साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

Pages

थिचोमिचोको एउटा उदाहरण ी

पूर्वी नाका काकडभीट्टास्थित नेपाली भूभागमा भारतीय शहर सिक्कीम, ग्यान्टोक, दार्जिलिङ लगायतका स्थान जान यात्रुको प्रतिक्षामा रहेका लामबद्ध सवारी साधनहरु तस्विर ः कल्पना तुम्रोक

विद्यार्थी सम्मानित

१४ भाद्र २०७१काठमाण्डौं । प्रवेशिका परिक्षामा उतिर्ण यातायात मजदुरका छोराछोरीहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनिको रुट ट्रक ईकाई कमिटीले शनिबार नगद सहित सम्मान गरेको छ ।   विशिष्ठ श्रेणीमा उतीर्ण अदित थापालाई नगद १५ हजार, प्रथम श्रेणीमा उतीर्ण प्राञ्जल खड्कालाई नगद १० हजार, रोशना श्रेष्ठ नगद ६ हजार, सरस्वती श्रेष्ठ नगद १ हजार, पल खड्का नगद १ हजार, स्वस्तीका श्रेष्ठ नगद ५ हजार, उमेश प्रधान नगद ५ हजार, डोमा शेर्पा नगद १ हजार तथा...

राहत हस्तान्तरणमा मजदुर अघि

१४ भाद्र २०७१काठमाण्डौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनिको रुट ट्रक ईकाईले सिन्धुपाल्चोक स्थित जुरे पहिरोमा परि ज्यान गुमाएका आफ्ना सदस्यहरुका परिवार तथा पीडित सदस्हरुलाई शनिबार बागवजारस्थित होटल हार्दिकमा राहत हस्तान्तरण गरेकोछ ।  पहिरोमा परि ज्यान गुमाएका चालकहरु श्याम श्रेष्ठ, लालवहादुर तामाङ, गणेशलाल श्रेष्ठ, सुर्य तामाङ तथा परिचालकहरु सुरेश तामाङ र सुजन तामाङको परिवारलाई राहत हस्तान्तरण गरिएको हो त्यस्तै  पहिरोमा आफन्त...

उपत्यकामा ट्राफिक डन

 भीमज्वाला राई काठमाण्डौं । देशमा “डन” हरुको चर्चा चलिरहेको वेला तिनै डनहरुलाई ठिक पार्ने ट्राफिक प्रहरीले उपत्यकामा भने आफै डन प्रवृति देखाएकाछन् । साउन ६ गते शुक्रबार अपरान्ह एक ट्राफिक प्रहरीले पैसा नदिएपछि यातायात मजदुरलाई सार्वजनिक स्थलमै हातपात मात्रै गरेनन् पक्राउ गरेर हिरासतमै लगेर थुनेपछि उपत्यकामा ट्राफिक प्रहरी अर्को वर्दीधारी डन भएको पुष्टि भएकाछ ।      बा ३ ख १६४७ नम्बरको अशोक विनायक यातायातका परिचालक...

पहिरो पीडितका लागि १ लाखको कोष

सहयोग गर्न देशभरीको कमिटीलाई संगठनको आग्रह२८ साउन २०७१काठमाण्डौं । पहिरोमा परि ज्यान गुमाएका आफ्ना यातायात मजदुरहरुको परिवारलाई राहतका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले १ लाख १ हजार १ सय ११ रुपैयाको राहत कोष स्थापना गरेकोछ ।     सिन्धुपाल्चोकको माङखा र राम्चेको सिमास्थित जुरे ड्याम साईटमा साउन १७ गते शनिबार विहान पहिरोमा परि मृत्यू भएका यातायात मजदुर परिवारलाई सहयोगका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनीको रुट...

पहिरोको पीडा ः आफ्नो भन्नु केही रहेन अब कहां जांऊ ? राहत वितरणमा जसको शक्ति उसको भक्ति, कहां जांदैछ राहत

भीमज्वाला राई  काठमाण्डौं । आफन्तपनि छैनन्, घर जग्गा पनि छैन, आफ्नो भन्नु नै केही रहेन अब कहां जाऊ ?    मंगलबार जयराम पराजुलीले मलिन स्वरमा माथीका कुरा भनिरहदां उनका वरीपरी अन्य किरियापुत्रिहरुपनि भावुक थिए त्यहा रहेका सवैको कथा मिल्दाजुल्दा थिए ।       पहिरोमापरि परिवारै गुमाएपछि पशुपतिनाथ स्थित किरियापुत्री घरको १८ नम्बर कटेजमा किरीयापुत्रीमा बसेका सिन्धुपाल्चोक माङखा १ का जयराम पराजुलीलाई परिवार गुमाउनुको...