भीमज्वाला राई
धरानसंग लामो समय टाढा हुनु मेरा लागि पीडादायक बन्ने गर्दछ । असारदेखि म धरान पुग्न सकेको थिईन यती लामो धरानसंगको विछोडको पीडा थियो ममा । धरान जानै पर्ने साईत बन्यो दशैं । घटस्थापनाकै दिन अर्थात अशोज ९ गते परिवार सहित(जिवनसंगीनी चन्द्रा, छोरी सुप्रिया र साली ममता) धरान पुगें । धरान जानु आमा बुबा, भाई भेट्नु, औजारसंगको सम्बन्धलाई जिवित बनाउनु र धरानसंगको नातालाई जोडिराख्नु थियो साथै जोडिएको थियो दशैं मान्नु ।
मुलतः धरान जाने काम यस पटक पारिवारिक थियो योजना बनाउदानै यस पटक धरानमा पारिवारिक भेटघाट, साथीसंगीसंगको रमाईलो बाहेक अन्य कुनै काममा सहभागी हुदिन भन्ने थियो । मन कहां मान्दो रहेछ र ? भानुचौक ओर्लदा सांझ साढे सात बजीसकेको थियो म सिधै औजार दैनिकको कार्यालय गएं । कार्यकारी सम्पादक रणध्वज लोहारसंग मोवाईलमा सिमित भेटलाई भौतिक बनाएं । मलाई भेट्नासाथ रणध्वज भाई औधि खुशी हुन्छन् खोई किन हो त्यो चाही बुझेको छैन मैले नबुझेको त्यही काम भयो उनको अनुहारमा छुट्टै उज्यालो देखें । प्रधानसम्पादकको कुर्चीमा मलाई बसाए अनि दुई चार पोज फोटो पनि खिचे । औजारमा एक खालको माहौल छुट्टै भयो भाषा सम्पादक वेदकुमार सुव्वा, सम्बाददाता लक्ष्मी दर्नाल, केदार बस्नेत, दामोदर गुरागांई लगायतका सहकर्मीहरुसंग रमाईला अन्तरंगहरु भए ।
औजार तिखार्ने कुरा
अशोज १० गते औजारका अध्यक्ष मोतीराज सुनुवारसंग औजारका आरोह अवरोहका बारेमा बैठक तथा योजनाका सम्बन्धमै केन्द्रीत भएर दिन वित्यो । विभिन्न उतार चढावका वावजुद औजारको व्यवस्थापन गर्ने बागडोर घुमिफिरि रुम्जाटार भने झै फेरी पनि मोती सरकै कांधमा आईपुगेको छ ।
मजदुरलाई मिशन बनाएर २०६२ असार २३ गते औजार सुरु गर्दा म त्यतीवेला नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोशीको सचिवा थिए मोती सर केन्द्रीय कमिटीको उपाध्यक्ष हुनुहुन्थ्यो वहांलाई हामीले औजार प्रकाशनको अध्यक्ष बनायौं वहांसंग मिडियाको व्यवस्थापकिय कुशलता भएर भन्दापनि हाम्रो आदरणीय नेता भएका नाताले त्यसो गरेका थियौं । यसमा औजारका सस्थापक धरानका २९ जना मजदुर नेता साथीहरुको एक मत थियो । पत्रिका दैनिक बनाईए पछि व्यवसायीक पत्रकारितामा औजारलाई स्थापित गर्न व्यवस्थापकिय रुपमा मोती सर अध्यक्ष, म प्रधानसम्पादक भएर संगसंगै काम गर्यौ हाम्रो सहकार्य र मेहनतले औजार राज्यको वर्गीकरणमा क वर्गमै दरियो त्यसमा धेरै साथीहरुको पनि साथ र सहयोग छ ।
यहीवीच विचार, व्यवहार, आनीवानी, स्वभाव, संगत तथा एकले अर्कालाई राम्ररी बुझ्न नसक्दा समस्याहरु उत्पन्न भए । यसमा हामी दुवैजनाको कमजोरी रहेको कुरा परिणामले देखाईदियो जसका कारण पछिल्लो केही समय औजार धारिलो हुन सकेन । अहिले फेरी पनि मोती सरकै कांधमा औजारको व्यवस्थापन आएको छ विगतको कमजोरीबाट पाठ सिक्दै औजारलाई तिखार्ने विषयमा समिक्षा गरेकाछौं ।
राजनीतिक जिम्मेवारीका आधारमा मेरो समय पर्याप्त नहुन सक्छ तर साधन स्रोतको उपलव्धताका आधारमा जहांबाट भएपनि मेरो श्रम औजारका लागि अलिकती खन्याउनु मेरो दायीत्व हुनेछ । मैले १७ वर्षदेखि पत्रकारितालाई पेशा बनाएर काम गरेकोछु यसलाई कायम राख्न सैद्धान्तिक ज्ञान चाहिन्छ त्यही भएर मास कम्यूनिकेशनमा डिग्री अध्ययन गर्दैछु त्यो विवेक औजारकै लागि उपयोग हुनेछ ।
गुनासो सुन्दै दिन बित्यो
धरान काकडभीट्टाको बसमा कण्डक्टरको काम गरेर जिविकोपार्जन गर्ने मलाई राजनीतिक रुपमा यो स्थानसम्म पुग्न सहयोग गर्ने धरानका साथीहरु हुन् अझै किटान गरेरै भन्ने हो भने धरानका मजदुरहरु, मजदुर नेताहरु नै हुन् । चार महिने टाढा बसाईमा साथीहरुसंग सम्पर्क कमै थियो अझ मेरो स्वभाव अन्तरमुखि, फोनमा कम बोल्ने खालको छ त्यस कारण साथीहरुको मनमा चिसो छिरेको रहेछ कि कतै मैले साथीहरुलाई वेवास्ता पो गरें कि ? साथीहरुको सहयोगलाई मैले अवमुल्यन गरे कि ? नत्र भने किन फोन नगरेका त हामीलाई साथीहरुलाई त्यस्तो लागीरहेको रहेछ । म बाट त्यस्तो कसरी हुन सक्छ र जती साथीहरुको लगानी मलाई छ त्यतीकै मात्रमा साथीहरुलाई मेरो पनि लगानी छ आफ्नो लगानीको सवैलाई मायां हुन्छ फोनमा सम्पर्क कम हुनु, भेटघाट नहुनु त्यो बाध्यता होला तर कसैले कसैलाई घात गर्नु हुदैन ।
गोविन्द गिरी पुराना यातायात मजदुर नेता हुन वहां भन्नुहुन्छ आगन खनेर डगर पुर्नु हुदैन म यो भनाईलाई अति सम्मान गर्छु । सहयोग र सम्मानको वदला अपमान क्रुर हुनुहुदैन त्यस्ता व्यक्तिहरुले कसैलाई सहयोग गर्न सक्छन् न कसैको सहयोगको सम्मान नै गर्न सक्छन् । पहिचान गरेर सकेसम्म त्यस्ता साथीहरुबाट टाढा रहनुनै ठिक हुन्छ जस्तो लाग्न थालेको छ अब चाही ।
अशोज ११ गते मबाट असन्तुष्ट नेतासाथीहरुसंग पालैपालो बसें वहांहरुको गुनासाहरु सुने, आफ्ना स्पष्टीकरण दिए त्यो काममा एमाले सुनसरी सचिवालय सदस्य तथा धरान नगर ईन्चार्ज प्रदिप भण्डारी सर, मोती सर, लक्ष्मी बानीयां र कमल भटराईबाट सहयोग पाए ।
कार्यक्रमै कार्यक्रम
अशोज १२ गते विहान ६ वजेदेखि दिनभरी कार्यक्रममै वित्यो विहान ५ वजे नै औजारका फोटो पत्रकार भाई विकास राई मलाई लिन पिण्डेश्वरी चौक मेरो डेरामा आईपुगे म ओछ्यानमै थिए सन्दर्भ थियो पत्रकार तथा एन प्याव्सनबीचको मैत्रीपूर्ण बास्केटवल प्रतियोगिता पत्रकार टोलीका नेता थिए ब्लाष्ट टाईम्सका सम्पादक किशोर कार्की प्रतिद्धन्द्ध थीए एन प्याव्सनका अध्यक्ष गणेश राई ४२ विरुद्ध ४४ स्कोर अन्तरको पत्रकार टोलीको जितमा विकास भाईले व्यक्तिगत ४२ स्कोर गरे खेल भन्दा पनि अग्रज पत्रकार गोपाल देवान दाईको ५१ वर्षीय स्फुर्ति हेर्न लायक थियो ।
दोस्रो कार्यक्रम थियो सामान्य प्रशासन मन्त्री लालवावु पण्डितको उपस्थितिमा हुने नेकपा एमाले मजदुर शाखा कमिटीको शुभकामना कार्यक्रम । मजदुरको कार्यक्रम भनेपछि देखा नपर्ने पार्टीकै केही नेताहरुलाई पनि त्यो कार्यक्रममा भेट्न पाईयो त्यस अर्थलेपनि कार्यक्रम महत्वपूण रह्यो अर्को सफलता भनेकोे मन्त्रीलाई बोलाएर कार्यक्रम गर्ने शाखामा मजदुर शाखाले आफ्नो नाम लेखाउन सफल भयो । कार्यक्रम सफल हुनुमा लक्ष्मी बानियां र कमल भटराई लगायतका साथीहरुको अहारात्र मेहनत प्रशंशनिय थियो ।
कुलसचिवलाई स्वागत
म धरान ओर्लदा बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्मचारीहरुको आन्दोलनका कारण बन्द थियो । आन्दोलनबारे तिन खालका प्रतिकृयाहरु थिए पहिलो धरानमा भएका एक मात्र अस्पताल त्यो पनि सिध्याने भए आन्दोलनकारीहरुको अनावश्यक माग र आन्दोलनले । दोस्रो कर्मचारीहरुले पाउनु पर्ने सेवा सुविधा त पाउनु पर्यो नि । तेस्रो जसरी भएपनि अस्पताल खोल्नु पर्छ यस्तो अवस्थामा आन्दोलनकारी र प्रतिष्ठानलाई एक ठांउमा ल्याउन नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन घोपाद्धारा भाद्रमा नियुक्त प्रतिष्ठानका कुल सचिव तुलवहादुर श्रेष्ठलाई स्वागत तथा दशैं शुभकामना आदान प्रदान कार्यक्रममा सहभागीता जनाईयो ।
सहयोगको साक्षी
दशैंमा फजुल खर्च गरेर रमाउने परम्परा विपरित धरान स्थित डिपोट उच्च माविका २०५० ÷ ०५१ का एसएलसी समुहका केही विद्यार्थीहरु केशव राई, प्रविण राई फुलकुमारी राई, मञ्जु राई, प्रकास विक लगायतको प्रयासमा संकलित रकम ५६ हजार १ सय ५० बरावरको दुई थान दराज धरान ४ स्थित पुनस्र्थापना गृह धरानमा रहेका २२ जना असहायहरुलाई हस्तान्तरण तथा पक्षघातबाट पीडित विकास लिम्बुको उपचारका लागि ७५ हजार रकम हस्तान्तरण कार्यक्रमको साक्षी बन्ने अवसर पांए । १५ गतेको दशैं पुनस्र्थाना गृहमा रहेका सवै असहायसंगै सहभोज गरेर मनाईयो ।
एकताका लागि साथ
कुनै
समय धरान दुव्र्यसनहरुको शहर भनिन्थ्यो अहिले धरानको त्यो पुरानो परिचय
हराएको छ । धरानको परिचय एकाएक हराउनुमा रिकभरिङ्ग धरानको योगदान छ ।
रिकभरिङ्ग अर्थात पूर्व लागु औषध प्रयोगकर्ता तिनै युवाहरुले धरानलाई
दुव्र्यशनबाट टाढा राख्ने प्रयत्न गरे तिनै युवाहरु सम्मीलित रिकभरिङ्ग
धरानका अध्यक्ष सन्तोष राईले १६ गते शुभकामनाका लागि हरियाली सामुदायीक
वनमा बोलायो आउनै पर्ने कर थप्नु भयो प्रविण राईले । पछिल्लो समय केही
सेलाउदै गएको रिकभरिङ्ग धरानको तापलाई हरियालीको करिव सय जना युवाहरुको
उपस्थितिले फेरी राप लगाउला कि भन्ने आशा गरेको छु ।
एक दिन परिवारसंग
पुरै समय परिवारसंगै बस्छु भनेर धरान पुगेको म टिकाको दिन चाही मोवाईल बन्द गरेरै आमा, बाबा, काकी, भाई, बहिनीहरु, श्रीमती र छोरीसंग बसें । बुबाको हातको टिका लगाए आशिर्वाद थापे काकी बहिनीहरु सहित घरमै आउनु भएकाले काकीको घर जाने बाध्यतै रहेन । दश दिन धरान बस्दा एक दिन घर बसें ११ औं दिन काठमाण्डौ आईपुगे ।
अन्त्यमा यस अवधिमा युवा संघ कोशी सदस्य दिनेश राईको घरमा प्रनि मुकुन्द रिजाल, प्रनि प्रदिप सिंह, कमल भटराई, जसकुमार राई बिकास राई सहितको रमाईलो बसाई, व्यवसायी मित्र दिपक बनेपालीको घरको पारिवारिक स्वागत र बिकास भाईको घरबाट अन्तिम विदाई साच्चै रमाईलो भयो ।

0 comments:
Post a Comment