१९ बैशाख काठमाण्डौं । निर्माण मजदुरहरुको संगठन क्युपेक नेपालले भुकम्पले भत्कीएका भग्नावशेष हटाउन समुह निर्माण गरी परिचालन गरेका छन् ।
बैशाख १६ देखि १८ गतेसम्म महानगरपालिकाका तथा आसपासका नगरपालिकाहरुमा पुगी उद्धार तथा भग्नावशेष सफाईमा सहयोग गरेको हो ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आवद्ध क्युपेक नेपालले गोंगबु, मनमैजु, ताहाचल, स्युचाटार, ईमाडोल र जैसीदेवलमा भत्कीएका घरहरुमा रहेका सामान निकालेका थिए भने भग्नावशेषमा रहेका ईटा, काठ तथा अन्य सामग्रीहरु व्यवस्थापन गरेको क्युपेक नेपालका केन्द्रीय अध्यक्ष नरनाथ लुईटेलले बताउनु भयो ।
क्युपेक नेपालको पहिचान सहितको ज्याकेट लगाएका समुह लगातार ३ दिन उद्धार तथा सरसफाईमा परिचालन भएको थियो ।

देश संकटमा परेको वेला श्रमिकहरुपनि नागरिकको सहयोगमा जुट्न आवश्यक रहेकाले संगठन परिचालन गरिएको अध्यक्ष लुईटेलले बताउनु भयो ।
वहांले भन्नु भयो सुरक्षाकर्मीहरुसहित हामी निरन्तर उद्धार तथा भग्नावशेष व्यवस्थापनमा जुटीरहनेछौं ।
जिफन्टले आफ्ना सवै सदस्य संगठनहरुलाई आ आफ्नो स्थानबाट उद्धारको काममा लाग्न निर्देशन दिईसकेको छ ।
सोही अनुरुप नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, समग्र उद्योग ट्रेड युनियन, युनिट्राभ, स्वरोजगार श्रमिक संघ, क्युपेक नेपाल, नेपाल स्वतन्त्र सफाई तथा कर्मचारी युनियन लगायतका संगठनहरु उद्धारमा परिचालन भईरहेको जिफन्टका महासचिव बिष्णु लम्सालले जानकारी गराउनु भयो ।
0 comments:
Post a Comment