|
- भीमज्वाला राई
दांङ काठमाण्डौं रुटमा सञ्चालीत ना २ ख २८६ नम्बरको बसका चालक यामसुन्दर गुप्ता २०६० साल फागुन ११ गते माओवादी एम्बुसमा परे । नेकपा माओवादीले सार्वजनीक सडकमा थापेको एम्बुसमा गुप्ताले चलाएको बसको टायर परेपछि बिष्फोट भएको बमले उनले चलाईरहेको बस मात्र होईन उनको शरिर पनि क्षतविक्षत बनायो ।
घोराही स्थित नेपाली सेनाको गोरक्ष गणको नियन्त्रणमा रहेको बसमा सो दिन तत्कालिन शाही सेनाकै जवरजस्तीमा सेनाले भरीएको बस लिएर उनी घोराहीबाट लमही जादै गर्दा मुस्कोट जंगल क्षेत्रमा उनले चलाईरहेको बस बिहान ९ वजे माओवादी एम्बुसमा परेको थीयो सो एम्बुसमा उनी सहित चार जना सेनाको पनि ज्यान गएको थीयो ।
दुई छोरी र श्रीमतीकासाथ तुलसीपुरमा बसोवास गर्दै आईरहेका गुप्ताको बम बिष्फोटमा परेर निधन भएपछि उनी आश्रीत परिवार बिचल्ली बनेका छन् । बिना कसुर उनको ज्यान गयो तर उनको परिवारलाई राज्यले राहत दिन आनाकानी गर्यो नेपाल यातायात स्वतन्त्र मजदुर संगठन राप्ती अञ्चल कमिटीको पहलमा द्धन्द्धमा परेका सेना प्रहरीले पाउने ९ लाख क्षतीपूर्तीको दावी गरिएको भएपनि उनको परिवारलाई ५ लाख दिईयो । स्वर्गीय गुप्ता कार्यरत राप्ती सार्वजनीक बस व्यववसायी समितिले ५० हजार प्रदान गर्यो । संगठनकै पहलमा उनकी श्रीमति गोमा गुप्तालाई व्यवसायी समितिमा रोजगारी प्रदान गरेर संगठन र व्यवसायीले पीडित परिवारलाई सामान्य मलहमपट्टी गर्ने काम गरेको छ ।

राप्ती अञ्चल नेकपा माओवादीहरुको जनयूद्ध प्रारम्भ भएको अञ्चल हो त्यसकारणले पनि त्यहा उनीहरुको गतीविधि अन्यन्त्रको तुलनामा बढी हुनेनै भयो यही क्रममा २०५८ साल मंसिर ८ गते दांङको घोराही स्थित नेपाली सेनाको गणमा माओवादीहरुले आक्रमण गरेपछि सेनाको गतिविधि र ज्यादती अचाक्ली बढेको थीयो माओवादीको बढ्दो सक्रियता र त्यसलाई रोक्ने नाममा नेपाली सेनाको बढ्दो गतिविधिले जनजिवन आक्रान्त थीयो ।
माओवादी र सेनाको बन्दुक र दुवै अराजकताको शिकार सवै भन्दा बढी यातायातका साधन र यातायात मजदुरहरु भएका थीए ।
माओवादीले व्यारेक आक्रमण गरेपछि राप्तीका सम्पूर्ण सार्वजनीक सवारीका साधनहरु सेनाको घोराही स्थित गोरक्ष गणको नियन्त्रणमा रहेको थीयो । बसका सवै समयसारिणी तथा डायलहरु सेनाले निर्धारण गरेका थीए उनीहरुले भनेको र चाहेको स्थानमा बस सञ्चालन गरीदिनु पर्ने अवस्था थीयो । यातायात व्यवसायी र मजदुरहरुले सेना रहेको क्याम्पको कम्पाउण्डमा रहेको बसहरुमा उनीहरुले भने बमोजिम चालकहरु उपलब्ध गराईदिनु पर्दथ्र्यो ।
सेनाले भनेको नमान्दा सेनाहरु समितिको कार्यालयमा आएर सवैलाई माओवादीको आरोप लगाउदै तथानाम गाली गलौज गर्ने गर्दथे भने सेनाको जवरजस्तीका कारण बस सञ्चालन गर्दा माओवादीहरुले तीमिहरु सेनाको सुराकी हौ भन्दै मजदुरहरुलाई ज्यान मार्ने धम्की दिने गर्दथे सेना र माओवादीको दोहोरो चेपुवामा यातायात मजदुरहरु परेका थीए ।
सेना र माओवादीको दोहोरो मारमा परेका यातायात मजदुरहरुकालागी त्यो समय कहाली लाग्दो भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन राप्ती अञ्चल अध्यक्ष दानवहादुर केसीले बताए सेनाले बिना कारण ५२ जना चालक तथा परिचालकहरुलाई करिव २५ दिनसम्म ब्यारेक भित्र नजरबन्दमा राखेर यातना दिएको उनले बताए । आंखामा कालो पट्टी लगाएर मजदुरहरुलाई बन्दी बनाएको आफन्त र संगठनका नेताहरुसंग समेत भेट गर्न नदीएको पीडित मजदुर कृष्ण भूषालले बताए ।
चालक पोमवहादुर खत्री कृष्णवहादुर लगायतका यातायात मजदुरहरुलाई तीन महिनासम्म आखांमा कालो पट्टी र हात खुट्टामा बाधेर थुनामा राखेको भूषालले बताए उनले भने राप्ती अञ्चलका यातायात मजदुरहरुकालागी २०५९ । २०६० साल कालो समयकारुपमा रह्यो ।
0 comments:
Post a Comment