साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

Pages

यूगका प्रतिनिधि

आक्रोशित छन् घामका किरणहरु
निर्मम फैलिएर छताछुल्ल
आगो ओकलीरहेछ ।

जलीरहेछन्
भोका पेटहरु नाङगा आङहरु
थर्मामिटरको अंकरेखामा
क्रमशः बढीरहेछ पारो
सर्वत्र तापको साम्राज्य


जती बढीरहेछ ताप
खुलीरहेछन्
डि फ्रिजका ढक्कनीसंगै
उन्मादका पत्रहरु
निचोरिदोछ गर्मीका पीलो

फुटाएर बियरका बोतलहरु
चिकनराष्ट उग्राउदै
पौडिरहेछन्
बैशालु स्विमि¨पुलमा
यूगको एउटा प्रतिनिधि

ब्रह्माण्डसैगै
भक भक पाकिरहेछ
परिश्रमि आंतहरु
उसैगरी पोलिरहेछ
गरिविको राप
र अन्न रित्तिएको पेटको तापले

बेफिक्रि पोखिएका छन् श्रम
कारखानाका औजारहरुमा
चिया बगानका बुटाहरुमा
बगरभरी
बालवा र गिट्टीहरुमा
गुडीरहेका पाग्रांका गतीहरुमा
खेतका गरा र कान्लाहरुमा

समानता र परिवर्तनको
सपनाको भारीसंगै
गरिवि र अभावको कुम्लो बोकेर
पसिनाको स्विमिङपुलमा
पौडिरहेछन्
यूगको अर्को प्रतिनिधि

धरान


0 comments:

Post a Comment