साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

मजदुरलाई सहयोग

क्षयरोग पीडित यातायात मजदुर कुमार जोगीलाई उपचार सहयोग स्वरुप २० हजार ९५ रुपैया सहयोग प्रदान गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव भीमज्वाला राई ।

आकासबाट देखिएको विराटनगरको दृष्य

पछिल्लो समय बिराटनगर विकासको तिव्र गतीतर्फ अग्रसर बन्दै गईरहेको छ

सुन्दर भेडेटार

धनकुटा र सुनसरीको संगमस्थल पर्यटकीयस्थल भेडेटारको दृष्य

विद्यार्थीलाई सम्मान

प्रवेशिका पक्षिामा सर्वोकृष्ट अंक ल्याउने यातायात मजदुरका छोराछोरीहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान ईकाईले सम्मान गर्दै

Pages

एउटा गांउको व्यथा


भीमज्वाला राई
काठमाण्डौं । आईतबार अपरान्ह १ बजे सिन्धुपाल्चोक सांगाचोक सिपाजी १ नयां टोल पुग्दा भुकम्पले भग्नावशेष बनेको घरको छेउको टहरामा अप्सरा कार्की दिवंगत आमाको किरीयापुत्री बसिरहेकी थिईन । आमा बुबाका तिन छोरीहरु मध्ये कान्छी अप्सरा मात्र अविवाहित हुन् । काठमाण्डौंमा टेम्पो चलाएर आमा बुबाको पालनपोषण तथा रेखदेख गर्दै आईरहेकी अप्सराले भुकम्पमा आमा सिता कार्की गुमाईन । भुकम्पले घर भत्काएपछि उनकी आमाको घरमा पुरिएर ज्यान गएको थियो । 
  भत्कीएको घर छेउमा ८४ वर्षीय बुबा हर्कवहादुर कार्की भुकम्पले भग्नावशेष बनेको घर तर्फ टुलुटुलु हेरेर बसिरहेका थिए । ″म बारीमा काममै थिए उनी घरमै थिईन, भुकम्पको पहिलो झट्कामै ढलेको घरमै उनी परिन्” उनले भने । अप्सरा भने काठमाण्डौंमै रहेकीले बचिन ।
 त्यस्तै खत्री थोकका शिव केसी ढुंगाको थुप्रोबाट खाट र काठको दराजको टुक्रा र अन्य काठ झिक्दै गरेका भेटीए । यहां हामी छ घर दाजुभाईहरु थियौं कसैको घर सग्ला रहेनन् उनले भने । 
शिवराज गिरीले भत्कीएको घर देखाउदै भने ०४६ सालमा बनाएको दुई बटा घर थियो केही रहेन । मान्छे परिएन भएका गाई, खसी, कुखुरा बाख्रा सवै भित्रै पुरीएका छन् ।
  उक्त वडामा रहेका १ सय १९ घर मध्ये ५ घर बाहेक सबै घरहरु भत्कीएका छन् । पुरिएका मान्छेहरु निकालिएपनि पशु पंक्षिहरु भग्नावशेषभित्रै कुहिएकाले गांउ भर दुर्गन्ध फैलिएको छ । जता हेरयो ढलेका घरहरु, त्रिपाल तथा भत्कीएका घरबाट निकालिएका जस्तालाई टेको लगाएर बनाईएका टहरामा थिए गांउले । 
  टहराभीत्र घाईतेहरु  छटपटाईरहेका थिए । लत्ता कपडा, खाद्यान्न तथा खानपान तथा सरसफाईको अभाव जताततै देखिन्छन । यदी यस्तो अवस्था केही समय अझै लम्बीने हो भने अन्य गांउलेपनि महामारीको खतरामा देख्न सकिन्छ । त्यस गांउमा संघ, सस्था, व्यक्तिहरुको सहयोग बाहेक सरकारी उपस्थिति भने अहिलेसम्म नपुगेको गाउलेहरुले दुखेसो गरिरहेका थिए । अति प्रभावित सिन्धुपाल्चोकको सांगाचोकमा मात्रै १ सय ६० को मृत्यु भईसकेको छ । १ मात्रै होईन अन्य वडाको हालपनि उस्तैछ ।

  यस्तो विपदका वेला केही गरौं भन्ना खातिर केही खाद्यान्न माईक्रो बसमा हालेर नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका तर्फबाट म लगायत ठाकुर श्रेष्ठ, मायां वेगा, नबराज घिमिरे, शरण लामा, अजय श्रेष्ठ, प्रकास बस्नेत त्यहा पुगेका थियौं । 
संस्कारमा समस्या
भुकम्पमा आमा, बुबा गुमाएकाले सस्कार पुरा गर्न समेत पाएका छैनन । सस्कारका लागि चाहिने बाहुन परिवार थोरै तथा त्यही परिवारमा समेत शोक परेपछि बाहुनको अभावमा सामुहिक किरियापुत्री बस्नु परेको छ । 
 बाहुन अभावकै कारण खत्रीथोकका भीमसेन खत्री, राजकुमार खत्री लगायत चार जनाले सयुक्तरुपमा किरीयापुत्री बस्नु परेको छ । गांउभरी दुख परेको छ सबैलाई सस्कार अनुसारको काम गर्नै पर्छ त्यस कारण हामी एकै स्थानमा बसेर सामुहिक रुपमा सस्कार गरिरहेकाछौं भीमसेन खत्रीले बताए । 
स्याबास डाक्टरसाब
सरकारी उपस्थिति नदेखिएपनि खत्रीथोकको विकट गाउमा धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरु भेटीए । 
डा. शुशिल भटराई, डा. सागर पौडेल र डा. गोविन्द तिवारी झोला बोकेर उक्लीदै थिए । 
 सुरुमा उनीहरुलाई हामीले चिनेनौ । मैलेनै तपाईहरु कहांबाट आउनु भएको हो कुन सस्थाबाट भनेपछि मात्र आफुहरु धरानबाट आएको विपी प्रष्ठिानका डाक्टर भनेपछि हामीमा छुट्टै हौसला आएको थियो ।
 केही समय अघि मात्रै भुकम्पमा परि घाईते हुनु भएकी राधा खत्रीको पीडा सुनेर आएका थियौं । हामीले वहांहरुलाई त्यहां गईदिन अनुरोध गर्यौं वहांहरु राजी हुनुभायो र संगै लिएर गयौं । देव्रे हात भाचिएको र ढाडको हाडमा चोट रहेको राधा खत्रीको पहिलो चरणको उपचारपछि धुलिखेल अस्पतालले घर फर्काई दिएको थियो त्यसपछि छटपटाएर बस्न बाध्य थियो । 
गांस र बासकै टुंगो नभईरहेको अवस्थामा जतिसुकै पीडा भएपनि उनलाई थप उपचारका लागि उनको श्रीमानले अन्यन्त्र लान सकिरहेको थिएन ।
चिकित्सकहरुको त्यो टोलीले त्यहा अन्य चार जनाको उपचार गर्न भ्याए, साथमा ल्याएको औषधी, सावुनहरु वितरण गरे र यस्तो अवस्थामा अपनाउनु पर्ने स्वास्थ्यका सावधानीहरुबारे जानकारी गराए । र आफुहरु धरानबाट १२ जनाको समुह सिन्धुपाल्चोक आएको र दुई स्थानमा स्वास्थ्य शिविर राखेकाले अन्य समस्याहरु भए शिविरमै आउन गाउलेलाई सुझाए । 
अप्रिय दृष्य
सिन्धुपाल्चोकको सडक छेउमा राहतको आशा गर्ने पीडितहरु समुह समुहमा भेट्न देख्न सकिन्छ । सेतो बस्त्रमा किरियापुत्री बस्नेहरु प्रसस्तै देख्न सकिन्छ । तर अधिकांशको गुनासो सरकारबाट राहत पाईएन भन्ने मात्रै सुनिन्छ । त्रिपाल नपाएको, खाद्यान्न सामग्री नपाएको परिवारहरु अझै भेटिने गरेको छ । मृतक परिवारमा शुद्धी कार्यका लागि खर्च अभाव रहेको गुनासो सम्म सुन्न पाईयो । 
कहां जान्छ राहत ?
जनगुनासाहरु आईरहेको भएपनि राहत सामग्री बोकेका सवारी साधनहरु प्रसस्तै मात्रामा सिन्धुपाल्चोक छिरिरहेको देखिन्छन् । देश तथा विदेशबाट राहत सामग्रीहरु संकलन भईरहेको र प्रभावित क्षेत्रमा आईरहेको प्रचार भईरहेको छ । त्यतिकै मात्रामा भण्डारण भईरहेको सञ्चार माध्यममहरुमा देखिएको छ । तर पीडितहरुको गुनासा सुन्दा र अवस्था देख्दा सबैलाई लाग्न सक्छ आखिर कहां जान्छ राहत ? राज्यले घोषणा गरेको मृतक परिवारलाई १ लाख ४० हजार रुपैया शुद्धी कार्य सकिनेवेलासम्म पीडितले किन पाईरहेको छैन ।
कहां छ समस्या ?
राहत सामग्री पर्याप्त आईरहेको भएपनि वितरण प्रणाली व्यवस्थापन गर्न नसक्दा गुनासोहरु आउने गरेको देखिएको छ । व्यवस्थापनकै कमजोरीका कारण कुनै स्थान वा पीडितले दोहोर्याई तेहेर्याई राहत पाएपनि कुनै स्थान वा व्यक्तिले एक पटकपनि नपाउने गरेको पाईएको छ । जसको शक्ति उसको भक्ति भन्ने उखान जस्तै सोझा सिधा पीडितहरु थप पीडित बन्दै जाने र टाठा बाठाहरु कम पीडित भएपनि राहत भने बढी लाने अवस्था देखिएको छ । 
के गर्दा राम्रो ?
पीडितहरुको लगत संकलन गरी पीडाको क्षतीका आधारमा सुचि तयार पार्नु पर्दछ । किन भने कतिपय स्थानमा राज्यका कुनैपनि निकाय नपुगेकाले त्यहांको क्षती र पीडितहरुको अवस्थामा राज्यसंग विवरण नभएको स्पष्ट देखिएको छ । 
 त्यसैगरी राहतका सम्बन्धमा सरकारी तहबाट तथा अन्तराष्टिङय स्तरबाट आएका राहतलाई सरकारी स्तरबाटै वितरणका लागि योजना निर्माण गर्नु पर्दछ र देश तथा विदेशबाट निजिस्तरबाट आएका राहलाई समेत सरकारी विवरणका आधारमा आवश्यक स्थान तथा पीडितहरुलाई वितरण गर्नु पर्दछ ।  
पीडितहरुको विवरण तथा राहत पाए नपाएको विवरण नहुदा निजि स्तरबाट आएका राहतहरु समेत एकै स्थानमा दोहोरिने गरेका छन् भने कतिपयले अहिलेसम्म पाउन नसकेको देखिन्छ । 

  








0 comments:

Post a Comment