नेपाल र बेलायतको सहयोग लिन्नौस्यांग्जा फेदीखोला । युद्धमा मारिएका बृटिश गोरखा सैनिकहरुको स्मृतिमा गोरखा भूतपूर्व संनिक संघ गेसोले स्यांग्जा जिल्लाको फेदीखोला स्थित साल्मे डाडामा करिव दुई अर्ब लागतमा गोरखा स्मारक निर्माण गर्ने भएको छ ।
आन्दोलनलाई नया रुप दिएको बताउदै आएको गेसोले स्मारक निर्माण थालनी गर्न बैशाख ५ गते बुधवार गोरखा स्मारक ट्रष्टको कार्यालय भवनको उद्धघाटन गरेको छ । बेलायती शासक र तत्कालिन राणा शासकहरुको स्वार्थकालागी नेपालका पहाडी तथा हिमाली क्षेत्रका आदिबासी जनजाती युवाहरुलाई जवरजस्ती बृटिश संनिकमा भर्ती गराएर प्रथम तथा दोस्रो विश्व युद्धमा प्रयोग गरेका थिए ।

युद्धको पक्षमा नरहेको नेपालका सोझा सिधा यूवाहरुलाई बेलायतले आफ्नो साम्राज्य विस्तारकालागी नेपालका मित्र राष्टहरुविरुद्ध अन्तराष्टिय कानुन विपरित गोरखाली सैनिकहरुलाई प्रयोग गरेको थियो जुन युद्धमा ६० हजार गोरखाली सैनिकले ज्यान गुमाएका थिए ।
गोरखा सैनिकलाई अन्यायपूर्ण बलीदानी गर्न बाध्य बनाउने बेलायतको विरुद्ध २२ वर्षदेखि आन्दोलन गर्दै आएको र युद्ध बन्दीलाई क्षतीपूर्ति, आवासिय भिसा तथा समान पेन्सनको आन्दोलनमा बेलायतलाई पटक पटक झुकाईसकेको गेसोले बेलायतलाई फेरीपनि एक पटक संसारसामु झुकाउनकालागी बौद्धिक र रचनात्मक आन्दोलनको थालनी गरेको छ ।
करिव तिन सय रोपनी जग्गामा निर्माण हुनलागेको स्मारकभित्र गोरखाली सैनिकहरुले युद्ध लडेको विश्वका ६० देशको माटो संकलन गरेर एकै स्थानमा गोरखा संैनिकहरुको प्रतिकात्मक समाधिस्थल निर्माण हुनेछ । स्मारक भित्रै गोरखा संग्रहालय निर्माण गरेर गोरखा संनिकहरुको वीरताको कथा, उनीहरु बेलायती संनिकमा भर्तीहुदाको नेपालको अवस्था र भर्ती भएर फर्किएर आएपछिको गाउको दुर्गती सहित ११ वटा जातीका सांस्कृतिक पहिचानका चिनारीहरुसहितको पुस्तकालयपनि राखिने उल्लेख छ ।
स्मारक निर्माणपछि बेलायतले नेपाललाई कसरी बर्वादीको दिशामा पुरयाएको थियो भन्ने संसारले बुझ्ने मौका पाउने गेसोका अध्यक्ष पदमवहादुर गुरुंगले बताए । उनले भने बेलायती साम्रज्य बिस्तारकालागी मारिएका ६० हजार गोरखालीहरुको अन्यायपूर्ण बलीदानीको कारण नेपाल र बेलायती शासकले दिनु पर्ने छ र गोरखा सैनिकलाई बेलायतले गरेको अपमान र विभेदको विरुद्धमा तिन करोड नेपालीले आवाज उठाउने अवस्थाको सृजना हुने अध्यक्ष पदमवहादुर गुरुंगले जनाए
पोखरावाट २६ किलो मिटर दुरीमा रहेको स्मारकले गोरखा संैनिकहरुको वीरताको ईतिहासलाई खोतल्नुका साथै पर्यटकीयरुपमा स्याग्जालाई विश्वमा चिनाउनेपनि अध्यक्ष गुरुगले बताए । करिव ६० फिट उचाईमा रहने स्मारकको टावरवाट एकै पटक १ सय ५० जनाले हिमाली श्रृखला लगायतका सुन्दर दृष्यहरु हेर्न सकिने र रेल चढेर स्मारकलाई चारै तिरवाट नियाल्न सकिनेपनि बताए ।
देशभरीका पत्रकार तथा बुद्धिजिवीहरु सहभागी कार्यक्रममा गोरखा स्मारक टष्टकालागी जग्गा तथा नगद प्रदान गर्ने ९२ वर्षीय गंजसिंह गुरुगलाई गेसोका अध्यक्ष पदमवहादुर गुरुगले सम्मान गरेको थियो भवनको उद्धघाटन समेत जग्गा तथा नगददाता गुरुंगले नै गरेका थिए ।
नेपाल र बेलायतको सहयोग लिन्नौस्याग्जा फेदीखोला । नेपालीको स्वाभिमानसंग जोडिएकाले गोरखा स्मारक निर्माणमा नेपाल र बेलायत सरकारको सहयोग नलिने गोरखा भुतपूर्व संनिक संघ (गेसो) का केन्द्रीय अध्यक्ष पदमवहादुर गुरुंगले बताएका छन् ।
दुई करोड लगानीमा बन्न लागेको स्यांग्जास्थित साल्मे डांडामा बन्न लागेको गोरखा स्मारक निर्माणमा भिख मागेर सञ्चालित नेपाल सरकार र ६० हजार गारखा सैनिकहरुलाई अन्यायपूर्ण बलीदानी गराउने बेलायती सरकारको सहयोग आफुहरुलाई नचाहिने गुरुंगले बताए ।
भूपू गोरखा दाजुभाईहरुकै लगानीमा र आवश्यक परे विश्वसंग सहयोग माग्छौ तर बेलायत र नेपालको सहयोग लिन्नौं उनले भने । स्मारक निमार्णपछि तिन करोड नेपालीले हाम्रो देशलाई र भूपू सैनिकहरुलाई कसरी बर्वाद बनाएका रहेछन् भन्ने थाहा पाउने उनले बताए । अहिलेसम्म हामी लाहुरेहरुले मात्र बेलायती बदमासीको विरुद्ध लडीरहेका छौं अब यसको निर्माणपछि सारा नेपाली र विश्वले गेसोको आन्दोलनमा साथ दिने गुरुंगले बताए ।
कार्यक्रममा सभासदहरु रविन्द्र अधिकारी, हितकाजी गुरुंग, लेखक झलक सुवेदी, साहित्यकार श्यामल, नेपाल पत्रकार महासंघका केन्दीय पार्षद तथा औजार दैनिकका प्रधान सम्पादक भीमज्वाला राई, पत्रकार तथा राजनीतिक विश्लेषक राजेन्द्र महर्जन, झलक सुवेदी, अरुण बराल, भोगीराज चाम्लिंग, लेखकहरु श्यामल, राजन मुरुकारुग, गेसोका पूर्वाञ्चल अध्यक्ष बिष्णु राई, गेसो मोरंग अध्यक्ष मानवहादुर राई, झापा अध्यक्ष धनपाल राई लगायतकाले बोलका थिए ।

0 comments:
Post a Comment