धरान । धरान बस पार्कमा सधै जसो एकापसमा गलबज्जी परिरहने यातायात मजदुरहरु र ट्राफिक प्रहरीहरु बिहिवार एउटै हलमा बसेर दुर्घटनामा कमी ल्याउने उपाय, दुर्घटनाका कारणहरु र ट्राफिक नियमका विविध पक्षहरुवारे अन्तरकृया गरिरहेका थिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी निरिक्षक मुकुन्द रिजाल भन्दै थिए ट्राफिक नियमको पालना गर्नुस, सडक अतिक्रमण गरेर जहापायो त्यही सवारी नरोक्नुस, ओभर लोड नगर्नुस, मादक पदार्थ सेवन गरेर सवारी नचलाउनुस, सवारीको राम्रो मर्मत सम्हार गर्नुस, सवारीको हुडमा यात्रु नचढाउनुस, लापरवाही नगर्नुस, सवारी चलाईरहदा मोवाईलमा कुरा नगर्नुस । रिजालले भन्नासाथ सहभागी चालक जगत बुढाथोकीले रिजाललाई प्रश्न गरिहाले सवारीको हुडमा जवरजस्ती चढ्ने यात्रुलाई रोक्ने हो भने हामीले कुटाई खानु पर्छ तर ति यात्रुहरु ट्र«ाफिक प्रहरीकै छेउमा हुडमा चढ्ीरहदा तपाईहरुले किन कारवाही नगरेको ? ओभरलोड गरेको सवारीहरुलाई कारवाही गर्नुको सट्टा पैसा लिएर किन छाडेको ?
बुढाथोकीको प्रश्न सकिन नपाउदै अर्का चालक बिमल केसीले प्रश्न थपे दुर्घटना चालकको लापरवाही वा मादक पदार्थ सेवन गरेका कारण मात्र हुदैन अन्य पक्षको पनि दोष हुन्छ तर चालक मात्र किन दोषी ? बस पार्कमा हामीलाई मात्र किन नियम लाद्न खोज्नु हुन्छ खोई पार्कींगको व्यवस्था ? खोई बस स्टाण्ड लगाउने काउण्टर ? हामीले रहरले सडक चोकमा सवारी रोकेको हो र ? हामीले नगरपालीकालाई वर्षेनी कर बुझाएका छौ खोई त करको सदुपयोग ? टाफिक पहरीहरु किन हामीलाई आंखाका कसिंगर सम्झीएर हामीमाथि आईलाग्छन् ?
प्रशिक्षक समेत रहेका प्रनि रिजालले संयमित हुदै प्रश्नहरुको जवाफ दिदै भने कानुनले नियम उलंघन गर्ने सवारीलाई जरिवाना गर्ने अधिकार दिएको छ त्यही अनुरुप टाफिकले जरिवाना गरेको बताए । दुर्घटनामा यात्रुहरुको कमजोरी हुने गरेको भएपनि नीतिको अभावमा उनीहरुमाथि कारवाही हुनुको बदला सवैदोषहरु चालकमा थुप्रिएको बताए र धरानको ठुलो समस्या बस पार्क अभावको भएपनि नगरपालीका तथा दलहरुले चासो नदेखाउदा सधै जसो टाफिक र यातायात मजदुरहरु झगडा गर्नु परेको यथार्थ बताए ।
रिजालले सरोकारवालाहरु सुतिरहेकाले मैदानमा आमने सामने पर्नु पर्ने मजदुर र टाफिक प्रहरीले नै टाफिक नियमको वारेमा छलफल र सहकार्य गरेर व्यवहारमा उतारेको खण्डमा दुर्घटनामापनि कमि आउने तथा मजदुर र टाफिकविच भातृत्वपनि बढ्ने कुटनैतिक जवाफ दिएर मजदुरहरुलाई शान्त पारे । जिल्ला टाफिक प्रहरी कार्यालय सुनसरीका सई शैलेश भट्टराईले टाफिक संकेत र यसको प्रयोगको विधिका बारेमा जानकारी गराए ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र जिल्ला टाफिक प्रहरी कार्यालय सुनसरीको संयुक्त आयोजना रहेको प्रशिक्षण कार्यक्रमको उद्धघाटन संगठनका केन्द्रीय सचिव भीमज्वाला राईले गरेका थिए । प्रमुख अतिथि राईले मजदुरहरुको राजनीतिक अधिकार संगठनको एजेण्डा भएपनि दुर्घटनाका कारण यातायात मजदुरहरुले अकालमा मृत्यूवरण गर्नु परेको, अपांग जिवन विताउनु परेको देशभरीको घटनाले टाफिक प्रहरीसंग सहकार्य गर्दै टाफिक नियमको वारेमा मजदुरहरुलाई प्रशिक्षण प्रदान गरिएको बताए ।
राईले भने दुर्घटनाको दोष चालकलाई दिने गरिएको छ त्यो दोषवाट जोगिनपनि मजदुरहरु अरुभन्दा बढी टाफिक नियमवारे सचेत हुदै दुर्घटना कम गराउने अभियानमा लाग्नु पर्छ । कार्यक्रममा क्षेत्रीय टाफिक प्रहरी कार्यालय ईटहरीका प्रहरी निरिक्षक जिवन श्रेष्ठको, संगठन धरानका पूर्व अध्यक्ष कमल भटराई सहभागिता रहेको प्रशिक्षणमा संगठनका कोशी सदस्यहरु गोविन्द गिरी, यज्ञवहादुर प्रसाईले शुभकामना दिएका थिए ।
संगठनका ईकाई अध्यक्ष लक्ष्मी बानियाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संगठनका सचिव ज्ञाननाथ निरौलाले गरेका थिए । कार्यक्रममा धरान क्षेत्रवाट पूर्व पश्चिम उत्तर र दक्षिण रुटमा सञ्चालित सवारीका ९० जना मजदुरहरु सहभागी थियो । कार्यक्रम प्रत्यक महिना गरिने संगठनका अध्यक्ष बानियाले बताए ।
0 comments:
Post a Comment