भीमज्वाला राई
भुकम्पको उपद्रवसंगै ढलेको थियो चतुरे गांउ । माटो, ढुङ्गा र काठपातको डंगुसंगै थुप्रिएको थियो बस्तीका घर गोठहरु । कतै देखिदैन थिए सग्ला घरहरु । बचेका केही घरहरु पनि चर्किएर ढल्न आतुर देखिन्थे । पुरै गांउमा सन्नाटा थियो । गांउले करिव ३ महिनादेखि कान्लाका छाप्रामा थिए त्योपनि आफ्नै बलबुत्ताले बनाईएका ।
तर एकाएक धुलो टकटकाउदै उठ्यो चतुरे । नेकपा एमालेको पुन निर्माण अभियान अन्तरगत नेपाल टङेड युनियन महासंघ जिफन्टको मात्रै दुई दिनको मेहनतले ओईलाएका विरुवामा शितल जलको प्रवेशले एकाएक मौलाएझै भयो चतुरेबासीको अनुहारमा । विनासले पु¥याएको क्षतिको पूर्ण व्यवस्थापन एकाध महिना वा वर्षमा सम्भव छैन तर अल्पकालिन रुपमा त्यहांका जनताका संकटलाई जिफन्टले समाधान गरिदिएको छ ।
दुई दिनमा नमुना बस्ति
सांगा नासिका गाविस वडा नम्बर ९ चतुरेका आदिवासी जनजाती तामाङ्ग समुदायको ३७ घर तथा एउटा सामुदायिक भवन जिफन्टले दुई दिनमा निर्माण गरिदिएको छ । प्रत्येक घरमा घरमुलीको फोटो सहितको नाम स्टिकर टासिदिएको छ ।
जिफन्टका २ सय ५० स्वयमसेवक र प्रगतिशिल तथा पेशागत ईन्जिनियर्स एशोसियसन नेपालका ५० जना ईन्जिनियरहरुको समुहले असार १ र २ गते निर्माण सम्पन्न गरी गाउंलेलाई हस्तान्तरण गरिदिएको छ ।
ढोका तथा दुईवटा झ्यालहरु जडित डोम मोडेलका घरहरु निर्माणका लागि कांटीकिलादेखि जस्ता पातासम्म जिफन्ट र ईन्जिनियरर्स एशोसिएसनको लगानीमा निर्माण भएको छ ।
हरित चतुरे ः
असार १ गतेसम्म घर गोठको भग्नावशेषले उराठ थियो चतुरे गांउ तर मजदुर र ईन्जिनियरहरुको श्रम र विवेकले बनेका घरहरुको हरिया जस्ता पाताले पुरै चतुरे हरित बन्यो । डांडा हरियो जस्ता पाताले बनाईएका घरहरुले रमित लाग्दो हरियो देखिएको थियो । यद्यपि सवै घरहरु एकै स्थानमा नभएपनि आसपासका केही दुरीमा घरहरु र सामुदायिक भवन बनेका छन् ।
हामीले गांउलाई जिफन्ट नमुना गांउ बनाउन खोजेका थियौं त्यसका लागि केन्द्रीकृत रुपमा बस्ति बसाउन खोजिएपनि प्राविधिकरुपमा सम्भव नभएको जिफन्टका अध्यक्ष बिष्णु रिमालले बताउनु भयो ।
कसरी सम्भव भयो यस्तो ?
राज्यको पहुंचबाट टाढा र राहत नपाएर आहत बनेका पीडित जनतालाई सहयोग गर्नु पर्छ भन्ने जिफन्टको धारणा अनुसार सोझा जनजाती बस्ति चतुरेलाई छनौट गरिएको जिफन्ट अध्यक्ष बिष्णु रिमालले बताउनु भयो ।
घर निर्माण भन्दा पहिले जिफन्ट तिन पटक गांउको भ्रमण र स्थलगत अनुगमनपछि आवश्यक्ताका आधारमा नमुना गांउ बनाउने योजनामा पुगेको थियो । जस अनुसार बस्ति वरिपरि घरहरु बस्तिबीचमा सामुदायिक भवन, खानेपानी तथा शौचालय निर्माण सम्मको योजना रहेको थियो ।
एकिकृत बस्ति निर्माणमा प्राविधिक उल्झन आएपछि शौचालय बाहेक अन्य कामहरु निर्माण सम्पन्न भएको रिमालले बताउनु भयो ।
जनताको केही नलिई सहयोग ः
चतुरे गांउ निर्माणमा परिचालित मजदुर तथा ईन्जिनियरहरुले जनताको केही नलिई केही नखाई दुईदिन काममा जुटका थिए । काठमाण्डौंबाट चतुरेसम्म स्वयमसेवक लाने ल्याउनेदेखि खाना, खाजा र चियासम्म स्वयम जिफन्ट र ईन्जिनियरहरुको सस्थाले गरेको थियो । खाद्य व्यवस्थापनमा केहीहदसम्मको सहयोग भने नेकपा एमाले तथा जिल्लाका प्रभावशाली नेता गोकुल बास्कोटाले गरेको थियो ।
वत्तिमुनिको अंधेरो ः
वत्तिमुनिको अंधेरो भन्ने नेपाली आहानलाई चरितार्थ गर्दै चतुरे राजधानीको नजिकै भएरपनि उपेक्षित बनेको देखियो । भक्तपुरसंग सिमाना जोडिएको सांगा पार गरेर राहतका पोकाहरु सिन्धुपाल्चोक, दोलखा, रामेछाप गाडीका गाडी छिर्छन तर त्यही सांगाको ९ नम्बर वडाको चतुरेबासीले केही खाद्य सामग्री बाहेक बासकालागि त्रिपाल, जस्ता पाता अहिलेसम्म पाएका छैनन् ।
राज्यको ध्यान त पुगेन तर जन अनुमोदित प्रतिनिधिहरुले नै ध्यान नदिदा चतुरेले थप पीडा खेप्नु परेको एमाले नेता गोकुल बास्कोटाले बताउनु भयो ।
यसो भन्छन् गाउंले ः
सुनिता तामाङ्ग
घर निर्माणपछि अबको वर्षामा ओत लाग्ने आश्रय स्थल बनेको सुनिता तामाङ्गले बताईन् । आफु एकल महिला रहेको र ४ जनाको परिवारलाई लिएर बारीमा महिनौ छाप्रो बनाएर बस्नु पर्दा असुरक्षित थिएं अब सुरक्षित रुपमा घरमै बस्न पाईने अवस्था बनेको उनले बताईन् ।
ठुलीमायां तामाङ्ग (७२) ः
हामी खुशीछौं आफ्नो केही लगानीबीना घर निर्माण भएको छ, हाम्रो गांउमै आएर हामीलाई सहयोग गर्नु भएको छ मजदुरहरु र ईन्जिनियरहरुले हामीलाई ठुलो गुन लगाउनु भएको छ ।
राज तामाङ्ग ः
अहिलेसम्म सरकार तथा कुनैपनि दलहरुले हाम्रो गांउलाई सहयोग गरेको थिएन यस्तो अवस्थामा एमालेको अभियानमा जिफन्टले गांउले सबैको घर बनाईदिएर विपदका वेला महत्वपूर्ण मानविय सेवा गरेको वहाले बताउनु भयो ।
बिष्णु तामाङ्ग ः
हामीले सांचो सहयोगी पायौं । गांउमा हामी बुढाबुढी र केटाकेटी मात्र छौं । युवाहरु विदेश र काठमाण्डौं तिरै बस्छन् आफुसंग घर टहरा बनाएर बस्नसक्ने हविगत छैन यसरी घरहरु नबनाईदिएको भए वर्षाको समय हामीलाई मुस्किल पर्ने थियो ।
सञ्जय तामाङ्ग ः
हाम्रो गाउमा जिफन्टले घर बनाईदिने कुर चलेपछि हामीलाई यहाका केही जनप्रतिनिधि भनाउदाले बोलाएर किन बनाईदिनु प¥यो घर तपाईहरुले चाहिदैन भन्नु पर्छ सम्म भने तर हामीले वंहालाई भन्यौ तपाईले बनाईदिनोस हामी जिफन्टको घर स्विकार्दैनौ भन्यौ त्यसपछि वहांका अनुहार अहिलेसम्म देखिएको छैन ।
एक कदम अघि जिफन्ट ः
जफन्ट नेपाली मजदुरहरुको अधिकारका लागि क्रियाशिल नेपालकै जेठो टङेड युनियन हो । जिफन्टका थुप्रै सदस्यहरु भुकम्प पीडित छन् तर राष्टिङय संकटको समयमा जिफन्टले आफ्ना सदस्यहरु मात्र केन्द्रीत नभई नेपाली जनताको पीडालाई कम गर्न क्रियाशिल रहेको छ । जनताको साथमा जिफन्टको नारा दिएर मेची महाकालीका आफ्ना नेता कार्यकर्ताहरुलाई प्रभावित क्षेत्रहरुमा परिचालन गरिरहेको छ ।
जिफन्टले हालसम्म १ सय ८८ घर टहरा, ७ वटा विद्यालय, र एउटा सामुदायिक भवन निर्माण गरिसकेको छ ।
यस अघि जेठ १५ देखि २६ गतेसम्म काभ्रेपलान्चोककै गैरीबिसौना देउपुर र नयांगांउ देउपुर गाविसमा १ सय ५१ घर टहरा र ७ वटा विद्यालयहरु निर्माण गरिसकेको छ ।
साथै भग्नावशेषहरु सफा गर्ने, चर्किएर जोखिमयुक्त घरहरु भत्काईदिने, पुरिएका सामानहरु निकाली दिने कामहरु असंख्य भईरहेका छन् । त्यस्तै भुकम्प पीडितहरुलाई खाद्यान्न तथा आवश्यक भौतिक सामग्रीहरु वितरण गरिसकेको छ ।
0 comments:
Post a Comment