साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

मजदुरलाई सहयोग

क्षयरोग पीडित यातायात मजदुर कुमार जोगीलाई उपचार सहयोग स्वरुप २० हजार ९५ रुपैया सहयोग प्रदान गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव भीमज्वाला राई ।

आकासबाट देखिएको विराटनगरको दृष्य

पछिल्लो समय बिराटनगर विकासको तिव्र गतीतर्फ अग्रसर बन्दै गईरहेको छ

सुन्दर भेडेटार

धनकुटा र सुनसरीको संगमस्थल पर्यटकीयस्थल भेडेटारको दृष्य

विद्यार्थीलाई सम्मान

प्रवेशिका पक्षिामा सर्वोकृष्ट अंक ल्याउने यातायात मजदुरका छोराछोरीहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान ईकाईले सम्मान गर्दै

Pages

कहिले आउछ राहत ?

स्थलगत रिपोर्ट 
भीमज्वाला राई







सिन्धुपाल्चोकको फुल्पी³कटी ८ सुनखानीकी चन्द्रकुमारी थामी राहत पाईने आशाले डाकला³ बजार झरेको लगातार तिन दिन भयो । काखे बालक च्यापेर बुधबारपनि उनी करिव ४ किलोमिटर अरु गांउले साथीहरुसंगै हिडेर राहतको आशमा बजार आईपुगकी छन् । आज पनि खाली हात फर्कनु त होला नी उनले भनिन् । 
 चन्द्रकुमारी जस्तै दिनहु निराश फर्कने जमात धेरैछन् । भुकम्पको ११ औं दिन वितिसक्दापनि त्यस गाविसका जनताले कुनै राहत पाएका छैनन् । बाह्रबिसेबाट उकालो लागेपछि अरनिको सडकको दायांबांया दुवैतिर राहतको अशामा पीडितहरुको समुहहरु ठांउ ठांउमा भेट्न सकिन्छ । भुकम्पले पुरै बस्तीका घरहरु ढलेपछि मर्ने त मरिगए ज्यान जोगीएकाहरुको पनि सास्ती छ ग्याल्जेन शेर्पाले दुखेसो गरे । 
 राहतका लागि टाढा टाढा गांउबाट  उकालो ओरालो हिडेंर आएका स्थानियहरु प्रसस्तै भेटिन्छन् । सबैको गुनासो हुन्छ हाम्रो गाउमा राहत पुगेन ।
  बुधबारपनि डाकला³मा एउटा सस्थाले राहत प्रदान गर्ने भनेपछि पंतलीबाट गांउले बजार झरेका थिए । राहत प्रदान गर्ने सस्थाहरु विरलै पुग्ने दुरदराजका गांउमा पुगीहालेपनि अपुग हुनेहुदां पीडितहरु हारालुछ गर्नु पर्ने बाध्यतामा पुग्छन् । 
फुल्पी³कटी गाविसमा करिव ९० प्रतिशत घरहरु क्षतीग्रस्त बनेका छन् । करिव ५० जनाले ज्यान नै गुमाएका छन् तर राहतका नाममा कसैले एउटा त्रिपालपनि पाएका छैनन सुनखानी ९ का स्थानिय तथा थापीनारायण निमाविका प्रिन्सिपल गंगाप्रसाद श्रेष्ठले बताए ।
 तातोपानीमा घाईते भएकाललाई हेलीकप्टरमा सुनखानीको खुल्ला चउरमा उद्धारका लागि नेपाली सेनाले ल्याएर राखे सेनाका जवानहरुसंग केही रहेको त्रिपाल मागेर विपन्नलाई केही समय राख्यौ तर पछि सेनाले आफ्नो त्रिपाल लगेपछि यहांका जनताले सास्ती खेप्नु परेको छ । 
गाविस सचिव विदुर रायमाझी भुकम्प विपद अघिदेखिनै सदरमुकाम चौतारामै रहने हुनालेपनि गाविसमा समस्या रहेको प्रिन्सिपल श्रेष्ठ बताउछन् । गाउलेले कतैबाट पनि एक गेडो अन्न पाएका छैनन । भत्कीएको घरको जस्तापाताले टहरो बनाएर पुरिएका अन्नहरु झिक्दै अहिलेसम्म गुजारा चलेको उनले बताए । 
  विद्यालयकै प्राङ्गनमा पाल बनाएर बसेकाछौं । बचेका घरमा रहेका केही अन्न ल्याएर खडकुडोमा खाना बनाएर सामुहिक रुपमा बालबालिकाहरुलाई ख्वाउदै आईरहेका छौं उनले भने ।  राहतको अभावमा यो सम्भव छैन । 
भुकम्पमा आमा गुमाएका पंतलीकाका सुमन नेवारले बुधबार आमाको शुद्धिकार्य सिद्ध्याए तर ऋण काढेर । एकातिर मातृशोक अर्कातिर खाद्यान्नको चिन्ता, बासको अभाव । मैले सुनेको थिए मृतक परिवारलाई राज्यले तत्काल १ लाख ४० हजार दिन्छ भन्ने तर त्रिपाल र खाद्यान्न सम्म पाईएन नेवारले भने ।  
किन भयो गांउमा समस्या ?
लामो समयदेखि स्थानिय निकायको निर्वाचन नहुदां गाउं जनप्रतिनिधि विहिन बनेको छ । गाविस सचिव समेत विभिन्न वहाना बनाएर सदरमुकाम तथा सहर केन्द्रीत बनेको छ । जनप्रतिनिधिको भुमिकामा रहेका कर्मचारी समेत गाउमा नहुदा कतिपय गाविस सचिवसंग आफ्ना गाविसमा कति घरधुरी छन्, कति जनसख्यां छ त्यसको तथ्याङ्क नै छैन ।  
सिन्धुपाल्चोक सुनखानी गाविसको भोटेयमुना ४ मा ६ सय बढी घर परिवार रहेको भएपनि गाविस सचिवले २ सय ५५ घर धुरी मात्रै भनेर विवरण टिपाएकाले गाउमा राहत पुगेपनि सवैलाई नपुग्दा गांउमै झगडा भएको डम्बरवहादुर लामाले बताए । 
कुन गाविसमा कति घर धुरी छन्, कति जनसंख्या छ, क्षतीको अवस्था के छ भन्ने विवरण गाविससंग नहुनु र विपद लगतै सरकारले आफ्ना संयन्त्रलाई परिचालन गर्न नसक्नु गाउमा समस्याको चां³ बनेको हो । 
किन पुग्दैन राहत ?
पीडितको सहि विवरण नहुदां र राहत वितरणमा निश्चित मापदण्ड नबन्दा दुरदराजका गांउमा राहत पुगेको छैन । सरकारी उदासिनता त मुल कारण हुदै हो निजि क्षेत्रबाट प्रदान गरिएका राहतहरु समेत गांउसम्म पुग्न सकिरहेको छैन । सबै राहतहरु सडक आसपासका गाविस, सदरमुकाम आसपासका क्षेत्रहरुमा मात्रै सिमित भएको देखिएको छ । 
  सिन्धुपाल्चोकको विषयमा भन्ने हो भने चाकुदेखि उत्तर कुनैपनि संघसस्थाहरु राहतकालागि पुगेका छैनन् । पा³ता³, गुम्बा गाविसको कुरा गर्ने हो भने त्यहाका पीडितहरु थप संकटमा रहेका छन् । 
के गर्दैछन् दलहरु ?
भुकम्प पछि तत्कालिन उद्धारमा राजनीतिक दलहरुको भूमिका शुन्य रह्यो । तर अहिलेपनि दलहरुको भुमिका उत्तिकै आवश्यक छ । यदी दलहरुले नागरिकबाट गुमाएको साखलाई बचाउने हो र पुन जनताप्रति उत्तरदायी बनाउने हो भने गांउदेखि सहरसम्म आफ्ना कमिटी तथा नेता कार्यकर्ताहरुलाई परिचालन गर्नु जरुरी छ । 
 सबैभन्दा बढी प्रभावित भनिएको सिन्धुपाल्चोकका ३ वटै क्षेत्रका सभासदहरुले समेत जनताको मन जित्न सकेको छैन । क्षेत्रनम्बर १ का मोहनवहादुर बस्नेत, २ का अग्नी सापकोटा र ३ का शेरवहादुर तामा³बाट समेत अपेक्षाकृत काम हुनसकिरहेको छैन । गांउ गांउ पुगेर पीडितहरुको पीडामा साथ दिनुको सट्टा सहयोगीहरुले लगेका राहतहरुलाई समेत आफु पायक पर्ने गांउहरुमा राहत फर्काएर लगेको आरोपहरु सभासदहरुमाथी आईरहेका छन् । 



0 comments:

Post a Comment