेपालीलाई अर्ति उपदेश दिएर फर्किए । केही समय अघि यसैगरी चिनीया स्टेट काउन्सिलर याङ जोईची पनि दुई दिने नेपालको भ्रमण गरेर फर्किएका थिए । चिनीया अधिकारी नेपाल आएर फर्किए लगतै भारतीय विदेश मन्त्री खर्सिदपनि नेपाल आएर फर्किएका छन् । यसको मुल कारण भनेको नेपालको भुराजनीतिक अबस्थिति जुन विशाल चिन र भारतको विचमा रहेको छ । र नेपाल लामो समयदेखि राजनीतिक संक्रमणकालिन अवस्थामा गुज्रीरहेको छ यो नेपाली अवस्था ति दुवै महा शक्ति राष्ट्रहरुकालागी उपयोगी हुनेछन् । यसैको पेरीफेरीमा चिन र भारत नेपाल धाईरहेका छन् यहांका दल तथा नेताहरुलाई दास बनाउने कसरतमा छन् ।
      

बस्ती जाग्राम बस्ने समय


       वर्षा याम र केही दिनको वर्षाले देशको विभिन्न भागहरुमा समस्या निम्त्याएको छ । पूर्वाञ्चल डुवानमा परेको छ पूर्व पश्चिम सवारी आवागमनमा अवरोध उत्पन्न भएको छ । जतीसुकै चनाखो भएपनि प्राकृतिक प्रकोपलाई रोक्ने उपाए तत्काललाई कसैसंग छैन । प्राकृतिकरुपमा आउने विपदको सामना असार लाग्दै पश्चिम नेपालले सामना गरिसकेको छ जसरी पश्चिममा क्षती व्यहोर्नु पर्यो त्यस्तो अवस्था नभएपनि पुर्व पछिल्लो वर्षाले प्रभावित भएको छ । सुनसरी, मोरंङ, झापा लगायतका जिल्लाका शहरहरु डुवान समस्यामा परेको छ ।
           पूर्वमा भएको डुवान समस्याको असर केही समयसम्म रहने छ यस अघिका वर्षहरुमा यस्ता समस्याहरु नियमित थिएनन तर सुकुम्बासी वस्ती कटानको समस्या तथा खहरे समस्या केही वर्षदेखि लगातार सुनिदै आएको दिर्घकालिन समस्याकारुपमा देखिएको छ । मुलतः यस्ता समस्याहरु खहरेको डिल आसपास, खाली जग्गाहरु तथा खोलाको छेउछाउमा बसोवास गर्ने भूमिहिन सुकुम्बासीहरुले वर्षाका समय कटानको समस्या भोग्दै आएका छन् । यस पटकपनि वर्षाका कारण थुप्रै त्यस्ता बस्तीहरु समस्यामा पर्ने खतराहरु उत्पन्न भएका छन् त्यसप्रति सचेत बन्न जरुरी छ ।
          

औजारमा असरा २६ गते बुधबार प्रकाशित सम्पादकीय
बस्ती कटानको समस्यामा सवैभन्दा धेरै धरान पर्दै आएको पाईन्छ । सर्दु, सेउती खोला तथा धरान बजार भएरै बग्ने विभिन्न खहरेहरुमा ६४ भन्दा बढी सुकुम्बासी बस्तीहरु रहेका छन् । ती वस्तीह मध्ये अधिकांश सुकुम्बासी बस्तीहरु बाढी तथा कटानको जोखिममा परेका छन् । वर्षा बढ्न थालेपछि बस्तीका बासिन्दा कटानको डरले रातभरी नसुति जाग्राम बस्नु पर्ने बाध्यता रहेको छ । यस अघिका वर्षहरुमापनि धरानका थुप्रै वस्तीहरु कटानमा परेका थिए । वस्तीका सुकुम्बासीहरु विचल्ली परेका थिए । वर्षा बढेसंगै फेरीपनि वस्तीबासी जाग्राम वस्नु पर्ने अवस्था आएको छ । जोखिमपूर्ण वस्तीहरुको पहिचान गरी वेलैमा तटवन्ध गर्न सके भावी दुर्घटना टार्न सकिन्छ यसकालागी सरोकारवालाले विचार पुर्याउनु जरुरी छ ।

उही यात्रा, पुरानै निरन्तरता


दैनिकी लेख्दै गरेको डायरी अचानक गायव भएपछि आजवाट यही ग्लोवल खुल्ला डायरीलाई दैनिकी लेख्ने डायरी बनाएको छु
   विचमा थुप्रै महत्वपूर्ण घटना तथा सस्मरणहरु लेख्न छुटे मलाई विस्मात लागेको छ त्यो महत्वपुर्ण क्षण्हरु म यतीवेला सम्झिन सक्दिन तर के चाही भन्न सक्छु भने औजार दैकिसंग जोडिएका मेरा तिता मिठा अनुभवहरु, मिठो स्मरणहरु, बंगलादेश जादाका मेरा अविष्मरणीय क्षणहरु । यही विचमा मैले धेरै पटक संगठनको कामको सन्दर्भमा मेची महाकालीको यात्रा गर्न पाएको थिए त्यो समयका देशभरीका संगठनका साथीहरुसंगको भेटघाटका क्षणहरु मैले सवै डायरीमा उतार्न सकिन ।
    अब यही ग्लोबल डायरीलाई दैनिकी डायरीका रुपमा उपयोग गर्न खोजीरहेको छु । म सक्दो प्रयास गर्नेछु ।

२५ असार २०७० धरान
   सुताई र उठाईको रेसियो उही हो प्राय राती एक देखि दुई वजे भीत्र सुतिन्छ विहान उठाईपनि अवेलै हुन्छ प्राय विहान सात देखि आठ बजेभीत्र उठ्छु आज पनि त्यस्तै विहान आठ बजे व्युझिएको थिए । पानी परिरहेको थियो बाथरुम छिरे नित्य कर्म सिध्याए चिया बनाईदिई चन्द्राले पिउदै कसरी बन्छ संविधानसभा पुस्तक हेरें । पुस्तकमा रहेको दक्षिण अफ्रिकी द्धन्द्धविज्ञ डा. निकोलस हेसम फिन्कसंगको श्याम श्रेष्ठले लिएको अन्तरवार्त पढें सारै राम्रो लाग्यो ।
      उनले भनेझै गरी संविधानसभापहिले र संविधानसभापछि नेपाली राजनीतज्ञहरुलेपनि दक्षिण अफ्रिकाको अनुभवलाई राम्ररी पढेका भए सायद संविधानसभाको विघटन हुदैन थियो की ? दोस्रो संविधानसभाको निर्वाचनको तयारीमा हाम्रा समयहरु वर्वाद बनाउनु पर्ने थिएन की ? तर त्यो अनुभव फेरीपनि हामीलाई काम लाग्न सक्छ हामी निर्वाचनमा होमीका छौं कुनै अर्को दुर्घटना भएन भने आउदो मंसिर ४ गते नेपालमा फेरी दोस्रो पटक संविधान सभाको निर्वाचन हुदैछ । फेरी यसलाई असफल भएको हेर्न चाहने की सफल बनाउने र जनताका एजेण्डाहरुलाई मुर्तता दिने ?
   डा. हेसम भन्छन दक्षिण अफ्रिकामा संविधानसभा भन्दा पहिले दलहरुविच ३४ सुत्रिए संवैधानिक सिद्धान्तहरु बनाईएका थिए, साना दलहरुलाई समावेश गरी बहुमतिय वार्ता तथा अन्तरिम संविधानका खाकाहरु बनाईएका थिए, देशभर शान्ति समितिहरु बनाइृएका थिए तथा अल्प संख्यकहरुको अधिकारहरुलाई समावेश गराउन पहिल्यैदेखि राम्रा अभ्यासहरु भए जसका कारण सवैको ध्यान संविधान निर्माणमा केन्द्रीत थियो ।
 तर हामीले त्यसो गर्न सकेनौं संवैंधाकि सिद्धान्तको अभावमा अरु त अरु भए प्रमुख भनिएका दलहप्नि आफु अनुकुल संविधानसभा तथा संविधानको व्याख्या र अप व्याऋयामा समय खर्च गर्न थाले फलतः संविधानसभाले संविधान नै नवनाई असफल बन्नु पर्ने अबस्था बन्यो । फेरी संविधानसभाको घोषणा त भएको छ तर आम जनता निर्वाचन हुनेमा यदी भईहालेछ भनेपनि संविधान बन्ने कुरामा विश्वस्त छैनन् ।
    भारत तथा युरोपियन पश्चिमा देशहरु नेपालको संविधान निर्माण , संघियता तथा परिवर्तनको बाधक बन्दै आईरहेको छ । ती शक्तिकेन्द्रहरुको अबस्था जानाजानी दलका नेताहरु त्यसलाई प्रतिबाद गर्दै नेपालको सार्वभौम सत्ताको लागी आफुलाई ठिंग उभ्याउन सकिरहेको छैन । यही कुरा मनमा गुन्दै औजार कार्यालय रहेको शान्तिपथ आए करिव २ घण्टा औजार भवनको तल्लो तलामा रहेको चिया पसलमा चिया गफमै विताए भेटघाट तथा ३ कप चिया पिईसकेपछि मात्र आफ्नो कार्यकक्षमा छिरे । आज अन्य उपलव्धीमुलक केही काम गरिन । साच्चै भन्ने हो भने दिमाग भारी भईरहेको छ, मष्तिष्कले नयां कामको योजना बनाउन सकिरहेको छैन उही बाटो, उही यात्रा, पुरानै निरन्तरता बस अव राती ११ ९ वजेको यो समय केही समयपछि उही यात्रा ।
     
         

     
   

गित

भीमज्वाला राई
भागे“ म तिम्रो छाया“स“ग
माया“को सागर मनले छेक्दै
भागे“ म तिम्रो माया“स“ग

हावास“गै आयौ छोएर गयौ
नौनि झै यो दिल पगालेर गयौ
निष्ठुरी भन या निर्मोही
भागे“ म तिम्रो छाया“स“ग
मायांको सागर मनले छेक्दै
भागे“ म तिम्रो माया“स“ग

निदरीमा हररात साथ हुन्छौं
विपनीमा हरपल याद दुखाउछौं
साथ तोड्दै, याद भुल्दै
भाग“े म तिम्रो छाया“स“ग
मायांको सागर मनले छेक्दै
भागे“ म तिम्रो मांया“स“ग
  ।।।।।। धरान ।।।।।।।



सम्पर्क

भीमज्वाला राई
9852047728
bhimraijwala@gmail.com, 
Facebook: http://www.facebook.com/bhimjwala.rai

पर्यटनका सम्भावना र चुनौति

नाम्जेका पर्यटकिय स्थलहरुलाई प्रवर्धन शुरु गरिएको छ यो प्रयास सकारात्मक छ । भेडेटारेसगै रहेको नाम्जेलाई पर्यटकीय हिसावले नौवटा प्वाईन्ट निर्धारण गरिएको छ जस अन्तरगत आत्मा वस्ने घर, होम स्टे, मगर संस्कृती तथा मगर संग्रालय,बौद्ध विहार , टावरै टावरको डाडा, सेरा खोलाको हात्तिसुडे ,नमुना खानेपानी योजना होचो भागबाट पंम्पबाट तानेर संचालन गरिएको, पर्म सस्कृतिमा आधारित अर्गानिक कृषि केन्द्र , लोप्पे डाडा, डाडाबाट सूर्यदय र सूर्यास्तको दृष्य अवलोकन र नमुना ग्रामिण जनता उच्च माविको अवोलकन स्थल रहेको छ । त्यति मात्र होईन भेडेटार आसपासको प्राकृतिक सुन्दरतायुक्त स्थलहरु, ध्वजे डांडा, पाथीभरा मन्दिर, नमस्ते झरना, राजारानी ताल लगायत थुप्रै सुन्दर स्थलहरुलाई पर्यटकीय भित्राउने माध्यमकोरुपमा उपयोग गर्न सकिन्छ । सम्भावित स्थलहरुको खोजी गर्ने हो भने थुप्रै स्थलहरु अझै प्रसस्त भेटिन्छ तर पर्यटकीय क्षेत्रहरुको खोजी होईन भएका पर्यटकीय स्थलहरुलाई हामीले उपयोग गर्न सकिरहेका छैनौं । त्यसको प्रचारप्रसारमा ध्यान दिन सकिरहेका छैनौं । साच्चै भन्ने हो भने पर्यटकहरुलाई आकर्षित गर्ने योजना र हाम्रा व्यवहार र प्रवृतिहरुलाई सुधार गर्न सकिरहेका छैनौं । भेडेटारल नाम्जे, डाडा बजार तथा राजारानी आसपासका क्षेत्रहरुलाई पर्यटकीय क्षेत्र भन्ने गरेका छौं तर त्यस क्षेत्रमा घर निर्माण गर्दा तथा भौतिक संरचनाहरुको व्यवस्थापन गर्दा निश्चित मापदण्डहरु नबनेकाले पर्यटीय स्थल भनिएपनि त्यस्ता स्थलहरुको स्वरुपनै विग्रनेगरी भौतिक पुर्वाधारहरु बन्ने गरेका छन् जुन संरचना सहरी क्षेत्रहरुमै हुने भएकाले पर्यटकहरुले फरक स्वाद पाउन सकीरहेका छैनन जुन कुरा आजभन्दा केही वर्ष अघिसम्म ती स्थलहरुमा जादां पर्यटकहरुले आनन्द लिन सक्थे त्यस विषयमा ध्यान जान जरुरी छ । नाम्जे क्षेत्रमा होम स्टे सञ्चालन भईरहेका छन् त्यसले फरक पहिचान बनाएको छ तर संचालहरु होम स्टे सञ्चालकहरुको पाहुनाहरुप्रति गर्नु पर्ने बोली व्यवहार कस्तो हुनु पर्दछ जसका कारण पाहुनाहरु पुन होम स्टेमा आउन सकुन भन्ने विषयमा प्रशिक्षित हुनु जरुरी छ । सो क्षेत्रमा टाल्भस एजेन्सी, कोसेली घर र सूचना केन्द्र स्थापना जरुरी हुन्छ त्यसको विषयमा विचार पुर्याउन जरुरी छ । त्यस्तै सहज यातायात, पैदल यात्रा तथा सवारी यात्राकालागी सुचना बोर्ड, पर्चा लगायतका बाहिरबाट आएका पाहुनाहरुलाई सहयोग पुग्ने सामग्री तथा उनीहरुको सुरक्षाका विषयमा समेत विचार पुर्याउन जरुरी छ । औजार दैकिमा मंगलबार प्रकाशित सम्पादकीय भीमज्वाला राई

विशिष्ठता कायम राख्छौं

मिशन पत्रकारीता टिकाउ हुनै सक्दैन भन्नेहरुले औला ठड्याईरहेको समयमा औजार दैनिकले धरानजस्तो सानो बजारबाट आफ्नो प्रकाशन आरम्भ गरेको ९ वर्ष लागेको छ । राम्रै लगानीबाट पत्रकारिता प्रारम्भ गर्दा समेत पत्रकारिताले व्यवसायीक धार समाउन नसकेर पत्रिकाहरु धमाधम बन्द भईरहेको समयमा मजदुरहरुको मुक्ति र श्रमजिवि जनताका अधिकार स्थापित गर्ने कामलाई आफ्नो मिशन बनाएर पत्रिका प्रारम्भ गर्दा हामी कसैलेपनि जनताले औजारलाई यसरी मायां गर्नेछन् भन्ने सोचेका थिएनौं । सुचनाको अधिकारलाई आम पाठक तथा जनतासंग जोडेर श्रमजिवि जनताको विषयलाई प्राथमिकतामा राख्यौं त्यसैलाई हाम्रो कर्तव्य थान्यौं पत्रकारितामा त्यो खुराक विल्कुलै नयां थियो शैली र प्रस्तुति फरक थियो त्यही फरकपन पत्रकारितामा मौलिक विशिष्ठता थियो त्यही नै हाम्रालागी सफलताका सिढि बने हामी त्यसलाई निरन्तरता दिनेछौं । निम्न वर्गका जनताका समस्या हाम्रो समाचारको प्रमुख विषय थिए, आधारभूत आवश्यक्ताबाट टाढा जनताका पीडा हाम्रो खराक थियो स्थानिय जनताका हामी साथी थियौं त्यसैले हामीलाई ९ वर्षसम्म सहजै डोर्याएर ल्यायो । केही मजदुर साथीहरुको हौसलाबाट प्रारम्भ औजार क्षेत्रीय स्तरको क वर्गको पत्रिका हुदै अहिले राष्ट्रिय स्तरको ख वर्गमा वर्गीकृत गर्न प्रेस काउन्सील नेपाल बाध्य बनेको छ धरानको सानो कुनाबाट प्रारम्भ औजार सुविधासम्पन्न ब्रोडसिटका राष्ट्रिय पत्रिकाका हाराहारीमा पुग्न सफल भएको छ यो अवसरमा सहयोगी र शुभचिन्तक सवैलाई धन्यबाद दिन्छौं र निरन्तर सहयोग सल्लाह र सुझावको अपेक्षा गर्छौ । यात्रा सहज छैन सुचनाको दुनिया विशिष्ठिकृत बन्दै गईरहका छन् यस्तो अवस्थामा आफुलाई कसरी परिस्कृत गर्दै पाठकहरुको रुचि र अरुभन्दा फरक शैलीमा रुपान्तरण गर्ने चुनौकारुपमा हाम्रा सामु छन् । सानो पुजींबाट प्रकाशन प्रारम्भ गर्दै आएको हाम्रो जस्तो मिडियाहरुलाई ब्रोडसिटका ठुला लगानीका मिडीयाहरुले विस्थापित गर्ने बजारमा एकाधिकार जमाउने प्रयासहरु भईरहका छन् तर हाम्रा फरक शैली र विशेषतालाई हामी कायम राख्नेछौं । जुन कुराले जहिल्यै आम जनताले हामीलाई सधै मायां गरिरहनु भएको थियो । भीमज्वाला राई प्रधान सम्पादक

मजदुरलाई दश प्रतिशत भए हुन्छ

भीमज्वाला राई संसारभरका श्रमजीवी जनता आज १ सय २४ औं अन्तराष्ट्रिय श्रमिक दिवस मनाइरहेका छन् । अंग्रेजी महिनाको मे १ को दिनलाई संसारभरिका श्रमजीवी मजदुरहरुले गर्वले स्मरण गर्छन् । पुँजीवादी दासतालाई घुँडा टेकाएर पुँजीपतिविरुद्ध धावा बोलेको दिन हो मे १ । मे १ मनाइरहेका नेपाली मजदुरहरुले आजको दिनलाई प्रेरणा मान्ने हो भने हाम्रा सामु रहेका थुप्रै अन्यौल र चुनौतीहरुको सामनाका लागि तयार हुन आवश्यक छ ।
mथ(उष्अदैनिक २० घण्टासम्म काममा लगाउनु, साँघुरो र अँध्यारो कोठामा मजदुरलाई बन्धकझैं बनाएर वर्षौसम्म काममा जोताउनु, खान नपुग्ने तलव तोकिनु, कुनै सेवा र अधिकारको कुरा गर्ने मजदुरलाई यातना दिनु अनि झुठा मुद्दा लगाएर जेलमा कोच्नु अठारौं शताव्दीका मजदुरहरुको नियति थियो । पुँजीपतिहरुको शोषणको कुनै सीमा थिएन, राज्य, सेना र प्रहरी मालिकहरुको इसारामा चल्थ्यो । त्यसैको विरोधमा १ सय २४ वर्ष अघि आजकै दिन अमेरिकाको सिकागोका मजदुरहरु संगठितरुपमा सडकमा उत्रिएका थिए । मजदुरहरुले आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन गर्न पाउनुपर्छ भन्ने माग राखेर गरेको आन्दोलनको निणरयक दिन सन १८८९ मे १ बन्यो । त्यस दिन लाखौं मजदुहरु सडकमा स्वतः स्फुर्तरुपमा सागर बनेर उर्लिएका थिए । मजदुरहरुले अन्ततः अमेरिकी दासताको साङ्लोलाई चुँडाइछाडे । यही रक्तरञ्जित इतिहासलाई आज हामी मे दिवसका रुपमा स्मरण गरिरहेका छौं । एक सय २४ वर्ष अघि सिकागोका मजदुरहरुले धुलिसात बनाएको प्रवृति अझैसम्म नेपाली मजदुरहरुले भत्काउन सकेका छैनन् । १ सय २४ वर्ष पहिले मजदुरहरुले प्राप्त गरेका आठ घण्टा काम, आठ घण्टा आराम र आठघण्टा मनोरञ्जनको अधिकार नेपाली मजदुरहरुले अहिलेसम्म पाउन सकेका छैनन् । अझै पेटकै लागि आन्दोलन जारी नेपालको राजनीतिक परिवर्तनको आन्दोलनको इतिहासलाई हेर्ने हो भने नेपालकै पहिलो मजदुर आन्दोलन २००३ साल फागुन २० गते सुरु भएको हो । नेपालका राजनीतिक दलहरुभन्दा मजदुर आन्दोलन खासै कान्छो छैन । तर, विडम्बनाको कुरो ६७ वर्षअघि मजदुरहरुले सुरु गरेको आन्दोलनको जगबाट भएका अन्य अभियानले राणा शासन ढल्यो, प्रजातन्त्रिक व्यवस्था हुँदै देश लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्यो, तर पहिलो आन्दोलनको एजेण्डा बनेको पेटभरि खान पुग्ने तलव देऊ भन्ने माग अझै पूरा भएको छैन । पञ्चानन्द दास, दिनेश दुबे, गोरमणि सिंह, रघुनाथप्रसाद गुप्ताहरुले २००३ सालमा विराटनगरमा मजदुरहरुलाई खान पुग्ने तलब देऊ भन्दै आन्दोलन गरेका थिए । आज पनि कारखानामा काम गर्ने, सडक बढार्ने, यातायातमा काम गर्ने, गिटी कुट्नेलगायतका मजदुरहरुलाई खान पुग्ने ज्याला देऊ भन्दै गणतान्त्रिक नेपालका मजदुहरु आन्दोलन गर्नु परिरहेको छ । पार्टीपिच्छे मजदुर संगठन सामाजिक रुपान्तरणको एजेण्डाका लागि पहिलोपटक आन्दोलन गरेर इतिहास बनाए पनि मजदुर आन्दोलनका सुत्रपातकर्ताहरु राजनीतिक दल निर्माणमा लागेपछि मजदुर संगठनलाई पार्टीको जनसंगठनमा सीमित बनाइयो । यसले गर्दा संसारभरिका श्रमिकहरु एक होऊ भन्ने र उत्पादक शक्ति सर्वहारा श्रमजीवी मजदुरहरु हुन् भन्ने विषयलाई उपेक्षा गरिँदै लगियो । फलत ः कम्युनिष्टहरुका साथै अन्य पार्टीले पनि मजदुरहरुलाई भातृ संगठन बनाउँदै लाने प्रवृति बढ्यो । यसकारण पार्टीपिच्छेकै मजदुर संगठन बनाउने कामहरु भयो । अहिले पुजिँवादी राष्ट्रहरुमा मजदुर संगठन शक्तिशाली छन् । त्यहाँ पार्टीको मजदुरप्रतिको दृष्टिकोण र एजेण्डाका आधारमा मजदुरहरुले निर्वाचनमा कुनै पार्टीलाई सहयोग गर्ने गरेको पाइन्छ । फलस्वरुप त्यहाँका मजदुरहरु अधिकार सम्पन्न बनेका छन् । तर, हाम्रो देशमा त्यस्तो हुन सकेको छैन । मजदुरलाई १० प्रतिशत चाहियो नेपालमा मजदुर आन्दोलनका विगतका अनुभव र प्रवृत्तिबारे समीक्षा हुन जरुरी छ । वर्ग संघर्षको इतिहासलाई निरन्तरता दिने शक्तिको नाताले यसको अगुवाइ गर्ने कि अरुको भर पर्ने रु माक्र्सवादका प्रवर्तक कार्ल माक्र्सले सन १८४८ मै कम्युनिष्ट घोषणापत्रमा उल्लेख गरे अनुसार कम्युनिष्ट पार्टीका आधारभूत तत्व मजदुर, किसान तथा सुकुम्बासीलाई मानेका छन् । सिद्धान्ततः कम्युनिष्ट पार्टी सर्वहारा श्रमजीवीहरुको पार्टी मान्ने कम्युनिष्ट भनिएका पार्टीमा मजदुरहरुको प्रतिनिधित्व न्यून देखिएको छ । यसले के देखाउँछ भने मजदुर संगठनका अगुवा भनिएकाहरु सैद्धान्तिकरुपमा विचलित देखिएका छन् । नीति निर्माण देखि पार्टी कमिटीहरुमा पनि मजदुरहरुलाई न्युनतम दश प्रतिशत प्रतिनिधित्वको विषय यतिवेला दबावमूलकरुपमा उठिरहेको छ । वैचारिक र सैद्धान्तिकरुपमा मजदुरको दश प्रतिशत सहभागिता न्यून माग हो भन्ने सहजै अनुमान गर्न सकिन्छ । तर, यो दबावलाई तत्काल पार्टीहरुले सम्बोधन गर्न सके भने एउटा राम्रो कामको थालनी हुनेछ । सर्वहारा मजदुरहरुको पार्टी भन्ने, तर मजदुरलाई किनाराको साक्षीमा राखेर पार्टी सर्वहारा वर्गीय बन्न सक्दैन । अहिलेसम्म उपेक्षित मजदुरलाई पार्टी तथा नीति निर्माणको तहसम्म सहभागी नगराएसम्म न पार्टी सर्वहारावर्गीय हुन्छ, न त मजदुरहरुको मुक्तिको सपना नै सम्भव हुन्छ । १ सय २४ औं अन्तराष्ट्रिय मजदुर दिवसले सबैलाई सद्वुद्धि मिलोस् ।

मजदुरहरुको स्थान कहां ?

  • भीमज्वाला राई
  










  •  अग्रेजी महिनाको मे १ तारिक, मे डे अथवा जसलाई हामी मजदुर दिवसपनि भन्दछौ त्यही मजदुर दिवसको श्रृखला अन्तरगत हामी १ सय २३ औं अन्तराष्टिय श्रमिक दिवस मनाईरहेका छौ । यो दिवसलाई विश्वभरीका श्रमजिवि मजदुरहरुले एकसाथ मनाउने गर्दछन् । मजदुरहरुको गौरवमय ईतिहासलाई आज फेरी एक पटक मजदुरहरुले सलाम गरिरहेका छन् मजदुर मुक्तिका योद्धाहरुलाई संसारले शिर निहुर्याएर सम्झि रहेका छन् ।  संसारका मजदुरहरुले १ सय २३ वर्षदेखि मनाउदै आईरहेको श्रमिक दिवसलाई नेपालमा कहिलेदेखि मनाउन थालियो त्यसको एकीन तिथि मिति पाईएको छैन तर नेपालको प्रजातान्त्रिक आन्दोलनको ईतिहासमा राजनीतिक दलहरु भन्दा अगावै २००३ सालमा विराटनगरको जुट मिलबाट भएको मजदुरहरुको आन्दोलन सवै भन्दा जेठो आन्दोलन भएकाले ईतिहासमा दरिएकाले मई दिवसको ईतिहाससंग नेपालको मजदुर आन्दोलनले आत्मसात गरेको ईतिहासको साईनो जोडाई लामै छ भन्ने कुरामा दुई मत नहुन सक्छ ।

बिद्रोह र सिर्जनाको संगम

  •  भीमज्वाला राई


          प्रथम र दोस्रो विश्वयूद्धमा गोरखाली सैनिकले देखाएका बहादुरी र वीरताका किस्सा हामीले पुस्तान्तरण ह“ुदै बरोबर सुन्दै आईरहेका छौं र सुनाउ“दै पनि छौं । वीर गोरखालीका सन्तती भएकाले हामी वीरताको गाथा खुवै गाउछौं । अनि, वीर र बहादुर भनिएकामा हामी नेपाली आफुलाई खुवै गर्व पनि गर्दछौं । गाईवस्तु चराउ“दा, मेलापात गर्दा वा हाटबजार भर्दा बाटाबाटैबाट टिपेर ब्रिटिश सेनामा जवरजस्ती लगिएका हाम्रा ६० हजारभन्दा बढी पुर्खाहरु त्यही युद्धमा मारिए, हजारौ अंगभंग भए । मारिएका र अंगभंग भएका तथा बेपत्ता भएकाहरुको तथ्यांक अझै बेलायतले दिन सकेको छैन । आफु मारिएर ब्रिटेनलाई ‘ग्रेट ब्रिटेन’ बनाइदिने हाम्रा पूर्खाहरु किन त्यसरी मारिए ?

गोरखा सैनिकहरुको स्मृतिमा स्मारक

   नेपाल र बेलायतको सहयोग लिन्नौस्यांग्जा फेदीखोला । युद्धमा मारिएका बृटिश गोरखा सैनिकहरुको स्मृतिमा गोरखा भूतपूर्व संनिक संघ गेसोले स्यांग्जा जिल्लाको फेदीखोला स्थित साल्मे डाडामा करिव दुई अर्ब लागतमा गोरखा स्मारक निर्माण गर्ने भएको छ ।
   आन्दोलनलाई नया रुप दिएको बताउदै आएको गेसोले स्मारक निर्माण थालनी गर्न बैशाख ५ गते बुधवार गोरखा स्मारक ट्रष्टको कार्यालय भवनको उद्धघाटन गरेको छ । बेलायती शासक र तत्कालिन राणा शासकहरुको स्वार्थकालागी नेपालका पहाडी तथा हिमाली क्षेत्रका आदिबासी जनजाती युवाहरुलाई जवरजस्ती बृटिश संनिकमा भर्ती गराएर प्रथम तथा दोस्रो विश्व युद्धमा प्रयोग गरेका थिए ।

कहां रोक्नु सवारी ? .............

धरान । धरान बस पार्कमा सधै जसो एकापसमा गलबज्जी परिरहने यातायात मजदुरहरु र ट्राफिक प्रहरीहरु बिहिवार एउटै हलमा बसेर दुर्घटनामा कमी ल्याउने उपाय, दुर्घटनाका कारणहरु र ट्राफिक नियमका विविध पक्षहरुवारे अन्तरकृया गरिरहेका थिए ।
       जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी निरिक्षक मुकुन्द रिजाल भन्दै थिए ट्राफिक नियमको पालना गर्नुस, सडक अतिक्रमण गरेर जहापायो त्यही सवारी नरोक्नुस, ओभर लोड नगर्नुस, मादक पदार्थ सेवन गरेर सवारी नचलाउनुस, सवारीको राम्रो मर्मत सम्हार गर्नुस, सवारीको हुडमा यात्रु नचढाउनुस, लापरवाही नगर्नुस, सवारी चलाईरहदा मोवाईलमा कुरा नगर्नुस । रिजालले  भन्नासाथ सहभागी चालक जगत बुढाथोकीले रिजाललाई प्रश्न गरिहाले सवारीको हुडमा जवरजस्ती चढ्ने यात्रुलाई रोक्ने हो भने हामीले कुटाई खानु पर्छ तर ति यात्रुहरु ट्र«ाफिक प्रहरीकै छेउमा  हुडमा चढ्ीरहदा तपाईहरुले किन कारवाही नगरेको ? ओभरलोड गरेको सवारीहरुलाई कारवाही गर्नुको सट्टा पैसा लिएर किन छाडेको ?

हॉसेकैछु यो पलसम्म

  • भीमज्वाला राई
    
   हॉसेकैछु यो पलसम्म रमाएकैछु यो पलसम्म
  ऑंशु पिउदै मृत्यु छल्दै, बां‘चेकैछु यो पलसम्म ।
 
 झरनाबाट झरें म पहरामा पछारिदै
 भेलसंगै बगें म, चट्टानमा बजारिदै
 चोट सहदै पीडिा भुल्दै, हॉसेकैछु यो पलसम्म
 ऑंशु पिउदै मृत्यु छल्दै, बां‘चेकैछु यो पलसम्म ।

 घात गर्यौ बात लायौं दुनियां हासे मलाई हेर्दै
 मेरो बसन्त उजाड भयो, हरायौं अन्तै रंग फेर्दै
 पीर साट्दै व्यथा भुल्दै हॉसेकैछु यो पलसम्म
 ऑंशु पिउदै मृत्यु छल्दै बॉचेकैछु यो पलसम्म ।

सलाम .... एलिसालाई

म आफै बुबाको काजक्रिया गर्छु, किरीयापुत्री आफै बस्छु भनेर अडान लिएपछि विरोधीहरुको केही जोड चलेन’       


      धरान । आमा—बुबाको मृत्यु पछि छोरीले किरीयापुत्री बस्न र मृत्यू सस्कार गर्न हुदैन भन्ने हिन्दु धर्मको सस्कारलाई चुनौति दिदै धरानकी एक बालिकाले बुबाको मृत्यू सस्कारकालागी किरीयापुत्री बसेकी छन् ।
     धरान १५ रोदुङ पथकी १४ वर्षीया एलिसा सापकोटा विरोधका बावजुद बुबाको किरीयापुत्री बसेर समाजलाई चुनौति दिएकी हुन् । बुबा हरिबहादुर सापकोटाको मृत्यु भएपछि उनकी जेठी छोरीको नाताले एलिसा किरियापुत्री बसेकी हुन् । ब्रेन ट्युमर रोगबाट पीडित ३२ बर्षीय सापकोटाको बिहिबार मध्यरातमा मृत्यु भएको थियो । दुई छोरीका पिता सापकोटाको मृत्यु भएपछि एलिसाले नै दागवत्ति दिइन् र तीन दिनअघिदेखि किरियापुत्री बसेकी हुन् । दुवै सन्तान छोरी भएका सापकोटा परिवारलाई मृत्यु सँस्कार छोरीलाई गर्न दिएको भन्दै हिन्दु धर्मप्रति आस्थावान कट्टर महिलाहरुले विरोधसमेत जनाए । छोरीले दागबत्ति दिने भए शव उठाउन नदिने भन्दै ती महिलाहरु कडारुपमा प्रस्तुत भएपनि एलिसाको अठोट र अडानप्रति उनीहरुको केही जोड चलेन ।

होली रोमाञ्चकता र एमाले उदघोष

  • भीमज्वाला राई       
       गुटको लहरामा गुण्डागर्दी, कमिशनतन्त्र, ठेक्कापट्टा, सरुवा बढुवा जस्ता काम नलाग्नेगरी पलाएको एजेरुले एमालेलाई कुरुप बनाएको छ ति एंजेरु  एमालेकालागी क्यान्सर बनेका छन् जसलाई बेलैमा शल्यक्रिया नगर्ने हो भने एमालेलाई विघटनसम्म पुर्याउने निश्चित छ ।
          वसन्तको उत्सव, नयां वर्षको शुरुवात, उमंगको चाड विभिन्न उपमा जोडेर मनाईने होली र एमालेको मिनी महाधिवेशनको रुपमा लिईएको राष्टिय प्रतिनिधि परिषदको भेला संयोगले अघिपछि परेको छ । एमालेको भेला सिद्धिएलगतै रंग, ऋतु र आपसी समन्वयको पर्यायबनेको होलीमा सप्तरगी अबीरको रगींन आभुषणमा रमाएर देश चुर्लुम्म डुवेको छ । रंगहरुको रोमाञ्चकतामा जनता जसरी खुशीको बहारसंगै उद्धेलित बनेका थिए त्यसैगरी एमालेको भेला भईरहदा एमालेलाई नेपालको पहिलो पार्टी बनाउने एमाले नेताहरुको उदघोषले एमालेका नेता कार्यकर्ताहरुमा उत्साह त सञ्चारित भएको थियो नै आम जनतामापनि आशाको टुसा पलाएको छ तर होलीको भोली पल्टदेखि रंग धोएपछि होलीको रोमाञ्चकता हराएर जान्छ र अर्को फागु पुर्णिमासम्म बेदाग हुने गर्दछ त्यसैगरि एमाले भेलाले दिएको रोमाञ्चकतापनि होलीको समापनपछि पखालिएको होलीको रंगजस्तै नबनोस । 

गेसो आन्दोलन र जंगबहादुरप्रति माक्र्सको टिप्पणी

भीमज्वाला राई
गेसोले वर्षौदेखि सञ्चालन गर्दै आईरहेको र संसारको ध्यान आफुतिर तान्नेगरी छेडीरहेको आन्दोलनको रुप र चरित्रपनि साम्राज्यवाद विरुद्धको आन्दोलन नै हो

        कार्ल माक्र्सले आफ्नो डायरीमा जंगबहादुर राणालाई बेलायती कुकुर भनेर खरो टिप्पणी गरेका छन् ।  माक्र्सको शेखपछि उनका सहयोद्धा एंगेल्सले प्रकाशन गरिदिएको उक्त डायरीमा उल्लेखीत विचारहरु माक्र्सको  भारतीय इतिहासपर एक टिप्पणीयाँ  नामको भारतको सन्दर्भमा लेखिएको पुस्तकमा पनि पढ्न पाईन्छ । नेपालका राणा शासक, शक्तिशाली  प्रधानमन्त्रीलाई “कुकुर” भनेर किन लेखे होलान् ?  विश्व सर्वहारा श्रमजीवी वर्गका महान नेता तथा दार्शनिक कार्ल माक्र्स जंगवहादुरप्रति यती निकृष्ट शब्द प्रयोग गर्नेगरी किन आक्रोशित बने ? शोषित, पीडित श्रमजीवी जनताको मुक्तिको सिद्धान्तको प्रतिपादनमा लागीरहेका माक्र्सले करिव डेढ सय वर्ष अघिको नेपाली समाजका उनको सिद्धान्तसंग ठ्याक्कै मेल खाने जनताका राष्ट प्रमुखसंग त्यतिबिघ्न रिसाउनु पर्ने कारण के बनेछ र हदैसम्म तल झरेर गाली गरेका होलान् भन्ने लाग्न सक्छ तर  ब्रिटीश गोर्खा भर्तिको दुईसय वर्षको ईतिहासलाई फर्केर समिक्षा गर्दै गोर्खा भूतपूर्व सैनिक संघ(गेसो)े आन्दोलनको मोर्चाबध भईरहदा र नेपाली समाजको रुपान्तरणको बाधक राणा कालका नाईके जंगवहादुरप्रति करिव डेढ सय वर्ष अघि माक्र्सले कटु आलोचना गरेको ईतिहासलाई स्मरण गर्ने हो भने गेसो आन्दोलनको निशाना र माक्र्सको प्रहारमा कुनै तात्विक भिन्नता देखिन्न ।
            

यस्ता छन् सम्भावित भिसीहरु

अस्पताल निर्देशक डा.बिपी दास


रेडियोलोजी विभाग प्रमुख डा.राजकुमार रौनियार

भीमज्वाला राई
      धरान । बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकसलपति (भिसी) का सम्भावित चार वरिष्ठ चिकित्सकहरु कोहीपनि दोष मुक्त छैनन् । उनीहरु प्रतिष्ठानमा कार्यरत रहेकै अवस्थामा उनीहरुले राम्रा गुणहरुपनि आर्जन गरेका छन् र कुनै न कुनै आरोपहरुपनि खेपेका छन् ।
 मेडिसिन विभाग प्रमुख डा.प्रहलाद कार्की
    भिसीको दौडमा सवैभन्दा तेज रहेका रेडियोलोजी विभागका प्रमुख दुहवी सुनसरी राजकुमार रौनियारले राष्टिय तथा अन्तराष्टिय पुरस्कारहरु पाएका राम्रा चिकित्सक हुन् उनले प्रतिष्ठान छाडेर बाहीर काम गर्न गएका थिएभने करोडौ कमाउन सक्थे तर उनले त्यसो गरेनन् र उनी स्पष्ट वक्तापनि हुन् त्यतिहुदाहुदैपनि भिसीको दौडमा उनले स्वास्थ्य मन्त्रीसंग आर्थिक चलखेल गर्नसम्मपछि नपरेको उनीमाथि आरोप लगाउछन् भुक्तभोगीहरु ।
     बैचारिकरुपमा अस्थिर रौनियार अहिले सदभावना पार्टीको कार्यकर्ता रहेको बताउने गरेपनि उनी हालपनि प्रतिष्ठान भित्र भने माओवादी निकट संगठनको सल्लाहकार रहेको स्रोतले बताएको छ । समय अनुसार चल्दै काचुली फेर्दै रंग बदल्न सक्ने रौनियार कर्मचारीसं सम्न्वय गर्न नसक्ने, प्रशासनिक अनुभव नभएका र प्रतिष्ठानको समस्यामा ढाड फर्काएर हिड्ने व्यक्तिकारुपमा उनको छवी रहेको स्रोतको दावी छ उनी आर्थिक अनियमितताको मुद्धावाटपनि मुक्त नभएको बताईन्छ ।

को बन्लान् बिपीको उपकुलपति ? ...पदकालागी करोडौंको चलखेल

भीमज्वाला राई
धरान । बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति पूर्णचन्द्र कर्माचार्यको  कार्यकाल पुस ३ गते सकिदैछ तर नयां उपकुलपति को हुन् भन्ने अझै टुंगो लाग्न सकेको छैन ।  सो स्थानको दावी गर्दै प्रतिष्ठानका ६ जना प्रतिष्पर्धिहरुले गतिविधिलाई तिब्र बनाएका छन् ।
       नेपालकै प्रतिष्ठित मानिएको बिपी प्रतिष्ठानको नयां उपकुलपतिको होडमा राजकुमार रौनियार, बिएन यादव, सीवी झा, प्रल्हाद कार्की, सिएस अग्रवाल र बलभद्रप्रसाद(बिपी) दास दौडधुपमा लागेका छन् ।
    पांच वर्षे उपकुलपतिको नियूक्तिको व्यवस्था बिपी कोईराला स्वस्थ्य विज्ञान प्रतिष्ठान ऐनले व्यवस्था गरेको छ । ऐन अनुसार स्वास्थ्य मन्त्री अध्यक्ष रहने तिन सदस्यीय उपकुलपतिले सर्च कमिटीले उपकुलपतिका योग्य मानिएका तिन जनाको नाम प्रधानमन्त्रीलाई शिफारिस गरेपछि प्रधानमन्त्रीले एकजनालाई उपकुलपतिमा नियूक्त गर्ने वैधानिक व्यवस्था भएपनि कार्यकाल सकिन अव मात्र १२ दिन मात्र बाकी हुदासम्म सम्भावित उपकुलपतिको नाम प्रधानमन्त्री बाबुराम भट्टराई समक्ष सर्च कमिटीले पठाउन सकेको छैन ।