साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

Pages

आस्थाको पहाड

म शालिक भएर
मेरो आस्थाको बिरोध गर्नेहरुलाई
हेरीरहेछु ।

म रिसाएको छैन
उनीहरुकै छेउमा उभिएर
हासीरहेछु

म हिम नदी भएर बग्न चाहान्छु
सङलो पानी भएर कलकलाउन चाहान्छु
ढु¨ाहरुमा ठोक्कीएर
झर्नाबाट बजारीएर
कन्दराहरुमा चेपीएर
बग्नु र कलकलाउनुको पीडा
म आफै भित्र लुकाएर
नदी र पानीको जिवन
धेरै धेरैलाई बुझाउन चाहान्छु


सहन मैले सिकेको छु
सहन मलाई सर्वहाराको सपनाले सिकायो
विचारमा सतिसाल झै उभिन
भोका ना¨ा र दुःखीहरुले अरायो
म उभिरहनेछु

खबरदार
तिम्रा ऐयासी जिवनका विलासी रिलहरु
मेरो मष्तिस्कको पर्दामा उघारेर
मलाई लोभ्याउन नखोज
मेरो लक्ष्य भंग गर्ने कोशिस नगर

म विचलित हुने छैन
आफैलाई छामीरहेछु
मेरो आदर्श यतीबेला
मेरै रक्षा कवज बनेर उभिएको छ
मेरो स्वाभिमान मेरो सहयोगमा मोर्चाबद्ध छ

मेरो जिवनको ऐनामा
तिमिले बांचेको सम्पन्नताको आकृती नखोज
म जिवन पढिरहेछु
बिलगेट्सपथमा लामबद्ध हुने ईच्छा छैन मलाई
मेरो विचार रुपान्तरण गर्न नखोज
म माक्र्स, होची मिन्ह हेरीरहेछु

मेरो आस्थाको पहाड भत्काउन नखोज

म शालिक भएर
उभिरहेछु
।।।

0 comments:

Post a Comment