साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

मजदुरलाई सहयोग

क्षयरोग पीडित यातायात मजदुर कुमार जोगीलाई उपचार सहयोग स्वरुप २० हजार ९५ रुपैया सहयोग प्रदान गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव भीमज्वाला राई ।

आकासबाट देखिएको विराटनगरको दृष्य

पछिल्लो समय बिराटनगर विकासको तिव्र गतीतर्फ अग्रसर बन्दै गईरहेको छ

सुन्दर भेडेटार

धनकुटा र सुनसरीको संगमस्थल पर्यटकीयस्थल भेडेटारको दृष्य

विद्यार्थीलाई सम्मान

प्रवेशिका पक्षिामा सर्वोकृष्ट अंक ल्याउने यातायात मजदुरका छोराछोरीहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान ईकाईले सम्मान गर्दै

Pages

थिचोमिचोको एउटा उदाहरण ी

पूर्वी नाका काकडभीट्टास्थित नेपाली भूभागमा भारतीय शहर सिक्कीम, ग्यान्टोक, दार्जिलिङ लगायतका स्थान जान यात्रुको प्रतिक्षामा रहेका लामबद्ध सवारी साधनहरु तस्विर ः कल्पना तुम्रोक

ईतिहास

बिक्रम सम्बत १९७३ मा पहिलो पटक मान्छेमाथी चढेर नेपाल भित्रीएको सवारी, राणा शासकहरुले बेलायतबाट भारत हुदै नेपाल ल्याएको यो सवारी भीमफेदीको बाटो हुदैं काठमाण्डौ भित्र्याएको थियो ।

बाल श्रम उन्मुलन नारा मात्रै

धरान १३ स्थित सर्दु खोला नजिकको सुकुम्बासी वस्तीका एक बालक अभिभावकलाई गिट्टी कुट्न सघाउदै फोटो ः सोहन श्रेष्ठ

सुन्पारी पुग्ने विकल्प ।

भोजपुर र धनकुटाको सिमाना लेगुवा स्थित अरुण नदीमा फेरीको माध्यमबाट सवारी तथा यात्रुहरु आरपार गर्दै, अरुण नदीमा पुल नबन्दा वर्षौदेखि दुर्गम पहाडबासी यसरी नै दुखका साथ नदी तर्दै आउने गरेका छन्

माझी दाई पोखरा फेवा तालको #2380;

पोखरास्थित फेवा तालमा माछा मार्न जाल मिलाउदै डुंगामा एक माझी तस्बिर .ज्वाला

कसरी हुन्छन् विश्वका मजदुरहरु एक ?

 सर्वहारा वर्गका महान नेता कार्ल माक्र्सले भनेका छन् “विश्वका मजदुरहरु एक होऊ ”
       विश्वव्यापी बन्दै गईरहेको पूंजीवादको सञ्जाललाई ध्वस्त बनाउदै श्रमजीवी सर्वहारा वर्गको अधिनायकत्व कायम गर्नको लागी विश्वभरीका मजदुरहरु एक हुन माक्र्सले आह्वान गरेका छन् । उनले यो पनि भनेका छन् की निर्णायक क्रान्ति मार्फत पूजींवादलाई अन्त्य गरेर समाजवाद हुदै साम्यवादसम्म यो समाजलाई रुपान्तरण गर्ने शक्ति मजदुरहरु नै हुनेछन् । माक्र्सले प्रतिपादन गरेको सिद्धान्त माक्र्सवादको मुल अन्तरबस्तु र जग मजदुर केन्द्रीत छ । उनले यो समाज रुपान्तरणको प्रमुख शक्तिका रुपमा मजदुरहरु , उनीहरुको एकता र सुदृढ संगठनलाई मानेका छन् । तीनै माक्र्सवादको सैद्धान्तिक जगमा स्थापित दलहरु र माक्र्सले भरोसा गरेका मजदुरहरु र मजदुर आन्दोलनका अभियन्ताहरुले माक्र्सका विचार, दर्शन र सिद्यान्तलाई पालना गर्न सक्यो कि सकेन समाज विकासको प्रगतीशिल रुपान्तरणमा भूमिका निर्वाह गर्न सक्यो कि सकेन त्यो भने समिक्षा गर्न आवश्यक छ ।

महाकालीमा दुखेको मन्

यात्रा डायरी

२७ साउन २०६७
पार्क ईन होटल धनगढी, कैलाली
कोठा नं.१०४ राती ११ बजे

मित्र दिपक काफ्ले जीसंग छु कोठामा भोली र पर्सी , साउन २८ र २९ गते महाकाली, सेती, भेरी र राप्तीगरी चार अञ्चलको संयुक्त प्रशिक्षण का लागी आज दिउसो १२ बजे धनगढी आईपुगेका थीयौं ।
  हिजो सवा १२ बजे धरानवाट हिडेको थिए एक बजे मैले इटरीवाट धनगढीको बस चढ्नु थियो । २९४८ नम्वरको बस चढेर २३ घण्टालामो बस यात्रा पार गर्दै आज धनगढी आईपुगे । यात्रा सहज थीएन शरीर दुखिरहेको छ तर पनि भोलीको प्रशिक्षणको तयारी करिव करिव गरी सके ।
यात्राको साईत
धरानवाट यात्रा गर्ने समय मुसलधारे पानी परिरहेको थीयो औजारवाट आन्टीको चिया पसलमा सन्तोष काफ्ले र भोजराज श्रेष्ठ (औजारकर्मीहरु) संगै चिया पियौ १५ मिनेटसम्म पनि पानि नरोकीएपछी आन्टीको छाता ओढेर सन्तोष भाईले वसपार्क सम्म छाडीदियो हिड्न ढिला भईरहेकोमा मलाई चिन्ता थियो, सवा १२ बजीसकेको थियो ईटहरी साढे १२ वजे आईपुग्न मलाई उर्दी जारी गरीएको थियो लोकल वसले कम्तीमा ४० मिनेट लगाउने गर्छ ईटहरी पुग्न गन्गनीदै थिए त्यतीवेला सन्तोषले भन्दै थियो दाई हिड्ने वेलामा पानी पर्नु राम्रो साईत हो ।
पानी पराई अनौठो थियो धरानको तिनकुने दक्षिण तर्फ भने पानीको थोपो परेको थिएन । म समयमै ईटहरी आईपुगे बसले मलाई पर्खी रहेको थियो ।
लमही सम्मको भ्यागुते यात्रा
ईटहरी पश्चिम लागेपछिको यात्रा लामो दुरीको जस्तो दु्रत गतीको थिएन सडकमा उभिएर हात उठाउने जती कोही पनी छुटेन्न यात्रुको भीड थीयो गाडीमा जडान गरीएको भिडीयोमा भद्वा फिल्म म तिमी विना मरीहाल्छु चलीरहेको थियो । विच विचमा तीजका गीतहरु बजाउदै थिए हाम्रा मजदुर साथीहरुले ।
   मेरो हातमा रामराजाप्रशाद सिंहको गणतन्त्रको लागी संघर्ष आत्मावृतान्त थियो तर वेलावेलामा मेरो ध्यान भिडीयोले तानीरहेको थियो मैले पुस्तक पढ्न सकिरहेको थीईन । लहना पार भएपछी बसको प्यासेज पनी खाली भएन हेटौडावाट दिपकजी चढ्नु पर्ने थियो करिव १० वजे हेटौडा आईपुगीयो तर दीपक जी संग वहाको श्रीमती भाउजु पनी आउनु भएकाले ए साईडको ४ नम्मर को आरामदायी सीट मैले भाउजुलाई छाडीदिए सीट त परैजाओस उभीने ठाउसमेत थीएन दिपक जी र म उभिएरै यात्रामा थियौ ।
     नारायणगढवाट कण्डक्टर भाईले सवैभन्दा पछाडीको सिटमा वस्ने व्यवस्था मिलाईदिए प्रधानमन्त्रीको कुर्सी पाए भन्दा खुशी भयौं । गाडी दौडीरहेको थियो निन्द्राले झ्याप्पै छोपीरहेको थियो जव निदाउन खोज्थे बस यसरी उफ्रिन्थ्यो की टाउकोले एकैपटक हुड छुन खोज्थ्यो, दिपक जी र म हास्थ्यौ अरुपनि गलल हास्थे , फेरी निदाउन खोज्थ्यौं फेरी बुरुक्क उफ्रीन्थ्यौं निन्द्रा भागीहाल्थ्यो । यो क्रम चलीरहयो अनिदै हामीं विहान ५ वजे लमही चोक पुगेर गाडी रोकीयो चिया पियौ लमहीमा अगाडी सीटका केही यात्रुहरु झरे हामी अगाडी वस्न पायौ बल्ल भ्यागुते यात्रा सकियो ।