साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

मजदुरलाई सहयोग

क्षयरोग पीडित यातायात मजदुर कुमार जोगीलाई उपचार सहयोग स्वरुप २० हजार ९५ रुपैया सहयोग प्रदान गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव भीमज्वाला राई ।

आकासबाट देखिएको विराटनगरको दृष्य

पछिल्लो समय बिराटनगर विकासको तिव्र गतीतर्फ अग्रसर बन्दै गईरहेको छ

सुन्दर भेडेटार

धनकुटा र सुनसरीको संगमस्थल पर्यटकीयस्थल भेडेटारको दृष्य

विद्यार्थीलाई सम्मान

प्रवेशिका पक्षिामा सर्वोकृष्ट अंक ल्याउने यातायात मजदुरका छोराछोरीहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान ईकाईले सम्मान गर्दै

Pages

मेरो दोष के थीयो

“ बरु मलाई एकै पटक गोली ठोकेर मारीदिनुस “
   धरान स्थित काली बक्स गणको कालो कोठामा माओवादी आरोपमा  बन्दी बनाईएका यातायात मजदुर रामबाबु पौडेललाई सेनाले पटक पटक चरम यातना दिएपछि पीडा सहन नसकेपछि उनले यस्तो आवाज निकालेका थीए ।
    शरीर अधमरो भईसकेको थीयो , शरीर थर्थर कामीरहेको थीयो , बोल्न सकिरहेको थीईन् तर यातनाको मात्रामा कमीे थीएन पटक पटक मर्नु भन्दा एकै पटक मर्नु उपयूक्त ठानेर मैले बरु मलाई गोली ठोकेर मार मलाई पटक पटक यातना नदेउ भन्ने हिम्मत बटुले पौडेलले भने ।
   मैले त्यती भने पछि म माथीको यातनामा कमी आयो उनीहरुले के बुझे मलाई थाहा भएन तर सदा झै यातना दिन छाडे मलाई अलीक राहत महसुस भयो पौडेलले अनुभव सुनाए ।
     धरान बिराटनगर रुटमा सञ्चालीत को १ ख ५१० नम्बरको बुढासुब्बा बसका चालक रामबाबु पौडेललाई २०५९ साल चैत्र २८ गते माओवादी आरोपमा  ईलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको थीयो । बसको पालो पर्खेर बसीरहेका उनलाई दिउसो साढे बाह्र वजे तीर धरान ८ स्थित हिमालय पेट्रोल पम्प छेउबाट अन्य छ जना मजदुरहरुसंगै पक्राउ गरीएको थीयो ।
    प्रहरी भेनमा राखेर प्रहरी कार्यालय पुर्याईएका छ जना मध्य अन्य पांच जनालाई एक घण्टापछि छाडीएपनि पौडेललाई भने सो दिन साझ ६ वजे धरान १३ फुस्रे स्थित नेपाली सेनाको कालीबक्स गणमा लगीएको थीयो । किन पक्राउ परे पक्राउ परेका मध्य अरु किन र कसरी छुटे आफुलाई किन सेनाको ब्यारेकमा पुर्याईयो पौडेल अनभिज्ञ थीए सेनाको ब्यारेक पुर्याईएपछि अब नबाच्ने भए भन्ने सोचीरहेको थीए त्यही समय १० । १२ जना सेनाहरु आएर ए माओवादी भन्दै कालो कोठामा लगेर थुने अनी मलाई भकुर्न थाले त्यस्तो यातना मैले कहिल्य पाएको थीईन र अब खेप्न नपरोस पनि चैत्र २८ देखि बैशाख १५ गते सम्म लगातार १८ दिन मैले कुनै गल्ती नै नगरी सजाय भोगे सेनाको नजरमा मलाई मनै नपरेको पार्टी माओवादी भईरहे पौडेलले भने ।

     सुरुमै आखांमा कालो पट्टी बाधी दियो एक त कोठा कालो थीयो पट्टी बाधी दिएपछि चकमन्न भयो मेरा लागी संसारै अधेरो भयो , हात बांधी दिए , मुखमा रुमाल आकारको कपडाले छोपी दिए पहिलो दिन एउटा समुहले लगातार करिव १५ मिनट पानीको फोहरा हान्दै निर्मम कुटपीट गरीरहे म बेहोस हुदासम्म छाडेनन् मेरो शरीर सेनाको बुटले थंथीलो भएको थीयो म अर्ध मुछीत अबस्थामा पुगेको थीए ।
    ती सेनाहरुले मलाई तं माओवादी होस तैले नै तमोर खोलामा मान्छे मारेर फालेको हो तं धनकुटाको मौना बुधुक र बुधवारे एरियाको नेता होस भन्दै कुटे पौडेलले भने । यातनाका कारण शरीर चलाउनै सकिन , छाती चर्चरी दुखीरहेको थीयो खानाको टुंगो थीएन आंखाको कालो पट्टी एक छीन खुलेको थीएन घामको अनुहार कस्तो हुन्छ देख्न पाएको थीईन खाना र औषधीको बदला आमा चकारी गाली दिन्थे सेनाहरुले ।
     म बाच्छु भन्ने लागेकै थीएन एक हप्ता मेरो अबस्था दयनीयरुपमै बित्यो उनीहरुले के बिचारे कुन्नी त्यसपछि भने मलाई ब्यारेक भित्र रहेको उनीहरुकै मेडीकलमा लगेर उपचार गराए म केही दिनमा तंग्रीए त्यसपछि फेरी यातना दिए  म माथी उनीहरुको आरोप कायमै रहेछ सेनाको यातना मेरो नियती जस्तै भयो ।
    मेरो जन्म २०२७ साल वैशाख २४ गते सुनसरीको बराहक्षेत्र ५ बगुवामा भएको हो २०४७ सालदेखि बसमा खलासी काम गर्दै २०५६ साल देखि चालक भएको थीए म २५ बर्ष देखि धरान ८ स्थित सृजना लाईनमा श्रीमती रीता पौडेल छोरा रोमन , छोरीहरु रोशनी र रोमीता पौडेल सहित घर भाडामा बस्दै आईरहेको छु म यातायात मजदुर भएको नाताले नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बाहेक अन्य कुनै राजनीतिक गतिविधिमा सहभागीता जनाएको छैन र म कुनै पार्टीको सदस्य पनि भएको थीईन तर मलाई सेनाले मलाई माओवादीको आरोप लगाएर किन १८ दिन सम्म यातना दिएका हुन् अहिले सम्म बुझै चित्त बुझेको छैन अचम्मको कुरा त केभने म कहिल्यै नगएको धनकुटाको मौना बुधुक र बुधवारे भन्ने ठाउको नेताको आरोप लगाए ।
    मलाई अब यीनीहरुले मार्छन नै भन्नेमा थीए , बाहीर मलाई बचाउने प्रयास भएको छ की छैन भन्ने विषयमा मलाई केही जानकारी थीएन मलाई कोहीसंग भेट गर्न दिईएको थीएन मेरो शरीर अत्यन्त दुव्लो , दाह्रीजुंगा झ्याप्पै बढेको, नुहाउन नपाएकाले शरीर दुर्गन्धीत र कपडाहरु मैलो भईसकेको थीयो ।
    २०६० साल वैशाख १५ गते विहानै मलाई नुहाउन लगायो , दाह्री काटी दियो खाना भरपेट खान दियो त्यो अबधीमा मैले कहिल्यै त्यसरी भरी पेट खान पाएको थीईन , त्यही दिन बाहीरको दृष्य हेर्न पाएको थीए । अन्य ब्यारेकमा लान लागे क्यारे भन्ने मैले मनमनै सोंचीरहेको थीए मलाई एउटा कोठामा लगीयो त्यो कोठामा संगठनका नेताहरु मोतीराज सुनुवार , भीम राई ज्वाला, गोविन्द गिरी, दुर्गा पोख्रेल मेरी श्रीमती रीता पौडेललाई देखे त्यतीबेला मैले संसारकै सबै भन्दा खुशीको अनुभूति गरे त्यो समयको खुशीको म बर्णण नै गर्न सक्दीन ब्यारेकको गेटमा मजदुर संगठनका अन्य नेताहरु र मजदुरसाथीहरुपनि हुनुहुदो रहेछ त्यस दिन संगठनले मलाई बुझेर सेनाको कालो कोठाबाट मुक्त गरायो ।
     संगठन नभएको भए म यो संसारमा हुन्न थीए अहिलेपनि त्यो त्रासदीपूर्ण घटना सम्झीदा मेरो मुटु कामेर आउछ , सेनाको कब्जामा कोही पनि नपरोस जस्तो लाग्छ पौडेलले भने ।
    सेनाले दिएको चरम यातना पछि उनलाई सेनाको ब्यारेकमै उपचार त गरीयो तर अझै उनको शरीर ठीक भएको छैन , छाती दुख्न कम भएपनि पूर्ण जाती भएको छैन , कान सुन्न छाडेका छन् चालक मजदुरी गरेर परिवारको जिविको पार्जन गर्दै आएको निर्दोष पौडेललाई माओवादीको आरोपमा सेनाले चरम यातना दियो तर न राज्यले उनको दोष के हो भनेर भन्न सकेको छ न त न्याय दिन सकेको छ । 


0 comments:

Post a Comment