- भीमज्वाला राई ..........................................................................................................
काठमाण्डौं । रामेछाप जिल्लाको लखनपुर गाविसको पाङचेतका लागि हाम्रो सानो समुहले आश्विन आठ गते विहान ७ वजे काठमाण्डौं छाडेको थियो । म पूर्वेली ठिटोका लागि मध्य पहाडी जिल्लाको दुर्गम गांउ जान पाउनु नयां अनुभव बटुल्न पाउने अवसर थियो । यात्राको उदेश्य थियो सहकर्मी मित्र ( नेपाल यातायात स्वतन्त्र मजदुर संगठन (ईटवान) केन्द्रीय सदस्य तथा बागमति ईन्चार्ज ) ठकुरकुमार श्रेष्ठको परिवारलाई समवेदना प्रकट गर्नु । पिता गणेशवहादुर श्रेष्ठको भाद्र ३० गते निधन भएपछि आसौचमा रहनु भएका ठाकुरजीको पुख्र्यौली थलोसम्म पुगेका थियौं ।
यात्राका अगुवा हुनुहुन्थ्यो जिफन्ट उपाध्यक्ष तथा ईटवानका पूर्व अध्यक्ष उद्धव केसी वहांका पछि थियांै ईटवानका केन्द्रीय सचिवहरु अर्जुन अर्याल, शम्भुप्रसाद नेपाल र म केन्द्रीय सदस्य विष्णु लामा, बागमती अध्यक्ष नवराज घिमिरे, ललितपुर अध्यक्ष शरण लामा र अरनिको ईकाईका कार्यालय सचिव हरिचन्द्र भण्डारी । आठ जनाको हाम्रो टोलीको उदेश्य सोही दिन काठमाण्डौ फर्किनु थियो तर हामी भोली पल्ट राती आठ बजे मात्र बल्लबल्ल आईपुग्यौं त्यहि यात्राका केही अनुभूतिहरु ।
नेपाली परम्परागत समाजले अंक ८ लाई अशुभ मान्ने गरेको छ । हामी भौतिकवादी कम्युनिष्टहरु विश्वास गर्दैनौं तर हाम्रो यात्राका सहभागी सख्यां ८ नै थियौं, गते पनि ८ नै थियो र बनेपाबाट प्रस्थान गरेको अंक पनि ८ बजे नै थियो । यो आठ अंकको संयोगमा भएको यात्रामा पाएका कष्टलाई स्मरण गर्दा साच्चै नेपाली उखानमा केही तथ्य रहेछ कि भन्ने लागेको छ ।
विहान ९ वजे काभ्रेपलान्चोकको दोलालघाट पुगेका थियौं ईन्दावती र सुनकोशीको संगमस्थल दोलालघाट आफैमा एउटा लोभलाग्दो बजार हो जसलाई व्यवस्थित गर्न सकिए आन्तरिक मात्र होईन बाह्य पर्यटकहरुलाई पनि आकर्षित गर्न सकिने प्रसस्तै सम्भावनाहरु छन् दोलालघाटसंग ।
त्यो सुन्दर दोलालघाटलाई पछाडी छाडेर सुनकोशीको वेलीब्रिज तरेर हामीले यात्रा तय गर्नु थियो । खाना यहीं खाएर जाऔं भन्ने साथीहरुको प्रस्ताव थियो खानाको कुरा हुनासाथ मैले ईन्द्रावती र सुनकोशीको लोकल माछासंगको मिठो खाना खाएको चार वर्ष अघिको स्वादलाई स्मरण गरिसकेको थिए तर शम्भुजीले भर्खर ९ बज्दैछ अहिले नै नखाउं ४५ मिनट पछि कोलातीं पुगिन्छ त्यही खाना खाउंला त्यहाको खाना मिठो पनि हुन्छ लौ जाऔं भन्ने शम्भुजीको प्रस्ताव उचीतै लाग्यो हो ता नि नाथे दोलालघाटको खाना त खाकै होनी आज नयां ठाउको खाना चाखौं नत भन्ने लाग्यो । सुनकोशी त¥यौं दुई किलोमिटर पार गर्दा नगर्दै फलांटेमै हामी फसादमा प¥यौं । अघिल्लो दिन मुसलधारे पानी परेको थियो त्यही पानीको कमाल रातोमाटे बाटोमा हामीले लिएर गएको टाटा सुमो गाडीको टायर चिप्लीएर उकालो हिड्नुको बदला नाच्न पो थाल्यो । ठुला गाडी हिडेर बनेको लिक र बाटोको विचको उच्चो भागले हाम्रो होचो र सानो गाडीको मुनिको भाग डिफेन्सल छोएर समस्यामा प¥यौं ।
त्यसपछि सुरु भयो हाम्रो कुल्ली जिन्दगी कोदालो, गैति माग्दै बाटो सम्याउदै आफु चढ्न रिजर्वमा लगिएको सुमो ठेल्दै । विहानको छुच्चो घाम शरिरबाट पसिनाको मुलै फुटेको छ, हिलोले शरिर लतपत्तिएको छ पेटमा भएका खाजाहरु सिद्धिसकेको थियो । यो क्रम १ वजेसम्म निरन्तर चलिरह्यो बल्ल बल्ल कोलातीं त पुग्यौं तर शम्भुजीले भने झै न खाना थियो न भने झै खाजा नै पाईयो । सवै भोक र थकानले लल्याकलुलुक भईसकेका थियौं । त्यहा रहेका दुईचार वटा पसलहरुमा खाना सोध्यौं कसैलेपनि छ भनेनन् । अर्जुनजी मसंगं खुसखुसाउदै हुनुहुन्थ्यो आखिर दोलालघाटमै खाना खाएर आएको भए के नै पो वित्ने रहेछर ?
उद्धव सर जंगीनु भयो साथीहरु समयमै विचार पु¥याउनु पर्छ अब अलमल नगर्नुस जे छ त्यही खाएर जांउ सवै चुप थियौं बोल्ने कसैसंग जांगर थिएन हामी छेवैको पसल छि¥यौं पछि थाहा भयो डवलवहादुर कडेंलको रहेछ केही थान आलु चप, केही आलुको तरकारी र दुनट (पाउरोटी) रहेछ त्यही खायौं अहो † कस्तो गजव मिठो भयो मैले चिउरा पनि मागे चिया पियौं र लाग्यौं गणतव्य तर्फ ।
गाडी ठेल्ने खन्ने हाम्रो काम साझा थियो संगठनको जिम्मेवारीका हिसावले जिफन्ट केन्द्रीय कमिटीहुदै संगठनको ईकाई तहसम्मका थियौं तर संगठनको आदर, सम्मान र मर्यादालाई सवैले त्यो क्षणका लागि भुलेर सवै बाटो खन्ने र गाडी ठेल्ने काममा एकसाथ थियौं उमेर र मर्यादाले हामी भन्दा धेरै माथी भएर पनि उद्धव सरले खन्ने र ठेल्ने काममा हामीले भन्दा बढी भूमिका निभाउनु भयो । शारिरिक काममा पनि उद्धव सर अव्वल क्षमताका हुनुहुन्छ भन्ने प्रत्यक्ष अनुभव हामी सवैले गर्न पायौं ।
रामेछाप ठाकुरजीको घर जाने भन्ने कुराले मलाई के लागेको थियो भने हरर गाडीमा गईन्छ हदै भए एक घण्टा हिड्नु पर्ला । म मात्र नयां परें अरु साथीहरु बागमतीकै भएकाले जानकार नै होलान् भन्ने सोचेको थिए तर त्यस्तो होईनरहेछ सवै साथीहरु त्यो बाटो र स्थानका बारेमा म जस्तै अनभिज्ञ हुनुहुदोरहेछ ।
कुन बाटो जानु पर्ने, कहासम्म पुग्नु पर्ने बाटो कस्तो छ भन्ने विषयको जानकारी अरुसंग सोधखोज नगरी हिड्नै सकिन्न थियो हामी कुहिरो भित्रको काग झै थियौं ।
हामी गाडीमा गुडिरहेका थियौं चालक थिए संगठन ललितपुर जिल्ला अध्यक्ष तथा बागमती सदस्य शरण लामा तर निर्देशन सवैको थियो गाडीभीत्र सवै चालकहरु थिए । उद्धव सर भित्ता चेपेर लैजानुस कमरेड भन्नुहुन्थ्यो शरणजी त्यतैबाट गाडी लानु हुन्थ्यो, अर्जुनजी बिचको ढिस्कोमा तपाईको टायर चढाउनुस भन्नुहुन्थ्यो शरणजी फेरी त्यसै गर्नुहुन्थ्यो, नवराजजी कराउनु हुन्थ्यो शरण दाई दांया चेप्नुस त्यसै गर्नु हुन्थ्यो । शरणजीसंग स्टेयरिङ, ब्रेक, क्लज, एक्सीलिरेटर र गिएर थियो तर ड्राईभिङ निर्देशन हामी सवैको थियो ।
- आफ्नै ज्यानको मायां हुदोंरहेछ
कछुवा यात्रा चलिरहेकै थियो अचानक गाडीको अग्रभाग सडक छाडेर दांया साईडमा हुत्तियो अगाडी उद्धव सर, विच भागमा अर्जुनजी र शम्भुजीको विचमा म थिएं, पछाडी विष्णुजी, नवराजजी र हरिजी हुनुहुन्थ्यो ।
गाडी रोकिएको थियो अर्जुनजी, शम्भुजी र उद्धव सर भुईमा ओर्ली सक्नुभएको थियो म सहित अरु गाडीमै थियौं नवराजजीले विष्णुजी, हरिजी र मलाई समेत पेलेर आत्तिएर बाहिर निस्कनु भयो पछि म पनि झरे पानीले भिजेर कमलो भएको माटोले हाम्रो गाडीलाई कान्ला मुनी तान्दै रहेछ सवै अत्तालिएका थिए । बल्ल बल्ल गाडीलाई सडकमा उकाल्यौं लामो सास तान्दै नवराजजीले भन्नु भयो अब बल्ल खतरामुक्त भईयो सवैको मुहारमा एक किसिमको खुशिको सञ्चार भएको मैले देंखे ।
यही मौकामा मैले नवराजजीलाई जिल्याउन खोजें । अरु वेला तपाई पहिले भन्नुहुन्थ्यो नवराजजी आज त पेलेरै ओर्लनु भयो नि हामीलाई वास्तै गर्नु भएन नि भनेर भन्नासाथ सवै गलल हासे । नवराजजी पनि हास्दै सर यस्तो वेलामा सवैभन्दा धेरै आफ्नै ज्यानको मायां हुदोरहेछ ।
अपरान्ह चार वजे माझीफेदा गाविसको काफ्ले भन्ने ठाउमा पुग्यौं पांच छ बटा पसल, केही ढु¨े घरहरु थिए यातायातका साधनले भर्खर पाईला टेकेकाले त्यो गाउ बजार उन्मुख बन्दै गरेको देखिन्थ्यो ।
सवारीको गणतव्य काफ्ले भन्दा पर थिएन गाडी त्यही बजारको छेउमा राख्यौं र खाजा खाने निधो ग¥यौं तातो र नुनिलो झोल पदार्थ, थुक्पा खाने तिव्र ईच्छा थियो तर त्यो केही पाईएन । पसलमा चाउचाउ, विस्कुट र सफ्ट ड्रिङ्कस मात्र पाईयो त्यही खायौं र ओरालो झ¥यौं हामीले काफ्ले छोड्दा साढे चार वजिसकेको थियो पुग्नु पर्ने थियो पारी पट्टी छ्या¨ देखिएको गाउं लखनपुर गाविसको पाङचेत । हामी काभ्रेपलाञ्चोकको भूमिमा उभीएका थियौं तर रामेछाप, दोलखा र सिन्धुपाल्चोकका केही भूभागको सुन्दर डांडाहरु देखिएको थियो एकछिन लहरै उभीयौं र सवैले नजर लगायौं ।
केही समय तेर्सो बाटो हिड्यौं त्यसपछि नाक डांडी जस्तै माझीफेदा गाविसको विला भन्ने ठाउंको ओरालो र भिरै भीरको बाटो हिड्यौं । भिर भएपनि घास र साना साना झाडी र पोथ्राहरु भएकाले भिरको अनुभव हुदैन थियो तर केही कारण खुट्टा रड्कीयो र त्यहाबाट लड्यौं भने कंकाल भेट्न समेत नसकिने छांगा थियो । मान्छे चिन्न सकिने उज्यालोमै हामीले ओरालो छिचोल्यौं र चौरी खोलाको नव निर्मित पुलमाथी हाम्रो थकित शरिरलाई अवतरण गरायौं ।
चौरी खोला काभे्रपलाञ्चोक र रामेछाप दुई जिल्ला छुट्याउने सिमाना थियो भने बागमती र जनकपुर अञ्चलको साध पनि त्यही खोला थियो । जापानको सहयोगमा बनेको पुलमाथी एकछिन सवैले आराम ग¥यौं फोटो खिच्यौं र फेरी उसैगरी उकालो हान्नियौं उकालो उसैगरी नाकको डांडी झै थियो । ओरालो उकालो सवैको अगुवा हुनुहुन्थ्यो उद्धव सर हामी थियौं लहरै पछिपछि ओरालोमा गफिदै हिड्नेहरुपनि उकालोमा सवै चुपचाप थियौं चुपचाप के थियौं बोल्न सक्ने अबस्था थिएन मुखबाट आटीनअटी स्वासको मुस्लो निस्किरहेको थियो जतीजती पाङचेत र ठाकुरजीको घर नजिकिरहेका थियौं त्यति त्यति हामीलाई हम्मे हम्मे थियो पौने सात वजे बल्ल ठाकुरजीको घर पुग्यौं । चार दाजुभाई सौचमा हुनुहुन्थ्यो, आगनमा आफन्त र ईष्टमित्रहरु हुनुहुन्थ्यो पश्चिम फर्किएको पहाडी भुईमा एउटा दक्षिण फर्किएको र अर्को उत्तर फर्किको दुईबटा घर बीचमा रहेको खुल्ला आंगनमा हामीपनि थपिदा झण्डै २५ ÷ ३० जना भयौं बिद्युत लाईन भएपनि मधुरो थियो एकले अर्कालाई राम्ररी चिन्न मुस्किल पथ्र्यो त्यस्तै अवस्थामा संगठन केन्द्रीय कमिटी र बागमती अञ्चल कमिटीले तयार गरेको समवेदना पत्र बाचन गरे पछि उद्धव सरले ठाकुरजीको परिवारलाई हस्तान्तरण गर्नु भयो ।
त्यो वेलासम्म हामीले स्याउले भरिएका दुई तिनबटा थाल सिध्याईसकेका थियौं अरेन्ज जुशले भरीएका बाल्टीन रित्याईसकेका थियौं हामी त्यहांबाट चाडो हिड्ने प्रयत्नमा थियौं तर ठाकुरजी र वहांका परिवारहरु हामीलाई त्यो रात त्यंही बसाउने प्रयासमा हुनुहुन्थ्यो । अन्ततः खाजा खाएरै जाने आग्रहलाई स्विकार्दै साढे सातवजे राती सवैले एक एकवटा लौरो साहारा लिएर ठाकुरजी, वहांका परिवार र ईष्टमित्रसंग विदा भएर ओरालो लाग्यौं ।
- सुरु भयो लाटोकासेरो यात्रा
चुक पोखिएको अध्यारो थियो उज्यालो थियो भने हाम्रा हातमा भएका मोवाईन सेटको उज्यालो मात्र थियो उद्धव सरसंग सानो टर्चलाईट रहेछ । आखांका कारण उद्धव सर राती दिउसो झै हिड्न सकिरहनु भएको थिएन आखांको समस्या मेरो पनि उस्तै तर मैले कसैलाई भनिन मेरो देव्रे हातको लोरौ र दांया हातको मोवाईलले दिएको उज्यालाले मलाई सहारा दिईरहेको थियो । जसोतसो ओरालो छिचोलेर चौरी खोलासम्म आईपुग्यौं महाकाल थियो नाक छुने उकालो र भीरको खतरा ।
ठाकुरजीको सल्लाह अनुसार भीरको खतरालाई छल्न केही समय मोटर बाटोका लागि बनाईएको घुमाउरो बाटोबाट जादां राम्रो ठान्यौं र त्यसै ग¥यौं । किन पनि त्यसो गर्नु जरुरी थियो भने शम्भुजी दुई ठाउंमा लडिसक्नु भएको थियो भीरको बाटोमा शम्भुजीका लागि अझै बढी खतरा थियो ।
राती सवा दश बजे काफ्ले आईपुग्यौं त्यंहा पुग्दा ठुलै युद्ध जितेको सेना जस्तै अनुभूत भईरहेको थियो । थाकेको शरिरलाई जतापायो त्यतै भुईमा असरल्लै पारेर बस्यौं, लगाईएका कपडा पसिनाले भिजेर शरिरमै टासिएका थिए तर थकानका कारण कुनै शरिरलाई असहज अनुभव पटक्कै थिएन ।
जानेबेलामै खाना पकाउन लगाएका थियौं हामीलाई होटलका भाईले पर्खिरहेका रहेछन् त्यो दिन हाम्रो पेटमा भातको सित्तो परेको थिएन भात खाने हाम्रो उत्कट ईच्छा थियो तर भात भने जस्तो थिएन पुरै चिसो र कक्रिएको थियो दाल र सागसंगको त्यो चिासो र कक्रिएको भात साच्चै मिठो अनुभव भयो । एक एक कप दुध पियौं र चिसै कपडामा टांडमाथी असरल्लै सुत्यौ विहान उठ्दा शरिरमै कपडा सुकिसकेका थिए ।
९ गते विहान उठ्दा शरिर दश जनाले गोदे झै गरि दुखिरहेको थियो ५ वजे सवै तयारी भयौं रातीको पानीले बाटो विगा¥यो होला भन्ने चिन्ताले शरिरको दुखाई भन्दा बढी चिमोटीरहेको थियो । ल तपाईहरु आउदै गर्नुस हामी बाटो हेर्दै मर्नि¨ वाल्क गर्दै जान्छौ भनेर उद्धव सर म र नवराजजी उकालो लाग्यौं ।
करिव एक घण्टा हिडिसक्यों तर हाम्रो गाडी आएन फेरी गाडी फस्यो भन्ने अनुमान लगायौं र फोन ग¥यौ अनुमान सहि सावित भयो फर्कियौं ं। फेरी सुरु भयो पुरानै नियती तर अवस्था सहज थिएन शरिर मरिकाटे केही गर्नै मान्दैन थियो हास्दा पनि पेटको लाम्टा समाएर हास्नु पर्ने अवस्था थियो तर बाटो नखनी, ढु¨ा नबोकी उपाएनै थिएन ओहो † घाउमा नुन चुक हालेर कोट्याए जस्तै ।
बल्ल बल्ल निकाल्यों एक किलो मिटर हिड्न पाको छैन फेरी उही दशा हैरानीको सिमा थिएन उफ † के दिनमा आईएछ ? के दिनमा यो गाडी ल्याईएछ ? फेरी एउटा पानीले भरीएको होलीमा पगाडी फस्यो ठेल्यो हुदैन, पानी काटेर बगायो निस्कदैन, माटो पु¥यो हुदैन, ढु¨ा खोजेर ल्यायो हुदैन लखतरान उपाए छैन अब बाकीं हामी रणभुल्लमा थियों हामी सवैको अनुहार निचोरेको कागती जस्तै भईसकेका थिए हामी एक अर्कालाई हेराहेर गर्दै रुन्चे हासो मात्रै हासिरहेका थियौं ।
काफ्लेबाट काठमाण्डौं जादै गरेको बस आईपुग्यो हाम्रो गाडी ननिकाली त्यो यात्रुवहाक बस जाने सम्भावना थिएन अर्कातिरबाट मालबाहक ट्रक पनि आयो अब हामी रमायौं मन भित्रभित्रै प्रफुल्लीत भयौं दुवै सवारीका स्टाफ तथा यात्रुहरु सवैलाई बोलायौं कसैले ताने, कसैले ठेले, बाटो खन्ने र ढु¨ा बोक्नेहरुको अब कमि थिएन हामी भने आनन्दले रमिते बनेर दुखेको शरिरलाई राहत दिईरहेका थियो र पनि केहि शिप चलेन अन्नत ट्रकले आफुले बोकेको टुचन ल्याएर तानेर निकालीदियो हामी खुशि भयौं र बाटो लाग्यौं ।
विहान ५ बजे हिडेका हामी १२ बज्दा भर्खर करिव ८ किलोमिटर बाटो पार गरेछौं पुवाभञ्ज्याङमै खाना खायौं फेरी ढु¨ा र खाल्डो छिचोल्दै सडक नामको भलखाडो बाटोबाट लाग्यौ उकालै उकालो । गाडीमा रहका ८ जनाका १६ थान आंखा अगाडीको बाटोमै बिछ्याईएका थिए एउटा डांडा छिचोल्ने बेलामा सल्लाका घारीको ओस लागेको ठांउमा फेरी पानीले भरिभराउ तलाउ देखियो हामी सवै ओर्लियौं र सवैले निदेर्शन गर्न थाले यो ठांउमा तपाईको टायर पारेर कुदाउनुस, कोही भन्न थाले होईन यो छेउको ढिस्कोबाट लानुस पार भईन्छ कोही होईन सिधै लानुस शरणजी ।
शरणजी पनि हामीसंगै बाटोको अनुमान गर्न थालेर स्टेयरिङमा बसेर हुईक्याए तलाउकोबीचमा पुगेपछि गाडी चलमलाउनै सकेन टायर घुमेको घुमेकै गाडी जहांको त्यही । हामी फसादमा छेउछाउमा ढु¨, माटो केही थिएन चढ्यौं पाखामा र भएभरको ढु¨ा झा¥यौं र तलाउ सवै पु¥यौं पानी काट्यौं गांउ छिरेर कोदालो खोजेर ल्यायौं र माटो खन्यौं त्यो वेला हामीलाई सहयोग गर्ने कोही थिए बल्ल बल्ल ३ घण्टाको प्रयासपछि गाडी निकाल्यौं ।
त्यसपछिको बाटो ओरालै आरालो थियो कमसेकम फसेछ भनेपनि धकेल्न सजिलो हुन्छ भन्ने हामीलाई लागेको थियो नभन्दै त्यसपछिका बाटोमा हामीले गाडी ठेल्नु परेन सहजै कोलांती आईपुग्यौं चिया पियौं र फेरी ओरालियौं साढे चार बजे दोलालघाट झर्दा हामी सवैको अनुहारमा एकखाले चमक छाएको थियो । पांचखाल, धुलिखेल, बनेपा उद्धव सरको घर सांगाको सुन्तला चाखेर सांझ पौने आठ बजे कोटेश्वर आईपुग्यौं र एकछिन रमाईलो ग¥यौं शरणजी एक पटक गाडी ठेलौ न ।