भीमज्वाला राई
३२ जेठ, २०७२ काठमाण्डौं ः बंगलादेश ढाकाका मिलन डि प्युरिफिकेशनसंग गएको पुसमा विवाह गरेकी सर्लाही लालबन्दीकी कमलाकुमारी विकले बुधबार दाई भुवनसंग आफु नेपाल आउन चाहेको बताएकी थिईन् तर शुक्रबार साझ बहिनीको मृत्यूको खबर सुन्नु परेपछि विक परिवारमा शोक छाएको छ ।
कमलालाई भने बंगलादेशमा आमा बुबासंग राखेर मिलन भने बैदेशिक रोजगारीका लागि कुवेत बस्दै आएका थिए । मिलनले फेसबुक एसएमएस मार्फत कमलाले आत्महत्या गरेको जानकारी गराएको दाई भुवन कालीकोटेले बताए ।
आफुसंग कुरा हुदा आफु नेपाल आउन चाहेको भएपनि मिलनले पासपोर्ट लुकाईदिएर चैत्रमा(अप्रिल २४मा) कुवेत गएकाले आउन नसकेको कमलाले बताएकी थिईन भुवनले भने । उनले फोनमा सासु ससुरा, देवरले मानसिक तनाव दिने गरेको बताएकी थिईन जसरी भएपनि एक हप्ता भित्र नेपाल ल्याउछु चिन्ता नगर भनेको थिए कुरा गरेको दुई दिन नवित्दै शुक्रबार राती साढे ११ वजे बहिनीको मृत्युको खबर सुन्नु प¥यो भुवनले भने ।
मेरी बहिनी आत्महत्या गर्ने खालको होईन उनी हक्की र आंटी स्वभावकी थिईन यो आत्महत्या होईन उनकै परिवारको मिलेमतोमा हत्या भएको हो न्यायका लागि म सबैसंग आग्रह गर्छु भुवनले भने ।
भुवनका अनुसार सुरुमा मिलनले तिम्रो बहिनी दुर्घटनामा परेको बताउदै अस्पताल भर्ना भएको बताएका थिए त्यसपछि मात्र आत्महत्या गरेको बताएका छन् ।
घटनाका विषयमा बंगलादेशस्थित बहिनीको घर ढाका कालीगञ्ज नगरी रोडमा रहेका परिवारका अन्य कसैले पनि कुरा गर्न चाहिरहेका छैनन् । हामीले दाहसस्कार नगर्नुस हामी आउछौं भन्दा भन्दै जवरजस्ती दाहसस्कार गरिएको छ । मिलनका आफन्तले धम्कीपूर्ण भाषामा के गर्नसक्छस गर भनेकाले घटनामाथी झन शंका बढेको दाई भुवनले बताए । आफुहरुलाई बहिनीको शवको फोटो देखाउन भन्दापनि नदेखाएको उनले बताए ।
घटना भएको दश दिन वितिसकेको छ मृत्युको खबर सुनेका भुवनका परिवारले अन्य केही सुचना पाएका छैनन् । मृत्युको भोलीपल्टै शनिबार कुवेतबाट बंगलादेश फर्किएका मिलनले समेत भुवनका परिवारको फोन उठाएका छैनन् ।
बहिनीको अवस्था बुझ्न तथा न्या खोज्दै दाई भुवन र दिदी रमिला कालीकोटे आठ दिनदेखि काठमाण्डौंमा भौतारिईरहेका छन् । भुवनले भने अझैपनि तथ्य बुझ्न सकेका छैनौं नेपाल ट्रेड युनियन महासंघ जिफन्टको सहयोगमा परराष्ट्र मन्त्रालय, नेपालस्थित बंगलादेश दुवासमा निवेदन दिएकाछौं ।
परराष्ट्र मन्त्रालयका सहसचिव प्रकास सुवेदीले भने बंगलादेशमा रहेका नेपाली दुतावास मार्फत बुझ्दा कमलाको मृत्युबारे अनुसन्धान भईरहेको चाडैं तथ्य आउने जानकारी गराएको भुवनले बताए । उनले भने घटनाको छानबिन तथा दोषीमाथी कारवाही हुनुपर्छ ।
कसरी पुगीन कमला बंगलादेश ?
सात बहिनी दुई दाजु भाई रहेका कमलाको आमा बुबाको मृत्यु १५वर्ष अघि नै भईसकेको थियो । आर्थिक रुपमा कमजोर कालीकोटे परिवारकी तिछ्न दिमागकी कमला आफै केही गर्नु पर्छ भन्ने स्वभावकी थिईन् त्यही उनको भावनाका कारण उनी २०६७ सालमा बैदेशिक रोजगारीका लागि कुवेत पुगिन् पांच वर्षमा उनी दुई पटक नेपाल आएकी थिईन् उनले भाई बहिनीको शिक्षादिक्षदेखि घर सञ्चालनसम्म भरथेग गर्दीन दाई भुवन समेत कुवेतमै रहेकाले दाजु बहिनीको कमाईले उनीहरुले लालबन्दीमै घर समेत बनाएका थिए ।
कुवेतमै रहदा एउटै परिचय भएका बंगलादेशी नागरिक मिलनसंग उनको भेट भएको थियो । उनीसंगको करिव दुई वर्षपछि वैवाहिक जिवनमा परिवर्तन भएको थियो । पुसमा नेपाल फर्किनु पर्ने कमलालाई मिलनले बंगलादेश लगेर ईसाई परम्परा अनुसार गएको पुस १० गते चर्चमा विवाह गरेका थिए भने कमलालाई बंगलादेशमै छाडेर मिलन भने चैत्रमा पुन कुवेत गएका थिए ।
0 comments:
Post a Comment