भीमज्वाला राइ
नेपाली राजनीतिमा एकाध सुखद समाचार वाहेक नेपाली जनताले ढुक्क हुनेगरी र खुशी हुनेगरी कहिल्यै राम्रा खवरहरु सुन्न सक्ने दिनहरु आएको पार्इएको छैन । असहमति, असफलता, अवरोध, विरोध, असन्तुष्टि जस्ता शव्दहरुको मात्र बढी बोलवाला देखियो । संविधानसभाको निर्वाचनपछि संविधान बन्ला, देश संघिय गण्ातन्त्र बन्ला, शान्ति स्थापना होला भन्ने नेपाली जनताले आशा गरेका थिए । तर पछिल्लो चार वर्ष्ामा यही असफलताको कथा र काहानीहरुको थुप्रोमा अलमलीएका राजनेताहरुको अन्यौल पदचापमा आशाको त्यान्द्रो बोकेर जनतापनि अन्यौल यात्रालार्इ पछ्याउन बाध्य भएका छन् । शान्ति र संविधानकालागी मार्गप्रसस्त हुनेगरी नेकपा माओवादीले द्धन्द्धकालका समय कब्जा गरेका सर्वसाधारण्ाको घर जग्गा फिर्ता गनर्े निर्ण्ाय गरेको थियो निर्ण्ायले जनताको ध्यानाकर्ष्ाण्ा गरायो तर जनतामा खुशी र अन्य दलहरुमा आशाको सञ्चार हुन नपाउदै माओवादी भित्रकै एउटा समुहले निर्ण्ायको विरोध मात्र गरेन घरजग्गा फिर्ता गरीए पुन: कब्जा गर्छौ भन्दै अतिवादी विचारलार्इ पुन: प्रदर्शन मात्र गरेन बन्दै गर्इरहेको शान्ति र संविधानको माहौललार्इ दलीय असन्तुष्टिको आवरण्ाभित्र तहसनहस पानर्े काम गरियो ।
सरकार बनाउने र ढाल्ने काममै दलहरुको समय खर्च भर्इरहेको छ । पटक पटक संविधानसभाको समय थपिएको छ तर संविधान लेखनको काममा गति देखिएको छैन । सर्वोच्च अदालतले अब अन्तिम पटक छ महिनाभन्दा बढी समय नथप्न दलहरुलार्इ निदर्ेश गरिसकेको छ तर यो छ महिनाभित्रपनि संविधान लेखन कार्य सकिन्छकी सकिदैन दलहरु विश्वस्त छैनन् । दलहरुविच समय कति बढाउने भन्ने विष्ायमापनि एक मत देखिएको छैन । सत्तारुढ माओवादी छ महिना बढाउन चाहाने तर प्रतिपक्ष्ाि काग्रेस र एमाले ३ महिना मात्र बढाउन सकिने विवाद मिलाउन कार्यदल बनाउनु पनर्े अवस्थालेपनि सुखद समाचार दिन सकेको छैन ।
0 comments:
Post a Comment